दुई सरकारी वकिल कार्यालयको भवन महान्यायाधिवक्ता खरेलद्वारा शिलान्यास

काठमाडौ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बबरमहल स्थित निर्माणधिन विशेष सरकारी वकिल र जिल्ला वकिल कार्यालय भवनको शिलान्यास गर्नुभएको छ ।

कोरोनाको त्रासमा पनि सामाजिक दुरी कायम गर्दे आयोजना गरिएको शिलान्याय कार्यक्रममा महान्यायाधिवक्ता खरेलले छोटो संख्यामा सहभागि भएका सरोकारवालाहरुबीच बन्ने भवन गुणस्तरयुक्त र सम्झौता अनुसार समयमै बन्नेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो । प्रेरा / तुलसी भक्त ज्वाईन्ट भेन्चर ले निर्माण थालेको ३ वर्ष भित्र सक्ने गरि सम्झौता भएको सो भवन निर्माणका लागि ३७ करोड लागत लाग्ने तुलसी भक्त कन्स्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक नवराज श्रेष्ठले सम्पत्ति मासिकलाई बताउनुभयो । सम्झौता अनुसार ५ तले भवन निर्माण गरिने यो कार्य कोरोनाको त्रास भएपनि काम नरोकिने आफ्नो सम्झौता अनुसार काम अगाडि बढ्ने प्रबन्ध निर्देशक नवराज श्रेष्ठले सम्पत्ति मासिकलाई बताउनुभयो । यस्ता कामहरु देशभर ५० वटा भन्दा बढी संख्यामा भवन, सडक लगायतका निर्माणमा धेरै कामहरु सक्रियताका साथ यस तुल्सी भक्त कन्स्ट्रक्सनले गर्दै आइरहेको छ ।

उहाँले आफ्नो कन्ट्रक्सनमार्फत गुणस्तरीय र भरपर्दो सेवा दिँदै आइरहेको बताउँदै आफ्नो काम प्रभावकारी रहेको जानकारी दिनुभयो । छोटो समयमा यस कम्पनीले आफूँले गरेका गुणस्तरीय कामका कारण आज देशभरमै महत्वपूर्ण भवनहरु बनाउन सफल भएको छ । यसै कारणले त सरकारका निकायहरुले तुलसी भक्त कन्स्ट्रक्सनलाई विश्वास गरी महत्वपूर्ण भवनलगायतका निर्माणका कामहरुको जिम्मेवारी दिने गरेको छ ।

देउवाका विश्वासपात्र मुख्यसचिव रेग्मी नेकपाको सरकारमा कसरी प्रिय बने ?

