लकडाउन खुलेपछि उपत्यकाबासिले छुट्टै शहर पाउने छन्

काठमाडौ । आजका दिनमा झण्डै विश्वले नै लकडाउनको स्थिती सामाना गरिरहेको छ । नेपालले पनि आफुलाई लकडाउनको परिवेशमा राख्नु परेको छ ।

आज शुक्रबार लकडाउनको ११ औ दिन बितेको छ ।


हिजोको दिनमा सुन्दर वातावरणको अपेक्षा राख्नु काठमाडौ बासिहरुको लागि सपना मात्र थियोे ।
लकडाउनसँगै राजधानीका सडक तुलनात्मक रुपमा सुनसान छन् । कतिपय ठाउँबाट काठमाडौं वरपरका हिमालका सुन्दर दृश्य र फराकिला, चिल्ला सडकमा हरियाली समेतले आकर्षक दृश्य देख्न सकिन्छ । दैनिक धुलो धुवा र कतिपय स्थानमा खाल्डाखुल्डी रहेको उपत्यका सहर एकाएक आर्कषक देखिदै गएको छ । लकडाउन पछि बाहिर निस्कने उपत्यका बासिले लकडाउन पर्नुअघि भन्दा विल्कुल भिन्न सहर पाउने छन् ।


लकडाउनमा परेको उपत्यका सहर भित्रका कामहरु सडक विभागको नेतृत्वले निरन्तर गर्दै आएको कारण उपत्यकाबासिले भिन्न सहर उपहार स्वरुप पाउने भएका हुन् । लकडाउन खुलेपछि धुरो रहित, चिल्ला सडक, सेता ट्राफिक चिन्हहरुले साच्चै उपत्यकाबासिहका सपनाहरु यर्थाथमा परिणत भएको अनुभूति धेरैले गर्नेछन् ।


सडक विभागले राजधानीमा फराकिलो पारिएका सडकको पेन्टिंगलाई केही दिन अघिसम्म धमाधम सञ्चालन गरीरहेको थियो । अहिले एक, दुई जनाले मेसिनबाट गर्न सक्ने कामलाई अझै पनि अघि बढाइरहेकै छ ।
जसले गर्दा फाटफुट सडकमा निस्किने पैदयात्रुले असाध्यै सफा र चम्किलो सडक देख्न पाएका छन् ।

सामुहिक रुपमा धेरैले गर्नुपर्ने, भत्काएर बनाउनुपर्ने जस्ता काम भने लकडाउन खुलेपछि मात्र गरिने र त्यसका लागि आवश्यक तयारीमा रहेको विभागका महानिर्देशक केशव शर्माले सम्पत्ति न्यूजलाई बताउनु भएको छ ।


यतिबेला उपत्यका शहरमा भएका कामलाई नियाल्ने हो भने, गर्दा धेरैकुरा सम्भव हुँदो रहेछ भन्ने कुरालाई सडक विभागका महानिर्देशकले पुष्टि गराएका छन् । पछिल्लो समय देशभरका सडकहरुका काम अगाडी बढेका छन् भने काम नगरी बस्ने निर्माण कम्पनीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याएर विभागका महानिर्देशक शर्माले सडक निर्माणको गतिलाई तिव्रता दिएको वास्तविकता बझ्नेहरुले उनलाई धन्यवाद समेत दिन थालेका छन् ।

महानिर्देशक केशवकुमार शर्मा, सडक विभाग