एएफसी एसियन कप छनोट चरणअन्तर्गत यमनविरुद्ध खेल्ने राष्ट्रिय टोलीको घोषणा

काठमाडौँ । एएफसी एसियन कप छनोट चरणअन्तर्गत यहि चैत १३ गते नेपाली राष्ट्रिय फुटबलले  टोलीले समूहको आफ्नो अन्तिम खेल यमन विरुद्ध खेल्दै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाए अनुसार प्रशिक्षक ग्योतोकु कोजीले अर्को साता यमनविरुद्धको  खेलका लागि २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका छन् ।

समूह चरणमा एक अंकमात्र  जोडेको नेपाल अंकतालिकाको पुछारमा रहेको छ । यो खेल नेपालको प्रतिष्ठा लागि मात्रै  हुने बताइएको  छ ।

यमनविरुद्ध खेल्ने २० सदस्यीय नेपाली टिम यस प्रकार रहेको छ ।

गोलकिपर– किरण चेमजोङ, विशेक कुथु, एलन न्यौपाने

डिफेन्डर– विराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी

मिडफिल्डर– विशाल राई, रोहित चन्द, हेमन्त थापामर, हेमन गुरुङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, सुनिल बल,  सुमन लामा

फरवार्ड– विमल घर्तीमगर, नवयुग श्रेष्ठ, जज्प्रिन्स कार्की

गोलकिपर प्रशिक्षक –  उज्ज्वल मानन्धर

फोटो हाम्रो खेलकुदबाट

मेस्सीले आफ्नो आधारिक फेसबुक पेजमा नेपालको झण्डा राखे

स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टनाका चर्चित खेलाडी  लियोनेल मेस्सीले आयोजना गरेको मेस्सी आर्ट प्रतियोगितामा नेपाली कलाकार सनिल चित्रकार विजयी बनेका छन् ।

यो जानकारी लियोनेल मेस्सी स्वयम्ले आफ्नो आधारिक फेसबुक पेजमा ब्यक्त गरि विजेताको घोषणा गरेका  छन् । अनलाइन भोटिङमार्फत यस प्रतियोगिताको विजेता छनौट गरिएको हो । लियोनेल मेस्सी स्वयम्ले आफ्नो आधारिक फेसबुक पेजबाट विजेताको घोषणा गरे । उनले आफ्नो फेसबुक पेजमा नेपालको झण्डा पनि राखेका छन् ।

अनलाइन भोटिङमार्फत प्रतियोगिताको विजेता छनौट गरिएकोमा उनले २५ हजारभन्दा बढी भोट प्राप्त गरि बिजयी भएका हुन् ।

विजेता बनेका उनले  मेस्सीले हस्ताक्षर गरेको जर्सी प्राप्त गर्नेछन् भने उनको चित्रलाई सान्ट जोन डि डेउ अस्पताललाई लिलामीका लागि प्रदान गरिनेछ । लिलामीबाट उठेको रकम क्यानसर पीडित बालबालिकाका लागि प्रयोग गरिनेछ ।

बलिउडका चर्चित नायक काठमाडौंमा

पछिल्लो केहि समय यता बलिउडबाट चर्चित कलाकारहरु नेपाल आउने क्रम बढ्दो छ। भर्खरै मात्र एक अवार्ड कार्यक्रमका लागि भनेर माला सिन्हा र सिपि लोहनी काठमाडौं आए लगत्तै बलिउडका अर्का चर्चित नायक सुनील सेट्टीपनि काठमाडौं आएका छन् । श्रीमतीका साथ आएका सेट्टी कुनै प्रोग्रामको लागी नभएर नितान्त नेपाल भ्रमणको लागी आएका हुन् ।अहिले उनि काठमाडौंका विभिन्न धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको भ्रमण गरिरहेका छन् । भ्रमणको क्रममा उनले चन्द्रागिरी हिल्सको पनि भ्रमण गरिरहेका छन् ।चन्द्रागिरिमा उनलाई चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गरेका थिए भने शेट्टीले चन्द्रागिरी भ्रमण निकै रमाइलो भएको बताए।

कतारमा संसारकै हाईटेक शहर निर्माण गरिदै

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका लागि भनेर कतारको राजधानी दोहाबाट करिब २३ किलोमिटर टाढा संसारकै हाईटेक शहर निर्माण गरिदैछ । ४३०० अर्ब खर्च गरेर निर्माण थालिएको यो सहरको नाम लुसैल रहेको छ ।

कतार सरकार र अनेकौं निर्माण व्यवसायी कम्पनीहरू मिलेर निर्माण गरिरहेका यो शरहमा रंगशाला, शपिङ मल, अस्पताल र मानिस बस्ने घर सबै हुनेछन् । विद्युतीय सामग्रीदेखि लिएर ट्राफिक व्यवस्था सबै कम्प्युटराइज्ड हुनेछ । कतारले मरुभूमि र समुद्रमा यो शहर बनाइरहेको छ । । यही शहरमा फूटबल विश्वकपको फाइनल खेल हुने सन् २०१९ सम्ममा यो शहर तयार हुने बताइएको

लुसैल शहर पुग्नका लागि पर्यटकले लाइट ट्रेन, वाटर ट्याक्सी र अन्डरग्राउन्ट प्यासेजको प्रयोग गर्न सक्छन् । वातावरण संरक्षणका लागि सोलर प्यानल पनि ब्यबस्था गरिने  छ ।

करीब दुई लाख ५० हजार मानिस बस्ने व्यवस्था गरिन लागिएको यो शहरमा टापु, चिडियाखाना र गल्फ कोर्स समेत रहने छ । यो शहर अडतीस वर्गकिलोमिटरमा फैलिएको छ । एजेन्सी

एनआरएनए सचिवमा डा. देवी बस्नेतको सम्भावना

काठमाडौ । राजधानीमा विश्वभरका गैर आवासीय नेपालीहरुको संघ एनआरएनएको महाधिवेशन चलिरहेको छ । अध्यक्ष लगायत सबै पदहरुका उम्मेदवारहरु आफूँले जित हात पार्न लागिरहेका छन् । यसबीच एनआरएनएको ८ औं सम्मेलनमा सचिव पदमा डा. देवी बहादुर बस्नेतले पनि दाबी गर्दै आफ्नो उम्मेदवारी दिनुभएको छ ।
बस्नेत यसभन्दा अगाडि एनआरएनएका कोरियाका संस्थापक उपाध्यक्ष, महासचिवको सफल जिम्मेवारी बहन गरिसक्नुभएको छ । त्यसैगरी उहाँ आइसीसीका सदस्य, एसिया प्यासिफिकका क्षेत्रीय संयोजक रहिसक्नुभएको छ । डा. बस्नेतसँग नेपालको आर्थिक समृद्धि र विकास कसरी गर्न सकिन्छ भन्ने स्पष्ट भिजन भएकै कारण उहाँलाई जिताउनुपर्ने नजिकबाट नियाल्ने एनआरएनएका प्रतिनिधिहरुको भनाई छ ।

गृहमन्त्री थापाको अन्तर्राष्ट्रिय विमानस्थलमा ‘छड्के’ जाँच

काठमाडौं । आज एकाबिहानै सुन्धारास्थित केन्द्रीय कारागारको निरीक्षण गरेका नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिउँसो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘छड्के’ जाँच गरेका छन् ।

