प्रभू र कृषि विकास बैंकको सहयोगमा महानगपालिकामा ट्राफिक आइल्याण्ड बन्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका बढी भिडभाड हुने स्थानहरु ट्राफिक आइल्याण्ड बनाउन कृषि र प्रभू बैंकले सहयोग गर्ने भएका छन् ।


प्रभु बैङ्क र कृषि बिकास बैङ्कसँग काठमाडौँ महानगरपालिकाले बुधबार छुट्टाछुट्टै सम्झौता गरी काठमाडौंका रत्नपार्क, जमल, तीनधारा पाठशाला गरी ३ स्थानमा ट्राफिक आइल्याण्ड बनाउने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

काठमाडौँ महानगपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको रोहवरमा यी दुबै सम्झौतामा बुधबार राष्ट्रिय सभा गृहमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै मेयर शाक्यले काठमाडौँ महानगरपालिका यस्ता विभिन्न स्थानमा ट्राफिक आइल्याण्ड आफैँ बनाउन सक्षम रहे पनि नीजि क्षेत्रलाई प्रोत्साहन गर्नका लागि यस्तो सम्झौता गरेको बताएका छन् ।


मेयर शाक्यले महानगरपालिका सँग पैसा नभएर सहकार्य गरेको नभई नीजि क्षेत्रलाई पनि सामाजिक कार्यमा प्रोत्साहन गर्न सम्झौता गरेको बताएका छन् । उनले यी क्षेत्रमा प्रचार—प्रशारका सामाग्रीहरु नराख्न भन्दै संस्कृति र सस्कार झल्कने किसीमको रणनीति रहनुपर्ने बताएका छन् । उनले भने “तपाईँहरुले आफ्नो प्रचार–प्रशारलाई बढी महत्व दिने अनि आइल्याण्डलाई बेवास्था गर्ने गरी काम गर्नुभयो भने हामीलाई मान्य हुँदैन । तपाईँहरुले बनाएका आइल्याण्डमा मौसम अनुसारका फुल फुलाउने, सहरको सौन्दर्यीकरण बढाउने जस्ता कुरामा पनि ध्यान दिनुपर्छ ।”


उनले बैंकहरुले राम्रो काम गरेको खण्डमा फेरी अरु कार्यमा पनि सहकार्य बताएका छन् ।


त्यसैगरी प्रभु बैँङकले तीन स्थानमा निर्माण गर्ने आइल्याण्डको सम्झौतामा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।


सम्झौतापत्रमा हस्ताक्षर गर्दै शेरचनले सामाजिक उत्तर दायित्व अन्तरगत नै महानगरसँग ट्राफिक आइल्याण्ड निर्माणका लागि सम्झौता गरेको बताएका छन् ।


सीइओ शेरचनले काठमाडौँँका खालि ठाउँ सुन्दर बनाउने बैंकको धारणा रहेको बताएका छन् ।
शेरचनले महानगरपालिकासँग धेरै चरणको छलफलपछि यो सम्झौता भएको बताउँदै सार्वजनिक स्थानमा ट्राफिक आइल्याण्ड हुने भएकाले यसलाई जोगाउनु ठूलो चुनौति हुने बताए।
चुनौतीका भएपनि सबैको सहयोग भयो भने १२ महिना सुन्दर राख्न उनले दाबी गरेका छन् ।
शेरचनका अनुसार “तीन ओटा ट्राफिक आइल्याण्ड निर्माणका लागि करीव ४० लाख जति खर्च हुनेछ । अबको तीन महिना भित्रमा ट्राफिक आइल्याण्ड बन्नेछन् ।


सम्झौताबमोजिम बैङ्कले वडा २८ मा पर्ने रत्नपार्क, वडा २७ मा पर्ने जमलको आकाशे पुलमुनि र वडा १ मा पर्ने तीनधारा संस्कृत पाठशाला अघिका ट्राफिक आइल्याण्डमा बगैचा निर्माण गरेर हरियाली बनाउने, मर्मत सुधार, हेरचाह र आधुनिक पानीको फोहोरा निर्माण गर्नेछ ।
सम्झौता ५ वर्षसम्मको लागि भएको छ । सम्झौताबमोजिम आइल्याण्डको व्यवस्थापनको सबै खर्च बैङ्क आफैंले व्यहोर्नेछ ।

महानगपालिकाले माइतीघर मण्डला अघिल्तिरको बगैँचालाई अहिलेको डिजाइन नविग्रिने गरी सौन्दर्यीकरण र हरियाली प्रर्वद्धन गर्ने गरी कृषि बिकास बैङ्कसँग सम्झौता गरेको छ ।


माइतीघर मण्डलाको सौन्दर्यीकरण गर्ने सम्झौतापत्रमा महानगरकातर्फबाट ज्ञवाली र बैङ्कका तर्फबाट कायममुकायम उपमहाप्रबन्धक धु्रबचन्द्र गौत्तमले हस्ताक्षर गरेका छन् ।


सम्झौतापत्रमा हस्ताक्षरपछि बोल्दै कृषि विकास बैङ्कका का. मु. उपमहाप्रबन्धक गौत्तमले, महानगरले उपलब्ध गराएको डिजाईन अनुसार बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसमअनुसारका फूलका बोट र विरुवाहरु लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह, रेखदेख गर्ने दायित्वलाई बैङ्कले सम्झौता अनुसार नै पूरा गर्ने बताएका छन् ।


