बेवारिसे शव जलाउने सपना बिबिसीको प्रभावशाली महिलाको सूचीमा छनोट

काठमाडौँ । नेपालको सन्र्दभमा परम्परागत रुपमा नै शवलाई छोराले दागबत्ति दिने प्रचलन गरहेको थियो । उद्यपी पछिल्लो समय छोरीले पनि दागबत्ती दिने भने गरिएको छ । साथै छोरासरह क्रियापुत्री बस्ने गरेको उदाहरणहरु आइरहेका छन्। म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पनि मृत शरीरलाई दागबत्ती दिन्छिन्। उनको अवस्था भने अरुको भन्दा फरक छ। वेवारिसे अवस्थामा भेटिएका शवहरुलाई दागबत्ती दिएरकाठमाडौं – अन्तिम संस्कार गर्छिन् सपना।

१८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्। बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव जलाउने काम गर्छिन्। बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन्।

परिचय नै नभएका वेवारिसे शवको व्यवस्थापन गर्न पाउँदा उनलाई सन्तुष्टि मिल्छ । पढाइमा अब्बल सपनाले २०७३ सालमा म्याग्दीकै महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसईई दिइन्। त्यसपछि आफ्ना अनगिन्ती लक्ष्य र बाबुआमाको सपना बोकेर गाउँ छाडेर सदरमुकाम बेनीमा आएर कक्षा ११ मा भर्ना भइन्।
घर छाडेपछि उनको दैनिकी र साथी संगत दुबै फेरियो। जोकोहीसँग पनि एकदमै छिटो घुलमिल हुन सक्ने र अरुको दुख देख्न नसक्ने उनको बानी थियो।

काठमाडौँ आएपछि उनको विनयजंग बस्नेतसँग भेट भयो। सपनाले विनयलाई बुवा मान्छिन्। विनयको छोरी सलिना जंग बस्नेत, जोसँग सपनाको जापान जाने क्रममा कनसलटेन्सीमा भेट भएको थियो, त्यही क्रममा विनयसँग पनि भेट भएको थियो।

विनयले बेवारिसे शवको दाहसंस्कार गर्ने काम गर्छन्। उनले हालसम्म करिव ३०० वेवारिसे शवहरु दाहसंस्कार गरिसकेका छन्। सपना पनि विनयबाट प्रेरित भइन्। र जिद्धी गरिन् आफूले पनि त्यही काम गर्छु भनेर। सपना भन्छिन, ‘बुवाले सानो छस्, अहिले नगर भन्नुहुन्थ्यो, मैले धेरै नै जिद्धी गरेँ।’

एकदिन विनयले टिचिङ अस्पतालको शव गृहमा सपनालाई लिएर गए। उनी जुन स्पीडमा उत्साहित भएर त्यहाँ गएकी थिइन्, त्यही स्पीडमा बाहिर आएर धुरुधुरु रोइन्। उनले थपिन्,‘लास जताततै थियो, कतै खुट्टा, कतै हात, शरीर मिलाउन खोज्यो चुँडिएर सबै तल झर्छ। त्यति धेरै लासहरुलाई देखेर पनि होला अहिले त माया लाग्छ लासहरुको।’

पहिलो शव जलाउँदा उनी १७ वर्षकी थिइन्। दागबत्ती दिने क्रममा एकदमै भावुक भएकी थिइन् सपना। उक्त शव एक युवतीको थियो, जसको सपनाले पहिलो पटक दाहसंस्कार गरिन्। सपना भन्छिन्, ‘वरिपरि भएका अरु शवका अगाडी आफन्तहरु रोइरहेका थिए तर यो शव भने एक्लै थियो।’

सपनालाई लाग्यो कुनै समय त उसको पनि परिवार थियो होला, तर परिस्थितिले गर्दा यसरी वेवारिसे हुनुपर्‍यो। शव जलाउँदै गर्दा उनी त्यही छेउमा बसेर धेरै बेर रोएर आफ्नो विगत सम्झिइन्।

छोरा मान्छेले मात्र दागबत्ती दिनुपर्ने हाम्रो नेपाली समाजको परम्परा सपनालाई आफूले तोडेको जस्तो लाग्छ। उनको घरमा पनि आफूले वेवारिसे शवलाई दागबत्ती दिन्छु भन्दा खुसी भएका थिए।

सपना भन्छिन्, ‘सबैजनाले सपना कस्तो स्ट्रोङ, कहिले रुँदैन भन्छ, तर म जति सायद यो संसारमा कोही रुँदैन होला। कुनै समय आफ्नै इगोले गर्दा वेवारिसे जिन्दगी बिताएर पनि होला, सडकमा त्यस्ता मान्छे देखेँ भने दुःख लाग्छ।’