गृहमन्त्री थापा विमानस्थलको काम कारबाहीको बारेमा निरीक्षण गर्न एक्कासी विमानस्थल पुगेका थिए ।

थापा पुग्दा त्यहाँ विमानस्थलको प्रस्थान कक्षका १५ कर्मचारी मध्ये ४ जना बाहेक  बाकि सबै कर्मचारी आफ्नो कार्यकक्षमा थिएनन भने  अध्यागमन  विमाग र अन्तर्राष्ट्रिय उडान कक्ष तर्फको पनि धेरैजसो  कर्मचारी आफ्नो कार्य क्षेत्रमा रहेका थिएनन् ।

त्यसबारे थापाले आफ्नो  जिज्ञासा राख्दा एक कर्मचारीले ‘खाजा खान गएको’ भनेर जबाफ दिए । उनले भने यहाँ आउने जाने नागरिकले अनावश्यक दुःख नपाउन भन्ने आफ्नो उद्देश्य रहेकोले खाजा खाने समय १ बजेदेखि दुई बजेबीचमा हुनु पर्ने भन्दै अफिस समयमा आफ्नो कार्यकक्षमा नरहेका कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।यसैबिच उनले विमानस्थलको कन्ट्रोल रुमको पनि अवलोकन गरेका थिए ।

थापाले विमानस्थललाई व्यवस्थित बनाउन ठोस नीति बनाउन लागिएको जानकारी दिदै विमानस्थललाई व्यवस्थित बनाउन माहतका निकायलाई सचेत गराएका थिए । विमानस्थल अस्तव्यस्त भइरहेको गुनासो आइरहेका बेला मन्त्री थापाले एक्कासी  ‘छड्के’ जाँच गरेका हुन् ।

विश्वका उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं २३औ नम्बरमा

काठमाडौं । संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइटको रुपमा रहेको अमेरिकाको ‘ट्रिप एडभाइजर’ले सन् २०१८ का लागि छनोट गरेको र एसियाका उत्कृष्ट २५ गन्तव्य सूचीमा ६ औ  नम्बरमा परेको छ । तर दक्षिण एसियामा भने पहिलो गन्तव्य सहरको रुपमा परेको छ ।

विश्वका उत्कृष्ट गन्तव्यको सूचीमा पहिलो स्थानमा इन्डोनेसियाको बाली परेको छ भने बेलायतको लन्डन सहर दोश्रोमा परेको  छ ।

ट्रिप एडभाइजरले विभिन्न मुलुक घुमेका लाखौं पर्यटकको प्रतिक्रिया र सुझाव समेटेर  संसारका २५ गन्तव्य सूची सार्वजनिक गरेको हो ।

जन्मको आधारमा राष्ट्रिय परिचयपत्र बनाउनुपर्छ

अनिलकुमार ठाकुर महानिर्देशक केन्द्रीय पञ्जीकरण विभाग

व्यक्तिगत घटना दर्ता गराएर पञ्जीकृत हुनु प्रत्येक नागरिकका जन्मसिद्ध, मौलिक र सम्वैधानिक हक अधिकार हो भने दायित्व पनि । जनसांख्यिक तथ्यांकको प्राप्ति, नीति–नियम बनाउन सहयोग गर्नु, तत्कालीन तथ्यांक उपलब्ध गराउनु, व्यक्तिगत घटना दर्ता गराउनु अति महत्वपूर्ण कार्य हो । नेपालमा यो कार्य हाल पञ्जीकरण विभाग मातहत हुँदै आएको छ । मुलुकको सबैभन्दा आकर्षक स्किमका रूपमा रहेको सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन पनि पञ्जीकरण विभागले नै गर्छ । २०४४ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका अनिलकुमार ठाकुर विगत आठ वर्षयता केन्द्रीय पञ्जीकरण विभागको सहसचिवमा कार्यरत हुनुहुन्छ । ठाकुरले यसभन्दा अघि केही जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीको भूमिका पनि निर्वाह गरिसक्नुभएको छ । हाल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहतको केन्द्रीय पञ्जीकरण विभागका महानिर्देशक रहेका ठाकुरसँग नेपालमा पञ्जीकरण र सामाजिक सुरक्षा कार्यक्रमको अवस्था कस्तो भन्ने विषयमा केन्द्रित रहेर गरिएको कुराकानी ः

पञ्जीकरण भनेको के हो ?
व्यक्तिगत घटना दर्ताअन्तर्गतका जन्म, मृत्यु, विवाह, सम्बन्ध–विच्छेद र बसाइँसराइजस्ता पाँचवटा महत्वपूर्ण एवं आधारभूत कार्यको आधिकारिक रूपमा दर्ता गरी त्यसको अभिलेख राख्ने, अद्यावधिक गर्ने, व्यवस्थित गर्ने कार्य नै पञ्जीकरण हो । यस्ता व्यक्तिगत घटना भइरहने हुनाले कानुनी रूपमा योग्यता पुगेको व्यक्ति सूचना दिन आएपछि निश्चित प्रक्रिया पु¥याई गरिने दर्तालाई नै पञ्जीकरण भनिन्छ । यसले नागरिकलाई आधारभूत कानुनी अधिकार दिलाउन सहयोग गर्छ ।

केन्द्रीय पञ्जीकरण विभागले के कस्ता कामहरु गर्दछ ?
केन्द्रीय पञ्जीकरण विभागले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थानीय विकास मन्त्रालयबाट सामाजिक सुरक्षा कार्यक्रम तथा घटना दर्तासम्बन्धी कामको सम्पादन तत्कालीन जिल्ला विकास समिति, नगरपालिका तथा गाउँ विकास समितिमार्फत हँुदै आएकोमा उक्त कार्यलाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउन २०७१ साल असोजमा यस विभागको गठन भएको हो । यसैले यसको सम्बन्ध पहिलेदेखि नै स्थानीय तहसँग रहँदै आएको हो । अब पनि स्थानीय तहसँगको समन्वयमा काम गरिनेछ । पञ्जीकरणको कार्य राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि विभिन्न प्रमाणपत्रका लागि चाहिन्छ । अहिले राष्ट्रिय परिचयपत्रको पनि कुरा उठिरहेको छ । यसलाई व्यवस्थित गर्न पनि कुनै न कुनै रूपमा विभागसँग जोडिनैपर्ने देखिन्छ । बच्चाको जन्म भएपछि त्यसको दर्ताका आधारमा नै राष्ट्रिय परिचयपत्र बनाउनुपर्छ ।

प्रशासनिक पुनर्संरचना गर्दा विभागको संरचना कस्तो रहनेछ ?
केन्द्रीय पञ्जीकरण विभाग राज्यको आवश्यकताको विभाग हो । यसको संरचना कसरी बनाउने भन्ने राज्यको संरचना कसरी बन्छ÷बनाइन्छ भन्नेमा भर गर्छ । हाल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमातहत रहेको यो विभाग संघीयता कार्यान्वयनसँगै हुने राज्यको प्रशासनिक संरचनामा केन्द्रीय स्तरकै हैसियतमा काम गर्ने गरी रहन्छ ।

