२८ वर्षको अवधिमा ३ खर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिए

काठमाडौं । विभागका अनुसार आर्थिक वर्ष २०५०/५१ देखि गत आवको जेठसम्म ३ खर्ब ९९ अर्ब ७० करोड २ लाख रुपैयाँ बराबरको लगनी भित्रिएको हो ।

उक्त लगानी ५ हजार २२४ वटा परियोजनाका लागि आएको विभागको तथ्यांकमा उल्लेख छ । जसमध्ये सबैभन्दा बढि लागानी आव २०७१/७२ मा आएको छ । उक्त आवमा ३७० वटा परियोजनाका लागि ६७ अर्ब ४५ करोड ५ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ ।

त्यसैगरी, आव २०७४/७५ मा ४ सय वटा परियोजनाको लागि ५५ अर्ब ७६ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको छ । भने आव २०७६/७७ मा ३७ अर्ब ८० करोड रुपैयाँ बराबरको लगानी भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ । त्यस्तै, गत आवको अन्तिमसम्म २०७ वटा परियोजनाको लागि ४० अर्ब ४९ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको छ ।

ज्ञवालीलाई पराजित गर्दै कांग्रेसका भण्डारी विजयी

नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवी बनाउनुभएका नेता डा चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने हुनुभएको छ । उहाँ गुल्मी-१ बाट नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

कूल ६९ हजार छ सय ८३ मत खसेकामा भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गर्नुभयो । आज दिउँसो १ बजे सकिएको मतगणनापछि छन् ।

पिता ईश्वरीप्रसाद र माता हरिकला भण्डारीको कोखबाट गुल्मीको हुँदा ७ मा २०१८ मा जन्मनुभएका उहाँले स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका भण्डारी सङ्घकै महामन्त्री हुनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट उहाँले चार वर्षअघि समाजशास्त्रअन्तर्गत ‘राष्ट्र निर्माणमा भूमण्डलीकरणको प्रभाव’ विषयमा विद्यावारिधि गर्नुभएको हो । राजनीतिक यात्राका क्रममा नेता भण्डारीले पाँच वर्षभन्दाबढी जेल जीवन बिताउनुभएको छ । यसअघि उहाँ २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

कांग्रेसको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता भण्डारी पार्टीको १४औँ महाधिवेशनमा उपसभापतिको उम्मेदवार हुनुहुन्थ्यो ।

रोनाल्डोको कीर्तिमान सँगै, पोर्चुगलको रोमाञ्चक जित

काठमाडौं । पोर्चुगलले बिहीबार अफ्रिकी टोली घानामाथि ३–२ को जित दर्ता हराउँदै कतार विश्वकप २०२२ मा सुखद सुरुआत गरेका छन् । यसखेलसँगै क्रिस्टियानो रोनाल्डोले विश्वकपका पाँच फरक संस्करणमा गोल गर्ने कीर्तिमान बनाएको छ ।

रोनाल्डोले सन् २००६ जर्मन विश्वकपदेखि लगातार गोल गरेका छन् । घानाविरुद्ध रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए । घानासँगको गोलसँगै विश्वकपमा उनको गोलसंख्या आठ पुगेको छ । रोनाल्डोले एक सय ९२ खेलमा एक सय १८ अन्तर्राष्ट्रिय गरेका छन् ।

दोहास्थित रंगशाला ९७४ मा प्राप्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै ६५औं मिनटमा अग्रता दिलाएका थिए । घानाका कप्तान आन्द्रे आयुले ७३औं मिनेटमा बराबरी गोल गरे ।जोआवो फेलिक्सले ७८औं मिनेटमा गोल गर्दै पोर्चुगलको अग्रता २–१ को बनाए ।

त्यसको दुई मिनेट नबित्दै राफेल लियोले गोल गरेका थिए । ओस्मान बुकारीले इन्जुरी समयमा गोल गरेपनि घानाले हार टार्न सकेन । जितसँगै समूह ‘एच’मा पोर्चुगलले तीन अंक जोडेको छ । घाना अंक विहिन छ । दक्षिण कोरिया र उरुग्वेले भने अंक बाँडेका छन् ।

जारी गर्‍यो १२ बुँदे निर्देशन काठमाडौं महानगरले, सहकारीविरुद्धको उजुरी बढेपछि

काठमाडौं । सहकारी संस्थाहरूविरुद्ध उजुरीको चाङ लाग्न थालेपछि काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूका लागि निर्देशन जारी गरेका छन् ।

