भोलीदेखि एकहप्ता निषेधाज्ञा, बैंक तथा वित्तिय संस्था पनि बन्द

बाँके । कोभिडको दास्रो लहरले महामारीको रुप लिएसँगै भोली राति १२ बजेबाट लागुहुनेगरी बाँकेमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रसाशन कार्यालयले विज्ञप्ति निकाल्दै सोही जाकारी गराएको छ । सुचना अनुसार अत्यावस्यक सेवा बाहेकका सबै क्षेत्रहरु ठप्प रहने छन् । साथै बैंक तथा वित्तिय संस्थाहरु समेत बन्द हुने विज्ञप्तिमा उल्लेख छ ।

कर्णाली प्रदेश विकास परिषद्को दोस्रो बैठक आज

काठमाडौँ । कर्णाली प्रदेश सरकारको दोस्रो प्रदेश विकास परिषद् बैठक आज बस्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक आज ११ः०० बजेबाट शुरु हुँदैछ । कर्णाली प्रदेश सरकार तथा प्रदेश योजना आयोगद्वारा आयोजित बैठकमा प्रथमतः कर्णाली प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्काले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको कार्यान्वयनबारे कार्यपत्र प्रस्तुत गर्ने र त्यसमा छलफल हुने प्रदेश विकास परिषद्को दोस्रो बैठक तयारी समिति संयोजक तथा आयोगका सदस्य डा दीपेन्द्र रोकायले जानकारी दिए।

त्यस्तै बैठकमा संयोजक डा रोकायले चालु आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन र आगामी आर्थिक वर्षका लागि लिनुपर्ने नीति, कार्यक्रम र बजेटसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुनेछ र त्यसपश्चात राय सुझाव लिइने तालिका सार्वजनिक गरिएको छ । आयोगका सदस्य योगेन्द्र शाही र दिव्यराज पोखरेलले प्रस्तुत गर्ने परियोजना बैंक र लगानी सम्मेलन तथा सहलगानीका सम्बन्धमा बैठकमा छलफल गरी परिषद्को मार्गदर्शन लिइने जनाइएको छ ।

उक्त बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा दलका प्रमुख नेता, समितिका अध्यक्ष, आयोगका पदाधिकारी, प्रदेश सचिव, जिल्ला समन्वय प्रमुख, नगरपालिका तथा गाउँपालिकाका प्रमुख÷अध्यक्ष, विभिन्न क्षेत्रबाट मनोनित पाँच जना, कर्णाली विज्ञ समूहका साथै लब्धप्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रण गरिएको सयोजक डा रोकायले बताए । उनका अनुसार बैठक भर्चुअलरूपमा सञ्चालन हुनेछ ।

बसन्त चौधरीले पाउने भए यो वर्षको प्रतिष्ठित साहित्यक अवार्ड

काठमाडौं । नई प्रकाशनले साहित्य क्षेत्रकै प्रतिष्ठित ‘नई ईश्वरवल्लभ अवार्ड’ यो वर्ष कवि तथा साहित्यकार बसन्तकुमार चौधरीलाई प्रदान गर्ने गर्ने भएको छ । नई प्रकाशन संचालक समितिका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले यो वर्षका लागि ‘नई ईश्वरवल्लभ अवार्ड’ चर्चित कवि चौधरीप्रति समर्पित गर्ने निर्णय गरेको हो ।

विश्व काव्ययात्रामार्फत नेपाली भाषा र साहित्यको विश्वमाझ प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान दिएका कारण चौधरीलाई प्रतिष्ठित अवार्ड प्रदान गर्ने निर्णय भएको नई प्रकाशनले जनाएको छ ।
चौधरीले पुरस्कार स्वरुप १ लाख धनराशि पाउने छन् । यसअघि नई प्रकाशनले बैशाख ३० गते काठमाण्डौमा आयोजना गर्न लागेको नई प्रकाशनको रजतजयन्ती तथा शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औं जन्मोत्सवको अवसरमा साहित्यकार चौधरीलाई पुरस्कृत गर्ने योजना बनाएको थियो । तर, कोभिड संक्रमणका कारण पुरस्कार वितरण गर्ने कार्यक्रम केही पछि धकेलिएको नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

