बाजुरामा ५.९  म्याग्निच्यूडको भूकम्प 

बाजुरा केन्द्रबिन्दु भएर गएराती दुईपटक भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुरामा दुईपटक भूकम्प गएको हो। 

बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराती ११ः५८ बजे  ४.९ म्याग्निच्यूडको र  १ः३० बजे ५.९ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ।

बडिमालिका नगरपालिकाका उपमेयर नन्दा थापाका अनुसार भूकम्प गएपछि मानिसहरु घरबाहिर निस्केका थिए।  

बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भूकम्पको क्षतिबारे जानकारी नआएको बताए।  

भूकम्पले पुर्‍याएको क्षतिबारे यकीन विवरण आउन बाँकी छ।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (शुक्रबार)बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सम्भावित कार्यसूची विषयगत समिति गठन रहेको छ । संसद् सचिवालयका अनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तो छ आज वैशाख १५ गते मंगलबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज गरेको कार्यमा सफलता मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शेयर बजारको कारोबारमा मन्दी आउने र कार्यमा व्यवधान आइपर्ला ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । धार्मिक यात्रा हुनसक्छ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अरुलाई प्रभावित पारेर काम बन्ने र धनागम हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धार्मिक र सांस्कृतिक कार्यमा मन जानेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अधुरो व्यावसायिक काम अगाडि बढ्न सक्छ, तर शेयर बजारको कारोबारमा मन्दी आउला ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज घुमफिर र मनोरञ्जन हुनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर क्रोध भाव बढ्नसक्छ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रणयसम्बन्ध कसिलो हुने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दिनको उत्तरार्धमा अनावश्यक खर्च बढ्न सक्छ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । शुभ कार्य र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मन प्रसन्न रहने र स्वादिष्ट परिकारको अवसर जुर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम अनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ ।

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डे नियुक्त हुँदै

पोखरा । गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र) र एक स्वतन्त्र सांसदको समर्थन छ । पाण्डेलाई कांग्रेसका २७, माओवादी केन्द्रका सात र दीपक मनाङेको समर्थन छ ।

बहुमत सदस्यले समर्थन गरेपछि प्रदेश प्रमुखले उनलाई संविधानको धारा १६८९२० अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मंसिर ४ मा भएको निर्वाचनपछि गण्डकीमा नेकपा एमालेका संसदीय दल नेता खगराज अधिकारी नेतृत्वको सरकार गठन भएको थियो। केन्द्रमा एमाले सरकारबाट बाहिरिएपछि गण्डकीमा माओवादी सरकारबाट बाहिरिएको थियो।

नवनियुक्त मुख्यमन्त्रीको शपथ (भोली) शुक्रबार मध्याह्न १२ बजेपछि हुने ।

अब मौद्रिक नीति खुकुलो गर्न ढिलाइ गर्नुहुँदैन : अर्थमन्त्री

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो गर्न अब ढिलाइ गर्नु नहुने बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको मूलभूत समस्या भनेको यसमा आएको शिथिलता भएको बताएका छन् । ।

अर्थ मन्त्रालय, राजश्व परामर्श समितिको आयोजना तथा उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घको सहजीकरणमा बिहीबार विराटनगरमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अर्थ मन्त्रालय, राजश्व परामर्श समितिको आयोजना तथा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको सहजीकरणमा बिहीबार विराटनगरमा भएको कार्यक्रममा अर्थमन्त्री महतले भने, “मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकसँग छ । एउटा परिवेशमा मौद्रिक नीति टाइट गरेको थियो । अब औपचारिक र अनौपचारिक रुपमा पनि बैंकको नेतृत्वलाई भनिसकेको छु । के नीतिगत निर्णय लिनुपर्छ । गम्भीरतासाथ हेरेका छौँ र निर्णयमा पुग्ने विश्वास दिलाइएको छ ।” उनले राजश्व र खर्चको विषयमा सम्बोधन गर्दै जाने गम्भीरता सरकारसँग भएको बताए ।

