आज महाशिवरात्रि, कसरी हुँदैछ ट्राफिक व्यवस्थापन ?

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ ।

महाशिवरात्रि पर्वको अवसरमा गौशाला स्थित पवित्र पाशुपत क्षेत्रमा दर्शनार्थीहरूको भिडभाडहुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो-बानेश्‍वर,
ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिने छ ।

मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै
डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न सम्पुर्ण चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ
उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध समेत गरे ।

  1. आबश्यकता अनुसार डाईभर्सन गरिने स्थानहरु:–
     चावहिलबाट गौशालातर्फ ।
     पुरानो बानेश्‍वरबाट गौशालातर्फ ।
     ज्ञानेश्‍वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
     द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।
     सिफल चौरबाट जयबागेश्‍वरीतर्फ ।
     लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।

 गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।
 तिलगंगाबाट गौशालातर्फ ।
 मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ

 जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक
सवारी साधनहरु गौरीघाटतर्फ ।
 सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने
मार्ग ।
 जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन
चुच्चेपाटीबाट चावहिलतर्फ ।
तर मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक
र भक्तजनहरुका निजी सवारी साधनहरुलाई ट्राफिक चाप र अबस्था
हेरी व्यबस्थापन र डाईभर्सन गरिने छ ।

  1. मालबाहक सवारी साधनलाई गरिने डाईभर्सन
     कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाह
    सवारी साधनहरु जडिबुटी, काँडाघारी हुँदै बौद्धतर्फ संचालन हुने,
     कोटेश्वर तिनकुने हुदैं पशुपती वरपर तर्फ जाने मालवाहक सवारी
    साधनहरु तीनकुने आसपास व्यबस्थापन गरिने ।
     महाराजगंज, चावहिल हुदैं पशुपती वरपर जाने मालवाहक सवारी
    साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।
     कोटेश्‍वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी
    साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध
    जोरपाटीसम्म पुग्न सक्ने ।
  2. पार्किङ्गको व्यबस्थापन गरिएका स्थानहरु

 सिफल चौर (दर्शानार्थीहरुको)
 कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
 भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
 तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र
पर्यटकका सवारी साधनहरु)
 वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स,
खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु)
 गुहेश्‍वरी पारी(तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु)

  1. जनशक्ती परिचालन
     महाशिवरात्री मेलाको ट्राफिक व्यबस्थापन गर्नको लागी मात्र कुल ५१३ जना
    ट्राफिक प्रहरी खटाइएको छ ।
     प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाईभर्सन ड्यूटी लगायतमा उक्त ट्राफिक प्रहरी
    परिचालन गरिने छ ।
     यस बाहेक बिशिष्ट व्यक्तिहरुको भ्रमण व्यबस्थापन र अन्य स्थानहरुको नियमित
    गरिने ट्राफिक व्यबस्थापनमा समेत थप जनशक्ती परिचालन गरिने छ ।