थप ५ सय ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्यो

काठमाडौँ । अद्यावधिक विवरणअनुसार नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ जना पुगेको छ ।

आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

काला बजारी गर्नेलाई पाता फर्काउँछाै भन्दै गर्जिए काठमाडौं सिडियाे दाहाल

काठमाडौ । काठमाडौका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले लकडाउनकाे समयमा काला बजारी गर्नेहरुप्रति अाक्राेस कडा अापत्ति जनाउनु भएकाे छ ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले तराई विकास तथा सञ्चार केन्द्रको हलमा आज आयोजित कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी दाहालले लकडाउनमा काला बजारी गर्ने तथा सवारी पासको दुरुपयोग गर्ने गरेको पाइएमा त्यस्ता बद्मासहरुलाई पाता फर्काउने कार्य समेत गरिरहेका बताउनुभएकाे हाे ।

राजधानीलाई सुशासनयुक्त र अपराधमुक्त बनाई रामराज्य बनाउने अभियानका साथ आफूँहरु खटिइरहेको जानकारी गराउनुभयो ।
पछिल्लो समय विश्वसँगै नेपाल पनि कोरोना भाइरस (कोभिड–१९) का कारण संकटमा रहेकाले आफूँहरुमा लकडाउनलाई प्रभावकारी बनाउनुपर्ने र सर्वसाधारणको जनजीवनलाई समेत सहजीकरण गर्नुपर्ने चुनौतीपूर्ण अवस्था रहेकाले आफूँहरु त्यसतर्फ केन्द्रित भई दिनरात खटिई सेवा प्रवाह गरिरहेको जानकारी गराउनुभयो ।
कोरोना संक्रमण फैलिन नदिनका सरकारले लामो समय लकडाउन गरेको भएपनि पछिल्लो समय संसारको अभ्यासअनुसार सामाजिक दुरी मेन्टन गर्दा सबैभन्दा सुरक्षित रहन सकिने भन्दै उहाँले भन्नुभयो–‘सामाजिक दुरी कायम राख्नुहोस्, आफैँ सुरक्षित बन्नुहोस् ।’
उहाँले कोरोना भाइरसका कारण विश्वका विभिन्न मुलुकमा रहनुभएका नेपालीहरु उद्दार गर्ने कार्य जारी रहेको र नेपाल भित्रिइसकेकाहरुलाई होल्डिङ्ग सेन्टर र क्वारेन्टाइनमा राखिएको जानकारी गराउनुभयो ।
उहाँले लकडाउनको समयमा कुनै पनि अत्यावश्यक सामाग्रीहरुको व्यवस्थापन गर्न सफल भएको बताउँदै भन्नुभयो–‘लकडाउनमा आपूर्ति व्यवस्थापन सहज बनाउँदा उपभोक्तामा कुनै समस्या देखिएन यो हाम्रो सफलता हो ।’
प्रमुख जिल्ला अधिकारी दाहालले लकडाउनको समयमा कालाबजारी जस्ता घटना घट्न नपाएको दाबी गर्नुभयो । उहाँले लकडाउनको समयमा थर्मल गनको कालाबजारी गर्ने ठुला व्यापारी र ठुलो परिमाण अर्थात २० लाख अवैध माक्स बरामद गरेपछि झिना मसिना कालाबजारीहरुले कालाबजारी गर्ने हिम्मत नगरेको हुँदा कालाबजारीका घटना अत्यन्त कम भएको जानकारी गराउनुभयो ।
लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराइने सवारी पासको समेत दुरुपयोग भइरहेको जानकारी गराउँदै उहाँले भन्नुभयो–‘कालाबजारियाहरुले संकटमा नाफा कमाउन पल्केका कारण आफूहरुको संस्था पनि कहिलेकाँही विवादमा परेको भन्दै आफूँहरुको कमी कमजोरी भए त्यसलाई स्वच्छ ढँगले आलोचना गरिदिनुहोस् त्यसलाई हामी करेक्सन गछौँ ।’

कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले लकडाउनको समयमा समय अफिस सञ्चालन र बजार अनुगमनको कार्यलाई जारी राखेको कारण लकडाउनमा कालाबजारीका घटनामा न्यून भएको दाबी गर्नुभयो । उहाँले लकडाउनको समयमा समेत २ सय २५ वटा फर्ममा र गत साउनदेखि यता अर्थात चालु आर्थिक वर्षमा १८२३ वटा फर्ममा अनुगमन गरेको बताउँदै विभाग उपभोक्ताको हित संरक्षणमा अहोरात्र खटिरहेको प्रष्ट पार्नुभयो ।
कोभिड १९ को कारण मुलुक संकटकालिन अवस्थामा रहेको मौका छोपेर कालाबजारी गर्नेहरुलाई तत्काल एक्सनमा गएर कारबाहीलाई अगाडि बढाए बताउनुहँदै लकडाउनमा मात्र १ करोड ३१ लाख रुपैँया जरिवाना गरि राजस्व संकलन गरेको बताउनुभयो । विभागले कालाबजारी गर्नेहरुलाई २ देखि ३ लाखका दरले जरिवाना गर्दा चालु आर्थिक वर्षमा मात्र ३ करोड ३४ लाख जरिवाना गरेवापत्को रकम संकलन भएको महानिर्देशक सुवेदीले जानकारी गराउनुभयो । त्यसैगरी विभागले शंकाको घेरामा रहेकाहरुलाई कागजातसहित अफिसमै बोलाएर सोधपुछ गर्ने, बजार निरीक्षणमा प्रतिनिधिहरुलाई तालिम दिने, विहान ८ बजेदेखि नै कार्यालय खोलेर सहजीकरण गर्ने, उपभोक्ता दुत नियुक्त गरी उपभोक्ताको हित प्रवद्र्धन गर्ने लगायतका कार्यहरु गर्दै विभाग सक्रिय रुपमा अगाडि बढेको जानकारी गराउनुभयो ।
कार्यक्रममा उहाँले उपभोक्ता हित सुरक्षित गर्नका लागि स्थानीय सरकारहरु सक्रिय हुनुपर्ने जिकिर गर्दै स्थानीय तहले बजार अनुगमनको कार्यलाई प्रभावकारी बनाउन सके उपभोक्ताहरु बढी लाभान्वित हुने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम प्रसाद ढकालले उपभोक्ताको हित प्रवद्र्धनमा सरकारले दिएको म्यान्डेट अनुसार आफूँहरु सक्रिय भएको जानकारी गराउनुभयो । मुलुक कोरोना भाइरस (कोभिड १९) का कारण संकटमा रहँकै अवस्थामा सम्पूर्ण नागरिकहरुलाई सचेत बनाउने र उपभोक्ताहरुको सुरक्षालाई समेत ध्यानमा पु¥याउँदै आफूँहरु अगाडि बढेको जानकारी गराउनुभयो ।
राजधानीमा हाल १४ सय ४५ जना ट्राफिक प्रहरी रहेको र उनीहरु रात दिई खटिएर कोरोना भाइरससम्बन्धी सचेतनासँगै सडक सुरक्षामा जुटेको बताउनुभयो । उहाँले लकडाउनको अवधिमा ६७ हजार र पासको दुरुपयोग गर्ने ३४ हजार सवारी साधनलाई कारबाही गरेको बताउनुभयो ।
उपत्यका अपराध महाशाखाका प्रमुख दिपक थापाले अपराध नियन्त्रणका लागि सबैको सुझावबाट आफूँहरुले योजना बनाएर अगाडि बढेको बताउनुभयो । उहाँले लकडाउनमा नक्कली सेनिटाइजरलगायत कस्मेटिक सामानहरु बरामद गरेको जानकारी समेत गराउनुभयो ।
उहाँले पछिल्लो समय साइबर क्राइम बढेको प्रसङ्गमा बोल्दै भन्नुभयो–‘फेसबुक, इमो, ह्वाटसप लगायतका सामाजिक सञ्जालमा सुरक्षा व्यवस्थापन गर्न नसक्दा विभिन्न चरित्र हत्या देखि ठगी धन्दाहरु फस्टाइरहेको छ लकडाउनले झन् ठगीका घटनाहरु बढ्न सक्छ ।’ लकडाउनका कारण सबै क्षेत्रमा आर्थिक संकट आएकोले अब झन् ठगी, बाउन्स चेक, चोरी, लुटपाट, अपहरण र फिरौतीलगायतका घटनाहरु बढ्छ उहाँले भन्नुभयो ।
उपभोक्ताकर्मी तथा उपभोक्ता संघका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले हामीमा भौतिक दुरी कायम नगरेका कारण कोरोना संक्रमणको जोखिम बढ्न थालेको बताउनुभयो । लकडाउनको समयमा निलो नम्वर प्लेट भएको गाडीमा चढेर कालाबजारी गरेकाले उनीहरुलाई धरौटीमा रिहा गर्ने मात्र होइन कालाबजारी ऐन अनुसार कारबाही गर्नुपर्ने मा उहाँको जिकिर थियो । यतिबेला कालाबजारीहरुले टाउको उठाउन थालेका कारण लकडाउन खुकुलो भएपछि मूल्य आकाशिने निश्चित भएको भन्दै त्यसतर्फ सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराउनुभयो ।
त्यसैगरी कार्यक्रममा राजधानी दैनिकका सम्पादक सागर पण्डितले यतिबेला राष्ट्रसेवक कर्मचारीहरु असली राष्ट्रसेवक बन्न जरुरी भएको भन्दै प्रमुख जिल्ला अधिकारीलगायत सम्पूर्ण राष्ट्रसेवकहरुले यो संकटको बेला जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो । लकडाउन खुकुलो भएपछि उपभोक्ताहरु झन् मारमा पर्नसक्ने तर्फ ध्यानाकर्षण गराउँदै सरकारका निकायहरुले अनुगमनलाई चलाएमान बनाउन सुझाव दिनुभयो ।
त्यसैगरी युवानेता पर्शुराम बस्नेतले छिटो काम लिनको लागि कानुन मिच्ने कार्य हामीबाटै भएकाले त्यसतर्फ सचेत हुन आम उपभोक्ताहरुलाई सुझाव दिनुभयो । उहाँले आफ्नो अधिकारको लागि आफैँ सचेत हुँदा प्रभावकारी हुने दाबी गर्नुभयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्द चौलागाईंले लकडाउनको त्राससँगै बजार खुलेको बजारमा सर्वसाधारणहरु अस्वाभाविक मूल्यबृद्धिको मारमा पर्न सक्छन् यसतर्फ प्रशासनको ध्यानाकर्षण हुन जरुरी रहेको बताउँदै सुशासन कायम गराउन कार्यक्रममा उपस्थित सबै निकायहरुलाई ध्यानाकर्षण गराउनुभयो ।

सप्तरीमा चट्याङ लाग्दा ४ जनाकाे मृत्यु

सप्तरी । सप्तरीमा चट्याङ लागेर चार जनाको जनाको मृत्यु भएको छ। बिहीबार बिहान परेको चट्याङले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको मृत्यु भएको हो।

जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङले ज्यान गएको छ।

महदेवा गाउँपालिका वडा नम्बर २ का एक वृद्ध र युवकको सप्तकोशी नदी छेउमै मृत्यु भएको छ। २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुरको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले बताए।

डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीया ललितादेबी यादव रहेको भारतीले बताए।

राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ।

बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन्। उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ।

पाल्पामा थप ३१ जनामा काेराेना पुष्टि: जिल्लामा आज मात्रै १सय २४ जनामा संक्रमण

काठमाडौँ । अद्यावधिक विवरणअनुसार पाल्पामा बिहीबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणअनुसार बिहीबार थप ३१ जना संक्रमित थपिएका हुन् ।

यसअघि भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाको निस्दी गाउँपालिकाका ९३ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको पीसीआर परीक्षणमा तानसेन नगरपालिकाको बतासेस्थित साइन्स क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरू रहेका छन् । त्यस्तै पूर्वखोला गाउँपालिका–१ हेक्लाङस्थित जनमार्ग माध्यमिक विद्यालय र मदन–आश्रित आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका २१ जना, रम्भा गाउँपालिकाका ६ जना र तिनाउ गाउँपालिकामा २० वर्षीय एकजना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरू २० देखि ६४ वर्ष उमेरका रहेका छन् । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ३ सय ७२ पुगेको छ ।

कतारबाट १ सय ५५ नेपाली आज नेपाल आउँदै

काठमाडौँ । कतार एयरवेजले बिहीवार बोइङ–७८७‘ड्रिमलाइनर’मार्फत १ सय ५५ जना नेपाली नागरिक लिएर आउने भएको छ।

पहिलो पटक नेपालमा ड्रिमलाइनरमार्फत दुईतर्फी चार्टर उडान गर्न लागेको यो वायुसेवा कम्पनीले नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि ड्रिमलाइनर नै प्रयोग गर्ने योजना रहेको जनाएको छ।

‘कतार एयरवेजले सार्क मुलुकभर हालसम्म दिल्लीमा मात्र ड्रिमलाइनर प्रयोग गर्दै आएको छ। नेपालमा अनुमति पाएको अवस्थामा सार्क मुलुकभर कम्पनीको ड्रिमलाइनर दुई वटा मुलुकमा सञ्चालनमा आउनेछ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने।

बिहीवार दिउँसो २ः०० बजे काठमाडौमा अवतरण हुन लागेको यो जहाजमा १ सय ५५ जना नेपाली नागरिक निःशुल्क आउन लागेको प्राधिकरणका प्रवक्ता क्षेत्रीले जानकारी दिए।

