फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा समस्या किन आयो ?

काठमाडाै । मगलबार नेपाली समयअनुसार बेलुकी करिब ९ बजेतिर एक्कासी सोसल मिडिया प्लाटफर्म फेसुबक, फेसबुक मेसेन्जर र इन्स्टाग्राममा समस्या आयो । लगइन गर्न खोज्दा ती प्लाटफर्म धेरैवेर खुलेनन् ।

करिब एक घण्टा अवरुद्ध भएपछि फेसबुक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम पुन: सञ्चालनमा आएका छन् । उक्त समस्या किन देखिए भन्ने कारण भने मेटाले अहिलेसम्म खुलाएका छैनन् । नेपालमा मात्रै नभएर ती प्लाटफर्ममा विश्वभरी नै  अवरुद्ध भएका थिए ।

फेसबुकको आन्तरिक श्रोतलाई उधृत गर्दै डेलीमेलले जनाए अनुसार यसअघि पनि कम्पनीको आन्तरिक प्रणालीहरु पनि अबरुद्ध भएका थिए ।