अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित ह्यारिसले कोरोना विरूद्धको खोप लगाइन्

एजेन्सी । अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले कोभिड–१९ विरूद्धको खोप लगाएकी छन् । बाइडेन–ह्यारिस टोलीका अनुसार मंगलबार टेलिभिजनमा प्रत्यक्ष प्रसारणबीच उनले मडेर्ना कम्पनीले बनाएको कोरोनाविरुद्धको खोप लगाएकी हुन् ।

खोप लिएपछि उनले ट्वीटमार्फत् फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, वैज्ञानिक र अनुसन्धानकर्ताप्रति धन्यवाद व्यक्त गरेकी छिन् । पछिल्लो समयमा केही युरोप कन्ट्रिहरुमा विशिष्ट व्यक्तिहरुले कोरोनाविरुद्धको खोप लगाई रहेका छन् ।

अर्थतन्त्रमा कोभिडको प्रभाव अनुमान भन्दा कम, ब्याज छुटमा ९ अर्ब बढी योगदान: गर्भर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको प्रभाव अनुमान भन्दा कम देखिएकाले आर्थिक वृद्धि राम्रो हुने बताउँनु भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समितिसँगको भर्चुअल अन्तरकृयाका क्रममा गभर्नर अधिकारीले केही क्षेत्र बाहेक अधिकाँस क्षेत्रमा आर्थिक गतिविधि राम्रो देखिएकोले अबका दिनमा आर्थिक वृद्धि राम्रो हुने बताउनु भएको हो ।
संघको कार्यसमितिलाई भर्चुअल माध्यममार्फत् बधाइ तथा शुभकामना दिँदै गभर्नर अधिकारीले गत जेठमा ६ प्रतिशत मात्रै उद्योग पुर्ण क्षमतामा सञ्चालनमा भएकोमा हाल ५६÷५७ प्रतिशत उद्योगहरु पुर्ण रुपमा सञ्चालनमा रहेको र यसको सकरात्मक असर अर्थतन्त्रमा पर्ने बताउनु भयो ।
बैंकिङ क्षेत्रबाट पनि मंसिर र पुसमा कर्जा प्रवाह बढेको बताउँदै गभर्नर अधिकारीले भन्नु भयो, ‘मंसिर र पुसमा कर्जाको विस्तारमा प्रगाति राम्रो छ, अब बैंकिङ प्रणालीमा भएको तरलता प्रयोगमा आउँछ ।’ ‘प्रणालीमा भएको अधिक तरलताले गर्दा राष्ट्र बैंकले पुनरकर्जाका लागि उपलब्ध गराएको रकम लैजान बैंकहरुले गाह्रो मानेका छन्, तर अब कर्जा बढ्दै जाँदा पुनरकर्जाको माग र प्रयोग पनि राम्रोसँग हुन्छ,’ गभर्नर अधिकारीले भन्नु भयो ।

यही आर्थिक वर्षमा प्रणालीमा रहको अधिक तरलता प्रयोगमा आउने दाबी गर्दै गभर्नर अधिकारीले ‘अप्ठेरा परेकोमा ल्याएको सहुलियतमा कुन बैंक कति अगाडी बढे भन्ने कुरा हामी चैत पछि मुल्याङ्कन गछौं ।’
असोजमा मात्रै पुनरर्जाको आवेदन माग भएर कार्तिकमा स्वीकृत भएको तथा आर्थिक पुनरुउत्थान कार्यविधि मंसिरमा मात्रै आएकोले दोस्रो त्रैमामसमा नै कुन बैंकले कति योगदान दिए भन्ने स्पस्ट नहुने गभर्नर अधिकारीको भनाई थियो । चैतसमममा भने योगदानका आँकडा प्रष्ट हुने भएकाले सोही अवधिको तथ्यांकका आधारमा राष्ट्र बैंकले मुल्याङ्कन गर्ने उहाँको भनाई थियो ।
कोभिड पछिको आर्थिक पुनरुउत्थानको लागि गत वर्षको चौथौ त्रैमासमा ब्याजदरमा २ प्रतिशत छुटबाट ९ अर्ब भन्दा बढीको योगदान भएको र हालसम्म ८१ अर्ब पुनकरर्जा स्वीकृत भएको पनि गभर्नर अधिकारीले जानकारी दिनु भयो । स्वीकृत भएको ८१ अर्बको पुनकर्जा मध्ये अधिकांस १५ लाख भन्दा साना कर्जामा गएको जानकारी दिँदै उहाँले पुनरकर्जाकर्जाको उपयोग एसएमइ क्षेत्रमा बढी भएको दाबी गर्नुभयो ।
‘हालसम्म ४१ हजार ऋणीलाई ८१ अर्ब पुनर्कर्जा स्वीकृत भएकोमा ३३ हजार भन्दा बढी ऋणीको १५ लाख भन्दा सानो कर्जा स्वीकृत भएको छ,’ गर्भर अधिकारीले भन्नु भयो ।
सार्वजनिक हीत बाहेकको काम राष्ट्र बैंकले कुनै पनि हालतमा नगर्ने प्रष्ट पार्दै गभर्नर अधिकारीले भन्नु भयो, ‘हामीले सार्वजनिक हीत बाहेकका काम गर्दैनौँ प्रणालीको सुधारमा काम गर्ने हो ।’