सम्झौताबमोजिम अहिले भइरहेको भौतिक संरचना वा डिजाइनमा कुनै फेरवदल नगरी आपसी सहमतिमा थप संरचनाहरु निर्माण हुनुपर्ने छ । आउँदो ५ बर्षका लागि गरिएको सम्झौताअनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च बैङ्क आफैंले व्यहोर्ने छ । उक्त क्षेत्रमा बैङ्कले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्नेछ । तर, यस्तो सामाग्री विज्ञापनमुलक हुन पाउने छैन ।

एसईईदेखि विश्वविद्यालयका सबै परीक्षा रोक्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिइएको बताए ।

यसअघि सत्तारुढ नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सुझाव दिएपछि एसईई परीक्षा स्थगित भइसकेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।

यसअघि विश्वविद्यालयको परीक्षासम्बन्धमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमा बोलाउने भनिएको थियो । तर, केही घन्टापछि परीक्षा रोक्ने निर्णय भएको हो ।

यस्ता छन घेरा : जसले मन्त्री भुसालको यात्रा रोक्न खोज्छन्

काठमाडौं । मन्त्रालय सम्हालेको चार महिनापछि कृषि तथा पशुपन्छी विकाश मन्त्री घनश्याम भुसालले बिहीबार पत्रकार सम्मेलन गरेका छन् । अन्य मन्त्रालयहरुले महिनाको एकपटक पत्रकार सम्मेलन गर्दै आए पनि मन्त्री भुसालले भने मन्त्री बनेपछि पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरेका हुन् । जानकारहरुका अनुुुसार भुसालले केही प्रभावकारी काम गरेर मात्रै पत्रकार सम्मेलन गर्ने बताउँदै आए पनि उनले हालसम्म पत्रकार सम्मेलन नै गर्न नसक्नुको कारण र कथा भने बेग्लै छ ।

लामोे समयपछिको पत्रकार सम्मेलनमा भुसालले कृषि मन्त्रालय किसानको बचत बढाउँदै कृषि उत्पादन व्यवस्थामा जोड्न अघि बढेको बताएका छन् । योजनाहरुलाई प्रभावित गर्ने आफ्नो घेरा नभएकाले सार्वजनिक गरेका योजनाहरु कार्यान्वय गरिने उनको दावी पनि छ । भुसालले चार महिनापछि गरेको पत्रकार सम्मेलनमा मन्त्रालयले हालसम्म सम्पन्न गरेको कार्यक्रम र सफलताहरुका सूचिसहित किसानको बचत बढाउँदै कृषि उत्पादन व्यवस्थामा जोड्ने केही नीतिगत आधारहरु समेत सार्वजनिक गरेका छन् । कृषिलाई उत्पादन व्यवस्थामा जोड्ने आधारका रुपमा मन्त्री भुसालले उत्पादन सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा-टेवा, सस्तो र सुलभ ऋण, बाली र पशुपन्छी बीमा तथा न्यूनतम बचतको ग्यारेण्टी गर्ने लगायतका योजनाहरु प्रस्तुत गरेका छन् ।

तर मान्छेहरुले एउटा दर्शन, विचार तथा आदर्शको नेता भुसालबाट जुन हस्तक्षेपकारी योजना तथा घोषणाहरुको अपेक्षा गरेका थिए, बिहीबारको पत्रकार सम्मेलनमा भने त्यसको खासै गुन्जायस देखिएन । एकातिर मन्त्रालय सम्हालेको चार महिनापछि पनि भुसालले यि /यि क्षेत्रमा यसरी /यसरी काम अघि बढ्छ भनेर विश्वस्त पार्न सकेको देखिएन भने अर्कोतिर आफ्नो पुरानै पारामा आदर्शका राम्रा योजना पनि सुनाइरहेकै छन्।

यस्तो छ कर्मचारीको कित्ताकाट
कृषि मन्त्रालयमा कृषि र पशु गरी दुई समुहका कर्मचारी हुन्छन् । ति मध्ये ६० प्रतिशत कर्मचारी कृषि समुहका छन् भने ४० प्रतिशत पशु अर्थात लाइफ स्टक समुहका छन् । त्यहाँभित्र लामो समयदेखि यि दुई समुहका कर्मचारीको अस्वभाविक प्रतिष्पर्धा चल्ने गरेको देखिन्छ ।

श्रोतका अनुसार मन्त्री भुसाल ४० प्रतिशत वाला पशु समूहका कर्मचारीको घेरामा रहेकै कारण प्रत्येक महिनामा गर्नुपर्ने पत्रकार सम्मेलन नै ४ महिनापछि बल्ल आयोजना गर्न सम्भव भएको हो । लामो समयदेखि दर्शन तथा आदर्शका कुराहरु गर्दै आएका मन्त्रीलाई कुराले मात्रै काम हुँदैन एक्शनमै जानुपर्छ भन्ने सवालमा केन्दित हुन यो घेराले रोकिरहेको बताइन्छ ।