काठमाडौँ । मुख्यसचिव लोकदर्शन रेग्मीले मुख्यसचिवको जिम्मेवारी सम्हालेसँगै प्रशासनिक निकाय अनिर्णयको बन्दी बन्नुको साथै भद्रगोल बन्न पुगेको छ ।यहीँ आउदो कार्तिक ४ गते सेवा सकिन लागेका रेग्मी सरकारलाई सेवा सकिनु अगाडि नै पदका लागी वार्गेनिङ के कारण गर्दैछ्न धेरैले रहस्य बुझ्न सकेका छैनन्। यसर्थ उनको नेतृत्वदायी भूमिका असक्षम र असफल सावित भएको छ ।
निजामति सेवाको सबैभन्दा सर्बोच्च पदमा रहेका मुख्य सचिव रेग्मी प्रशासनिक क्षेत्रलाई चुस्त दुरुस्त बनाउन मेहनत गर्नुपर्ने भएपनि उनी कांग्रेस विचारधारामा आस्था राख्ने प्रशासक भएकै कारण नेकपा सरकारलाई भित्रभित्रै असफल बनाउने योजना बुन्ने गरेको उनको कार्यशैली नियाल्दा प्रष्ट हुन्छ । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि सरकारलाई विवादमा पार्ने गरी विभिन्न गतिविधिमा सहभागि भएका मात्र छैनन् भ्रष्ट चरित्र भएका कर्मचारीहरुलाई काखी च्याप्ने र इमान्दार कर्मचारीको तेजोबोध गराउने कार्यमा तल्लिन छन् । जसको कारण यतिबेला ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएको सरकारको प्रशासनिक निकाय ‘न हाँसको चाल न बकुलाको चाल’ हुन पुगेको छ ।
रेग्मी अर्थ सचिव हुँदा दिउँसो खाजा समेत द्वारिकालगायतका फाइभस्टार होटलबाट मगाएर खाँदा महिनामा लाखौँ रुपैँयाको व्ययभार अर्थ मन्त्रालयले व्यहोर्नुपरेको थियो । अर्थमा बसेर फाइभस्टारबाट बारम्बार मगाएर खाजामात्र खान थालेपछि उनलाई खाइबा सचिवका रुपमा मन्त्रालयका कर्मचारीले उपनाम दिएका थिए । त्यसो त, शान्तराज सुवेदी लगायतका अर्थ सचिव भएर आउने हरेक सचिवहरुले क्यान्टिनको चाउचाऊ चाऊमिनलगायतका खाजा खान्थे । त्यसैले अर्थ मन्त्रालयमा रेग्मीको प्रवेशसँगै सामन्ती सचिवको प्रवेश भएको अनुभूति भएको तत्कालिन मन्त्रालयका कर्मचारीहरुबीच यतिबेलापनि चर्चा हुने गरेको छ ।
कर फर्छौट आयोगमा दबाब दिएर करोडौँ राजस्व हिनामिना गरेका रेग्मी आफ्ना भतिज रेशमराज रेग्मीलाई महानगरी प्रहरी प्रभाग गौशालामा हुँदा एक प्रेमजोडीको मोबाइल जफत गरि १० हजार घुस खाएको आरोपमा निलम्बन भएपनि रेग्मी गृहसचिव भएकाबेला आफ्ना भतिजलाई निलम्बन फुकुवा गर्दै प्रक्रिया नै नमिल्ने मिसनमा पठाएका थिए । जहाँ जहाँ बसेपनि विवादित छवि बनाउँदै हिड्ने भतिजलाई हाल उनकै दबावमा जिल्ला प्रहरी कार्यालय चितवनको लेखा प्रमुखको रुमपा सरुवा गराएका छन् । गृहसचिव हुँदा एयरपोर्टबाट सुन तस्करीमा ठुलो सेटिङ्गमा सञ्चालित उनले प्रहरीको सरुवा बढुवामा समेत हात बढाएर ठुलो रकम शुभलाभ गरेको चर्चा यतिबेला पनि ताजै छ ।
उनी भूमिसुधार सचिव हुँदा पनि भूमाफियासँग मिलि जग्गाको प्लटिङ्ग गर्नमात्र सहजीकरण गरेनन् सरकारी जग्गाहरु व्यक्तिको नाममा सार्न सहजीकरण गरेर करोडौँ कमाएका थिए । यस्ता अतित बोकेर मुख्यसचिव भएका रेग्मी अहिले सरकारलाई वार्गेनिङ्ग गर्दै अख्तियारको प्रमुख बन्न नेताहरुको घरदैलोमा गैरहेका छन् । प्राप्त समाचार अनुसार आफ्नो रगत नै कांग्रेसी भन्ने रेग्मी हरेक दिन बुढानिलकण्ठ देउवा निवासमा सरकारका महत्वपूर्ण सूचनाहरु पठाइरहने गरेको उनी निकट स्रोतको भनाई छ ।
सरकारको मुख्यसचिव पद प्रधानमन्त्री र सरकारको महत्वपूर्ण कामहरु गराउन यो पद महत्वपूर्ण मानिएपनि विपक्षी दलका नेता शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवासँग हरेक शनिबार साँझ व्रिफिङ गर्न जाने गरेको समाचार स्रोत उल्लेख गर्दछ । तर उनै मुख्यसचिव रेग्मीलाई नेकपाका महासचिव विष्णु पौडेलले आफूँ अर्थमन्त्री हुँदा अर्थसचिव भएको नाता र GAPS को नाताले सबै नेताकहाँ पुर्याउने मात्र गर्दैनन् कांग्रेसी भएपनि सकेसम्म अख्तियार नभए अमेरिका वा बेलायतको राजदूतका लागि सिफारिस गरेको सुन्दा हैन नेकपाको दुई तिहाईमा लोकदर्शन कांग्रेसी भएपनि फिट हुन्छन् कि क्या हो ? के क्षमता छ उनीमा ? नेकपाभित्र खुल्दुली मच्चिएको छ । उनको अतित र कार्यशैली हेर्दा उनलाई पदै पदमा राख्नुपर्ने कुनै कारण छैन । इमान्दार कार्यकर्ताहरु र नेकपाका उच्च नेताहरुको समेत भनाई छ । कसैलाई पदैपद कसैलाई पुर्पुरोमा हात विगतमा वामपन्थीको नाममा पेलिएका पूर्व प्रशासक छैनन् ? बजारमा बहस हुन थालेको छ ।यस्ता भष्टलाइ एकदुई महिना थन्क्याएर राख्देपनी हुनेमा किन यिनलाई बढी महत्त्व दिइएको हो नेता पौडेलसँग के कस्तो सम्बन्ध हो खोजीको बिषय भएको छ।

