सडक दुर्घटनामा एकको मृत्यु एक घाइते

महोत्तरी, भदौ ८ गते । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने लक्ष्मीनिँया वनक्षेत्रमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सोमबार राति ज४प २७०० नंको मोटरसाइकलमा सर्लाहीतर्फ जाँदै गरेका धनुषा जिल्लाको मिथिला नगरपालिका–३ का ३३ वर्षीय धनपैत महतोको दुर्घटनामा परी मृत्यु भएको हो । महतोकै मोटरसाइकलमा पछाडि बसेका सर्लाहीको हरिओन नगरपालिकाको अत्रौलीका १३ वर्षीय नवीन महतो गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो ।

राति करिब १० बजे महतो चढेको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना३ख ८८०० नंको तेल ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते भएका दुवैलाई तत्काल उद्धार गरी बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पु¥याइएको र अस्पतालमै चिकित्सकले धनपैतको मृत्यु भएको घोषणा गरेका इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । अर्का घाइते नवीनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।

मृतक महतोको शव परीक्षण गर्न आज बिहान प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । तेल ट्यङ्कर, त्यसका चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको जनाएको छ ।

बालिकाको मृत्यु

राजविराज– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङगा नगरपालिकास्थित कदमहामा आज बिहान भएको सावरी दुर्घटनामा परी एक बालिकाको ज्यान गएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६९५६ नंको तेल ट्याङ्कर सुरुङ्गा नगरपालिकास्थित दिलीप एण्ड ब्रदर्श पेट्रोलपम्प नजिक रोकिराखेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको ना८ख ३४२२ नको ट्रकले पछाडिबाट ठक्कर दिँदा ट्रक चालक सुनसरी रामधुनी इकराही नपा–४ बस्ने आशाराम चौधरीका नौ वर्षीय छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनामा ट्रक चालक ४५ वर्षीय आशाराम चौधरी, निजकी ४० वर्षीया श्रीमती चन्द्रकाला थारुनी निजका छोरा आशिष चौधरी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान सिरहा पठाइएको छ भने ट्रक र टयाङ्कर प्रहरीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टयाङ्कर चालक तत्काल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

राजेन्द्र पाण्डे बन्दै बागमति प्रदेशको मुख्यमन्त्री

काठमाडौं । माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा(एकिकृत समाजवादी) पार्टीका नेता राजेन्द्र पाण्डे बाग्मति प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । निर्वतमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले केपी ओली नेतृत्वको एमाले रोज्ने घोषणा गरेपनि पाण्डेको बाटो क्लियर भएको हो ।

अन्यथा केहि दिन अघि मात्रै मुख्यमन्त्री नियुक्त भएकी शाक्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ ।

पार्टी फुटाउन आफु नरहेको बताउँदै आएपनि उनले ओली नेतृत्वको एमाले रोज्ने घोषणा गरेपछि अब माधव नेपाल पक्षका एक जना प्रदेश सांसदले मात्रै मत नदिँदा शाक्यको पद गुम्छ । उनी आफु केपी ओली र माधव नेपाल दुबैको सहयोगले मुख्यमन्त्री बनेकी हुन् ।

सत्ता गठबन्धनमा बागमति र प्रदेश १ को मुख्यमन्त्री माधव नेपालको पार्टीलाई दिने सहमति बनेको छ । शाक्यले माधव नेपालको पार्टी रोज्दा उनी मुख्यमन्त्रीमा कायमै रहन्छिन् । तर उनले ओलीको पार्टी रोज्ने भनेकाले अब उनलाई गठबन्धनले विश्वासको मत नदिएर पदमुक्त गर्ने छ । शाक्य पदमुक्त भएसँगै पाण्डेलाई मुख्य मन्त्री बनाइनेछ ।

प्रदेश १ मा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाइँदैछ भने बागमति धादिङका पाण्डेले मुख्यमन्त्री बन्ने अवसर पाउँदैछन् । अष्टलक्ष्मी कमरेडले ओलीको पार्टी रोजेपछि उहाँलाई विश्वासको मत दिएर जोगाउनुपर्ने कुनै कारण रहन्न, हामी उहाँको विकल्पका लागि तयारी अवस्थामा छौं’, श्रोतले भन्यो ।

बगरफाँटमा खानेपानीको हाहाकार

बेनी नगरपालिका–२ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ ।गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिरोले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको चरम समस्या भएको हो । यस बिचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिएको भए पनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपमा क्षति पु¥याए पछि बगरफाँटका बासिन्दा विगत दुई महिनादेखि खोला र कँुवाको पानी पानी बाध्य छन् ।

गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुँवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी–२ बगरफाँटका गोपाल शर्माले बताउनुभयो । सो स्थानमा दुई सय १४ घरधुरी छ ।

विसं २०६९ मा बेनी–३ भकिम्ली र बेनी–२ ज्यामरुककोटका सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । यसपछि वर्षेनी बर्खाका समयमा बाढी र पहिरोले पाइपलाइनलाई क्षति पु¥याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकोमा यस वर्ष भने पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत गर्न नसकिएको आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार अझै केही दिनसम्म समस्या यथावत रहने र वर्षा रोकिएपछि मर्मत अघि बढाइने छ । गाउँका पुछारमा म्याग्दी नदी र शिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रेझरनालगायतका पानीका आधा दर्जन बढी स्रोत रहेका भए पनि ती पानीका

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा पुनः बढोत्तरी भएको छ । नेपाल आयल निगमले सोमबार रातीबाट लागुहुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।

भारतबाट मूल्य बढेर आएकोले मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ।

यस्तै खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० रुपैयाँ पर्नेछ।

अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १६ ले बढाइएको छ। अब यस्तो इन्धनको मूल्य प्रतिकिलोलिटर ७७० अमेरिकी डलर पर्नेछ।

‘पिलोको खिल’ बन्ने हो कमरेड ?

