२२ जना सहसचिव र उपसचिवको सरुवा

काठमाडाै । गृह मन्त्रालयले मंगलबार २२ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले मंगलबार विभिन्न जिल्लामा २२ जना सहसचिव र उपसचिवको सरुवा गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवजासम्बन्धि निर्णय गरेका हुन् । निष्पक्ष रुपमा सरुवा गरिएको मन्त्रालयको दाबी छ ।

हालै गृहमा सरुवा भएका सहसचिवहरुलाई विभिन्न जिल्लामा सिडिओका रुपमा खटाइएको छ । धनुषामा रामुराज कडरिया, खोटाङमा शिवकुमार कार्की, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मिना अर्याल र ताप्लेजुङमा रविन्द्र आचार्यलाई सिडिओमा खटाइएको छ। त्यस्तै, संखुवासभामा सहसचिव धुव्रबहादुर खड्का, अर्घाखाँचीमा सूर्यबहादुर खत्री, लमजुङमा बुद्ध बहादुर गुरुङ र ओखलढुंगामा नारायण ढकाललाई पठाइएको छ । रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटामा ऋषिराज आचार्य सिडिओ भएका छन् । सरुवाअघि कार्यविधि संशोधन गरिएको छ ।

त्यस्तै, अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव कोषहरी निरौलालाई दिइएको छ भने नरबहादुर थापालाई विमानस्थल अध्यागमनको प्रमुख बनाइएको छ ।