नेपालका कवि, साहित्यिक पत्रकार र नेपाली भाषा तथा साहित्यमा विशिष्ट योगदान गर्नेहरुलाई यस्तो अवार्ड प्रदान हुँदै आएको छ । नई प्रकाशन २०५२ सालमा स्थापना भएको थियो । चर्चित कवि तथा साहित्यिक पत्रकार ईश्वर बल्लभको निधन भएपछिका वर्षदेखि उहाँको नाममा अवार्ड वितरण गर्न थालिएको थियो ।

प्रत्येक वर्ष प्रदान गरिने यो विधातर्फको अवार्ड यसअघि जयदेव भट्टराई, प्रकट पगेनी शिव, विश्वविमोहन श्रेष्ठ, प्रदीप नेपाल, विजय चालिसे, सञ्जय राई, कञ्चन पूडासैनी लगायतले पाउनुभएको थियो ।
चौधरीले केही वर्षअघिदेखि सुरु गरेको विश्व काव्ययात्रा विश्वभर चर्चित भएको थियो । सन् २०१२ को अगस्टदेखि अमेरिकाको न्यूयोर्कबाट सुरु भएको उहाँको विश्व काव्ययात्रा ११ वटा देशको २० वटा शहरसम्म पुगेको थियो । गत वर्ष कोरोनाको संक्रमण बढेपछि उनको काव्ययात्रा स्थगित गरिएको छ ।

नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले सरकार वा सरकारी निकायको कुनै सहयोगबिना एक्लो प्रयासमा नेपाली कविता र साहित्यलाई विश्वमाझ चिनाउने उद्देश्यले विश्व कविता यात्रा गर्ने चौधरी देशकै एक्लो र पहिलो नेपाली कवि रहेको बताए । ‘उहाँको एक्लो प्रयासले संचालन गर्नुभएको विश्व काव्ययात्राका कारण नेपाली साहित्यको इज्जत विश्वमै माथि पुर्याउने काम भएको र नेपाली साहित्यको गरिमा समेत श्रीवृद्धि भएकोमा उहाँलाई सम्मान गर्ने निर्णय गरेका हौं ।’–प्रसाईले भने ।

बसन्त चौधरी गीतकार, कवि, स्तम्भकार वा प्रबन्धकारको रुपमा नेपाली साहित्यको क्षेत्रमा परिचित नाम हो । उनका नेपाली भाषाका आधादर्जन बढी कविता संग्रह, अन्य विभिन्न भाषामा समेत कविता तथा गीति संग्रह प्रकाशित भइसकेका छन् । उहाँका हालसम्म आधा दर्जन बढी नेपाली भाषाका र दुईवटा हिन्दी भाषाका गीति एल्बम समेत प्रकाशन भइसकेका छन् । उनले दर्जनौ कृतिहरु प्रकाशनमा सहजीकरण र सहयोग गरिकेका छन् । ‘तिमीबिनाको म’ नामको नेपाली भाषाको कविता संग्रह र अनेक पल और मैं नामको हिन्दी कविता संग्रह उनका प्रकाशोन्मुख कृति हुन् ।

हेटौडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले हेटौँडा निर्वाचन अधिकृतको कार्यालय खोल्ने निर्णय गरेको छ ।

आयोगले वागमती प्रदेशको मुकाम हेटौँडा स्थित प्रदेश निर्वाचन कार्यलयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन अधिकृतको लागि न्याय परिषद्को परामर्शमा दुईजना जिल्ला न्यायाधीशको नामावली माग गरी नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाउनेसमेत निर्णय गरेको आयोगले जनाएको छ ।

आयोगले बिहीबार वागमती प्रदेशको अन्य समूहतर्फ राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त रहेको एक पदको लागि आगामी जेठ ६ गते राष्ट्रियसभा सदस्य उपनिर्वाचन गर्ने निर्णय गरेको थियो ।

सो निर्वाचनको तयारीका सन्दर्भमा आयोगको आज बसेको बैठकबाट निर्वाचन पूर्व, निर्वाचनको समयमा र निर्वाचन पश्चात् गर्नुपर्ने कार्य समेटिएको निर्वाचन कार्यतालिका स्वीकृत गरेको आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै उपनिर्वाचनका लागि मतदानको समय बिहान ०९ बजेदेखि अपरान्ह ३ बजेसम्म निर्धारण गरिएको छ ।

