पूर्ब प्रधानमन्त्री नेपालको कुलमान घिसिङलाई सधैं साथ, अरु निकायमा पनि कुलमान बनुन्

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालको चारवर्षे कार्यकाल यही भाद्र २९ गते पूरा गर्दैछन्। चार वर्ष अगाडि चौतर्फी चुनौतीको चाङसँग सामना गरिरहेको प्राधिकरणले १८ घण्टा लोडसेडिङ त थियो नै त्यससँगै कर्मचारीहरूलाई तलब खुवाउन कुन बैंकले पत्याउला भन्ने अबस्थामा घिसिङ कार्यकारी निर्देशकको कुर्सीमा बस्न पुगे।

दैनिक लोडसेडिङको मार खेपिरहेकाले संस्था प्रति जनताको आक्रोस र अविश्वास बढिरहेको थियो । त्यति मात्रै होईन संस्था ३१ अर्व भन्दा बढी ॠणको भारमा पर्दा कर्मचारीहरु समेत जागिरको विकल्प सोच्ने अवस्थामा पुग्दै थिए।

दिन प्रतिदिन धरासायी वन्दै गईरहेको संस्था नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा चुनौती बोकेर प्रवेश गरेका कुलमान घिसिङको चारवर्षे कार्यकालको अन्तिम चौमासिक चलिरहदा रौतहट टाइम्सको एक कार्यक्रममा उनका कामलाई नजिकैबाट नियालिरहेका पुर्ब प्रधानमन्त्री माधबकुमार नेपालले सम्मान गर्दै कुलमान घिसिङले गरेका कामहरू र इमानदारीपनलाई अरु निकायले पनि अनुशरण गर्नुपर्छ, अरुलाइ सन्देश दिनका निम्ति पनि पुन थप एक कार्यकाल कुलमानलाई प्राधिकरणमा दोहोर्याएर सेवा दिनोस मेरो सहयोग रहन्छ भन्नुभएको थियो।२०७६ चैत महिनामा पुर्ब प्रधानमन्त्री नेपालले काम सहितको संदेश दिने हिसाबले पनि दोहोरिन गर्नुभएको आग्रह यतिबेला कुलमान घिसिङ लाई सेवा सकिन हप्ता दिन बाकी रहदा जनस्तरबाट ब्यापक रुपमा पुनः नियुक्तिका लागि आवाज उठेको छ।

घिसिङले घाटामा गएको सस्थाको ३१ अर्ब भन्दा वढी ॠण चुक्ता मात्र गरेनन् यो बीचमा ११ अर्ब नाफा सम्म को हैसियतमा सस्थालाइ पुर्याउन सफल भए।

किन गरेपूर्ब प्रधानमन्त्री नेपालले कुलमानको समर्थन

उनको लगन र मेहनतले ३५ प्रतिशतको विद्युत चुहावटलाई घटाएर १५ प्रतिशतमा झरेको छ । यो दर आगामी दिनमा अझ घट्ने विश्वास सहित पुर्ब प्रधानमन्त्री नेपालले उनका जनप्रिय कामलाई समर्थन गर्नुभएको हो ।

दैनिक १८ घन्टाको लोडसेडिङ ब्यहोरिरहेको हाम्रो समाजलाई चुनौतिकाबीच लोडसेडिङ मुक्त बनाइ उज्यालो दिएर जाने कुलमानले आम नेपालीको मन मनमा कुलमानको छाप छोडेर सेवा सकिनै लाग्दा सर्बसाधारण जनताले प्रयोग गर्ने विद्युतको महसुल शुल्क पनि घटाउन सफल भए यसमा सबैको सहयोग होला तर इमानदारीपूर्वक काम गरेकोले नै यो सब सम्भब भएको हो। यो ४ वर्षे प्राधिकरणको यात्राका क्रममा शुरु भएका जलविद्युत आयोजनाबाट बिजुली बेचेर धनी देश बनाउने अभियानमा सहयोग पुर्याउन र अरु निकायमा सन्देश दिनका निम्ति पनि कुलमानलाई दोहोर्याउनु पर्ने पक्षमा पुर्ब प्रधानमन्त्री नेपाल रहनुभएको बताइएको छ।

कुलमानलाइ चिलिमेबाट हटाउदा बालुवाटारमा खैलाबैला

जतिबेला चिलिमे जलविद्युत कम्पनी लिमिटेडमा प्रमुख भएर काम गरे। त्यतिबेला रसुवा र नुवाकोटका जनताको आर्थिक अबस्थामा सुधार मात्र ल्याएनन्, कमजोर अबस्था भएका गरिबजनताका लागी ठूलो सहारा बनेर उदाए भने बिदेशि लगानी बाहेक केही गर्न सकिदैन भन्ने नेपाली मानसिकता बोकेकाहरुका लागी स्वदेशी लगानीमा सफल विद्युतउत्पादन योजना चलाउदै थिए कुलमान जसलाई एकाएक तत्कालीन उर्जा मन्त्री राधा ज्ञवालीले सरुवा गरि केन्द्रमा थन्क्याउने काम गरेकी थिइन। त्यतिबेला प्रधानमन्त्री सुशील कोइराला थिए। तर माफियाहरुको सल्लाहमा रातारात कुलमानलाई विद्युत प्राधिकरणको जगेडामा सरुवा गरि सो स्थानमा रामगोपाल शिवाकोटीलाई लगिएको थियो।