विगतका दिन सम्झिँदै गर्दा अहिले उनलाई आफैप्रति गर्व छ। ‘बल्ल सबैजनाको विश्वास जित्दै छु’, उनले थपिन्, ‘हिजोको सपना जो सडकमा आफै वेसाहरा भएर कसैको साहरा खोजिरहेको थिई आज त्यही सपना वेवारिसेहरुको साहरा बनेकी छ।’

कति दिनदेखि अन्तिम संस्कार नगरिएका शवहरु जलाएर मुक्ति दिए जस्तो लाग्छ सपनालाई आजभोलि। एकपटक उनले एकमुस्ट रुपमा पाँचवटा शवलाई दागबत्ती दिनु परेको थियो। चार वटा नवजात शिशुहरुको एकैपटक अन्तिम संस्कार गर्दा उनी भक्कानिएकी थिइन् जन्मेर आँखा खोल्न नपाइ उनीहरुले ज्यान गुमाएका थिए।

कक्षा १२ को परीक्षा सन्तोषजनकः शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित भएको बताउनुभएको छ ।

कोभिड–१९ को जोखिमप्रति सजग हुँदै जनस्वास्थ्यका मापदण्ड पालना गरी ४० नम्बरका लागि लिइएको सो परीक्षाको अनुगमन गर्न आज त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा पुग्नुभएका मन्त्री पोखरेलले परीक्षाको चुस्त व्यवस्थापनबाट आफू सन्तुष्ट रहेको बताए । सो विद्यालयमा ६७७ विद्यार्थी सहभागी छन् । सम्बन्धित विद्यालयमा हाल परीक्षा दिन पायक नपर्ने परीक्षार्थीलाई पायक पर्ने अन्य परीक्षा केन्द्रबाट पनि परीक्षा दिन सकिने व्यवस्था गरिएको छ । परीक्षार्थीले हलमा जानुअघि साबुनपानीले हात धुने र स्यानिटाइजर लगाउने तथा हलमा सामाजिक दूरी कायमको प्रबन्ध गरिएको छ । कोभिड–१९ को सङ्क्रमण भएका परीक्षार्थीलाई पछि बेग्लै प्रबन्ध गरिने बोर्डले जनाएको छ ।

गत वैशाख ८ गतेका लागि तोकिएको परीक्षा कोभिड–१९ र बन्दाबन्दीका कारण स्थगन भएको थियो । परीक्षाका विभिन्न विकल्पमा गृहकार्यपछि नेपाल सरकारको अनुमतिमा राष्ट्रिय परीक्षा बोर्डले कूल १०० मध्ये ४० प्राप्ताङ्कका लागि प्रत्यक्ष परीक्षा, ४० प्राप्ताङ्क कक्षा ११ को नजिताबाट र २० प्राप्ताङ्क प्रयोगात्मक हुने गरी तय गरिएको छ । बोर्डले जुन विद्यालयबाट विद्यार्थी पढेका थिए, त्यही विद्यालयमा परीक्षा दिन पाउने (होम सेन्टर) को व्यवस्स्था गरेको छ । परीक्षाका प्रश्नपत्र केन्द्रसमक्ष अनलाइबाट पनि पठाइएको थियो । अनलाइन माध्यमबाट पनि परीक्षा दिन सकिने विकल्पबारेमा पनि सुझाव दिइएकामा यसको विश्वसनीयतामा प्रश्न उठेपछि प्रत्यक्ष परीक्षा सञ्चालन गरिएको हो ।

थप १ हजार ७९० जनामा संक्रमण पुष्टि

देशभर आज थप एक हजार ७९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा एक हजार ६९ पुरुष र ७२१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख २४ हजार ७८ पुगेको छ । थप १० हजार ८४३ को पिसिआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख चार हजार ५८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७९१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ८५९ सक्रिय सङ्क्रमित छन् ।

नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएपछि नेप्से परिसूचकले एक हजार ८०० को विन्दु पार गरेको हो ।