नेप्सेमा दोहोरो अंकको सुधार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । काठमाडौँ उपत्यकाभित्र कोरोनाको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि सरकारले निषेधाज्ञा जारी गरेको भए पनि शेयर बजारमा त्यसले कुनै प्रभाव पारेको छैन ।

लगानीकर्ता क्रमशः विद्युतीय प्रणालीमा अभ्यस्त हुन थालेकाले कारोवारमा कुनै पनि उल्झन नआएको हो । बरु दैनिक जसोनै कारोवार रकममा वृद्धि भएको छ । मुलुकको अर्थतन्त्र चलायनमान अवस्थामा रहेको धितोपत्र बजारमा देखिएको उत्साहले सङ्केत गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा २२.३३ अङ्कको सुधार आएको छ । नेप्से झण्डै एक हजार ५०० को बिन्दु नजिक पुग्न लागेको छ । कूल २२।३३ बिन्दुले नेप्सेमा वृद्धि भई एक हजार ४८४.९९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.०५ ले वृद्धि भई २९८.३५ मा पुगेको छ । कूल १८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता शेयर रु तीन अर्ब ४६ करोड २५ लाख ८६ हजार १२५ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर वृद्धि भएको छ । होटल उपसमूह ०.७७ बिन्दुले घट्दा बैंकिङ ४.९५, व्यापार १८.०५, विकास बैंक १.५, जलविद्युत् ३३.६१, वित्त १.१, निर्जीवन बीमा २३३.७, उत्पादन ८८.७१, अन्य ३७.४, लघुवित्त ८.५८, जीवन बीमा २६०.३३ र सामूहिक लगानी कोष ०.०८ ले वृद्धि भएको छ ।

कारोवारका आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ७४ लाख ५७ हजार २२८ बराबरको कारोवार भयो । यस्तै नेको इन्स्योरेन्स रु १७ करोड ७८ लाख १९ हजार ७०४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १६ करोड ८१ लाख १३ हजार ३१७, शिवम् सिमेन्ट रु १५ करोड ७१ लाख ७६ हजार ७५९, हिमालयन डिस्टिलरी रु १५ करोड ३२ लाख ३४ हजार ४२६ र सूर्या लाइफ इन्स्योरेन्स रु १२ करोड ८७ लाख चार हजार ६४८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज नेपाल पुनर्बीमा कम्पनी १०, उन्नति सहकार्य लघुवित्त ९.९४, एनआरएन इन्फ्रास्टकचर ९.९४, सिनर्जी पावर कम्पनी ९.६५, अरुण काबेली पावर ९.४५, रैराङ हाइड्रोपावर ९.२८, पाँचथर पावर कम्पनीका लगानीकर्ताले ९.२४ प्रतिशतले कमाए ।

यस्तै हिमाल दोलखा हाइड्रोपावर कम्पनी ७.२९, घोडीघोडा लघुवित्त ४.५८, ओरियण्टल होटल लिमिटेड ३.७२, मितेरी डेभलपमेन्ट बैंक २.६२, गुह्यश्वरी मर्चेन्ट बैंक २.३८ र सिन्धु विकास बैंकका शेयरधनीले २.३८ प्रतिशतले गुमाए ।