चमिना भट्टराई

लामो समयको मतभेद र अन्तरसंघर्षपछि २ भदौदेखि नेकपा एमाले विभाजन वैधानिक प्रक्रियामा गएको छ । कमरेड माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको प्रक्रियामा छ । पार्टी विभाजन वैधानिक प्रक्रियामा गइसकेको अवस्थामा पनि एमालेकै एकाथरी नेताहरू अझै पनि एकताको प्रयासमा छन् । यति बेला तेस्रो धार भनेर चिनिएका दोस्रो पुस्ताका केही नेता पार्टी एक बनाउने अभियान भनरे बीच धारमा बसेका छन् । तर, एमालेका अध्यक्ष केपी शर्मा ओली र उनी पक्षीय नेताहरूले भने माधवकुमार नेपालसहित पार्टी एकताको सम्भावना सकिएको बताउँदै आएका छन् । एकाथरी एकता एकता भन्दै हिँडने अर्को थरी एकता सकिएको भन्दा एकता पक्ष भनेर देखिएको नेताहरूको प्रयास के हुन्छ अन्यौलमा छ ।

एकता अभियानमा लागेका नेताहरूले मंगलबारका लागि केपी ओलीलाई पार्टी एकताका लागि भन्दै अन्तिम अल्टिमेटम दिएका छन् । तर, अहिलेसम्म ओली र उनी निकट नेताहरूको अभिव्यक्ति सुन्दा पार्टी एकता हुने लक्षण छैन । एकता भन्दै बीच धारमा बसेका नेताहरू यति बेला आलोचनाका पात्रसमेत बनेका छन् । केही भने अब पार्टीलाई फुटबाट जोगाउन नसकिने भन्दै निरास भएका छन् । लामो समय माधव नेपाललाई साथ दिएका र पार्टी फुटाउन जोडबल गर्ने नेताहरू नै अहिले नै पार्टी विभाजनन गर्न नहुने बताउन थालेका छन् । उनीहरूका उत्तेजित अभिव्यक्ति र सक्रियताले एमाले विभाजनका लागि बल पुगेको थियो । तर, के कारणले अहिले एकताका नाममा आफूले चाहेको विभाजनबाट ती नेताहरू पछि हटे बुभ्mन सकिएको छैन ।

यति बेला धेरैले प्रश्न गर्न थालेका छन्, ‘पहिले नेपाल पक्षमा रहेका तपाईं नौ जना स्थायी समिति सदस्यले किन नेपालको साथ छोडनुभयो ?’ तपाईंका चर्का भाषण किन मलिन बने? के कुरा छन् जसले तपाईंलाई तातेको अवस्थाबाट एकैपटक बरफमा परिणत गर्यो ? यस्ता अनगिन्ति प्रश्न छन् यतिबेला नयाँ पुस्ताका धेरैले हिजोसम्म भरोसा गरेको ती नेताहरूसँग । तपाईंहरूका एकता प्रयासलाई बेवास्ता गर्दै आएका कमरेड केपी ओलीको मन पग्लेला भन्नेमा विश्वास छ? उनी र उनी निकट नेताहरूले पटकपटक एकता सम्भावना छैन भन्दा भन्दै किन बालुवा पेलेर तेल निकाल्ने प्रयास गर्दै हुनुहुन्छ ? यसरी अहिले तपाईंहरू समय मात्रै होइन आफ्ना स्वर्णिम सयमलाई समेत बर्बाद गर्दै हुनुहुन्छ त्यसमा हेक्का राख्नुस् ।

केही दिनअघि एमाले सचिव प्रदीप ज्ञवालीले ‘माधव नेपालसहितको एकताको च्याप्टर क्लोज भयो,’ भनेका छन् । यसले एमालेका अध्यक्षदेखि कुनै पनि नेता एमाले एकता होस् भन्ने चाहँदैनन भन्ने प्रष्ट देखिन्छ । फेरी पनि तपाईंहरू किन के का लागि लत्रँदै हुनुहुन्छ कमरेड? कहिलेकाहीँ तपाईंहरू आफैँले भन्ने गर्नुभएको छ, ‘ओलीले नै पार्टी टुक्राउन चाहेकाले आफूहरूको प्रयास खेर गयो ।’ यही निष्कर्ष तपाईंहरूको हो भने किन लाग्नु हुन्न माधव नेपालको साथमा ? हिजो जसरी पार्टी विभाजनको विकल्प छैन भनेर लाखौँ नेता कार्यकर्ताका बीचमा जानु भयो त्यसै गरी अब नयाँ बन्दै गरेको पार्टी निर्माणमा लाग्नुस् । होइन भने तपाईंका हिजोका अभिव्यक्ति र पार्टी फुटाउन गर्नुभएको जोडबल कहाँनिर गएर चुक्यो ? के कारण हुन् आज तपाईंका कारण यहाँसम्म पुगेका कमरेड माधवलाई साथ दिन नसक्नु ?

‘माधव नेपालसहित १४ नेतामाथिको कारबाही र एकतासँगै हुँदैन । ओलीजीले माधव नेपालबाहेकको एकता चाहेको बुझियो । त्यो भनेको पार्टी टुक्रियोस् भन्ने हो, १४ नेताको कारबाही फिर्ता नभए एमाले एक रहँदैन । एकता भड्कदै छ ।’ यस्तै यस्तै भन्दै हिँडने अनि फेरी कमरेड ओलीले नचाहेको एकताको पछि लत्रने कुन सिद्धान्त हो तपाईंहरूको? यस्ता धेरै कुरा छन् जहाँ एमालेले नचाहेको एकताका पछि तपाईंहरू आँखामा पट्टी बाँधेर लाग्नुभएको छ । माओवादीसँग एकता भएर नेकपा बनेदेखि कहिले कसलाई काखी च्याप्ने कहिले कसलाई हुत्याउने काम लामै चल्यो ।

अहिलेसम्मको अवस्था हेर्दा कमरेड ओली हरेक कुरामा प्रतिशोधपूर्ण रूपमा लागेको देखिन्छ । आफ्नो स्वार्थ पूरा गर्न जे सुकै गर्ने, अरूलाई मानमर्दन गर्ने र कसैको अस्तित्व स्वीकार न गर्ने सोचले आज ठूलो सम्भावना रहेको नेकपा एमाले तीन वटा टुक्रा बन्ने अवस्थामा पुग्दा पनि उल्टै एकता भन्दै आफ्नै दैलोमा पुगेकालाई दुर्कारेर पठाउनुभयो । एकताका नाममा रमिता गरेको आरोप लाग्यो ती नेतालाई तैपनि तपाईंहरू लत्रि रहनुभयो । सोमबार दिउँसोको मात्रै कुरा गर्ने हो भने पनि कमरेड ओली १० बुँदेमा फर्कन तयार भएको सन्देश आयो । आफैैले काम छैन भनेको १० बुँदेमा किन फर्कन लाग्नुभयो? अनि ०७५ जेठ ३ देखि आजसम्म तपाईंले बोलेको र कबुल गरेका के के कुरा पूरा भए ? आफू तल पर्ने अवस्थामा जे पनि मान्छु भन्ने माथि परेपछि सबै कुरा हावामा उडाउने तपाईंको रणनीति अब पनि कसैले बुझ्न बाँकी होला र ? अहिलेसम्म सहमति गरियो कति पूरा भए रु अर्कोतर्फ माधव नेपालको सहमतिविना गरिएको १० बुँदे कसका लागि कार्यान्वयन गर्ने सहमति गरिँदै छ ?