केपी ओलीलाई बुझ्न सकिएनछ भन्दै प्रचण्डले मागे माफी

काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै जनतासँग माफी मागेका छन् ।आफूहरुले नै बनाएको प्रधानमन्त्रीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्‍यो भन्नुपर्दा आफूहरुलाई अप्ठ्यारो लागेको उनले बताए ।

‘ओली गणतन्त्रवादी आन्दोलनमा पक्षमा छैनन् भन्ने पनि थाहा थियो, बयलगाढाको सिद्धान्त पनि थाहा थियो’, संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘उहाँले जनताको आन्दोलनको आँधी आयो, हुरी आयो, मैले पनि मानिदिएँ भन्नुभयो । हामीले सच्चिनुभयो होला भन्ने मान्यौं ।’

तर ओली त अझै बयलगाढामै रहेछन् भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले अघि भने, ‘केपी ओलीलाई बुझ्न सकिएन, यसमा जनतासँग क्षमा याचना गर्न चाहन्छु ।’ओली निरंकुश तानाशाह रहेको र उनले देशलाई भड्खालो हाल्न चाहेको उनको आरोप छ ।

बेलायतले दियोअस्ट्राजेनिकाको खोपलाई अनुमति

काठमाडौँ । फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ ।

बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी ४ देखि प्रयोगमा ल्याइने तयारी गरिएको छ ।

यो खोपलाई सामान्य तापमानमा पनि भण्डारण र यताउता लैजान सकिने अस्ट्राजेनिकाले बताएको छ । फाइजर–बायोएनटेक तथा मोडर्नाले तयार पारेका खोपलाई भने निकै चिसो तापक्रममा भण्डार गर्नुपर्ने भएकाले ओसारपसारमा निकै कठिनाई हुने गरेको छ ।

बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले जनवरीदेखि अस्ट्राजेनिकाको खोप दिन शुरु गरिने बताउनुभयो । अस्ट्राजेनिकाको खोप आम जनतालाई दिने बेलायत पहिलो मुलुक हो । बेलायतमा नयाँ स्वरुपमा कोरोनाभाइरस देखिएसँगै अस्ट्राजेनिकाको खोप चलाउन थालिएको हो ।

बेलायत सरकारको स्वास्थ्य नियामक निकाय (एमएचआरए) ले अक्सफोर्ड र अस्ट्राजेनिकाले विकास गरेको खोप प्रयोगमा ल्याउन सकिने भन्दै अनुमति दिएको थियो ।

एक जना स्वास्थ्य विभागका प्रवक्ताले अस्ट्राजेनिकाको खोप स्वीकृत गर्नुअघि विज्ञहरुबाट तथ्याँक विश्लेषण गरिएको र सुरक्षा, गुणस्तर र प्रभावकारिता सन्तोषजनक पाइएको बताएका छन् ।

आइतबार मात्र अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिएटले खोपले अस्पतालमा उपचार गराउनुपर्ने कोभिडका बिरामीलाई शत प्रतिशत सुरक्षा प्रदान गर्ने बताउनु भएको थियो ।