होम डेलिभरीमा अवरोध नगर्न युवा उद्यमी मञ्चको माग

काठमाडौँ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले निषेधाज्ञाको समयमा अनलाइन होम डेलिभरी गर्ने व्यापार तथा व्यवसायमा कुनै पनि अवरोध नगर्न सरकारसँग माग गरेको छ । मञ्चले उक्त कारोवार सकेसम्म नगदरहित बनाउने प्रयास गरिएको आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बन्दाबन्दी तथा निषेधाज्ञाको समयमा युवा व्यवसायीले सिर्जनात्मक काम स्वरुप नै मानिसको दैनिक उपभोग्य वस्तु घर घरमा पुर्याई नागरिकको दैनिक आवश्यकता परिपूर्ति गरेको मञ्चको भनाइ छ । अनलाइन प्रविधिमार्फत काम गरी घरमा सामान पु¥याउने यस्ता व्यवसायले आफ्नो वितरण प्रणालीलाई समेत अत्यन्तै सुरक्षित राखेको र सामान आपूर्ति गर्ने सवारी साधनलाई हरेक दिन निसङ्क्रमित गरिएको, कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री ९पिपिइ० लगाएको मञ्चले जनाएको छ ।

चीनको औद्योगिक उत्पादनमा वृद्धि

काठमाडौँ । चीनको आद्योगिक उत्पादन गत अगष्ट महिनामा वृद्धि भएको छ । निर्यात बजारको मागमा सामान्य गिरावट आएपनि देशभित्रको माग बढेपछि औद्योगिक उत्पादनमा वृद्धि भएको सर्भेक्षणले देखाएको छ ।

चिनियाँ तथ्याँक विभागले सोमबार सार्वजनिक गरेको मासिक खरिद सूचक ९पिएमआई० मा जुलाईको भन्दा औद्योगिक सूचकमा सामान्य गिरावट आए पनि समग्रमा सुधारोन्मुख देखिएको जनाएको छ । औद्योगिक सूचक गणना गर्ने पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पिएमआई) मा जुलाईमा ५१.१ विन्दु रहेकामा अगष्टमा ५१ मा झरेको देखिएको छ ।

कूल १०० अंकको पिएमआई विन्दु ५० भन्दा बढी भएमा औद्योगिक गतिविधि सकारात्मक रहेको मानिन्छ ।

निर्यात माग सामान्य गिरावट आए पनि त्यसको घट्ने दर निकै कम रहेको छ । यसको मापनमा ४८.४ बाट ४९.१ विन्दुले सकारात्मक भएको छ ।

गत वर्षको डिसेम्बरबाट चीनमा कोरोना महामारी फैलिएपछि चीनमा पहिलोपटक लकडाउन गरिएको थियो । गत मार्चमा कोरोना महामारीलाई आफूहरुले परास्त गरेको घोषणा गरेपछि चीनले औद्योगिक उत्पादनका साथै बजार खुला गर्न थालेको थियो ।

चीनको उपभोग्य मागमा पनि सुधार आएको छ तर बेइजिङले चाहेझैं प्रगति हुन सकेको छैन । संयुक्तराज्य अमेरिका र अरु महत्वपूर्ण बजारमा कोरोनाभाइरस संक्रमितको संख्या निरन्तर बढेपछि चीनको निर्यात बजारमा अपेक्षित सुधार आउन सकेको छैन ।

जनवरीदेखि मार्चसम्म करिब ६।८ प्रतिशतले खुम्चिएको चिनियाँ अर्थतन्त्र अप्रिलदेखि जुनसम्मको तीन महिनाको अवधिमा एकाएक ३।२ प्रतिशतले वृद्धि भएको थियो । कारखाना उत्पादनमा राम्रो सुधार आए पनि खुद्रा, रेष्टुराँ र अन्य सेवा उद्योगहरु अझै पनि संघर्षरत छन् ।

प्रक्षेपणहरुले यस वर्षको अन्त्यतिर चिनियाँ अर्थतन्त्र गिरावट आउने अनुमान गरेका छन् किनभने त्यसबखत विश्व बजारमा मास्क, सर्जिकल ग्लोब र अन्य चिकित्सा उपकरणको मागमा कमी आउने थाल्नेछ ।

अफगानिस्तानमा बम हमला गरी २ जनाको हत्या

काठमाडौँ । अफगानिस्तानको काबुलमा आइतबार सडकमा राखिएको बम विस्फोट गराएर दुई जनाको हत्या गरिएको छ ।अफगानिस्तानको दक्षिणी प्रान्त हेल्माण्डमा सो दुर्घटना भएको हो । उक्त प्रान्तको नाड ए अली जिल्लामा भएको सो विस्फोटबाट अरु केही घाइते भएका पनि बताइएको छ ।