त्यतिबेलाका कार्यकारी निर्देशक रामचन्द्र पाण्डे (छोटो समय) मुकेश काफ्लेले बस्ने कुर्सी समेत नदिएर महिनौ हल्लाइरहेका थिए। सो बखत ईमानदार साथ दैब भने जस्तै भोलिपल्ट बालुवाटारमा प्रधानमन्त्री कोइराला सहितको उपस्थितिमा बसेको बैंठकमा पुर्ब प्रधानमन्त्री माधबकुमार नेपालले कुलमान घिसिङले गरेको राम्रा कामको तारिफ गर्दै कुन माफिया हो जसले इमानदारपुर्बक काम गर्दै गरेका स्वदेशी लगानीलाई सफलताका साथ काम गरिरहेको अबस्था पनि निकाल्यो। त्यो माफियालाई म चिन्न चाहान्छु। जलविद्युत क्षेत्रमा माफियाकरण बढ्यो। यो सहन सकिदैन। तत्काल घिसिङलाई चिलिमेमा फर्काउनुस र जलविद्युत क्षेत्रलाई माफियाकरण बाट जोगाउनुस,पुर्ब प्रधानमन्त्री नेपालले कडकिएर भनेपछि बालुवाटार बैठकमा झन्डै ३०मिनेट खैल्लाबैल्ला मच्चिएको थियो। त्यतिबेला न पुर्ब प्रधानमन्त्री नेपाललाई घिसिङले भेटेका थिए न परिचय नै थियो। तर पुर्ब प्रधानमन्त्री नेपालले घिसिङका काम भने रसुवा पार्टीअन्तर्गत जनताको तहबाट बुझिरहेकाले एकाएक बालुवाटार बैठकमै हस्तक्षेप गर्नपुगेका थिए। ईमानदार राष्ट्र सेवकलाई साथ दिने पुर्ब प्रधानमन्त्री नेपाल जलविद्युत माफियाहरुको बिरोध गर्नेमात्र होइन भ्रष्टाचार र बेधितिको खुलेर बिरोध गर्ने पुर्ब प्रधानमन्त्रीका रूपमा चिनिन्छन।

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

चितवन । कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र निमोनियाको समेत बिरामी थिइन् ।

अहिले कलेजको आईसीयूमा २० जना उपचाररत छन् । तीमध्ये ३ जनाको भेन्टिलेटरमा राखेर उपचार जारी रहेको कलेजका निर्देशक डा। लम्सालले जानकारी दिए ।

काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक

काठमाडौँ । काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ ।

रेल विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको छ । कोभिड सङ्क्रमण फैलिरहेकाले तत्काल उनीहरु आउन दिने अवस्था नरहेको उनको भनाइ छ । अझै एक दुई महिनासम्म टोलीलाई बोलाउन नसकिने हुनसक्छ । उनले भने, “कोभिड सङ्क्रमण कम भएपछि मात्रै अघि बढ्न सक्छ ।”

दुई वर्ष पहिले नेपालमा सम्पन्न भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा सो रेलमार्ग निर्माणको सम्झौता भएको थियो । भारत सरकारले आफ्नै लगानी र प्रविधिको प्रयोग गरेर सो रेलमार्गको अध्ययन गर्ने सहमति भएको थियो । नेपाल र भारतीय पक्षबीच भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति थियो ।

भारत सरकारकै आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेल निर्माणको समझदारी भएको थियो । सस्झौतानुसार जयनगर–कुर्था र विराटनगर–जोगबनी दुई स्थानमा निर्माण अघि बढीसकेको छ । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन् ।

निषेधाज्ञामा वन तस्करी

महोत्तरी । कोभिड–१९ त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीका वनक्षेत्रमा तस्करको प्रवेश बढेको छ । चैत ११ देखि साउन ७ अघिको सरकारले घोषणा गरेको लकडाउन र पछिल्लो चरणमा साउन २० यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले पटक–पटक अवधी बढाउँदै लगेको निषेधाज्ञामा वनसम्पदा चोरी हुने क्रम बढेको हो । भदौ लागेयतामात्रै वन सुरक्षा गस्तीले गरेको सघन खोज अभियानमा भर्खरै कटान गरेर लुकाइएका साखुका काठ ५९ क्यूविक फिट बरामद गरेको छ । चोरी कटान गरेर लगिने काठ धेरैजसो अवैधरुपले सञ्चालन गरेका समिल (काठ चिरान गर्ने कारखाना) र फर्निचर उद्योगमा फेला परेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए ।

“हामीले यसै सातामात्र बर्दिवासका दुई ठाउँबाट ५९ क्यूविक फिट नापका चिरान गरिएका ९४ थान नयाँ कटान गरिएका काठ बरामद गरेका छौँ”, डिभिजन प्रमुख साहले भने, “तश्करले रुख कटान गर्ने र अवैधरुपमा सञ्चालनमा रहेका फर्निचर उद्योगले चिरान गराएर लुकीछिपी बेच्दा रहेछन् ।” यसरी चोरी कटान हुने रुखमा साखुका ससाना बोट बढी पाइएको वन सुरक्षा गस्तीको अनुभव छ ।

आम मानिस र वन सुरक्षा जवान कफ्र्यूले सक्रिय नहुने अनुमानमा तश्करले यो समय प्रयोग गर्ने गरेका छन् । यसअघि साउनमा जिल्लाकै गौशाला नगरपालिका क्षेत्रभित्र चोरी कटान गरी चिरान गराएर लुकाई राखिएका साखुकै १०० क्यूविक काठ वन सुरक्षा गस्तीले बरामद गरेको थियो । यसअघि गतचैतदेखि असार मसान्तसम्म डिभिजन वन कार्यालयले सञ्चालन गरेको सघन गस्तीले ३०० क्यूविक फिट साखुकै काठ बरामद गरेको कार्यालय अभिलेखमा तथ्याङ्क छ ।

