मगर दिवसमा परम्पराको झल्को

गण्डकी । कोही सेखु ओढिरहेका थिए, कोही डोको बोकिरहेका । कसैका काँधमा हलो/जुवा थिए त कसैका हातमा डम्फु र मादल । सोरठी र कौरा भाकामा कम्मर मर्काइमर्काइ नाच्ने युवायुवती हुन् या भाङ्ग्रामा सजिएका बूढापाका ।

मङ्गलबार पोखरा सभागृह परिसरमा यी र यस्तै दृश्यले आगन्तुकलाई तानिरहेको थियो । सन्दर्भ थियो ४२औँ मगर दिवसको । नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति कास्कीको अगुवाइमा मगरहरूले उल्लासपूर्वक दिवस मनाएका हुन् ।

गण्डक क्षेत्र आफैँमा मगर बाहुल्य भूमि हो । मगरहरू आफ्नो पहिचानमा हुरुक्क हुन्छन् । संस्कृति र रहनसहनमा खुलेर रमाउँछन् । बर्सेनि फागुन १५ उनीहरूका लागि रौनक लिएर आइपुग्छ । मगरहरू सङ्गठित भएको यस दिनलाई मगर समुदायले ‘मगर दिवस’का रूपमा मनाउँदै आएको छ ।

यहाँका मगरले यसपालि पनि आफ्नो एकता दिवसलाई धुमधामका साथ मनाए । मगरहरूका लागि घरघरमा खुसी साट्ने र मिठोमसिनो खाने अवसर पनि हो, यो दिवस । नेपाल मगर सङ्घ स्थापना भएको दिनलाई मगर दिवसका रूपमा मनाउने थिति बसेको समन्वय समितिका उपाध्यक्ष चन्द्रबहादुर पुर्जामगरले बताए ।

पोखरा सभागृहमा मूल समारोह आयोजना हुनुपूर्व पोखराको मुख्य सहरी क्षेत्रमा सांस्कृतिक झाँकी र पदयात्रा प्रदर्शन गरिएको उनले बताए । कास्कीभित्र रहेको सङ्घका तीन दर्जनबढी एकाइ समितिले पदयात्रामा सहभागिता जनाएका थिए ।

सो अवसरमा जातीय वेशभूषासहित मगर समुदायको संस्कृति, रीतिरिवाज झल्काउने सांस्कृतिक झाँकी, गीत र नाच प्रस्तुत गरिएको थियो । झाँकीमा किशोरकिशोरीदेखि ज्येष्ठ नागरिकसम्मले उत्साहपूर्वक भाग लिएका थिए । समारोहमा सोरठी, कौरालगायत परम्परागत नाच देखाइएको थियो ।

सहभागीले दिवसका नारा उल्लेख गरिएका ‘प्लेकार्ड’ पनि बोकेका थिए । पदयात्रापछि उनीहरूले पोखरा सभागृहमा शुभकामना आदानप्रदान, खानपान र नाचगानसहित खुसीयाली साटेका थिए । उपाध्यक्ष पुर्जामगरले दिवसले देशविदेशमा रहेका मगर समुदायबीच एकताको सन्देश प्रवाह गर्ने बताए ।

“यो दिवसले मगर समुदायको हकहितको रक्षा र अधिकार प्राप्तिका लागि थप सङ्गठति हुन प्रेरित गर्दछ”, उनले भने, ‘राज्यको शासन प्रणालीमा मगरहरूको पहिचान स्थापित हुनुपर्छ भन्ने हाम्रो माग रहिआएको छ ।’

दिवसमा सहभागी तिलक पुनले आफ्नो समुदायको हकहितका पक्षमा आवाज उठाउनुका साथै मौलिक संस्कृतिको जगेर्नामा पनि दिवसले मद्दत पुर्याएको बताउनुभयो । उहाँले सुरुमा स्थापना दिवसका मनाउन सुरु गरिएको दिवसले अहिले सांस्कृतिक पर्वको जस्तै स्वरुप लिन थालेको उनको भनाइ छ ।

समाजमा रहेका विभिन्न धर्म सम्प्रदाय, जातजाति र भाषाभाषीबीचको एकता र भातृत्वलाई सुदृढ गर्नुपर्नेमा दिवसमा सहभागीले जोड दिएका थिए । समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मगर समुदायको मौलिक कला,संस्कृति पुस्तान्तरण हुनुपर्नेमा जोड दिए ।

