सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका-५ का ३० वर्षीय दिनेश काफ्ले रहेका छन् ।

बुधबार राति ११ बजे प्र२-०३-००१ त४११३ नम्बरको सिमेन्ट र रड बोकेको ट्याक्टर कमलामाई नगरपालिका-३ सोलाभन्झ्याङ तुफान डाँडास्थित भित्र सडकमा दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा एक जना घाइते भएका छन् ।