दियोबाट कपडामा आगो सल्किएर महिला घाइते


विराटनगर। विराटनगरमा आगोले जलेर सोमबार राति एक जना महिला गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार विराटनगर महानगरपालिका–७ की ६० वर्षीया लक्ष्मी कामत घाइते भएकी हुन्। घरको कोठाभित्र बालेको दियोबाट कपडामा आगो सल्किंदा कामत घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। ‘सुतिरहेका बेला कोठाभित्र बालेको दियोबाट कपडामा आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको छ।’जलेर गम्भीर घाइते भएको अवस्थामा राति ११:४५ बजेतिर महिलाको उद्धार गरिएको थियो। उद्धार गरेर उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको छ। नर्सिङ होमले थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी गरेको छ।
डीएसपी दाहालका अनुसार कामतको हात, खुट्टालगायत शरीरको ६५ प्रतिशतजति भाग आगोले जलेको जानकारी अस्पतालले गराएको छ। कोठाभित्र लागेको आगो तत्काल नियन्त्रणमा लिइएका कारण थप क्षति नभएको प्रहरीले जनाएको छ।

गुजरातले चेन्नईलाई दियो २ सय १५ रनको लक्ष्य: IPL

काठमाडौं । गुजरातले चेन्नईलाई दियो २ सय १५ रनको लक्ष्य दिएको छ । ईन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल निकै रोमान्चक हुने देखिएको छ ।

जारी फाइनलमा गुजरात टाईटन्सले चेन्नई सुपर किंग्सलाई २ सय १५ रनको लक्ष्य दिएको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनाएको हो ।

यो सँगै चेन्नईलाई जितका लागि २ सय १५ रन बनाउनु पर्ने भएको छ ।

जनज्योति बहुमुखी क्याम्पसको अध्यक्षमा पत्रकार कार्की निर्विरोध

रौतहट १४ जेठ। रौतहटको चन्द्रनगाहपुर स्थित जनज्योति बहुमुखी क्याम्पसको अध्यक्षमा पत्रकार सञ्जय कार्की निर्विरोध चयन भएका छन्।

  चन्द्रपुर ६ स्थित जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा व्यवस्थापन समितिको लागी निर्वाचन प्रक्रियामा अगाडी बढिसकेको समय सहमति भएको हो।  सहमति अनुसार व्यावस्थापन समितिको अध्यक्षमा संजय कुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष कार्की सहित सदस्यहरुमा बालकृष्ण श्रेष्ठ ,नारायण बहादुर न्यौपाने ,श्यामलाल ठोकर ,तारादेवी सापकोटा ,चिरन्जिवी गौतम ,राजेन्द्र तिवारी,श्रृजना सुनुवार र फुलचन राई निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक मिश्रीलाल साहले जानकारी दिएकाछन् । कार्की चन्द्रनिगहपुर घरभई लामाे समय देखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका छन्।

उठ्छन् मनमा तरङ्ग…………….

उठ्छन् मनमा तरङ्गफेरी बिलाउँछन्

केही चाह थिए मनकामनै भित्र रहन्छन्

मन दुःखी किन हुन्छमिठो कुरा गर्दा पनि

सहन गाह्रो हुँदोरहेछ जिन्दगीमा  छाल आए नि

सम्झना पनिजिन्दगीको भोगाई रहेछ

रोजेको , सोचेकोसपना पुरा कहाँ हुन्छ

यो जीवनमा के भयोआफ्ना इच्छाहरू बाँध्नुपर्ने

देखेर मात्र मनलाईशान्त पार्नुपर्ने

बाध्यताकापर्खालहरूले घेरेको हुन्छ सधैँ

उदास लाग्छ मनमा बतासचल्छ सधैँ

त्यो पहाडले जून सँगचुम्बन गर्दछ

आँखा बाट आशु खसी तालबनेर बग्छ

भन्न गाह्रो छ कतिपिडा मनमा छ

रमाउन खोज्छु मैले आशुलेछेक्छ

गोबिन्द राज ओझा

पटवारीले “मालिक”ठग्नखोज्दा साथीको लाईसेन्स चैट 

रौतहट १० जेठ। पारिवारिक डक्टर, पारिवारिक कानूनी सल्लाहकार वकिलकै बराबर मान सम्मान हुन्छ पारिवारिक पटवारी अर्थात लेखनदासको पनि। जुन सुकै ठउँमा बसोबास गर्ने मानिस घर परिवारमा कुनै विरामी हुँदा आफ्ना नजिक मानिने पारिवारीक डाक्टर संग, कानुनी समस्या भएमा पारिवारीक वकिल संग सलाह गर्दछन। मालपोत नापी, भूमिसुधार लगायत कार्यालय संग सरोकारको बिषय भएमा प्रायः आफ्नो नजिकको सधैं सम्बन्ध हुने पारिवारीक पटवारी संग सरसल्लाह गरिन्छ। उक्त कार्यालय मातहतको कुनै कागजात तयार गर्नुपरेमा आफु संग भएकाे सम्बन्धित सम्पूर्ण कागजात पटवारी लेखनदास लाई सुम्पिन्छ ।

लेखनदासले आवश्यकता अथवा सहुलियत अनुसार लेखपढ गरी कागजात तयार गर्ने गर्दछन। तर रौतहटमा भने एकजना लेखनदासले मोहीको वारेसनामा लाई नै  १५ लाख रुपैयाँको कपाली तमसुक बनाएर जिल्ला अदालतमा मुद्दा गरेकाे घटना बाहिरिएको  छ। साबिक मुडवलवा गाविस ६ हाल गौर नगरपालिका १२ घर भई गौर बजारमै लेखापढी व्यवसाय गर्दैआएका लेखनदास सुचिन्द्र प्रसाद यादवले मोहिधनिको लीफा लाई १५ लाख रुपैयाँको तमसुक बनाएर जिल्ला अदालतमा मुद्दा गरेका थिए। १५ लाख रुपैयाँको मुद्दा गर्दा न्यायाधीशको सुझबुझ तथा प्रमाणको आधारमा तमसुक लाई गलत ठहर गर्दै लेखनदास यादवले अदालतमा राखेको धरौटी समेत  जफत 