आइतबार र सोमबार मात्रै झण्डै रु १२ अर्ब बराबरको कारोवार भएको बजारमा आज पनि कारोवार रकम रु पाँच अर्ब ४४ करोड बराबरको भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा दाहोरो अङ्कको वृद्धि भयो । स्टकका अनुसार नेप्से २९.६८ विन्दुले उकालो लागेर एक हजार ८१०.११ म पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४२ विन्दुले उकालो लागेर ३४९.३७ मा पुगेको छ । कूल १९६ कम्पनीको एक करोड १७ लाख ४८ हजार ५२० कित्ता शेयर रु पाँच अर्ब ४४ करोड २९ लाख ५० हजार १८९ मा खरीदबिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको शेयर ओरालो लाग्दा अन्य ११ उपसमूहको शेयर भने उकालो लागेको छ । होटल ३४.९२ विन्दुले ओरालो लागेको छ । यस्तै बैंकिङ १.४४, व्यापार १७२.६३, विकास बैंक १२.८६, जलविद्युत् २१.३२, वित्त ६.२३, निर्जीबन बीमा ३२७.५१, उत्पादन २२७.१२, अन्य ६१.५१, लघुवित्त २५.५९, जीवन बीमा २४८.५२ र सामूहिक लगानी कोष ०.१ विन्दुले उकालो लागेका छन् ।

कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु ३७ करोड ३३ लाख ८६ हजार ५०५ बराबरको कारोवार भयो । यस्तै नेपाल दूरसञ्चार कम्पनी रु २८ करोड ५१ लख १७ हजार १८८, नेपाल पुनर्बीमा कम्पनी रु २५ करोड ८२ लाख तीन हजार ५७९, हिमालयन डिस्टिलरी रु २० करोड ९४ लाख ७८ हजार २५७, नेको इन्स्योरेन्स रु २० करोड १४ लाख ७३ हजार ५८६, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रु १८ करोड ९९ लाख २४ हजार ९८८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १८ करोड ३३ लाख १४ हजार २६८, नेपाल बैंक लिमिटेड रु १७ करोड ६९ लाख ७० हजार २८३ र शिवम् सिमेन्ट रु १५ करोड २३ लाख दुई हजार ५४२ बराबरको कारोवार भई शीर्ष स्थानमा छन् ।
कारोबार भएका कम्पनीमध्ये १२४ को शेयर उकालो लागेको छ भने ३५ कम्पनीको शेयर ओरालो लाग्दा १३ को भने कुनै परिवर्तन भएन । कारोवारका आधारमा आज बोटलर्स नेपाल तराई ९.९९, हिमालयन डिष्टिलरी ९.९८, विशाल बजार कम्पनी ९.९५, आँखु खोला जलविद्युत् कम्पनी ९.९२, मल्टीपर्पोज फाइनान्स ९.८७, अजोड इन्स्योरेन्स ९.८६, ङादी ग्रुप अफ पावर ९.७३, नेको इन्स्योरेन्स ९ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ८.८२ प्रतिशतले कमाए ।

यस्तै सोल्टी होटल ३.२०, सप्तकोशी डेभलपमेन्ट कम्पनी ३.०७, जानकी फाइनान्स २.६५, युनिलिभर नेपाल २, अपि पावर कम्पनी १.९२, एभरेष्ट बैंक १.७८, गणपति माइक्रोफाइनान्स १.७८, हिमालयन बैंक १.५०, नेपाल फाइनान्स १.४९ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले १.३५ प्रतिशतले गुमाए ।

गुराँस लाइफका नवनिर्वाचित अध्यक्ष दुगड़द्धारा बीमा समितिका अध्यक्षले लिए समक्ष सपथ ग्रहण

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मिति २०७७÷८÷४ मा सम्पन्न दशौं वार्षिक साधारण सभा सम्पन्न भए पश्चात सोहि मितिमा बसेको नव निर्वाचित संचालक समितिकोे १६२ औं बैठकले सर्वसम्मतिबाट संचालक समितिको अध्यक्षमा चयन भएका विवेक दुगड़ले बीमा समितिले जारि गरेको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) बमोजिम आज मिति २०७७÷८÷८ गते बिहान ११ः३० बजे बीमा समितिमा उपस्थीत भई एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष चिरंजीवी चापागाइँ समक्ष बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) सँग सम्बन्धित अनुसूची १ बमोजिम पद तथा गोपनीयताकोे सपथ लिएका छन् । सो सपथ ग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको समेत उपस्थीती रहेको थियो ।

माछापुच्छ्रे बैंक र विभिन्न होटलहरुबीच व्यवसायिक सम्झौता

काठमाडौँ । माछापुच्छ«्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार माछापुच्छ«े बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५% सम्म छुट पाउनेछन् भने ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौँ, चितवन र पोखरा) को बसाईमा ३५% तथा विषेश प्याकेजहरुमा ५% सम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट÷के्रडिट कार्ड तथा त्तच् प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
यसैगरि माछापुच्छ«े बैंकले आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै नगरकोटको प्रसिद्ध होटल क्लव हिमालयन प्रा. लि. संग पनि सम्झौता गरेको छ । सम्झौता अनुसार माछापुच्छ«े बंैकका ग्राहकमहानुभावहरुले क्लव हिमालयन प्रा. लि.फुड एण्ड वेभरेजमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।
बंैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु १३३ शाखा रहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा २९३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १९८ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