‘यो जहाज दोहाबाट खाली आउन लागेको थियो। अहिले सरकारले विदेशमा रहेका नेपालीलाई विदेश फर्काइरहेको अवस्थामा कतार सरकारको पहलमा एक सय ५५ नेपालीलाई निःशुल्क ल्याइदिन लागेको जनाइएको छ,’ प्रवक्ता क्षेत्रीले भने।

नेपालले ओलीलाई भने” तपाईंको कुरा सुनेर थाकियाे”

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच घम्साघम्सी परेको छ।

वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बोल्दाबोल्दै बीचमै हस्तक्षेप गरेपछि घोचपेच सुरु भएको थियो।

प्रधानमन्त्री ओलीले आफूलाई वरिष्ठ नेता नेपालले बीचैमा रोकेपछि ‘अहिले होइन, आफ्नै पालामा बोल्नुस्’ भन्दै सामसुम पार्ने कोसिस गरेका थिए।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले काम धेरै राम्रो गरेको भन्दै एकपछि अर्को गरेर उदाहरण दिँदै सरकारले राम्रा काम गरेको भन्दै लामो सूची पेश गर्न थालेपछि वरिष्ठ नेता नेपालले उनलाई बीचमै राके र भने– ‘एकछिन रोक्नुस्,’ र, थपे, ‘यीनै कुरा धेरैपटक सुन्दासुन्दा थाकियो । तपाईले राम्रो काम भएको छ भन्ने दावी गरेर हुन्छ ? मसँग हिड्नुस्, देखाई दिन्छु कहाँ के काम भएको छ । जनताले के भनेका छन्, ग्राउन्डमा गएर बुझ्नुस् ।’

नेपाललको अर्को विषयमा पनि असन्तुष्टि आयो । पार्टी नेतृत्वले जोखिम मोलेर एकता सम्पन्न गरेको प्रधानमन्त्रीको भनाईमा नेता नेपालको जवाफ थियो, ‘अरुको योगदानलाई कम नआँक्नुस् । आत्मप्रशंसाको बखान नगर्नुस् । अब धेरै भयो ।’ सामूहिक नेतृत्वबाट एकता सम्भव भएको भन्दै नेता नेपालले पार्टीमा सबैको योगदान रहेको बताएका थिए ।

ओली र नेपालबीच केहीबेर घोचपेच भएको थियो । त्यसपछि ओलीले भनेका थिए, तपाईंको बोल्ने पालो आउँछ, अहिले हतार नगर्नुस्, जे भन्न छ आफ्नै पालामा भन्नुस् ।’

बुधबार साँझ राष्ट्रपति निवासमा रात्रिभोज, को—को उपस्थित रहने ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रात्रिभोजको आयोजना गर्नुभएको छ ।

संसदमा सहभागी सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई डाकिएको रात्रिभोजमा समसामयिक विषयमा छलफल समेत हुने बताइएको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीलत निवासमा साँझ ५ बजे नेताहरुलाई भेटघाटका लागि बोलाउनु भएको जानकारी दिए ।

उनका अनुसार छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ । ‘कोभिड –१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासंँग राष्ट्रपतिको तीनचार महिना नै भेट भएको थिएन ’, उनले भने, ‘सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उहाँहरूलाई बोलाउनु भएको हो । यो नियमित भेटघाट पनि हो ।’

नागरिकता कानुन महिला र पुरुषका लागि समान बनाऔँः गगन थापा(पूर्णपाठ सहित)

हामी सबै नेपालीको अभुतपूर्व एकता तथा समर्थनमा नेपालको परिवर्तित नक्सालाई संविधानको अंग बनाएको धेरै भएको छैन। त्यस एकताको प्रष्ट सन्देश थियोः ‘राष्ट्रका संवेदनशील मुद्दामा सिङ्गो नेपाल एकजुट हुन्छ।’ त्यस्तो समस्याको समाधानका लागि गरिने सामुहिक प्रयत्नका क्रममा जुन सर्वव्यापी एकताको जनभाव उत्पन्न हुन्छ शायद त्यही नै वास्तविक राष्ट्रियता हो। नक्साको सन्दर्भमा देखिएको त्यो राष्ट्रव्यापी एकताले अतिक्रमित भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने कठिन यात्रामा अनवरत अगाडि बढ्न आधार र आत्मबल त प्रदान गरेको थियौ नै, राष्ट्रिय राजनीतिमा लामो समयदेखि पेचिलो बनेको नागरिकता, वैदेशिक सहायता लगायतका जटिल मुद्दा तथा विषयहरुमा राष्ट्रिय समझदारी जुटाउने वातावरण पनि बनाएको थियो।

तर अफसोच हामीले यो वातावरणको सदुपयोग गर्न सकेनौँरजानेनौँ। राजनीतिक नेतृत्वले नक्साका सन्दर्भमा जनस्तरमा विकास भएको राष्ट्रिय एकताको नैतिक धरातललाई बुझ्न जरुरी छ। त्यो आधार भनेको हामी सबै जात–जाति, लिंग, भाषा र समुदायका नेपालीहरुको हक–अधिकार र आत्मसम्मानको समुचित सुनिश्चितता हो भन्ने बिर्सनुहुन्न। तर पछिल्ला केही दिनमा नागरिकताजस्तो पेचिलो र संवेदनशील विषयमा जसरी बहस अगाडि बढाइएको छ, यसको संकेत सुखद छैन। बहसको स्तर र स्वरुपले राजनीतिक नेतृत्व आम–नेपाली नागरिकको पहिचान, हक–अधिकार तथा आत्मसम्मानप्रति संवेदनशील र इमानदार रहेको देखिँदैन। समाज फेरि ध्रुविकृत भएको छ, एक अर्कामाथि अनर्गल आरोपप्रत्यारोपको फोहोरी श्रृङ्खला फेरि सुरु भएको छ। यसले समानताको कोणबाट सबै मुद्दालाई टुङ्ग्याउने मौकाबाट हामी फेरि चुक्दै छौँ र यो विषयलाई थप जटिल बनाइरहेका छौँ। मुलुकको शान्ति र समृद्धिका लागि अत्यावश्यक आम सहमति र सहकार्यको वातावरण फेरि एकचोटि धमिलिनु दुःखद छ।

सरकारले प्रस्तुत गरेको नागरिकता विधेयक र समितिको प्रतिवेदनमा केही महत्वपूर्ण विषयहरु समावेश छन्, केही छुटेका छन् भने थुप्रै असमानताका विषय परेका छन्। यद्यपि वैवाहिक अंगीकृत नागरिकताको विषयमात्र सबैको रुची र विवादको केन्द्र बनेको छ। नेपाली पुरुषले विवाह गरेकी महिलाले तत्कालै अंगीकृत नागरिकता पाउने कि ७ वर्ष कुरेर पाउने ? संसददेखि सडकसम्म यसको पक्ष र विपक्षमा तीव्र विवाद भइरहेको छ। यसलाई बुझ्न हामी केही पछाडि फर्कनुपर्ने हुन्छ।