उनले इतिहास, कला, संस्कृतिको जगेर्ना गर्न नसके कुनै पनि समाज अगाडि बढ्न नसक्ने बताए । ‘ठूल्ठूला पूर्वाधार बनाउनु, बाटाघाटा निर्माण गर्नुमात्र विकास होइन, समुदायको संस्कृति र परम्परालाई पनि संरक्षण गर्नु हाम्रो दायित्व हो”, उनले भने, ‘मगर भाषा र संस्कृतिको संरक्षणका लागि महानगर आवश्यक सहयोग गर्न तयार छ, प्रस्ताव लिएर आउनुहोला ।’

पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्न लागिएको भन्दै उनले पर्यटकीय आकर्षणका लागि कला र संस्कृतिको जगेर्ना अपरिहार्य रहेको बताए । विसं २०३९ फागुन १५ गते तनहुँको दमौलीका हेमबहादुर पुनमगरको अध्यक्षतामा नेपाल लाङ्घाली परिवार सङ्घको पहिलो राष्ट्रिय महाधिवेशन भएको थियो । महाधिवेशन भएको दिनलाई नेपाल मगर सङ्घले स्थापना दिवसका रूपमा मनाउँदै आएको छ ।

सोही स्थापना दिवसलाई पछि मगर एकता दिवसका रूपमा मनाउन थालिएको सङ्घले जनाएको छ । कास्की, बागलङ, म्याग्दी, तनहुँसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगितालगायत आयोजना गरी दिवस मनाइएको छ । दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका थिए ।

कस्तो रहला आजको मौसम ?

काठमाडौं । आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भ-भागमा मौसम मुख्यतया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले मौसममा सामान्य बदली भएको छ ।

आज उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार र शुक्रबार पनि मौसममा आंशिक बदली जारी रहने र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने महाशाखाले जनाएको छ ।

एनसेलको योजना अनुसार प्राधिकरण आएका अध्यक्ष भण्डारीको शुरूवात नै विवादास्पद

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीको ‘पे नेप प्रालि’मा १ लाख ५६ हजार रुपैयाँ १ लाख ५६ हजार थान शेयर भएको खुलेको छ । उनी ‘पे नेप प्रालि’ को संस्थापक शेयरधनी हुन् ।

उक्त संस्थाको उनी संस्थापक सेयरधनी मात्रै नभएर अध्यक्षसमेत भएर काम गरिसकेका छन् ।

यो कम्पनी २०७६ साउन १५ गते नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरी मोबाइल पेमेन्ट सर्भिस प्रोभाइडरका रूपमा सञ्चालनमा आएको हो ।

मोबाइल बैंकिङसम्बन्धी संस्था भएकाले उक्त संस्थाले दूरसञ्चार प्राधिकरणसँग प्रत्यक्ष सरोकार राख्छ । यसरी प्रत्यक्ष सरोकार राख्ने संस्थामा भण्डरीको सरोकार जोडिनुका साथै स्वार्थ समेत बाझिएको छ ।

सञ्चार सेवा वा प्रणाली सञ्चालन गर्ने कुनै फर्म वा संगठित संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वामित्व वा निजी स्वार्थ भएमा अध्यक्ष वा सदस्य पदबाट हटाउन सकिने दूर सञ्चार ऐन,२०५३ को दफा (९)को खण्ड (ङ) मा प्रस्ट लेखिएको छ ।

भण्डारीले सन् २००८ देखि २०१५ सम्म उपेन्द्र महतोले लगानी गरेको स्मार्ट मोबाइल बुरुण्डीको कार्यकारी प्रमुख भएर काम गरेका थिए । त्यति मात्र होइन, भण्डारीले महतोको लगानी रहेका बेला तत्कालीन मेरो मोबाइल (हाल एनसेल)मा वित्तीय प्रमुखको रूपमा काम गरिसकेका छन् ।