अवैधानिक बैठकका निर्णय फिर्ता लिनोस्ः गौतम

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवैधानिक बैठकका निर्णय फिर्ता लिन आग्रह गरेका छन् । बिहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक ‘डिनर मिटिङ’ मा उपाध्यक्ष गौतमले ओलीलाई अवैधानिक निर्णय फिर्ता नगरेसम्म सँगसँगै अघि बढ्न नसक्ने बताएका हुन् ।

प्रधामन्त्री केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा ‘डिनर मिटिङ’ भएको हो । उनले पार्टी काममा आफूसँग फर्कन अनुरोध गरे। ‘मैले गत फागुन २८ गते तपाइँले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ’ उपाध्यक्ष गौतमले भने ।ओलीले गरिसकेका निर्णय फिर्ता नहुने बताएपछि आफूले पनि त्यसो भए तपाइँसँग सँगै जान सकिन्न भनेर प्रष्ट पारेको उनको भनाइ छ ।

प्रधानमन्त्रीसँगको भेटपछि गौतमले भनेका छन् ‘उहाँले ती निर्णय फिर्ता हुँदैनन् भने। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ। डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ ।’

प्रविधि गाउँ सहरको जीवन सहज पार्दैस खल्ती एपबाटै बुटवल पावर कम्पनीको विद्युत महसुल भुक्तानी

काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) को ग्रामिण तथा सहरी दुवै क्षेत्रको विद्युत महसुल अब खल्ती डिजिटल वालेट एपबाट घरैबसी तिर्न सकिने भएको छ । बिपिसीले स्याङ्गजाको वालिङ, गल्याङ, रामपुर र झिमरूक क्षेत्रमा विद्युत वितरण गरिरहेको छ ।
बिपिसीका विभाग प्रमुख ( कर्पोरेट टिका राम भट्ट र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेल बीच यस सम्झौता पश्चात यो सम्भव भएको हो। यस भुक्तानीको लागि खल्ती एपको होम पेजको युटिलिटी पेमेन्टमा ‘कम्युनिटी बेस्ड इलेक्ट्रिसिटी’ सेक्सन थपिएको छ । त्यसमा बिपिसी लेखिएको ठाउँमा थिची बुटवल पावर कम्पनीको बिल तिर्ने काउन्टर, ग्राहक परिचय नम्बर र ग्राहक नम्बर हालेपछि तिर्नु पर्ने रकम देखाउँछ । उक्त रकम ग्राहकले एपमा पैसा लोड गरी वा ‘खल्ती’ एपमा बैंक खाता लिंक गरी सिधै बैंकबाट तिर्न सक्छन् । ग्राहकले विद्युत प्रयोेग गरेको महसुल अग्रिम र ढिला दुबै भुक्तानी गर्न सक्ने छन् । अनलाइनमा ग्राहकको बिल भुक्तानी गर्न बाँकी भएको तीन महिनासम्मको बिल हेर्न सक्नेछन् ।

यस सम्झौता पश्चात सहायक प्रबन्धक जोनाम भूर्तेल भन्नुहुन्छ, “ अब बिजुलीको बिल भुक्तानी गर्न पैदल हिँडी वा गाडी चढी नै तिर्न पर्ने समस्याबाट बिपिसीका सेवा ग्राहीहरु मुक्त हुनेछन् । नेपालको सुगम तथा दुर्गम दुबै क्षेत्रलाई ओगट्ने गरी बिपिसीको सबै क्षेत्रका प्रयोगकर्ताहरुले घरै बसी अनलाइन भुक्तानी सेवा उपलब्ध गराउनु हाम्रो लागि ठुलो उपलब्धि हो। यसले डिजिटल नेपालको हाम्रो अभियानमा निकै ठुलो योगदान पुर्याउने पनि विश्वास राख्दछु।”

चार क्षेत्र मध्य पहिलो चरणमा वालिङ, गल्याङ, रामपुर को भुक्तानी सुरु भइ सकेको छ भने झिमरूकको भने दोस्रो चरणमा सुरु हुनेछ।
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६०ं बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाख ५० हजारभन्दा बढि छ ।

यसरी डाउनलोड गर्नुहोस् खल्ती एप
खल्ती एप यो Khalti.com/app बाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ । मोबाइलमा डाउनलोड गर्न गुगल प्ले स्टोर वा एप्पल स्टोरमा यो एप उपलब्ध छ ।