एमाले माओवादी बीचको एकतादेखि आजसम्मको अवस्था हेर्दा तपाईंले कोकोलाई पार्टी र सरकारको नेतृत्व सुम्पने वचन दिनुभयो र केके वचन पूरा भए रु ‘फुटाउ र राज गर’ को सिद्धान्त बोकेका तपाईंले आफूलाई शक्तिमा टिकाइराख्न दिएका आश्वासनको फेरिस्त निकाल्ने हो भने लामै हुन्छ । एकैदिन एकै पद कति जनालाई बाँड्नुभयो? राजनीति त्यसमा पनि पार्टी चलाउन गरिने यस्ता चालबाजीले अरूलाई होइन, आफैंलाई सिध्याउँछ भन्ने कुराको तपाईं र तपाईंलाई घेराबन्दीमा राख्नेले नबुझेको कि अरूलाई बेबकुफ बनाउने प्रयासलाई निरन्तरता दिएको ?

हुँदा खाँदाको सक्लो पार्टी फेरी एक बनाएर लैजाने भनेर हिँडेका नेतालाई ‘पिलोको खिल’ भनेर अपमान गर्दा पनि खिल बन्न तयार हुनेको किन मान मर्दन गरियो ?‘केपी कमरेड माधव नेपालबाट हामीलाई फुटाउने योजनामै हुनुहुन्छ,’ तेस्रो धराका नेताले भन्ने गरेका छन् । यदि यो कुरा तपाईंहरूलाई थाहा छ र उहाँ कुनै पनि हालतमा एकता चाहनु हुन्न भने किन हात जोडेर लालसलाम भन्नुहुन्छ? मुठी उठाएर लालसलाम भन्नुस् र लागौँ कमरेड माधवले दर्ता गराउनुभएको पार्टी बनाउने अभियानमा । समय र अवसरलाई सही रूपमा लागू गरौँ । हामीलाई तपाईंहरूका शब्दशब्द याद छ । ‘ओली कहिल्यै सुध्रन सक्दैनन्’ नैतिकता र ओली एकैठाउँ हुनै सक्दैन ।’ हामीले भन्दा कमरेड ओलीलाई तपाईंहरूले बढी चिन्नुभएको थियो र त्यसै अनुसार प्रतिगमनका विरुद्ध लाग्न उत्प्रेरित गर्नुभयो । माधव नेपालसहित ठूलो समूहलाई छोड्दै हिजोका सबै कुरा भुलेझैँ गरेर बुहारी झारजस्तो बन्ने प्रयास नगर्नुस् । के तपाईंहरू पिलोको खिल बन्न तयार हो त कमरेड ।

कमरेड ओलीले दुई वटा प्रदेश सरकार गुमाउँदा र आफैं सत्ताबाट बाहिरिँदासम्म गर्न नचाहेको १० बुँदे एकाएक सोमबार कसरी कार्यन्वयन गर्छु भन्नुभयो? कतै संसद् विगठन सम्बन्धमा असार २८ गते अदालतबाट हुन लागेको फैसला प्रभाव पार्न २७ गतेको गरिएको नाटकजस्तै निर्वाचन आयोगमा बुधबार हुने पार्टी दर्ता सनाखत प्रभाव पार्ने अर्को चाल त होइन यो ? यस्ता चालबाजीमा कमरेड ओली र उनका आसेपासे निकै चतुर छन् । यस्ता हर्कत पहिला पनि भए र फेरी पनि नहोला भन्न सकिन्न । यदि त्यस्तो भयो भने कमरेड ओलीसँगै तपाईंहरूले गर्नुभएको प्रयास र भूमिकामा कति प्रश्न उठ्ला? माधवलाई पार्टी फुटाउन ढिला भयो, तलका कार्यकर्ता छट्पटाए, आजै फुटाउँ भोलि फुटाउ भनेर यहाँसम्म पुर्याउन तपाईंहरू कहाँबाट चल्नुभएको थियो ? होइन भने आज एकाएक तपाईंका पाइला किन रोकिए ? नेकपा एमालेमा ०७५ जेठ २ अघिकै अवस्थामा तपाईंहरूको भूमिका र सक्रियता हुन्छ होला भन्नेमा विश्वास कहाँबाट पलायो? तपाईंहरूकै भाषामा दुईपटक संसद् विगठन गर्ने प्रतिगामी, नेपालबाट कम्युनिस्ट आन्दोलन समाप्त पार्न कम्मर कसेर लाग्नुभएको जस्ता अनगिन्ती आरोप लागेको कमरेड ओलीलाई आज केका आधारमा, कुन मुद्दामा, कसरी स्वीकार गर्न तयार हुनुभयो ? हाम्रा यस्तै हजारौँ प्रश्नका जवाफ दिनुपर्छ र यो बीचमा पार्टी

ध्यान के हो? किन गर्ने ?

रिता न्यौपाने

प्रत्येक व्यक्ति आफ्नो जीवनमा सफल, शान्त, आनन्दित, खुशी बन्न चाहन्छ । उ सबैले आफुलाई चिनून्, आफ्नो किर्ति फैलियोस् भन्ने अपेक्षा गर्दछ । खुशी हुनु मानिसको नैसर्गिक अधिकार पनि हो । यस धर्तीका सम्पूर्ण कीटपतंग, पशुपन्छी वनस्पति आदि सबै खुशी छन्, प्रवाहमा छन् । तर मानव मात्र यस्तो प्राणी हो जो इश्वरको सृष्टिमा दुः खी, पीडित, चिन्ता र तनावले भरिएको छ । यस सृष्टिप्रति गुनासो गर्छ किनकि उसँग मन छ । त्यहि मनको कारण सुख,दुःख, शान्ति,अशान्ति, पीडा–तनाव आदिको महसुस गर्छ । के भएमा मानिस सबैप्रति अनुग्रह वा धन्यवाद भावले भरिन सक्छ र परमात्माको सृष्टिप्रति समभावले भरिँदै सुख, शान्ति, आनन्द प्राप्त गर्न सक्छ त्यसकै खोजि ध्यान हो ।