गरिएको छ। घटना बिवरण अनूसार कटहरिया ४ का रामविलास दासको श्रीमती सम्झना दासको नाउँमा दर्ता कायम रहेको कटहरिया ५ को ७ कठा १० धुर जग्गाको मोहीधनी सोहि वडाका रामचन्द्र महतो कोईरी रहेका थिए। महतोले मोहीहक बापतको जग्गा छुट्याउन भनेर लेखनदास सूचिन्द्र यादव मार्फत भूमिसुधार कार्यालय गौरमा उजुरी दिएका थिए। जग्गाधनी दाश र महिधनी कोईंरी बीच मुद्दा चलिरहेकै क्रममा २०७१ साल वैशाखमा मोहिधनी ६० वर्षिय महतोको हृदयघातको कारणबाट आकस्मिक निधन भएको थियो। बुबाको निधन पछि छोरा सन्तोष महतो  काईरीले उक्त माेहीहक आफनो नाउँमा नामसारी गराएका थिए। सोहि मोहीहक वापतको जागा छुट्याउनको  लागि भुमिसुधार कार्यालय गौरमा मुद्दा चलिरहेकै क्रममा सन्तोष महतो लाई बाहीर जानुपर्ने अवस्था आउँदा लेखनदास यादव लाई वारेसनामा दिएका थिए।

लेखनदास यादवले सोही वारेसनामाको लेखत लीफा लाई १५ लाख रुपैयाँको कपाली तमसुक बनाएर राखेका थिए। सोहि तमसुकको आधारमा लेखनदास यादव ले  २०७१कार्तिक २८ गते सावाँ ब्याज समेत गरी कूल १८लाख ७६ हजार ६६७ रुपैयाँ पाउँ भनेर मोहिधनि संतोष महतो कोईरी माथी जिल्ला अदालत गौरमा मुद्दा गरेका थिए। मुद्दामा कोईरीको तर्फ बाट अधिवक्ताहरू साबिर हुसैन, महरुल हक, शैलेन्द्र कुमार बर्मा,र शिव वहादुर कोईराला तथा यादवको तर्फ बाट अधिवक्ताहरू दिलिप कोईराला, शान्ती प्रसाद सुवेदी,र रामदरेस प्रसादले बहस गरेका थिए। लेखनदासले अदालतमा पेस गरेको तमसुकको विधिबिज्ञान काठमाण्डौ बाट जाँच, लेखनदासको बैंक खाताको अबस्था तथा प्रमाणहरुको आधारमा जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको ईजलासले उक्त कपाली तमसुक लाई गलत ठहर गरेको छ।

साथै लेखनदास सुचिन्द्र यादवले मुद्दा गर्दा राखेको धरौटी रकम २२ हजार ५३६ रुपैयाँ जफत गर्ने आदेश दिएको छ। लेखनदास सुचिन्द्र यादवले पेस गरेको कपाली तमसुकमा साक्षी वसेका अर्का लेखनदास गौर १२ का मिश्री लाल महतो लाई १ लाख २५ हजार रुपैयाँ जरिबाना र उसको प्रमाणपत्र समेत रद्द गरेकाे छ। यादवले मुद्दा गर्दा रोक्का गराएको सन्तोष महतो कोईरिको कटहरिया ५ कीता नम्बर २३११ को २ कठा जग्गा समेत न्यायाधीश पन्तको आदेस फुकुवा भएकाे छ। लेखनदास सुचिन्द्र यादव लामोसमय देखि लेखापढी गर्दै कैयौं मानिस लाई नक्कली तमसुकको आधारमा करोडौं ठगी गरिसकेको पीडित कोईरीले गुनासाे गरेका छन।

यसरी पारिवारीक सरह मानिएका लेखनदासले वारेसनामा लाई कपाली तमसुक बनाएर सेवाग्राहि माथी लाखौंको मुद्दा गर्छ भने कुनै पनि सेवाग्राहीले लेखनदास माथी कसरि विश्वास गर्ने आफैमा ठूलो प्रश्न खडा भएको जनकपुर बाट प्रकाशित आजको मधेश दृष्टि दैनिक पत्रीकामा रौतहट बाट सञ्जय मिश्राले लेखका छन।