सो जिल्लाका गभर्नर आयु ओमार आमरीले सर्वसाधारण नागरिकको हत्या गर्ने उद्देश्यले उक्त जिल्लाको सार्वजनिक सडकमा बम राखिएको र त्यसमा परी दुईजनाको ज्यान गएको पुष्टि गरेका छन् ।
सो बम यहाँका तालिबानीहरुले राखेको पनि उहाँले अनुमान रहेको उनले बताए ।

पछिल्ला केही दिनहरुमा अफगानिस्तानमा सुरक्षाको अवस्था झन् नाजुक भएको छ । अफगानिस्तानको सरकारले त्यहाँका तालिबानहरुसँग वार्ता गर्ने तयारी भएको भनिए पनि यहाँ हत्या हिंसाको कार्य भने रोकिएको छैन ।

संक्रमणबाट स्वास्थ्यकर्मीको निधन

काठमाडौँ । कोरोना भाइरसबाट नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीको निधन भएको छ। निधन हुनेमा महोत्तरीको मनरा सिश्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको रहेका छन्।

श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौँ लैजाने क्रममा उनको निधन भएको थियो। उनको स्वाब संकलन गरेर जनकपुरमा पठाउँदा रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जनाएको हो।

पिसिआर परिक्षणको शुल्क घट्यो, अब मात्र ४ हजार

काठमाडौँ । सरकारले कोरोना भाइरसको पिसिआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको शुल्क घटाएर अधिकतम शुल्क ४ हजार ४ सय रुपैयाँ तोकेको हो ।

तर आफ्नै ल्याब भएका अस्पतालले ४ हजारभन्दा बढी लिन नपाउने भएका छन्। आफ्नै ल्याब नभएका अस्पतालमा परीक्षण गरे भने ४ सय थप शुल्क लाग्ने भएको छ।

यसअघि मन्त्रालयले पिसिआर परीक्षणको शुल्क ५ हजार ५ सय तोकेको थियो। निजी अस्पतालले त्योभन्दा बढी रकम लिँलै आएको गुनासो आएको थियो।

सोमबार थप ८ सय ९९ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ भने २२८ जनाले ज्यान गुमाइसकेका छन्।
यस्तै कोरोना भाइरसबाट संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २१ हजार ४१० पुगेको छ भने गत २४ घन्टामा ५८८ जना संक्रमणमुक्त भएर डिसचार्ज भएका छन्।

लन्डनस्थित नेपाली दूतावास उपनियोगको प्रमुखमा रोशन खनाल

काठमाडौँ । लन्डनस्थित नेपाली दूतावासमा रिक्त रहेको उपनियोग प्रमुखको पदमा रोशन खनाल शनिबार लन्डन पुगेकी छिन् । तत्कालिन नेपाली दूतावास लन्डनका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरन आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरि बिहीबार मात्र नेपाल फर्किए पछि सोही जिम्मेवारी सम्हाल्न परराष्ट्र मन्त्रालयकी उपसचिव रोशन खनाल शनिबार लन्डन पुगेकी हुन् ।

उनले परराष्ट्र सेवामा एक दशक बिताइसकेकी छिन् भने पछिल्लो समय मन्त्रालयमा उत्तर पूर्वी एसिया डेस्क सम्हाल्दै आएकी थिइन् । शाखा अधिकृतबाट जागिर शुरु गरेकी खनालले इजरायलस्थित नेपाली दूतावासमा समेत फस्ट सेक्रेटरीको रुपमा चार वर्षे कार्यकाल सम्पन्न गरिसकेकी छन् । मंगलबारबाट खनालले औपचारिक रुपमा नेपाली दूतावास लन्डनको उपनियोग प्रमुखको कार्यभार सम्हाल्ने बताइएको छ ।

