सर्लाहीका असई यादवविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । प्रहरी चौकी गौरीशङ्कर सर्लाहीका प्रहरी सहायक निरीक्षक (असई) रामविश्वास राय यादव पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा असई यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइ छुटाइदिने भन्दै यादवले एक सेवाग्राहीसँग रु पाँच हजार घुस मागेको आरोप लागेको छ।

प्रसनी निरीक्षक यादवले जाँचका क्रममा नियन्त्रणमा लिएको मोटरसाइकल छुटाउने भए ‘पाँच हजार देऊ’ भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। आयोगका प्रवक्ता तारानाथ अधिकारीका बिगोबमोजिमको कारवाहीको माग गर्दै आज मुद्दा दायर गरिएको हो।

सैनिक कल्याणकारी कोषको सम्पत्ति ४१ अर्ब बढी, एकै वर्षमा बढ्यो सवा ७ अर्ब

काठमाडौँ । सैनिक कल्याणकारी कोषको लगानीसमेत यथार्थ सम्पत्ति ५१ अर्ब ६१ करोड पुगेको छ। शान्ति सेनामा सहभागी भएबापत प्राप्त करिब एक करोड २४ लाख एक हजार रकमबाट विसं २०३२ मा खडा गरिएको उक्त कोषमा अहिले करिब ४५ अर्ब ८७ करोड नगद मौज्दात छ।

कोषको यो तथ्यांक गत असार मसान्तसम्मको हो । कोषबाट सञ्चालित विभिन्न कल्याणकारी कार्यमा अहिले पाँच अर्ब ७४ करोड लगानी छ । शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम नै कल्याणकारी कोषको मुख्य आयस्रोत हो ।

अहिले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका १२ वटा शान्ति मिसनमा पाँच हजार ९१ नेपाली शान्ति शैनिक परिचालित छन् । धेरै शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल अहिले चौथो वरियतामा छ । राष्ट्रसंघबाट अनुरोध भई आएमा १० हजारको सङ्ख्यामा शान्ति सैनिक पठाउन सक्ने नेपालले प्रतिबद्धता जनाइसकेको छ ।

एकै वर्षमा सवा ७ अर्ब वृद्धि

उक्त कोषको यथार्थ सम्पत्तिमा गत आवमा करिब सात अर्ब २९ करोड वृद्धि भएको छ । विसं २०७६ असार मसान्तमा उक्त कोषको यथार्थ मौज्दात ४४ अर्ब २१ करोड ९० लाख ४० हजार थियो ।

संयुक्त राष्ट्रसंघबाट आउन बाँकीमध्ये करिब तीन अर्ब ५० करोड रकम गत आर्थिक २०७६(७७ मा नै प्राप्त भएको थियो । राष्ट्रसंघको आह्वानमा विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खडा गरिएका ४३ वटा शान्ति मिसनमा रही हालसम्म एक लाख २९ हजार ११७ नेपाली सैनिकले शान्तिका लागि योगदान पुर्याइसकेका छन् ।

नेपाली सेनाले शान्ति मिसनमा लगानी गरेको तथा खटिएबापत पाउनुपर्ने करिब तीन अर्ब राष्ट्रसंघबाट अझै प्राप्त गर्न बाँकी नै थाहा भएको छ । बैँक तथा वित्तीय संस्थामा रहेको कोषको मूलधनको निक्षेपबाट प्राप्त ब्याज, सैनिक स्वास्थ्य विज्ञान संस्थान र विद्यालयबाट प्राप्त हुने शिक्षण शुल्क, पारिवारिक आवास भाडा रकम, सुनाचुरी इममल्सन प्लाण्ट, रिपूमर्दिनी अक्सिजन प्लान्टबाट उपलब्ध रकम कोषका मुख्य तथा विविध आय स्रोत हुन ।