कुनैपनि क्रिया गर्दा शरीरको साथमा यदि सजगता वा होशलाई जोडिन्छ भने त्यो कार्य उत्कृष्ट बन्न जान्छ । सजगता, होश वा बोध नै ध्यानका नामहरु हुन् । हाम्रो सजगता मनमा चल्ने अनेकौ विचारहरुको जन्जालमा फसेको छ । मन इन्द्रियहरुले बाहिरबाट पठाएका सूचनाहरुको आधारमा कार्य गर्दछ । बाहिरका घटनाहरुप्रति हाम्रो मनमा जस्तो धारणाहरु हामीले बनाएका छौँ त्यहि अनुरुप हामी सुख,दुःख, पीडा–तनाव आदिको अनुभव गर्दछौँ ।

वास्तवमा भन्नुपर्दा यो संसारमा कुनैपनि वस्तु राम्रो या नराम्रो हुँदैन त्यो वस्तुप्रति हामीले बनाएका धारणाहरुले त्यसलाई आकार दिन्छन्, त्यहि अनुरुप वस्तुहरु बन्छन् यो संसार हाम्रो विचारहरुको महाशक्तिको आधारमा चल्छ

त्यहि मनमा चल्ने विचारहरुको उहापोहमा जव हामी क्रिया गर्दछौँ तव हामी भित्र बेहोसीको अवस्था रहन्छ । कार्यहरु सहि रुपमा सम्पादन गर्न सक्दैनन् । हामी असफल बन्छौं ।

आँखाले देख्ने दृष्य, कानले सुन्ने शब्द, जिब्रोले लिने रस, त्वचाले लिने स्पर्श र नाकले सुग्ने गन्धमा यदि हामी कुनै किसिमको धारणा नबनाई जस्ताको तस्तै अनुभव गर्ने कोशिस गर्दछौं भने हाम्रो मनमा चल्ने विचारहरु कम हुन थाल्छ । त्यसैगरि आफ्नो स्वास प्रति सजग भएर लामो र गहिरो स्वास निरन्तर लिंदा पनि हाम्रो मनमा चल्ने विचारहरु कम हुन जान्छन् । जति मनमा विचारहरु कम हुँदै जान्छन् त्यतिनै हामीमा सजगता अथवा होश बढ्दै जान्छ ।

जति शान्त मन हुन्छ त्यतिनै हाम्रो क्षमता वृद्धि हुन्छ किनकि मनमा कुरा चल्दा पनि हामी भित्रको उर्जा खपत हुन्छ । सजगता वा ध्यानको वृद्धिले हामीमा चिन्तन, मनन, निधिध्यासनलाई जन्म दिन्छ । फलस्वरूप हामी भित्र अनेकौ प्रश्न जन्मिन थाल्छन् । स्वास कसरी चल्छ ? नशनाडीमा रगत र उर्जाको प्रवाह कसरी हुन्छ ? यी ५ ज्ञानेन्द्रियहरुलाई कार्य गर्न क्षमता कसले दिन्छ ? शिरमा जति थाहा पाउने क्षमता छ खुट्टामा पनि त्यति नै छ त्यो कसले भर्छ ? नङ र कपाल काट्दा किन दुख्दैन हाम्रो शरीरले कसरी कार्य सुचारु राख्छ ? जतिखेर शरीरको जुन अंगमा उर्जा पुर्याउनु पर्ने हो त्यहाँ पुगेको हुन्छ यो कसरी ? आदि इत्यादी । निरन्तर होशले भरिँदै जाँदा यस सृष्टी प्रति धन्यवाद भावले भरिन थालिन्छ, आफ्नो शरीर हुँदै यो पुरा अस्तित्व प्रति प्रेम जन्मिन्छ । यस ब्रह्माण्डमा इश्वरको रचना एकएक वस्तु अद्वितीय छ त्यसप्रति स्विकार जन्मिन्छ । श्रद्धा पलाउँछ जीवनमा । जति बराबर श्रद्धा, प्रेम, अनुग्रह त्यति बराबर हामी शान्त, आनन्द, खुशी बन्दै जान्छौं ।

जीवन विज्ञान प्रवेश संगै पहिलो ज्ञान सदगुरुदेवद्वयबाट आउने अनुग्रह भाव सजगता हो

नैपनि ध्यानयोग प्रयोगशालामा नगई सिधै जीवन विज्ञानमा प्रवेश गरेको थिए म । सुरुमा त बुझेकै थिएन । तर पछि बुझ्दै जाँदा जीवनको परम सुख, आनन्द, शान्ति त यहि अनुग्रह भाव र सजगतामा रहेछ । ती जीवन्त अमृतरुपी ब्रह्मवाक्यहरुको निरन्तर श्रावण मनन पश्चात जीवन सहज रुपमा रुपान्तरण हुन्छ । करुणाले भरिएका आँखा, परम होशबाट आएका ति मधुर अमृतरुपी प्रेम रसका ति भावहरुको सत्सङ्गले जीवनमा जीवन्तता आउन थाल्छ । सद्गुरुदेवका प्रत्येक क्रिया हिँडाई, बोलाई, हेराई यहाँ सम्म कि उहाँहरुले प्रयोग गर्ने कपडाहरुमा पनि रहस्य हुन्छ भन्ने कुराको बोध सत्सङ्ग पश्चात आफ्नो जीवनमा निरन्तर हुन्छ ।

त्यसैले जीवनलाई उन्नत र परिस्कृत बनाउन निरन्तर होशले भरिनु आवश्यक छ । प्रत्येक दिनको खुशी निरन्तर बढ्दै जानुपर्दछ जुन ध्यानले मात्र दिन सक्तछ । सबैको जीवनमा सदगुरुदेवको पदार्पण होस् । ध्यान गर्ने सुअवसर सबैले प्राप्त गरुन् ।

एमाले भित्र ठूलो विद्रोह हुँदैछ, ओली एक्लै हुन्छन्ः घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव समेत रहेका घनश्याम भुसालले एमाले पार्टीले अब नयाँ मोड लिने बताएका छन् । उनले एमालेमा ठुलो विद्रोहको संकेत देखाँउँदै अध्यक्ष केपी शर्मा ओली एक्लिने बताएका हुन् ।

भूसालले आफूहरुले भनेको नमानेर ओली अझै पनि नसुध्रिए एमालेमा ठुलो विद्रोह हुने बताएका हुन् । उनले भने ‘ओली समुहमा अहिलेसम्मकै ठुलो विद्रोह हुनेछ’