निषेधाज्ञा हटाउन निजी क्षेत्रको माग

काठमाडौँ । तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेको छ । व्यापार व्यवसाय धराशायी बनेको भन्दै उद्योगी व्यवसायीले निषेधाज्ञा हटाउन माग गरेका हुन् । जिल्लामा विभिन्न व्यवसायमा आबद्ध निजी क्षेत्रका सङ्घ संस्थाले आइतबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै आजदेखि निषेधाज्ञासहितको लकडाउन हटाउन माग गरेका हुन् । निरन्तरको निषेधाज्ञाले आपूर्ति शृङ्खला टुट्न गई मानिस रोगले भन्दा पनि भोक र व्यावसायिक तनावले असामान्य अवस्था सिर्जना हुनसक्नेमा निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको भन्दै निषेधाज्ञासहितको लकडाउनको विकल्प खोज्न अनुरोध गरेका छन् ।

ज्ञापनपत्र बुझाउने सङ्घसंस्थामा चितवन उद्योग सङ्घ, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, निर्माण व्यवसायी सङ्घ, क्षेत्रीय होटल सङ्घ, हिसान, प्याब्सन, नेपाल चिकित्सक सङ्घ, रत्ननगर उद्योग वाणिज्य सङ्घ, क्षेत्रीय होटल सङ्घ, नेपाल पोल्ट्री महासङ्घ, ह्याचरी उद्योग सङ्घ र होटल व्यवसायी सङ्घलगायतका प्रमुख एवं प्रतिनिधि प्रशासन कार्यालय पुगेका थिए । ज्ञापनपत्रमा विश्व स्वास्थ्य सङ्गठन र विज्ञले कोरोनाको जोखिम दुई वर्षसम्म रहन सक्ने बताएको भन्दै वैकल्पिक स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आर्थिक गतिविधि चलायमान गराउन व्यवसायीले माग गरेका छन् ।

त्यसैगरी ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थामा आधाआधा कर्मचारी परिचालन गरी भीडभाड नहुने गरी बिहान र बेलुका सेवा प्रवाह गर्दै इ–बैंकिङलाई प्रोत्साहन गर्न सकिने उल्लेख छ । सम्बन्धित उद्योगको पत्र वा परिचयपत्रलाई मान्यता दिई सहजरुपमा दुई पाङ्ग्रे सवारीमा एक जना र चार पाङ्ग्रेमा अधिकतम दुई जना हिँडडुल गर्न सक्ने गरी व्यवस्था गर्न निजी क्षेत्रले माग गरेको छ ।

चितवनका सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिई वैकल्पिक सिकाइका विधिलाई मान्यता दिई सोहीअनुसार पठनपाठन गराउन विद्यार्थी भर्ना गरी शैक्षिक शुल्क उठाउन सक्ने वातावरण तयार गर्न पनि माग गरिएको छ । त्यसैगरी सार्वजनिक यातायातको हकमा निषेधाज्ञा खोलिएको एक हप्तापछि यसअघि सरकारले तोकेको मापदण्डबमोजिम सञ्चालन गर्न पनि ज्ञापनपत्रमा प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले जुन क्षेत्रमा सङ्क्रामक रोग नियन्त्रणको मापदण्ड पूरा भएका छन् ती क्षेत्रमा निषेधाज्ञा खुल्ला गर्न सकिने बताए । व्यवसायीलाई भट्टराईले उद्योग सञ्चालन गर्न कुनै समस्या भएमा भन्न आग्रह समोत गरेका थिए । । ज्ञापनपत्र दिन पुगेका सबैले आ–आफ्ना उद्योग भने सञ्चालनमा आएको जानकारी गराएका थिए ।

कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो

भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उहाँको आज बिहान ७ः२० मा मृत्यु भएको पौडेलले जानकारी दिए ।

योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा चितवनका छ जना रहेका छन् । तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो । यस्तै मकवानपुरका तीन, कैलाली, गोरखा, बारा र सुस्ता पूर्व नवलपरासीका एक÷एक जना रहेका छन् ।

महिला स्वतन्त्रताका लागि स्व सिंहको भूमिका महत्वपूर्णः महामन्त्री कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले महिला नेत्री मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आइतबार साँझ आयोजना गरेको ‘कोभिड–१९ पछिको नयाँ विश्वमा नेपालमा महिला नेतृत्व’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले महिलालाई अहिलेको अवस्थामा पुर्याउन स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