लकडाउन र कफ्र्यूभित्र वनसम्पदा चोरी कटान र वन्यजन्तुको अवैध शिकार बढेपछि कार्यालयले गतचैतदेखि नै समय तालिकासहित तीनवटा वन सुरक्षा गस्ती परिचालित गर्दै आइएको कार्यालयले जनाएको छ । लकडाउन शुरु भएको गत चैत यता हालसम्म करिब ५०० क्यूविक फिट चोरीका साखुका काठ बरामद गरिएको छ । काठ चोरीमा प्रयोग गरिने हतियार, काठ ओसार्न प्रयोग गरिएका साइकल, मोटरसाइकल र टेम्पुसहित साधन नियन्त्रण लिइएको छ । यसअवधीमा १० जना पक्राउ परेका छन् । लकडाउन र कफ्र्यू अवधीभित्रै शिकारीको आक्रमणमा परी घाइते भएका १० वन्यजन्तु उद्धार गरिएका छन् ।

सामाजिक सञ्जालमार्फत ठगी गर्ने पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ हाल मकवानपुको हेटौंडा उपमहानगरपालिका–४ बस्ने सत्कार लुँईटेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङकाअनुसार उनीहरुले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न व्यक्तिसँगबाट ठूलो रकम ठगी गरेको हुन् । सामाजिक सञ्जालमा रहेका साथीलाई उपहार पठाइदिने भनि रकम ठगी गरेको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका–२० शारदानगर बस्ने आरती रानालाई पटकपटक गरी रु २ लाख ५३ हजार २४० र मोरङको लेटाङ नगरपालिका–९ बस्ने विष्णुकुमारी राईलाई रु २ लाख ७५ हजार ६४५ ठगी गरेको गुरुङले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुबाट प्रेमबहादुर राना, सन्जना पाठकको नामको यातायात व्यवस्था कार्यालय गण्डकीको नक्कली सवारी चालक अनुमति पत्र बरामद गरिएको प्रहरीले जनाएको छ । सो परिचय पत्रका आधारमा रकम निकाली उक्त रकम सत्कार लुँईटेल, रामकुमार तामाङ, निशाकुसुम भट्टराई, लोकप्रसाद भूर्तेल, मञ्ज केसी र तोजबहादुर केसीको खातामा पठाउने गरेको पाईएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालत चितवनमा ठगी र लिखतसम्बन्धि कसुरमा मुद्दा दायर गरिएको उनले बताए । उनीहरुले सामाजिक सञ्जालको प्रयोग गरी विदेशीको फोटो राखी नक्कली खाता खोलि महिलालाई साथी बनाई ईटाली, अमेरिका, अष्टे«लिया, सिङ्गापुर, फ्रान्सजस्ता देशबाट बोलेको भनि उपहार पठाईदिने भनि पठाउँदा लाग्ने खर्च मागेर ठगी गरेको प्रहरीले जनाएको छ । यस्तै सोही मुद्दामा अन्य छ जना फरार रहेको र खोजीकार्य जारी रहेको उनले जानकारी दिए ।

सेनामार्फत सञ्चालित पाँच आयोजनाको वार्षिक कार्य प्रगति ८० प्रतिशत

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा आव २०७६÷७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ । रक्षा मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न प्राथमिकता प्राप्त तथा राष्ट्रिय महत्वका आयोजनामध्ये बङ्करदेखि ब्यारेकसम्म कार्यक्रमको कार्यप्रगति सबैभन्दा अब्बल देखिएको छ । उक्त कार्यक्रमअन्तर्गत १२१ वटा भवन सेनाले निर्धारित समय अघि नै पूरा गरेको छ ।

उक्त आर्थिक वर्षमा त्यस कार्यक्रमका लागि रु १ अर्ब ८२ करोड ११ लाख ७१ बजेट विनियोजन भएकामा त्यस बजेटबाटै सेनाले थप १८ वटा पूर्वाधार निर्माण गरेको रक्षा मन्त्रालयले जनाएको छ । कोभिड–१९ का कारण मुलुकका धेरै आयोजना अलपत्र अवस्थामा रहेका बेला यो कार्यक्रमको वार्षिक कार्यप्रगति १०२.५ प्रतिशत छ । जुन अरु आयोजनाको तुलनामा निकै प्रशंसनीय मन्त्रालयले जनाएको छ ।

सेनाकै व्यवस्थापनमा निर्माणाधिन कालीगण्डकी करिडोरको वार्षिक लक्ष्यको कार्यप्रगति पनि शतप्रतिशत रहेको तथ्याङक प्रस्तुत गरिएको छ । उक्त आयोजनाका लागि उक्त आर्थिक वर्षमा रु २५ करोड रकम विनियोजन भएको थियो । त्यस्तै कर्णाली करिडोरको ९३ प्रतिशत र बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकको वार्षिक कार्यप्रगति लक्ष्यको शतप्रतिशत नै भएको विवरण प्रस्तुत भएको छ । कर्णाली करिडोरलाई रु ३५ करोड तथा बेनीघाट–आरुघाट–लार्केञ्ज्याङ सडकलाई ११ करोड ७५ लाख रकम छुट्याएको थियो । दार्चुला–घाँटीबगर गोरेटो ट्र्याक निर्माण पनि उक्त आर्थिक वर्षमा लक्ष्यको ८० प्रतिशत काम पूरा भएको छ ।