उहाँले आफूहरुले विकास गरेको खोपले फाइजर र मोडर्नाको झैं ९० प्रतिशतकै हाराहारीमा काम गर्ने बताउनु भएको छ । यसअघि गरिएका परीक्षणमा खोपले ७० प्रतिशतको हाराहारीमा काम गर्ने बताइएको थियो । तर पछिल्लो पटकको अध्ययनले अस्ट्राजेनिकाको खोप पनि ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ ।

सर्वोच्च अदालतमा परेको नेकपा मुद्दाको सुनुवाई स्थगित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दाको सुनवाई स्थगित भएको छ ।नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले मंसिर २१ गते दायर गरेको सर्वोच्च अदालमा विचाराधीन रहेको थियो । निर्वाचन आयोगले नेकपाको पक्षमा फैसला सुनाएपछि कट्टेल सर्वोच्च जानुभएको थियो ।

नेकपा अनौपचारिक रुपमा विभाजित बनेपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा मंगलबारका पेशी तोकिएको थियो । कट्टेलका कानून व्यवसायीको तर्फबाट मुद्दाको सुनुवाइ स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ ।

माकलबारीको १०औँ साधारणसभा सम्पन्न

काठमाडौँ । माकलबारी बचत तथा ऋण सहकारी संस्थाको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीले विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको कारणले संस्थाले ‘महामारीमा साधारणसभा सञ्चालन कार्यविधि २०७७’ तयार गरी पुस ११ देखि १४ गतेसम्म संस्थाको कार्यालयमै साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभाको उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिकाका सहकारी शाखा प्रमुख पुण्यप्रसाद दाहालले सहकारीले राम्रो काम गरिरहेको भन्दै आगामी दिनमा पनि अझै आक्रामकरूपमा विस्तार हुन सुझाव दिनुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–४ का वडा सदस्य जयराम महतले सहकारीले आगामी दिनमा थप चुस्त र स्तरीय सेवा दिनका लागि सेवाहरुको विस्तार गर्न सुझाव दिनुभयो । “सहकारी ऐन २०७७ ले कल्पना गरेको ‘एक व्यक्ति एक सदस्य’को अवधारणालाई पालन गर्दै माकलबारी बचत तथा ऋण सहकारी संस्था र उज्यालो संपद बचत तथा ऋण सहकारी संस्थाबीच हुदै गरेको एकीकरणको शुभकामना दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष उदय सापकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै हालसम्म संस्थामा रु तीन करोड २७ लाख ५५ हजार ५३ कारोबार भएको, शेयरपूँजी रु ४५ लाख ८८ हजार २०० रहेको र ऋण लगानी रु दुई करोड १३ लाख ७६ हजार ९८७ रहेको जानकारी दिनुभयो ।

बृहत् सिँचाइद्वारा जलाशय निर्माण

काठमाडौँ । दाङमा चालू आर्थिक वर्ष २०७७/७८ मा १९ नयाँ जलाशय निर्माण हुने भएका छन् । बृहत् दाङ उपत्यका सिँचाइ आयोजना कार्यालय तुलसीपुरका अनुसार दुई क्रमागत र १७ थप नयाँ जलाशय निर्माण हुन लागेका छन् ।

कार्यालय प्रमुख राजु आचार्यका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिमा–८, घोराही उपमहानगरपालिकामा पाँच बबई गाउँपालिकामा एक, शान्तिनगर गाउँपालिकामा–तीन र दङ्गीशरण गाउँपालिकामा दुई जलाशय निर्माण हुने भएका छन् । त्यसका लागि रु तीन करोड ६८ लाख बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका लागि रु एक करोड ८९ लाख, घोराही उपमहानगरपालिकाका लागि रु ८६ लाख बबई गाउँपालिकामा रु १० लाख, शान्तिनगर गाउँपालिकाका लागि रु ६८ लाख बजेट र दङ्गीशरणका लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ ।

उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिका–१ को जम्मुचिरा, वडा नं २ को मनिकापुर कुइरेपानी, ८ को खोटीखोली, वडा नं ११ को हस्नापुर, १४ को अकमी, वडा नं १७ को गेगतिया, वडा नं १८ को पिर्थली कुईरे सोता र वडा नं १९ को दूधेगजेरीमा जलाशय निर्माण गर्न लागिएको हो ।

त्यस्तै घोराही उपमहानगरपालिका–२ को ज्यामिन सोता, वडा नं २ र ४ मा पर्ने सरेसोता, वडा नं १७ को बर्गदी, वडा नं १७ कै ओखर स्याउली सोता र वडा नं ९ को एकलघरुवा सोतामा जलाशय निर्माण हुने भएका छन् ।

बबई गाउँपालिका–४ तालगैरा, शान्तिनगर गाउँपालिका–१ गुद्रुगखोला, वडा नं २ को अमुवा र वडा नं ३ को फलाटेखोलीमा तथा दङ्गीशरण–१ बाँघेचिरा र वडा नं ३ को बघिगन्धिमा जलाशय निर्माण हुने भएका हुन् । यीमध्ये केही स्थानमा निर्माण शुरु भएको छ, केही स्थानमा भने सर्वे गर्ने काम भइरहेको प्रमुख आचार्यको भनाइ छ । यी सबै जलाशय निर्माणको काम चालू आर्थिक वर्षभित्रै सक्नुपर्ने छ ।

अहिले निर्माण हुन लागेका जलाशयका लागि विनियोजन भएको यो बजेट भने पर्याप्त नभएको उहाँको भनाइ छ । उहाँका अनुसार एउटा ड्याम निर्माण गर्नका लागि रु ६० देखि ९६ लाखसम्म बजेट लाग्ने गरेको छ । थप बजेट ल्याउन पहल भइरहेको उहाँले बताउनुभयो ।

जलाशय निर्माण भएपछि जिल्लामा ३० देखि ६० हेक्टर क्षेत्रफलमा सिँचाइ हुने अपेक्षा रहेको सूचना अधिकारी शान्तराज गौतमले बताउनुभयो । साथै थप २१ जलाशय निर्माण गर्नका लागि आफूहरुले माग गरेको सूचना अधिकारी गौतमले बताउनुभयो । दाङमा कार्यालय स्थापना भएदेखि ४१ जलाशय निर्माण भएका छन् ।

ग्लोबल आइएमई बैंकको एटिएम सेवा लिवाङ्गको आर्मी व्यारेक परिसरमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले लिवाङ्ग जिल्लास्थित आर्मी व्यारेक परिसरमा एटिएम सेवा सुरु गरेको छ । यस नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २४० पुगेको छ ।

उक्त एटिएम सेवा खड्गदल गन , लिबाङ रोल्पा का प्रमुख सेनानी सुधिर के.सी.ले उद्घाटन गरेका हुन् । बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुक लगायतका ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले हाल ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ

माछापुच्छ्रे बैंक लि.को थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौँ । माछापुच्छ्र बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बंैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक न.पा.–०३, बालकोट, सिराहा जिल्लाको नरहा गा.पा.–०३, नरहा, महोत्तरी जिल्लाको एकडारा गा.पा.–०५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गा.पा.–११, रातापानी, झापा जिल्लाको शिवसताक्षी न.पा.–१०, माईधारा ,झापा जिल्लाकै कन्काई न.पा.–०९, घौलाडुब्बामा थप ६ शाखा रहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ«े बैंक लिमिटेडको शाखा रहित बंैकिङ्ग सेवा १४८ पुगेको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूतmानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ ।

हाल बैंकले १६० वटा शाखाहरु लगायत १४८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०८ स्थानवाट सेवा प्रवाह गर्दै आइरहेको छ ।