वरिष्ठ नेता माधव नेपालले एमाले विभाजन गरेर नया दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिँदा नेपालको साथ छाडेर मध्यमार्गी लाइनमा बसेका भुसालले कुनैपनि हालतमा ओली सहमतिमा आउनुपर्ने बताएका हुन् ।

नेता भुसालले १४ जना सांसदहरूलाई गरिएको कारबाही फिर्ता र १० बुँदे सहमति कार्यान्वयन नगरे ओलीसँग कोही पनि नेता नरहने चेतावनी समेत दिए । उनले भनेका छन् , ‘ओलीले १० बुँदे सहमति कार्यन्वयन गर्न मानेनन् भने झन् ठुलो विद्रोह हुन्छ, यो लागू नगरे ओलीसँग को मान्छे रहन्छ रु’

पार्टी विभाजन भैसक्दा पनि एकता जोगाउने भन्दै दुबैतर्फ मिलाउने प्रक्रियामा लागेका ५७ नेताहरूले दश बुँदे सहमति कार्यान्वयन र कारबाही फिर्ता गर्न दिएको अल्टिमेटमलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरिदकेका छन् । उनीहरूले दिएको अल्टिमेटमलाई ओली समूहले बार्गेनिङको संज्ञा दिएको छ।

एमाले नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्यलगायत ५७ जना केन्द्रीय कमिटी सदस्यले आसार २७ गते गरिएको दश बुँदे सहमति कार्यान्वयन र कारबाही फिर्ता गर्न अध्यक्ष ओलीलाई ४ दिनको अल्टिमेटम दिएका थिए ।

आउँदो बुधवारसम्म ओलीले दश बुँदे सहमति कार्यान्वयन नगरे उनीहरू आफ्नो दल रोज्न स्वतन्त्र हुनेछन् । यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दल दर्ता गर्न निवेदन दिइसकेका छन् । निवेदनमा साविक एमालेका तर्फबाट ५८ केन्द्रीय सदस्य छन् ।

अध्यक्ष माधव नेपाल सहित एकीकृत समाजवादी पक्षका ३२ सांसद र ६० केन्द्रिय सदस्य चन्द्रागिरीमा

काठमाडौँ । प्रतावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा वरिष्ठ नेता माधव नेपाल सहित ३२ सांसद र ६० केन्द्रिय सदस्यको जमात चन्द्रागिरी हिल्स रिसोर्ट पुगेका छन् । सनाखतका लागि निर्वाचन आयोगले बोलाएको अघिल्लो दिन नयाँ दल दर्ताका लागि माधव नेपाल समुहका सोही नेताहरु चन्द्रागिरी हिल्स रिसोर्ट पुगेका हुन्।
निर्वाचन आयोगले बुधबार नेपाल पक्षलाई सनाखतका लागि बोलाएको छ ।

राष्ट्रिय सभा प्रतिनिधी सभाका ३२ सांसद चन्द्रागिरी हिल्स रिसोर्टमा बास बस्न पुगेका छन् त्यस्तै, साविक एमालेको २०३ केन्द्रिय सदस्यमध्ये ६० जना सदस्य चन्द्रागिरी हिल्स गएका हुन्

नयाँ दल दर्ताको तयारी भइरहेका बेला आफू पक्षका नेताहरूको आगामी कार्यभार र मार्गको बारेमा छलफल गर्ने उद्देश्यले उनीहरूलाई एकान्तवासमा लगिएको हो ।

मंगलबार थप एक दर्जन जति केन्द्रिय सदस्य र आधा दर्जन सांसद थपिने पनि नेपाल निकट नेताहरुले बताएका छन् । एमाले विभाजन गरि नेकपा(एकिकृत समाजवादी) पार्टी गठनका लागि ३१ जना सांसद वा ४१ जना केन्द्रिय सदस्य आवश्यक पर्छ ।

बगरफाँटमा खानेपानीको हाहाकार

बेनी नगरपालिका–२ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ ।गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिरोले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको चरम समस्या भएको हो । यस बिचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिएको भए पनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपमा क्षति पु¥याए पछि बगरफाँटका बासिन्दा विगत दुई महिनादेखि खोला र कँुवाको पानी पानी बाध्य छन् ।

गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुँवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी–२ बगरफाँटका गोपाल शर्माले बताउनुभयो । सो स्थानमा दुई सय १४ घरधुरी छ ।

विसं २०६९ मा बेनी–३ भकिम्ली र बेनी–२ ज्यामरुककोटका सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । यसपछि वर्षेनी बर्खाका समयमा बाढी र पहिरोले पाइपलाइनलाई क्षति पु¥याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकोमा यस वर्ष भने पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत गर्न नसकिएको आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार अझै केही दिनसम्म समस्या यथावत रहने र वर्षा रोकिएपछि मर्मत अघि बढाइने छ । गाउँका पुछारमा म्याग्दी नदी र शिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रेझरनालगायतका पानीका आधा दर्जन बढी स्रोत रहेका भए पनि ती पानीका

एमाले भित्र ठूलो विद्रोह हुँदैछ, ओली एक्लै हुन्छन्ः घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव समेत रहेका घनश्याम भुसालले एमाले पार्टीले अब नयाँ मोड लिने बताएका छन् । उनले एमालेमा ठुलो विद्रोहको संकेत देखाँउँदै अध्यक्ष केपी शर्मा ओली एक्लिने बताएका हुन् ।

भूसालले आफूहरुले भनेको नमानेर ओली अझै पनि नसुध्रिए एमालेमा ठुलो विद्रोह हुने बताएका हुन् । उनले भने ‘ओली समुहमा अहिलेसम्मकै ठुलो विद्रोह हुनेछ’

वरिष्ठ नेता माधव नेपालले एमाले विभाजन गरेर नया दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिँदा नेपालको साथ छाडेर मध्यमार्गी लाइनमा बसेका भुसालले कुनैपनि हालतमा ओली सहमतिमा आउनुपर्ने बताएका हुन् ।

नेता भुसालले १४ जना सांसदहरूलाई गरिएको कारबाही फिर्ता र १० बुँदे सहमति कार्यान्वयन नगरे ओलीसँग कोही पनि नेता नरहने चेतावनी समेत दिए । उनले भनेका छन् , ‘ओलीले १० बुँदे सहमति कार्यन्वयन गर्न मानेनन् भने झन् ठुलो विद्रोह हुन्छ, यो लागू नगरे ओलीसँग को मान्छे रहन्छ रु’