कोषको नगद मौज्दात मुलुकका विभिन्न एक दर्जन भन्दाबढी विभिन्न बैंकमा रहेको छ । विदेशी मुद्रा सटही प्रिमियम र मेडिकल सेवा उपलब्ध गराएबापत प्राप्त हुने रकम पनि कल्याणकारी कोषमा आउँछ । उक्त कोषको रकम सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक र निजका आश्रित परिवारको जीवनस्तर उकास्ने कल्याणकारी कार्य, सेनाका आवश्यकताका सामग्रीको आपूर्ति र उत्पादन र शान्ति सेनामा सम्मिलित हुन जाँदा आवश्यक पर्ने समान र खर्चका लागि प्रयोग हुँदै आएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बन्न महिला कर्मचारीलाई अफर, ३ दिनभित्रमा आवेदन दिन प्रशासनको आग्रह

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमा महिलालाई प्राथमिकतामा राखेर इच्छुक महिला कर्मचारीलाई ३ दिन भित्र निवेदन दिन भनेको छ।

स्थानीय तहको प्रशासनिक नेतृत्वमा महिला वर्गकोसमेत सहभागिता गराउन आवश्यक भएको भन्दै मन्त्रालयले संघमा समायोजन भएका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका शाखा अधिकृत तथा उपसचिव पदमा कार्यरत महिला कर्मचारीलाई प्राथमिकताका आधारमा जान चाहेको स्थानीय तह रहेको जिल्ला छनौट गरी तीन दिन भित्र मन्त्रालयमा आवेदन दिन या इमेल गर्न भनेको हो।

मन्त्रालयले हाल रिक्त रहेका तथा हेरफेर गर्नुपर्ने स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृतहरू व्यवस्थापनको तयारी भइरहेको जनाएको छ ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाउँदै आएको छ । हाल सात सय ५३ वटा स्थानीय तहहरूमा तीन जना मात्रै महिला प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ७ अङ्कले बढ्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक साढे सात अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको आज अन्तिम दिन नेप्से ७ दशमलब ५३ बिन्दुले बढेर १ हजार ४ सय ३९ दशमलब ०६ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ० दशमलब ४६ अङ्कले वृद्धि भई ३ सय दशमलब ९५ पुगेको छ।

कूल १ सय ८९ कम्पनीका ३४ लाख ३० हजार ५ सय ५३ कित्ता शेयर रु १ अर्ब ३२ करोड २ लाख ६६ हजार ६ सय ७८ मूल्यमा खरिद बिक्री भयो। बजार पूँजीकरणका आधारमा आज कूल शेयर बजार रु १८ खर्ब ९४ अर्ब ५२ करोड १७ लाख बराबरको भएको छ।

कारोबार भएका कूल १२ वटै उपसमूहको शेयर आज उकालो लागेको छ। त्यसमा बैंकिङ ५ दशमलब ०३, व्यापार ३ दशमलब ७, होटल १३ दशमलब ८८, विकास बैंक ० दशमलब ९२, जलविद्युत् ७ दशमलब ४२, वित्त ५ दशमलब ९५, निर्जीवन बीमा ५० दशमलब ४६, उत्पादन २७ दशमलब १८, अन्य ४ दशमलब ७, लघुवित्त १५ दशमलब ०२, जीवन बीमा ५५ दशमलब ४९ र सामूहिक लगानी कोष ० दशमलब ०७ अङ्कले बढेको छ।

कारोवारका आधारमा नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको प्रतिकित्ता ५ सय ९९ को दरले रु २२ करोड ९१ लाख ५५ हजार ६३ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो। यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु ८ करोड ९५ लाख ५६ हजार २ सय ३, एनआइसी एशियाको रु ५ करोड ९ लाख ४४ हजार ६ सय ४४, शिखर इन्स्योरेन्सको रु ४ करोड ९७ लाख ८० हजार ६ सय ९९, एनएमबी बैंक रु चार करोड ६१ लाख ५७ हजार ८ सय ७० र एनआइसी एसिया लघुवित्तको रु तीन करोड ५६ लाख ४६ हजार ८ सय १० बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो।