भ्रष्टाचार नियन्त्रणका लागि महालेखापरीक्षक टंकमणि शर्माको दुई सूत्र

काठमाडौ । मुलुकमा भ्रष्टाचार व्याप्त रहेको छ । विभिन्न ठूला ठूला भ्रष्टाचारका काण्डहरु बाहिर आईरहेका छन् । पछिल्लो समय नक्कली शरणार्थी प्रकरणमा मुलुककै गृहमन्त्री जस्तो गरिमायम पदमा पुगिसकेका नेपाली कांग्रेसका नेता बालकृष्णा खाँण, उपप्रधानमन्त्रीको जिम्मेवारी बहन गरिसकेका एमाले नेता टोप बहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायतका शासक र प्रशासकहरु पक्राउ पर्नुले अन्तर्राष्ट्रिय जगत् नै तरंगित बन्न पुगेको छ ।
यसबीच, मुलुकमा देखिएका भ्रष्टाचार तथा अनियमितताका घटनाहरु बढिरहँदा समस्याको जड के हो ? यी समस्याहरु कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा विभिन्न छलफल गर्दै सुशासन अभियानमा सहयोग पुगोस् भन्ने उदेश्यले तराई विकास तथा सञ्चार केन्द्र नेपालले सुशासन प्रवद्र्धनमा नागरिकको भूमिका विषयक बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा माननीय महालेखा परीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि दुई सूत्रको खुलासा गरेका छन् । नेपालको महालेखापरीक्षकका रुपमा ६ वर्षको कार्यकाल पूरा गरेका शर्माले भ्रष्टाचार न्यूनीकरणको लागि उचित कदम चाल्नुपर्नेमा जोड दिँदै दुई सूत्र अगाडि सारेका हुन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं संस्थाका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंको अध्यक्षतामा राजधानीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै शर्माले मुलुकका कुशासन फस्टाईरहेको, भ्रष्टाचारजन्य गतिविधि बढिरहेको जिकिर गर्दै त्यसको न्यूनीकरणका लागि दुई सूत्रको खुलासा गरेका हुन् ।
कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रयण गर्दै सदाचारको निर्माण गर्ने र सुशासन प्रवद्र्धन गर्दै भ्रष्टाचार नियन्त्रण गर्न सकिने गरी दुई सूत्र सार्वजनिक गरेका हुन् ।
उनले भने- “व्याप्त भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन तर्फ उन्मुख हुने कि सबै अनुशासित भई आ आफ्नो तर्फबाट सुशासन कायम गराउँदै भ्रष्टाचार नियन्त्रण गर्ने, यी दुई मध्ये एक शुत्रको प्रयोग मार्फत भ्रष्टाचार तथा अनियमितता न्यूनीकरण गर्न सकिन्छ ?”
उनले बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि गठन भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायहरुले मात्र नभएर आम जनताले सुशासनका लागि खबरदारी गर्नुपर्नेमा जोड दिए ।
महालेखापरीक्षक शर्माले विश्वमा भ्रष्टाचार नियन्त्रण हुन सक्दैन, मात्रा धेरै थोरै मात्र हो । उनले भने, ‘महालेखा विश्वमा भ्रष्टाचार कम रहेको मुलुकहरुले समेत सुशासनका क्षेत्रमा बढीमा ९० अंकसम्म पाएका छन् यसको अर्थ भ्रष्टाचार नियन्त्रण पूर्ण रुपमा हुन सक्दैन । नेपालको हकमा भने ३३ अंक रहेको छ । यसलाई सुधार गर्न सकिने भन्दै यसतर्फ आम नागरिकले समेत भूमिका खेल्नुपर्दछ तर, भ्रष्टाचारजन्य गतिविधि शुन्य कामय गराउन भने गाह्रो छ ।’
सम्वैधानिक निकायका प्रमुख एक्लैले केही गर्न सक्दैनन् । यो अनुभव मैले ६ वर्षकाम गर्दा संगालेको छु भन्दै नागरिक समाजले खबरदारी गर्नुपर्दछ । मुलुक कुशासनको डरलाग्दो स्थितिमा पुगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले शासकहरु त्याग र सेवाका लागि जानुपर्ने भएपनि लाभ र तलबका राजनीतिमा लागेकाले भ्रष्टाचार बढिरहेको बताए ।
अख्तियारले सुशासनका निम्ति अदालतमा मुद्दा अगाडि बढाएपनि अदालत भित्रको बेथितिले सुशासनलाई प्रभाव पारेको जानकारी गराए । पछिल्लो पटक संसदमा प्रस्तुत हुन लागेका विधेयकहरुले डरलाग्दो अवस्था ल्याउन सक्नेमा उनको आशंका थियो । उनले पछिल्लो समय न्यायलय समेत सेटिङ्गमा चल्न थालेको छ, अनि कसरी सुशासन हुन्छ ? कसरी न्याय पाउन सकिन्छ ? प्रश्न गरे ।
कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेलले सबै प्रशासकलाई भ्रष्टाचारीको रुपमा हेर्न नहुने बताए । उनले भने ‘सबै कर्मचारीलाई एउटै नजरले नहेरौँ, अँध्यारोमा जुनकिरी छन्, त्यसलाई निभ्नबाट बचाऔँ ।’
उनले विकास निर्माणका कार्य समयममै हुन नसक्नुको प्रमुख कारण साइनिंग मनी भएको बताए । उनले भने, ‘सुरुमै पेश्की लियो त्यो पेश्की वापतको पैसा लिएपछि सबैलाई वितरण गर्‍यो । दोस्रो किस्ता ठेकेदारले जग्गामा लगानी गर्छ अनि कसरी समयमै विकास हुन्छ ?’
पूर्व मुख्यसचिव पौडेलले सुशासन प्रत्याभूत गराउन अख्तियार दुरुपयोग अनुसन्धानको कानुनले धेरै कुरा समेटेको छ । यो सक्रिय हुनुपर्‍यो । यसलाई कमजोर बनाउन नहुनेतर्फ जोड दिए ।
कार्यक्रममा पूर्वमहान्यायधिवक्ता एवं प्रा.डा. युवराज संग्रौलाले नेपालमा विदेशी हस्तक्षेप बढ्दा मुलुकमा भ्रष्टाचार लगायतका विकृतीहरु बढिरहेको दाबी गरे ।
‘शिक्षा नीति विदेशी, अर्थ नीति विदेशी, न्यायाधिश नियुक्तिमा विदेशी प्रभाव, कानुनको कुरा आउँदा विदेशी, वित्तको कुरा आउँदा विदेशी यी सबै कुरामा विदेशीको इन्ट्रेस र टे«निङ्गमा आइरहेका छन् अनि कसरी हुन्छ सुशासन ?’