आफ्नो कुनै स्वार्थ मन्त्रीमा देखिँदैन । उनी काममा अब्बलता नै प्रदर्शन गर्न चाहिरहेको पनि प्रष्ट नै छ तर लाइफ स्टक तर्फका कर्मचारीलाई प्राथमिकता नदिँदा भुसाल शसक्त रुपमा अघि बढ्न सकिरहेका छैनन् । विभागका एक उच्च तहका कर्मचारीका अनुसार भुसालले कर्मचारीतन्त्रलाई मिलाउने प्रयत्न पनि नगरेका भने होइनन, तर ६० प्रतिशत हिस्सा रहेको कृषि समुहका कर्मचारीलाई भने बढी महत्व दिएको देखिन्छ ।

केही समय अघि मात्रै मन्त्रालय सम्हालेका भौतिक योजना तथा निर्माण मन्त्री वसन्त नेम्वाङको मन्त्रालयको गति हेर्ने हो भने चार महिना अघि मन्त्रालय सम्हालेका भुसाल ओझेलमै भेटिन्छन् । यसको मुख्य कारण मन्त्री नभइ कर्मचारीतन्त्र भित्रको कित्ताकाट नै हो भन्नेमा दुईमत छैन् ।

मन्त्रालयमा खासगरी कृषितर्फका उपसचिव विनोद भट्टराईले मन्त्रीलाई राम्रां काम गर्न भन्दा घुमाउने गरेको र राम्रा कर्मचारीलाई मन्त्रीको नजिक हुन नदिएर रोक्न खाजेको पाइन्छ । त्यसैगरी शाखा अधिकृत अरुण जिसी आफ्नो पदिय हैसियत बिर्सेर सहसचिव झैं प्रस्तुत हुने र आफ्नो हैकम जमाउन खोज्दा अन्य कर्मचारीहरु चिढिने गरेको मन्त्रीलाई नै पत्तो छैन् । अर्का शाखा अधिकृत सुमन ढुंगेल पनि अरुण जिसी्भन्दा कम छैनन् । जसले मन्त्रालयका महत्वपर्ण कामलाई थाती राखेर मन्त्रीलाई नै गुमराहमा पार्ने गरेका छन् । त्यस्तै सचिवालयमा रहेको टिमले पनि डटेर सुझाव दिन सकेको छैन् । जसले जनस्तरमा राम्रो सन्देश जान सकिरहेको छैन् ।

महत्वपूर्ण आयोजनाले गति लिन सकेनन्
मन्त्री भुसालमा काम गर्ने आकांक्षा भएपनि यस मन्त्रालय अन्तर्गतका मुख्य मुख्य आयोजनाहरुको काममा खासै प्रभावकारीता आएको देखिदैन । रानी जमरा गुलरिया सिँचाई आयोजना, जलवायु प्रकोप समउत्थान निर्माण आयोजना, ८ जिल्लामा लागू भएको खाद्य तथा पोषण सुधार आयोजना, १० जिल्लामा लागु भएको कृषि क्षेत्र विकास कार्यक्रम, देशभर लागू भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र २२ जिल्लामा लागु भएको नेपाल लाइफ स्टक इन्नाभेसन आयोजना लगायतका योजनाहरुको प्रभावकारीता बढ्न सकेको छैन । यसमा मन्त्रीसमेत संवेदनशील बनेर लागेको देखिँदैन् ।

यस्ता किसानको प्रत्यक्ष जीवनसँग जोडिने योजनामा मन्त्रालयले राम्रो म्यासेज पुग्ने गरी पहलकदमी लिन सकिरहेको छैन । जसरी किसान तथा राजनीतिक वृत्तमा कृषि मन्त्रालयमा भुसाल आएपछि आशा जागेको थियो त्यो अपेक्षा अनुसार काम हुन सकिरहेको छैन् । यही हप्तामा मात्रै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा कयौं अनियमितता भएका समाचार आए भने अख्तियारमा परेका दर्जनौं उजुरी सार्वजनिक भएका छन् । मन्त्रालय भित्रको कर्मचारी तन्त्र पुरानै अवस्थामा रहेको र अनियमितता माथि पनि मन्त्रीले कुनै एक्शन लिएको सुनिएको छैन् ।

महिनौँदेखि सचिव विहीन मन्त्रालय
दुई जना सचिव रहने कृषि मन्त्रालयमा ६० प्रतिशत हिस्सा ओगटेको र मन्त्री भुसालले पनि प्राथमिकतामा राखेको भनिएको कृषि समुहमा लामो समयदेखि सचिवको कुर्ची खाली छ । तर उता लाइफ स्टक तर्फका कांग्रेस निकट मानिने सचिव प्रकाश माथेमा मन्त्रालयमा फुर्सदिला भेटिन्छन् । उनको मातहतमा रहेका १२ जना सह सचिवहरु पनि खासै चलायमान छैनन् । यसरी मुख्य मुख्य कर्मचारीहरु नै चलायमान नहुँँदा एकातिर काम ठप्प हुने र अर्कोतिर प्रगति विवरण केही नदेखिने क्रम बढीरहेको छ ।