कुटपिट गरी आफ्नै ८४ वर्षीया हजुरआमाको हत्या

दाङ । आफ्नै हजुरआमा ८४ वर्षीया केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गढवा गाउँपालिका-१ चिसापानी बस्ने २८ वर्षीय जिवन घर्तीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मानसिक सन्तुलन गुमाएको बताइएका जिवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजु समेत ५ जनालाई घरमा सुतिरहेको अवस्थामा एक्कासी चिर्पटले टाउकोमा हानी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले जिवनलाई पक्राउ गरेको हो ।
कुटपिटबाट गम्भीर घाइते भएकी केशरी घर्तीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटबाट सामान्य घाइते भएका उनका दाजुको स्थानीय स्तरमा र गम्भीर घाइते भएका अन्य ३ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

पाथिभरा माताको दर्शन गरेर आफुले गरेका पापकर्महरुबाट मुक्ति पाउनुहोस्, आज मंसिर ९ गतेको राशिफल

वि.सं.२०७७ साल मंसिर ०९ गते । मंगलबार । ईश्वी सन् २०२० नोभेम्बर २४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–दशमी,५५ घडी ०३ पला,रातको ०४ बजेर ३४ मिनेट उप्रान्त एकादशी । नक्षत्र– पूर्वाभाद्रपदा,२९ घडी ४६ पला,बेलुकी ०६ बजेर २७ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–हर्षण,०८ घडी २७ पला,बिहान ०९ बजेर ५५ मिनेट उप्रँन्त बज्र । करण– तैतिल,दिउसो ०३ बजेर ५० मिनेट उप्रान्त गर,रातको ०४ बजेर ३४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–काण योग । चन्द्रराशि–कुम्भ,बिहान ११ बजेर ५९ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी २५ पला । बदम्बु माहालक्ष्मी यात्रा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । मध्यान्हबाट खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या बढाउनेछ भने औषधि उपाचार खर्च बढेर जानेछ भने खानपानमा ध्यान नदिदा पनि स्वास्थ्यमा समस्या देखिन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

कामकै सन्द्रर्भमा समाजका बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा सोचेजस्तो नतिजा हात लाग्ने हुँनाले घर परिवार तथा आफन्तहरु खुसि हुनेछन् । व्यापार व्यावसायमा समय दिनेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् भने नयाँ ठाउँमा लगानि गर्ने बाताबरण बनेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुँनाले काम गर्न सहज हुनेछ । माया प्रेममा रमाउँने चाहनेहरुका लागि समयले साथ दिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । नया काम पाउने तथा नोकरिमा मान सम्मान पाईने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारि जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । ठुलाबढा तथा बिशिष्ट व्याक्तिहरुको आशिर्वाद पाईने हुदा मन प्रशन्न हुनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जानेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिहानको समय मध्ययम रहेकोले घरेलु तथा अन्य समस्याले सताउनेछ । आफन्त तथा घर भित्रकै मानिस सँग मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले सवारि साधन तथा भौतिक सम्पति लाभ हुँने तथा चिठ्ठा पर्ने योग रहेकोछ । व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुँनाले अन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बिहानको समय राम्रो रहेकोले आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक रुपमा एक कदम अगाडि बढ्न सकिनेछ । छोटो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा मन जाने हुँनाले परिणाममुखि नतिजा ल्याउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् बिवादित बिषयहरु समाधान भएर जानेछन् । माया प्रेममा रमाउँने चाहने हरुका लागि समयले साथ दिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा वरिपरि देख्न तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईलाई जनमानसमा लैजान सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

माया प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवार तथा आफन्तको साथ सहयोग पाईनाले मन प्रशन्न रहनेछ । समाजसेवामा समय दिन सक्दा मान तथा सम्मानमा बृद्धि भएर जानेछ । बिलाशी तथा भौतिक सम्पति तथा बस्तुको प्रयोग मार्फत रमाईलो गरि दिन बिताउन सकिनेछ । अध्ययन तथा अध्यापनमा समय दिनेहरुले भनेजस्तो सफलता हात लाग्नेछ । बिहानको समयमा लामो दुरिको विदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशी सानमानको व्यापार फस्टाएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला ।

