चट्याङसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको र स्थानीय वायुको प्रभाव रहेको छ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

त्यस्तै आज राती गण्डकी र सुदूरपश्चिम  प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ।

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख ठगी गरेको एक युवती पक्राउ

काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख ठगी गरेको अभियोगमा एक युवती पक्राउ परेकाे छ

अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-१३ घर भई काठमाडौं महानगरपालिका-१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

सयना समेतले वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाई प्रतिष्ठित कम्पनीमा ३ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ३० लाख रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१ लाजिम्पाटबाट पक्राउ गरेको हो ।

 उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीले जनाएकाे छ ।

राजेन्द्र लिङ्देन सार्वजनिक लेखा समितिमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देन सार्वजनिक लेखा समिति सदस्य बनेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले लिङदेन सो समितिमा रहेको बताएका छन् ।

यस्तै एमाले सांसद गोकुल बास्कोटा, योगेश भट्टराई पनि सोही समितिमा परेका छन् ।

कोरोना अपडेट : १ सय ३ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ सय ३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभ पछिल्लो २४ घण्टामा १९ सय २५ जनामा कोरोना परीक्षण गर्दा १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् भने ५३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहँदा ८ जना आईसीयुमा रहेका छन्।

हाल देशभर ३ सय ७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

चट्याङ लागेर पन्ध्र जनाको मृत्यु

एजेन्सी । मेघगर्जन र चट्याङसँगै भारतका पश्चिम बङ्गालमा बिहीबार भएको भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा कामगरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् ।

बिहीबार साँझ चट्याङ लागेर पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन–तीन जनाको मृत्यु भएको पश्चिम बङ्गाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ । चट्याङ लागेर घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

भारतीय मौसम विज्ञान विभागले आगामी चौविस घण्टामा आंशिक बदली भई मेघगर्जनसहित पानी पर्ने जनाएको छ । सरकारी तथ्याङ्कअनुसार चट्याङ लागेर गत वर्ष भारतमा नौ सय सात जनाको मृत्यु भएको थियो ।

लुम्बिनीमा ४ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । लुम्बिनी प्रदेशमा ४ सदस्यीय मन्त्रिपरिषद गठन भएका छन् । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

प्रदेशसभाका ५३ सांसदको समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका चौधरीले आज पहिलाे चरणमा नेकपा माओवादी केन्द्र, जसपा र नागरिक उन्मुक्तिबाट एक–एक जनालाई मन्त्री बनाएका हुन् ।

माओवादीबाट धन बहादुर मास्के, जसपाबाट सन्तोष पाण्डे र नागरिक उन्मुक्तिबाट धर्म बहादुर चौधरी मन्त्री बनेका हुन् । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

चौधरीलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा, जनमत पार्टीका ३–३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका १–१ गरी ५३ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।

एकैदिन २२ उपसचिवको सरुवा, को-कहाँ ? 

काठमाडौँ। २२ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।

मन्त्रालयले कर्मचारी सरुवा गर्ने क्रमलाई निरन्तरता दिँदै आएको छ । सोही अनुसार २२ जना उपसचिवको सरुवा गरिएको हो । मन्त्रालयले केही समय अघि मात्रै ठुलो संख्यामा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको थियो  । मन्त्रालयले ठुलो संख्यामा शाखा अधिकृतको सरुवा तयारी गरेको छ ।

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बिहीबार सरुवा भएका उपसचिवहरुमा अर्थ मन्त्रालयका गणेश विक्रम शाहीको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा, शिक्षा विकास तथा समन्वय इकाई नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) का विष्णु प्रसाद भट्टराईको युवा तथा खेलकुद मन्त्रालयमा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकालको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशका लीलाधर अधिकारीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा र अर्थ मन्त्रालयका नारायण प्रसाद मैनालीको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरू नरहरि तिवारीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, मनोज रेग्मीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, होम प्रसाद घिमिरेलाई गृह मन्त्रालय, विकाउ कुमार यादवलाई महालेखा नियन्त्रकको कार्यालय र मोहन पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।

यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव कमल ज्ञवालीलाई जिल्ला समन्वय समितिको कार्यालय रुपन्देहीमा, सो ठाउका  उपसचिव धर्मा अर्याल बेल्वासेलाई प्रदेश प्रमुखको कार्यालय लुम्बिनी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव पङ्कज भुर्तेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै उपराष्ट्रपति कार्यालयकी उपसचिव विमला रोका श्रेष्ठको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ भने त्यहाँका कृष्ण प्रसाद बस्याल उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । यसैगरि  राष्ट्रिय योजना आयोगकी उपसचिव मुनका न्यौपानेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशका राधाकृष्ण खतिवडाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रवीन्द्र जङ्ग थापाको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

 राष्ट्रिय योजना आयोगका उपसचिव राकेश गुरुङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र त्यहाँका उपसचिव सूर्य प्रसाद उपाध्यायलाई शहरी विकास मन्त्रालय, शहरी विकास मन्त्रालयका उपसचिव बलराम ढकाललाई गृह मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी उपसचिव ज्योति के.सी.रावलको राष्ट्रिय योजना आयोगमा सरुवा भएको  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

उपसचिवको नतिजा सार्वजनिक(नामावलीसहित)

काठमाडाै‌ । लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ । आयोगले न्याय, सरकारी वकिल सेवा समूह उपसचिव वा सो सरह पदको नतिजा सार्वजनिक गरेको हो । माग पद संख्या तीन का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि १२ जना छनोट भएका हुन् ।

प्रदेश र स्थानीय तहमा दिने अनुदानमा ५० प्रतिशत कटौती

काठमाडाै‌ ।आम्दानीभन्दा खर्च बढी भएपछि सरकारले प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती गरेको छ । यही वैशाख १२ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको अनुदान कटौतीको निर्णय कार्यान्वयनका लागि अर्थमन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई परिपत्र गरेको छ ।

एकातिर रिटायर्ड शिक्षक,कर्मचारीलाई पेन्सन खुवाउनै नसक्ने स्थिती बनेको अर्कोतिर अयोग्य लडाकुलाई जनही दुइलाख दिने कार्यविधि पास भइसकेको छ । सोही कार्यविधि पास भएसँगै पूर्व लडाकुका नाममा एक अर्व चालिस लाख रकम खुवाउने बाटो खुलेको छ । अर्कोतिर राजश्व संकलनमा संकुचन आएको भन्दै सरकारले प्रदेश तथा स्थानीय तहमा जाने बित्तीय समानिकरण अनुदानको अन्तिम किस्ताको ५० प्रतिसतमा मात्र पठाउने निर्णय गरेको छ ।


अर्थ मन्त्रालयका अधिकृत चुरामणी अर्यालद्धारा एक विज्ञप्ति जारी गर्दै चालु आर्थिक वर्षको अन्तिम किस्ताको वित्तिय समानीकरण अनुदानबापतको रकम ५० प्रतिशतले कटौती गरिएको जनाएका छन् ।

विज्ञप्ती अनुसार प्रदेशमा ९ अर्ब ९३ करोड ६८ लाख रुपैयाँ र स्थानीय तहमा १३ अर्ब २० करोड १५ लाख रुपैयाँमात्र हस्तान्तरण हुनेछ । आर्थिक वर्ष २०७९र०८० मा हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तिय समानीकरण अनुदान रकम विनियोजन ऐन, २०७९ को दफा ४ को उपदफा ९३० बमोजिम हाललाई पचास प्रतिशतले हुन आउने रकम प्रदेशतर्फ रु ९ अर्ब ९३ करोड ६८ लाख र स्थानीय तहलाई रु १३ अर्ब २० करोड १५ लाख मात्र हस्तान्तरण गर्ने नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८० वैशाख १२ को निर्णयानुसार कार्यान्वयन गर्ने व्यवस्था हुन अनुरोध गर्दछु ।’