दु्रतमार्गको प्रगति ४२. ८ मात्रै

रक्षा मन्त्रालय मातहत वार्षिक लक्ष्यको ५० प्रतिशत प्रगति हासिल नभएका आयोजनाका सूचीमा द्रुतमार्ग, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचना पुुनःनिर्माण परेका छन् । मुलुककै सर्वाधिक चर्चामा रहेको राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश दु्रतमार्ग सडक आयोजनाको वार्षिक कार्यप्रगति भने ४२. ८ मा खुम्चिएको छ । आर्थिक वर्ष २०७६÷७७ मा उक्त आयोजना अघि बढाउने सन्दर्भमा डिपीआर स्वीकृति र अन्तर्राष्ट्रिय परामर्शदाता छनोटमा भएको ढिलाइले प्रभाव पारेको थियो । आयोजनाको ‘होलिस्टिक प्लान र टेण्डर डकुमेन्ट’ तयारीमा बढी समय खर्चनु परेकाले पनि लक्ष्य प्राप्तिमा कठिनाइ परेको मन्त्रालयको भनाइ छ । लकडाउनका कारण आवश्यक उपकरणसहित प्राविधिक परिचालनमा परेको समस्याले पनि लक्ष्यअनुरुप प्रगति हासिल गर्न बाधा पुगेको हो । उक्त द्रतमार्गका लागि रु ४ अर्ब ४६ करोड १४ लाख बजेट विनियोजन भएको थियो ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी पूर्व तयारी कार्यमा सो आवमा लक्ष्य ४०.२९ मात्रै काम भएको पाइएको छ । सो अवधिमा पूर्वाधार निर्माण समिति गठन आदेश स्वीकृत, विस्तृत अवधारण पात्रको मस्यौदामा छलफल र सांगठानिक संरचना तयार गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । सरकारले काभ्रेको साँगा भन्ज्याङमा ७४० रोपनी क्षेत्रफलमा उक्त विश्वविद्यालय निर्माण गर्ने निर्णय गरेको छ । उच्च शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने विधेयक निर्माण हुने क्रममा रहेकाले उक्त विश्वविद्यालयको विधान विधेयकमा समावेश गर्नुपर्ने अवधारणको अध्ययन भइरहेको जानकारी दिएको छ ।

विश्व विद्यालय भवन र पूर्वाधार निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)को प्रारम्भिक प्रतिवेदन तयार भएको बताइएको छ । उक्त आयोजनाका लागि रु २० करोड बजेट विनियोजन भएको थियो । भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण कार्यको उक्त आवमा लक्ष्यको ३० प्रतिशत मात्र काम भएको छ । भूकम्पबाट क्षतिग्रस्त पुनःनिर्माण गर्न बाँकी १३९ भौतिक संरचनाको लागि रु २ अर्ब ७८ करोड ९९ हजार माग भएकोमा सोअनुसार रकम विनियोजन नहुँदा जवान केन्द्रित आधारभूत भौतिक पूर्वाधार निर्माण कार्ययोजनामा नै प्रभाव परेको बताइएको छ । सो कार्यका लागि रु ८ करोड १५ लाख मात्र बजेट विनियोजन भएको थियो । ढिलो बजेट निकासा भएको र बन्दाबन्दीका कारण कामदार र सामग्री ढुवानी समस्या भएपछि लक्ष्य हासिल गर्न नसकिएको प्रगति विवरणमा उल्लेख छ ।

अबको बाटो

राष्ट्रिय प्राथमिकता प्राप्त कालीगण्डकी करिडोर, कर्णाली करिडोर, बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ्ग, खाँदवारी–संखुवासभा, दार्चुला–टिंकरलगायत आयोजनाको लक्ष्य प्राप्त गर्न आवको शुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारी प्रदान गर्नु पर्ने मन्त्रालयको सुझाव छ । काठमाडौँ–तराई–मधेश द्रुतमार्गको खोकना क्षेत्रको जग्गाको मुआब्जा वितरणसम्बन्धी विवादको यथाशीघ्र समाधान र निर्माणस्थल आसपासका वन जङ्गल, खोलानाला, खानी, ऐलानी तथा सरकारी जग्गाबाट निर्माण सामग्री स्थानीय स्तरमा उत्खनन गरी सहज रूपमा प्रयोग गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

सिजन ३ को फाइनल आज: को बन्ला नेपाल आइडल

देशले आज तेस्रो नेपाल आइडल प्राप्त गर्दैछ । शुक्रबार स्टुडियोमा आयोजना हुने गायन रियालिलिटी सो नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा यसको विजेता घोषणा गरिने छ । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुन लागेको हो । एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका छन् ।

हजारौंबाट छानिएर उत्कृष्ट ३ मा पर्न सफल भएका उनीहरूले पाएको भोटको आधारमा विजेता चयन हुनेछ । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् । अन्य हप्ताको कार्यक्रम जस्तै शुक्रबारको कार्यक्रममा सीमित मानिस र दर्शकको उपस्थितिमा नेपाल आइडल–३ को विजेता घोषणा गरिने प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए । पौडेलका अनुसार कोभिड—१९ का कारण ग्रान्ड फिनाले सामान्य तवरमै सञ्चालन गर्न लागिएको हो । लकडाउन भएको थिएन भने गत चैतमै कार्यक्रम सम्पन्न भइसक्थ्यो । कोरोनाका कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्युु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।

नेपाल आइडल यस्तो एउटा मञ्च हो जसले हर कोहीलाई अवसर दिन्छ । यसले दूरदराजमा लुकेर रहेका प्रतिभालाई अगाडि बढ्न समान अवसर दिन्छ । नेपाली सांगीतिक इतिहासमा बेग्लै उचाइ कायम गरेको नेपाल आइडल हरेकको सपना हो । यसअघि बुद्ध लामा र रवि ओडले यो उपाधि चुमिसकेका छन् ।

उत्कृष्ट तीन प्रतिस्पर्धी

सज्जा चौलागाईं

मोरङ पथरीकी सज्जा चौलागार्इं नेपाल आइडलकी उत्कृष्ट प्रतियोगी हुन् । नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थाल्यो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ ।

कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन् । बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन् ।

ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन् । उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो । कलेज पढ्दै, लाइभ गीत गाउँदै उनको दैनिकी चलिरहेको थियो । लाउन्जहरूमा हिन्दी, रक र अंग्रेजी गीत बढी गाउनुपथ्र्यो । तीनदेखि चार घण्टा निरन्तर गीत गाउनुपथ्र्यो ।

प्हिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन् । गाएर कमाएको पहिलो कमाइ पाँच सय रपैयाँ थियो । उनका आमाबुवाले गाउन सधैं सहयोग गर्छन् । ब्याचलर्सकी विद्यार्थी सज्जा नेपाल आइडल सिजन–३ को अडिसनले यता तानिएकी हुन् ।