नागरिकताका सन्दर्भमा मुलुकमा यो व्यवस्था कहिलेदेखि शुरु भयो र कसरी यहाँसम्म आइपुगियो भन्ने बुझ्न करीब ६ दशक देखिका संविधान र कानूनी प्रावधान एकपटक पल्टाएर हेरौँ।

नेपालको संविधान, २०१९ ९संसोधनसहित०– ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी नारीको हकमा निजले सो विदेशको नागरिकता त्यागेपछि र अरुको हकमा कम्तिमा पन्ध्र वर्षको अवधिसम्म नेपालमा बसोबास गरेको व्यक्तिले नागरिकता प्राप्त गर्न सक्नेछ।’

नेपाल नागरिकता ऐन, २०२० (संसोधनसहित)– ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ। त्यसरी निवेदनपत्र दिँदा नेपाली नागरिकसित भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको निस्सा पनि साथै पेश गर्नुपर्नेछ।’

नेपाल अधिराज्यको संविधान, २०४७– ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले विदेशको नागरिकता त्याग्ने कारबाही चलाएपछि र नेपालको नागरिकता त्यागी विदेश गएको व्यक्तिले विदेशको नागरिकता त्यागेपछि नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ।’

नेपालको अन्तरिम संविधान, २०६३– ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा प्रचलित कानून बमोजिम अंगीकृत नेपाली नागरिकता लिन सक्नेछ।’

नेपाल नागरिकता ऐन, २०६३– ‘नेपाली नागिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्ने छ। त्यसरी निवेदनपत्र दिँदा नेपाली नागरिकसित भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको निस्सा पनि साथै पेश गर्नुपर्नेछ।’

पहिलो संविधानसभाले तयार गरेको मस्यौदा, २०६९– ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम भएका विदेशी महिलाले नेपाली नागरिकता लिन चाहेमा विदेशी मुलुकको नागरिकता त्याग्ने कारवाही चलाएपछि निजलाई नेपालको अंगीकृत नागरिकता प्रदान गर्न सकिनेछ।’

नेपालको संविधान, २०७२– ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानूनबमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ।’

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक– ‘नागरिकता प्राप्त गर्न चाहने महिलाले नेपालको नागरिकता प्राप्त गरेको मितिले छ महिनभित्र विदेशको नागरिकता परित्याग गरेको निस्सा पेश गर्नुपर्नेछ । समय सीमाभित्र विदेशको नागरिकता परित्याग गरेको निस्सा पेश गर्न नसकेमा प्राप्त गरेको नेपालको नागरिकता रद्ध हुनेछ।’

यी तथ्यले देखाउँछ, केही व्यक्तिहरूले तर्क गरेजस्तो वैवाहिक अंगीकृत नागरिकताको प्रबन्ध २०६२र२०६३ सालको आन्दोलनबाट उब्जेको विषय होइन। माथिका प्रावधानबाटै प्रष्ट हुन्छ– नेपाली पुरुषसँग विवाहित विदेशी महिलाले चाहेमा तत्काल नागरिकता पाउने व्यवस्थालाई प्रचलित विषय ९ऋगकतयmबचथ० मान्दै सदियौंदेखि प्रचलनमा रहेको, कम्तिमा पनि ६८ वर्षदेखि निरन्तर अभ्यास गरिँदै आएको र ५८ वर्षदेखि संवैधानिक प्रवन्ध नै गरिएको रहेछ। २०७२ को नेपालको संविधानमा राखिएको विषय २०१९, २०४७, २०६३ कै संवैधानिक प्रावधानको निरन्तरता मात्र हो। र, अहिलेको विधेयकमा प्रस्तावित विषय नेपाल नागरिकता ऐन २०२० र नेपाल नागरिकता ऐन २०६३ मै उल्लेखित विषय हुन्। २०७२ को संविधानमा संघीय कानूनबमोजिम भनेर राखिएको प्रावधान कति अवधिपछि नागरिकता दिने भनेर निक्र्योल गर्न हैन, नागरिकता लिने र दिने कार्यलाई कानूनी रुपमा कसरी व्यवस्थित गर्ने भनेर राखिएको हो। त्यसैले त प्रारम्भमा विधेयक पेश गर्दा सरकारले कुनै समयसीमा नतोकी तत्काल दिने भनेर कानूनी प्रावधान प्रस्ताव गरेको थियो। यसर्थ, अहिले जसरी नेकपाले ७ वर्ष राख्न चाहेको तर कांग्रेसले नचाहेको भनेर व्याख्या गर्न खोज्नेहरूले यही नेकपा सरकारले संसदमा पेश गरेको संशोधन विधेयकमा उल्लेखित प्रावधान र्हेयो भने नै प्रष्ट हुन्छ– त्यहाँ ७ वर्षपछि भनेर कहाँ प्रस्तावित गरिएको छ ? संविधानले प्रष्ट बोलेको कुरामा कानूनले संकुचित गराउन मिल्ने वा नमिल्ने भन्ने प्रश्न गम्भिर कानूनी प्रश्न हो। यसबारेमा छुट्टै बहस होला।

यसरी के देखिन्छ भने दशकौँ अघिदेखि अभ्यास गरिएको र ५८ वर्ष अगाडि राजा महेन्द्रले जारी गरेको २०१९ को पञ्चायती संविधानदेखि राजतन्त्रलाई प्रतिस्थापन गरी संविधानसभाबाट जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ सम्म यो विषयमा एकैखाले प्रावधान रहँदै आयो। तर के यो बदल्नै हुन्न थियो वा बदल्न सकिन्न थियो ? अनि बदल्ने विषय यो मात्रै हो वा अरु पनि छ भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ। निश्चय नै बदल्न सकिन्थ्यो र आवश्यकता अनुसार बदल्ने नै हो। तर दशकौँदेखिको यो कानूनी अभ्यासलाई बदल्ने औचित्यलाई पुष्टि भने अवश्य गर्नुपर्छ।

जसले यो कानूनी व्यवस्था बदल्नुहुन्न भनिरहेका छन्, उनीहरुको तर्क छ दशकौँदेखि हुँदै आएको यो व्यवस्था किन बदल्ने ? यो जस्ताको तस्तै राखिनुपर्छ। तर यो तर्क गर्दै गर्दा उनीहरू समानताको कुरामा मौन छन्।

जो यो कानूनी व्यवस्थालाई बदल्नुपर्छ भनिरहेका छन्, उनीहरुले विभिन्न क्षेत्रमा बोलेको कुराहरु सुन्दा तिनको आशय यस्तो बुझिन्छ– ‘नेपालको कुनै एउटा समुदायको सीमापारि विहेबारीको चलन अत्याधिक छ। विवाह गरेर उनीहरुको घर भित्रने महिलामाथि हाम्रो विश्वास कमजोर छ। केही वर्ष हामी उसको परीक्षण गर्छौं। राष्ट्रवादको परीक्षामा उत्तिर्ण भएमात्र ७ वर्षपछि नागरिक बनाउँछौँँ।’ यो तर्क गर्नेहरू संविधानले व्यवस्था गरेको समानताको विषय र नागरिकताका सन्दर्भमा संविधानमा नभएको कुरालाई कानूनमा राख्न पाइन्छ कि पाइँदैन भन्ने प्रश्नमा चाहिँ मौन छन्।