उपेन्द्र यादव शपथ ग्रहणमा उपस्थित भएन

काठमाडौं । उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभाका सदस्य उपेन्द्र यादव शपथ ग्रहणमा उपस्थित भएनन् । यादव काठमाडौंमा नरहेकाले शपथमा उपस्थित नभएको बताइएको छ ।

यही वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए ।

यद्यपि रास्वपाका सांसदद्वय रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

उद्योग विभागका अधिकृत र कार्यालय सहयोगी घुस रकमसहित पक्राउ

काठमाडौँ — उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत र कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन् । शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापालाई ४९ हजार ५ सय रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार समातेको हो । ट्रेडमार्क दिने क्रममा सेवाग्राहीबाट घुस लिएको उनीहरुमाथि आरोप छ । 

घुस माग गरेको उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रवक्ता भोला दाहालका अनुसार शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापालाई सेवाग्राहीबाट १२ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो।

घुस लिएको रकमबाहेक स्रोत नखुलेको ३७ हजार ५३५ रूपैयाँ पनि शाखा अधिकृतको कार्यकक्षबाट नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ आयोगले जनाएको छ।

पर्वत ट्राफिक, आठ हजार सवारीलाई कारबाही गरेर ६० लाख राजश्व

पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले नौ महिनाको अवधिमा करिब आठ हजार सवारी साधनलाई कारबाही गरेर झन्डै ६० लाख रुपैयाँ राजश्य सङ्कलन गरेको छ।

चालू आर्थिक वर्ष २०७९/०८० को साउनदेखि चैत महिनासम्मको अवधिमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारीहरूलाई गरिएको कारबाहीबाट उक्त राजश्व सलन भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार बजार क्षेत्र, ग्रामीण क्षेत्र र मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा गरिएको नियमित तथा छड्के अनुगमनका क्रममा सवारीको अवस्था ठिक नभएका, कागजात नमिलेका, ट्राफिक नियम उल्लङ्घन गरेका लगायतबाट ५९ लाख ९८ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ।

नौ महिनामा सबैभन्दा बढी कारबाहीमा पर्ने सवारीहरू जिप तथा कार रहेका छन्। चार हजार एक सय छ वटा कार तथा जिपलाई गरिएको कारबाहीबाट ३३ लाख ८० हजार रुपैयाँ सङ्कलन भएको छ। यस्तै एक हजार दुई सय ३६ वटा ट्रक र ट्रिपरमाथि गरिएको कारबाहीबाट आठ लाख १९ हजार पाँच सय, पाँच सय ९२ वटा बसबाट तीन लाख ७७ हजार पाँच सय, चार सय ४९ वटा ट्याक्टरबाट दुई लाख ८६ हजार, एक हजार पाँच सय १३ मोटरसाइकल तथा स्कुटरबाट ११ लाख ३१ हजार पाँच सय र अन्य चार वटा कारबाहीबाट तीन हजार पाँच सय रुपैयाँ राजश्व उठेको छ।

पछिल्लो तीन वर्षको राजश्व सङ्कलनको अवस्थालाई हेर्ने हो भने सबैभन्दा बढी राजश्व सङ्कलन हुने आर्थिक वर्ष २०७९/०८० नै बन्ने निश्चित भएको छ। गत आर्थिक वर्ष २०७८/०७९ मा नौ हजार नौ सय सवारीमाथि भएको कारबाहीबाट ६२ लाख ५४ हजार पाँच सय, २०७७/०७८ मा पाँच हजार पाँच सय तीन सवारीमाथि गरिएको कारबाहीबाट ३५ लाख सात हजार र २०७६/०७७ मा छ हजार तीन सात सवारीमाथि गरिएको कारबाहीबाट ३६ लाख ३९ हजार पाँच सय रुपैयाँ राजश्व उठेको थियो। गत आर्थिक वर्षको १२ महिनामा उठेको राजश्व भन्दा चालू आर्थिक वर्षको नौ महिनामा उठेको राजश्व दुई लाख रुपैयाँले मात्रै कम भएकोले १२ महिनामा अघिल्लो आर्थिक वर्षको भन्दा बढी राजश्व उठ्ने देखिएको छ।