कोभिड-१९ को महामारीपछि ठूला राष्ट्रहरूबीचको युद्धका कारण विश्वमा आएको आर्थिक मन्दीले निम्त्याएको मूल्यवृद्धिले वित्तीय क्षेत्रमा तरलता अभाव सिर्जना भएसँगै सहकारी क्षेत्रमा गम्भिर संकट देखा परेको छ ।

थप ऋण दिन नसक्ने अवस्थामा सहकारी पुगेपछि ठूला निक्षेपकर्ताहरू निक्षेप झिक्न थालेको र सहकारीका सञ्‍चालकहरू सम्पर्कविहीन भएको उजुरी महानगरपालिकामा बढ्दै गएको महानगरपालिकाको सहकारी विभागले जानकारी दिएको छ ।

महानगरपालिकाले एक सूचनामा भनेको छ, ‘सहकारी क्षेत्रमा समेत गम्भिर असर परेको जानकारी हामीले कार्यालयमा दिनहुँ पर्न आएका लिखित र मौखिक उजुरीको चापबाट महसुस गरेका छौं ।

यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरूले आफ्ना काम कारबाहीलाई जिम्मेवार, इमानदानर, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न हुन निर्देशन सहित अनुरोध गरेका छौं ।’

यस्ता छन् सहकारी संस्थाहरूका लागि महानगरका १२ बुँदे निर्देशन:-

१. सहकारी संस्थाहरूले यथाशीघ्र सबै सेयर सदस्यहरूलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउने । विश्वसनीयता र अपनत्व ग्रहण गराउनका लागि नियमित रूपले सेयर सदस्यहरूसँग सम्पर्क र संवाद बढाउने ।

२. तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्ने ।

३. वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्ने ।

४. परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरूमा लगानी नगर्ने ।

५. सेयर सदस्यहरूलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्ने ।

६. सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रूपले संस्थासँग कारोबार भएको व्यक्तिहरूलाई मात्र संस्थाको जिम्मेवारी दिने ।

७. कानूनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्ने ।

८. कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेस गर्ने ।

९. ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्ने ।

१०. जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्ने र जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्ने ।

११. राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरूबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्ने ।

१२. आफ्ना सेयर सदस्य र बचतकर्ताहरूलाई नियमित सहकारी शिक्षा प्रदान गर्ने

धनुषा-३ बाट एमालेकी जुलीकुमारी महतो विजयी

काठमाडौँ । धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो विजयी भएकी छिन् । उनी सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा अनिलले २३ हजार ६८६ मत ल्याएका थिए ।

५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख (उपसचिव) डा. तपेन्द्र बहादुर शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छन् । 

मुगुको रारा छायाँनाथ नगरपालिका ४ स्थित गैराज्युला कृषि सिचाई आयोजनामा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा उपसचिव  शाहसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

आयोजनामा उपसचिव शाह र सब-इन्जिनियर महेश बुढ्थापाले यथार्थ र वास्तविक नाप जाँच नगरी बदनियत राखी नभए/नगरेको काम देखाई वास्तविक भएको कामभन्दा बढी रकम मूल्याङ्कन गरी झुठ्ठा बिल भरपाई, नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई रु.२,११,३१६.२६ रुपैयाँ  बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको आयोगको ठहर छ । 

साथै गैराज्युला कृषि सिँचाई आयोजना निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष बाँच बहादुर सेजुवाल, सचिव माया केसी भाम र कोषाध्यक्ष बिजकन्या भामले आयोजनामा झुठ्ठा प्रतिवेदन तयार गरी आयोजनास्थलमा वास्तविक भएको कामभन्दा बढी मूल्याङ्कन गरी/गराई उक्त बढी रकम भुक्तानी लिएको आरोपमा निजहरुविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका छन् । 

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

जनमुखी मुद्दाहरू उठाउने छु

काठमाडौँ । ललितपुर क्षेत्र नं. ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छिन्।

निर्वाचित प्रतिनिधिसभा सदस्य कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आगामी पाँच वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताएकी हुन्।