ब्याजदरले समस्या सिर्जना गरेको भन्दै अब विस्तारै सहजतातिर जानुपर्ने मन्त्री महतको भनाइ थियो । “अरु मौद्रिक नीतिका टुल्सका कारण पनि पुँजी प्रवाह हुन सकेको छैन । मौद्रिक नीतिमार्फत पनि पूँजी प्रवाह गर्न जरुरी छ । वित्त नीतिको नेतृत्व मैले गर्छु यसलाई पनि देश सुहाउँदो ढंगले बजेटमार्फत अब कसरी अघि बढाउने भन्ने तयारी सरकारको रहेको छ,” उनले भने ।

अर्थमन्त्री महतले ठेक्का प्रणालीमा समस्या देखिएको, साइट क्लियरेन्समा समस्या हुने गरेको र ठेक्का लागेपछि पनि काम अघि नबढ्ने अवस्थालाई परिवर्तन गर्नुपर्ने बताए । उनले भने, “साइट क्लियरेन्स नहुँदा वैदेशिक र स्वदेशी लगानीका योजनामा पनि पूँजीगत समस्या छ ।”

उनले यस्ता विषयलाई मध्यनजर राखेर बजेट कार्यान्वयनमा जानासाथ ठेक्कासम्बन्धी काम पहिलो दिनबाटै गर्ने वातावरण बनाउने सरकारको तयारी रहेको सुनाए ।

अर्थतन्त्रमा देखिएका समस्या र अवरोधहरु तथा शिथिलतालाई हटाउन इमान्दार प्रयास हुने बताए । भने, “अर्थतन्त्र गाडी चलेको जस्तै हो । इन्जिनमात्र चलेर हुन्न । स्टेरिंग वा ब्रेकमात्र ठिक भएर हुन्न । सबै पूर्जाहरु चल्नुपर्छ । सबैले एकसाथ आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । देश चलाउने भनेको कुरा पनि सम्पूर्ण संयन्त्रले एकाकार भएर जिम्मेवारी पूरा गरे सुधार हुन्छ । सरकारीतन्त्रमा राज्यसंयन्त्रमा समस्या छन् । तिनलाई पहिचान गर्न र स्वीकार गर्न हिच्कीचाहट छैन । यिनलाई हटाउन सुरुवात गर्नुपर्छ ।”

अर्थमन्त्रीले ०४६ को परिवर्तनपछि देशमा धेरै कुरा राम्रो भएको दाबी गरे । सामाजिक सञ्जालको जमानामा संसार हातहातमै मोबाइलमा हेर्न सकिने भन्दै उनले आफूहरु कुन बेसबाट अघि बढेको हो त्यो पनि हेर्नुपर्ने बताए ।

“अरु देशमा भइसक्यो नेपालमा किन भएन ? त्यस्तै रिजल्ट किन आएन ? राजनीतिक नेतृत्वले किन दिएन भन्ने प्रश्न छ । ठूलै चुनौती छ ।

शेयर बजारमा सामान्य अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक २.२७ अंक घटेर १८८९.७३ विन्दुमा झरेको छ। नेप्से ओरालो लागेपनि यस दिन लगानीकर्ताहरु होटल तथा पर्यटन उपसमूहको परिसूचक बढेको छ।

आज नेप्से घटेर एक हजार ८ सय ८९ दशमलब ७३ विन्दुमा बन्द भएको हो ।     

त्यस्तै, आज ७३ करोड ९६ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ८४ करोडको कारोबार भएको थियो । आज कारोबार भएका ६५ कम्पनीको शेयरमूल्य बढेको छ भने १३९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         

नेप्सेका अनुसार आज सिटिजन्स म्युचुअल फण्ड २ को शेयरमूल्य ५.८५ प्रतिशतले बढेको छ भने तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ५.०८ प्रतिशतले बढेर प्रतिकित्ता ४०५.६० पुगेको हो ।                     