बिदाको दिनमा पनि सरकारी नम्बर प्लेटका सवारीहरू सञ्चालन अनुमति नलिईकन सञ्चालन गरेको पाइएमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबाही गरेर सम्बन्धित कार्यालयलाई जिम्मा दिने गरेका छौँ। रातो नम्बर प्लेटका निजी सवारी साधनहरूले प्रयोजन विपरीत सार्वजनिक यातायातको जस्तै भाडामा सवारी सञ्चालन गर्दै आएकाहरू पनि हाम्रो निगरानीमा छन् र त्यस्ता सवारी साधनलाई पनि नियमानुसार अधिकतम कारबाही गरेका छौ फलस्वरूप राजश्वमा समेत वृद्धि भएको छ’, ट्राफिक प्रहरी प्रमुख निउरे भन्छन्, ‘हामीले ग्रामीण क्षेत्रमा पनि छड्के अनुगमन गरिरहेका छौँ। मध्यपहाडी लोकमार्गमा चल्ने तथा यही बाटो हुँदै पर्यटकीय क्षेत्र मुस्ताङ जानेहरूलाई पनि राम्रोसँग जाँच गर्ने काम भइरहेको छ।

प्रहरी नायव निरीक्षक निउरेका अनुसार पर्वत ट्राफिकले पछिल्लो समयमा प्रयोजन विपरीत चल्ने सरकारी सवारी, रातो ‘नम्बर प्लेट’ लिएर पनि सार्वजनिक सवारीको जस्तै व्यापार गरिरहेका सवारी साधन, मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरू तथा बजार क्षेत्रमा ट्राफिक नियम माने पनि ग्रामीण क्षेत्रमा प्रवेश गरेपछि नियममा लापरबाही गर्ने सवारीहरूमाथि बढी निगरानी गरिएको छ। ‘बिदाको दिनमा पनि सरकारी नम्बर प्लेटका सवारीहरू सञ्चालन अनुमति नलिईकन सञ्चालन गरेको पाइएमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबाही गरेर सम्बन्धित कार्यालयलाई जिम्मा दिने गरेका छौँ।’ट्राफिक प्रहरी प्रमुख निउरेले भन्नुभयो ।

सुनको मूल्य तोलामा ५ सय घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घटेर १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी चाँदीको मूल्य भने आज अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

महानगरले फाेड्याे शिक्षा विभागकाे ताला, बालेनले भने- विद्यालयमा राजनीति गर्नु अपराध नै हाे

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षा शाखामा लगाएको ताला फोडेको छ । नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले बुधबार दिउँसो महानगरको शिक्षा विभागमा लगाएको ताला फोडेको हो । नगर प्रमुख बालेन्द्र शाहले विद्यालयमा राजनीति गर्नु अपराध नै भएको दोहोर्‍याएका छन् ।

महानगरको शिक्षा शाखामा राजनीतिक दल निकट विद्यार्थी संगठनले लगाएको ताला तोडेर मेयर शाहले विद्यालयमा राजनीति गर्ने कुरा कल्पना पनि गर्न नसकिने जनाएका छन् ।

विद्यालयमा राजनीतिक गतिविधि बर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले गरेको ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारिएको उनले जनाएका छन् ।

शाहले ताला तोडिएको भिडियो फेसबूकमा राख्दै लेखेका छन्, ‘विद्यालय पढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं । त्यसमाथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो । यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि बर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले गरेको ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौं ।’

निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्तिको लागि दरखास्त आह्वान (सुचनासहित)

काठमाडौं । सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति प्रदान गर्नका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारीका सन्तानलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ । 
कक्षा १२ वा सो सरहको परीक्षामा कम्तीमा २.४ जीपीए वा ५० प्रतिशत भन्दा बढी अंक ल्याएका, स्वदेशी विश्वविद्यालय वा क्याम्पसहरुमा स्नातक तहमा भर्ना भएकाले आवेदन दिन सक्नेछन् ।