आज सबैभन्दा बढी खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाए। यस्तै चौतारी लघुवित्त ९ दशमलब ४६, पञ्चकन्यामाई हाइड्रोपावर ९ दशमलब ८६, नेशनल हाइड्रोपावर ९ दशमलब ८०, हिमालयन ऊर्जा ९ दशमलब ६८, रैराङ हाइड्रोपावर ९ दशमलब ६८, आँखुखोला जलविद्युत् कम्पनी ९ दशमलब ६२ र युनियन हाइड्रोपावरका शेयरधनीले ९ दशमलब ०९ प्रतिशतले कमाए। तर आज उकालो लागेका अधिकांश जलविद्युत् कम्पनीको शेयर प्रतिकित्ता रु १ सय भन्दा कम मूल्यका छन्।

यसैगरी घोडाघोडी लघुवित्तका शेयरधनीले ९ सय ८५ प्रतिशतले गुमाएका छन्। यस्तै गुराँस लघुवित्त ५ दशमलब २४, प्रोग्रेसिभ फाइनान्स ३ दशमलब ७०, मल्टीप्रपोज फाइनान्स ३ दशमलब ४५, आइएमई जनरल इन्स्योरेन्स २ दशमलब ९३, सपोर्ट माइक्रोफाइनान्स २ दशमलब ८७ र गुडवील फाइनान्सका लगानीकर्ताले १ दशमलब ९५ प्रतिशतले गुमाए।

निर्मला हत्या प्रकरण मुद्दा खेपिरहेका प्रहरी उपरीक्षकसहित आठ प्रहरीलाई सफाइ

काठमाडौँ। कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसुर र यातना मुद्दा खेपेका प्रहरी उपरीक्षकसहित आठ जना प्रहरीले आज सफाइ पाएका छन्।

जिल्ला अदालत कञ्चनपुरका न्यायधीश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट ९हाल बर्खास्त० सहित आरोपित आठ प्रहरी अधिकृत तथा कर्मचारीलाई सफाइ दिएको हो। जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुराज शर्माले निर्मला हत्या प्रकरणमा उनीहरुले सम्बन्धित प्रमाणहरु नष्ट नगरेको देखिएकाले सफाइ पाएको बताउनुभयो।

“निर्मलाको घाँटी थिची हत्या भएको सम्बन्धित प्रमाण नष्ट भएको अवस्था देखिएन”, श्रेष्तेदार शर्माले भन्नुभयो, “यी प्रतिवादीहरुको आरोप पुष्टि हुने कुनै आधार देखिएन ।” निर्मला प्रकरणमा हत्या अभियुक्त भन्दै सार्वजनिक गरिएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई हिरासतमा यातना दिएको र निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले उक्त प्रकरणमा प्रमाण नष्ट गरेको आरोपमा आठै जनाविरुद्ध मुद्दा दायर गरेका थिए ।

तत्कालीन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्ट, तत्कालीन प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी, सिआइबीका प्रहरी नायब उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक एकिन्द्र खड्का, तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरिसिंह धामी र रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध २०७५ फागुन २३ मा मुद्दा दायर भएको थियो।

मुद्दा दर्ता भएका मध्ये प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक भट्टलाई सरकारले सेवाबाटै बर्खास्त गरेको छ भने अन्य छ प्रहरी कर्मचारी निलम्बन परेका छन्। अदालतमा सो मुद्दामा थुनचेक बहस हुँदा प्रहरी कर्मचारीहरु धरौटीमा रिहा भएका थिए। निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको, प्रमाण नष्ट गरेको लगायतका विषय सरकारले नै गठन गरेको उच्चस्तरीय समितिले प्रतिवेदनमा औँल्याइएको थियो।