पार्टी विभाजन भैसक्दा पनि एकता जोगाउने भन्दै दुबैतर्फ मिलाउने प्रक्रियामा लागेका ५७ नेताहरूले दश बुँदे सहमति कार्यान्वयन र कारबाही फिर्ता गर्न दिएको अल्टिमेटमलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरिदकेका छन् । उनीहरूले दिएको अल्टिमेटमलाई ओली समूहले बार्गेनिङको संज्ञा दिएको छ।

एमाले नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्यलगायत ५७ जना केन्द्रीय कमिटी सदस्यले आसार २७ गते गरिएको दश बुँदे सहमति कार्यान्वयन र कारबाही फिर्ता गर्न अध्यक्ष ओलीलाई ४ दिनको अल्टिमेटम दिएका थिए ।

आउँदो बुधवारसम्म ओलीले दश बुँदे सहमति कार्यान्वयन नगरे उनीहरू आफ्नो दल रोज्न स्वतन्त्र हुनेछन् । यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दल दर्ता गर्न निवेदन दिइसकेका छन् । निवेदनमा साविक एमालेका तर्फबाट ५८ केन्द्रीय सदस्य छन् ।

ध्यान के हो? किन गर्ने ?

रिता न्यौपाने

प्रत्येक व्यक्ति आफ्नो जीवनमा सफल, शान्त, आनन्दित, खुशी बन्न चाहन्छ । उ सबैले आफुलाई चिनून्, आफ्नो किर्ति फैलियोस् भन्ने अपेक्षा गर्दछ । खुशी हुनु मानिसको नैसर्गिक अधिकार पनि हो । यस धर्तीका सम्पूर्ण कीटपतंग, पशुपन्छी वनस्पति आदि सबै खुशी छन्, प्रवाहमा छन् । तर मानव मात्र यस्तो प्राणी हो जो इश्वरको सृष्टिमा दुः खी, पीडित, चिन्ता र तनावले भरिएको छ । यस सृष्टिप्रति गुनासो गर्छ किनकि उसँग मन छ । त्यहि मनको कारण सुख,दुःख, शान्ति,अशान्ति, पीडा–तनाव आदिको महसुस गर्छ । के भएमा मानिस सबैप्रति अनुग्रह वा धन्यवाद भावले भरिन सक्छ र परमात्माको सृष्टिप्रति समभावले भरिँदै सुख, शान्ति, आनन्द प्राप्त गर्न सक्छ त्यसकै खोजि ध्यान हो ।

कुनैपनि क्रिया गर्दा शरीरको साथमा यदि सजगता वा होशलाई जोडिन्छ भने त्यो कार्य उत्कृष्ट बन्न जान्छ । सजगता, होश वा बोध नै ध्यानका नामहरु हुन् । हाम्रो सजगता मनमा चल्ने अनेकौ विचारहरुको जन्जालमा फसेको छ । मन इन्द्रियहरुले बाहिरबाट पठाएका सूचनाहरुको आधारमा कार्य गर्दछ । बाहिरका घटनाहरुप्रति हाम्रो मनमा जस्तो धारणाहरु हामीले बनाएका छौँ त्यहि अनुरुप हामी सुख,दुःख, पीडा–तनाव आदिको अनुभव गर्दछौँ ।

वास्तवमा भन्नुपर्दा यो संसारमा कुनैपनि वस्तु राम्रो या नराम्रो हुँदैन । त्यो वस्तुप्रति हामीले बनाएका धारणाहरुले त्यसलाई आकार दिन्छन्, त्यहि अनुरुप वस्तुहरु बन्छन् । यो संसार हाम्रो विचारहरुको महाशक्तिको आधारमा चल्छ ।

त्यहि मनमा चल्ने विचारहरुको उहापोहमा जव हामी क्रिया गर्दछौँ तव हामी भित्र बेहोसीको अवस्था रहन्छ । कार्यहरु सहि रुपमा सम्पादन गर्न सक्दैनन् । हामी असफल बन्छौं ।

आँखाले देख्ने दृष्य, कानले सुन्ने शब्द, जिब्रोले लिने रस, त्वचाले लिने स्पर्श र नाकले सुग्ने गन्धमा यदि हामी कुनै किसिमको धारणा नबनाई जस्ताको तस्तै अनुभव गर्ने कोशिस गर्दछौं भने हाम्रो मनमा चल्ने विचारहरु कम हुन थाल्छ । त्यसैगरि आफ्नो स्वास प्रति सजग भएर लामो र गहिरो स्वास निरन्तर लिंदा पनि हाम्रो मनमा चल्ने विचारहरु कम हुन जान्छन् । जति मनमा विचारहरु कम हुँदै जान्छन् त्यतिनै हामीमा सजगता अथवा होश बढ्दै जान्छ ।

जति शान्त मन हुन्छ त्यतिनै हाम्रो क्षमता वृद्धि हुन्छ किनकि मनमा कुरा चल्दा पनि हामी भित्रको उर्जा खपत हुन्छ । सजगता वा ध्यानको वृद्धिले हामीमा चिन्तन, मनन, निधिध्यासनलाई जन्म दिन्छ । फलस्वरूप हामी भित्र अनेकौ प्रश्न जन्मिन थाल्छन् । स्वास कसरी चल्छ ? नशनाडीमा रगत र उर्जाको प्रवाह कसरी हुन्छ ? यी ५ ज्ञानेन्द्रियहरुलाई कार्य गर्न क्षमता कसले दिन्छ ? शिरमा जति थाहा पाउने क्षमता छ खुट्टामा पनि त्यति नै छ त्यो कसले भर्छ ? नङ र कपाल काट्दा किन दुख्दैन हाम्रो शरीरले कसरी कार्य सुचारु राख्छ ? जतिखेर शरीरको जुन अंगमा उर्जा पुर्याउनु पर्ने हो त्यहाँ पुगेको हुन्छ यो कसरी ? आदि इत्यादी । निरन्तर होशले भरिँदै जाँदा यस सृष्टी प्रति धन्यवाद भावले भरिन थालिन्छ, आफ्नो शरीर हुँदै यो पुरा अस्तित्व प्रति प्रेम जन्मिन्छ । यस ब्रह्माण्डमा इश्वरको रचना एकएक वस्तु अद्वितीय छ त्यसप्रति स्विकार जन्मिन्छ । श्रद्धा पलाउँछ जीवनमा । जति बराबर श्रद्धा, प्रेम, अनुग्रह त्यति बराबर हामी शान्त, आनन्द, खुशी बन्दै जान्छौं ।