टीफा सम्झौतालाई निकासी तथा लगानी बिस्तारमा अधिकतम उपयोग गर्नुपर्ने

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको लागी नवनियुक्त नेपालका राजदूत डा. युवराज खतिवडाको सम्मानमा चेम्वर भबन कान्तिपथमा आयोजना भएको स्वागत कार्यक्रममा चेम्वरका अध्यक्ष श्री राजेश काजी श्रेष्ठले वृहत्त अर्थतन्त्र भएको मुलुकको राजदूतमा नियुक्त हुनु भएकोमा वधाइ ज्ञापन गर्दै नव नियुतm राजदूतको कार्यकालको सफलताको कामना गर्नु भयो । सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका
अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र सयुतm राज्य अमेरिका वीच बिद्यमान आर्थिक सम्वन्ध तथा द्धिपक्षीय आर्थिक सम्वन्धलाइ सुदृढ गर्न चेम्वरबाट गरिएका प्रयासबारे उल्लेख गर्दै महामहिम राजदूत
नेपालको अर्थतन्त्रबारे विज्ञ तथा अनुभवी हुनु भएकोले निजी क्षेत्रले ठूलो अपेक्षा राखेको बताए । नेपाल र संयुक्त राज्य अमेरिका बीच २०११ मा सम्पन्न ब्यापार तथा लगानी अभिवृद्धि सम्वन्धी टीफा
सम्झौता अन्तर्गत अमेरिकामा सुबिधायुक्त प्रवेशका लागि नेपालबाट निकासीका लागि संभाव्य भएका वस्तुहरु समावेश नभएकाले ती वस्तुहरु समावेशका लागि पहल गर्न आग्रह गरे । नेपाल ठूला अर्थतन्त्र भएका मुलुकहरु चीन र भारत वीचको सानो अर्थतन्त्र भएको मुलुक भएको र ती मुलुकहरुले नेपाली उत्पादनलाइ सुबिधायुक्त प्रवेश दिएकाले नेपालमा लगानीको लागि बातावरण रहेको हुंदा अमेरिकी लगानीको लागि पहल गर्न आग्रह गर्दै नेपालमा आइटी क्षेत्रमा पर्याप्त जनशक्ति भएकाले सूचना तथा प्रबिधि क्षेत्रमा लगानीको लागि पहल गरि दिन आग्रह गर्नु भयो । त्यसै गरी व्यापार मेलामा सहभागी हुने र नेपाली मालवस्तुको प्रदर्शन कक्ष स्थापनावारे पनि अनुरोध गरे ।
नवनियुक्त राजदूत डा. खतिवडाले आफ्नो कार्यकाल दुइ मुलुक वीच आर्थिक सम्वन्धलाइ सुदृढ गर्न उच्च तहको राजनीतिक बिश्वासको बातावरण सृजना गर्ने तर्फ आफ्नो प्रयाश केन्द्रित हुने बताउदै सो
लगायत दुइ मुलुक बीच ब्यापार तथा लगानी बिस्तार, प्राविधिक सहयोग, पर्यटन प्रवद्र्धन तथा प्रबिधि हस्तान्तरण तर्फ पनि प्रयाश जारी रहने बताए । नबनियुक्त राजदूत डा. खतिवडाले बिश्व बजारमा नेपाली मालवस्तुको निर्यात बढाउन मालवस्तुको गुणस्तर तथा मूल्य प्रतिस्पद्र्धी नभइ प्रवेश पाउन सहज नहुने भएकोले उत्पादन लागत न्युन हुनु पर्ने र गुणस्तर कायम रहनु पर्दछ । यसका लागि निकासी हुने वस्तुहरु समग्र मूल्य श्रृंखला प्रक्रियामा जान पर्ने आवश्यकता रहेको छ । साथै टीफा सम्झौता अन्तरगत नेपालमा लगानी, नेपालको निकासी व्यापारमा बिस्तार तथा प्रबिधि हस्तान्तरणमा प्रयाश जारी रहने बताए । उतm स्वागत कार्यक्रममा नेपाल चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल उपाध्यक्ष द्धय कमलेश कुमार अग्रवाल, दिपक कुमार मल्होत्रा एवं कार्य समितीका सदस्यहरु तथा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्षकोपनि सहभागी रहेको थियो ।

आइएमई ‘भरोसा कोश’, वापतको रकम आवेदकहरुलाई वितरण शुरु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरूभएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।

मङ्गलवार प्रदेश नं २ को सिराहामा आयोजित एक विशेष कार्यकमकावीच आइएमई लिमिटेडका प्रबन्धक रोशन रखाल, आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि अरुण कुमार भण्डारीले संयूक्त रूपमा आवेदक स्व.प्रसाद मण्डलको पत्नी मञ्जु कुमारी देवी लाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