कमलादीको सुन काण्डले डीएसपी दाहाललाई दरबारमार्ग वृतबाट एकेडेमीमा पुरायो

काठमाडौँ। दरबारमार्ग वृतका डीएसपी रन्जन दाहाललाई सो वृतबाट हटाई प्रहरी प्रशिक्षण (एकेडेमी) पठाईएको छ।

कमलादीमा ५ सय ग्राम सुनसहित १५ किलो पहेँलो धातु र २ पेस्तोल छाडेर स्कर्पियो गाडिमा त्यसका मानिस भागेको काण्ड रहस्यमय बन्दै उनलाई सोही वृतबाट हटाईएको छ। काठमाडौँबाट कुनै अपराधि प्रहरीको अघिबाटै गाडीमा भाग्न सम्भव नरहेकोले काण्ड रहस्यमय बन्दै गएपछि त्यसबारे अनुसन्धान गर्न प्रहरीले छानविन समिति गठन गरेको थियो।
सोही घटनाको अप्रेसन दाहालले गरेका थिए।
सो काण्डमा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
मंगलबार काठमाडौंको कमलपोखरी चोकमा चेकजाँचका क्रममा बा ६च ५५१९ नम्बरको स्कर्पियो गाडी भागेको थियो। प्रहरीले पिछा गरेपछि कमलादीमा १५ केजी सुनजस्तै पहेंलो बस्तु र दुई थान पेस्तोल फालेर सो स्कर्पियो भागेको प्रहरीले पत्रकार सम्मेलनमा बताएको थियो।

मन्त्री भट्टलाई धम्कि, ‘एमसीसी समर्थन गरे टाउको काटिन्छ’

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई समर्थन गरे आफ्नो टाउको काटिदिने भन्दै फोन आएको बताएका छन्।

बिहीबारको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै भट्टले भने‚ ‘अस्ति बझाङबाट एउटा फोन आयो। एमसिसीको बारेमा। ‘तैंले यो समर्थन गरिस् भने तेरो टाउको काटिन्छ’ शब्दै यही थियो।
मन्त्रीले फोनकर्तालाई एपसीसीको बारेमा सोधेको र उताबाट धम्कीको रुपमा प्रतिउत्तर आएको बताए उनले भने ‘मैले ‘भाइ तपाईंले पढ्नुभएको छ यो ?’भनेँ

‘किन पढ्नुपर्‍यो? पास नगर्ने भनेपछि नगर्ने। पढ्ने तेरो जिम्मा हो ’फोनकर्ताको जवाफ पनि उनले सुनाए।

भट्टले यसर पढ्दै नपढी बहकिनेतिर जाने प्रवृत्ति रहेको राम्रोे नभएको बताए। ‘हाम्रो प्रवृत्ति त्योभित्र के छ भन्ने कुरा नहेरी‚ नबुझी सुनी सुनाइको कुरामा गइरहेका छौं’ उनले भने। तर फोन कसको हो भन्ने बारे भने भट्टले केही खुलाएनन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदमा ओलीको अर्काे विकल्प छैन—मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा प्रधानमन्त्रीद्धय केपी शर्मा ओलीको अर्काे विकल्प नरहेको बताए।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन्। उ
भट्टले ओलीलाई दुवै पदबाट हटाउन नमिल्ने र नसकिने बताएका हुन्। उनले भने—‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छ। पार्टी भनेको सबै हो। अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिनँ ।’

मन्त्री भट्टले ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ईतिहास रच्नुपर्ने र अस्थिरताको ब्रेक–थ्रु’ हुनुपर्ने बताए । भट्टले पार्टीभित्र देखिएको दुईमत पार्टीभित्रको कलह तथा विवाद नभई बहस, छलफल र वादविवाद भएको बताउँदै अन्ततः सहमतिमै सबै कुरा हल हुने पनि विश्वास दिलाए।