उनले संसदमा जनमुखी मुद्दाहरू उठाउने बताइन्। उनले आफूले मतदाताहरूसमक्ष राखेको प्रतिवद्धताहरु पूरा गरेपछि मात्रै विजय मनाउने भन्दै जितलाई जिम्मेवारीको रूपमा लिएको उल्लेख गरिन्।

नेप्से दोहोरो अंकले बढे

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ११.५६ अंकले बढेर एक हजार ९ सय ३३ दशमलब ५५ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ७.७२ अंकले घटेर एक हजार ९ सय २१ दशमलब ९९ विन्दुमा बन्द भएको थियो ।

आज नेप्से बढेपनि कारोबार भने बढ्न सकेन । आज नेप्सेमा ९२ करोड ५१ लाख रुपैयाँ बराबरको करोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब २ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

कारोबारमा आएका कम्पनीहरुमध्ये १२४ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने ४९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । घलेम्दी हाइड्रोपवरको शेयरमूल्य ६ प्रतिशतले बढेर प्रतिकित्ता २१९ रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार किसान लघुवित्तको शेयरमूल्यमा सामान्य गिरावट भएको छ । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी साइन रेसुङगा बैंकको भएको छ । यसको आज ७ करोड ६२ लाख भन्दा बढीको कारोबार भएको छ । 

आफूले सोचेको भन्दा कम नतिजा आए

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा अपेक्षा गरेभन्दा फरक नतिजा आएको बताएका छन्।

रौतहटको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनमा आफूले सोचेको भन्दा कम नतिजा आएको र नतिजाले शिक्षा दिएको बताए।

उनले आगामी दिनमा निर्वाचनको परिणामको मूल्याङ्कन गर्दै भएका कमीकमजोरी सुधार गरी अघि बढ्ने धारणा राखे। उनले अबको सरकार कसको बन्छ भनेर अहिले नै भन्न नसकिने भन्दै समयको माग अनुसार बन्न सक्ने बताए।

उनले जनताले आफूलाई इमानदारिता र निष्ठापूर्वक नै हेरेकाले जनताको विश्वासलाई पूरा गर्ने जिकिर गरे।

अध्यक्ष नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका अजय कुमार गुप्ताले २६ हजार नौ सय २२ मतप्राप्त गरे।

अहिलेसम्मकै सस्तो इलेक्ट्रिक कार सार्वजनिक

एजेन्सी । भातरको मुम्बई स्थित इलेक्ट्रिक वाहन निर्माता बेस्ट इलेक्ट्रिकले आफ्नो पहिलो इलेक्ट्रिक कार आज सार्वजनिक गर्ने भएको छ ।  यो ई–कार माइक्रो श्रेणीको हुनेछ। मिडिया रिपोर्टका अनुसार यो इलेक्ट्रिक कारको मूल्य करिब ४ लाख रुपैयाँ हुनसक्छ । यो देशको सबैभन्दा सस्तो इलेक्ट्रिक कार हुनेछ।

यो कारमा १० किलोवाट क्षमताको लिथियम फस्फेट ब्याट्री प्रयोग गरिएको छ । जसले करिब २० एचपी पावर उत्पादन गर्न सक्ने छ । यो कारको ब्याट्री पूर्ण चार्ज हुन करिब ४ घण्टा लाग्ने छ र यो कारले एकै पटक चार्ज गर्दा १६० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिनेछ ।

यस कारमा रिजेनेरेटिभ ब्रेकिङ, रिमोट पार्किङ असिस्ट, ओटीए अपडेट, स्मार्टफोन कनेक्टिभिटी जस्ता सुविधाहरू उपलब्ध हुनेछन्। यो कारलाई आफ्नो स्मार्टफोनमा जडान गरेपछि तपाईले रिमोट मार्फत कारको एयर कन्डिसन (एसी), हर्न, झ्याल र बत्ती नियन्त्रण गर्न सक्नुहुनेछ।

यसमा ४ वटा ढोका छन् । तर, अगाडि एउटा सिट र पछाडि एउटा मात्र सिट हुनेछ । अर्थात् यो कारमा दुई जना मात्रै सँगै यात्रा गर्न सक्नेछन् । यो कारको ह्वीलबेस २,०८७ एमएम र ग्राउन्ड क्लियरेन्स १७० एमएम हुनेछ।