स्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार

काठमाडौँ । नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादीबजार र सोको आसपास क्षेत्रलाई समेटने गरि जिएसएम सेवाको विस्तार गरेको छ । करादीबजार र आसपासको क्षेत्रलाई समेट्ने गरि विस्तार गरिएको उक्त सेवा मार्पmत बजारमा रहेका ९८ घरधुरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजारौ यात्रु प्रत्यक्ष रुपमा लाभान्वित हुने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख सुरेन्द्रमान सिंहले बताए ।
करादी बजार गल्याङ नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो र त्यस्ता केन्द्रहरुमा मानिसको चाप बढी हुने र नेपाल टेलिकमको सेवाबाट बन्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेक्टर एक्सपानसन मार्पmत करादी बजारमा जिएसएम सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख रवि मानन्धरले बताए ।
त्यसैगरि, हाल जिएसएम प्रविधि मार्पmत वायरलेस सेवा प्रदान गरिएपनि निकट भविष्यमै सोही ठाँउबाट वायरलाईन सेवा अन्तर्गत उच्च गतिको हाई स्पिड फाइबर इन्टरनेट, एनटी टेलिभिजन र पिएसटिएन ल्याण्डलाईन सेवा सहितको ट्रिपल प्ले सेवा उपलब्ध गराईने गरि कार्य गरिएको नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार यो सेवा मार्पmत वायरलेस र वायरलाइन दुबै सेवा एकै स्थानबाट उपलब्ध गराउन सकिने गरि सञ्चालन गरिएको हो ।

बसले एम्बुलेन्सलाइ ठक्कर दिदा चालकको मृत्यु

काठमाडौँ । शम्भुनाथ नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा आज बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालकको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका–३ स्थित शम्भुनाथ मन्दिरको प्रवेशद्वार अगाडि सडकखण्डमा ना६ख ७८९२ नम्बरको बसले स१च ५५२ नम्बरको एम्बुलेन्सलाइ ठक्कर दिदा सिरहा सुखीपुर बस्ने ५० वर्षीय चालक छेदीलाल कामतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसले विपरीत दिशातर्फ आउँदै गरेको एम्बुलेन्सलाई ठक्कर दिँदा कामतको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । कामतको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका बस चालकको खोजि भइरहेको प्रहरी कायाृलयले जनायको छ

विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्री

काठमाडौँ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसमक्ष आग्रह गरेका छन् ।
प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले ५ वर्षका लागि सरकार बने पनि बदलिएको राजनीतिक परिस्थितिका कारणले गर्दा अहिले विश्वासको मत लिनुपर्ने अवस्थामा रहेको उनले स्पष्ट पारे ।
एमालेका तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता भएको छ,’ उनले भने, ‘संवैधानिक व्यवस्था अनुरुप सदनबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार यो अवस्थामा उभिएका छौं ।’
राजनीतिक संस्कार बसाल्न, एकताको सन्देश सिङ्गो देशलाई प्रवाह गर्नका लागि पनि सरकारलाई विश्वासको मत दिन शाहीले सांसदहरुलाई आग्रह गरे ।
उनले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भए यता ९५ मन्त्रिपरिषद बैठक बाट ५८७ जनपक्षीय निर्णय गरेको चर्चासमेत गरे ।
प्रदेश सरकार निर्माण गर्दा तीव्र विकास, प्रदेशको आर्थिक समृद्धिको सपना देखेर सबै दलले प्रदेशमा कोही पनि प्रतिपक्ष नहुने प्रतिवद्धता जनाएको स्मरण गराउँदै उनले अहिले पनि त्यही अवस्थामा प्रतिवद्ध रहन दलहरुलाई आग्रह गरे ।

प्रचण्डलाई ओलीको निम्ता , भोली सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई निम्ता दीयका छन् । प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा उपस्थीत हुन प्रचण्डलाई ओलिले फोन गरेर निम्ता दीयको बताइयको छ ।
प्रधानमन्त्रीको फोन आयो भन्दै ललितपुरको एक कार्यक्रमबाट हिडेका प्रचण्डसँग ओलीको पुनः टेलिफोनमै कुरा भएको छ । प्रधानमन्त्रीले भोलि सबै विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएकोले आउनका लागि आग्रह गर्दै निम्ता गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिवार विहान ११ बजे प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक बोलाइएको बताए । त्यसै सन्दर्भमा प्रचण्ड लगायत आफूले कुरा गर्नुपर्ने नेताहरुसँग प्रधानमन्त्रीको कुराकानी भएको थापाले जनाकारि दियका छन् ।