विभागले चार दशक पुराना ऐन–नियमका भरमा पञ्जीकरणजस्तो अति महत्वपूर्ण काम गर्दै आएको छ । यसलाई विस्थापन गरी नयाँ ऐन कहिले ल्याउनुहुन्छ ?
हामीले जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने ऐन, २०३३ र नियमावली, २०३४ का आधारमा काम गर्दै आएका छौं । यी ऐन, नियमावली पनि २०४७ सालपछि मात्रै पूर्ण रूपमा लागू भएका थिए । तपाईंले भनेजस्तै ऐन, नियमावली बनेको निकै लामो समय भइसकेको छ ।
यही ऐनका आधारमा विभिन्न निर्णय, परिपत्र जारी गरी तत्कालीन व्यवस्था गर्दै पञ्जीकरणका काम हँुदै आएका भए पनि नयाँ ऐन–नियमको विल्कुलै आवश्यकता भएको छ । ऐन पूर्वाधार त हो तर यसलाई व्याख्या गर्दै विभिन्न परिपत्रले काम चलाइरहेकोमा भविष्यका लागि नयाँ ऐनको वर्क आउट भइरहेको छ । यसैले ऐनको हकमा धेरै काम भएको छ भने नियमावलीको हकमा भने केही काम गर्न बाँकी छ । नयाँ संविधान, प्रशासनिक पुनर्संरचनासँगै ऐन, नियम नयाँ आउनुपर्छ । यति मात्र होइन, पञ्जीकरणजस्ता महत्वपूर्ण घटना दर्ताका लागि अन्तर्राष्ट्रिय अभ्यासलाई पनि आत्मसात् गर्नुपर्ने अहिलेको आवश्यकता हो । यसमा हामी दृढताका साथ लागिरहेका छौं ।

पञ्जीकरणको कामप्रति अझै पनि जनचेतनाको कमी देखिएको हो ?
पछिल्लो जनगणनाअनुसार ६४ प्रतिशत नागरिकले व्यक्तिगत घटना दर्ता गराएको पाइन्छ । केन्द्रीय तथ्यांक विभागले पछिल्लो तथ्यांक लिने प्रयास गरिरहेको छ । अहिले पक्कै पनि १० वर्षअघिको तुलनामा व्यक्तिगत घटना दर्ता संख्या बढेको छ । खासगरी हाम्रोमा व्यक्तिगत घटना दर्ताको कानुन फितलो छ । जहिले दर्ता गरे पनि पनि हुने ठानिन्छ, तर त्यस्तो हँुदै होइन ।
जबसम्म कानुन बाध्यकारी हँुदैन तबसम्म घटना भएपछि त्यसलाई कानुनी रूपमा दर्ता गराउने भन्नेमा पनि कमी देखिन्छ । नागरिकता प्राप्त गर्न पनि यसलाई अनिवार्य बनाउनुपर्छ । विद्यालय भर्ना गर्न त जन्म दर्ताको प्रमाणपत्र अनिवार्य नै चाहिने भैसकेको छ । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतको सामाजिक सुरक्षा भत्ताका लागि नागरिकमा आकर्षण भने बढेको छ ।
सामाजिक सुुरक्षा भत्ता लिन पनि पञ्जीकरण प्रमाणपत्र अनिवार्य रूपमा चाहिन्छ । अन्य सरकारी सेवा सुविधा लिन पनि व्यक्तिगत घटना दर्तालाई अनिवार्य बनाउन सके यसप्रतिको नागरिकको चेतना अभिवृद्धि हुन्छ । यसका लागि सरोकारवाला सबैले घटना दर्ता गराउने खालका चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ । यस वर्ष वैशाखमा घटना दर्ता सप्ताह नै मनाएका पनि थियौं ।

तपाईंहरूको डेटाबेस निकै कमजोर छ भनिन्छ नि ?
हो, अहिलेसम्मको काम ¥यान्डममा नै भइरहेको छ । तपाईंले भनेजस्तै डेटाबेस र फ्याक्ट बेसमा काम भएको छैन । यो बस्तीमा यति मान्छे बस्छन्, यतिले सुविधा पाए भनेर अभिलेख राख्ने काममा कमी–कमजोरी छन् । अब प्रविधिको विकास भएसँगै यी काम पक्कै पनि बदलिनेछन् ।

नागरिकलाई पञ्जीकरणमा कसरी सहभागी गराउने ?
हामीलाई सबैभन्दा बढी चुनौती पनि जनसभागिता कसरी गराउने भन्ने छ । यसका लागि तीनै तहको सरकारले आगामी दिनमा उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । स्थानीय तहका हरेक युनिटले अनुगमन मूल्यांकन गर्नुपर्छ ।

सामाजिक सुरक्षा भत्ता पाउनेले समयमा पाए÷नपाएको अनुगमन कसरी गर्ने ?
विगतमा हामीले पठाएका रकम समयमा नबाँड्ने, बाँडेको पनि समयमा प्रतिवेदन प्राप्त नहुने आदि समस्या रहेकाले अब स्थानीय सरकारले यसमा ध्यान दिन्छ भन्ने अपेक्षा गरेको छु । व्यक्तिगत घटना दर्ता कसरी समयमा गराउने र सामाजिक सुरक्षा भत्ता पाउनेले समयमै कसरी पाओस् भन्नेमा ध्यान दिएका छौं । यसलाई हामीले दिगो पनि बनाउनुपर्छ । यसका लागि स्थानीय तहलाई सशक्तीकरण गर्नुपर्छ । त्यहाँको जनशक्ति विकास गर्नुपर्ने, तालिम लिने, रिपोर्टिङ तथा प्रविधिमा जोड दिनुपर्नेछ । स्थानीय तहको व्यवस्थापन क्षमता पनि बढाउनुपर्छ । यसका लागि विश्वमा चलेको प्रचलनलाई नेपालले पनि अनुसरण गर्नुपर्छ । सरोकारवालासँग समन्वय गरिनुपर्छ । सामाजिक सुरक्षा भत्ता वितरण स्वयंमा चुनौतीपूर्ण छ । बैंकबाट नगरे पारदर्शिता हुँदैन ।

विभागका नयाँ कार्यक्रम के छन् ?
प्रविधिमैत्री जनशक्तिको विकास गर्नुपर्छ भनेर लागेका छौं । हामीले स्थानीय तह र विभागको सर्भरमा तथ्यांक प्रविधिमैत्री तवरले राख्नका लागि आवश्यक कदम चाल्दैछौं । त्यसका लागि हरेक स्थानीय तहमा सर्भिस युनिट बनाउने भनेका छौं । यस युनिटले स्थानीय तहमा तथ्यांक इन्ट्री गर्ने, घुम्ती शिविर सञ्चालन गर्ने काम गर्छ । यसैगरी नेसनल पपुलेसन रजिस्टर बनाउँदै छौं । जहाँ जनसंख्या, हरेक व्यक्तिको नामनामेसी समावेश गरिन्छ । यी दुवै कार्यका लागि विश्व बैंकले सामाजिक सुरक्षा र पञ्जीकरण प्रणाली सुदृढीकरण परियोजनाअन्तर्गत पाँच वर्षका लागि १६ अर्ब रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।