सुरुमा उनले डिजाइनर बन्ने सपना बोकेकी थिइन् तर गीतले उनलाई पछ्याइरह्यो । गायनमै अगाडि बढ्छु भन्ने त थिएन तर लाइभ गायन र नेपाल आइडलले उनलाई गायनबाट अलग हुन नसक्ने बनायो ।

नेपाल आइडलमा अरूले गाएको सुन्दा यत्तिको त म पनि गाउन सक्छु भन्ने लाग्थ्यो उनलाई । गायक सविन राईकी फ्यान सज्जा नेपाल आइडलले आफूलाई संगीतसँग अझ नजिक बनाएको बताउँछिन् । हरेक प्रतियोगी एकसे एक भएकाले आफू नै विजेता बन्नेमा ढुक्क भने छैनन् उनी । ‘टप फाइभमा पुग्नु पनि ठूलो उपलब्धि हो’, उनले सुनाइन् ।

प्रवीण बेडुवाल

बर्दिया राजापुरका प्रवीण नेपाल आइडल सिजन–३ का अब्बल प्रतियोगी हुन् । कार्यक्रममा उनको स्वर र प्रस्तुतिले निर्णायक तथा दर्शकको मन जितेको छ । शास्त्रीय संगीतका विद्यार्थी बेडुवाल जब नेपाल आइडलको स्टेजमा उत्रन्छन् उनी आफूलाई नै बिर्सन्छन् । गायन अवधिभर गीतमै डुब्छन् । हरेक इपिसोडमा अब्बल गाउने प्रवीण शान्त स्वभावका छन् ।

उनी भारतको तमिलनाडुमा हुर्किएका हुन् । इन्डियन आर्मीमा आबद्ध उनका बुवाले गायनका लागि उनलाई कहिल्यै सहयोग गरेनन् । उनका बुवाले प्रवीण पनि आर्मीमै जागिर खाओस् भन्ने सोच्थे । बुवाले भनेपछि कसैले पनि नाइँ भन्न सक्दैनथे । प्रवीण गाउन नछाड्ने, उनका बुवाले गीत गाएको सुन्न नसक्ने । बुवाले एक दिन प्रवीण सामु एउटा प्रस्ताव राखे । ‘प्रवीण कि गाउन छाडिदे कि घर रु प्रवीणले घर नै छाडिदिए । त्यसपछि हजुरआमासँग बसे । उनका हजुरबुवा सानोमै भारत पसेका थिए । उतै व्यापार गरे । छोराछोरी उतै हुर्काए । तर पनि उनलाई भनिरहन्थे, ‘यो हाम्रो ठाउँ होइन है । नेपालमै फर्कनुपर्छ, केही गर्नुपर्छ ।’ नेपालमै सरकारी जागिर खानुपर्छ भन्ने सोच थियो । हजुरबुवा आफ्नै देशमा काम गर्न उक्साउँथे । यसैले पनि प्रवीणमा नेपालमै केही गनुपर्छ भन्ने भावना जागेको थियो ।

प्रयाग संगीत विश्वविद्यालय इलाहाबादबाट शास्त्रीय संगीतमा उनले ब्याचलर्स गरेका छन् । संगीतलाई अगाडि बढाउने भन्दै उनी नेपाल पनि आएका थिए तर यहाँको वातावरण राम्रो लागेन उनलाई । उनी तमिलनाडु नै फर्किए । त्यहाँ गएपछि पनि उनी गीतसंगीतमै निरन्तर लागिरहे । उनलाई परिपक्व गायक बन्नु थियो ।

नेपाल आइडल सिजन–३ को अडिसन चलिरहेको थियो । बुटवल अडिसन हुँदा उनी चितवनमा थिए । नेपाली गीतसंगीत सुनेर हुर्किएका प्रवीण नेपाली भाषाका गीत पनि उत्तिकै राम्रो गाउँथे । उनका नेपाली साथीले नेपाल आइडलमा जाने सल्लाह दिए । उनी पहिलो टेकमै छनोट भए । काँचो फलफूल बजारमा लग्यो भने कसैले किन्दैन भन्ने विचार राख्ने प्रवीण परिपक्व बनेर मात्रै संगीतमा आउनपर्छ भन्ने सोच राख्थे । यसैले पनि निकै मेहनत गरिरहेका छन् । त्यसैले त उनका हरेक प्रस्तुति अब्बल हुने गर्छन् । उनलाई जित्नैै पर्छ भन्ने लाग्दैन । नेपाल आइडल एउटा उचित प्लेटफर्म भएकाले यहाँसम्म पुग्नु नै आफ्ना लागि विशेष उपलब्धि भएको ठान्छन् उनी ।

किरणकुमार भुजेल

महोत्तरी बर्दिबासका हुन्, किरणकुमार भुजेल । उनी वाइल्ड कार्ड इन्ट्रीमार्फत नेपाल आइडलमा पुनः भित्रिएका हुन् । पुनरागमसँगै उनले कार्यक्रममा तहल्का पिटिरहेका छन् । उनले सबै कार्यक्रममा दमदार प्रस्तुति दिएका छन् । उनी केही वर्षदेखि नेपाली संगीतमा संघर्ष गरिरहेका थिए । सामान्य किसान परिवारमा हुर्किएका किरणलाई संगीत सिक्ने रहरले संघर्ष र अभावको बाटोमा लामै हिँडएको छ । नेपाल आइडल आउनुअघि नै उनले केही गीत सार्वजनिक गरिसकेका थिए । कुशल गायक बन्ने सपनाले उनलाई अभावको बाटो पार गर्न हौसला दियो ।