संग्रौलाले मुलुकको अर्थतन्त्र १० जनाले चलाएको गम्भीर खुलासा गरेका छन् । उनले भने, ‘हामीले हालैमात्र गरेको गहिरो अध्ययनबाट मुलुकको अर्थतन्त्र १० जनाको हातमा रहेको प्रष्ट भएको छ र ती १० जना विदेशीले चलाएको छ ।’
कर्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगालले सुशासन कायम गराउनका लागि आ आफ्नो ठाउँबाट सबैले जिम्मेवार र दायित्वबोध गर्नुपर्ने बताए । उनले हरेक नागरिकले म कस्तो व्यक्तिबाट शासित छु भन्ने कुरामा स्पष्ट हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरेश आचार्यले पछिल्लो समय सबैभन्दा बढी ढिलासुस्ती र अनियमितता स्थानीय तहमा हुने गरेको बताए । उनले संघीयता आएपछि जनताको घर दैलोमा पुगेको सरकारकै विरुद्ध बढी उजुरी केन्द्रमा परेका दाबी गरे ।
कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका प्रमुख पदमिनि प्रधानाङ्गले नेपालमा नीतिगत भ्रष्टाचारले जरा गाडेको बताइन् । उनले यस विषयमा आम नागरिकहरु सचेत भई सरकारलाई खबरदारी गर्नुपर्ने सुझाइन् ।
कार्यक्रममा नेपाल समाचारपत्र दैनिकका सम्पादक सागर पण्डितले भ्रष्टाचार नियन्त्रणका लागि शासक र प्रशासक सच्चिनु जरुरी रहेको बताए ।
पण्डितले हामी नागरिकहरु भ्रष्टाचार विरुद्ध बोल्छौँ, लेख्छौँ तर, शासक र प्रशासकहरुले त्यसलाई वास्ता गर्दैनन्, आफ्नो कुकर्मलाई रोक्दैनन्, जसबाट नेपाली जनता वाक्क दिक्क भईसकेको बताए ।
राजनीतिज्ञ र कर्मचारीहरुले नै राज्यको सिस्टम नै फेलियर बनाउन लागेका समेत उनले आरोप लगाए । ‘शासक र प्रशासकले आफ्नो चरित्रमा सुधार नल्याए भ्रष्टाचार न्यूनीकरण असम्भव सिस्टम नै फेलियर हुने अवस्था आईसकेको छ ।’
सत्ता गठबन्धनका दलहरुबीच पटक पटक मिटिङ्ग बस्ने गरेपनि जनताको हकहितमा कहिल्यै छलफल नहुने बताए ।
उनले भने, ‘सत्तारुढ दलको मिटिङ्ग बस्छ, त्यो मिटिङ्गमा जनताको आधारभूत आवश्यकता गास, बास, कपास, स्वास्थ्य शिक्षाका विषयमा कहिल्यै छलफल हुँदैन छलफल हुन्छ राजदूत नियुक्ति, मन्त्रीको नियुक्ति, बोर्डमा कसलाई नियुक्ति गर्ने भनेर ।’
उनले २०८४ सालसम्म शासक र प्रशासक नसच्चिए पुराना दलहरु बढानिरे निश्चित भएको दाबी गरे ।
कार्यक्रमका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंले सुशासन प्रत्याभूत गराउने सन्दर्भमा सरकारी, गैरसरकारी संघ संस्था लगायत नागरिक समाज समेत गम्भीर हुनुपर्ने सुझाव दिए ।
चौलागाईंले भ्रष्टाचार नियन्त्रण गर्दै थप सुशासन प्रत्याभूत गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, जिल्ला प्रशासन कार्यालय, प्रहरी संगठनको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै ती संघ संस्थाहरुलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए ।
त्यसैगरी पछिल्लो समय राष्ट्रिय सभा र प्रतिनिधिसभामा टेबल भएका कतिपय विधेयकहरुले सुशासन होइन कुशासन निम्त्याउन सक्ने भन्दै अध्यक्ष चौलागाईंले यसप्रति नागरिकहरु सचेत हुनु जरुरी रहेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत कमजोर बनाउने गरी समाचारहरु प्रकाशित भईरहेका हुँदा त्यस्ता समाचार प्रवाह गरी सुशासन कायम गराउने प्रमुख निकाय अख्तियारलाई कमजोर बनाए सुशासन खोज्ने नागरिक समाज भोलीका दिनमा पछुताउनुपर्ने भन्दै भ्रामक समाचार सम्प्रेषण गर्दा आमनागरिकमा आमसञ्चार माध्यमप्रतिको जनविश्वास घट्नसक्ने चिन्ता व्यक्त गरे । नागरिक समाजले सुशासनको प्रवद्र्धन आफ्नो ठाउँबाट निरन्तर खबरदारी गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव इ. चुडाराज ढकालले पूर्वाधार निर्माण र सुशासनको सवालमा तयार पारेको तथ्याँकसहितको लेख चाँडै नै सम्पत्ति मासिकले प्रकाशित गर्ने र उहाँले हालसम्म पुर्‍याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै महालेखा परीक्षक शर्मा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल र राष्ट्रिय सतर्ककता केन्द्रका सचिव सुरेश आचार्यले खादा लगाएर सम्मान र बधाई दिनुभएको थियो ।
कार्यक्रममा उपमहालेखा परीक्षक महेश्वर काफ्ले, वामदेव शर्मा अधिकारी, नेपाल सरकारका सचिव तोयम राय, काठमाडौ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, वाणिज्य विभागका महानिर्देशक गजेन्द्र ठाकुर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहाल लगायत दर्जनौँ उच्च तहका प्रशासक, नागरिक समाजका अगुवा, कानुन व्यवसायी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व मुख्यसचिव लीलामणि पौडेल ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व महान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौला ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै , राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरेश आचार्य ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका प्रमुख पदमिनी प्रधानाङ्ग ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डित ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष गोविन्दप्रसाद चौलागाईं ।

कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव इ. चुडाराज ढकालले पूर्वाधार निर्माण र सुशासनको सवालमा तयार पारेको तथ्याँकसहितको लेख चाँडै नै सम्पत्ति मासिकले प्रकाशित गर्ने र उहाँले हालसम्म पुर्‍याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै महालेखा परीक्षक शर्मा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल, राष्ट्रिय सतर्ककता केन्द्रका सचिव सुरेश आचार्यले खादा लगाएर सम्मान र बधाई दिनुभएको थियो ।

कार्यक्रममा सहभागिता जनाउँदै महालेखापरीक्षक टंकमणि शर्मा, उपमहालेखापरीक्षक महेश्वर काफ्ले, वामदेव शर्मा अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल, राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरेश आचार्य,काठमाडौँका प्रजिअ घनश्याम उपाध्याय र सम्मानित हुने भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव इ. चुडाराज ढकाल।

नेपालको अर्थतन्त्र रुपान्तरण प्रक्रियामा छ : कावा उपाध्यक्ष डा. फुँयाल


काठमाडौ । राष्ट्रिय योजना आयोगका कार्यवहाक अध्यक्ष डा. रामकुमार फुँयालले नेपालको अर्थतन्त्रलाई रुपान्तरण गर्ने गरी अगाडि बढेको बताउनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्यमा तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज राजधानीमा गरेको “नेपालमा प्राविधिक शिक्षाको अवस्था, रोजगार सृजनामा सञ्चारक्षेत्रले खेल्न सक्ने भूमिका” विषयक कार्यक्रममा बोल्दै कावा उपाध्यक्ष फुँयालले सो कुरा बताउनुभएको हो ।
उहाँले नेपाल सरकार सामाजिक–आर्थिक रुपान्तरणसहित समतामूलक, लोककल्याणकारी, न्यायपूर्ण र समावेशी समाज निर्माणको अभियानमा जुटेको जिकिर गर्नुभयो ।
‘राज्यले केही गर्दै नगरेको र केही हुँदै नभएको होइन शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो लगानी भईरहेको छ । जसअन्र्तगत मानव संशाधनको विकास गर्ने, त्यसको सही ढँगबाट परिचालन गर्ने र पूर्ण रुपमा व्यवस्थापन गर्दै मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने राष्ट्रिय सोँच रहेको छ । अहिले भएकै चीजहरुबाट धेरै कुराको समाधान गर्न सकिन्छ ।’
नेपाली जनतालाई सुख र खुसी प्रदान गर्नकै लागि नेपाल सरकार केन्द्रित भएर काम गरिरहेको बताउँदै अबको अर्थनीति उत्पादन, रोजगारी सिर्जना र उद्यमशिलता बढाउनेतर्फ केन्द्रित रहने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेट सिलिङ तयार गरेका छौं, जसमा बजेटको आकार घटाइएको भएपनि आगामी आर्थिक वर्ष २०८०/८१ लागि तयार भएको बजेटमा उत्पादन, रोजगारी सिर्जना र उद्यमशिलतालाई फोकस गरिएको छ ।’
कार्यवहाक उपाध्यक्ष फुयालँलले राष्ट्रिय योजना आयोग एउटा थिङ्क ट्याँक भएको बताउनुभयो । ‘राष्ट्रिय योजना आयोगले बजेट बनाउने, पोलिसी बनाउने र नीतिहरु तर्जुमा गर्ने र आवधिक योजनाहरु निर्माण गरेर त्यसलाई स्वीकृत्तिपश्चात् कार्यान्वयनमा पठाउने गर्दछ । समग्रमा भन्नुपर्दा देशको भोलीको भविष्य कस्तो हुन्छ भन्ने पिक्चर तयार गर्दछ’ उहाँले भन्नुभयो ।
राष्ट्रिय योजना आयोगले कार्यान्वयनमा गएका महत्वपूर्ण योजनाहरु कार्यान्वयनमा गयो गएन भनेर अनुगमन र समन्वयको काम समेत गरिररहेको छ । कावा उपाध्यक्ष डा. फुयालले भन्नुभयो, ‘योजना कार्यान्वयनमा कुनै कानुनी जटिलता लगायतका विषयहरुमा समेत कुनै बाधा व्यवधान सिर्जना भएमा निकायगत समन्वय गरिरहेको छ ।’
श्रम बजारमा हरेक वर्ष ५ लाख मानिस बाहिर आईरहेका छन् ती मानिसहरुलाई कसरी व्यवस्था गर्ने रु यस विषयमा सही सूचना राख्नुपर्नेमा उहाँको जोड थियो ।
‘राज्यको तर्फबाट कति रोजगारी सिर्जना भयो रु निजी क्षेत्रमा कति रोजगारी सिर्जना भए रु’ भन्ने विषयमा स्पष्ट सूचना हुनुपर्दछ ।’ यद्यपि नेपालमा सरकारी स्तरबाट भन्दा बाहिरबाट बढी रोजगारीको सिर्जना हुने गरेको उहाँको बुझाई रहेको थियो ।
श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित गराउन सरकारका अन्तरमन्त्रालयबीच समन्वयकारी भूमिका प्रभावकारी रहनुपर्नेमा उहाँको जोड थियो ।
नेपालको सञ्चार क्षेत्रको विषयमा कुरा गर्दै कावा उपाध्यक्ष फुयालले मुलुकको समृद्धिका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो मुलुकको समृद्धिका लागि मिडियाको महत्वपूर्ण भूमिका छ, राम्रा कुराहरुलाई राम्रो र नराम्रा कुराहरुलाई पनि सत्य तथ्यमा आधारित भएर सम्प्रेषण गर्नुपर्दछ ।’
पछिल्लो समय मिडियाले नकारात्मक रोल बढी खेलिरहेको उहाँको ठम्याई थियो । उहाँले भन्नुभयो, ‘सूचनाको पहिलो स्रोत नै नकारात्मक भइरहेका छ, यो हुनुहुँदैन । सञ्चारकर्मीहरुले सरकारले गरेका राम्रा कुरालाई पनि प्राथमिकता दिई सम्प्रेषण गर्नुपर्दछ ।’
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले डिजिटल प्लेटफर्म रोजगार बैंकको स्थापना गरी रोजगारदाता र श्रमिकलाई जोड्ने काममा मन्त्रालय लागि परेको बताउनुभयो ।
पछिल्लो समय रोजगारदाता र श्रमिकबीच सम्पर्क हुन नसक्दा श्रमिकले काम पाउन नसकेको र रोजगारदाताले श्रमिक पाउन नसकेको अवस्था विद्यमान रहेको भन्दै रोजगार बैंकको स्थापनासँगै यो समस्या समाधान हुने सचिव अर्यालले दाबी गर्नुभयो ।
सरकार र विभिन्न निकायहरुले प्रदान गर्ने तालिम प्रभावकारी र व्यवस्थित हुन नसकेको बताउनुभयो । ‘स्थानीय सरकार र प्रदेश सरकारहरुले समेत तालिम दिईरहेको छ । खर्चको हिसाब हेर्दा निकै नै बढी खर्च भइरहेको देखिएको छ । तर, यहाँनेर थुप्रै कमजोरीहरु भेटिएका छन् । उहाँले भन्नुभयो, ‘एउटै मानिसले पटक पटक तालिम लिईरहेका छन् । धेरै तालिम लिएर मात्र विज्ञता बढ्दैन । झन् जिरो स्केल अर्थात मानइसतिर जाने गर्दछ ।’ उहाँले धेरै तालिम लिएका दक्ष र उच्च पदमा गएपछि विद्धान हुन्छ भन्ने मान्यता गलत रहेको जिकिर गर्नुभयो ।
सचिव अर्यालका अनुसार दैनिक २ हजार ५ सयको हाराहारीमा मानिसहरु विदेशिईरहेका छन् । त्यो बाध्यता हो । विदेशिने बाध्यता न स्वयम् व्यक्तिको हो न राज्यको । तर मानिसहरु बढी अवसरको खोजीमा हुन्छ । बढी आम्दानीको आशामा मानिसहरु विदेशिने उहाँको भनाई छ ।

उहाँले मन्त्रालयले सञ्चालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिताको बारेमा जानकारी गराउनुभएको थियो ।

सचिब अर्यालले बेलायत सरकारले दसौं हजार दक्ष नर्सिङ जनशक्तिको माग गरिरहेको छ तर हाम्रो नर्सिङ कलेजहरु बन्द छन यो राम्रो होइन तत्काल नै बन्द नर्सिङ कलेजहरु सुचारु गर्ने बाताबरण बनाउन जोड दिनुपर्‍यो भन्नुभयो ।