स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको विकल्प नभएको जिकिर गर्दैे छिट्टैसहमति हुने बताए। यद्यपी उनले केही प्रवृत्तिले पार्टीभित्र खेल्न खोजेको आरोप समेत लगाए । उनले भने,‘तर, हामी ती प्रवृत्तिलाई पराजित गरेरै अघि बढ्छौं।’
वर्तमान सरकारले गरेका राम्रा काम र यसका उपलब्धिहरु जनतासमक्ष लगिनेपनि उनले जनाए।

एकता महाधिवेशनसम्म दुवै अध्यक्ष अनिवार्य निरन्तर रहने र पहिलो महाधिवेशनपनि सहमतिकै आधारमा सम्पन्न हुने आफ्नो विश्वास रहेको बताए।

उनले पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा कोरोनाको संक्रमण बढेकोबारे सरकारको पर्याप्त ध्यान गएको बताए।

आजै साँझ चार बजे सिसिएमसीको बैठक बस्ने र त्यही बैठकमा अब कसरी अघि बढ्ने भन्नेबारे महत्वपूर्ण निर्णय लिईने बताए ।
उनले कोभिड–१९ को संक्रमणका कारण देश गम्भीर मोडमा रहेको र सिंगो देश नै अहिले कोरोनाविरुद्ध लडिरहेको बताउँदै सरकारले आवस्यक सर्तकता अपनाएको छ।

बिहीबार थप २ सय ७४ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टा अर्थात बिहीबार देशभर २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ। बिहीबारको नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोही जानकारी गराएका हुन्। पछिल्लो २४ घण्टामा कोरोना निको भएर २२७ जना घर गएका छन् । अहिलेसम्म कोरोना निको हुनेको संख्या १४ हजार २४८ पुगेको छ।

हालसम्म कूल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।

बिहीबार उपत्यकामा थप ४५ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टा अर्थात बिहीबार काठमाडौँ उपत्यकामा थप ४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका ४१, भक्तपुर र ललितपुरमा २२ जनालाई कोरोना पुष्टि भएको जानकारी गराए।

सिंहदरबार भित्रका कर्मचारीको स्वाब संकलन

काठमाडौं । सिंहदरबारमा कार्यरत सरकारी कर्मचारीको स्वाब संकलन गरिएको छ। पछिल्लो समयमा उपत्यका लगायत पुनः कोरोना संक्रमण बढ्दो देखिएपछि बुधबार कोरोना सिंहदरबामा कार्यरत कर्मचारीको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको हो।

बुधबार सिंहदरबारभित्रै कर्मचारीको स्वाब संकलन गर्न स्वास्थ्यकर्मी पुगेका थिए। सिंहदरबारभित्र कार्यरत करिब ७ सय जना कर्मचारीको स्वाब संकलन गर्ने लक्ष्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बुधबार सिंहदरबारभित्रै कर्मचारीको स्वाब संकलन गर्न स्वास्थ्यकर्मी पुगेका थिए । सिंहदरबारभित्र कार्यरत करिब ७ सय जना कर्मचारीको स्वाब संकलन गर्ने लक्ष्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा डा.विश्वराज जोशी

मकवानपुर। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा डा.विश्वराज जोशीलाई नियुक्त भएका छन् । वाग्मती प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जोशीलाई उपकुलपतिमा नियुक्त गरेको हो।

सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा डा.जोशीलाई नियुक्त गरेको जानकारी दिए। त्यसैगरी बैठकले वैदेशिक सहयोग प्राप्ति तथा कर छुटका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

उक्त बैठकले बालअधिकार समितिको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गरिएको पनि प्रवक्ता ढुङ्गेलले जानकारी दिए। प्रदेशमा युवा परिषद् नियमावली संशोधनका लागि पनि सिफारिस गरिएको छ।