नेप्सेका अनुसार एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज तीन करोड ७६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

एसीसी प्रिमियर कपः कतारलाई ६८ रनले हराउँदै  नेपाल बन्यो समूह विजेता

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा नेपालले सानदार जित हासिल गरेको छ भने कतारले लज्जास्पद हार भोगेको छ ।

स्पिनर सन्दीप लामिछानेको सानदार अलराउन्ड प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित बनाएको छ । नेपाल समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा जितको लागि १५८ रनको झिनो विजयी लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अल आउट भयो ।

कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए भने सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए । नेपालको जितमा सन्दीप नायक बने ।

सन्दिपको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपाल यो जितसँगै समूह बिजेता बनेको छ । अब नेपालले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

एकै पटक यातायात १४ कर्मचारीसँग अख्तियारले लियो बयान

काठमाडाैँ। एकै पटक यातायात १४ कर्मचारीसँग अख्तियारले बयान लिएको छ । लिखित परीक्षाको नतिजा हेरफेर गरेको अभियोगमा यातायात कार्यालय जगातेका कार्यालय सहयोगीदेखि हाकिमसम्म गरी १४ जनालाई टंगालमा बोलाएर बुधबार बयान लिइएको लिइएको अख्तियार स्रोतले जनाएको छ ।

कार्यालयले केही समय अघि लिएको यातायात ट्रायलको लिखित परीक्षाको नतिजामा हेरफेर गरेको लगायत आठ वटा कैफियत भेटिएका कारण उनीहरुलाई बयान लिइएको टंगाल स्रोतले जनाएको छ ।

अख्तियार स्रोतका अनुसार वयान लिइएकाका तत्कालीन हाकिम सहित कार्यालय सहयोगीसम्म परेका छन् । त्यहाँका तत्कालीन हाकिम नेत्र प्रसाद भट्टराई (हाल खुमलटार पर्यटन कार्यालय),अधिकृत (छैटौं) कृष्ण निरौला,कार्यालय सहयोगी गणेश थिङ,अधिकृत छैटौं विष्णु विक,हाल यातायात कार्यालय एकान्तकुनाका हाकिम राजकुमार कपाली,मेकानिकल इन्जिनियर चन्द्रनारायण श्रेष्ठ,अधिकृत श्याम श्रेष्ठ,पवन पन्त,जनक काफ्ले लगायतका कर्मचारीहरुलाई टंगालमा बोलाएर बयान लिइएको छ ।
अख्तियारले ०७९ साल वैशाखदेखि असार सम्मको सिसिटिभी फुटेज अध्ययन गर्दा आठ दिनको काम कारवाहीमा त्रुटी भेटिएको भन्दै उनीहरुलाई टंगालमा डाकेर बयान लिएको अख्तियार स्रोतले जनाएको छ ।

सुनको मूल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज तोलामा एक सय रुपैयाँले घटेर १ लाख ९ हजार ६०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुन १ लाख ९ हजार ७०० रुपैयाँ कायम भएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको छ।

३३ निर्माण व्यवसायीको इजाजत पत्र खारेज (सूचीसहित)

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ ।

सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएको निर्माण व्यवसायीले चैत मसान्तभित्र नवीकरण नगरेको भन्दै तीनिहरूको इजाजत पत्र खारेज गरिएको जारी सूचनामा उल्लेख छ ।

निर्माण व्यवसायी ऐन २०५५ को दफा ३ बमोजिम आर्थिक बर्ष २०७९/८० का लागि २०७९ चैत मसान्त निर्माण ब्यावसाय इजाजत पत्र नवीकरणले स्वतः खारेज गर्नु परेको मन्त्रालयले जनाएको छ ।

एसीसी प्रिमियम कप : नेपालले गुमायो ९ विकेट

काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपालले ९ विकेट गुमाएको छ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३२ ओभरमा ९ विकेट गुमाएको हो ।