गाउँमा भैंसी चराउन जाँदा होस् या धान रोप्न खेत पस्दा होस् उनले दाजु सुमनसँगै गीत गाउने अभ्यास गर्थे । इन्डियन च्यानलमा आउने सांगीतिक रियालिटी सो हेरेर उनले नेपालमा पनि यस्तै स्टेज होस् भन्ने कल्पना गर्थे । आज उनको त्यो सपाना नेपाल आइडलले साकार पारिदिएको छ ।

नेपाल आइडललाई सुरुआतदेखि नै पछ्याएका भुजेल पहिलो सिजनमा थिएटर राउन्डसम्म पुगेर बाहिरिएका थिए । पिठ्यूँमा स्याउलाको भारी बोलको कर्णप्रिय गीत गाउँदै सिजन— ३ को अडिसनमा छनोट भएका थिए उनी ।

उनीभित्रको गायन क्षमताले उडानको सपना देखिरहेको थियो । उनी संगीत सिक्न काठमाडौंको ललितकलामा भर्ना भए । अनि मात्रै सुरु भयो उनको सांगीतिक संघर्ष । (अन्नपर्ण पोष्टबाट अजवी पौड्यालको लेख)

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ४३ लाख ६८ हजार नाघ्यो

काठमाडौँ । विश्वमा दुई करोड ४३ लाख ६८ हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले मङ्गलबार जानकारी दिएको छ ।
सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ३० हजार ४०९ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङक्रमित मध्ये हालसम्म एक करोड ६८ लाख ९८ हजार ८९१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ३९ हजार २८८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार ५६६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ६० लाख २ हजार ९२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८३ हजार ६८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ५९ लाख ७४ हजार ९९४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख ९४ हजार ८१९ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ७१ लाख ४६९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ६४ हजार ४९५ जनाको मृत्यु भएको छ । युरोपमा ३४ लाख ४५ हजार ७९२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ६ हजार ४७४ को मृत्यु भएको छ ।

एसिया ६६ लाख १ हजार ५९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ३५ हजार ३३६ जनाको मृत्यु भएको छ । अफ्रिकामा १२ लाख १७ हजार ११३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ६७० जनाको मृत्यु भएको छ ।

ओसियानामा २७ हजार ९०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६०० जनाको मृत्यु भएको छ ।

पाकिस्तान र अफगानी तालिवानबीच भेटबारे कुरेशीद्वारा पुष्टि

काठमाडौँ । पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले बिहीबार अफगानिस्तानको द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अफगानी तालीवानी समूहसँग भेटवार्ता भएको बताएका छन् ।

भेटमा शान्ति प्रक्रियामा भएका प्रगतिको जानकारी तालीवानी प्रतिनिधिले आफूलाई जानकारी गराएको र समग्र प्रक्रियाबारे कुराकानी भएको उनले बताए ।

कुरेशीले अफगानी तालीवान विद्रोहीद्वारा पाकिस्तान पठाएका प्रतिनिधिसँग दुई दिन पहिले भेट गर्नुभएको थियो । अफगानी तालीवान समूहका केही नेताहरू अहिले पाकिस्तानी क्षेत्रमा रहेका छन् ।

पाकिस्तानी विदेशमन्त्री कुरेशीका अनुसार भेटमा शान्ति प्रक्रियालाई अगाडि बढाउने विधि तय गर्नेबारे छलफल भएको उल्लेख गरे ।

पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “तालिवानी समूहका राजनीतिक प्रतिनिधिहरूसँग भएको भेट धेरै उपयोगी थियो ।”

“अफगानी द्वन्द्वको राजनीतिक समाधान उत्कृष्ट तथा निर्विकल्प उपाय हो र यो सम्भव छ,” पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पाकिस्तानले अन्तर–अफगानी वार्ता सुरु हुनेमा विश्वास लिएको उनले बताए ।

नेपाली सेनाका एक दर्जन महासेनानीको सरुवा

काठमाडौँ । सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । साथै महासेनानी दिपेशजंग शाहसमेत १२ महासेनानीको सरुवा गरिएको छ ।

नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले यही भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

सरकारले नेपाल न्याय सेवा, सरकारी वकिल समूह, राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको सहन्यायाधिवक्ता पदमा ज्ञानप्रसाद भुसाललाई नियुक्त गरी उच्च सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गरेको छ । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट करिब रु ११ अर्ब ६५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको उनले बताए ।

मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको समेत काम गर्ने गरी तोक्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री डा खतिवडाले विद्युतीय माध्यमद्वारा सञ्चालन गरिने व्यापार ९ई–बिजनेस० सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए ।

यसैगरी सरकारले प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरणमार्फत पठाइएका कार्यक्रमको प्राविधिक कार्य सञ्चालन प्रक्रिया, रिपोर्टिङ्ग तथा तथ्याङ्क व्यवस्थापनका शर्त पारित गर्ने निर्णय गरेको छ । श्रीलंकाद्वारा आयोजना गरिने २१औं बिमस्टेक ‘सिनियर अफिसियल्स मिटिङ्गमा नेपालका तर्फबाट सहभागी हुन परराष्ट्र सचिवको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरिएको छ ।

नेपालले भर्चुअल माध्यमबाट आयोजना गर्ने सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकमा परराष्ट्रमन्त्रीको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने, सडक डिभिजन, चन्द्रनिगाहपुर रौतहटको कार्यक्षेत्रभित्र सर्लाही जिल्लाको एकादशी खोलामा निर्माण भइरहेको पुलको एप्रोच सडक (पहुँच मार्ग) मा पर्ने कुल एघार घर टहरालाई मुआब्जा तथा क्षतिपूर्ति दिने र सम्बन्धित डिभिजन प्रमुखलाई प्रारम्भिक कारवाई चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरिएको उनले बताए ।