आइएमई पे वालेट मार्फत रकम भुक्तान लिन सक्ने पनि व्यवस्था मिलाइएको कोशको सहयोग राशि पुसमसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको छ ।
कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारको पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरिएको हो । साथै निजी क्षेत्रबाट स्थापित यस कोशले प्रभावित परिवारलाई केहि न केहि सहयोग पुग्ने र देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको दुखद् निधन सम्बन्धित परिवारका लागि मात्र नभई राष्ट्र कै लागि अपुरणीय क्षति भएको छ ।

सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरि व्यवस्था मिलाइएको थियो ।

आइएमईले हाल शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा प्रवाह गर्दै आइरहेको छ ।

राखेप र कृषि विकास बैंकबीच १० वर्षे सम्झौता, बैंक सँग सम्बन्धीत परिषद्ले दिने तालिममा ५० प्रतिशत सम्म छुट

काठमाडौँ । कृषि विकास बैंकले अब सामाजिक उत्तरदायित्व अन्र्तगत सेवा सुविधा देखि लिएर कर्जामा समेत सस्तो सुलभ र प्रभावकारी सेवा प्रदान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बैंकबीच सोही सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । दश वर्षे सम्झौतापत्र आदान–प्रदान गर्दै सदस्यसचिव सिलवालले भने, ‘सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको छ, यसको लाभ स्वाभाविक रूपमा दुवैलाई मिल्छ ।’ बैंकहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत छुट्याएकोे बजेटको २५ प्रतिशत रकम मात्र खेलकुदमा लगानी गर्न सके महत्वपूर्ण योगदान हुने सदस्यसचिव सिलवालले बताए । उनले भने, ‘लगानी गरे परिणाम आउँछ, नेपाली खेलकुद रिजल्ट दिन सक्षम छ, हामी परिणाम दिएर राष्ट्रको गौरव बढाउँछौँ, लगानीमा हामीलाई साथ दिनुहोस् ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली खेलकुदसँग प्रत्यक्ष रूपमा जोडिन पाउँदा संस्था गौरवान्वित भएको बताए। नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुऱ्याउने उद्देश्यले सहकार्यका लागि अगाडि बढेको सिईओ उपाध्यायको भनाई थियो ।

‘भलिबलका १० जना राष्ट्रिय खेलाडीलाई संस्थामा आबद्ध गरेर खेलकुदमा संलग्नता गरेको हाम्रो संस्था पुनः खेलकुदसँग जोडिएको छ । अवश्य पनि नतिजा फलदाय हुनेछ,’ उनले भने, ‘केन्द्रमा मात्र होइन, जिल्ला, प्रदेशमा रहेको हाम्रो संस्थाको माध्यमले पालिकासम्म सहकार्य गर्न सकिन्छ ।’

दश वर्षका लागि भएको सम्झौतामा कर्मचारी कर्जा तथा सापटसम्बन्धी पाँच वर्ष स्थायी सेवा अवधि पूरा गरेका कर्मचारीलाई विनाधितो १५ लाखसम्मको तलबी खाता कर्जा उपलब्ध गराउनेछ । परिषद्ले सञ्चालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्रलगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम सञ्चालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ ।

खेलकुदको विकास र विस्तारका लागि केन्द्रदेखि पालिकासम्म सहमतिअनुसार खेल गतिविधिमा सहकार्य गर्न सकिनेछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर परिषद्लाई भौतिक सामग्री उपलब्ध गराउन सक्नेछ । परिषद्ले सञ्चालन गरेका कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको टिकट छपाइ बैंकले गरिदिन सक्नेछ । बैंकले छपाइ गरेको टिकटमा संस्थाको व्यावसायिक सन्देश राखिनेछ । बैंकिङ कारोबारका लागि बैंकले परिषद्को बैंकिङ पार्टनर भई कार्य गर्नेछ । सम्झौता १४ पुस २०७७ कै मितिदेखि १० वर्षका लागि लागू हुनेछ ।

