पूर्व प्रधान न्यायधीश श्रेष्ठको निधनः आज सबै अदालत बन्द

सर्वाेच्च अदातलका पूर्व प्रधान न्यायधीश ओमभक्त श्रेष्ठको बुधबार निधन भएको छ ।
उहाँको बुधबार( हिजो) आकस्मिक निधन भएको हो ।


विशेष गरी देवानी कानूनका ज्ञाता तथा अनुभवि न्यायिक व्यक्तित्वका रुपमा चिनिने श्रेष्ठ २०४८ साल भदौमा सर्वाेच्च अदालतको न्यायधीशमा नियुक्त भई लगभग ६ वर्षको कालकाल पश्चात मिति २०५४ साल असोजमा प्रधान न्यायधीशको जिम्मेवारी वहन गर्नु भएको थियो ।


६ महिनाको प्रधान न्यायधीसको जिम्मेवारी वहन गरि उमेर हदका कारण सोही सालको अन्त्यमा निवृत्त हुनुभएको थियो ।

न्यायधीस श्रेष्ठको निधनमा शोक बिदा स्वरुप सर्वाेच्च अदालतले विहिबार (आज) सर्वाेच्च अदालत तथा देशभरका जिल्ला अदालत, उच्च अदालत अन्य अदालत लगायत अन्य न्यायधीकरणहरु बन्द रहने जानकारी गराएको छ ।