नेपालमा वार्षिक ५÷६ प्रतिशतका दरले सामाजिक सुरक्षा कार्यक्रम भत्ता पाउने दर बढिरहेको छ । हामीले आगामी आवका लागि चालू आवमा मानव विकास सूचकांकमा पछाडि परेको तीन जिल्लामा रहेको बाल पोषण भत्ता वितरण गरेकोमा थप तीन जिल्लामा विस्तार गर्दैछौं ।
व्यक्तिगत घटना दर्तालाई अनलाइन प्रणालीमार्फत व्यवस्थित गर्ने कार्यक्रमलाई थप निरन्तरता दिन्छौं । घटना दर्ता व्यापक बनाउँछौं । हाल ४८ जिल्लाका ३८ गाउँपालिका, ९३ नगरपालिका र ५÷५ वटा महा÷उपमहानगरपालिकाका ९ सय २७ वडामा अनलाइन प्रणालीमार्फत यस्ता घटना दर्ता भइरहेकोमा आगामी आर्थिक वर्षमा यो संख्या पक्कै पनि बढाउँछौं ।
कारोबार दैनिकबाट

क्यान इन्फोटेक २०१८ को अन्तिम तयारी

यहि माघ महिनाको ११ गते देखि सुरु हुन लागेको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला’को सम्पूर्ण तयारी पुरा भएको क्यान महासंघले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

यसपालीको क्यान इन्फोटेक मेलामा २२२ वटा स्टल हुनेछन्। भृकुटीमण्डप स्थित मुख्य प्रदर्शनी हलभित्र  ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी स्टल रहने र ट्रसमा १४४ वटा स्टल रहनेछ । त्यस्तै  अरु खाली ठाउँहरू र  फुड स्टलहरूका लागि २४ वटा स्टल रहनेछन्। क्यान इन्फोटेक मेला ६ दिन सम्म चल्ने छ ।

नेपाली उत्पादनलाई प्राथमिकता दिने हिसाबले गर्न लागिएको यसपालीको प्रदर्शनीमा स्वदेशी प्रविधिका लागि छुट्टै स्टल राखिने भएको छ। ४४ वटा स्टल नेपाली सफ्टवेयर कम्पनीका उत्पादन, स्टार्ट अप र स्वदेशी प्रविधिका लागि छुट्टाईएको छ । टिकेट काटेर मात्र मेला अवलोकन गर्न पाइने क्यान इन्फोटेक मेलामा यसपाली  सर्वसाधारणहरुलाई १०० र विद्यार्थीहरुलाई ५० रुपैयाँ शुल्क तोकिएको छ ।यो क्यान इन्फोटेकको मुख्य प्रायोजक सुबिसु र सहप्रायोजक मोटोरोला कम्पनी रहेका छन्।

क्यान इन्फोटेक मेला सकियो

यहि माघ महिनाको ११ गते देखि सुरु भएको क्यान इन्फोटेक २०१८ प्रदर्शनीमा करीब ४ लाखले अवलोकन गरेको क्यान महासंघले एक विज्ञप्ति जारि गरि  जानकारी दिएको छ । ६ दिन सम्म चलेको मेला हिजो मंगलबार समापन भएको छ । हिजो अन्तिम दिन ९४ हजार जनाले मेला अवलोकन गरेका छन् ।

मंगलबार सरकारका मन्त्रि, नेता, ब्यापारी, कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाली उत्पादनलाई प्राथमिकता दिने हिसाबले गरिएको  यसपालीको प्रदर्शनीमा स्वदेशी प्रविधिका लागि छुट्टै स्टल राखिएको थियो।

१ सय ५० भन्दा धेरै कम्पनीहरुको सहभागिता रहेको यस मेलामा २२० वटा स्टल रहेका थिए । अवलोकन कर्ताले मेलामा ल्यापटप, मोबाइल, टिभी, क्यामेरा, प्रिन्टर, प्रोजेक्टर, बारकोड स्क्यानर, इन्टरनेट सेवा प्रदायक ,ड्रोन आदि जस्ता प्रबिधिहरुको स्टलहरु अवलोकन गरेका थिए।

विकास बजेटमा नीतिगत भ्रष्टाचार

डा. उमाशंकर प्रसाद

मधेशमा बजेटको अवस्था
मधेशको जनसंख्या, मानव विकास सूचकांक आदिको अवस्थालाई मध्यनजर गर्दै मधेशका लागि जुन बजेट छुट्याइन्छ, त्यो बजेट असाध्यै न्यून छ । नेपालमा कूल बजेटको लगभग एक तिहाई पुँजीगत बजेट रहेको अवस्था हो । त्यो एकतिहाई बजेटमध्ये पनि लगभग ६० प्रतिशत वैदेशिक सहयोग अथवा ऋणको भार रहेको अवस्था छ । कूल बजेटमध्ये लगभग १७ देखि २३ प्रतिशत मात्र मधेशलाई छुट्याइने गरिएको अवस्था हो । त्यहाँको जनसंख्याको आधार, मानव विकास सूचकांकको आधार आदि–इत्यादि विभिन्न इन्डिकेटर्सलाई विचार गर्ने हो भने मधेशमा बजेट असाध्यै न्यून छ ।
एक त सरकारले मधेशका लागि अति न्यून बजेट छुट्याउने गरेको छ र त्यसमा पनि आएको बजेट पूर्णरूपमा खर्च हुने गरेको छैन । अति न्यून बजेटमध्ये खर्च नै नभई फ्रिज हुने गरेको अवस्था पनि रहेको छ । यो समस्या समग्र नेपालकै देखिएको छ । सञ्चार माध्यममा आएअनुसार कूल पुँजीगत बजेटको लगभग १७ प्रतिशत बजेट मात्र खर्च भएको अवस्था रहेको छ । विकास बजेटको धेरैभन्दा धेरै अंश खर्च नभई फ्रिज हुने जुन अवस्था हो यो अवस्था सम्पूर्ण नेपालमा यथावत छ ।

पुँजीगत बजेट खर्च कम हुँदा फ्रिज
सम्पूर्ण नेपालकै अवस्था हेर्ने हो भने विगतको अवस्था मूल्यांकन गर्ने हो अहिले पुँजीगत बजेट खर्च कम हुने गरेको छ । त्यसकारण मधेशमा पनि खर्च कम हुनु स्वाभाविकै हो । यसरी बजेट खर्च नहुने मुख्यतया तीन कारणहरू छन् ः
१) लगभग २० वर्ष स्थानीय तहमा हाम्रा जनप्रतिनिधिहरूको उपस्थिति रहेन । जनप्रतिनिधि नहुँदा खर्चको आँकडा स्वाभाविकरूपमा घट्नु विश्वव्यापीरूपमा भइरहेको छ ।
२) सार्वजनिक खरिद ऐन जसलाई असाध्यै जटिल बनाइयो ।
३) अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कारण जुन विभिन्न क्रियाकलापहरूले यसले गर्दा पनि विकास बजेट खर्चमा असर पारेको हो ।
यी तीनवटा कारणले विकास बजेट पूर्णरूपमा खर्च हुन सकिरहेको छैन । खर्च गर्दा भ्रष्टाचार हुन्छ र अख्तियारद्वारा समातिन्छ भन्ने डर हुन्छ । किनभने अहिलेको वर्तमान अवस्थालाई हेर्ने हो भने निश्चितरूपमा कुनै पनि कार्यालयको नियन्त्रणमा आर्थिक अवस्था जति हुनुपर्ने हो त्यति छैन । कर्मचारीहरूलाई कतै न कतै राजनीतिकरूपमा संरक्षण भइरहेको हुन्छ । जसकारण कर्मचारीहरू कार्यालय प्रमुखहरूको पहुँचभन्दा पनि अगाडि बढिसकेका हुन्छन् । जस्तै, जिल्ला विकास कार्यालयमा सबभन्दा बढी विकास बजेट जान्छ, अहिलेको वर्तमान अवस्थामा । त्यहाँका इन्जिनियर, लेखापाल लगायतको पहुँच प्रमुखभन्दा बढी राजनीतिकरूपमा हुने गरेको छ । एलडिओभन्दा त्यसमातहतमा कार्य गर्ने कर्मचारीहरू राजनीतिक आबद्धता बढी भइसकेपछि एलडिओको कुरा नटेर्ने, भ्रष्टाचार गरियो भने उसलाई राजनीतिक संरक्षण भइरहेको हुन्छ । यस्तो अवस्थामा स्वाभाविकरूपमा अराजकता बढ्छ ।