काउन्सिलका निवर्तमान सदस्य ओझाको बिदाइ

काठमाडौँ। प्रेस काउन्सिल नेपालले निर्वतमान सदस्य ईश्वरीप्रसाद ओझालाई बिदाइ गरेको छ । चार वर्षअघि काउन्सिल सदस्यमा नियुक्त भएका ओझाको कार्यकाल गत कार्तिक ८ गते सकिएको हो ।

बिदाइ कार्यक्रममा ओझाले तत्कालीन अध्यक्ष बोर्णबहादुर कार्की र निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको नेतृत्वमा काउन्सिलको संस्थागत श्रीवृद्धि र कर्मचारीको वृत्तिविकासका लागि सक्रियतापूर्वक कार्य भएको बताए। सोचेजति काम गर्न सकिएन कि भन्ने लागिरहेको बताउँदै उनले आफ्नो कामको मूल्याङ्कन इतिहासले गर्ने धारणा समेत राखे ।
काउन्सिलका सदस्य एवं नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ओझा सरल, सहज स्वभावका रहेको स्मरण गर्दै सहकार्यमा समस्या उठाए पनि समाधानका उपायसमेत दिने गरेको बताए ।
कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले ओझा बौद्धिक, कुटनीतिक शैली अपनाउन सक्ने, काम गर्न सरल, सहज र तर्कसहित प्रस्तुत हुने व्यक्ति भएको बताए । २ वर्ष २ महिना सँगै सहकार्य गरेको स्मरण गर्दै उनले ओझामा संस्थागत रूपमा राजनीतिक आस्थाभन्दा माथि रहेर काम गर्ने क्षमता रहेको विश्लेषण गरे ।
प्रेस काउन्सिल नेपाल कर्मचारी संघका अध्यक्ष सुरेन्द्र मल्लले सदस्य ओझाले कर्मचारीका समस्या र गुनासालाई सौहार्दपूर्ण रूपमा बोर्डमा राखिदिने गरेको बताए ।
काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले सहजीकरण भएको उक्त कार्यक्रममा काउन्सिल सदस्यहरू चेतनाथ धमला, दीपक पाण्डे, दुर्गा भण्डारी, संगीता खड्का, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सह–प्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, उप–प्रशासकीय अधिकृत रामशरण बोहरा, उप–प्रशासकीय अधिकृत राधेश्याम अधिकारी, शाखा अधिकृत गीता पराजुली, शाखा अधिकृत रामेश्वर पराजुली र शाखा अधिकृत विष्णु शर्मा लम्साल लगायतको उपस्थिति रहेको थियो ।

अर्थमन्त्री पौडेलद्वारा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट बक्तव्यमा उल्लेखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयका सचिवहरु, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरु लगायतको सहभागितामा आज आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेका चूनौतीहरुको सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने बताए । उाले नियतवश त्रुटी, कमजोरी गर्ने र असल मनसायबाट बिचलित हुने री लगायत जो कोहीलाई पनि नछोड्ने बताए ।
डर, त्रास सिर्जना गरेर कर्मचारीहरुलाई काममा नलगाउने स्पष्ट पार्दै अर्थमन्त्री पौडेलले योग्यता र क्षमताको कदर सहित काम गर्ने अनुकुल परिस्थिति सिर्जना गरेर परिणाम निकाल्ने बताए । ‘कठिनाइ र समस्याहरुलाई समाधान गर्न मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन गर्छ । लक्ष्य पूरा भए हामी सम्मान गर्छौ । पूरा नभए तपाईँहरु दण्डित हुनुपर्छु’ उनले भने ।

अर्थमन्त्री पौडेलले कोभिडका कारण ‘ब्याक गेयर’ लगाएर राजस्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालू आर्थिक वर्ष सकिदा धेरैलाई सम्मान गर्ने वातावरण बनाउन अनुरोध गरे। उनले इमान्दार र सक्रिय भएर लाग्न पनि निर्देशन दिए।

अर्थमन्त्री पौडेलले समस्या र समाधानका बारे कर्मचारीहरु जानकार रहेको बताउँदै आफ्नै तहमा समाधान गर्न र आवश्यकता परे मात्र नेतृत्वलाई भन्न आग्रह गरे। उनले भने–‘आफ्नो तहमा समाधान गर्न सक्नु भएन भने नेतृत्वलाई भन्नुहोस् । हामी सहयोग गर्न तयार छौं ।’