दुई दिन अघिमात्रै मन्त्रालयका लागि तीन जना व्यक्तिलाई सचिव पदका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको छ । मन्त्रालयले प्रस्ताव गरेका तीन जनामध्ये कांग्रेस पृष्ठभुमिका योगेन्द्रकुमार कार्की, पुर्व एमाले समुहका राजेन्द्र भारी र अर्का वामपन्थी पृष्ठभुमिका कृष्ण आचार्य रहेका छन् । यि मध्ये सचिव बन्न योगेन्द्रकुमार कार्कीले तिव्र लविङ सुरु गरेका छन् । नेकपाका शीर्ष नेताहरुको घरदैलो चहारिरहेका कार्कीबाट स्वयं मन्त्रालयका कर्मचारी सन्तुष्ट छैनन् ।

यसअघि कृर्षिकै प्याक्ट योजनामा रहँदा कार्की अनियमिततामा मुछिएको र उनका विरुद्द अख्तियारमा परेका उजुरीहरुको अझै मसी नसुकेको एक कर्मचारी बताउँछन् । तर कार्की सचिव बन्नका लागि यसरी लागेका छन की,उनले प्रधामन्त्रीको सचिवालय, रक्षामन्त्री ईश्वर पोखरेल देखि पुर्वमन्त्री हरिपराजुलीमार्फत नेकपा उपाध्यक्ष वामदेव गौतमसम्म लविङ गर्न भ्याइसकेका छन् ।

तर कृषि समुहका राजेन्द्र भारी निकै सरल र भद्र व्यक्तिपनि सचिवका आकांक्षी रहेकाले उनको सचिव बनिहाल्ने सपना त्यक्तिकै पुरा हुने छाँट भने देखिँदैन । साथै अर्को सशक्त दाबेदारको रुपमा वन समुहका कृष्ण आचार्य पनि मैदानमै छन् ।

यसर्थ कृषि मन्त्रालयको कर्मचारी तन्त्र पनि मन्त्रीले कसलाई सचिवमा भित्र्याउँछन् ? त्यसमै मन्त्रालयको आगामी रफ्तार निर्भर हुने विश्लेषण गरिरहेको छ । आगामी नयाँ आउने सचिव र उनको भुमिकामा नै मन्त्रालयको सफलता लवा दुर्वलता देखिने धेरैको विश्लेषण छ । सचिवको चयनले नै हिजोको भुसालको माक्र्सवादी दर्शन र आदर्शको पहाड भत्किने वा चुलिने देखिन्छ । सचिव छनौट प्रक्रियामा मन्त्री भुसाल मन्त्रीपरिषदमा कसरी प्रस्तुत हुन्छन, त्यसैमा मन्त्रालयको आगामी भविष्य, समग्र कृषि क्षेत्रको सपना र उनको व्यक्तिगत राजनीतिक जीवन जोडिने विश्लेषकहरुको भनाई छ ।

‘अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू’

काठमाडौं । सरकारले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आम सर्वसाधारणलाई अपिल गरेको हो ।

बुधबार बसेको कोभिड -१९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले अनावश्यक रुपमा हिँडडुल पनि अनुरोध गरेको छ ।

‘किसानलाई बचतसहितको कृषि उत्पादन व्यवस्थातर्फ जोड्छौं’

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले किसानलाई न्यूनतम बचत हुने कृषि उत्पादन व्यवस्थातर्फ जोड्न खोजिएको बताउनुभएको छ । कृषि उत्पादन व्यवस्थातर्फ किसानलाई लैजानका लागि विभिन्न पाँच नीतिगत आधार प्रस्तुत गर्नुहुँदै मन्त्री भुसालले त्यस्ता आधारको प्रस्थानविन्दु र गन्तव्य किसान नै रहने उल्लेख गर्नुभयो । नीतिगत आधारहरुको कार्यान्वयन र अभ्यासको नेतृत्व संघ, प्रदेश र स्थानीय सरकारहरुको सहअस्तित्व, सहकार्य र समन्वबाट सम्पन्न गर्न सकिने बताउनुहुँदै मन्त्री भुसालले भन्नुभएको छ, ‘कृषिमा रहेको हरेक व्यक्ति न्यूनतम बचतको भागिदार छ भन्ने कुरा ग्यारेण्टी हुनेछ, ‘संरक्षित कृषि, सुनिश्चित बचत’ को आकाङ्क्षा पूरा गरिनेछ ।’

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले उत्पादन सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा टेवा, सस्तो र सुलभ ऋण, बाली र पशुपन्छी बीमा तथा न्यूनतम बचतको ग्यारेण्टी जस्ता किसानको न्यूनतम बचतका लागि कृषि उत्पादन व्यवस्थातर्फ जोड्ने आधारहरु प्रस्तुत गनुभएको हो ।

सानो भूस्वामित्वको बहुलताले गर्दा नेपालको कृषि उत्पादनको नयाँ व्यवस्थामा कृषि सहकारी वा सहकारीताको महत्वपूर्ण भूमिका हुने मन्त्री भुसालको भनाई छ । सबैभन्दा ठूलो नीजी क्षेत्र भनेको किसान नै भएको उल्लेख गर्नुहुँदै भुसालले सहकारी र नीजी क्षेत्रको भूमिका र विकासको लागि उपयुक्त व्यवस्था गर्ने जिम्मा सरकारले लिने पनि बताउनुभयो ।