पछिल्लो तर्कको अन्तर्यमा वैवाहिक अंगीकृत सम्बन्धि पाँच दशक अघिदेखि चल्दै आएको कानूनी व्यवस्था बदल्नुको कारण मूलतः एउटा समुदायमाथिको आशंकार अविश्वास देखिन्छ। हामीले बनाउने कानूनको औचित्य यसरी पुष्टि गरेर हाम्रो राष्ट्रिय हित प्रवद्र्धन हुन्छ र ? एउटा सिंगो समुदायमाथि आशंका गरेर, अपहेलित र अपमानित महशुस गराएर बनाएको कानून र त्यस कानूनले उपलब्ध गराउने नागरिकताबाट सृजित नागरिक निश्चय पनि हाम्रो राष्ट्रिय इन्द्रेणीमा शानसँग समेटिने छैन, हाम्रो राष्ट्रिय एकता सुदृढ हुनेछैन। के हामीले खोजेको राष्ट्रियता यस्तै हो ?

अब एकै छिन वर्षौंदेखि हामीले उठाउँदै आएको कोणबाट सोचौँ। संविधान लेख्दा नै नागरिकताका सम्बन्धमा महिला र पुरुषमा भेदभाव गरिएको छ। संविधानमा समानता मौलिक हकको रुपमा राखिसकेपछि, वास्तवमा यसो गर्न नै पाइँदैन। पितृसत्तात्मक अंहकार र शासकीय क्षमतामा लघुताभाषको कारणले यस्तो प्रबन्धलाई अथक प्रयत्नका बावजुद संविधान बनाउँदा हटाउन सकिएन। त्यस्ता कतिपय विषयहरू सच्याउन संविधान नै संशोधन गर्नु पर्ने भएकाले संशोधन गरौँ।

असमानताका धेरै विषयमध्ये एउटा विषय वैवाहिक अंगीकृत नागरिकताको विषय हो। नेपाली महिलाले कुनै विदेशी पुरुषसँग विवाह गरेमा उक्त पुरुषले जति नै अवधि नेपाल बसे पनि यहाँको नागरिकता पाउने कानूनी प्रावधान छैन, जुन महिलाको हकमा अत्यन्त विभेदपूर्ण छ। त्यसैले नागरिकता सम्बन्धी कानूनमा यसलाई सच्याउनुपर्छ र समान बनाउनुपर्छ। अब उपरान्त नेपाली नागरिकले कुनै पनि विदेशी नागरिकसँग विवाह गर्छ, विवाहबाट सम्बन्ध गाँसिएको व्यक्तिले आफ्नो देशको नागरिकता परित्याग गर्छ, नेपालमै बसोबास गर्छ र नेपालकै नागरिक बन्नु भन्छ भने निश्चित अवधिपछि उसले नेपाली नागरिक बन्न पाउनुपर्छ। यो व्यवस्थाले नागरिकताको सन्दर्भमा महिला र पुरुषको विभेदलाई हटाएर समानताको प्रत्याभूति गराउँछ। नेपाली महिला वा पुरुष जसले पनि विवाह गरेर नेपाल आउने पुरुष वा महिला निश्चित समयपछि नेपालको अंगीकृत नागरिक बन्न पाउने अवस्था हुन्छ। यस्तोमा नागरिकता दिनुअघि निश्चित समयावधि राख्ने कुराको कतैबाट पनि विरोध हुनेछैन। त्यो समयावधि महिला वा पुरुष दुवैका हकमा समानरुपले ५ वर्ष, ७ वर्ष कति राख्ने छलफल गरेर टुङ्ग्याउन सकिन्छ।

यसरी महिलामाथि हुँदै आएको विभेद सच्चाउने काम गर्ने भएपछि, दशकौँदेखिको अभ्यास त बदलिने नै भयो। कुनै समुदायतिर लक्षित नभई मूलतः समानताका लागि गरिएको यस्तो नयाँ प्रबन्ध मान्दिन भनेर कसले भन्ने ? वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्नु अगाडि महिला पुरुष सबैलाई समान रुपले केही समयावधि राख्नुपर्छ भन्दा नेपाली कांग्रेस वा जसपाले के भनेर विरोध गर्ने ? त्यस्तो अवस्थामा विवादको कुनै आधार र औचित्य हुनेछैन। यो प्रावधानले कसैले पनि विभेद भएको अपमानित भएको महशुस गर्नेछैन, बरू समानताको एउटा जग बसाल्नेछ।

महिला र पुरुषलाई बराबरी बनाउने यस्तो प्रावधान राख्दैगर्दा नागरिकता नभएका कारण हुने व्यवहारिक कठिनाईको सामना कसरी गर्ने भन्ने प्रश्न उठ्छ नै । यस सन्दर्भमा व्यवहारिक अप्ठ्यारो नहोस भन्नका लागि विवाहपछि नागरिकता प्राप्ति नहुनेबेला सम्मको समयावधिमा प्रदान गरिने स्थायी आवासीय अनुमतिपत्रको आधारमा उनीहरूले राजनीतिक बाहेक अन्य सबै आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका हकअधिकारहरु नेपाली नागरिक सरह प्रयोग गर्न पाउने कुरा सुनिश्चित गर्नुपर्छ । यसका लागि आइपर्ने कानूनी र व्यवहारिक समस्या समाधान गर्न लोकसेवा आयोगको परीक्षामा सहभागि हुन पाउने अधिकार, शैक्षिक अधिकार, सम्पत्तिको अधिकार लगायतको सुनिश्चितताका लागि त्यस्ता विभिन्न कानूनहरू संशोधनका लागि ‘केही नेपाल ऐन संशोधन गर्ने’ विधेयक मार्फत एकैपटक संशोधन गरौँ । संविधानमै रहेका कतिपय विभेदकारी प्रावधानहरू संविधान संशोधन गरेर सच्च्याऊँ।

वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरुष भनेर भेदभाव गर्नु हुन्न भन्दैगर्दा, यसले त झन् अंगीकृत नागरिकको संख्या व्यापक रुपमा रुपमा बढ्छ र त्यसले अर्को संकट आउँछ भन्ने आवाज अर्को पक्षबाट आउन सक्छ । त्यस्तो संशय राख्नेहरूलाई हामीले बुझाउन पर्ने केही कुराहरू छन्ः

हामीले संविधानमै प्रष्ट लेखेका छौँः राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेशप्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्दछ। यसरी राज्यका प्रमुख पदमा अंगीकृत नागरिकको प्रवेशलाई संविधानले नै वर्जित गरेको छ।