टाटा मोटर्सले सेप्टेम्बरको अन्त्यमा आफ्नो लोकप्रिय ह्याचब्याक टाटा टियागोको इभी भेरियन्ट लन्च गर्‍यो। यसको प्रारम्भिक मूल्य ८.९४ लाख रुपैयाँ भारु राखेको छ। अहिले यो देशकै सबैभन्दा सस्तो विद्युतीय कार हो । यो ईभीले एक पटक चार्जमा ३१५ किलोमिटरको रेन्ज पाउनेछ।

नेप्से आज बुधबार सामान्य अंकले घटे

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ७.७२ अंकले घटेर एक हजार ९ सय २१ दशमलब ९९ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ७.१३ अंकले घटेर एक हजार ९ सय २९ दशमलब ७० विन्दुमा बन्द भएको थियो ।  

त्यस्तै, आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा एक अर्ब २ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ३५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएका कम्पनीहरुमध्ये ५७ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिभिल बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३४.३० रुपैयाँ पुगेको छ । त्यस्तै, घलेम्दी हाइड्रोको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २०५ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार स्टाण्डर्ड चार्टर्ड बैंक र नबिल ब्यालेन्स फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज १२ करोड ७७ लाख भन्दा बढीको कारोबार भएको छ ।  

माओवादीले जितको खाता खोल्यो

नेकपा माओवादी केन्द्रले सिन्धुलीबाट जितको पहिलो खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का माओवादी उम्मेदवार लेखनाथ दहाल ‘राजन’ले पाँच हजार ८ सय ३० मतान्तरले जीत हाँसिल गरेका हुन् । उनले २७ हजार पाँच सय १७ मत प्राप्त गरेका छन् ।

एमाले उम्मेदवार मनोजजंग थापाले २१ हजार ६ सय ८७ मत प्राप्त गरेका छन । सिन्धुली क्षेत्र नम्बर २ मा ५५ हजार नौ सय १६ मत खसेको थियो । क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका भिष्मराज श्रेष्ठले तेस्रो मत ल्याएका छन ।

श्रेष्ठले एक हजार तीन सय ४० मत प्राप्त गरेका छन । उक्त निर्वाचन क्षेत्रमा दुई हजार चार सय २५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको छ । दाहाल गठबन्धनका तर्फबाट उमेदवार भएका थिए भने मनोजजंग थापा एमालेका तर्फबाट उमेदवार थिए । दाहाल विजयी भएसँगै मुख्य प्रतिस्पर्धि थापाले मतगणना स्थलमा पुगेर बधाई दिएका छन ।

देशमा परिवर्तनको सुरुवात भइसक्यो

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले देशमा परिवर्तनको सुरुवात भइसकेको बताएकी छन् । बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेपछि संचारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।

उनले अब देशमा परिवर्तको सुरुवात भइसकेकाले कोही पनि नेपालीहरु आत्तिनुपर्ने अवस्था नरहेको बताइन् । उनले अब देशमा नै युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्ने बताइन् ।

उनले अबको ५ वर्षमा देशमा परिवर्तनको ढोका खुल्ने बताइन् । उनले अहिले भइरहेको प्रदेश संरचनालाई सुधार गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताइन् । 

विश्वका आधाभन्दा बढी जनसंख्याले विश्वकप हेर्ने अनुमान

नेपाली समय अनुसार आज राती ९ः४५ बजेदेखि कतारमा फिफा विश्वकप सुरु हुँदै छ । विश्वकपको पहिलो खेल नै आयोजक राष्ट्र कतार र इक्युडोर बीच प्रतिस्पर्धा हुने छ ।

मध्य एसियाली राष्ट्र कतारले पहिलो पटक फुटबल विश्वकप आयोजना गरेको हो । विश्वकप फुटबल विश्व क्यालेन्डरमा खेलकुदको सबैभन्दा ठूलो मेला हो । यो मेला ओलम्पिक भन्दा पनि चर्चित हुने गर्छ 

प्रतियोगिता अन्तर्गत प्रारम्भिक चरणमा आठ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धाका लागि ३२ टोली मध्ये लीग खेल प्रत्येक समूहका चार चार टोलीबीच हुनेछ ।

विश्वका आधाभन्दा बढी जनसंख्याले २०२२ को विश्वकप हेर्ने अनुमान छ । पाँच विलियन मानिसले फुटबल विश्वकप हेर्ने आँकलन गरिएको छ । १ मिलियनभन्दा बढी मानिसले कतारमा गएर विश्वकप हेर्ने अनुमान गरिएको छ ।