नीतिगत आधारको अभ्यासका क्रममा आफ्ना सामु अनगिन्ती प्रश्न आउने र ती सबैको जवाफ कामबाट दिनुपर्ने बताउँदै उहाँले कामका दौरानमा अनेक सीमा तथा कमजोरी प्रकट हुनसक्ने र सबैलाई सुधार्दै अघि बढिने प्रष्ट पार्नुभयो ।

बलियो सामाजिक–आर्थिक जीवनमा नटेकेको लोकतन्त्र सधैं खतरामा पर्ने हुनाले नेपालको सामाजिक–आर्र्थिक जीवनमा कृषि क्षेत्रको महत्वलाई कूल गार्हस्थ उत्पादनमा देखिने योगदान र त्यसमा संलग्न जनसङ्ख्याले बताउने उहाँको भनाई छ ।

नेपालको राजनीतिक तथा संवैधानिक गणतन्त्रलाई धान्न सक्ने कृषि अर्थतन्त्रको विकास गर्न खोज्दा केवल उत्पादन र उत्पादकत्व बढाउने प्राविधिक मामिलामात्र नभई सामाजिक तथा राजनीतिक विषयलाई पनि उक्तिकै ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

कृषिको विकास गर्ने कुरा अत्यन्तै दुख र गाह्रो हुनुका साथै बचत नहुने वा असाध्यै कम बचत हुने क्षेत्र भएकाले यसको यान्त्रिकिकरणमा जोड दिइने उल्लेख गर्नुहुँदै भुसालले भन्नुभयो, ‘बचत वा नाफाको झण्डाले अगाडिबाट डो¥याएन भने हाम्रा उदात्त भावनापूर्ण अपीलका प्रभावले यान्त्रिकीकरण आफै नहुँदो रहेछ । आर्थिक उत्पादनको कटु इतिहासले त्यसै भन्छ । त्यसैले, कृषिमा क्रान्तिकारी परिवर्तन गर्ने हो भने कृषि कर्मबाट न्यूनतम बचत हुन्छ भन्ने प्रत्याभूति किसानलाई दिनै पर्छ । हामीले भन्दै आएका कृषिमा अनुसन्धान, व्यावसायीकरण, बजारीकरण, रोगमुक्त पशुपालन, अर्गानिक कृषि, खाद्य तथा पोषण सुरक्षा र खाद्य स्वच्छतालगायत सबै अवधारणालाई बचतले अगाडिबाट तान्दै लैजानेछ र भविष्यमा भूमि व्यवस्थालाई समेत प्रभावित पार्नेछ ।’

उहाँले अगाडी भन्नुभएको छ, ‘कृषि उत्पादन र बचत नै त्यस्तो इन्जिन हुनेछ जसले औद्योगीकरण÷उद्यमिकरणको वास्तविक आधार तयार गर्नेछ । हामीले युवा बेरोजगारी र वैदेशिक श्रम बजारमा हाम्रा नौजवानहरुको दारुण कथा सुने–सुनाएका छौँ । यो नै त्यस्तो सन्देश हो, जसले सूदुर मरुभूमि, खतरनाक र अपमानपूर्ण कार्यक्षेत्रमा रगत–पसिना बगाइरहेका हाम्रा नौजवान छोराछोरीलाई भविष्यप्रति आश्वस्त पार्नेछ । यो काम सजिलो अवश्य छैन तर आजको राज्य (सरकार) ले बोक्नै पर्ने कार्यभार हो ।’

पत्रकारहरुको के तपाइँले गरेका घोषणा व्यवहारमा कार्यान्वयन गर्न सम्भव छन् त ? भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले भने, मन्त्रालयले सार्वजनिक गरेका लक्ष्यहरुले आफ्नै परिक्षा लिने र आगामी कामका शिलशिलामा उठ्ने प्रश्नहरुको सार्थक उत्तर दिनु पनि आफ्नो दायित्व रहने भएकाले योजनाहरुलाई कार्यान्वयन गर्न हरसम्भव प्रयास गरिने बताउनुभयो ।

नालन्दा टेलिभिजनले साहित्यिक कार्यक्रम ‘शब्द चौतारी’ शुरु गर्दै

काठमाडौं । नालन्दा टेलिभिजनले पहिलो प्रस्तुतीका रुपमा साहित्यिक कार्यक्रमको शुरुवात गरेको छ । टेलिभिजनले ‘शब्द चौतारी’ नामक साहित्यिक कार्यक्रम चैत्र ६ गते बिहीवारबाट शुरु गर्न लागेको हो ।

यस पटकको पहिलो साहित्यिक संवाद साहित्यकार प्रभा भट्टराई आचार्यसँग गरिने भएको छ । कार्यक्रम पत्रकार तथा साहित्यकार रेणुका भट्टराईको साथमा हेर्न सकिनेछ ।

