लकडाउन अवधिभर साल्ट ट्रेडिङको सहुलियत दरको सेवा घरघरमा

काठमाडौं । लकडाउनको समयमा काठमाडौं लगायतका देशभरीका मुख्य बजार तथा सडक सुनसान देखिएका छन् । यसैबीच साल्ट्र टे«डिङ कर्पाेरेशनले उपभोक्तालाई यस बिचमा पर्ने मारलाई ध्यानमा राखि आफ्ना खाद्य सामाग्रिहरु देशैभरी पुर्याउने अभियानमा लागि परेको छ ।


सुपथ मूल्यमा आफ्ना सामग्रीहरु हिमाल पहाड तराई कोही छैनन् पराई भन्ने मान्यताका साथ सबै उपभोक्ताहरुकोबीचमा पुग्ने उद्देश्य राखिएको कर्पाेरेशन स्रोतबाट जानकारी प्राप्त भएको छ ।


लकडाउन अवधिभर देखिने भिडभाडको जोखिमलाई ध्यान दिँदै सर्वसाधरणको स्वास्थ्यप्रति संवेदनशील बनेकोसाल्ट्र ट्रेडिङले अर्डर लिने र डेलिवरी गर्ने काम समेत गरिरहेको छ । कर्पाेरेशनले सम्बन्धित मार्ट तथा पसलहरुले अनलाइन मार्फत, साना पसलमा मोवाइल नम्बर उपलब्ध गराउनुका साथै सामाजिक सञ्जालको मार्फत सामानको अर्डर लिने र डेलिवरी सुविधा दिइरहेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले डिपोहरुमा अत्यावश्यक खाद्य सामग्री खरिदका लागि आएका ग्राहकहरुलाई एक मिटरको दुरीमा राखेर लाइनमा लगाएर विक्रि गरेको र मोवाइल भ्यानको मार्फत टोलटोलमा सामग्री विक्रिवितरण सुरु गरेको बताउँदै भन्नुभयो “ हामीले पसल तथा डिपोहरुमा भिड कम होस् भन्ने उद्देश्यका साथ उपत्यका भित्र तीन ठाउँमा भ्यान परिचालन मोवाइल भ्यानबाट अत्यावश्यक खाद्य सामग्री विक्रि गरेका छौं, यसले गर्दा मानिसहरुले आफ्नै घर अगाडी भिडभाडमा नगई सामग्री किन्न सक्छन् ।”
उहाँका अनुसार अहिले दैनिक ८/१० ठाउँमा मागअनुसार सेवा डेलिवरी भईरहेको छ । सेवा उपत्यकामा मात्र नभई धनगढी, गोर्खा, बाजुरा र बझाङ लगायतका जिल्लामा पनि उपलब्ध भइरहेका छन् ।
कर्पाेरेशन बाट उपलब्ध हुने खुद्रा सामाग्रिहरु अझै दुई महिना र नुन दश महिनालाई पुग्ने स्टक रहेको समेत उहाँले बताउनु भएको छ ।
कर्पाेरेशनले विगतका दिनहरुमा सर्वसाधरणलाई कालो बजारीको प्रभाव नपरोस् भनेर आफैले उपभोक्त्ता हितका विविध कार्यक्रमहरु गर्दै आइरहेको छ । नाकाबन्दीको समय होस वा भूकम्प गएको समयमा होस कर्पाेरेशनले नेपाली उपभोक्ताबीच घरघरमा पुगी वा सुपथ मूल्य पसल सञ्चालन गरेर सेवा क्षेत्रमा एउटा गर्भिलो छाप छोडेको छ ।
यसमा नेतृत्व गर्ने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको सक्रियता नाकाबन्दीको बेलादेखि अहिले लकडाउनको ११ दिन सकिसक्दा पनि उपभोक्ता हितमा उत्तिकै देखिन्छ ।
साल्ट ट्रेडिङजस्तो उपभोत्ता हितमा सधै उभिरहने संस्थालाई बलियो बनाउन सरकारका सबै निकायहरु लागिपर्ने हो भने कालाबजारीहरु बजारमा भेटीन मुस्कील पर्ने उपभोक्त क्रियाशिल व्यत्तित्व प्रेमलाल मर्हजनले सम्पत्तिसँगको कुराकानीमा धारणा व्यक्त गनुहुन्छ ।