राजनीतिक हस्तक्षेपका कारण भ्रष्टाचारमा वृद्धि
अहिले भर्खरै आन्तरिक राजस्व विभागका महानिर्देशक समातिएका छन् । समाचार माध्यममा आएका कुराहरूलाई आधार मान्दा के बुझिन्छ भने त्यहाँ राजनीतिक हस्तक्षेपको कारणले यो घटना भएको स्पष्ट छ । भनेपछि, अहिले नेपालको जुन राजनीतिक संयन्त्र छ, राजनीतिकर्मीले त्यसलाई पेशा बनाएर अगाडि बढिरहेको अवस्था हो ।
जति बजेट जान्छ त्यसबाट कति खर्च भयो, के–केमा खर्च भयो भन्ने कुराको छानबिन गर्ने नेपालका सरकारका थुप्रै निकायहरू छन् । त्यसको अनुगमन गर्ने निकायहरूले जुन क्रियाकलाप गरेको देखिन्छ, त्यहाँ पनि प्रश्नचिन्ह खडा भएको छ । जब जवाहरलाल नेहरू भारतको प्रधानमन्त्री हुने क्रममा उहाँले भन्नुभएको थियो कि ‘१० रूपैयाँ भारत सरकारले छुट्याउँदा एक रूपैयाँ मात्रै जनसम्म पुग्छ । यो परिपाटिको अन्त्य नभएसम्म भारतको विकास सम्भव छैन ।’ आजभन्दा धेरै पहिले जवाहरलाल नेहरूजीले भन्नुभएको थियो । यही कुरा अहिले नेपालमा भइरहेको छ । जनतासम्म नपुग्ने र बीचमै हराउने । अब कति हराउँछ, कसरी हराउँछ भन्ने कुरा अनुसन्धानकै विषयवस्तु हो । छर्लङ्ग भएपनि अब विषयवस्तु चाँही अनुसन्धानकै छ ।
यो अवस्थालाई अन्त्य गर्नका लागि सबैभन्दा प्रमुख कुरो राजनीति इच्छाशक्ति चाहिन्छ । राजनीतिज्ञले म राजनीतिकर्मी होइन म राजनीतिज्ञ हो भन्ने कुराको भावना आउनुप¥यो । उहाँहरूले धेरैभन्दा धेरै राज्यका लागि र थोरै आफ्नो स्वार्थका लागि काम गर्नुप¥यो । आफ्नो स्वार्थ विल्कुलै त्याग्न त कसैले सक्दैन, अहिलेको युगमा । तर, अहिलेको वर्तमान अवस्थामा राजनीतिज्ञहरूको जुन उद्देश्य हेर्दा व्यक्तिगत स्वार्थ र राज्यको स्वार्थलाई हेर्ने हो भने व्यक्तिगत स्वार्थको भार धेरै छ । त्यो भारलाई कम गर्नुप¥यो ।
अर्को कुरा, स्थानीय तहमा अहिले जनप्रतिनिधिहरू आएका छन् । जनप्रतिनिधिलाई काम गर्नका लागि संरचनात्मक अवस्था सिर्जना गर्नुप¥यो । जस्तै अहिले भर्खरैको अवस्था हेर्ने हो भने स्थानीय स्तरमा गाउँपालिकामा शाखा अधिकृत प्रमुख हुने र नगरपालिकामा उपसचिव प्रमुख हुने प्रावधान राखियो । गाउँपालिकाको हकमा शिक्षाका उपसचिवले म शाखा अधिकृतको तल बसेर काम गर्न सक्दिँन, कनिष्टको तल वरिष्ठ बस्न मिल्दैन जस्ता कुराहरू आए । भनेपछि संरचनात्मकरूपमा अहिले जुन एउटा खाका कोरियो, त्यो खाका पनि मिलाएर सुहाउँदो बनाउनुप¥यो ।

जनप्रतिनिधि आउँदा भ्रष्टाचार कम हुने
करिब २० वर्षदेखि स्थानीय तहमा कर्मचारीतन्त्रले काम गरिरहेको थियो तर, अहिले स्थानीय तहको निर्वाचनपश्चात् जनप्रतिनिधिले काम गर्छन् । कर्मचारीतन्त्रले जति भ्रष्टाचार मच्चाएको थियो त्यसको तुलनामा जनप्रतिनिधिले कम भ्रष्टाचार गर्छ भन्न सकिन्छ । भ्रष्टाचार हुँदै हुँदैन भनेर भन्न त सकिन्न तर, पहिलाको भन्दा अलि कम हुन्छ । यो विश्वको अनुभव हो । स्थानीय तहमा स्थानीय सरकार हुन्छ भने र त्यहाँ संरचनात्मक मिलेको छ भने भ्रष्टाचार घट्छ । किनभने त्यहाँ प्रत्यक्षदर्शीहरू हुन्छन् । कति पैसा आयो, कति पैसा खर्च भइरहेको छ सबै कुरा निगरानी हुन थाल्छ । जब केन्द्रबाट स्थानीय तहमा बजेट जाँदा सबैलाई थाहा हुँदैन र तर, स्थानीयस्तरबाट काम हुन थालेपछि यो–यो कामका लागि यति बजेट आयो भन्ने कुरा सबैले थाहा पाउँछन् ।
अब केन्द्रबाट सिधै खर्च हुने मात्रामा कमी आउँछ र गाउँपालिका र नगरपालिकास्तरबाट बढ्छ । यसभन्दा अगाडि पनि स्थानीय तहमा राजनीतिक दलका प्रतिनिधिहरू थिए तर, अहिले जुन निर्वाचित जनप्रतिनिधि आउँछन् उसलाई के डर हुन्छ भने अर्को चुनावमा कसरी जित्ने भन्ने डर हुन्छ । त्यसकारण निर्वाचित प्रतिनिधि आउनु र निर्वाचित प्रतिनिधिको रूपमा काम गर्नु भनेको दुईटा फरक फरक कुरा हो ।
अर्को कुरा, नेपालमा भ्रष्टाचारीलाई कारबाही गर्ने कानूनमा समस्यामा छैन । हामीसँग कानून प्रशस्त छ । मुलुकी ऐनदेखि लिएर अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायत छन् । समस्या कहाँ छ भने जब राज्यलाई नेतृत्व गर्ने व्यक्ति, कुनै कार्यालयलाई नेतृत्व गर्ने व्यक्ति अथवा कुनै विभागलाई नेतृत्व गर्ने व्यक्तिले यदि तटस्थ भएर दह्रो साथ खुट्टा जमाएर बस्यो भने तलका मान्छेलाई भ्रष्टाचार गर्ने हिम्मत नै आउँदैन ।