जीवन विज्ञान प्रवेश संगै पहिलो ज्ञान सदगुरुदेवद्वयबाट आउने अनुग्रह भाव र सजगता हो ।

नैपनि ध्यानयोग प्रयोगशालामा नगई सिधै जीवन विज्ञानमा प्रवेश गरेको थिए म । सुरुमा त बुझेकै थिएन । तर पछि बुझ्दै जाँदा जीवनको परम सुख, आनन्द, शान्ति त यहि अनुग्रह भाव र सजगतामा रहेछ । ती जीवन्त अमृतरुपी ब्रह्मवाक्यहरुको निरन्तर श्रावण मनन पश्चात जीवन सहज रुपमा रुपान्तरण हुन्छ । करुणाले भरिएका आँखा, परम होशबाट आएका ति मधुर अमृतरुपी प्रेम रसका ति भावहरुको सत्सङ्गले जीवनमा जीवन्तता आउन थाल्छ । सद्गुरुदेवका प्रत्येक क्रिया हिँडाई, बोलाई, हेराई यहाँ सम्म कि उहाँहरुले प्रयोग गर्ने कपडाहरुमा पनि रहस्य हुन्छ भन्ने कुराको बोध सत्सङ्ग पश्चात आफ्नो जीवनमा निरन्तर हुन्छ ।

त्यसैले जीवनलाई उन्नत र परिस्कृत बनाउन निरन्तर होशले भरिनु आवश्यक छ । प्रत्येक दिनको खुशी निरन्तर बढ्दै जानुपर्दछ जुन ध्यानले मात्र दिन सक्तछ । सबैको जीवनमा सदगुरुदेवको पदार्पण होस् । ध्यान गर्ने सुअवसर सबैले प्राप्त गरुन् ।

२ हजार बढी नेता कार्यकर्ता लिएर नेपालको पार्टीमा जान्छुः बामदेव गौतम

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतमले आफु ओलीसँग सहकार्य गरेर अगाडी बढ्न नसकिने बताएका छन् । पत्रकार ऋषी धमलाको जनता जान्न चाहान्छन् कार्यक्रममा अन्तरवर्ता दिँदै गौतमले ओलीका कारण नेपालको कम्युनिष्ट आन्दोलन नै धारासायी भएकाले आफु ओलीसँग रहन नसक्ने स्पष्टिकरण दिएका हुन् ।

उनले आफु माधव नेपालले नेतृत्व गरेको नेकपा (एकिकृत समाजवादी) पार्टीमै जाने स्पष्ट पारेका छन् । उनले भनेका छन्,–माधवजीको पार्टीलाई निर्वाचन आयोगले सनाखत गरेर नयाँ दलको मान्यता दिएपछि एमाले छोडेर माधव नेपालको पार्टीमा जान्छु, म मात्रै होईन एमाले एकता अभियानमा रहेका २ हजार नेता तथा कार्यकर्ताहरु माधव नेपालको पार्टीमा प्रवेश गराउँछु । हामी सबै प्रवेश गर्छौं ।’

उनले समाजवादी पार्टीमा रहेर आफुले पार्टी एकताका लागि पहल गर्ने पनि बताए । देउवा सरकारमा आफु मन्त्री नहुने पनि गौतमले स्पष्ट पारेका छन् ।

२०७८ भदौँ ६ गते प्रकाशित

बागमती प्रदेश प्रमुखमा शर्मा नियुक्त

बागमती । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तका अनुसार बिहीबारको मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरी शर्मालाई नियुक्त गरिएको हो।

युवा नेता राजेन्द्र राई बन्दै प्रदेश १ को मुख्यमन्त्री

काठमाडौं । एमाले विभाजनको नयाँ सरकार गठनसँगै प्रदेश १ को प्रदेश प्रमुख राजेन्द्र राई बन्ने भएका छन् । माधव कुमार नेपाल नेतृत्वमा नेकपा(एकिकृत समाजवादी) पार्टी गठनको प्रक्रिया आरम्भ भएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अल्पमतमा परिसकेका छन् । भोजपुरका राईलाई विस्थापित गरेर भोजपुरकै अर्का राई मुख्ममन्त्री बन्ने निश्चित भएको हो ।

राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपालले काँग्रेस र माओवादीलाई सहमत गराईसकेका छन् । केहि दिनभित्रै राईका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर राजेन्द्रलाई मुख्यमन्त्री बनाउन लागिएको हो ।
यसअघि नेपाल समुहबाट मुख्यमन्त्रीका लागि संसदीय दलको चुनाव समेत लडेका भिम आचार्यले नेपालको साथ छाडेपछि युवा नेता राईका लागि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
जस्तो सुकै कठिन समयमा पनि अध्यक्ष नेपाललाई साथ दिएक राईलाई युवा पुस्ताको सम्भावना बोकेको नेता मानिन्छ ।