यो बाहेक अन्य संवैधानिक निकायको पदमा समेत अंगीकृत नागरिकता प्राप्त व्यक्ति निश्चित अवधि नेपालमा बसोबास गरेपछि मात्र त्यस्तो संवैधानिक नियुक्तिका लागि योग्य हुनसक्छ।

लाखौँ अंगीकृत नागरिकता बाँडिएको छ भन्ने अर्को भ्रमलाई पनि निवारण गर्न जरुरी छ। स्मरणर होस्– नेपालमा नागरिकताको तथ्यांक राख्न थालेको ६८ वर्षको अवधिमा जम्मा ४ लाखभन्दा पनि कम विदेशी महिला नेपाली पुरुषसँग विवाह गरेर अंगीकृत नागरिकता लिएको गृह मन्त्रालयकै तथ्यांकले बताउँछ। अर्कोतर्फ जनआन्दोलन २०६२र०६३ पछि मधेसमा लाखौँ विदेशीलाई नागरिकता दिइएको भनेर व्यापक दुस्प्रचार गरिएको छ। यस सन्दर्भमा पनि स्पष्ट हुनु आवश्यकछ। त्यति बेलाजम्मा २६ लाख ७० हजार नागरिकता वितरण गरिएकोमा पहाडमा १३ लाख र तराइमा १२ लाख वंशजको आधारमा वितरण गरिएको र जम्मा १ लाख ७० हजारमात्र अंगीकृत नागरिकता वितरण भएको गृहमन्त्रालयकै तथ्यांकले बताउँछ। त्यसैले यो अफवाह र प्रोपोगण्डा गरिएजस्तो विकराल अवस्था होइन।

अहिले छलफलमा रहेको विधेयकमा, नागरिकता अभिलेख तथा अनुसन्धानका लागि छुट्टै ‘नागरिकता अभिलेख तथा अनुसन्धान निर्देशनालय स्थापना गर्ने’ सम्बन्धमा मैले राखेको एउटा संशोधन छ। यसले प्रत्येक नेपाली नागरिकको वैयक्तिक, जैविक तथा नागरिकतामा उल्लेख हुने सम्पूर्ण विवरणसहितको नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख राख्छ, नागरिकतासम्बन्धी विषयमा अध्ययन, अनुसन्धान गर्छ। अभिलेखालयले नागरिकताको अभिलेख राख्नेमात्र हैन, नागरिकता प्राप्त गर्ने व्यक्तिको प्रमाण सही भएको जाँचबुझ गर्ने, प्रमाणीकरण गर्ने एउटा बलियो प्रशासनका रुपमा पनि काम गर्छ। नागरिकताको दुरुपयोग रोक्न यस्तो व्यवस्था प्रभावकारी हुनेछ। कसैले पनि दोहोरो नागरिकता राख्न नसक्ने कुरालाई यसले सुनिश्चित गर्छ। यदी कसैले यो प्रावधान दुरुपयोग गरेर नागरिकता लिएको छ वा लिन्छ भन्ने संशय हो भने अबका मात्रै होइन विगतका पनि जाँचबुझ र प्रमाणिकरणका लागि अध्ययन अनुसन्धान गर्ने अधिकार त्यस निर्देशनालयलाई प्रदान गर्न सकिन्छ।

भारतमा वैवाहिक अंगीकृत नागरिकताको लागि ७ वर्ष कुर्नुपर्छ भनिन्छ तर भारतमा भएको प्रावधान महिला र पुरुष दुवैका लागि हो भन्ने कुरालाई सधैँ उपेक्षा गरिन्छ। भारत लगायत संसारका धेरै देशहरूमा यस्तो समयावधिसहितको प्रावधान छ र त्यस्तो प्रावधान महिला पुरुष दुवैका लागि बराबर छ। खुला सिमाना भएको कारणले नेपालमा पनि भारतको जस्तै निश्चित वर्षपछि मात्र नागरिकता दिने कुरा गर्दैगर्दा महिला पुरुषलाई समान ढंगले दिने व्यवस्थाले नै यस सन्दर्भमा भएको विभेद हटाउन मद्दत गर्छ।

अन्त्यमा, मलाई लाग्छ, अहिलेको विवाद वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न केही वर्ष कुर्नुपर्ने नयाँ कानूनी प्रबन्ध ठीक कि बेठिक भन्ने हुँदै होइन। यसको आवश्यकता र औचित्यलाई हामी कसरी पुष्टी गरिरहेका छौँ, समस्या यसमा छ। कुनै एउटा समुदायतिर सशंकित नजर लगाएर राज्यले गर्ने कानूनी प्रबन्ध र व्यवहारले हाम्रो राष्ट्रियता बलियो बनाँउछ कि हामी कोहीमाथि विभेद गर्देनौँ, त्यसमाथि नागरिकताजस्तो विषयमा त झन गर्दै गर्दैनौँ, यही समान व्यवहारका लागि हामीले नयाँ कानूनी प्रबन्ध गरेका छौँ भन्दा यसले राष्ट्रियतालाई बलियोबनाउँछरु गम्भिरतापूर्वक सोचौँ।

अझै समय छ, विगतमा समानताका मुद्दामा आफू अगाडि रहेको दावी गर्ने नेकपाको नेतृत्व, स्वतन्त्रता र समानता सहितको लोकतन्त्रका लागि लडेको भन्ने कांग्रेसको नेतृत्व, अनि समानता र आत्मसम्मानकै आवाज उठाएको मान्ने जसपाको नेतृत्व, प्रधानमन्त्रीदेखि प्रमुख प्रतिपक्षी दलका नेतासम्म, नेकपा, नेका, जसपाका हामी सवैले एक पटक सोचौं९ आफैले बनाएको संविधानमा लेखेको सारभूत समानतालाई सम्झौं र मनन गरौं९ के हामीलाई त्यो संविधानको मर्म र भावना विरुद्ध जाने छुट छ, अनि त्यही समानतालाई मूल मन्त्र बनाएर छलफल गरौं त नागरिकतामा भएको विभेदकारी व्यवस्था हटाउन संविधान संशोधनमा सहमत जुट्छनै । नेपाली नागरिकसँग विवाह गरेका व्यक्तिले निश्चित् समय पछि मात्र वैवाहिक अंगिकृत नागरिकता पाउने कुरामा सजिलै एकमत बन्छ। यही मौका को सदुपयोग गर्दै समाधान हुन बाँकी संविधानमा रहेकाअसमानताका अन्य विषयहरू पनि मिल्नेछन् ।