बालअधिकार हननको घटनामा वृद्धि

काठमाडौँ । सप्तरीमा बालअधिकार हननको घटनामा वृद्धि हुँदै गएपछि सरोकारवाला चिन्तित भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले सोमबार सार्वजनिक गरेको सन् २०२० को प्रतिवेदनमा अभिलेख गरिएको १३० घटनामा बालअधिकार हननको मात्रै ५० वटा घटना सार्वजनिक भएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् ।

जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठले सबैले आ–आफ्नो भूमिका प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । राजविराज नगरपालिकाका उपप्रमुख साधना झाले नागरिकमा चेतना बढे मात्र बालअधिकार हनन्को घटनामा कमी आउने उल्लेख गर्दै मानवअधिकार र विकासले स्थायित्व लिन कर्मचारीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केले बालबालिका हनन्का घटना न्यूनीकरणका लागि महिला सञ्जाल र आमा समूहलाई सशक्त बनाउनुपर्ने उल्लेख गर्दै उनीहरु सुरक्षित र स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारबाट वञ्चित हुनु परेकोमा स्थानीय तहको ध्यानाकर्षण गराउनुभयो ।

नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले जनप्रतिनिधि, प्रहरी र अगुवा नै गैरजिम्मेवार भएकाले बालअधिकार हननको घटना बढेको बताउनुभयो । सन् २०२० को अवधिमा बालक हत्याको तीन उजूरी परेकोमा एक घटनामा एक जना पूर्पक्षका लागि थुनामा र दुई बालक जमानीमा रिहा भएका छन् । अन्य दुई घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो ।

प्रतिवेदन सार्वजनिक गर्दै इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले एक वर्षको अवधिमा बढी चर्चामा रहेका घटनामा सामूहिक बलात्कारको घटना उजूरी गर्न डाक्नेश्वरी नगरपालिका– ७ ललितपुरका पञ्चहरूले रोक लगाएपछि सोही ठाउँकी १७ वर्षीया बालिकाले भदौ ३० गते गरेको आत्महत्या घटना रह्यो । सो घटनामा पक्राउ परेका दुई बालक असोज २७ गते पूर्पक्षका लागि बालसुधार गृह वीरगञ्जमा छन् । आत्महत्या दुरुत्साहन समेतको सो घटनामा पञ्च जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई जनही रु एक लाख १० हजार धरौटी राखेर असोज २७ गते र मुख्य पञ्च शत्रुधन मण्डलले पुस ८ गते दुई लाख धरौटी राखी पूर्पक्षका लागि रिहा भएका छन् ।

सो अवधिमा बालिका बलात्कारको २६ घटनामा चारदेखि १७ वर्षीया २६ जना बालिका पीडित भएका छन् । पीडितमध्ये तीन अपाङ्गता भएकी बालिका रहेका छन् । आरोपित सात वर्षदेखि ४५ वर्षका ३४ जना छन् । आरोपितमध्ये १६ जना पूर्पक्षका लागि थुनामा र एक बालक बालसुधार गृहमा छन् भने ७ र ८ वर्षीय दुई बालकमाथि मुद्दा चल्न नसकेर अभिभावकको जिम्मा लगाइएको छ ।

एक जना धरौटीमा रिहा भएका छन् । आरोपितमध्ये एक जना अपरिचित र एक जना बालिकाका बुबासमेत १४ जना पक्राउ परेका छन् । बाल यौन दुव्र्यवहारका ११ घटनामा सातदेखि १७ वर्षीया १२ बालिका पीडित भएका छन् । आरोपितमा १८ देखि ७६ वर्षीय २१ जना रहेका छन् । तीमध्ये दुई जना पूर्पक्षका लागि थुनामा छन् भने सात जना धरौटीमा रिहा भएका छन् । दुई जना हालै पक्राउ परेका छन् भने १० जना फरार छन् ।

यो अवधिमा पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेका आरोपमा २० वर्षीय बालक पक्राउ परेका छन् । बालविवाहका पाँच घटना जनप्रतिनिधि, प्रहरी, इन्सेक, बाल सञ्जाल र गाउँलेको पहलमा रोकिएको छ भने एउटा बाल तथा बहुविवाहको आरोपित दुई जना फरार छन् ।