दक्षिण अफगानिस्तानमा बिहीबार राती भएको एक बम विस्फोटमा परी चार सर्वसाधारणको मृत्यु

काठमाडौँ । अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राती भएको एक बम विस्फोटमा परी कम्ती चार जना सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार जनायको छ छ ।
मारिएका ती सर्वसाधारणमा तीन जना एकै परिवारका रहेका बताइएको छ । एक महिला र उनकै दुई बच्चाको मृत्यु भएको छ ।
शाह वाली कोट जिल्लाको जर्ताली इलाकामा ती परिवारको गाडी बमसँग ठोक्किँदा उनीहरुको सवारीसाधान ध्वस्त भएको प्रहरी प्रवक्ता जमाल बराक्जाईले बताउनु भएको छ ।
अफगानिस्तानमा आतङ्ककारीहरुले सुरक्षाबललाई लक्षित गर्दै गृहनिर्मित बम सडक किनारमा विस्फोटन गराउँर्दै आएका छन् । यस्ता घातक हतियारहरुले सर्वसाधारणलाई पनि बारम्बार हानी पुन्याउँर्दै आएको छ ।
अफगानिस्तानमा सन् २०२० जारी सशस्त्र द्वन्द्वमा परी २ हजार ९५० भन्दा बढी सर्वसाधारणको मृत्यु हुनुको साथै ५ हजार ५४० भनदा बढी घाइते भएका देशको स्वतन्त्र मानवअधिकार आयोगले जनाएको छ ।
सन् २०२० मा भएका अर्को छुट्टै घटनाहरुमा ३३० जना महिला र ५६५ बालबालिकाको मृत्यु भएको सो आयोग थप जानकारी दिएको छ ।

शैक्षिक सुधारका लागि ५४ विद्यालय छनोट

काठमाडौँ । नौ स्थानीय तहका ५४ सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । विद्यार्थीको अनुपातलाई मध्यनजर गर्दै आवश्यकताका आधारमा विद्यालय छनोट गरिएको शिक्षा विकास तथा समन्वय एकाइ डोटीले जनाएको छ ।
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा जिल्लाको शिखर नगरपालिकाका १२, दिपायल सिलगढी नगरालिकाका–२, बडिकेदारका ८, आदर्श १०, केआइसिंह ७, जोरायल ३, पुर्वीचौकी ३, बोगटान फुड्सिल ३ तथा सायलमा ३ वटा विद्यालय छनोटमा परेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यहाँका विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेपछि अभिभावक निकै खुशी छन् ।
कार्यक्रमअन्तर्गत छनोट भएका विद्यालयको भौतिक पूर्वाधार विकास, पहाडी क्षेत्रमा आवासीय सुविधासहित अतिविपन्न, अभिभावकविहीन, विपद् प्रभावित, दुर्गम स्थान र अपाङ्गता भएका विद्यालय सञ्चालनको विषय समेटिएको बताइएको छ । यस्तै शैक्षिक संस्थामा यातायातका साधनको व्यवस्थापन गर्न अनुदान, सुविधाजनक कक्षाकोठा निर्माण, स्वच्छ खानेपानी, पर्याप्त पानीसहित शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, शिक्षण–सिकाइ तथा विभिन्न प्राविधिक विषय पनि कार्यक्रममा राखिएको छ ।