जिल्ला अदालत खोटाङले मुद्दा फछ्र्योटमा लक्ष्य हासिल हुन सकेन

खोटाङ। जिल्ला अदालत खोटाङले आर्थिक वर्ष २०७६\०७७ मा १ सय ३५ वटा मुद्दा फछ्र्योट गरेको छ। एक आर्थिक वर्षमा १ सय ६१ वटा मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको अदालतले शुरु मुद्दातर्फ १ सय २७, पुनरावेदनतर्फ ४ र निषेधाज्ञा र रिटतर्फका ४ वटा मुद्दा फछ्र्योट गरेको हो।

आर्थिक वर्ष २०७६\७७ मा १८ महिनादेखि २ वर्षभित्रको ५, १ वर्षदेखि १८ महिनाभित्रका ७, ७ महिनादेखि १ वर्षभित्रका ३४ र ६ महिनाभित्रका ८९ वटा मुद्दा फछ्र्योट गरिएको श्रेष्तेदार रामाकान्त यादवले बताए। “कोभिड–१९ को महामारीका कारण लक्ष्यभन्दा १६ दशमलव २० प्रतिशत कम मुद्दा फछ्र्योट भयो”, उनले भने, “कूल मुद्दामध्ये ११० वटा मुद्दा फछ्र्योट हुन बाँकी रहेको छ।”

अदालतमा २ सय ६४ वटा मुद्दा आउने अनुमान गरिएकामा जिम्मेवारी सरेर आएको ५८ र नयाँ १ सय ८७ वटा गरी २ सय ४५ मुद्दा दर्ता भएको थियो। अदालतका अनुसार निरन्तर सुनुवाइतर्फ दर्ता भएका ३६ वटा मुद्दामध्ये १६, ५८ वटा थुनुवा मुद्दा दर्ता भएकामा ४१ वटा र मेलमिलापमा पठाइएका १६ वटा मुद्दामध्ये तीन वटामा मेलमिलाप भएको, ११ वटा मेलमिलाप हुन नसकी फिर्ता भएको र २ वटा मुद्दा प्रक्रियामा छ।

चालु आर्थिक वर्ष लक्ष्यअनुसार उपलब्धि हासिल गरिने जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले जानकारी दिए। “गत आर्थिक वर्षमा साढे १७ लाख बढी कैद जरिवाना असुल गरिएको छ”, उनले भने, “अझै एक करोड ३२ लाख ७ हजार ८ सय ४ रुपैयाँ ४५ पैसा जरिवाना फछ्र्योट हुन बाँकी रहेको छ।”

विभिन्न मुद्दामा जिल्ला अदालतबाट कैद तथा जरिवाना तोकिए पनि फरार भएका तथा भगौडाबाट रु १ करोड ४९ लाख ६३ हजार ९ सय ४१ जरिवाना उठ्न बाँकी रहेकामा १७ लाख ५६ हजार १ सय ३६ रुपैयाँ ९१ पैसा जरिवाना फछ्र्योट भएको जनाइएको छ। कतिपय आरोपित हालसम्म भागिरहेका र बेपत्ता रहेका कारण लामो समयसम्म जरिवाना रकम उठ्न नसकेको श्रेष्तेदार यादवले बताए।

कतिपय फरार वा भगौडाको मृत्यु भइसके पनि तथ्याङ्क अद्यावधिक नहुँदा कैद भुक्तानको वर्ष बढी देखिएको अनुमान गरिएको छ। फरार वा भगौडाको मृत्यु भइसकेको अवस्थामा कैद भुक्तान स्वतः घट्ने प्रावधान छ।

यसैबीच, विगत ५ वर्षको तथ्याङ्कले जिल्ला जबर्जस्ती करणीका मुद्दा दर बढ्दो रहेको देखाएको छ। आर्थिक वर्ष २०७२÷०७३ मा जबर्जस्ती करणीका १० वटा मुद्दा दर्ता भएकामा आर्थिक वर्ष २०७६/०७७ मा ३१ वटा मुद्दा दर्ता भएको उहाँले जानकारी दिए।