कालोबजारी नियन्त्रणमा बिहानैदेखि महानिर्देशक सुवेदी मैदानमा

काठमाडौं । सरकारले उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन अनुगमन थालेको छ । कोरोना भाइरस कोभिड १९ को सन्त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी बढ्न थालेपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी यो हप्ता चयनसँग बसन पाएका छैनन् । बिहान सबेरै उठेदेखि २४ घण्टा आफ्नो अनुगमन टोलीलाइ एलर्ट अवस्थामा राख्नुभएको बुझिएको छ । परिणामस्वरुप थुप्रै कालोबजारी गर्नेहरु समातिएको र कयौंलाई समातिएको बताइउको छ । यसबाट कालोबजारीहरु कबेहही हच्केका देखिन्छन् । डिजीको व्यस्तता हेर्दा लाग्छ, एक्शनले नै कालोबजारी नियन्त्रण कुन सक्छ । यो अभियान अभियान देशेभरी चलिरहोस भन्ने आम उपभोक्ताको चाहना देखिन्छ ।

हरेक दिन बिहानैजसो शुरु हुने बजारको छड्के अनुगमनका क्रममा महानिर्देशक नेत्रप्रसाद सुवेदीलगायतको टिम बिहानदेखि राती ११ बजेसम्म केही दिनदेखि अनुगमन गरिरहेको भट्टको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार निरन्तर चलिरहेको अनुगमन अभियान विभिन्न कोणबाट शरु गरिएको छ । कालोबजारी गर्नेहरुलाई नियन्त्रण गर्ने योजनाका साथ निकै गाप्य रुपमा अनुगमन अगाडी बढाइएको बताइएको छ ।

मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथ उपभोक्ता हित समिति बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सरकारले सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेकोसमेत उहाँले जानकारी दिनुभएको थियो ।

मन्त्री भट्टले चाँडै सुपथ मूल्य पसल र घुम्ती पसल सञ्चालन गर्ने विषयमा मन्त्रालय र कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिमा पनि छलफल भएको बताउनुभएको छ । बजार अनुगमनका लागि गृहमन्त्रालयसँग समन्वय गरेर प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लामा अनुगमन गरी कारवाही गर्ने र अभाव हुने अवस्था सिर्जना हुन नदिने उहााको भनाइ छ ।

लुकाएर राखेको १सय ७७ हजार बोरा मास्क बरामदः संलग्न दुईजना पक्राउ

काठमाडौँ । काठमाडौँको चन्द्रगिरी नगरपालिकामा लुकाएर राखेको १ सय ७७ हजार मास्क प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले नगरपालिकास्थित एक घरमा गोदाम गरी राखेको मास्क बरामद गरेको हो ।


मास्क लुकाउनमा संलग्न रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिजी इन्टरनेसनल कम्पनीका सञ्चालक ३४ वर्षिया सुरज गोयल र भारत राजस्थान घर बताउने ३७ वर्षिया सुवास महेश्वरी रहेका छन् । कम्पनी सञ्चालक गोयल काठमाडौँ नगरपालिका वडा नं. २३ मा बस्छन् ।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि प्रशासकीय अधिकृत खड्ग बहादुर श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी तथा चन्द्रागिरी नगरपालिकाका वडाध्यक्ष गोपालकृष्ण महर्जन तथा स्थानीयबासीहरूको सहयोगमा गोदामबाट मास्क बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद कुल मास्क ८ लाख ४९ हजार ६ सय रहेका छन् ।

डिजी इन्टरनेसनल कम्पनीले कालो बजारी गर्नका लागि उक्त मास्क राखिको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बरामद मास्कसहित पक्राउ परेका व्यक्तिहरूलाई कालाबजारी तथा सामाजिक हितविरूद्धको अपराध २०३२ अन्तर्गत अनुसन्धान भइरहेकोे छ ।

नेपाल र इग्ल्यान्ग ‘सी’ बीचको पहिलो मन्त्रीपूर्ण खेल स्थगित

काठमाडौं । राष्ट्रिय फुटबल टोली र इग्ल्यान्डको सी टोलीबीच हुने पहिलो मैत्रीपूर्ण खेल स्थागित भएको छ ।


आगामी जेठ १२ गतेका लागि इग्ल्यान्डमा गर्न तय भएको पहिलो मैत्रीपूर्ण खेल कोरोनाको प्रभावको कारण स्थगित भएको छ । अर्काे सूचना नआउन सम्मको लागि खेल स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फा र फुटबल एसोसिएसन (एफए) बीच केहि महिना अघि दुई मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको थियो ।


दोस्रो मैत्रीपूर्ण खेल सन् २०२१ मा नेपालमा हुने सम्झौतामा उल्लेख छ ।

बुधबार डलरको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबार अमेरिकी डलरको मूल्यमा समान्य गिरावट आएको छ ।

नेपाल राष्ट्र बैङ्कले बुधबार जारी गरेको विनिमय दर अनुसार मंगलबारको तुलनामा अमेरिकी डलरको मूल्यमा सामान्य गिरावट देखिएको छ ।


मंगलबार प्रतिअमेरीकी डलर बराबर खरिदमा १ सय १८रुपैयाँ ५४ पैसा र बिक्रि १ सय १९ रुपैयाँ १४ पैसामा कारोबार भएको थियो ।

बुधबार(आज) प्रति अमेरिकी डलरकोे खरिददर ११८.४९ रुपैयाँ रहेको छ भने बिक्रीदर ११९.०९ रुपैयाँ रहेको छ ।

सिइओ बन्न १ प्रतिशत भन्दा कम सेयर हुनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमाको सिइओ बन्नको लागि १ प्रतिशत भन्दा कम सेयर हुनुपर्ने बताएका छन् । अर्थसमितिमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्येयकमा छलफल गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।