अर्थमन्त्री पौडेलले परिणाम निकाल्ने गरी काम गर्नका लागि कर्मचारीको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा विशेष जोड दिने उल्लेख गर्दै आपसी प्रतिष्पर्धा गरेर काम गर्न पनि अनुरोध गरे ।
उहाँले स्वस्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी कोभिड–१९ ले सिर्जना गरेका चुनौतीहरुसँग जुध्दै अर्थतन्त्रलाई गतिशील बनाउन दृढताका साथ काम गर्न पनि कर्मचारीहरुलाई आग्रह गरे ।
भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्नाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने बताउनुभयो । उहाँले राजस्वको लक्ष्य पूरा गर्न र त्यो भन्दा बढी परिणाम निकाल्नका लागि आवश्यकता अनुसार कार्यक्रम संशोधन र रणनीतिहरु बनाएर अघि बढ्न निर्देशन दिनु भयो ।

राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्दै लगानीलाई प्रोत्साहन गर्ने गरी काम गर्न अनुरोध गरे । उनले करदाता, लगानीकर्ता, सेवाग्राहीले गुनासो नगर्ने गरी काम गर्न आग्रह गर्दै निर्णय र कार्यान्वयन प्रक्रियामा समस्या भए समाधान गर्ने बताए ।

कार्यक्रममा १ सय भन्दा बढी कर्मचारीको सहभागिता थियो ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ । जाजरकोटमा २०७७÷०८÷०७ मा आयोजित एक कार्यक्रमका बिच एन आई सी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत श्री डा.राम प्रसाद मैनालीले सम्मानीत गर्नुभएको हो । जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रिय कार्यालय रहेर पनि देशभर व्यवसायिक सेवा सुविधा प्रदान गरिरहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वोत्कृष्ट आयकर सहभागिता जनाई उत्कृष्ट भएको हो ।
कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा केन्द्रिय कार्यालय स्थापना गरी देशैभरि शाखा संचालन विस्तार गरि छोटो अवधिमा नै सरकार प्रतिको दायित्वमा आयकर मार्फत उत्कृष्ट योगदान गर्न सफल भएकोमा एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड गौरवान्भित भएको छ ।
संस्थाले हालसम्म संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करीव रु ११ लाख र आयकर अन्तर्गत करीव रु. ८ करोड ४६ लाख गरि राजस्वमा जम्मा रु ८ करोड ५७ लाख योगदान गरेको छ । दुर्गम स्थानबाट सेवा प्रदान गरी यति धेरै योगदान राजश्वमा गर्न सकिएकोमा एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. गौरवान्वित भएकोछ ।
यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । साथी संगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।