महामन्त्री डा कोइरालाले महिलालाई पुरुषसरहको अधिकार स्थापित गराउन स्व मङ्गलादेवी सिंह, स्व दिव्या कोइराला, शैलजा आचार्य, सुशीला कोइरालालगायत महिलाको महत्वपूर्ण योगदान रहेको उनको भनाई छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं फाउण्डेशन अध्यक्ष सुजाता कोइरालाले १६ वर्षको उमेरबाट महिला, हक अधिकारका लागि लड्ने साहसी महिला मङ्गलादेवी सिंह भएको बताए । “संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिए पनि महिलाको अधिकार किन स्थापित हुन सकेन, कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा किन महिला पछाडि परे, यसबारे सरकार र पार्टीभित्र छलफल हुनुपर्छ”, उनले भने । महिलाले महिलालाई सहयोग गरेमात्र महिलाको आवाज बुलन्द हुने उनको भनाई थियो ।
केन्द्रीय सदस्य कमला पन्तले १४ औँ महाधिवेशनमा उमेरका आधारमा भन्दापनि एजेण्डाका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो । “नेपाली महिलाहरु पार्टीभित्र एक ठाउँमा उभिन सकेमात्र चाहेको अधिकार प्राप्त गर्न सक्छौँ”, उनले भने । केन्द्रीय सदस्य सरिता प्रसाईँले महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताउनुभयो । महिला अधिकार स्थापित गराउन नेपाल महिला सङ्घ लड्नुपर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले समानताको अधिकार खोज्ने कांग्रेसभित्र नेतृत्वको अधिकारमा पनि समानता हुनुपर्ने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र रोजगारमा समानता नखोजेसम्म महिलाले अधिकार नपाउने बताए ।

कांग्रेस केन्द्रीय सदस्य रत्ना शेरचनले महिला आन्दोलनका कारण संविधानले महिलालाई अधिकार दिएको बताए । महिलाले आवाज उठाउन नसकेको खण्डमा महिला अधिकार स्थापित नहुने उनको भनाइ थियो । केन्द्रीय सदस्य किरण यादवले कोरोनाका कारण गर्भवती, सुत्केरी बढी प्रभावित भएको भन्दै उक्त वर्गलाई लक्षित गरेर सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरे । तोकिएकै समयमा कांग्रेसको १४ औँ महाधिवेशन हुनुपर्ने उनको भनाइ थियो ।

नेपाल महिला सङ्घका अध्यक्ष एवं सांसद उमा रेग्मीले महिलालाई अधिकार सम्पन्न गराउने काम महिला सङ्घको भएको बताउँदै पार्टी र सरकारसँग महिलाको हक अधिकारका लागि लड्नुपर्ने बेला आएको उल्लेख गरे ।

प्रदेशसभा सदस्य विजुला बर्मा, कास्की कांग्रेसका कोषाध्यक्ष लक्ष्मी पाण्डे, फाउण्डेशन युरोपका संयोजक सीता सापकोटा, फाउण्डेशन साईप्रस संयोजक रिता दुलाल, कांग्रेस नेत्री सिर्जना सिंह, नेविसङ्घ पूर्व महामन्त्री प्रतिमा गौतमलगायतले महिलालाई नेतृत्वमा ल्याउन सबै महिला एकजुट हुनुपर्ने उल्लेख गरे। फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले मुलुकको समसाययिक विषयमा फाउण्डेशनले निरन्तर आवाज उठाउँदै आएको बताए ।

देवघाट क्षेत्रमा कोरोना सङ्क्रमित शव व्यवस्थापन स्थल

चितवन । चितवनमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । देवघाटधाम क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरी क्षेत्रस्थित नारायणी नदी किनारको जङ्गल क्षेत्रलाई सङ्क्रमित शव व्यवस्थापन स्थल बनाइएको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार मानव बस्तीभन्दा टाढाको जङ्गललाई सङ्क्रमित शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । “जङ्गलभित्र जहाँ मान्छेको आवतजावत र प्रवेश हुँदैन, त्यस क्षेत्रलाई सङ्क्रमित शव व्यवस्थापन स्थल छुट्ट्याएर बोर्ड टाँसेका छौँ”, उनले भने

सो क्षेत्रमा अहिले पनि नेपाली सेनाले सङ्क्रमितहरुको शव गाडेर व्यवस्थापन गर्दै आइरहेको छ । चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका १२ सङ्क्रमितको शव सोही क्षेत्रमा नै व्यवस्थापन गरिसकिएको छ ।