सरकारले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पस, पुल्चोक ललितपुरलाई बि।ई। एरोस्पेशमा नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष ०७७÷७८ का लागि वन तथा वातावरण मन्त्रालयअन्तर्गतका आयोजना तथा कार्यक्रमका लागि राजपत्रांकित श्रेणीको ४५ अस्थायी दरबन्दी सिर्जना गर्ने, माई बेनी जलविद्युत आयोजना ९९।५१ मे।वा।० को हेडरेस, सेटलिङ बेसिन र पेनस्टकलगायतका संरचना निर्माण गर्न इलाम नगरपालिका–६ स्थित राष्ट्रिय वन क्षेत्रको ४।७७ हेक्टर जग्गा ३० वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।

उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र जारी गर्ने कार्य पुनः सूचारू गर्ने, शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यार्थी वित्तीय सहयोग कार्यक्रम) मा आव ०७७÷०७८ मा गत साउन १ गतेदेखि आगामी पुस १६ गतेसम्मका लागि अधिकृतस्तरका तीन अस्थायी पदको दरबन्दी सिर्जना गर्ने निर्णय समेत गरिएको छ ।

सर्वोच्च अदालत र मातहतका उच्च अदालतको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव उदयबहादुर रानामगर र सहसचिव नवराज ढकाललाई परराष्ट्र मन्त्रालय वा अन्तर्गत सरुवा गर्ने र गृह मन्त्रालयको उत्तर पश्चिममा रहेको खाली जग्गामा सिंहदरबारको सीमा पर्खालबाट न्युनतम १० मिटर चौडाइको ग्रिन बेल्ट कायम गर्ने गरी ४३ रोपनी छ आना जग्गा चण्डीदल गणलाई उपलब्ध गराउने निर्णय भएको मन्त्री डा खतिवडाले जानकारी दिए ।

साथै सरकारले लोक सेवा आयोगबाट सिफारिस भएका डा।रश्मि शर्मा, डा।वर्षा थापा र लिली श्रेष्ठलाई नेपाल स्वास्थ्य सेवाको एघारौं तहको पदमा नियुक्त गर्ने, विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी–एसिया क्षेत्रीय समितिको ७३ औ बैठकमा सहभागी हुन स्वास्थ्य तथा जनसंख्यामन्त्रीको नेतृत्वमा अन्य दुई जनालाई सहभागी हुन स्वीकृति दिने, नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूह, एघारौं तह, प्रमुख औषधि व्यवस्थापक पदमा भरत भट्टराईलाई बढुवा नियुक्ति गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत पदस्थापन गर्ने र नेपाल चेम्बर अफ कमर्सको ९सातौं संशोधन० विधान, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ ।

कास्कीमा नेपाल प्रहरीको ‘मोबाइल एप’ सञ्चालनमा

कास्की । जिल्ला प्रहरी कार्यालयले गण्डकी प्रदेशमा पहिलोपटक प्रहरीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउने उद्धेश्यले ‘पाइलट प्रोजेक्ट’का रुपमा ‘नेपाल पुलिस मोबाइल एप’ सञ्चालनमा ल्याएको छ ।

समुदायमा घट्ने आपराधिक क्रियाकलाप, घटना तथा सूचनालाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधीलाई तत्काल नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयले विकास गरेको सो एपले सघाउने विश्वास सहित सञ्चालनमा ल्याइएको हो । कार्यालयले आज ‘भिडियो कन्फ्रेन्स’मार्फत पत्रकार सम्मेलन गरी एप सार्र्वजनिक गरेको छ ।

जिल्लाको समग्र शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने उदेश्यले थप सूचनाको माध्यमका रुपमा एप गण्डकी प्रदेशमै पहिलो पटक शुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

‘एन्ड्रोइड’ र ‘आइफोन’ दुवै सेटमा सञ्चालन हुने एप्स डाउनलोडपछि सर्वसाधारणले घटनाका बारेमा आफू रहेकै स्थानबाट प्रहरीलाई जानकारी गराउन सक्ने र प्रहरी कार्यालयसम्म आउनुपर्ने बाध्यता नहुने भएकाले समयको समेत बचत हुने उनको भनाइ छ ।

घरेलु हिंसा, लुटपाट चोरी, ज्यानसम्बन्धी, सवारी दुर्घटना, ठगी, यौनजन्य अपराध, लागुऔषध, मानिस हराएको, हातहतियार तथा विष्फोटक पदार्थ सम्बन्धी जानकारीका बारेमा प्रहरीलाई सो माध्यबाट रिर्पोटिङ गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी नजिकको प्रहरी कार्यालयका सम्पर्क नम्वर, प्रहरी सन्देश तथा समाचार, आपत्कालिन सम्पर्क नम्बर एप्समा समावेश गरिएको छ । गुगल प्लेस्टोरबाट सो एप डाउनलोड गरी सञ्चालन गर्न सकिनेछ ।

उपत्यकामा थप ३ सय ७७ जनामा कोरोना पुष्टि

काठमाडौँ । आज (बिहीबार) एकै दिन काठमाडौं उपत्यकामा ३ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको । पछिल्लो २४ घन्टामा काठमाडौं २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो ।

निषेधाज्ञाको बाबजुत पनि थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ५ सय ६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार ७३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज (बिहीबार) सम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ६२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ४७ हजार ८८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सिक्री बेचेर बागलुङको झलुङ्गे पुल हेर्नलाई बाटो खर्च

बाग्लुङ । मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु हराएको खबर भाइरल भयो । निसीखोलाको वडा नम्बर–७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न निस्केका आठ जनामध्ये चार जना साँझ घरमा फर्के । १७ वर्षीया अस्मिता सुनार, १५ वर्षीय रामप्रसाद सुनार, १६ वर्षीय श्यामु शिर्पाली र १५ वर्षीया सम्झना सिर्पाली भने सम्पर्क विहिन भए । परिवारले खोजी गर्न झिवाखोला प्रहरीमा निवेदनसमेत दियो । हराएको भनिएको पाँच दिन पछि बागलुङ बजारबाट ती किशोर किशोरी फेला परे ।