मन्त्री खतिवडाले बीमा कम्पनीमा १ प्रतिशत भन्दा बढी सेयर भएमा सिइओ सेवा भन्दा बढी नाफामा लाग्ने दाबी गरेका छन् । बीमा कम्पनीको १ प्रतिशत भन्दा कम सेयर रहेको योग्य व्यक्तिलाई सिइओ हुन कसैले पनि रोक्न नसक्ने बताउँदै उनले त्यो भन्दा बढी भएको खण्डमा उसमा वित्तीय स्वार्थ देखिने भएकोले सीइओ हुन नसक्ने बताए छन् ।


निजी क्षेत्रको बीमा व्यवसायीलाई कानूनले धेरै बाँध्नु भन्दा पनि आफ्नो विवेक प्रयोग गरेर व्यवस्थित गनुपर्ने बताए ।

नेपालीहरु बीमाको अझैपनि बीमाको पहुँचमा पुग्न नसकेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । पहुँच पुगेपनि धेरै नेपालीहरुको बीमाको प्रिमियम तिर्ने हैसियत नबनिसकेको उनले बताए ।


कार्यक्रममा मन्त्री खतिवडाले निश्चित रकमसम्मको बीमा व्यवसायमा कृषि, पशुपालन, साना व्यवसाय वा संवेदन शिल क्षेत्रमा व्यवसाय प्रवर्दन गर्नको लागि निश्चित रकमसम्मको बीमा गर्दा राज्यले बीमा प्रिमियममा अनुदान दिने कुरालाई समेत उनले स्मरण गराएका छन् ।


मन्त्री खतिवडाले सबैभन्दा जोखिममा रहने र सबैभन्दा कमजोर वर्गले नै बीमा गर्न नसक्ने भएकाले प्रमिएम अनुदान दिने बताएका हुन् । यसमा रकम र प्रिमियममा जाने अनुदान निर्देशनबाट तोकिने र व्यवसायको आकार, आवश्यकता अनुसार १० लाखसम्म पनि दिन सकिने उनले बताएका छन् ।
कार्यक्रममा मन्त्री खतिवडाले राष्ट्रबैंकको मापदण्डअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो सीइओको पारिश्रमिक निर्धारण गर्न सक्ने बताएका छन् ।

उसको आकार, क्षमता लगायतका कारण हेर्ने गरिन्छ तर त्यो बढी भएको खण्डमा नियामक निकायले निर्देशन दिएर रोक्न सक्ने बताए ।

उनका अनुसार बाफियामा पनि यही खालको भाव रहेको र त्यही अनुसार बीमामा पनि जान आवश्यक भएको उनकोे भनाई छ ।
बीमा कम्पनीहरुलाई आफुले गर्ने बीमाको ५ प्रतिशत अनिवार्य लघु बीमा गर्नको लागि तोकिएको भएपनि आवस्यक परेमा पछि थप्न पनि सकिने बताए ।

छलफलको क्रममा बीमा कम्पनीले सहायक कम्पनी खोल्ने क्रममा उनीहरुलाई खुला रुपमा छोडन नहुने विषयमा समेत छलफल भएको छ ।


विधेयकमा भएको दफा ७१ लाई पुरै खारेज गरिएको छ । जसमा परिपालन अधिकृत नियुक्त गर्नुपर्ने व्यवस्था रहेको थियो । यस्तै दफा ७२ मा रहेको बीमाङकीइ मूल्याङकन गराउनु पर्ने व्यवस्थामा ३ नम्बर बुँदालाई पनि हटाइएको छ । यसमा बीमकले बीमाङकीइ मूल्याङकन गराउँदा लगातार ३ वर्ष भन्दा बढी एउटै बीमाङकीबाट मूल्याङकन गराउनु हुँदैन भन्ने व्यवस्था रहेको थियो ।

चन्द्रागिरीमा ट्रकभित्रै सामूहिक बलात्कार

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका – १५ तीनथानास्थित पार्किङ गरेर राखिएको ट्रकभित्रै किशोरीमाथि समूहिक बलत्कार भएको छ ।


महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठका अनुसार सडक किनारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।


मंगलबार बिहान २ बजे किशोरीमाथि तीन जना युवाले सामूहिक बलात्कार गरेका हुन् ।
आरोपित तीनै जनालाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत थानकोटको हिरासतमा राखेको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१ दाङका २४ वर्षिय सञ्जय घर्ती मगर, सुनकोसी गाउँपालिका –९ सिन्धुलीका १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२ रामेछापका १९ वर्षीय कपिल खड्का रहेका छन् ।


बलात्कारमा परेकी किशोरीलाई प्रहरीले माइती नेपालको जिम्मा लगाएको छ ।

कोरोनाको कारण देखाएर उपत्यकामा पेट्रोल तथा ग्यासको अभाव भएपछि प्रहरीद्वारा अप्रेसन सुरु

कोरोना भाइरसको महामारीलाई कारण देखाएर उपत्यकामा पेट्रोल तथा ग्यासको अभाव भएपछि प्रहरीले अप्रेसन सुरु गरेको छ।