पत्रकारहरुको पास नवीकरण जिल्ला बाटै

काठमाडौ । नेपाल पत्रकार महासंघ अन्तर्गत रहेको साना लगानी मिडिया हकहित तथा संरक्षण समितिको आयोजनामा सूचना तथा प्रबिधि मन्त्री पार्वत गुरुङ लाई १३ बुदे ध्यानाकर्षण पत्र बुझाए लगत्तै पत्रकारका कतिपय रोकिएको समस्याले निकास पाएको छ।यसैबीच सूचना तथा प्रसारण बिभागको पछिल्लो सक्रियताका कारण देश भरिएका सन्चारकर्मी देखी मिडिया हाउसहरुलाई समेत सहजताको अनुभुती गराएको छ। पत्रकार परिचय पत्र र अनलाइन न्युज पोर्टल नवीकरणका लागि काठमाडौँ नै आउनुपर्ने बाध्यता अब देखी हटेको छ । अब सम्बन्धित प्रदेश राजधानीस्थित हुलाक निर्देशनालय वा जिल्ला हुलाक कार्यालयबाट समेत प्रदेशभित्रका प्रेस पास तथा अनलाइन नवीकरण गर्न सकिने छ । सूचना तथा प्रसारण विभागले सूचना जारी गर्दै सो को जानकारी दिएको छ ।
प्रेस पास तथा अनलाइन सञ्चारमाध्यममा प्रदेश भित्र ठेगाना कायम भएका आधारमा सम्बन्धित प्रदेश राजधानीस्थित हुलाक निर्देशनालय वा जिल्ला हुलाक कार्यालयबाटसमेत तपसिलबमोजिम प्रदेशभित्रका प्रेस पास तथा अनलाइन सञ्चारमाध्यम नवीकरण हुने व्यवस्था रहेको विभागले जनाएको छ।
विभागले निकालेको सुचनामा नयाँ प्रेस पासको हकमा भने कागजात सङ्कलन गरी विभागबाट प्रेस पास जारी भई सम्बन्धित निर्देशनालय वा कार्यालयमा पठाइने व्यवस्था यथावत् रहेको उल्लेख गरिएको छ ।
विभागले प्रदेश नम्बर १ को हकमा हुलाक निर्देशनालय, विराटनगर, प्रदेश नम्बर २ को जिल्ला हुलाक कार्यालय धनुषा, बागमती प्रदेशको जिल्ला हुलाक कार्यालय मकवानपुर, गण्डकी प्रदेशको हकमा हुलाक निर्देशनालय कास्की, लुम्बिनी प्रदेशको जिल्ला हुलाक कार्यालय रुपन्देही, कर्णाली प्रदेशको हुलाक निर्देशनालय सुर्खेत र सुदूर पश्चिम प्रदेशको जिल्ला हुलाक कार्यालय कैलाली तोकेको छ ।
विभागले सेवा लिने सेवाग्राहीले प्रत्येक दिन कार्यालय समय बिहान १० बजेदेखि ११ बजेसम्म फोन नम्बर ०१–४११२७१७ मा अनिवार्य सम्पर्क गरी श्रमजीवी पत्रकारको नाम, काम र सम्बन्धित सञ्चारमाध्यमले नाम टिपाउनु पर्ने र फोन सम्पर्क नगरी आउने सेवाग्राहीलाई सेवा प्रवाह नहुने जनाएको छ । नाम दर्ता आगामी सात दिनसम्मका लागि गरिने र पुरानो नाम दर्ता भएकोले पनि पुनः नाम दर्ता गर्नुपर्ने विभागले जनाएको छ ।
त्यसै गरी दिइने सेवाको दैनिक कोटासमेत तोकिएको छ । अनलाइन सञ्चारमाध्यमको हकमा नयाँ जारी दुई र १० वटा नवीकरण, प्रेस प्रतिनिधि प्रमाणपत्ररपरिचयपत्र नयाँ जारी पाँच र नवीकरण १०, स्वतन्त्र पत्रकार नयाँ जारी र नवीकरण एक÷एक र अध्यक्ष, प्रकाशक, प्रबन्ध निर्देशकका नयाँ जारी दुई वटा मात्रै हुनेछ । यस्तै विदेशी सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको हकमा नयाँ जारी र नवीकरण एक÷एक जना र विदेशी पत्रकारलाई भिसा सिफारिस नयाँ जारी तथा नवीकरण एक–एक मात्र हुने विभागले जनाएको छ ।
विभागले सेवा प्रवाहका विभिन्न आठ वटा सर्तहरूसमेत राखेको छ ।
कोभिड–१९ कोसमेत सन्दर्भलाई हेरेर सेवाग्राही र सेवा प्रदायक दुबैलाई जोखिमबाट मुक्त गर्न, ज्येष्ठ पत्रकार, महिला पत्रकार, अपाङ्ग पत्रकार र श्रमजीवी पत्रकारलाई काठमाडौँ आउने, जाने बस्ने विषयमा झन्झट नपरोस् भनेर प्रदेश मुकामस्थित हुलाक निर्देशनालय वा जिल्ला हुलाक कार्यालय आएर सेवा पाउने गरी माननीय मन्त्रीस्तरको निर्णयबाट अधिकार प्रत्यायोजन भएको विभागका महानिर्देशक किरणराज शर्माले सम्पत्ति न्युज लाई बताउनुभयो ।

चिसो मौसम बढ्दै छ, स्कीनलाई कसरी राम्रो बनाउँने? यी हुन् स्कीन राम्रो बनाउन प्रयोग हुने वाक्सिङ्ग

काठमाडौँ । छालालाई सुन्दर, कोमल र अनावश्यक रौंबाट मुक्त बनाउन वाक्सिङ्ग जस्तो राम्रो उपाय अन्य कुनै छैन । यसले केवल अनावश्यक रौं हटाउने मात्र नभएर छाला कडा हुने समस्या पनि हट्छ। वाक्सिङ्ग गरेपछि छाला करिब दुई–तीन हप्तासम्म मुलायम रहन्छ । वाक्स हातखुट्टा, अनुहार, बिकिनी, अन्डरआर्मदेखि सम्पूर्ण शरीरमा गर्न सकिन्छ।

वाक्स गर्दा रौंको फर्किएको डाइरेक्सन हेरेर सुरु गर्नुपर्छ। अन्यथा उल्टो दिशाबाट गर्दा टुट्ने वा दुख्ने समस्या आउँछ । वाक्स गर्दा सकेसम्म २४ घन्टा पानीले भिजाउनु हुँदैन । बिकीनी र अन्डरआर्ममा वाक्स गर्दा डबल डिपिङ्ग गर्नुहुँदैन।
स्टिकले एकपटक वाक्स डोबेपछि अर्को पटक अर्को स्टिक प्रयोग गर्नुपर्छ । वाक्स गरेपछि पानी र साबुनको प्रयोगले स्किनमा छिद्रहरू देखापर्छन् । वाक्सपछि प्रयोग गरिने तेल र मोइस्चराइजर मात्र प्रयोग गर्नुपर्छ।

