कोरोनाको कारण नेपालको आर्थिक वृदि दरमा उच्च गिरावट आउनेः विश्व बैंक

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर उच्च रुपले खुम्चिन सक्ने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले आइतबार दक्षिण यसियाली क्षेत्रको कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्र उच्च प्रभावित हुन सक्ने रिपोर्ट तयार गर्दै नेपालको अर्थतन्त्र पनि १.५ देखि २.८ सम्म खुम्चन सक्ने प्रक्षेपण गरेको छ ।

विश्व बैंकको आइतबार सार्वजनिके रिपोर्टमा रेमिटेन्स आप्रवाहमा गिरावट आउने उल्लेख गरिएको छ । यसैगरी, पर्यटन तथा सेवा क्षेत्रमा संकुचन, व्यापारमा गिरावट लगायतले आर्थिक गतिविधि बेस्सरी प्रभावित हुने बताइएको छ ।


सीमा नाकाहरु बन्दको कारण आयात–निर्यात व्यापार प्रभावित हुनेछ । जारी लक डाउनका कारण औद्यागिक उत्पादन तथा सेवा क्षेत्र पनि प्रभावित भएको छ । कोरोना भाइरस संक्रमणको प्रभाव र लक डाउन कतिसम्म लम्बिने हो त्यसले आर्थिक गतिविधि र वृद्धिदरको वास्तविक आँकलन हुन सक्ने पनि विश्व बैंकको भनाई छ ।