आर्थिक वर्ष २०७२/०७३ मा १० , आर्थिक वर्ष २०७३/०७४ मा २१, आर्थिक वर्ष २०७४/०७५ मा १९, आर्थिक वर्ष २०७५/०७६ मा ३८ र आर्थिक वर्ष २०७६/०७७ मा ३१ वटा जबर्जस्ती करणीका मुद्दा परेको जनाइएको छ। दश स्थानीय तह रहेको जिल्लामा सम्बन्धबिच्छेदको सङ्ख्या पनि बढ्दो रहेको पाइएको छ। आर्थिक वर्ष २०७२/०७३ मा ३९, आर्थिक वर्ष २०७३/०७४ मा ५६, आर्थिक वर्ष २०७४/०७५ मा ७०, आर्थिक वर्ष २०७५/०७६ मा ६८ र आर्थिक वर्ष २०७६/०७७ मा ७० वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएको पाइएको छ। आर्थिक २०७२/०७३ मा कर्तव्य ज्यानका ९ वटा दर्ता भएकामा आर्थिक वर्ष २०७६/०७७ मा १३ वटा मुद्दा दर्ता भएको श्रेष्तेदार यादवले जानकारी गराए।

कैलालीमा बाढीः ३ बेपत्ता, ६ हजार बढी घर डुवानमा

कैलाली । कैलालीको भजनीमा बाढीले बगाएर बुधबार तीन जना बेपत्ता भएका छन्, भने ३ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका ३ जनालाई रुखमा अड्किएको अवस्थामा उद्धार गरिएको हो।
बेपत्ता हुनेमा बाढीबाट अति प्रभावित क्षेत्र भजनी नगरपालिका– ८ सोनाफाँटाका ठग्गु चौधरीको ११ वर्षीय छोरा स्केल चौधरी, इश्वर शाही र चक्र विक रहेका छन्।

सानाफाँटाकै हेमन्त शाही, बल बहादुर चौधरी र बिक्की शाहीलाई पनि बाढीले बगाएको थियो। तर, उनीहरु रुखमा अड्किएपछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार बाढीले ६ हजार ३ सय भन्दा धेरै घर डुबाननमा परेका छन्।
कर्णाली, पथरैया, काँढा, कान्द्रा, मोहना लगायतका नदीमा आएको बाढीले जिल्लाको पूर्वी क्षेत्रमा डुबान भएको हो।

गाउँपालिकामा २ हजार ३ सय १५ घर डुबानमा परेका छन्। त्यस्तै भजनी नगरपालिकामा २ हजार १ सय ८०, जानकी गाउँपालिकामा १ हजार र टीकापुर नगरपालिकामा ८ सय २५ घर डुबानमा परेका छन्। भजनी नगरपालिकाका डुबान प्रभावितहरुलाई नजिकैको बिद्यालय र हुलाकी राजमार्गमा राखिएको छ।

भारतमा दैनिक औसतमा ५ सय संक्रमितको मृत्यु, मोदी भन्छन् अरु देशको तुलनामा अवस्था राम्रो छ

काठमाडौँ। भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १५ लाख नाघेको छ । मृत्यु हुनेको संख्या पनि ३४ हजार नाघेको छ। तर, यसै हप्ता मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अरु देशहरुको तुलनामा भारत राम्रो अवस्थामा रहेको’ र अन्तर्राष्ट्रिय प्रशंसा प्राप्त गरिरहेको बताएका थिए ।

भारतमा संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ र थुप्रै क्षेत्रहरुमा लकडाउन लागू गरिएको छ, भारतको संघीय स्वास्थ्य मन्त्रालयको वेभसाइटमा यतिखेर जम्मा संक्रमितको संख्या उल्लेख गर्न छाडिएको छ र निको हुनेहरुको संख्या राख्नमा विशेष जोड दिइएको छ। तर बुघबार मात्रै भारतमा ५० हजार नयाँ संक्रमितहरु फेला परेका छन् र ७ सय ६८ जनाको निधन भएको छ।