शिक्षा सचिव रामकृष्ण सुवेदीले स्वदेशमा भएका प्राविधिक जनशक्तिलाई नेपालमै रोजगारी दिनुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारले लगानी गरेर उत्पादन गरेका जनशक्तिलाई हामीले विदेश जान उत्प्रेरित गरिरहेका छौं । यो किन भईरहेको छ भन्ने गम्भीर प्रश्न गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उत्पादन भएका जनशक्तिलाई समेत नेपालमै रोजगारी दिन नसकिएको बताउनुभयो । ‘नेपालमा जनशक्तिको आवश्यकता भएपनि ती जनशक्तिलाई स्वदेशमै रोजगारी दिन सकिएको छैन’ उहाँले भन्नुभयो, ‘नेपालमा पारिश्रमिकको विषयमा पुर्नविचार गर्नुपर्दछ ।’
उहाँले रेमिट्यान्स अन्तिम विकल्प भएको भन्दै स्वदेशमा उत्पादन भएका जनशक्तिलाई स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमहरुलाई सत्य, तथ्यमा आधारित भई पत्रकारिता गर्न आग्रह गर्नुभयो ।
अन्य क्षेत्रमा अटाउन वा प्रवेश गर्न नसकेपछि सञ्चारकर्मी बन्ने गरेको भन्दै अब त्यस्ता कार्य निरुत्साहित हुने जिकिर गर्नुभयो । ‘पत्रकारिताको प थाहा नभएका व्यक्ति पत्रकार बन्ने, अन्य पेशामा नटिकेकाहरु पत्रकार बन्ने कामलाई प्रेस काउन्सिलले निरुत्साहित गर्दछ ।’
सिटिईभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले कानुनले निर्दिष्ट गरेका विषयहरुमा प्रतिवद्ध भई सिटिईभिटीले काम कारबाही अगाडि बढाएको बताउनुभयो । उहाँले मुलुकमा रहेका ७५३ वटै स्थानीय तहहरुमा प्राविधिक शिक्षा पु¥याउने कार्य भईरहेको जानकारी गराउनुभयो । यहाँले प्राविधिक शिक्षा रोजगारी सिर्जना र उत्पादमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सूचना तथा प्रविधि मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी, बैदेशिक रोजगार विभागका महानिर्देशक, उमाकान्त आचार्य राष्ट्रिय चिकित्सा शिक्षा आयोगका सदस्य सचिव भोजराज काफ्ले लगायतले मन्तव्य राख्नुभएको थियो ।
साथै फोरम फर हेल्ड एण्ड टेक्निकल साइन्सका महासचिव निर्मल सापकोटाले विषयबस्तुमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाईंले गर्नुभएको थियो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव एकनरायण अर्याल ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै शिक्षा सचिव राकृष्ण सुवेदी ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै सिटिईभिटीका सदस्य सचिव जीवनारायण काफ्ले ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै सूचना तथा प्रविधि मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै बैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्य ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै चिकित्सा शिक्षा आयोगका सदस्यसचिव भोजराज काफ्ले ।
नेपालमा प्राविधिक शिक्षाको अवस्थाम र रोजगार शृजनाका निम्ति संचार क्षेत्रले खेल्न सक्ने भुमिकाका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका महासचिव निर्मल सापकोटा
कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाईं ।

पेपरलेस सेवा आजको आवश्यकता : मुख्यसचिव बैरागी

काठमाडौ । ‘नेपालमा सूचना प्रविधिको प्रयोग र सुशासनमा पारेको प्रभाव’ विषयक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पछिल्लो समय सूचना प्रविधिको अधिकतम प्रयोग गरि सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न र सुशासनमा जोड दिनुपर्ने माग जनस्तरमा उठिरहेको अवस्थामा तराई विकास तथा सञ्चार केन्द्र नेपालले सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले सूचना प्रविधिको प्रयोग गर्दै पेपरलेस सेवा प्रवाह आजको आवश्यकता भएको बताउनुभयो ।
उहाँले सूचना प्रविधिको अधिकतम प्रयोग गर्न सके सेल्फ सर्भिस गर्न सकिने, खर्चमा कमी आउने र तत्काल नतिजा हेर्न सकिने बताउनुभयो ।
मुख्यसचिव वैरागीले सूचना प्रविधिको प्रयोगमा सुरक्षा चुनौती रहेको बताउनुभयो । ‘आइसीटीको सही प्रयोग हुनु आवश्यक छ, त्यसलाई सही ढँगले प्रयोग गर्न नसके यसले समस्या उत्पन्न गर्दछ त्यसैले सूचना प्रविधिको सही प्रयोग र सही काममा प्रयोग गरौं ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले आइसीटीको प्रयोग र इ–गभर्नेन्सबाट समृद्धि हाँसिल गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले सूचना प्रविधिलाई औद्योगिकीकरणतर्फ लैजाने योजना राष्ट्रिय योजना आयोगको रहेको र सोही अनुसार काम अगाडि बढाएको जानकारी गराउनुभयो ।
उहाँले सरकारी सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनु पर्नेमा जोड दिँदै भन्नुभयो, ‘सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगका लागि आईपर्ने समस्याहरु पहिचान गरेर समाधान गर्दै प्रविधिमैत्री सेवा प्रवाह आवश्यक छ ।’
कार्यक्रममा अर्थ सचिव तोयम रायले सूचना प्रविधि मन्त्रालय एउटै बनाउनुपर्नेमा जोड दिनुभयो ।उहाँले सूचना प्रविधि प्रणाली एकीकृत हुन नसक्दा गुणस्तरीय सेवा प्रवाहमा हुन नसकेको बताउनुभयो । आइसिटी सम्बन्धी दक्ष जनशक्ति विदेश पलायन हुँदा पनि गुणस्तरीय सेवा प्रवाहमा अवरोध पुगेको बताउनुभयो ।कार्यक्रममा कानुन मन्त्रालयका सचिव धनराज ज्ञवालीले सूचना प्रविधिमैत्री कानुनहरु निर्माण भएको बताउनुभयो ।
त्यसैगरी भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सचिव दामोदर रेग्मीले मन्त्रालय मातहत रहेका कार्यालयहरुबाट हुने सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाइएको जिकिर गर्नुभयो । उहाँले मालपोत कार्यालयमा बुझाउने राजस्व घरैबाट तिर्न सकिने व्यवस्था गरिएको बताउँदै घरजग्गा सम्बन्धी १ करोड ५० लाख विवरण कम्युटर सिस्टममा राख्न लागिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल, महालेखा परीक्षक कार्यालयका उपमहालेखापरीक्षक महेश्वर काफ्ले, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डुण्डुराज घिमिरे, दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, विद्युतीय सुशासन आयोगका इ. दिपेश विष्ट, जिल्ला प्रशासन कार्यालयका प्रजिअ घनश्याम उपाध्याय, उद्योग विभागका महानिर्देशक, रामचन्द्र तिवारी,सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ सहित सबै मन्त्रालयका सुचना प्रबिधि निर्देशकहरु सूचना अधिकारीको उपस्थितिमा आयोजित कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका मीनप्रसाद अर्यालले नेपालमा दुरसञ्चार/सूचना प्रविधि प्रयोगको अवस्था तथा सुशासनमा परेको प्रभाव विषयमा पेपर प्रस्तुत गर्नुभएको थियो ।

भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ता श्याम प्रसाद भण्डारीले प्रविधिको प्रयोग र सुशासनका निम्ति अख्तियारले प्रविधि प्रयोग गर्न गरेका पहलकदमी र प्रयोगमा ल्याएका सेवा प्रवाहका बारेमा जानकारी गराउनुभएको थियो ।

त्यसैगरी आन्तरिक राजस्व विभागका सहसचिव रमेश शर्मा पौडेलले सर्वरमा समस्या आउनुको कारणबारे प्रकाश पार्नुभएको थियो सर्वोच्च अदालतका प्रबक्ता बिमल पौडेल साइबर ब्युरोका प्रहरी उपरीक्षक, पशुपती रे नेपाल राष्ट्र बैकका निर्देशक बुध्दराज शर्मा, सहित प्राडा सन्जिब पाण्डे ले सुचना प्रबिधि प्रयोगका बारेमा महत्त्वपूर्ण सुझाव राख्नुभएको थियो।

कार्यक्रम तराई बिकास तथा संचार केन्द्र नेपालका अध्यक्ष गोबिन्दप्रसाद चौलागाईंको अध्यक्षतामा भएको थियो भने नेपाल दूर संचार प्राधिकरणको र राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण बिभाग को सहकार्यमा भएको थियो।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागी ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. रामकुमार फुयाल ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेपाल सरकार अर्थसचिव तोयम राय ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेपाल सरकारका कानुनसचिव धनराज ज्ञवाली ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेपाल सरकारका भूमिसुधार तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता श्यामप्रसाद भण्डारीले सूचना प्रविधिको प्रयोगबाट सुशासनमा पारेको प्रभाव विषयमा कार्यपत्र प्रस्तुत गर्नुहँदै ।
कार्यक्रममा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रमेश शर्मा सर्वरमा समस्या आउनुको कारणबारे कार्यपत्र प्रस्तुत गर्नुहुँदै । साथमा रक्षा सचिव किरणराज शर्मा गम्भीरतापूर्वक प्रस्तुत विषयमा केन्द्रित हुनुहुँदै । साथमा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल ।
कार्यक्रममा सर्बोच्च अदालतले सूचना प्रविधिमार्फत प्रवाह गरेका सेवाहरुका बारेमा समेत जानकारी गराउनुहुँदे सर्बोच्च अदालतका सहसचिव एवं प्रवक्ता विमल पौडेल । कानुन सचिव धनराज ज्ञवाली प्रस्तुत विषयमा गम्भीर चासो राख्दै ।
कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक मिनप्रसाद अर्यालले दुरसञ्चार/सूचना प्रविधि प्रयोगको अवस्था तथा सुशासनमा परेको प्रभाव विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै राजधानी दैनिकमा सम्पादक सागर पण्डित ।
कार्यक्रमको विषयबस्तु प्रकाश पार्नुहुँदै तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईं ।
सुचना प्रबिधिको प्रयोग र सुशासनमा पारेको प्रभाव बिषयक कार्यक्रममा सहभागी हुनुभएका बिशिस्ट ब्याक्तित्वहरु ।

चिकित्सा शिक्षा ऐनको कारण नर्सिङ्ग क्याम्पस बन्द गराउनु परेको हो: सिटिइभिटी सदस्य सचिव

काठमाडौँ-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का सदस्य सचिव जिवनारायण काफ्लेले चिकित्सा शिक्षा ऐनको कारण थुप्रै नर्सिङ्ग क्याम्पस बन्द गराउनु परेको बताउनु भएको छ ।

आज संचार केन्द्र नेपालले आयोजना गरेको प्राविधिक शिक्षाको अबस्था र यस्को बिकासमा सञ्चारकर्मिको भुमिका विषयक अन्तक्रिया कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो ।

उहाँले नेपालका यत्रा नर्सिङ्ग कलेज एकैपटक बन्द हुदा विद्यार्थी ठुलो रकम खर्चेर छिमेकी मुलुक लगायत अन्य देशमा शिक्षा लिनकै लागी जानुपर्ने बाध्यताले चिन्तित तुल्याएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले २०४५ सालमा स्थापना भएको सिटिइभिटीले आफ्नो स्थापनाकाल देखिनै देश विकाशमा महत्वपुर्ण भुमिका निर्वाह गरेको जानकारी दिनुभयो ।

उहाँले सिटीभिटीले स्वास्थय क्षेत्रमा उत्पादन गरेको जनशक्तिलेनै अहिलेको नर्सिङ्ग क्षेत्र थेगेको बताउनुभयो ।

उहाले सिटिइभिटीमार्फत औपचारिक तथा अनौपचारिक शिक्षा लिएर सिप सिकेरमात्र बैदेशिक रोजगारीमा जान युवालाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले सञ्चारकर्मीले कुनैपनि कुराको समाचार लेख्दा खोज अनुसन्धान गरेरमात्र लेख्न आग्रह गर्नुभयो ।

सिटिइभिटी तथा त्याहा कार्यरत कर्मचारीको बारेमा बिगत केही दिन अघि देखि प्रकाशन प्रशारण भएका समाचार प्रति टिप्पणी गर्दै सदस्य सचिव काफ्लेले समाचार लेख्दा सत्य तथ्यका आधारमा वास्तविकता बुझेर लेख्न आग्रह गनुभयो ।