बालिका बेचविखनका दुई घटनामा १५, १४ र १३ वर्षीया बालिका पीडित भएका छन् । आरोपितमध्ये ४२ वर्षीया पूर्पक्षका लागि थुनामा र १६ वर्षीय बालसुधार गृहमा छन् । अन्य ४५, १९ र १८ वर्षीय पुरुष हालसम्म पक्राउ परेका छैनन् । पाँच बालकलाई कूटपिट गरेको एक घटनाका आरोपित विद्यालयका निर्देशकमाथि कुनै कारवाही भएको छैन् ।

इन्सेकको तथ्याङ्कमा एक वर्षको अवधिमा १३० मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना सङ्कलन गरिएको छ ।
जिल्ला बार इकाई सप्तरीका अध्यक्ष डोमन साहको अध्यक्षता एवं प्रेस स्वतन्त्रता सेनानी र इन्सेक सदस्य वैद्यनाथ झाले स्वागत गर्नुभएको कार्यक्रममा वक्ताहरूले हिंसा नियन्त्रणका लागि समन्वय र सहकार्यका साथै राज्यले सक्रियता बढाउनुपर्ने र अन्यले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला न्यायाधिवक्ता कैलाश दाहाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अवधेश झा, सगरमाथा अपाङ्ग कल्याण सङ्घका अध्यक्ष बलदेव मण्डल, एकल महिला समूहकी प्रदेश नं २ अध्यक्ष अनिता देवकोटा, सहयोगी समाजका रामप्रकाश चौधरी, निमित्त कारागार प्रमुख सञ्जयकुमार राम, जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सुदर्शन निरौला, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायणलाल दास, दहेज मुक्त मिथिलाकी अध्यक्ष करुणा झा, राजविराज नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुरलगायत अधिवक्ता, सञ्चारकर्मी र अधिकारकर्मीले प्रस्तुत प्रतिवेदनमाथि टिप्पणी गर्नुभभएको थियो ।

कांग्रेस सभापति देउवालाई चीन भ्रमणको निम्तो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन भ्रमणको निमन्त्रणा दिएको छ । पूर्वप्रधानमन्त्री देउवाको निवास बूढानीलकण्ठमा भएको भेटमा उपमन्त्री क्वोले आफूहरूले सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी मनाउन लागेको जनाउँदै सो कार्यक्रमका लागि निमन्त्रणा दिनुभयो ।
उपमन्त्री क्वोले कांग्रेससँग आफूहरुको राम्रो सम्बन्ध रहिआएको उल्लेख गर्दै सो पार्टी सरकारमा भए पनि नभए पनि प्रशंसनीय भूमिका रहेको बताउनुभयो । उहाँले कांग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले चीनसँगको सम्बन्ध सुधारमा गर्नुभएको योगदानको प्रशंसासमेत गर्नुभयो । उहाँहरुबीच नेपाल र चीनका द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको भेटमा सहभागी सभापति देउवाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिनुभयो ।

भक्तपुरमा युवा संघ र बिद्यार्थीको मसाल जुलुसले के पि ओलिको पुत्ला दहन

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजना मा भोलि १४ गते हुन गहिरहेको प्रतितिधी सभा बिधटनको विरुद्ध को जनप्रदर्शन कार्यक्रम प्रचार स्वरुप भक्तपुर का युवा र विद्यार्थी ले भक्तपुर राममन्दिर देखि सुर्यबिनाएक सम्म मसाल जुलुस सम्पन्न गरेका छन साथै प्रधानमन्त्री के पि ओलि को पुत्ला दहन गरेका छन ।जुलुसलाई युवा संघ का सयोजक दिपशिखा , युवा नेता दीपक थापा सहितले सहभागिता जनाएका ठुलो संख्यालाई आक्रोश ले सम्बोधन गरेको थिए ।मसाल जुलुसमा नेकपाका जिल्ला नेता रजन के सि , श्याम बस्नेत, दीपक बिशुन्खे लगायत करिब पाँच सय जनाको युवा विद्यार्थीको सहभागिता रहेको थियो ।