निष्ठाका सारथि माधवकुमार नेपाल

गोबिन्दप्रसाद चौलागाईं
सङ्घर्ष ,त्याग ,तपस्या र वलिदानको जगमा खडा भएको नेकपा एमालेको जग एकाएक डगमगाउन थालेको छ ।कम्युनिस्ट आन्दोलनका नायक माधवकुमार नेपालले अहोरात्र खटेर जनतामाझ एमालेलाई लोकप्रिय तुल्याउनु भएको हो ।।उहाँको रगत र पसिनाले उभिएको एमाले केपी अोलीको एकाधिकारका कारण तिलमिलाउन पुगेको छ । जनअधिकारको उपेक्षा र संविधान विरोधी अोली हर्कतले एमाले र कम्युनिस्ट आन्दोलन नै बदनाम हुन थालेको छ ।अोलीका हरेक कृयाकलाप प्रतिगमनतर्फ केन्द्रित हुन थाले।झन्डै दुई तिहाइको सरकारलाई ध्वंस बनाएका ओलीको अहङ्कार राष्ट्रकै लागि भययुक्त रह्यो ।त्यसलाई चिर्दै माधव नेपालले जनता र कार्यकर्ताको भावनाको प्रतिनिधित्व गर्दै नेकपा (एकीकृत समाजवादी ) को गठन गर्नुभएको हो ।उहाँ तेस्रो पुस्ताको साथ,समर्थन र वैचारिक प्रतिबद्दता सहित फरक कित्तामा उभिनुभएको छ । अोली नेतृत्वमा रहेको एमाले विचार शून्य र काण्डै काण्डैले लत्पतिएको अवस्थामा आइपुगेको छ ।तिनको अनुहारलाई साबुन पानीले जतिसुकै धोएपनि सफा र सुग्घर बनाउन सक्ने अवस्था नै रहेन । बरु कुरुप ,गतिहीन र अधोगतिमा ओली रूपान्तरित हुन पुगेको देखिन्छ । त्यस्तो बिडम्बनाबाट जोगाइ पुष्पलाल ,जननेता मदन भण्डारी र मनमोहन अधिकारीले देखेका सपनाहरूलाई साकार बनाउन र आचरणयुक्त कम्युनिस्ट विचारलाई दिगोरूपमा स्थापित गर्नुपर्ने कार्यभार माधव नेपालको काँधमा फेरि आएको हो । सङ्गठन ,विचार र कुटनीतिका क्षेत्रमा चटानी अडान भएका नेता नेपालले एमालेको चुरो बचाउन पनि नेकपा( एकीकृत समाजवादी)पार्टीको गठन गर्नु भएको हो ।जेष्ठ उमेरमा पनि युवा जोश र जाँगरसहित भावी पुस्ताको लागि मुख्य मार्ग निर्माण गर्दै लाल झन्डा उठाउने हिम्मत गर्नुभयो ।यसले हामी सबैलाई ऊर्जाशील हुन उत्प्रेरित गरेको छ । एमालेभित्रको हुँर्कदो तानाशाही प्रवृत्ति,,सिद्धान्तविहीनता ,स्वेच्छाचारिता र कुकर्मको ढलबाट जबजलाई जोगाउन र ओली प्रवृत्तिलाई परास्त नव गठित पार्टीले गर्नेछ। त्यतिबेला मात्रै बृहत् कम्युनिस्टहरूको फेरि एकता गरी निष्ठा ,विधि र पद्धतिलाई लयमा हिँडाएर मात्रै कुशलतापूर्क आफ्नो राजनीतिक नेतृत्व युवामा हस्तान्तरण पश्चात् मात्रै विश्राम लिनुपर्ने छ । नेता नेपालले थालेका यो अभियानमा “आउँ सबैले मिलाउँ मन अनि हातहरू“ ।
राष्ट्र र जनहितका लागि एक साधारण भन्दा साधारण नागरिक हुन तयार भएको जीवनशैलीले बताइरहेकै छ यसमा धेरै भन्नु पर्दैन । झन्डै पाँच दशक देश र जनताकै निम्ति आफ्नो जीवन समर्पित गर्नुभएका नेतालाई आफ्नै घरबाट गरिएका अपमानहरूको वर्षालाई निलकण्ठ बनिदिएर पनि आफ्नो उद्देश्यमा दृढ देखिनु भएको छ । राजनीतिमा नैतिकता हराइरहेको बेला निष्ठाको राजनीतिका निम्ति सदासर्वदा मियो बन्नुभएको छ । समय बलवान् छ । नेपाली पुर्खाहरूले देखेका अधुरा सपना पूरा गर्ने मात्रै होइन ,वर्तमानले माग गरेको समृद्ध नेपालको यात्राले पर्खिरहेको छ । देश बनाउने यात्रा गर्दा उकाली ओराली अनि घुम्तीहरूमा साक्षात्कार त गर्नैपर्छ। त्यसमा जानकार नै हुनुहुन्छ।
बैगुनी मस्तिष्क , जालीझेली र स्वार्थी नियतले विचार शून्य हुन पुगेकाहरूले यत्ति मात्रै बुझ्दा हुन्छ कि- ‘माधवकुमार नेपाल नेपाली राजनीतिका नायक हुन्’ दलिय राजनीतिक जीवनमा एक्लै हुँदा होस् वा वरिपरि भिडभाड हुँदा होस् उहाँको गति निरन्तर बढिरहेकै छ । इतिहास निर्माण गर्ने हिम्मत भएकाले नेकपा (एकीकृत समाजवादी)लाई आत्मसात् गर्नु उपयुक्त हुन्छ । सानो छाती हुनेले फुटेको एमाले लिएर गुटबन्दीमै रमाउने र आफ्नो इतिहासलाई रछ्यानमा हराउने मुर्खता नगरेकै जाति हो । देशलाई सधैँ अनुभवी तथा नैतिकवान् सच्चा नेताको खाँचो छ।यो सामर्थ्य माधव नेपालले मात्रै पूरा गर्नु हुनेछ ।त्योअदम्य साहसलाई इतिहासले पक्कै मूल्याङ्कन गर्ने नै छ।
यतिबेला तपाईंले थालेको कम्युनिस्ट सिद्धान्त प्रतिको निष्ठा र लडाइँमा ‘होस्टेमा हैसे’ मिलाउन लाखौं नेपाली तम्तयार भएर बसेका छ्न् हिड्ने यात्रा लामो छ।अहिले यो यात्रामा छुटेकाहरू जुनै सुकै मोडहरूमा जोडिन सक्छ्न् बिटमार्न खोज्नेहरू इतिहासको कठघरामा देखिन सक्ने छन् ।नेकपा एमालेको जगमा इटामा इटा थपेर एमालेको चुरोलाई दर्बिलो बनाउन नेपालको सुझबुझ , निर्णय र कुशल साङ्गठानिक क्षमता हो भन्नेकुरामा कुनै भ्रम छैन।द्वन्द्वले थिलथिलो भएको हाम्रो जस्तो देशमा शान्तिको खोजीमा भैतारिएको जनचाहना अनुरूप नेपाली काङ्ग्रेसका अघिल्लो पुस्ताका नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डलाई एउटै टेबलमा ल्याउन गरेको अथक मेहनतको जगमा प्राप्त भएको शान्तिपूर्ण र सङ्घीय गणतन्त्रको उपलब्धिलाई जोगाउनु पर्छ । यतिबेला श्रद्देय नेपालको अझै भूमिका बढेको छ।नेपालको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याएर देशभक्ति पूर्णभावलाई स्थापित गर्दै जनताको समग्र समस्या समाधान गराउनमा नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष नेपाललाई सफलता मिल्ने नै छ । ।उहाँको सरल जीवन र कर्तव्यबोधप्रतिको दृढता नेपाली राजनीतिमा आज अनुशरण गर्न योग्य बनेको छ। नेकपा ( एकीकृत समाजवादी) लाई जय लाल सलाम तथा उत्तरोतर प्रगतिको कामना गर्दछु ।