संविधान जारी भएसँगै मुलुकले समुन्नतिको यात्रा प्रारम्भ गरेको छ। देशको विलक्षण विविधता प्रतिबिम्वित हुनेगरी सबैको पहूँच, प्रतिनिधित्व, प्रतिष्ठा र प्रगतिको सैद्धान्तिक जग हालेर निरन्तर अगाडि बढ्न सकियो भनेमात्र हाम्रो यात्रा निर्विघ्न हुनेछ। सबै नागरिक स्वतन्त्र र समान नभएसम्म समुन्नत नेपाल एउटा सुन्दर परिकल्पनामै सीमित रहने निश्चित छ। त्यही जग हाल्ने क्रममा संविधानले निर्दिष्ट गरेका कानूनहरूको निर्माण गर्दैगर्दा हामीले त्यो सपनालाई साकार पार्ने आफ्नो दायित्वलाई बिर्सिनु हुँदैन। नागरिकलाई यो देश तिम्रो पनि हो भनेर सर्बाधिक महत्वपूर्ण परिचय दिँदै अधिकार सम्पन्न गराउने प्रमाणपत्र दिने क्रममा पुरुषले भन्दा महिलाले कम अधिकार र पहिचान पाउने विभेदकारी प्रावधानले हाम्रो संविधानको मर्ममाथि नै प्रहार गर्छ। फेरि पनि महिला र पुरुषबीचको असमानता मेटिँदै नरफेरी अर्को चरणको संघर्षको आधार तयार भएर समुन्नतिको यात्रा अवरुद्ध हुन्छ।

तसर्थ, नक्साको विषयमा जसरी हामी एकजुट भएका थियौँ, त्यसरी नैनागरिकताजस्तो संवेधनशील विषयमा पनि आवेग र उत्तेजनामा आएर होइन संयम र विवेकका साथ सामुहिक प्रयासबाट समाधान खोजौँ। महिला र पुरुष भनेर विभेद नगर्ने अग्रगामी राष्ट्रको परिचय दिने विषयमा हाम्रा कुरा नमिल्ने,सहमति रसहकार्य गर्न नसकिने सम्भावना नै छैन।

स्वास्थ्यकर्मी तथा कर्मचारीका समस्याबारे श्रम मन्त्रीलाई अध्यक्ष थापाको टोलीद्धारा ध्यानाकर्षण

पोखरा । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष चन्द्र थापा नेतृत्वको टोलीले स्वास्थ्यकर्मी तथा कर्मचारीका समस्या बारेमा श्रम मन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।


टोलीले मंगलबार श्रम मन्त्रालय पुगेर कोभिड १९ को महामारीमा फ्रन्टलाइनमा बसेर काम गरिरहेका निजी स्वास्थ्य संस्थका स्वास्थ्यकर्मी तथा कर्मचारीले भोग्नु परेका समस्या श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादबलाई ध्यानाकर्षण गराएका हुन् ।


युनियनले आफ्नो ११ औं स्थापना दिवसको अबसर पारेर देशभरका ७ वटै प्रदेशका १ सय १५ निजी स्वास्थ्य संस्थाहरुमा कोभिड १९ को महामारी र बन्दाबन्दीको समयमा स्वास्थ्य क्षेत्रको वस्तविकता र त्यहाँ कार्यरत कर्मचारीहरुका समस्या अध्ययन गर्न सर्वेक्षण गरेको थियो । सोही अध्ययनको प्रतिबेदन युनियनको टोलीले केही दिन पहिले स्वास्थ्य मन्त्रीलाई मन्त्रालयमा नै पुगेर ध्यानाकर्षण गराएको थियो भने मंगलबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुगेर श्रम मन्त्री यादबको ध्यानाकर्षण गराएको हो ।

युनियनले गरेको सर्वेक्षणमा कतिपय निजी अस्पतालहरुमा ब्यक्तिगत सुरक्षा सामाग्री ९पिपिई० बिना नै काम गर्न पर्ने बाध्यात्मक अवस्था रहेको, केही अस्पतालमा विगत फागुन महिना देखि कै पारिश्रमिक नपाएको, कतिपय निजि स्वास्थ्य संस्थामा कार्यरत श्रमिकहरूले समयमा तलब नपाउने, पाए पनि पूरा तलब नपाउने र बेतलबी बिदा बस्नुपर्ने बाध्यताले उनीहरुको दैनिक जीवनयापन झन झन कष्टकर हुदै गएको, घरभाडा र अत्यावश्यक दैनिक उपभोज्ञ सामाग्रीको जोहो गर्न पनि नसक्ने अवस्था बनेको पाईएको थियो ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको सर्बेक्षण प्रतिबेदन, अछामको बयलपाटा अस्पतालमा घटेको घटनाको छानबिन गरि दोषिलाई सजाय र पिडिलाइ न्याय, साथै सरकारले निर्देशन गरेको पारिश्रमिक सम्बन्धि निर्णयमा निजि अस्पतालका संचालकले गरेका आनाकानी लगायतका बिषयमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले श्रम मन्त्री यादबलाई भेटि ध्यानाकर्षण पत्र बुझाएको हो । लकडाउन अवधीको नेपाल सरकारको निर्णय अनुसारको पारिश्रमिक र प्रोत्साहन भत्ता सबैलाई समान रूपले अविलम्व उपलब्ध गराउन पहल गरिदिन युनियनका अध्यक्ष थापाले श्रम मन्त्री यादबलाई अनुरोध गरेका छन् ।

कतिपय निजी स्वास्थ्य संस्थाले सरकारको उक्त निर्णयको पालना नगरेको अध्ययनमा देखिएको भन्दै श्रम मन्त्री यादबलाई यसको कार्यन्यवन गराउन ध्यानाकर्षण गराईएको हो । युनियनको ध्यानाकर्षण पत्र बुझ्दै श्रम मन्त्री यादबले निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीका समस्याहरुका ’दयगतमा मन्त्रालय गम्भीर भएको भन्दै तत्काल अध्ययन एवं छलफल गरि आवश्यक निर्देशन दिने बताएका छन् ।

युनियनले प्रदेश नम्वर १ का १८, प्रदेश नम्वर २ का २, बाग्मती प्रदेशका ४८, गण्डकी प्रदेशका १६, प्रदेश ५ का २७, कर्णाली प्रदेशका ३ र सुदुर पश्चिम प्रदेशका १ गरि देशभरका १ सय १५ वटा स्वास्थ्य संस्थाहरुमा कर्मचारीहरुले नियमित पारिश्रमिक पाए वा नपाएको, ब्यक्तिगत सुरक्षा समाग्री पाए नपाएको, सामाजिक सुरक्षा कोषमा सुचिकरणको अवस्था लगाएतका बिषयमा सर्वेक्षण गरेको थियो ।

अध्ययन अनुसार ६० प्रतिशत स्वास्थ्य संस्थाहरु संचालनमा रहेको ४० प्रतिशत अंशिक संचालनमा रहेको देखिएको छ । ३३ प्रतिशत अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई ब्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराएको ६४ प्रतिशतले आंशिक रुपमा उपल्ब्ध गराएको पाईएको छ ।