ग्यास उत्पादनको अन्तिम तयारीमा घोराही

काठमाडौँ । नयाँ वर्षको शुरुआतसँगै घोराही उपमहानगरपालिकाले फोहोरलाई मोहरमा बदल्ने र पूर्ण सरसफाइयुक्त नगर बनाउने अभियानको थालनी गरेको छ । नयाँ वर्ष २०७८ को शुभारम्भसँगै उपमहानगरले नसड्ने फोहोरलाई मोहरमा बदल्ने अभियानको थालनी गरेको हो । उपमहानगरले गल्नेबाट ग्यास र नगल्ने फोहोरलाई खरीद गरेर पुनःप्रयोगमा ल्याउने कार्यक्रमको शुरुआत गरेको हो । गल्ने फोहोरबाट ग्यास उत्पादनको तयारी अन्तिम चरणमा पुगेको उपमहानगरकाले जनाएको छ ।
घोराही उपमहानगरपालिकाले घर, पसल, उद्योगबाट निस्किएको फोहोरलाई किन्ने भएको छ । पूर्ण सरसफाइयुक्त नगर बनाउने उद्देश्यका साथ उपमहानगरले घर, बस्ती, टोलबाट निस्किएको फोहोरलाई मोहरमा बदल्ने योजना बनाउँदै फोहोर किन्ने भएको हो । नयाँ वर्ष २०७८ सालको शुभारम्भसँगै उपमहानगरले फोहोर किन्ने अभियान पनि यही वैशाख १ गतेदेखि शुरु गरेको छ ।
प्रतिकिलो फोहोर रु दुईदेखि २० सम्ममा उपमहानगरले किन्ने सरसफाइ व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार बोटलसहित नरम पोलिथिन प्रतिकिलो रु १०, कपडा रु पाँच, सुर्तीजन्य प्लास्टिक रु दुई र गत्ता सहितका अन्य फोहोरलाई रु १० देखि २० सम्ममा उपमहानगरले किन्ने छ । उक्त फोहोर सङ्कलनका लागि उपमहानगरले टोलटोलमा गाडी पठाउने छ ।
उपमहानगरपालिकाले प्लास्टिक, लत्ता, कपडालगायत फोहोर खरीद गर्न थालेको छ । सङ्कलित फोहोरमध्ये नगल्ने फोहोरलाई उपमहानगरले बेच्ने र गल्ने फोहोरलाई वायोग्यास निकाल्नका लागि प्रयोग गरिने छ । “घोराहीमा फोहोर व्यवस्थापन गर्न वार्षिक रु दुई करोडभन्दा बढी रकम खर्च हुने गरेको छ र उक्त रकमलाई फोहोरसँगै सिधै जमीनमा गाडिएको छ”, घोराही–१४ का वडाध्यक्ष एवं सरसफाइ संयोजक डाँगीले भन्नुभयो, “अब भने फोहोरलाई पुनः प्रयोग गरेर उक्त रकमको सदुपयोग गरिनेछ ।”
फोहोर पुनः प्रयोग हुने भएसँगै घोराहीका नागरिकले फोहोर व्यवस्थापन गर्न अब पैसा तिर्नुपर्ने नभई पैसा कमाउने भएका छन् । घोराही उपमहानगरले गल्ने फोहोरबाट बायोग्यास निकालेर पाइपबाट घरघरमा ग्याससमेत पु¥याउने भएको छ । जसका लागि बायोग्यास प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करीब २० करोड लागतमा निर्माण हुन लागेको प्लान्टको अहिले ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र आउने मङ्सिर महिनाअघि काम सम्पन्न भइसक्ने घोराही उपमहानगरले जनाएको छ ।
उक्त वायोग्यास प्लान्टबाट अहिले तत्काल ७४० घरमा पाइपबाट घरघरमा ग्यास पु¥याउने योजना रहेको सरसफाइ व्यवस्थापन समितिका संयोजक डाँगीले जानकारी दिनुभयो । घोराही–१६ स्थित स्यानेटरी ल्यान्डफिल्ड साइटको तीन बिघा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त प्लान्टबाट तत्काल त्यस वरपर र नारायणपुर बजार क्षेत्रका घरघरमा पाइपबाट ग्यास वितरण गरिने छ । घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुर र नेपाल ऊर्जा विकास कम्पनी प्रालि काठमाडौँका बीचमा त्रिपक्षीय सम्झौता भएर उक्त प्लान्टको निर्माण भइरहेको छ ।
वायोग्यास प्लान्ट निर्माण गर्न २०७६ मङ्सिर ५ गते त्रिपक्षीय सम्झौता गरेर १४ महिनामा सक्ने भनिए पनि कोरोना महामारी आएसँगै काम रोकिएको थियो । अहिले भने काम धमाधम भइरहेको छ । सो प्लान्टबाट दैनिक एक हजार ३०० किलो ग्यास र छ टन प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका प्रमुख कार्यकारी सल्लाहकार शेखर अर्यालले जानकारी दिन्भयो । नगरपालिकाका वडा नं १० र १६ का १६ सय घरधुरीमा पाइपमार्फत मिटर जडान गरी ग्यास वितरण गरिने उहाँले बताउनुभयो ।