उहाँले सञ्चारकर्मीलाई सिटिभिटी मार्फत सञ्चालन भएका औपचारिक तथा अनौपचारिक तालिमवारे देशका दुर्गम कुना काप्चामा रहेका युवा सम्म सुचना सम्प्रेषण गरिदिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका राष्ट्रिय अध्यक्ष सैलेन्द्र मोहन झाले सिटिइभिटी अन्र्तगतका यावत कलेज बन्द गराएर त्यसको फाइदा उठाउन ठुलो माफियाको गिरोह लिगी परेको बताउनुभयो ।

उहाले निजी क्षेत्रले सिटिइभिटी मार्फत २०५१ सालमा संस्था सञ्चालन गरेर २०५७/५८ मा वाल मृत्युदर र मातृमृत्युदर घटाएको दावी गर्नु भयो ।

बिगत लामोसमयदेखी शिक्षाको नाममा बिदेशमा छात्र छात्रा पठाएर अकुत कमाउने माफियाको खेलमा सिटिइभिटी अन्तर्गतका यत्रा नसिङ्ग अध्ययन अध्यापन गराउने संस्था बन्द गरिएको उहाँले दावी गर्नु भयो ।

नेपालका निजी संस्थाले उत्पादन गरेका जनशक्तीको सवालमा गुणस्तरवारे कसैले प्रश्न उठाउन नस्कने ठोकुवा उहाँले गर्नु भयो ।

उहाँले काउन्सिलले लिने लाईसेन्सको परिक्षाको नतिजाबाट उक्त कुरा प्रष्ट हुने दावी गर्नु भयो ।

कार्यक्रममा निजि प्राविधीक शिक्षालय महासंघका केन्द्रीय सचिव भुवनचन्द्र जोशीले चिकित्सा शिक्षा ऐन मार्फत सरकारले लाखौ बिद्यार्थीको भविष्यमाथी खेलवाड गरेको बताउनुभयो ।

उहाँले सरकारले यत्रा नसिङ्ग क्याम्पस बन्द गराएर माफियाबाट सोझा साझा जनता शिक्षाको नाममा लुटिने मार्ग खुला गरेको बताउनु भयो ।

उहाँले यस चिकित्सा ऐनको पछाडी गोविन्द केसी लगायतलाई ढाल बनाएर ठुला माफियाले चलखेल गरेको दावी गर्नुभयो ।

नेपालबाट श्रम पलाएन मात्र हुने गरेकोमा अहिले शिक्षाकालागी भनेर पुँजी पालएन ब्यापक बढेको उहाँले बताउनु भयो ।

धनीवर्ग बिदेशमा गएर पढला के गरिवले अब नेपालमा पढन नपाउने ? उहाँको प्रश्न रहेको थियो ।

त्यस्तै कार्यक्रममा अतिथी सुचना तथा प्रशारण बिभागका महानिर्देशक गोगन बहादुर हमालले अबको सञ्चार जगत प्रविधी विना परिकल्पनै गर्न नसकिने तर्फ उन्मुख रहेको बताउनु भयो ।

उहाँले सुचना प्रबिधीको बिकाससँगै छापा माध्यमका पत्रपत्रिका ओझेलमा पर्दै गएको बताउनु भयो ।

उहाले पत्रकारहरुले प्राविधिक शब्द तथा क्षेत्रको ज्ञान राख्न निकै आबश्यक रहेको बताउनु भयो ।

प्रविधिको प्रयोगसँगै न्युज ब्रेक गर्ने होडमा लागेर पत्रकारहरुले तथ्यमाथी ध्यान नदिदा एउटै समाचारमा बिभिन्न मिडियामा फरक तथ्याङ्क आउने गरेको भन्दै सत्य-तथ्यमा समेत पत्रकारले ध्यान दिन पर्नेे उहाँको तर्क थियो ।

उहाँले सुचना प्रबिधीले मानिसको जिन्दगीलाई सहज तुल्याएको हुदा निश्चित मर्यादामा रही यस्को भरपुर उपयोग गर्न सल्लाह दिनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रेस काउन्सील नेपालका अध्यक्ष तथा बरिष्ठ पत्रकार बालकृष्ण बस्नेतले हाल आकस्मिक रुपमा त्यत्रा नर्सिङ्ग क्याम्पस बन्द गरिनु अब्यवहारिक भएको भन्दै सरकार सिटिइभिटी तथा निजी क्याम्पस सञ्चालक बसेर यस समस्याको समाधान निकाल्नु पर्ने बताउनु भयो ।

उहाले नेपालको शिक्षाक्षेत्र सिद्धान्तिक शिक्षामा केन्द्रित रहेको हुदा ब्यवहारिक पाटोतर्फ समेत सुधार आबश्यक रहेको कुरा औल्याउनु भयो ।

उहाँले पत्रकारितामा स्नातक गरेको एक बिद्यार्थीले एउटा समाचार लेख्न नसक्ने अबस्था नेपालको शिक्षामा रहेको बताउदै त्यसको सुधार हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट जिल्लाका अध्यक्ष प्रेमचन्द्र झाले प्राबिधिक शिक्षाले बेरोजगारको समस्या धेरै हद सम्म कम गर्ने बताउनु भयो ।

उहाँले अधिकांश युवा रोजगारिका लागी बिदेशिएको भन्दै प्राबिधिक शिक्षा स्थानिय तह सम्म बिस्तार गरि सर्वसुलभ बनाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा अध्यक्ष तथा पत्रकार महासंघका केन्द्रिय सचिब गोविन्दप्रसाद चौलागाईले शिक्षा राज्यको बिकासको आधार रहेको उल्लेख गर्नुभयो ।

उहाँले अहिले प्राबिधीक शिक्षा विश्वभरनै बिकासको सुचक शिक्षाको रुपमा स्थापित भएको बताउनु भयो ।

उहाँले यस कार्यक्रमले प्राविधिक शिक्षाको विकासमा पत्रकारको भुमिकावारे प्रष्ट हुने अपेक्षा समेत ब्यक्त गर्नुभयो ।

तराई बिकास तथा संचार केन्द्रले सञ्चालनमा ल्याएको विजुली बजारस्थित सञ्चारकेन्द्रको सभाहलमा आयोजना गरेको उक्त कार्यक्रममा बिभिन्न संचार माध्यमका प्रतिनीधि, पत्रकार, बौद्धिक ब्यक्तित्व, नागरिक समाज लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो ।

चिकित्सा शिक्षा ऐनको कारण नर्सिङ्ग क्याम्पस बन्द गराउनु परेको हो: सिटिइभिटी सदस्य सचिव