यस्तै ४१ प्रतिशत स्वास्थ्य संस्थाले चैत महिनाको पुरा पारिश्रमिक दिएको, ५६ प्रतिशतले बिदा कटौती गरेको र ३ प्रतिशतले पारिश्रमिक नै नदिएको देखिएको छ । बैशाख महिनाको जम्मा १५ प्रतिशतले पुरा पारिश्रमिक दिएको ६९ प्रतिशतले बिदा कटौती गरेको र १६ प्रतिशतले पारिश्रमिक नै नदिएको पाईएको छ । अझ सामाजिक सुरक्षा कोषको हकमा निजि स्वास्थ्य संस्था उदासिन देखिएको छ । ९५ प्रतिशत निजि स्वास्थ्य संस्था हाल सम्म पनि सामाजिक सुरक्षा कोषमा सुचिकृत नभएको देखिएको हो । सरकारले गरेको निर्णय कार्यान्वयन नभएसम्म खबरदारी निरन्तर रहने युनियनका अध्यक्ष थापाले बताए ।

गुटबन्दीको खेलले पार्टी एकतालाई विभाजन नजिकै लग्योः प्रधानमन्त्री ओली

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको बहुमत र गुटबन्दीको खेलले विभाजनको संघारमा पुगिएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बहुमतको खेल सुरु भएको भन्दै असन्तुष्टि जनाएका छन् । त्यही गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको ओलीले बताए ।
बुधबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको नेकपा स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले महाधिवेशनसम्म सहकार्य गर्ने सहमतिअनुसार पार्टी नचलेको गुनासो गर्दै पार्टी विभाजनको संघारमा पुगेको बताएका हुन् ।
ओलीले भने, ‘पार्टीमा अहिले पनि गुटबन्दी र बहुमतको खेल भएको छ । यसले अनुशासनहीनताको काम गरेको छ ।’

सम्बोधनको अधिकांश समय सरकार र आफ्ना निर्णयको बचाऊ गरेको प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी वैशाख दोस्रो साता ल्याइएको अध्यादेशको भरपूर बचाउ गरे । आफूले गलत गरेका कारण फिर्ता लिएको नभई साथीहरूले भनेका कारण फिर्ता लिएको होु, उनले भने ।

त्यस्तै उनले नेतृत्वलाई खुइल्याएपछि आफ्नो कद बढ्छ भन्ने भ्रम नपाल्नसमेत नेताहरूलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले यो बैठकले पार्टी एकताको सन्देश दिन सक्नुपर्नेमा समेत जोड दिए । बैठकलाई सम्वोधन गर्दै ओलीले अहिले देखिएका समस्याको सामना राजनीतिक रूपमै गरिने बताए ।

स्थायी कमिटीको जारी बैठक १२ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । यसपछि स्थायी कमिटीमा ७ वटा बुँदामा छलफल हुने कार्यसूची रहेको छ ।

नेकपा स्थायी कमिटीले काेराेनासम्बन्धमा गर्यो ७ कार्यसूची तय

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकोे पाँचौ स्थायी कमिटीको आजको बैठकले सातवटा मुख्य कार्यसूची तय गरेको छ ।

कार्यसूचीमा अ‍ेमेरिकी सहयोगसँग सम्बन्धित मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी, कोरोना लगायतका विषयलाई समेट्ने निर्णय गरेको पार्टी प्रवक्ता नरायण काजी श्रेष्ठले बताए ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि सुरु भएको थियो । बैठकमा सरकारका काममा कोभिड १९ को नियन्त्रण, उपचार र रोकथाम सीमाका समस्या र समाधानका विषय कार्यसूचीमा परेका छन् ।

सरकारको कामको समीक्षा पछि पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने कार्यसूचीमा समाविष्ट छ । नेकपाभित्र निकै विवादित विषय एमसिसीले पनि कार्यसूचीमा परेको हो ।

स्थायी कमिटी बैठकको सुरुवातमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेका थिए ।

त्यस्तै अर्को बैठक १२ गते बस्ने तय भएको छ ।

काठमाडौँमा बुधबार पुन: थप २ जनामा देखियो कोरोना

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अद्यावधिक अनुसार उपत्यकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा काठमाडौंका एक पुरुष र पाटन अस्पताल ललितपुरको प्रयोगशालमा गरिएको परीक्षणमा ललितपुरकी एक महिलामा कोरोना संक्रमण देखिएको हो ।

योसहित नेपालमा संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । बुधबार मात्र ६२९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ।मन्त्रालयका अनुसार थप ११४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।

बुधबार थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७ सय २८ पुग्यो

काठमाडौँ । अद्यावधिक विवरणअनुसार नेपालमा थप ५ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ जना पुगेको छ ।

बुधबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ५ सय २९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

त्यस्तै २४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना पुगेको छ ।

साउनको दोस्रो हप्तासम्म एसईई परीक्षाफल प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले साउनको दोस्रो हप्तासम्म एसईई परीक्षाफल प्रकाशित तयारी गरेको छ ।

बोर्डले तयार पारेको कार्यविधिअनुसार सबै विद्यालयले असार २० गतेसम्म विद्यार्थीको अन्तिम मूल्यांकन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन र इकाइले असार ३० गतेभित्र सबै अंक बोर्डमा पठाउन निर्देशन दिइएको छ ।

विद्यालयको मूल्यांकन समिति र इकाइले पठाएको नम्बर प्रविष्ट गरी सो नम्बरलाई अक्षरांक पद्धतिमा समाविष्ट गरी परीक्षाफल प्रकाशित गरिने कार्यविधिमा उल्लेख छ । बोर्डले बुधवार सबै विद्यालय र इकाइलाई सोसम्बन्धी निर्देशन दिनेछ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षाको कार्यविधि तयार भएलगत्तै बुधबारवाट प्रक्रिया शुरू हुने जानकारी दिए । साउन ७ गतेबाट ११ कक्षाको नयाँ शैक्षिक सत्र शुरू हुने गरी परीक्षाफल प्रकाशित गर्ने तयारी भएको जानकारी गराउँदै परीक्षा नियन्त्रक खकुरेलले सोहीअनुसार तयारी गरेको बताए । बोर्डले मंगलवार माध्यमिक शिक्षा परीक्षा (एसईई) १० कक्षाको मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि पारित गरेलगत्तै आन्तरिक कार्यतालिका तयार गरेको हो । सोमवार बसेको बोर्डको बैठकले कार्यविधि पारित गरेपनि केही त्रुटि भएको कारण मंगलवार सार्वजनिक गरेको हो ।

गण्डकी प्रदेशमा थप ३२ जनामा काेराेना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ ।

आज बुधबार कोरोना संक्रमण भएका मध्य लमजुङका ५, पर्वतका १, कास्कीका ५, गोरखाका १, बाग्लुङका ९, तनहुँका १, पूर्वी नवलपरासीका १ जनामा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा। विनोद विन्दु शर्माले बताएका छन् ।