यद्यपी, उनीहरु हराएको नभई विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल हेर्नका लागि बागलुङ आएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार नर्सिङकोट घुम्न गएका आठमध्ये चार जना बागलुङका लागि निसीखोलाबाट हिँडेर बुर्तिवाङ आएका थिए ।

बुर्तिवाङको सून पसलमा सोही दिन तीन किशोरीमध्ये दुई किशोरीले आफूले लगाएको चाँदीको सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको रेग्मीको भनाइ छ । “घाटीमा लगाएको दुइ वटा सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको पाइयो”, रेग्मीले भन्नुभयो “बागलुङ बजारको चिप्लेटी बसपार्कमा बास बसेका उनीहरुले लामो पुल अवलोकनसमेत गरेका रहेछन् ।” कालिका मन्दिरसमेत घुम्न गएका उनीहरुलाई प्रहरीले फर्काएको थियो । पैसा र बासको अभावमा घर फर्कन नसकेका उनीहरुलाई प्रहरीले भदौ १० गते बागलुङ बजारमा फेला पारेको थियो ।

बागलुङ बजारमा निषेधाज्ञा भएका कारण घर फर्कन समस्या भएका कारण परिवारको सम्र्पकमा नआएको हुन सक्ने परिवारका सदस्य बताउँछन् । घरबाट घुम्न भनेर निस्केका चारै जना सम्र्पक बिहिन भएपछि चिन्तामा रहेको र घुम्ने क्रममै भेटिएको खबरले खुसी दिलाएको श्यामु सिर्पालीका बुबा कोकबहादुर बिकले बताउनुभयो । “हामी त तनावमा थियौं, कसैले अपहरण, केही ग¥यो कि भनेर डराएका पनि थियौं,” बिकले भन्नुभयो, “रामप्रसाद सुनार, अस्मिता सुनारले घरबाट एक हजार र श्यामु सिर्पालीले ६०० लगेर निस्केका रहेछन् ।” सिर्पालीका बुबाका अनुसार बागलुङ बजारमा प्रहरीले फेला पारेर बुर्तिवाङ लगेर परिवारको जिम्मामा लगाइदिएको छ ।

उनीहरुले दुई वटा चाँदीको सिक्री बुर्तिवाङ बजारमा रु तीन हजारमा बिक्री गरी ट्याक्सी चढेर लामो पुल हेर्न बागलुङ बजार १० किमी पैदल र ९० किलोमिटर सवारी यात्रा गरी बागलुङ बजार आएका थिए । सामाजिक सञ्जालमा निकै चर्चा कमाएको रामरेखा अदुवाबारी पुलका विषयमा उनीहरुले जानकारी पाए पछि परिवारलाई खबर नगरी बागलुङ बजारमा आएका थिए ।

बिरामी नआउने डरले किष्ट हस्पिटलले स्वास्थ्यकर्मी संक्रमितको सुचना लुकायो

काठमाडौँ । ललितपुरस्थित किष्ट मेडिकल कलेजले स्वास्थ्यकर्मी संक्रमित भएको सुचना लुकाएको छ । कलेजका स्वास्थ्यकर्मी धमाधम संक्रमित हुँदै होम आईसोलेसनमा बसेर निको भएपछि काममा फर्किएका छन् । तर अस्पताल प्रशासनले भने बिरामीको चाप घट्ने चिन्ताले स्वास्थ्यकर्मी संक्रमित भएको सूचना नै लुकाएको स्रोतले जनाएको छ ।

उक्त मेडिकल कलेजमा प्रसुति बिभागका एक चिकित्सक, फिजियो थेरापी विभागका कर्मचारी, मेडिकल विभागका चिकित्सक, आवासिय चिकित्सक,एक्सरे विभागका कर्मचारी लगायतका कर्मचारीहरुमा कोरोना संक्रमण भएको र एकजना एक्सरे विभागका कर्मचारीको अझै पनि सोही अस्पतालमा उपचार गराईरहेको जानकारी प्राप्त भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

किष्ट मेडिकल कलेजमा कोभिड १९ का बिरामी झण्डै २० जनाको हाराहारीमा भर्ना भएका र केही बिरामीले अस्पतालको महगो शुल्कका कारण अस्पताल भर्ना हुन नसकेर जटिल अवस्थामा पनि घरमै आइसोलेसनमा बस्न बाध्य भएको गुनासो स्वास्थ्य मन्त्रालय समक्ष गरेको बुझिएको छ । किष्ट मेडिकल कलेजमा क्याबिनमा भर्ना हुन १ लाख देखि १ लाख ५० हजार पर्छ भने सामान्य बेडमा ५० हजार चाहिन्छ भनेकाले आफु भर्ना नभै घरमै बसेर पुन परिक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएको एक बिरामीले बताए ।

यतिबेला अस्पतालको क्याबिनमा १० जना भन्दा बढी र सामान्य बेडमा पनि कोरोना संक्रमित बिरामीहरु भर्ना भएका छन् । अस्पतालमा लामो समयदेखि बिरामीको खडेरी परेको र अहिले कोभिडका बिरामी भर्ना भएपछि उनैबाट मोटो रकम असुल गर्ने उदेश्य राखेको गुनासो पिडित बिरामीले बताएका छन् ।

संक्रमित बिरामीले पहिला जस्तै अस्पतालमा बिरामी कमै होलान सुरक्षाका लागि क्याबिनमा बस्दा सस्तो रहेछ भने त्यहि बसौ भनेर मूल्य सोध्दा आफुले नर्मल बेडमा पनि तिर्न नसक्ने बुझेर जति दुःख कष्ट भएपनि घरमै बस्छुु भनेर फर्किएको बताए । यस बिषयमा जानकारी लिनका लागि किष्ट मेडिकल कलेजका चिफ अप्रेटिङ अफिसर अमिस पाठकसँग पटक पटक फोन गर्दा उहाँले फोन नै रिसिभ नगरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।