प्राप्त जानकारी अनुसार एनसेलको रकम मन्त्री रेखा शर्माका श्रीमान लाई बुझाएर अध्यक्ष भएका भण्डारी को नियुक्तिमा चुनावका बेला अरबौ उठाइदिने शर्तमा प्रधानमन्त्री प्रचण्ड कम्पनी समेत सहमत भएको समाचार श्रोत बताउछ।

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ ।

ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

‘दश जनालाई नियन्त्रणमा लिएका छौँ’ उनले भने, ‘अहिले छानबिन जारी छ । छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गछौँ ।’

गृहमन्त्रालय प्रशासन महाशाखामा पण्डितलाई जिम्मेवारी

काठमाडौ । गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव रुद्र प्रसाद पण्डितलाई दिइएको छ । केहीबेर अघि मात्रै मन्त्री नारायणकाजी श्रेष्ठले शक्तिशाली र महत्त्वपूर्ण मानिने प्रशासन महाशाखा प्रमुखमा पण्डितलाई पठाउने निर्णय गरेका हुन् ।

तत्कालीन महाशाखा प्रमुख केदारनाथ शर्मा कायम मुकायम प्रदेश प्रमुख सचिवमा खटाइएसँगै लामो समय रिक्त हुन पुगेको महाशाखामा पण्डितलाई ल्याइएको हो । ललितपुर प्रमुख जिल्ला अधिकारी रहेका पण्डित बालकुमारी घटनापछि मन्त्रालय झिकाइएको थियो ।

कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरूको प्रदर्शनसँग भएको झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । फागुन ४ गते घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । आफनो काम इमानदारीसाथ गरिरहेका तत्कालीन प्रजिअ पण्डित लाई  सरुवा गर्नुपर्ने कुनै कारण थिएन तर घटनाको व्यापक  बिरोध भए सगै सरुवा गरिएको थियो।प्रशासन क्षेत्रका इमान्दार ब्याक्तित्व पण्डितको यो जिम्मेवारीलाई धेरैले खुसी व्यक्त गरेका छन्।

सतर्कता केन्द्रका सचिब साह चोर लाई लिस्नु बन्दै

काठमाडौ । प्रशासनिक क्षेत्रको उच्च तहसचिब पद जो सम्मानित पद मानिन्छत्यसको आकर्षण नै बेग्लै छ तर काण्डै काण्डमा मुछिएका पात्र सचिब बने सगै पद कै गरिमा लजाएको बताइन्छ ।

जहाँ बस्यो योन काण्डमा मुछिएका राष्ट्रिय सतर्कता केन्द्रका सचिब राम आधार साह कसरी सचिब भए कसरी सम्बन्धित निकायको जिम्मेवारी पाएका हुन दुनियाँ छ्क्क परेका छ्न। सुर्खेतमा कार्यरत रहदा बलात्कार केशमा परेका सचिब साह नाप तौल बिभागमा हुदा काठमाडौंका तत्कालीन प्रजिअ यादव कोइरालाले हिरासतमा लिएका थिए।

जागिरे जीवनकालमा दर्जन महिला कर्मचारीलाई दुव्र्यवहार गर्न सफल भएका उनै साह लाई साच्चै कानुनले काम गरेको थियो भने जेलको हावा खुवाउनु पर्ने उनले जब सतर्कता केन्द्र समाले तब चोर लाई लिस्नु बन्न पुगेको जानकारहरु बताउछ्न।प्राविधिक कोटा बाट सचिब बढुवा हुने बखत समितिले समेत यो नमुना लाई बढुवा गर्दा सचिब पद कै बेइज्जत हुन्छ भन्दै दुइपटक सम्म बढुवा रोकिएको थियो।जब सचिबमा बढुवा भए तब बिगतमा गरेका अपराध पखालिएको अनुभुती गर्दै नानी देखी लागेको बानी सुधार्न सकेनन् ।खाने पानी मन्त्रालयमा उनलाई ब्यहोर्नेहरुको गुनासो मात्रै होइन सतर्कता केन्द्रमा त उनले एक जना तराई बासी अनलाइन वाला लाई बोलाएर न्युज लेखाएर त्यसै न्युजको आधारमा वार्गेनिङ गर्ने उनको मेसो बुझ्ने सतर्कताका कर्मचारी ले पछिल्ला दिनमा उनलाई टेर्न छाडेको बताइन्छ। प्राप्त जानकारी अनुसार गाउँ पालिकाको सचिब जतिको पनि हैसियत नराख्ने उनको बोल्ने शैली देखी गर्ने व्यबहार अत्यन्तै रुखो मात्रै होइन हरेक काममा दाम खोज्ने शैलीका कारण सतर्कता केन्द्र साहका लाई चोर लाई लिस्नु बन्न पुगेको उनलाई चिन्नेहरु बताउछ्न। कतिपय महिलाले कार्वाही गर्न माग गरिरहे पनि बलात्कारको आरोपित यिनी कस्तो संरक्षणमा छ्न खोजीको बिषय बनेको छ।