देवघाटमा शव व्यववस्थापन हुँदै आएको भन्दा छुट्टै स्थानमा सङ्क्रमितको शव व्यवस्थापन भइरहेको देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले जानकारी दिनुभयो । उहाँले शव व्यवस्थापनमा समस्या नहोस् भन्नका लागि समितिले आवश्यक सहजीकरण गरिरहेको बताउनुभयो ।

देवघाटधामको शवदाह स्थलमा यसअघिका वर्षमा भन्दा कम शव आउने गरेको निर्देशक घिमिरेले बताए । “अहिले दैनिक पाँचदेखि छ वटा शव आउने गर्छ”, उनले भने, यसअघि दैनिक आठदेखि १० वटासम्म शवदाह हुने गरेको थियो ।” उनले कोरोनाका कारण भएको लकडाउन र निषेधाज्ञाले सवारी दुर्घटना कम हुँदा मृत्यु हुनेको सङ्ख्यामा कमी आएको बताए ।

सङ्क्रमित बाहेकको शवदाह स्थलमा २५ जनाभन्दा धेरै नजान क्षेत्र विकास समितिले अनुरोध गरेको छ । यस्तै समितिले बाहिरी मान्छेलाई शवदाह स्थलबाट देवघाटका अन्य क्षेत्रमा नजान र सिधै फर्कनसमेत अनुरोध गरेको छ । देवघाटमा चितवन, तनहुँ, नवलपरासी, रुपन्देही, हेटौँडा, धादिङलगायतका जिल्लाबाट शवदाहका लागि ल्याउने गरिन्छ ।

स्थानीयद्धारा गाउँपालिकाको कार्यालयमा ताला

चितवन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् ।

गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । सातौँ गाउँसभामा वडा नम्बर ३ को वडा कार्यालय कहाँ राख्ने भन्ने प्रस्तावमा प्रष्ट बहुमत नपुगेपछि चुम्लिङटार र फिस्लिङ कहाँ राख्ने भनेर टुङ्गो लागेको थिएन । वडा कार्यालय फिस्लिङ राख्नुपर्ने प्रस्ताव वडाध्यक्ष गोवद्र्धन अधिकारीको थियो भने चुम्लिङटार हुनुपर्ने प्रस्ताव वडा सदस्य डिलबहादुर चेपाङको रहेको थियो । दुवै प्रस्तावमा जनप्रतिनिधिहरुको सङ्ख्याबाट बहुमत नपुगेपछि वडा कार्यालय कहाँ रहने भनी टुङ्गो लाग्न सकेको थिएन ।

असन्तुष्ट स्थानीयवासी शिव पौडेलले कोरोनाका कारण निषेधाज्ञा जारी रहेको समयमा वडा कार्यालय फिस्लिङ नै स्थायीरूपमा सार्ने मनसायले गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालको मिलेमोतेमा वडाध्यक्ष अधिकारीले जनतालाई थाहा नै नदिई सुटुक्क वडा कार्यालय सारेको आरोप लगाउनुभयो । उहाँले विवाद समाधान नभई वडा कार्यालय अन्यन्त्र सारेकाले दवाब दिन गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको बताउनुभयो । विवाद समाधान नभएसम्म ताला नखुल्ने उहाँले चेतावनी दिनुभयो । गाउँपालिका अध्यक्ष र वडाध्यक्षले जनताको माझ पर्ने स्थान छाडेर आफ्नै गाउँ फिस्लङमा सारेको असन्तुष्ट स्थानीयवासीहरुले आरोप लगाएका छन् ।

वडाध्यक्ष अधिकरीले भने विवाद नटुङ्गिएसम्मका लागि मात्र अस्थायीरूपमा तत्काल कार्यालय सञ्चालनका लागि फिस्लिङस्थित क्लबको भवनमा सामान लगिएको बताए । आगामी गाउँसभामा पारित हुने स्थानमा नै वडा कार्यालय स्थापना हुने उहाँले भन्दै आक्रोशित नबन्न आग्रह गरे । गाउँपालिका अध्यक्ष गुरुङले पनि तत्कालका लागि अस्थायीरूपमा मात्र फिस्लिङमा वडा कार्यालय सञ्चालन गर्न लागिएको बताए । उनले आगामी गाउँसभाबाट पारित हुने स्थानमा नै वडा कार्यालय स्थापना हुने बताए ।