तनहुँमा चितुवा नियन्त्रणका लागि पोखरी निर्माण

चितुवाको आक्रमणले आतङ्क बनाएको तनहुँका सामुदायिक वन क्षेत्रमा ३० वटा पानीका पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले १५ र सामुदायिक वनले १५ गरी ३० वटा पोखरी यसै आर्थिक वर्षभित्र सम्पन्न गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले उक्त अभियानकै रुपमा अघि बढाइएको डिभिजन प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । चितुवाले आक्रमण गरेका वन आसपास क्षेत्रमा पानीको स्रोत नहुँदा प्यास मेटाउन भौँतारिँदै मानव बस्ती छिर्ने क्रममा मानवीय क्षति हुने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको उहाँले बताउनुभयो ।
मानव बस्तीमा पुगेको चितुवाले पानी खाएर अघाएपछि उसको नजीकमा देखापरेका मानव तथा पशुपालनप्रति आक्रमण गर्ने गरेको काफ्लेको भनाइ छ । मांसाहारीजन्य वन्यजन्तुका लागि खानेपानीको पोखरी र आहार प्रजातिका लागि कलिलो घाँस (घाँसे मैदान) व्यवस्था गर्ने गरी मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न अभियानका रुपमा थालिएको छ । “वनजङ्गल झाडीले ढाकिँदै गएकाले मांसाहारी प्रजातिको वन्यजन्तुका लागि वासस्थानको व्यवस्थापन गर्दै आवश्यक पर्ने पानीका पोखरी र कलिलो घाँसलाई प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो ।
जिल्लाको बन्दीपुर, आँबुखैरेनी, भानु, व्यास र शुक्लागण्डकी नगरपालिकामा रहेका वनजङ्गल आसपास पानीको पोखरी निर्माण गर्न लागिएको हो । डिभिजन वन कार्यालयबाट रु ५० हजारदेखि रु एक लाखसम्मको १५ वटा पोखरी निर्माण गर्ने योजना रहेको छ । सो वनमा आहार प्रजातिका वन्यजन्तुभन्दा मांसाहारीजन्यको सङ्ख्या बढिरहेको क्यामेरा ट्यापिङबाट देखिएको बताइएको छ ।
यस क्षेत्रमा चरीबाघ, चितुवा, स्याल बढिरहेको छ भने मृग, बँदेल नगण्य मात्रामा देखिएको छ । कुनै वन्यजन्तुको सङ्ख्या यकिन नभए पनि त्यसको अनुसन्धान डिभिजन वन कार्यालय तनहुँका निवर्तमान डिभिजन प्रमुख केदार बरालले गरिरहनुभएको छ । चितुवा प्रभावित क्षेत्रका बासिन्दालाई घरघरमा उज्याले बनाएर राख्न, घर वरपर झाडी पन्छाउन र पशुपालन गोठ सुधार गरी मजबुत बनाउन आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
जिल्लाका सबैभन्दा बढी भानु नगरपालिका क्षेत्रमा चितुवाले आतङ्क बनाएको छ । उक्त क्षेत्रका वन क्षेत्रमा पानीको पोखरी निर्माणका लागि पालिका तहबाट नै निर्णय गरिएको भानु नगरपालिका–४ का वडाध्यक्ष पूर्णबहादुर लौडारी भाटले जानकारी दिनुभयो । सो पालिकाको वडा नं १, २, ३, ४, १२ र १३ मा चितुवा तथा भालुले धेरै धनजनको क्षति बनाएको थियो ।
खानेपानीबाट एक हजार पाँच सय घरधुरी लाभान्वित
व्यास नगरपालिका–१० स्थित चिसापानी देवीडाँडा बृहत लिफ्टिङ खानेपानी आयोजनाको निर्माण शुरु भएको छ । त्यस क्षेत्रका बासिन्दाले खानेपानीको चर्को समस्या झेल्दै आएको हुँदा त्यसलाई दृष्टिगत गर्दै सङ्घीय सरकारको रु तीन करोड विनियोजन गरेपछि निर्माण कार्य अघि बढाइएको हो ।
व्यास–९, १० र ११ को सिमानामा पर्ने चिसापानीबाट पानी ल्याएर लिफ्टिङ गर्न लागिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । लिफ्टिङ गरिएको पानी सङ्कलन गर्नका लागि देवीडाँडामा पाँच लाख लिटर क्षमताको भण्डारण ट्याङ्की निर्माण कार्य थालिएको उहाँले बताउनुभयो । चिसापानीबाट करीब एक हजार २०० मिटर दूरीबाट पाइपमा ल्याइएको पानीलाई देवीडाँडासम्म लैजानका लागि करीब २६५ मिटर उचाइमा लिफ्ट गरिने उहाँले बताउनुभयो ।
देवीडाँडामा भण्डारण ट्याङ्की निर्माण गरेपछि बस्तीअनुसारको आठवटा शाखा ट्याङ्की निर्माण गरेर पानी वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । सो आयोजना सम्पन्नपश्चात् त्यस वडाका अँधेरीभञ्ज्याङ, दुम्सीकोट, दुम्सीचौर, बरचौर, शीतल गुफा, नयाँ बस्तीलगायतका करीब एक हजार ५०० घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछ ।
सो आयोजनाको निर्माणका लागि ग्यालेक्सी कन्सट्रक्सन प्रालि चितवनले जिम्मा पाएको छ । दुई वर्षीय योजना रहेकाले विसं २०७९ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजना सम्पन्नपश्चात् त्यस क्षेत्रका बासिन्दाले प्रशस्त मात्रामा पानीको प्रयोग गर्न पाउने गरी आयोजनाको कार्य अघि बढाइएको छ । दुम्सीचौर टोल विकास संस्थाका अध्यक्ष चेतबहादुर दरैले पानीको साह्रै दुःख भोग्नुपरेको गुनासो पोख्नुभयो । आयोजना सम्पन्नपछि पानीको समस्या समाधान हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची

काठमाडौँ । जापानका प्रधानमन्त्री योशिहिडे सुगा बिहीबार चार दिने संयुक्तराज्य अमेरिका भ्रमणका लागि प्रस्थान गर्नु भएको छ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेटवार्ता गर्ने सुगा पहिलो विदेशी सरकार प्रमुख हुनुहुन्छ ।
प्रधानमन्त्री सुगाले ट्रम्प कार्यकालमा धरमराएको परम्परागत अमेरिकी गठबन्धनलाई पुनजीर्वित तुल्याउन तथा चीन मामिलामा साझा धारणा निर्माण गर्न मुख्य रुपमा बाइडेनसँग छलफल गर्नु हुनेछ ।
अमेरिकी वरिष्ट दुई अधिकारीहरुले गत मार्च महिनामा जापानको भ्रमण गरेपछि प्रधानमन्त्री सुगाले अमेरिका भ्रमण गर्न लाग्नु भएको हो । बाइडेनसँग सुगाको भेटवार्ता शुक्रबार हुनेछ ।
दुई देशबीचको कुटनीतिक गतिविधिको मुख्य विषयवस्तु प्रस्ट छः बेइजिङको सैनिक सुदृढीकरण र मानव अधिकारका मामिलामा अमेरिकी गठबन्धन एकताबद्ध रहेको सङ्केत गर्नु ।
जापानी विदेश नीति इन्स्टिच्यूटका अध्यक्ष कुनिहिको मियाकेले प्रधानमन्त्री सुगाको भ्रमणलाई पूर्वी एसिया मामिलामा संयुक्तराज्य अमेरिकाले उच्च प्राथमिकता दिएको छ भन्ने सङ्केतका रुपमा जापानले बुझ्न चाहेको बताउनुभयो ।
चीनले पूर्वी एसियामा सैनिक उपस्थिति सुदृढ गरिरहेको भन्दै जापानले विरोध गरिरहेको छ । बाइडेन र सुगाले जारी गर्ने संयुक्त वक्तव्यमा जापान अधीनस्थ द्वीपहरुलाई सुरक्षित तुल्याउन विगतको जापान–अमेरिका सुरक्षा सन्धिको थप प्रभावकारी कार्यान्वयनमा जोड दिने अपेक्षा गरिएको छ ।