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौँ। सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवाको प्राविधिकतर्फका चौथो तहका विभिन्न सेवा समूहका लागि दरखास्त आह्वान गरेको हो ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।

योग्यता पुगेका उम्मेदवारहरूले जेष्ठ ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर १० गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कोरोनाका कारण आज पनि एक जनाको मृत्यु

काठमाडौं ।

काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ५० जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । यसैगरी देशभरि २५ जना आइसोलेशन, सात जना सघन उपचार कक्ष (आइसीयू) र तीन जना भेन्टिलेटरमा उपचार गराइरहनुभएको छ ।

कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल ३८३ जना सक्रिय संक्रमित रहेका छन् ।

गौर नगपालिकाको बारुणयन्त्र दुर्घटना चालकसहित ५ घाईते

रौतहट १३ वैशाख । रौतहटको सदरमुकाम गौर नगरपालिकाको बारुण यन्त्र दमकल दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन

गौर  ४ गढवा स्थित कुखुरा फर्ममा भएकाे आगलागी नियन्त्रण गर्न गएको ना.१ ग. ७८८ नम्वरको बारुणयन्त्र गएराति साढे १२ बजे  दुर्घटना हुँदा चालक  सहित पाँच जना घाईते भएको  प्रहरीले जनाएको छ।

गौर नगरपालिकाको बारुणयन्त्र सहित अग्नि नियन्त्रणटोली घटास्थलतर्फ जाने क्रममा ब्रेक फेल भएर  दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटको अनुमान  छ । दुर्घटनामा गम्भीर घाईते चालक करिम अन्सारी, सुरक्षाकर्मीहरु प्रेम केसरी, किशुन्द्र साहको  जिल्ला अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचारको लागि विरगंज पठाएको प्रहरिले जनाएको छ।  उनीहरुलाई ढाड, छाती, टाउको तथा हाट खुट्टामा गम्भीर चोट लागेको जिल्ला अस्पताल गौर ले जनाएको छ।

सामान्य घाइतेहरु सुरक्षाकर्मी शिवशंकर पटेल, नथुनी पासवानको गौर अस्पतालमा उपचार भईरहेको  छ ।

दुर्घटना लगतै स्थानीय र प्रहरिले उद्वार गरी घाइतेहरुलाई उपचारको लागि अस्पाताल पठाएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले बताए । यसैबीच गौर नगरप्रमुख शम्भु साहले मानविय सेवामा हिडेका बारुणयन्त्र दुर्घटनामा परी घाईते भएका चालकसहित कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको  उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाबाट व्यहोर्ने बताएका छन।

बढुवा भएका १३ जना डीआईजीको पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका १३ जनाको पदस्थापन भएको छ । 

बढुवा समितिको चैत २९ गते बसेको बैठकले प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई सोही समूहतर्फको डीआईजी पदमा बढुवाका लागि सिफारिस गरेको थियो । वैशाख ६ गते गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको बढुवा पदस्थापन भएको हो ।

पदस्थापन अनुसार डीआईजी चन्द्रकुवेर खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको प्रहरी महाशाखा प्रमुख, मधेश प्रदेश प्रहरी प्रमुखमा जनक भट्टराई, कोशी प्रदेश प्रहरी प्रमुखमा राजेशनाथ बाँस्तोला र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा भरतबहादुर बोहराको पदस्थापन भएको छ ।

यस्तै डीआईजीहरु विष्णुकुमार केसीको नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना तथा विकास निर्देशनालय, रविन्द्र केसीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, लालमणि आचार्यको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी,सुरेन्द्र प्रसाद मैनालीको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्साल, काठमाडाै‌, अर्जुन चन्द ठकुरीको साइबर ब्यूरो भोटाहिटी काठमाडाै‌, यज्ञ विनोद पोखरेलको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौं र विकाश राज खनालको नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग निर्देशनालय नक्साल काठमाडौमा पदस्थापन भएको छ ।