यी हुन् बढी चल्तीमा रहेका वाक्स

अहिले नेपालमा सफ्ट वाक्स, चकलेट वाक्स, एलोबेरा वाक्स, ब्राजिलियन वाक्स, लिपोसोल्युबल वाक्स बढी प्रयोग गरिन्छ। चकलेट वाक्समा छाला चम्काउने तत्व पाइन्छ, जसले शरीरलाई रिल्याक्स प्रदान गर्छ।

कोको पाउडर बेस्ड वाक्सले रौं पूर्णपले हट्नुका साथै रातो डाम पनि बस्दैन। यो वाक्स संवेदनशील छालाका लागि पनि उपयुक्त हुन्छ। एलोभेरा वाक्स एलोभेराको लेदोबाट बनेको हो।

यसले छालालाई पोषण दिनुका साथै सुन्दर पनि बनाउँछ । अन्डरआम्र्स र बिकिनी पार्टका लागि अति नै उपयुक्त हुन्छ।

ब्राजिलियन वाक्स पनि हार्ड वाक्सको एउटा किसिम हो, जुन विशेष गरेर बिकिनी एरियाका लागि नै बनाइएको हो। यसले अनावश्यक रौं हटाउँछ।

लिपोसोल्युबल वाक्स ओयल बेस्ड हुन्छ। यसले रौंलाई जराबाट नै हटाउनुका साथै छालाका लागि पनि उपयुक्त हुन्छ। यो वाक्सलाई प्रयोग गर्नुअघि छालामा तेल लगाइन्छ र रौंलाई हटाउन स–साना स्ट्रिप्स प्रयोग गरिन्छ। यस प्रकारका वाक्स धेरै तातो भए पनि यसले छालालाई कुनै किसिमको क्षति पुर्‍याउँदैन।

भगवानको दर्शन् गर्नुहोस्, आज मंसिर ८ गतेको राशिफल हेर्नुहोस्

वि.सं.२०७७ साल मंसिर ०८ गते । सोमबार । ईश्वी सन् २०२० नोभेम्बर २३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–नवमी,५१ घडी ४१ पला,रातको ०३ बजेर १३ मिनेट उप्रान्त दशमी । नक्षत्र– शतभिषा,२५ घडी ३४ पला,बेलुकी ०४ बजेर ४६ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–व्याघात । करण–बालव,दिउसो ०२ बजेर ४२ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर १३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २६ घडी २७ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुने हुँनाले समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुँनाले तपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् । माया प्रेम तथा पति पत्निबिचमा अरुको नकारात्मक टिका टिप्पणीले अबिस्वास पैदा हुनेछ ख्याल गर्नुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउने तथा बढुवा हुँने योग रहेको छ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

शिक्षित तथा बौद्धिक ब्याक्तित्वहरु सँग सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । परिवार तथा दिदिबहिनिको माध्याम बाट काम बन्नेछ । व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । माया प्रेममा सामिप्यता बढेर जानुका साथै भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । बिधिन्न भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ । पढाई लेखाईमा मेहनेत गरे भन्दा राम्रो नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानि गर्ने बाताबरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

मुद्दा मामिला तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने आकस्मिक धन तथा सम्पति लाभहुने योग रहेकोछ । अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ । प्रेम प्रशङगमा खुलेर रम्ने समय नरहेकोले ध्यान दिनुहोला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

रोकिएका कामहरु बन्ने तथा नया काम सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोगले उत्तम काम गर्न सकिनेछ । समस्या समाधानका लागि चालिएका कदमबाट परिणाममुखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानि हुनेछ । छोटो दुरिको उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुँनाले थप हौसला बढ्नेछ । बोलिको प्रभाव बढ्ने तथा कर्म क्षेत्रमा तपाईको कामको उच्च मुल्याङकन हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा आथित्यको रुपमा सत्कार पाईने योग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् । नयाँ नयाँ कामको प्रस्ताब आउनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । स्वदेशमा उत्पादीत सामानको व्यापारमा केहि मन्दि आउने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा एक अर्काको भावना नबुझ्दा चिसोपनाको सुरुवात हुन सक्छ ध्यान दिनुहोला ।

झापामा श्रिमानले गरे आफ्नै श्रीमतीको हत्या

काठमाडौँ । झापाको दमक– १ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आज साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोप लगाइएको छ ।
भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । अभियुक्त भण्डारीलाई नियन्त्रणमा लिइसकिएको बताइएको छ ।