नीतिगत भ्रष्टाचार कसरी अन्त्य गर्ने ?
हामीले भ्रष्टाचारसम्बन्धी कुरा गर्दा तीवटा कुरा आउँछ । एउटा ट्रायड हुन्छ । तीन जनाको मिलेमतोमा कुनै पनि देशमा भ्रष्टाचार हुने गरेको छ । एउटा भनेको राजनीतिज्ञ, दोस्रो कर्मचारीतन्त्र र तेस्रो व्यावसायिक समुदाय हुन् । यी तीनवटाको ट्रायडबाट भ्रष्टाचार अगाडि बढ्ने हो । यी तीनवटाको संयन्त्रलाई चेक र ब्यालेन्स गर्नुपर्छ । जस्तै, व्यापारीबाट गरिएको क्रियाकलापहरूलाई राजनीतिज्ञले चेक एण्ड ब्यालेन्स गर्छ, राजनीतिज्ञले गरेको क्रियाकलापहरूलाई ब्युरोक्रेसीले चेक एण्ड ब्यालेन्स गर्ने । जुनमा यी तीनवटाको मिलनविन्दू भएर भ्रष्टाचार सुरू हुन्छ, त्यसलाई कुनै हालतमा रोक्न सकिँदैन । यदि यी तीनवटा संयन्त्रलाई भ्रष्टाचार गरेरै अगाडि बढ्ने जब नीति हुन्छ, त्यसपछि कसैले वा कुनै कानूनले केही गर्दैन ।
भ्रष्टाचार नियन्त्रण गर्न भारतबाट सिक्नुपर्ने
सन् १९४७ मा छिमेकी मित्रराष्ट्र भारत स्वतन्त्र भएको हो । त्यसपछि अहिलेसम्मको इतिहासलाई अध्ययन गर्ने हो भने भारतमा विभिन्न किसिमका राजनीतिक चेतनाहरू, लोकतान्त्रिक प्रणालीहरूको सुरूआत भयो । उहाँहरूले लोकतान्त्रिक अभ्यास अगाडि बढाउनुभयो । मोदी सरकार आएपछि त यतिसम्म लोकतान्त्रिक अभ्यास भयो कि अहिले भ्रष्टाचार गर्नेहरू कति सजग छ भनी हामी हेर्न सक्छौं ।
नेपालको राजनीतिक अवस्था पनि अलिकति कमजोर नै रह्यो । किनभने राणा शासनमा एकतन्त्रीय शासन थियो । शाह शासन आयो, राजतन्त्र आयो, राजतन्त्र पनि लामो समयसम्म चल्यो नेपालमा । त्यसपछि प्रजातन्त्रको पुनस्र्थापना भयो । यी राजनीतिक जुन उथलपुथल भइरहेको छ, अहिलेसम्म स्थिर हुनसकेन । जब–जब राजनीति अस्थिर हुन्छ, त्यो अवस्था भ्रष्टाचारका लागि उचित समय हो । कुनै पनि देशमा जब–जब राजनीति उथलपुथल हुन्छ त्यो बेलामा भ्रष्टाचार गर्नेहरू अगाडि आउँछन् । (मधेश दर्पण फिचर सेवा)

आमा ! तिम्रो हातका स्पर्श सम्झेर त बाँचेकी छु

जिन्दगीमा हाँसो खुसी र आँसु आइरहन्छन र गइरहन्छन पनि । बालक छँदा ठूलो बन्न मन लाग्ने । ठूलो भइसकेपछि फेरि बालापन नै राम्रो लाग्ने । जे छैन त्यो खोज्ने र जे छ त्यसमा खुसी नहुने मनको रीत नै जस्तो ।
मनलाई कहिल्यै शान्ति छैन । कहिले केको अभाव कहिले केको अभाव । सायद जिन्दगी भन्नु नै अभावैै अभावको संग्रहालय पो हो कि ? कहिले पूरा होला र मनले आँटेको कुरा । सायद त्यो असम्भव भएर नै यो मनले यस्तै सोचेको हुनुपर्छ । कहिले चरी बनेर जंगलमा बेग हान्न, कहिले पानी भएर खोलाको किनारसँग खेल्न, कहिले माछा भएर पानीभित्रै डुबुल्की मार्न, छाँगाछहरा बन्न, त कहिले जुन भएर गोलो पृथ्वीलाई एकैसाथ हेर्न मन लाग्दो रहेछ ।
बालापनमा त सबैले माया नै गरेको पाएँ तर अहिले माया भन्दा क्रोध धेरै पाउँदैछु । सायद अली उमेर बढ्दै गएर पनि होला । सानोमा आमाको काखमा लडिबुडी खेल्दा, बुवाको कोटको खल्तीबाट पैसा चोरर चक्लेट किनेर खाँदा सबै जनाको माया पाउँदाको संसार त अलग्गै हुँदो रहेछ । आज आएर थाह पाउँदै छु जिन्दगी त बालापनको राम्रो । जब दिनहरु समयसँगै अघि बढे तब दुःखका दिन सुरु हुँदै गए ।
आमाको न्यानो काख र बुवाको मिठो माया । म त्यतिखेर यो सबै कुरा छुट्याउन सक्ने थिइन । कसैले मलाई माया गरेको हो कि घृणा गरेको हो त्यो पनि मलाई थाहा थिएन । सानोमा यति धेरै खुसी संगालेर हिँडेकी म हिजोआज कति टाढा पुगेकी छु सम्बन्धबाट आफैलाइ थाहा छैन ।
जिन्दगी र समयले मान्छेलाई कताबाट कता डोर्‍याउँदोरहेछ पत्तै नहुने । १० कक्षासम्म गाउँमै पढेका बेला संसार नै अलग्गै थियो त्यो बेलाको गाउँमा, समाज छरछिमेकी साथीसंगी आमाबुवा भाइबहिनी सबैले भरिपूर्ण जीवन हिजोआज एक्लो भएको जस्तो लाग्छ ।
कहिले दौतरीसँग मेलापात, भीरपाखा गर्ने मेरो जीवन आज कोही नभएको, कसैलाई नचिनेको सबैको बिरानो जस्तो । आफू जन्मिएको मेरो घरमा जाँदा घरले पनि पाहुना आएको जस्तो गर्दैछ । आफन्तले पनि पराई सोच्दैछन् । आफैले दाउरा घाँस, मेलापात गरेको गोठाला जाँदा बुर्कुसी मारेको जंगल अहिले मलाई नै नचिनेको भान गर्दैछ ।
यति सम्मकी आमाबुवाको त्यो न्यानो माया पनि टाढिएको जस्तो सोच्छ मन । पहिलेको जस्तो लडिबुडी कहाँ गर्न पाइन्छ र आमाको काखमा ? अनि बुवाको कोटको खल्तीबाट कहाँ त्यसरी पैसा सुटुक्क झिक्दै भाग्न पाइन्छ र ? न त मागेको कुरा पुगेन भनेर रुँदै अनि बुवा आमाले फुल्याउँदा घुक्र्याउनै पाइन्छ । त्यसैले त सबै पराइ जस्तो लाग्दैछन् ।
म त्यही दिनबाट त झनै एक्लिएको छु । जुन दिन यतिधेरै माया गर्ने, म रुँदा मसँगै रुने, मलाई चोट लाग्दा आफूलाइ दुःखेजस्तो गर्ने, मैले खुसी हुँदा संसारको सारा चिज बिर्सने, तिमीले त मलाई सँधैका लागी छोडेर गएपछि अरु मेरो को नै हुन्छ र आमा ? हिजो म तिम्रो काखमा हुँदा मलाइ कस्तो खुसी थियो ।
म रुन्थे कहिलेकाँही । तिमी सोध्यौ किन रोएको ? आज दुःख पर्दा, कुनै राम्रो काम गर्दा, सबैभन्दा पहिले आमालाई सम्झिन्छु आँखाबाट आसु झर्छन् । तर कसैले सोध्दैन कि तिमी किन रोएको ? कोही छैन आमा । तिमी थियौ, सबै थियो । तिमी छैनौ, कोही छैन ।
यति निष्ठुरी हौली भन्ने त कल्पना पनी गरेको थिइन तर तिमी निष्ठुरी रहिछौ मेरि आमा ।
हो जिन्दगी यसरी नै बितीरहेको छ । अचेल तिमीले जन्म दिएको त्यो घरमा पनी छैन आमा म अहँ बस्नै सकिन त के गरौं ? मैले त प्रयास गरेको थिए । जती टाढा तिमी छौ म खोज्दै खोज्दै त्यतै आउँ । तर सकिन । केवल तिम्रो तस्बिर, तिमीसंगका सम्झना र तिम्रा हातको स्पर्श लिएर बाँचिरहेछु ।
बुवा भन्नुहुन्छ जिन्दगी संघर्ष हो । अहिलेसम्म संघर्षको मैदानमा छ जिन्दगी भोलि के हुन्छ ? भोलि कसलाई थाह छ र भोलिको दिन आउला नआउला । म त्यही भोलिका लागि बाँचिरहेको छु । अर्को जन्म हुन्छ यदी भने तिम्रै कोखमा जन्मन पाऊँ है आमा ।    ——इन्द्रसरा खड्का

नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा सबै उम्मेदवार टुंगो लगायो

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेश नम्बर २ अन्तर्गत स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि १३६ वटै तहमा पार्टीको उम्मेदवार टुंगो लगाएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा राजधानीबाहिर हुनुभएकाले  टुंगो लगाइएका उम्मेदवारको नाम भने शुक्रबार मात्रै  सार्वजनिक गरिने जनाइएको छ  ।

नेपाली कांग्रेसका अनुसार निर्वाचनमा  प्रचार-प्रसार गर्नको लागि भनेर ठूला आमसभा भन्दा पनि मतदाताको घरदैलो जाने कार्यक्रमलाई विशेष प्राथमिकताका साथ अगाडी बढाउने बताईएको छ ।

पार्टी कार्यालयले जनाए अनुसार निर्वाचनको तयारीका लागि पार्टीले ८ जिल्लाका सबै तहमा प्रचार-प्रसार  समिति गठन गरि ति जिल्लाहरुमा सन्चार केन्द्र स्थापना गर्ने र  प्रचार–प्रचारलाई तीव्रता दिनुको साथै  सबै जिल्लामा केन्द्रीय प्रतिनिधि  खटाउने पनि बताइएको छ ।

नेपाली काँग्रेसले जस्तोसुकै परिस्थितिको सामना गरेर मुलुकलाई लोकतान्त्रिक पद्धतिमा लैजान्छ : चौलागाई

नेपाली राजनीतिको मुलधारमा रहेका विद्यार्थीकालदेखि नेपाली राजनीतिको नजिक रहेर २०४७ सालमा नेपाल विद्यार्थी संघको जिल्ला संयोजक हुँदै दोलखा काँग्रेसको पार्टी राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित पूर्व पार्टी सचिव एवम महासमिती सदस्य केशवराज चौलागाईसँग हामीले संवाद गरेका छौं । ‘अप्रत्यासित’ रूपमा भएको बाम एकताको उद्देश्य, प्रभाव र लोकन्त्रवादी शक्तिले अपनाउनुपर्ने अबको बाटो के हुनसक्छ ? त्यसबारे चौलागाईको धारणा ।

दोलखाको (ख) बाट प्रदेश सभासदस्यमा नेपाली कांगे्रसले उम्मेदवार बनाएको छनिर्वाचन जित्ने कतिको तयारी गर्नुभयो ?
लोकतन्त्रको दुवाई गर्ने गरिमामय पार्टीको कार्यकर्ता भएकोले सधैंदव नागरिकको सम्पर्कमा रहेको हुदा सबै तयारी पुरा गरि सकेका छौं । पाहुना उम्मेदवारहरुलाई जनताले चिनेकाछन कसरी बदला लिने । लोकतान्त्रिक पद्धतिलाई नै खतरामा पार्ने, त्यति मात्र होइन १० बर्ष भित्र साम्यबाद ल्याउनेसम्मका अभिष्ट बोक्नेका बिरुद्ध जनता आफैं सचेत छन। सचेत नागरिकको मत नेपाली कांगे्रसले पाउने छ । बिजय पनि सुनिश्चित छ ।
तपाई र तपाईको पार्टीलाई जनताले मत दिने आधार के छ ?
दोलखा जिल्लाका अधिकांश नागरिक बिपन्न छन । बिपन्न नागरिकको प्रतिनिधि पात्र हुँ म । किसान हुँ म। यहाँ किसानको बाहुल्यता छ । किसानले किसानलाई मत नदिएर अरुलाई मत दिने छैनन । कृषकहरुको उदार हामी बाट मात्र सम्भव छ नकी नव धनाढ्य सामन्तबाट । जनताको रगत र पसिनाको कर चुस्ने र ठुला ठुला जलबिद्युतमा लागानी गर्ने नव धनाढ्य यसपटक जनताले चिन्नेछन। मेरो पार्टी नेपाली कांगे्रस राणाकालदेखि, राजतन्त्र, निरंकुशता र कम्युस्टिहरूसँग लड्दै, जुझ्दै आएको पार्टी हो । जन्मदेखि काँग्रेसले जहिले संघर्षलाई काँधमा बोकेर हिँडेको छ । हरेक परिस्थितिको सामना काँग्रेसले गरेको इतिहास साँक्षी छ । हामीले विगतमा गरेका प्रजातान्त्रिक पद्धतिका प्रयासहरू, प्रतिस्पर्धाहरूले काँग्रेसलाई यो बाम एकताले कुनै असर गर्देन । यिनै आधारले मत जनताले दिनेछन ।
चुनावी महासगरमा बामगठबन्धनले ठुलो माछा तपाईको प्रदेशमा पठाएकोछ जालमा पार्न सक्नु हुन्छ ?
जाल साना साना नाईलनबाट बनेको हुन्छ बिशाल माछा पनि माझीदाईले मारेकाछन । ति श्रमजिवि माझिदाईको मनको ढुक्ढुकीमा म बसेकोछु । पानीमा टिक्न नसकेर जमिनमा फालेको ठुलो माछा धेरै दिन टिक्ने छैन ।