पछिल्ला दिनमा खानेपानी छोडनु परेको पिडाबाट प्रताडित बनेका सचिब साहले सतर्कता केन्द्र्मा पुगेपछि सस्थाको दुरुपयोग गर्दै अख्तियारको दुरुपयोग गर्दै अन्धाधुन्ध पत्र काटे भन्दै प्रचारप्रसामा लागेका संचार माध्यमले उनले बिगतमा गरेका हर्कत केन्द्रित बिषय प्रचारको सन्दर्भ बन्दैन प्रश्न उठाइएको छ।

समाजवादी मोर्चाको संयोजकमा ‘विप्लव’

काठमाडौँ । समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बनेका छन्। यसअघि मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए।

आज बसेको समाजवादी मोर्चाको बैठकले ‘विप्लव’लाई संयोजक बनाउने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। गत असारमा गठन भएको समाजवादी मोर्चाले तीन-तीन महिनामा चक्रिय प्रणालीअनुसार नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो।

आजको बैठकले बाँकी रहेका जिल्लामा समाजवादी मोर्चा विस्तार गर्ने निर्णय पनि गरेको छ। अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चा विस्तार भइरहेको गुरुङले बताए।

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । 

मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। यसका लागि आज आइतबार २ बजे प्रदेशसभाको बैठक बोलाइएको छ। यसअघि गत जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३०औँ दिनमा जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थिए।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। नेपालको संविधान २०७२ को धारा १८८ को २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिनसक्ने प्रावधान रहेको छ।

मधेस प्रदेश सरकारमा एक सय सात प्रदेशसभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ। प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा (एमाले)को २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ।

सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको नौ, नेकपा (माओवादी केन्द्र) को नौ र नेकपा (एकीकृत समाजवादी) पार्टीको सात, नेपाल सङ्घीय समाजवादी पार्टी एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक सिट र तीन स्वतन्त्र रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता अरुणकुमार झाले बताए।

मधेस प्रदेश सरकारमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, लोसपा, माओवादी केन्द्र र नेकपा (एस) रहेका छन्। चार दल मिलाउँदा ६५ सदस्यको समर्थन देखिएको छ।

यस्तो छ तपाईंको ४ फाल्गुन २०८०, शुक्रबार आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजबाट भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज स्वास्थ्यमा खर्च बढ्नेछ । सानो तिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । सांगीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले राम्रै सहयोग गर्नेछन् , तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम पनि बिग्रिएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट विस्तारै लाभ हुनेछ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर(सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ३५ पैसा र बिक्री दर १४३ रुपैयाँ ०० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

१०४५ जना प्रहरी हवल्दार पदमा बढुवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत एक हजार ४५  जना सहायक हवल्दार प्रहरी हल्दार पदमा बढुवा भएका छन् । 

प्रहरी उपरीक्षकको फागुन १ गतेको निर्णय अनुसार उनीहरूलाई बढुवा गरिएको हो । बढुवासँगै उनीहरुको पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

सूची हेर्नुहोस्ः

भाटभटेनीका मालिक मीनबहादुर गुरुङलाई दुई वर्ष कैद सजाय

काठमाडौं बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलाई दुई वर्ष कैद सजाय सुनाएको छ । 

विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त फैसला गरेको हो।

‘मोहीको भूमिकामा रहेका प्रतिवादीहरुको बयान समेतबाट अना’धिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मतियारको भूमिका निर्वाह गरी सट्टा भर्नाको जग्गा प्रतिवादीहरू मीनबहादुर गुरङ, राम कुमार सुवेदी र शोभाकान्त ढकालले नै आफ्नो र आफन्तको नाममा राजीनामा रजिष्ट्रेशन गरेको देखिएको अवस्था हुँदा सट्टाभर्नाको कार्यबाट गैरकानूनी लाभ लिने प्रतिवादीहरू मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाललाइ भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) (ज) को कसूरमा सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य प्रतिवादीसरह नै जनही २ वर्ष कैद र विगो बमोजिम रु ८० लाख ४८ हजार जरिवाना हुने ठहर्छ’, विशेषको फैसलामा भनिएको छ।

यस्तो छ तपाईंको ३ फाल्गुन २०८०, बिहीबार आजको राशिफल

मेष : समय राम्रो छ। धर्मको बारेमा ज्ञान प्राप्त हुनेछ। आफूले आफूलाई चिन्ने दिन हो। लगानी भएका क्षेत्रमध्ये शिक्षामा फाइदा होला। स्वास्थ्यमा लाभ होला। वैदेशिक लगानीबाट आम्दानी बढ्नेछ। परिवारसँगको सम्बन्धमा भने खटपटी हुनेछ।

वृष : शिक्षा क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। सञ्चित धन खर्च हुनसक्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा मान र सम्मान बढ्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मिथुन : गुरुको साथ मिल्नेछ। शिक्षा क्षेत्रमा रोजगारीको अवसर मिल्नेछ। स्वास्थमा पुरानो रोगले दु :ख दिनसक्छ। नियमित खाने औषधि नछुटाउनु होला। परिवारको साथ मिल्नेछ।

कर्कट : दैनिकी सामान्य छ। झुटा आरोपको सामना गर्नुपर्नेछ। आफूले गरेको राम्रो कामको जस अरुले लिन सक्छन्। लामो यात्रामा आफैं सवारी नचलाउनु राम्रो हुन्छ। विदेश यात्रा सफल हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : परिवारले शंका गर्ने योग छ। सामाजिक क्षेत्रमा भने तपाईंको प्रशंसा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट लाभ हुनेछ। वैदेशिक क्षेत्रमा ठग सक्रिय रहेकाले लगानी गर्दा सचेत हुनु राम्रो हुन्छ।

कन्या : समय राम्रो छ। शिक्षामा सम्मान प्राप्त हुनेछ। व्यापारमा नाफा कमाउने योग छ। विदेशमा भएको लगानीबाट फाइदा हुनेछ। गुरुबाट सहयोग नहुने देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ।

तुला : समय राम्रो छ। अचानक पुरानो रोग बढ्ने भएकाले खानपानमा ख्याल गर्नुहोला। लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। सामाजिक सम्मान प्राप्त हुनेछ। विदेशको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : आफ्नो कुरा काट्ने धेरै छन्। सचेत भएर काम गर्नुपर्ने देखिन्छ। प्रतिस्पर्धी परास्त हुने योग रहेको छ। शिक्षामा मानसम्मान र सामाजिक संस्थामा कदर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। अचानक लाभ हुने योग रहेको छ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। कुरा काट्नेहरु शान्त रहनेछन्। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : बोलीको प्रभावले धेरै काम बन्नेछन्। अचानक धन खर्च हुने योग रहेको छ। परिवारमा झगडा सुन्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट मन सन्तुष्ट हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। आफूले आफूलाई चिन्ने र सम्हालिएर काम गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारमा हारेर भए पनि आफ्नो काम सफल पार्नुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मीन : नयाँ ठाउँको यात्रामा जाने योग छ। साथीसँगको यात्रा हुने भएकाले दिन रमाइलो हुनेछ। परिवारको साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। साथीसँगको सम्बन्ध दरिलो बन्नेछ।

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० जना घाइते

चन्द्रौटा ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस गएराति सडकबाट दुई सय मिटर तल खसेको हो।

दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। मृतकको पहिचान हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

ललिता निवास प्रकरणको फैसला आज आउने

काठमाडौँ । ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणको फैसला आज आउने भएको छ । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज फैसला सुनाउने तयारी गरेको छ ।

ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला तयार भएकोले आज सुनाउने तयारी गरिएको विशेष अदालतका प्रवक्ताले जानकारी दिए ।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो ।