भ्रष्टाचारको अरोपमा अध्यागमनका ९ जना अधिकृत छानबिनमा

भ्रष्टाचारको अरोपमा अध्यागमनका ९ जना अधिकृत छानबिनमा

काठमाडौँ-गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ९ जना अधिकृतमाथी छानबिन सुरु गरेको छ ।

पर्यटक प्रवेशाज्ञा भिजिट भिसा मा मलेसिया र खाडी मुलुक जाने यात्रुहरूलाई सेटिङ गरेको अभियोगमा उनिहरुलाई फिर्ता गराई मन्त्रालयले छानबिन सुरु गरेको हो ।

गृह मन्त्रालयले बिहीबारको पत्रबाट ती ९ जना अध्यागमन अधिकृतलाई फिर्ता गर्ने निर्णय गरेको थियो ।

मानव तस्करलाई सघाएको देखिन आएको भन्दै मन्त्रालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई विमानस्थल अध्यागमन कार्यालयबाट हटाएको हो।

गृह उच्च स्रोतका अनुसार अध्यागमन कार्यालयबाट फिर्ता हुने अधिकृतहरूमा पुष्पराज शर्मा, अच्युत केसी, नयन्द्र कुमार पौडेल, रामप्रसाद ओली, अबिलास राई, दीपककुमार आचार्य, हेमराज जोशी, मौसम ढुङ्गेल र यम बहादुर भट्टराई छन्।

मानव तस्करसँगको मिलेमतोमा सर्वसाधारणलाई भिजिट भिसामा मलेसिया र खाडी मुलुक पठाउन अध्यागमनमा सेटिङ मिलाउने गरेको तथा म्यानपावर व्यवसायी र सम्बन्धित एयरलाइन्सको सेटिङमा काम गर्ने गरेको ती स्रोतले बताए ।

फिर्ता गर्ने निर्णयसँगै उनीहरूमाथि थप अनुसन्धानसमेत सुरु गरेको स्रोतको भनाई छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ भएको गुनासो आएपछि अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले स्थलगत अनुगमनसमेत गर्नुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत उनीहरूका गतिविधि निगरानीमा राख्दै आएको थियो ।

दुई साताअघि अध्यागमन विभागले मानव तस्करलाई सघाएको आशङ्कामा अध्यागमन अधिकृतहरू कुशल बराल, विनोद कुमार दत्त र विष्णु सहनीलाई फिर्ता बोलाउँदै गृह मन्त्रालय र अध्यागमन विभागले विमानस्थल अध्यागमन कार्यालयबाट हुने सेटिङको बारेमा छुट्टाछुट्टै छानबिन थालेको छ ।

गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मूलक गई विभिन्न सर्वसाधारणले कठिनाइ भोगिरहेको स्थितिको विश्लेषण गरी ठोस योजना पेस गर्न सहसचिव फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा अध्ययन समिति गठन गरेको छ।

भ्रष्टाचारको अरोपमा अध्यागमनका ९ जना अधिकृत छानबिनमा

जहाँ शक्ति हुन्छ: त्यहाँ भ्रष्टाचार हुन्छ

जहाँ शक्ति हुन्छ: त्यहाँ भ्रष्टाचार हुन्छ

काठमाडौँ-सरकारका कामकारबाहीलाई पारदर्शी र जनउत्तरदायी तुल्याउन प्रभावकारी संसदीय निगरानी र खबरदारी संयन्त्रको आवश्यकतामा जोड दिइएको छ ।

नेपालको संसद् र संसदीय समितिका निर्देशन कार्यान्वयन अवस्था र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा विज्ञले कार्यकारीको कामको रखवारी र खबरदारी प्रभावकारी संसदीय अनुगमनबाट मात्र सम्भव हुने धारणा राख्नुभयो ।

संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संसदीय अनुगमन निर्देशिका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्रस्तुत गर्दै अनुगमन तथा नियन्त्रण प्रणालीले राज्यका कामकारबाहीलाई पारदर्शी र उत्तरदायी तुल्याउने बताउनुभयो ।

राज्यलाई लोकतान्त्रिक बनाउन, राज्यका कामकारबाहीलाई जनमुखी र उत्तरदायी तुल्याउन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन कायम गर्न प्रजातान्त्रिक मुलुकमा ससदीय अनुगमन अनुशरण गरिँदै आएको छ ।

भनाइ छ, “जहाँ शक्ति हुन्छ, त्यहाँ भ्रष्टाचार हुन्छ । जहाँ भ्रष्टाचार हुन्छ, त्यहाँ सुशासन र लोकतन्त्रको कुनै तत्व बाँकी रहन्न ।

तसर्थ लोकतन्त्र र सुशासनका लागि शक्तिको निगरानी, खबरदारी र अनुगमन आवश्यकता पर्छ ।”

आधुनिक राज्यको ध्येय भनेको शान्ति, लोकतन्त्र, विकास र समृद्धि भएकाले राज्यशक्तिको निगरानी लोकतन्त्रको अनिवार्य शर्त मानिदै आएको छ ।

लोकतान्त्रिक मुलुकमा संसदीय अनुगमनको उच्चतम अभ्यास

विश्वका कयौँ लोकतान्त्रिक मुलुकमा संसदीय अनुगमनको उच्चतम अभ्यास भइरहेको छ ।

क्यानाडामा संसद्ले कार्यकारी अङ्गको अनुगमन गर्न स्थायी र विशिष्टकृत समितिको व्यवस्था गरेको छ भने जर्मनीमा सरकारका अधिकारीलाई समितिमा बोलाएर सोधपुछ तथा लिखित र मौखिक प्रश्नका माध्यमबाट अनुगमन गरिने अभ्यास छ ।

संसदीय अनुगमन प्रणालीले राज्यका निकायबीच शक्ति पृथकीकरण, नियन्त्रण, सन्तुलन तथा जनता र संविधानप्रति उत्तरदायित्वपूर्ण शासन प्रणाली स्थापनामा बल पु¥याउने वरिष्ठ अधिवक्ता देवकोटा बताउनुुहुन्छ ।

संविधानले संसद्लाई जनताको सार्वभौम सम्पन्न स्थायी अङ्गका रूपमा आत्मसात गरेकाले नेपालले सुधारिएको लोकतान्त्रिक संसदीय प्रणाली अवलम्बन गर्ने मुलुकका रूपमा परिचय स्थापित गरेको छ ।

सरकारलाई प्रश्न सोधेर, जवाफ मागेर, हरेक कामकारबाहीलाई निगरानी राख्दै पारदर्शी तुल्याउन तथा कार्यकारीबाट हुनसक्ने अत्यधिक शक्तिको दुरुपयोग रोकेर लोकतन्त्रलाई सुदृढ गर्ने दायित्व लोकतान्त्रिक मुलुकमा संसद् र समितिबाट हुने गर्छ ।

लोकतान्त्रिक मुलुकमा सरकारमाथि विश्वास वा अविश्वासको प्रश्न वा संवैधानिक निकायका पदाधिकारीमाथि महाभियोगको विषय छिनोफानो गर्ने अधिकार संसद्मा निहित रहन्छ ।

नेपालमा सरकारका कामकारबाहीलाई नियाल्ने सङ्घीय संसद् मातहत विशिष्ट प्रकृतिको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङकन समिति नै बेग्लै छ ।

संसद्को मुलभूत काम भनेको कानुन बनाउने, बजेटमाथि छलफल गरी निर्णय दिने, जनताका आवाज उठाउने र सरकारको काम रेखदेख गर्नु हो ।

संसदीय अनुगमनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन गर्ने क्रममा राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन, अनुगमन र मूल्याङकन, सार्वजनिक लेखा, शिक्षा तथा स्वास्थ्य, विधायन, राज्यव्यवस्था तथा सुशासन समितिबाट भएका महत्वपूर्ण निर्णय, दिएका निर्देशन र कार्यान्वयनको अवस्थासमेतको अध्ययन गरिएको जानकारी दिइयो ।

विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले संसद् र संसदीय समितिको मुख्य काम भनेको सरकारबाट भएका कामको नियमित अनुगमन मूल्याङ्कन गरी विश्वासनीय र प्रभावकारी तुल्याउने रहेको बताउनुभयो ।

अध्ययनमा समितिले निर्धारण गरेको कार्यविधिम अनुगमन गर्ने स्वीकृत मापदण्ड नभएका कारण एकरुपता र गुणस्तरमा समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ ।

निर्देशन दोहोरिने र निर्णय सङ्गतिमा अभाव…

अध्ययनमा समितिकै निर्देशन पनि बारम्बार दोहोरिएको, एकै प्रकृतिका निर्णय धेरै समितिबाट भएका, निर्णय सङ्गतिमा अभाव देखिएको, कार्यक्षेत्रको स्पष्टता रहेको तथा गुणस्तरीय अनुगमन र प्रभावकारी परिणाम हासिल देखिएको छ ।

अनुगमनको पनि अनुगमनमा ध्यान नपुगेको तथा आफैँले गरेका निर्णय र निर्देशनबारे समिति नै अनविज्ञ देखिएको प्रतिवेदनमा उल्लेख छ ।

कतिपय समितिका निर्णय सकारात्मक विभेदभन्दा पनि संलग्न र सरोकारका आधारमा भए गरेको देखिएको विज्ञको मत छ ।

सरकारी कामको संसद्बाटै निगरानी प्रक्रिया नौलो नभएर सर्वाधिक आधिकारिक र असल अभ्यासका रूपमा लिने गरिन्छ ।

राष्ट्रियसभा सदस्य एवं कानुनविद् राधेश्याम अधिकारी भन्नुहुन्छ, “नीति तथा कार्यक्रम ल्याउँदामात्रै होइन, कानुन निर्माणमा पनि हामी मन्त्री हुँदा र नहुन दोहोरो मापदण्ड अपनाउँछ यो सर्वथा ठिक होइन, संसदीय अनुगमन जति प्रभावकारी भयो त्यति नै सुशासनलाई बलियो तुल्याउँछ ।”

विश्वका विभिन्न मुलुकमा भएका असल अभ्यासलाई अनुशरण गर्न सकियोस् भनी अनुसन्धानकर्ताले क्यानडा, जर्मनी, इटाली, जापान, संयुक्तराज्य बेलायत, अमेरिका, दक्षिण अफ्रिका र भारतले अभ्यास गरिरहेको संसदीय अनुगमनसम्बन्धी व्यवस्था अध्ययन गरी प्रस्तुतीकरण गर्नुभएको हो ।

इटालीमा कार्यकारी अङ्गको नियन्त्रण र निगरानी संसदीय नियन्त्रण एकाइमार्फत गर्ने प्रचलनछ भने जापानमा सरकारका काम संसद् आफैँ, सांसद, संसदीय समिति वा खटाएका सदस्यले परीक्षण गर्ने व्यवस्था छ ।

बेलायतमा भने छानिएका विशेष समिति संसदीय अनुगमनका महत्वपूर्ण साधन मानिन्छ । छिमेकी मुलुक भारतमा संसद् स्वयं र समितिमार्फत निगरानीको हुन्छ भने दक्षिण अफ्रिकामा कार्यकारीका हरेक काम कारबाहीमा संसदीय अनुगमन अनिवार्य मानिन्छ ।

समिति सदस्य देवराज दाहालले मुलुकमा ठूला राजनीति परिवर्तनपछि कार्यान्वयनमा हुन्छ भनिएको प्रणाली र पद्धति कहिलेदेखि स्थापित होला भनी विज्ञसँग जिज्ञासा माग गर्नुभयो ।

अनुगमन किन त !

पूर्वाधार निर्माणलगायतका विकासका कार्यक्रमलाई आर्थिक दृष्टिले मितव्ययी, सक्षम र गुणस्तरीय तुल्याउन, कानुनी अख्तियारी प्रदान गर्न तथा रणनीतिक योजना एवं बजेट सुनिश्चित गर्न प्रभावकारी संसदीय अनुगमनको आवश्यकता औँल्याइएको छ ।

राज्यका समग्र उद्देश्य र नीतिलाई आत्मसात गरी अर्थपूर्ण योगदान पु¥याउने संसदीय अनुगमनको मुख्य ध्येय हो ।

अनुगमनका लागि पूर्वतयारीका रूपमा पर्याप्त सूचना सङ्कलन, लक्ष्य निर्धारण, उपयुक्त निकाय छनोट, विकल्पको खोजी, विज्ञ र सरोकारवालासँग परामर्श तथा अग्रगामी सोच निर्धारण गर्न सुझाव दिइएको छ ।

दस्तावेज, सामग्री र सूचनासमेतका आधारमा संस्था वा पदाधिकारीलाई बोलाएर उनीहरुबाट भएको प्रस्तुति र सूचनाबीच तालमेल भए–नभएको यकिन गरी अनुगमनलाई निष्कर्षमा पु¥याउन सकिनेछ ।

अनुगमन प्रतिवेदनमा कामको पृष्ठभूमि, प्रक्रिया र परिणामसमेत हुने भएकाले निर्माण ठोस, मूर्त, सरल र कार्यान्वयन योग्य हुनुपर्छ भन्ने मान्यता राखिन्छ ।

समिति सदस्य विमला राई, प्रकाश पन्थ र रामलखन चमारले संसद्मा स्वतन्त्र अनुसन्धान र अनुगमन संयन्त्रको अभाव खड्किएको तथा आयोजना निर्माण समय लम्ब्याउने, म्याद थप्ने र सर्भे गर्नेलाई कारबाही कसले गर्छ भनी प्रश्न गर्नुभयो ।

संसदीय अनुगमनका बेथिति र स्वार्थका कारणले अनुगम नै विश्वासनीय हुन नसकेको सन्दर्भमा अनुगमन आचारसंहिता बनाउने र अनुगमनको पनि अनुगमन गर्ने पद्धति र प्रणाली स्थापित गर्नुपर्ने देखिएको विज्ञको मत छ ।

कानून मन्त्रालयका सचिव उदयराज सापकोटाले अखबारमा छापिएका आधारमा मात्र नभई विषयवस्तुको गाम्भीर्यताअनुरुप संसदीय अनुगमन प्रणाली सधैँ चुस्त बन्न आवश्यक रहेको सुझाव दिनुभयो ।

संसदीय निगरानीले अनुगमनले सरकारी र सार्वजनिक क्षेत्रसमेतलाई सदाचार कायम गर्न र तोकिएका सीमाभित्र रहेर काम गर्ने वातावरण तयार गर्ने भएकाले सार्वजनिक सम्पत्ति र समयको हिफाजत हुने विश्वास गरिएको छ ।

जहाँ शक्ति हुन्छ: त्यहाँ भ्रष्टाचार हुन्छ

आजको सम्भावित मौसम

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा दुई दिनदेखि बिहानीदेखि मध्यान्ह्सम्म घाम लागे पनि अपरान्ह्पछि बदली हुने क्रम जारी रहेकाले केही चिसो महसुस गरिएको छ ।

महाशाखाको पछिल्लो विवरणमा काठमाडौँका न्यूनतम तापक्रम तीन डिग्रिसेल्सियस आधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।

आज बिहान पनि काठमाडौँसहित देशका अधिकांश भागमा पारिलो घाम लागेको छ ।

महाशाखाको मौसमी बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।

सहिदको बलिदानले नै जनताको शासन स्थापित हुनसकेको हो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको उल्लेख गर्नुभएको छ ।

सहिद दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उहाँले विसं २००७ को एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२/६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन सहिदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाउनुभएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते हुनु भई स्वास्थ्योपचार गराइरहनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै सहिद मुलुकका सच्चा सपूत भएको बताउनुभएको छ ।

“आज हामी जे–जस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौँ, राज्यको सबै तह र संरचनामा आम नागरिकको जे–जस्तो पहुँच स्थापित हुनसकेको छ, तथा जे–जस्तो शासकीय व्यवस्थाबाट मुलुकलाई अघि बढाइरहेका छौँ त्यो सबै सहिदहरूको योगदानबाट नै सम्भव भएको हो”, उहाँले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले सहिदले आम नेपालीलाई रैतीबाट नागरिक बनाउन, मुलुकमा राजनीतिक सामाजिक परिवर्तन ल्याउन तथा नागरिकलाई स्वतन्त्र र अधिकारसम्पन्न तुल्याउन गरेको उच्च योगदानको कदर गर्नुभएको छ ।

उहाँले विसं २००७ को आन्दोलनमा मुलुकमा प्रजातन्त्र स्थापना गर्न ज्यानको आहुति दिने महान् सहिद दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठदेखि विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनमा आफ्नो अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदमा श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले यस दिवसले सहिदहरूले देखाएको सत्य, न्याय र समानताको बाटोमा हिँड्न तथा उहाँहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

आइतबारका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडाैँ-१६ गते आइतबारका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक माघ २६ गते बुधवार दिनको १ बजे बस्ने गरी सारिएको छ ।

मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले बैठक माघ २६ गतेका लागि तोक्नुभएको संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा शनिबार साँझ जारी सूचनामा उल्लेख छ ।

बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता

बनेपा र पाँचखाल नगरमा दुई खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ ।

खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ र १४ वडा तथा पाँचखालको ५ नम्वर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन दुई उपभोक्ता समिति र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बीच सम्झौता भएको हो ।

बनेपास्थित साँगा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर तामाङ, पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सीताराम ढुङ्गाना र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठबीच शुक्रबार बनेपामा छुट्टाछुट्टै सम्झौता गरिएको छ ।

दुवै खानेपानी आयोजनाअन्तर्गत ‘एक घर–एक धारा’ बितरण हुनेछ । सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्धारित समयमै दुवै आयोजना सम्पन्न हुनेगरी प्रक्रिया थालिएको बताउनुभयो ।

यसै आर्थिक वर्षबाट रु नौ करोड ८४ लाख ६९ हजार ९०८ को लागतमा निर्माण सुरु भएकाे साँगा खानेपानी आयोजना आर्थिक वर्ष २०८१÷०८२ भित्र सम्पन्न हुने जनाइएको छ ।

सो आयोजनाबाट बनेपा नगरस्थित १३ र १४ वडाका ८७८ परिवारका पाँच हजार २१२ नागरिक लाभान्वित हुने खानेपानी आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।

श्रेठका अनुसार साँगा खानेपानी आयोजनाका लागि २८ किलोमिटर पाइप बिछ्याइनेछ ।

आयोजनाको कूल लागतको ८० प्रतिशत रकम सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र २० प्रतिशत नागरिकले जनश्रमदान गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यस्तै, पाँचखाल नगरको ५ नम्वर वडामा ८८४ परिवारका पाँच हजार २६३ नागरिकका लागि निर्माण हुने खानेपानी आयोजना निर्माणका लागि रु दश करोड ५८ लाख ५३ हजार ४८४ को लागत हुनेछ ।

सरकारको ८० प्रतिशत र २० प्रतिशत नागरिकले जनश्रमदान गर्नुपर्ने सम्झौता भएको छ ।

यस आयोजनाअन्र्तगत ३१ किलोमिटर पाइप लाइन बिस्तार गर्नुपर्नेछ । उक्त आयोजना आव २०८०/०८१ भित्र निर्माण सम्पन्न हुनेछ ।

काठमाडौंमा गएको २४ घण्टामा २ हजार १ सय ५३ जनामा कोरोना पुष्टि

काठमाडौंमा गएको २४ घण्टामा २ हजार १ सय ५३ जनामा कोरोना पुष्टि

काठमाडौं जिल्लामा पछिल्लो २४ घण्टामा २ हजार १ सय ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

साथै ललितपुरमा ५ सय १९ र भक्तपुरमा २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ८९ हजार ९ सय ४१ जना सक्रिय संक्रमित रहेकामा काठमाडौंमा मात्रै ३८ हजार २२ जना रहेका छन् ।

यस्तै ललितपुरमा १० हजार ३ सय १९ तथा भक्तपुरमा ५ हजार ६ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर भने ६ हजार ८ सय २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा गएको २४ घण्टामा २ हजार १ सय ५३ जनामा कोरोना पुष्टि

जालपा लघुवित्तको आइपीओ माघ २१ बाट

जालपा लघुवित्तको आइपीओ माघ २१ बाट

काठमाडौं-यही माघ २१ गतेबाट जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाले साधारण शेयर ९आइपीओ० निस्कासन गर्ने भएको छ।

लघुवित्तले प्रति शेयर एक सयका दरले ५ लाख २२ हजार कित्ता शेयर मध्ये पाँच शुन्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुको लागी छुट्याएको छ ।

त्यस्तै लघुवित्तले पाँच प्रतिशत कित्ता शेयर अर्थात् २६ हजार १ सय कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

बाँकी रहने ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणका लागि निस्कासन गर्न लागीएको लघुवित्तले जनाएको छ ।

इक्रा नेपालले जालपा लघुवित्तलाई इक्रा एनपी आईआर डबल बीको रेटिङ दिएको छ

यस्तो रेटिङ पाउने कम्पनीहरु मध्यम जोखिम खालका कम्पनी मानिन्छन् ।

जालपा लघुवित्तको आइपीओ माघ २१ बाट

सत्तारूढ दलका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता

सत्तारूढ दलका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं-प्रमुख सत्तारूढ दलका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो।

भेटमा स्थानीय तहको निर्वाचन, ऐन संशोधनलगायत विषयमा छलफल भएको बताइएको छ।

बिहीबार साँझ मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग औपचारिक भेटवार्ता गरेका थिए। भेटमा राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचनप्रति चासो व्‍यक्त गरेको र संविधानबमोजिम नै निर्वाचन गराउन सुझाव दिएको बताइएको थियो।

निर्वाचनबारे गठबन्धनमा लामो समयदेखि छलफल भइरहे पनि कुनै निष्कर्ष निस्किएको छैन ।

निर्वाचन आयोगले सरकारलाई स्थानीय निर्वाचनको मिति तोक्न ताकेता गरिरहेको छ ।

वैशाखमै स्थानीय चुनाव गर्नुपर्नेमा गठबन्धनभित्रै एकमत रहेको पाइँदैन

प्रतिपक्ष दल नेकपा एमालेले भने कुनै पनि वहानामा स्थानीय निर्वाचन सार्न नहुने बताएको छ ।

साथै उसले जुनसुकै बेला हुने सबैखाले निर्वाचनमा भिड्न आफू तयार रहेको पनि बताएको छ।

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

काठमाडौँ-संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् ।

संसदीय सुनुवाइ प्रक्रिया पुरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिले आचार्यलाई आवासीय राजदूत पदमा संविधानको धारा २८२ बमोजिम नियुक्त गरेको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतबाट फिर्ता बोलाएर आचार्यलाई नियुक्त गरेको हो ।

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

कालीगण्डकीमा ३१ हजार माछाका भुरा छाडियो

नवलपुर-नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ ।

प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३ भोक्रेफाँटमा पर्ने कालीगण्डकी नदीमा रहु र नैनी प्रजातिका ३१ हजार माछाका भुरा छाडेको हो ।

गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल, प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत सरोजकुमार यादवलगायतले कालीगण्डकी नदीमा बिहीबार माछाका भुरा छाड्नुभएको हो ।

मधेश प्रदेशको ह्याचरीमा उत्पादन भएका स्थानीय प्रजातिका माछाका भुरा कालीगण्डकी नदीमा पुगेर छाडिएको वरिष्ठ मत्स्य विकास अधिकृत यादवले बताउनुभयो ।

कार्यालयले यसअघि मकवानपुरको सामरी नदीमा पनि ३४ हजार तथा नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिसकेको यादवले बताउनुभयो ।

त्यस्तै प्रदेश नं १ को कोसी नदीमा पनि ४० हजार माछाको भुरा छाड्ने योजना रहेको यादवले बताउनुभयो ।

“खोलानालामा फोहर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने, नदीजन्य पदार्थको चरम दोहन गर्नेलगायतका कारणबाट जलचर मासिने क्रम बढ्दै गएको छ”, कार्यालय प्रमुख यादवले भन्नुभयो, “यी जलचरको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर विकासका लागि कार्यालयले प्राकृतिक नदीमा लगेर माछाका भुरा छाड्दै आएको छ ।”

माछाका भुरा नदीमा छाडेसँगै कार्यालयले गैँडाकोट–३ स्थित ढोँडेनी बजारमा रहेको विद्यालय परिसरमा माछा संरक्षणका लागि सचेतनामूलक होडिङ बोर्डसमेत लगाएको छ ।

प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाको कार्यक्षेत्र सम्पूर्ण नेपाल रहेको भन्दै यादवले नदीनालाको अध्ययन गरी कुन माछा सङ्कटमा छ त्यसका आधारमा माछालाई प्रवद्र्धन गर्न माछा भुरा छाँडिदै आएको बताउनुभयो ।

नेपालमा स्थानीय प्रजातिका २१७ प्रकारका माछा रहेको जनाउँदै यादवले नेपालमा चार लाख एक हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कूल ९७ हजार मेट्रिक टन माछामध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने बताउनुभयो ।

नेपालको प्राकृतिक जलाशयमा चार लाख जनसङ्ख्या निर्भर रहेको उहाँकोे भनाइ छ ।

समयमा नसकिने भयो हुलाकी राजमार्ग

समयमा नसकिने भयो हुलाकी राजमार्ग

काठमाडौँ-राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण लक्ष्य लिइएको समय (आब २०७९/८०) सम्ममा सम्पन्न नहुने देखिएको छ ।

निर्धारित समय सकिन डेढ वर्षभन्दा कम बाँकी हुँदा अझै कतिपय खण्डमा रेखाङ्कन नै टुङ्गो लाग्न सकेको छैन भने झन्डै ७० ओटा पुलको डिजाइन हुन पनि बाँकी नै छ ।

वन क्षेत्रबाट रेखाङ्कन हुने गरी डिजाइन भए पनि त्यस क्षेत्रमा जग्गा प्राप्त गर्ने अवस्था नभएको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

झन्डै १२५ किमी निकुञ्ज क्षेत्रमा पर्ने र निर्माणका लागि पटकपटक प्रयास गरे पनि अनुमति नपाइएको निर्देशनालयका प्रमुख धर्मेन्द्र झाले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग पटकपटक छलफल भए पनि निर्माणस्थल नपाउने देखिएको छ ।

उहाँले भन्नुभयो, “त्यसको विकल्पका बारेमा निर्णय माथिबाट नै हुनुपर्छ ।”

विगतका वर्षहरुमा कोभिडका कारणले पनि निर्माणमा ढिलाइ भएको निर्देशनालयले जनाएको छ ।

आयोजनाको समय सकिएपछि झन्डै दुई वर्ष थप आवश्यक पर्नसक्ने उहाँले बताउनुभयो ।

वन क्षेत्रका कारणले सडक निर्माण गर्न नसकिएको खण्डमा विगतमा प्रयोगमा रहेका अरू सडकलाई विकल्पका रुपमा प्रयोग गर्ने गरी पनि विगतमा छलफल भएको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै सडकको रेखाङ्कन भएकाले आयोजनाले वातावरणीय अध्ययन सकेर पटकपटक अनुमति मागे पनि पाएको थिएन ।

चितवन जिल्लामा २३ किमी र नवलपरासी जिल्लामा ६५ गरी झन्डै ८८ किमी निकुञ्जभित्र पर्छ ।

विश्व सम्पदा क्षेत्रमा त्यसको मापदण्डका आधारमा मात्रै पूर्वाधार निर्माण गर्न पाउने व्यवस्था छ ।

त्यसका लागि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सहमति चाहिन्छ ।

साढे दुई सय पुल निर्माण गर्नुपर्नेमा एक सय पुल मात्रै सम्पन्न

आयोजनाअन्तर्गत झन्डै साढे दुई सय पुल निर्माण गर्नुपर्नेमा झन्डै ७० पुलको डिजाइन बाँकी छ ।

अहिलेसम्म झन्डै एक सय पुल मात्रै सम्पन्न भएको छ ।

ती ७० पुलमध्ये अहिले धेरै डिजाइन स्वीकृत हुने क्रममा रहेको प्रमुख झाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नारायणी, बाग्मतीलगायत ठूला र कतिपय साना खोलामा डिजाइनमा जान बाँकी छ ।”

रेखाङ्कनमा समस्या भएको बाहेकको खण्डमा सडक सम्पन्न भए पनि पुल अबको डेढ वर्षमा सम्पन्न गर्न नसकिने आयोजनाले जनाएको छ ।

नेपालमा पुल निर्माणका लागि कम्तीमा दुईदेखि साढे दुई वर्षसम्म लाग्ने गरेको छ ।

सडकतर्फ, अहिलेसम्म झन्डै आठ सय किमीमा कालोपत्र सकियो भने झन्डै एक हजार किमीमा कालोपत्र बाँकी छ ।

उहाँले भन्नुभयो, “सडक निर्माणका लागि अधिकांश ठाउँमा ठेक्का भयो, केही खण्डमा मात्र बाँकी छ ।”

चालु आवमा अहिलेसम्म वित्तीय प्रगति झन्डै ४० प्रतिशत र भौतिक प्रगति ६० प्रतिशत भएको छ ।

बीस प्रतिशत काम सकिएको बिल पेस गर्न बाँकी छ ।

चालु् आवमा डेढ सय किमी सडक र १५ पुल सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।

अहिलेसम्म ६० किमी सडक र नौ पुल सम्पन्न भइसकेको छ ।

माग भएभन्दा कम बजेट

कोभिडका कारण विगतका वर्षहरुमा निर्माणमा बाधा पुगेको भए पनि अहिले सङ्क्रमणले निर्माणमा समस्या छैन ।

चालु आवमा माग भएभन्दा कम बजेट छुट्याइएको छ ।

उहाँले भन्नुभयो, “त्यसैले गर्दा पनि लक्ष्यभन्दा बढी काम हुनसक्छ ।

यो आवमा आयोजनामा रु छ अर्ब २० करोड छुट्याइएको तथा पुस सम्ममा सवा दुई अर्ब खर्च भइसकेको छ ।

जम्मा रु ६५ अर्ब बजेट रहेकामा अहिलेसम्म ५१ अर्ब खर्च भइसकेको छ ।”

विगतका वर्षहरुमा आयोजनाका पुलमा धेरै समस्या भए पनि अहिले समाधान भइरहेको प्रमुख झाले बताउनुभयो ।

कमला नदीमा सिरहा र धनुषा जोड्ने पुल सम्पन्न नहुँदै भाँचिएको थियो भने बाग्मती पुल पनि मुद्दामा थियो ।

अहिले त्यसमा नयाँ ठेक्काबाट काम भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाँकी रहेका पुराना ठेक्कामा पनि काम भइरहेको छ ।”

राष्ट्रिय गौरवको हुलाकी राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रुपमा थियो ।

पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल सरकारले बनाउने सम्झौता भएको थियो ।

विसं २०६५/६६ मा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने भन्ने योजना बनेको थियो ।

विभिन्न कारणले त्यो स्वरुपमा काम हुन सकेन ।

भारतीय पक्ष बीचैमा छाडेर फर्किएपछि आव २०७३/७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेको थियो ।

आयोजनाअन्तर्गत नै ८८१ किमी लम्बाइको ‘फिडर सडक’ को निर्माण भइरहेको छ ।

यसमध्ये २४५ किमी भारत सरकारले र बाँकी नेपाल सरकारले निर्माण गर्ने समझदारी थियो ।

भारत सरकारले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ भने बाँकीमा सरकारले निर्माण गरिरहेको छ ।

राष्ट्रिय योजना आयोगले हुलाकी राजमार्ग आयोजना आव २०७९/८० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

हुलाकी राजमार्गको पूर्व–पश्चिम सडक निर्माणाधीन छ भने कतिपय उत्तर–दक्षिण सडक निर्माणका क्रममा रहेका छन् ।

तराई–मधेसको समृद्धि हुलाकी राजमार्ग

तराई–मधेसको समृद्धिसँग जोडेर हुलाकी राजमार्गलाई सुरु गरिएको हो ।

मधेसमा देशभरको झण्डै आधा जनसङ्ख्या बसोबास गर्ने भएकाले आयोजना सम्पन्न भएपछि त्यहाँका नागरिकको पहुँच बढ्ने अपेक्षा गरिएको छ ।

त्यस क्षेत्रको ब्यापार, कृषिलगायतका क्षेत्रमा राजमार्गले नयाँ सम्भावना खुल्नेछ ।

पूर्व–पश्चिम राजमार्गबाट सुरु भएर हुलाकी राजमार्गलाई पार गरी भारतीय सीमासम्म पुग्ने गरी ‘फिडर रोड’ निर्माण गरिएको छ ।

राजमार्गले पूवदेखि पश्चिमसम्म पूरै तराईलाई समेटेको छ ।

राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएपछि तराई–मधेश पूर्ण रुपमा सुगम हुने अपेक्षा गरिएको छ ।

हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेको ‘फिडर सडक’ बाहेक अरु निकायबाट पनि उत्तर दक्षिण जोड्ने गरी सडक निर्माण गरिएको छ ।

सबै निर्माण सकिएपछि तराईका धेरै ठाउँसम्म सडकको सञ्जाल विस्तार हुनेछ ।

हुलाकी राजमार्ग र ‘फिडर सडक’ दुबै दुईदुई लेनमा निर्माण अघि बढाइएको छ ।

सात मिटर कालोपत्र र दुईदेखि साढे दुई मिटर पैदलयात्रु मार्गसमेत गरी ११ देखि १२ मिटर चौडाइमा सडक निर्माण भइरहेको छ ।

जग्गा उपलब्ध हुँदा १२ मिटर र नहुँदा कम्तीमा ११ मिटर निर्माण गरिएको हो ।

समयमा नसकिने भयो हुलाकी राजमार्ग

सुन व्यबसायी नै सुन तस्करीका नाईके: रिद्धि सिद्धि ज्वेलर्सको नेतृत्वमा तस्करी

सुन व्यबसायी नै सुन तस्करीका नाईके: रिद्धि सिद्धि ज्वेलर्सको नेतृत्वमा तस्करी

काठमाडौँ—नेपालमा सुन व्यबसायी नै सुन तस्करीमा लागेको पाईएको छ ।

नेपालका ठुला व्यबसायीले सुन तस्करी गरेर नेपाल भित्र्याउन मुख्य लगानी गर्ने गरेको तथ्य बाहिर आएको हो ।

नेपालको प्रख्यात सुन ब्यवसायी रिद्धि सिद्धि ज्वेलर्सको नेतृत्वमा तस्करीको कार्य सञ्चालन हुने गरेको समाचार स्रोतले बताएको छ । समाचार स्रोतका अनुसार सुन तस्करीको जालो चीन, दुबै, नेपाल हुदै भारत सम्म फैलीएको छ ।

नेपालमा सुनचाँदी क्षेत्रको कुरा गर्नु पर्दा धेरै लामो इतिहास छ ।

मल्लकाल, लिच्छवी काल त्यो भन्दा अगाडि पौराणकि कालखण्डहरू देखिनै विभिन्न खालको सुनचाँदीका गरगहनाहरू लगाउने गरेको देवी देवताहरूको मन्दिरमा हेर्दा पनि थाहा हुन्छ ।

त्यो प्रचलनको निरन्तरताको रुपनै अहिलेकोसम्मको अवस्थामा आउँदा सम्म कायमै रहेको छ ।

एउटा घरपरिवार विशेषले सञ्चालन गरिरहेको व्यवसाय अहिले नेपालको प्रतिष्ठित व्यवसाय बनेको छ ।

आधुनिक सोरुमहरूमा आधुनिक व्यवसायको रुपमा विकास हुँदै गएको छ ।

इतिहास हेर्ने हो भने नेपालमा सुन मुख्यतया तिब्बतबाट आर्यात हुने गर्दथ्यो ।

पछिल्लो समय ब्यापारमा बिश्वब्यापीकरण आएसँगै ब्यवसायीहरुले अत्याधिक मात्रामा सुन खरिद गर्ने तथा स्रोत नखुलेका काला धन समेत सुनमा लगानी हुन थालेपछि राष्ट्रबैकले सुन खरिद बैक मार्फत गर्ने व्यबस्था ग¥यो र बैकमार्फत व्यवसायीले दिनको १५ किलो सम्म सुन खरिद गर्न पाउने कोटा निर्धारण गरेर पाउँदै आएको थिए । तर चाडबाड र सिजनमा भने कोटा बढाएर २० पु¥याउने गरेकोमा पछि नियमित २० किलो बनाइयो ।

बैकले बिक्री गर्दै आएको सुन बिक्री हुन छाडे

हाल सुनमा ब्यापक तस्करी मौलाएको छ बैदेशिक रोजगारमा नेपालीहरु खाडी मुलुक जानथालेसँगै सुन तस्करी मौलाएको छ ।

हल आएर सुनको कारोवार गर्ने ठुला पसलेको प्रत्यक्ष संलग्नतामा सुन तस्करी ब्यापक मौलाएको छ ।

जस्को कारण हाल आएर बैकले बिक्री गर्दै आएको सुन बिक्री हुन छाडेको छ ।

नेपाल राष्ट्र बैंकले सुन व्यवसायीहरूलाई वाणिज्य बैंकबाहेकसँग सुन खरिद गरेको पाए कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

राष्ट्र बैंकले बजारमा तस्करीको सुनको कारोबार हुने क्रम बढ्दै गएपछि व्यवसायीहरूलाई वाणिज्य बैंकबाहेकसँग सुन खरिद नगर्न सतर्क गर्दै आएको छ ।

तर राष्ट्रबैकको चेतावनी लाई बेवास्ता गर्दै नेपालका ठुला सुन ब्यवसायीले सुनको अबैधधन्दा सञ्चालन गर्दै आएका छन् ।

नेपालमा हुने गरेको ठुला सुन तस्करीमा रिद्धि सिद्धि ज्वेलर्स, लक्की ज्वेलर्स, गणपती ज्वेलर्स, नटराज ज्वेलर्स, म्यारिगोल्ड ज्वेलर्स लगायतका ठुला सुन कारोबारीको प्रत्यक्ष लगानी रहने गरेको जानकारहरुले बताउने गरेका छन् ।

केही बर्ष अगाडी प्रहरीले ठमेलबाट ८८ किलो सुन बरामद गरेको थियो ।

उक्त सुन काण्डमा प्रहरीले मुख्य लगानीकर्ताको रुपमा शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, कार्यविनायक सुनचाँदी पसलका गणेशदत्त बडु र घडीको कारोबार गर्ने सत्यनारायण अग्रवाललाई पक्राउ गरेको थियो ।

तर मुद्धाको किनारा लाग्दा सम्म सुन बोक्ने भरियाहरु थुनिए र मुख्य लगानीकर्ता सामान्य धरौटीमा छुटे ।

धरौटीमा छुटेका शाक्यबाहेक सबैको तस्करीका नाइकेसँग सम्पर्क रहेको प्रमाण प्रहरीले पेस गरेको थियो ।

मुख्यतया नेपालका ठुला सुन व्यबसायी रिद्धि सिद्धि ज्वेलर्स, लक्की ज्वेलर्स, गणपती ज्वेलर्स, नटराज ज्वेलर्स, म्यारिगोल्ड ज्वेलर्स लगायतले अबैध रुपमा आयात भएको सुनको खुल्लम खुल्ला काराेबार गर्दै आएका छन् ।

उनीहरुले बार्षिक अर्बैको सुनको कारोवार गर्ने र जम्मा २५-३० करोडको कारोवार देखाएर कर छली गर्दै आएका छन् ।

उनीहरुले राष्ट्रबैकले तोकिदिएको कोटा अनुरुप बाणिज्य बैक बाट सिमित सुन किन्ने र बाकी तस्करीको सुनको कारोवार गर्ने गरेका हुन् ।

राज्यलाई राज्श्व बुझाउने बेला भने यस्ता व्यबसायीले बैकबाट खरिद गरिएको सुनको मात्र कारोवार देखाएर चोखिने गरेका छन् ।

जस्कारण बैकमा रहेको सुन बिक्री नभएर थन्किएर बसेको अबस्था रहेको छ ।

नेपालबाट भारत सुनको तस्करी

नेपालबाट भारतमा समेत सुनको तस्करी हुने गरेको पाईएको छ । चिन र दुबैबाट अबैध रुपमा नेपाल भित्रने सुन भारत तर्फ निकाशी हुने गरेको पाईएको हो । यसको पुष्टी ३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणले समेत गर्दछ ।

ति बाहेक नेपाल भरत सिमा क्षेत्रमा संञ्चालित सुन पसलबाट समेत भारतमा सुन तस्करी हुने गरेको पाईन्छ ।

नेपालको सिमा क्षेत्रमा भारतीय नै नेपाली नागरिकता लिएर सुनपसल सञ्चालन गरी संस्थागत रुपमा तस्करीमा सक्रिय रहेको दृष्टानत रौतहटमा सञ्चालनमा रहेको सोनी ज्वेलर्सले दिएको छ ।

नेपाल र भारत दुबै देशको दोहोरो नागरिकता वोकेको दुई दाजु भाईले रौतहटको गौरवाट सुनचाँदीको अवैध कारोवार गर्ने गरेका छन् ।

भारतिय नागरिक ति दुवै दाजु भाई केहि वर्ष अगाडि गौरमा कोठा भाडा लिएर बस्दै आएका थिए ।

सोही अबस्थामा ब्यापार पनि सुरु गरेका उनिहरुले केहि बर्षमै नेपालको बंशजको नागरिकता प्राप्त गरी गौरको मुख्य सडकमा ठुलो महल खडा गरि आफ्नो धन्धा संचालन गरिरहेका छन् ।

विरेन्द्र साह सोनार र धिरेन्द्र साह सोनार रौतहटको परोहा नगरपालिका अन्तर्गत भेडियाहि नगर सविकको वशन्तपट्टी गाविस वडा नम्वर ८ वाट नेपाली नागरिकता लिएका हुन् ।

माँ जानकी एण्ड कृष्णा ज्वेर्लस र सन्नी ज्वेलर्स सञ्चालन गर्दै आएका दाजुभाई वार्षिक एक अर्बभन्दा बढीको सुन नेपालबाट भारततर्फ अवैध रुपमा निर्यात गर्दै आएको राजस्व कार्यालयबाट बुझ्न सकिन्छ ।

धिरेन्द्र शाह भारतको बिहार राज्य सितामढी जिल्लाको रिगरखण्डको रेवासी पकरी ग्राम पञ्चायत चुनावमा प्रत्यासी भएसँगै यिनिहरुको बास्तविकता उजागर भएको थियो ।

यसरी संस्थागतरुपमा सुनको तस्करी मौलाउदै जादा नेपाल तस्करहरुको अखडा बन्दै गएको छ । प्रहरी प्रशासन तथा बाणिज्य तथा राजश्व अनुसन्धान बिभागले संस्थागत तस्करीको सबालमा छानविन गरी कानुनी रुपमा अगाडी बढनुपर्ने मात्र नभएर तत्काल हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने आबश्यक देखिएको छ ।

सुन व्यबसायी नै सुन तस्करीका नाईके: रिद्धि सिद्धि ज्वेलर्सको नेतृत्वमा तस्करी

मोरङ व्यापार सङ्घको अध्यक्षमा रिजाल

मोरङ व्यापार सङ्घको अध्यक्षमा रिजाल

विराटनगर-मोरङ व्यापार सङ्घको ३३औँ कार्यकारिणी समितिले नवीन रिजाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, उपाध्यक्ष (वाणिज्य)मा अनिलकुमार साह, उपाध्यक्ष (उद्योग)मा विकासकुमार बेगवानी, महासचिवमा अनिल शारदा, सचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा राजेश अग्रवाल र प्रवक्तामा विनित सिङ्घानियाँ निर्विरोध चयन हुनुभएको छ ।

त्यस्तै कार्यसमिति सदस्यमा आशिष जाजु, दीपेश सुवेदी, अमित शारदा, पवन राठी, देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी र सुशील सुरानालाई चयन गरिएको छ ।

नवनियुक्त अध्यक्ष रिजालले पदभार ग्रहण गर्दै कार्यसमितिका भावी योजना प्रस्तुत गर्नुभएको थियो ।

उहाँले आफ्नो कार्यकालमा सरकारसमक्ष विकास निर्माणका कार्यलाई त्रैमासिक रुपमा खर्च गर्ने नीतिका लागि पहल गर्ने, मौद्रिक नीतिको स्वस्फूर्त कार्यान्वयनका लागि पहल गर्ने, तीव्र औद्योगिकीकरणका लागि जोड दिँदै तरलता अभाव, अस्थिर ब्याजदर, चर्को विद्युत् महसुल, ढुवानी खर्च आदि न्यूनीकरण गर्न पहल गर्ने तथा अस्वाभाविक नीतिको निराकरणका लागि पहल-पैरवी गर्ने बताउनुभयो ।

मोरङ व्यापार सङ्घको अध्यक्षमा रिजाल

मुग्लिङ पोखरा सडक विस्तार: तनहुँ खण्डमा धमाधम रुख कटान

मुग्लिङ पोखरा सडक विस्तार: तनहुँ खण्डमा धमाधम रुख कटान

दमौली मुग्लिङ पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा धमाधम रुख कटान भइरहेको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँबायाँ रहेका रुख कटानलाई तीव्र पारिएको हो ।

मुग्लिङ पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने रुख हटाउन थालिएको मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

“पूर्वी खण्ड अन्तर्गत जामुनेदेखि आँबुखैरेनीसम्म करिब ५० प्रतिशत रुख काटिसकिएको छ,” उहाँले भन्नुभयो, “रुख कटान सकिएलगत्तै बाँकी कामलाई पनि अगाडी बढाउँछौ ।”

उहाँका अनुसार आयोजनाले बाटो चौडा गर्ने कामलाई पनि अगाडी बढाइरहेको छ ।

जामुनेदेखि पोखरासम्मको खण्डमा तीन हजार एक ६३ रुख कटान गर्नुपर्नेमा हालसम्म एक हजार आठ सय रुख कटान गरिएको छ ।

पश्चिम खण्डको ठेक्का सम्झौता केही पछि भएकाले यस खण्डमा काम सुरु गर्न केही ढिलाइ भएको थियो ।

रुख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन सुरु गरिने बताइएको छ ।

तनहुँ खण्डमा ६ हजार सात सय ५० रुख सडक विस्तारका क्रममा हटाउनुपर्ने हुन्छ ।

रुख काटेर सडक आयोजनाले वन कार्यालयलाई बुझाउने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो ।

सडक विस्तार योजनालाई दुई खण्डमा विभाजन

सो सडक विस्तार योजनालाई दुई खण्डमा विभाजन गरेर अगाडी बढाइएको छ ।

जामुनेदेखि आँबुखैरेनीसम्म र जामुनेदेखि पोखरासम्म खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क ९एडीबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।

असी किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।

आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१।४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ ।

आँबुखैरेनी–जामुने पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको छ ।

मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का पाएको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ ।

सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का

यस खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ ।

डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ ।

दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ ।

सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछ ।

आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ ।

३१ मध्ये दमौलीस्थित मादी नदी र पोखरास्थिती सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको छ ।

अन्य २९ पुल दुई प्याकेजमा लगाइएको ठेक्का अन्तर्गत नै निर्माण हुनेछ ।

मुग्लिङ पोखरा सडक विस्तार: तनहुँ खण्डमा धमाधम रुख कटान