कम्युनिस्ट पार्टीहरूको एकतासम्मको उद्देश्य राखेर जुन गठबन्धन भएकोछ के लाग्छ तपाईलाई ?
फरक फरक पृष्ठभूमीमा रहेका पार्टीहरू तालमेल, एकीकरणको प्रक्रियामा संलग्न भएका छन् । यो राजनीतिक घटना एकाएक भएको देखिएको छ । बामपन्थी वृतमा यसको बारेमा बहस, छलफल बिलकुलै नभएको भने होइन । तर कहिलेकाँही बहस छलफल भए पनि यसरी एकाएक चुनावको संघारमा आएर बाम एकता गरिनुले यसको मनसाय सरकारमाथि आक्रमण गर्ने, अन्यौल सिर्जना गर्ने, संविधान कार्यान्यनमा गतिरोध ल्याउने र अन्तत्वगत्वा संविधानलाई नै जोखिममा पार्ने मनसायले भएको बुझिन्छ ।
बाम गठबन्धनले लोकतन्त्रलाई नै आघात पार्ने हो त ?

तपाईँलाई पनि थाहा होला । डकुमेन्ट पनि बोल्छ । उनीहरूको तालमेल र एकतासम्मको घोषणा अनुसार आसन्न निर्वाचनमा दुईतिहाइ बहुमत ल्याएर साशकीय स्वरूपलाई नै परिवर्तन गर्ने, नेपालले धेरै लामो संघर्ष, बलिदानी र त्यागबाट प्राप्त गरेको संसदीय प्रजातन्त्रको ठाउँमा साशकीय स्वरूप परिवर्तन गर्ने, लोकतान्त्रिक पद्धतिलाई नै खतरामा पार्ने, त्यति मात्र होइन १० बर्ष भित्र साम्यबाद ल्याउनेसम्मका अभिष्ट उनीहरुले देखेकाछन । यही उद्देश्य राखेर एकीकरणको प्रक्रिया अगाडि बढेको छ ।

हिजोसम्म एकअर्कालाई देखिन सहने शक्तिहरू एकाएक एक भए यसको प्रभाव दोलखामा के रहला ?

जुनसुकै शक्तिको आडमा बाम एकता भएको होस यसले सहमति, सहकार्य र एकतामा अगाडि बढेको राजनीतिलाई धु्रबीकरण गर्ने काम गरेको छ । भरखरै अभ्यासमा आइरहेको संविधान संस्थागत अझै भइन सकेको वा हुने क्रममा अगाडि बढेको लोकतन्त्रलाई जटिल मोडमा पुर्याउने दुस्प्रयास भइरहेको छ । दोलखामा बुद्धिमान पाख्रिन देखी कुलबहादुर तमाङ सम्मको रगतले बाम गठबन्धनलाई सरापने छ । सोझा ,निमुखा सर्वधारणको हत्यामा संलग्नहरुको हिसाब किताव जनताले राखेका छन । हामी यसको साशकीय स्वरूपलाई बदल्छौँ भन्ने अभिष्ट राखेको र १० वर्षभित्र मुलुकमा साम्यबाद ल्याउँछौं भन्ने अभिव्यक्तिले उनीहरूको नियतमा खोट छ भन्ने हाम्रो ठम्याइ हो । यसमा प्रजातन्त्रलाई संस्थागत गर्ने, संविधान कार्यान्वयन गर्ने र मुलुकलाई शान्ति र प्रगतिको बाटोमा लैजान नदिने नियत झल्कन्छ ।
देशमा दुई पार्टी ठिक हुन्छ भन्ने आवाज पनि छबाम एकताले देशका लागि फलिफाप हुन्छ कि अभिसाप ?

कम्युनिस्टहरू पछिसम्म एक रहि रहन सक्लान जस्तो मलाई लाग्दैन । यिनीहरूमा प्रयाप्त मात्रामा वैचारिक विचलनहरू छन् । विभिन्न राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय वस्तुस्थितिको मुल्यांकन गर्ने यिनीहरूको दृष्टिकोणमा विविधता छ । कम्युनिस्टहरू सत्ताका लागि एक ठाउँमा आउने जमर्को गर्दैछन् । त्यही सत्ताकै लागि एकठाउँमा आउने जमर्को स्वरूप यिनीहरूले ६०, ४० को भागण्डा गरेका पनि हुन् ।

यो एकताले काँग्रेसलाई राजनीतिक धक्का पुर्याएको छ भन्छन नि ?

मेरो आफ्नै पनि विद्यार्थी आन्दोलन गर्दाको २०४६÷४७ देखिको अनुभव छ । नेपाली काँग्रेसले जस्तोसुकै परिस्थितिको सामना गरेर मुलुकलाई लोकतान्त्रिक पद्धतिमा लग्ने हो । बामहरू एक हुँदा पनि प्रकारान्तरले काँग्रेसलाई कुनै फरक पर्दैन ।

मुलुककै ठूलो दल बन्ने दाबी गरेको छ नि नेकपा एमालेले त ?

हेर्नुस, एमाले अहिले बडो जोखिममा देखिन्छ । ६०÷४० को भागबन्डा विस्लेषण गर्नुस न । ६० प्रतिशत स्थानमा मात्रै निर्वाचन लड्ने पार्टी मुलुकको पहिलो पार्टी कसरी हुनसक्छ । जसले ६० प्रतिशत ठाउँमा मात्रै उम्मेद्वार उठाउँदै छ भने उसले कसरी दुईतिहाइ ल्याउँछ ? एमाले आफै तेस्रो पार्टी हुने जोखिम छ । माओवादीको त झन संगठन तहसनहस नै छ ।सय प्रतिशत स्थानमा चुनाव लड्ने हैसियत नदेखे पछि न यो गठबन्धनको खिचडी पाकेको हो ।

बाम एकता के हारको मानसिकताको उपज हो भन्नखोज्नु भएको हो ?
देशका विभिन्न ठाउँमा साम्प्रदायिक सद्भाव खलबल्याउने, जातीय द्वैस फैलाउने, समाजिक धु्रबिकरण बढाउने र नक्कली समाजबादका कुरा गरेर दुईचार ठाउँमा मान्छे अलमल्याए भ्रममा पार्नेे कोसिस गरेकाछन जसअनुसारको परिणाम आउने देखिँदैन ।
अब काँग्रेसको कदम कस्तो हुनुपर्छ ?
लोकतान्त्रिक, राष्ट्रबादी र गतिशिलतामा विश्वास गर्ने गैह्रबामपन्थी शक्तिलाई एक ठाउँमा गोलबन्द गर्नुपर्छ । त्यसका लागि काँग्रेसले पहल गरिसकेको छ । कार्यदल अहिले पनि क्रियाशील छ । लोकन्त्रबादी, राष्ट्रबादी र गतिशिलमा विश्वास गर्ने शक्तिलाई एक ठाउँमा ल्याएर बामपन्थीलाई साइजडाउन गर्न सकिन्छ ।