मातहतका सबै युनिटलाई आफ्नो क्षेत्रमा पर्ने पेट्रोलपम्प र ग्यास डिलरको अनुगमन गर्न महानगरीय प्रहरी कार्यालयले निर्देशन दिएको छ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोख्रेलले बजारमा अभाव देखाएर लुकाएको पाइए जफत गर्न निर्देशन दिएको बताएका छन्। उपत्यकाका प्रहरीले ग्यास डिलर र पेट्रोल पम्पको सूची बनाएरै अनुगमन थालेका छन्।

मंगलबार ग्यास डिलर र पेट्रोलपम्पमा अनुगमन गर्दै वितरण भए नभएको, नभए किन नल्याएकोरु कहिले आउँछ भन्दै प्रहरीले व्यापारीलाई सोधखोज गरेको छ।

व्यापारीको जवाफ लेखेर प्रहरीले त्यही अनुसार भए नभएको पनि अनुगमन गरिरहेको छ। कसैले सामान लुकाएको पाइए खबर गर्न समेत प्रहरीले आग्रह गरेको छ। यसअघि डल्लु, कपन र सतुङ्गलबाट १० लाख बढी मास्क बरामद भएको थियो।

कालोबजारी हटाउन सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने

सरकारले उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ।

कोरोना भाइरस कोभिड १९ को सन्त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भइरहेको बेला सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी भएको जनाएको हो।

मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथ उपभोक्ता हित समिति बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको बताएका छन् ।

मन्त्री भट्टले चाँडै सुपथ मूल्य पसल र घुम्ती पसल सञ्चालन गर्ने विषयमा मन्त्रालय र कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिमा पनि छलफल भएको बताए। मन्त्री भट्टले बजार अनुगमनका लागि गृहमन्त्रालयसँग समन्वय गरेर प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लामा अनुगमन गरी कारवाही गर्ने र अभाव हुने अवस्था सिर्जना हुन नदिने बताए।

संकट आउँछ थुपारौँ भन्‍ने मनोवृतिका कारण केही समस्या देखिएको उनको भनाई छ। भट्टले आवश्यकता भन्दा बढी सिलिण्डर भरेर नराख्न पनि आग्रह गरेका छन्। असुरक्षित हुने भएकाले भरेका सिलिण्डर घरमा भण्डारण नगर्न नेपाल आयल निगमले पनि चाँडै सूचना प्रकाशन गरी आग्रह गर्ने मन्त्री भट्टले बताएका छन्।

हिसाबकिताब पारदर्शी नगर्ने संस्थाको अनुदान रोक्ने तयारी

काठमाडौं– जथाभावी चलेका सामाजिक संघ संस्थालाई सरकारले कस्न विभिन्न रणनीति तय गरेको छ । हिसाबकिताब पारदर्शी नगर्ने र सामाजिक कामका नाममा ठग्ने संस्थालाई कारवाही गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अग्रसरता देखाएको छ ।

अब अडिट रिर्पोेट नहेरी सरकारले अनुदान रोक्ने भएको छ । उपत्यका भित्रका विभिन्न सामाजिक संस्था अनुगमन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री मन्त्री पार्वत गुरुङले नयाँ कदमबारे जानकारी दिएका छन् ।

मन्त्री गुरुङले सामाजिक संघ, संस्थाहरुको अनुगमन गरेर मात्रै सरकारले अनुदान दिने परिपाटीको सूरुवात गर्न लागेको पनि स्पष्ट पार्नु भयो । मंगलबार भक्तपुरको सानोठिमीस्थित ‘एसओएस बालग्राम, नेपाल’को अनुगमन गर्ने क्रममा उहाँले जथाभावी रुपमा अनुदान दिने कामलाई सरकारले अन्त्य गर्ने बताउनु भयो ।


‘विभिन्न सामाजिक संघ, संस्थाहरुले अनुदानको रकम दूरुपयोग गरेको पाईएकाले पनि अव त्यस्ता गलत परिपाटीको अन्त्य गरेर अघि बढने योजना बनाएको छु,’ मन्त्री गुरुङले भन्नु भयो,‘अर्डिट रिर्पोट हेरेर बजेटको दुरुपयोग नगर्ने संघ, संस्थालाई मात्रै अनुदानको व्यवस्था गर्नेछु ।’ उहाँले अनुदानको रकम दुरुपयोग भए÷नभएको तथ्य थाहा पाउन आफूले सामाजिक संघ, संस्थाहरुको अनुगमनको कामलाई तीव्रता दिएको पनि बताउनु भयो । त्यस अवसरमा मन्त्री गुरुङले प्रदेश र स्थानीय तहसँग मिलेर ‘बालग्राम’ स्थापना गर्ने योजना पनि अघि सार्नु भयो ।


यसैबीच, मन्त्री गुरुङले चेलिबेटी बेचबिखन तथा ओसार पसार नियन्त्रणको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको माईती नेपालको पनि मंगलबार नै अनुगमन गर्नु भएको छ । त्यसैगरी उहाँले न्यूनतम सुविधाविहिन बालबालिकाका लागि शैक्षिक कार्यक्रम ‘युसेप’ नेपालले भक्तपुरको सानोठिमीमा संचालन गरेको ‘बाल सुधार गृह’को पनि मंगलबार नै अनुगमन गर्नु भयो ।