लक्ष्मी माताको दर्शन गर्नुहोस्, आज मंसिर १२ गतेको राशिफल

वि.सं.२०७७ साल मंसिर १२ गते । शुक्रबार । ईश्वी सन् २०२० नोभेम्बर २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–द्वादशी,०४ घडी २६ पला,बिहान ०८ बजेर २२ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–अश्विनी,४७ घडी २७ पला,रातको ०१ बजेर २७ मिनेट उप्रान्त भरुणी । योग–व्यातिपात,१० घडी ०८ पला,बिहान १० बजेर ३८ मिनेट उप्रान्त वरियान । करण– बालव,बिहान ०८ बजेर २२ मिनेट उप्रान्त कौलव,बेलुकी ०९ बजेर २७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी १८ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुन चालिएका कदमहरु सफल रुपमा सम्पन्न हुनेछन् । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहने हुदा पद प्राप्तीको योग रहेकेछ । आफन्त तथा सहयोगीको साथ पाईने हुनाले कामहरु गर्न जोस जागर बढ्नेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिदेशमा सञ्चालित निकाए तथा सस्थाहरुमा काम पाउँने तथा पदोन्नती हुँने प्रशस्त सम्भावना रहेकोछ । लामो दुरिको उपलब्धिमुलक मनोरञ्जनात्मक तथा व्यावसायिक यात्रा हुनेछ । बिदेशमा बसेर समय तथा रुपैया पैसा लगानि गर्नेहरुले प्रशस्त आम्दानि गर्ने योग रहेकोछ । आफ्ना साथिभाई तथा अग्रजका सहि सुझाबले एक दुई कदम अगाडि बढि प्रगति पथमा लम्कन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

आर्थिक रुपमा सबल हुँनका लागि चालिएका कदमहरु कमजोर रहने हुँनाले मानशिक तनाब बढ्नेछ भने मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तरपनि प्रयत्न गर्दा बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

धन तथा पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला रुपैया पैसा फस्न सक्छ । प्रेममा एक अर्कालाई सहयोग गर्दा गर्दै अबिश्वषस बढ्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । राजनीति तथा समाजसेवामा लाग्नेहरुका लागि समय मध्ययम रहेकोछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापार व्यावासायमा अलि बढिनै समय खर्चिदा राम्रो मुनाफा कमाउँन सकिनेछ भने बित्तिय क्षत्रसँग सम्बन्धित लगानि फस्टाएर जाने ग्रहयोग रहेकोछ । पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्ने तथा जीवन साथि सँग साना साना कुरामा राय बाजिनेछ । आए आर्जनका बाटाहरु साघुरा हुनेछन् भने व्यापार व्यावसायमा मन्दि आउनेछ । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । बिलाशि तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नहोला नराम्रा घट्नाहरु घट्न सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यावसाय फस्टाउनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ । आकस्मिक भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

माया प्रेमको डोरो कसिलो हुँनेछ भने प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । पढ्न लेखाईमा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि थोरै हुनेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहनेछ । आफन्त तथा आमासँगको सम्बन्ध सौहाद्र्धमय रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

छोटो तथा रमाईलो यात्रा हुने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने हुँदा कुनै पनि विवादित विषयमा सहभागि नहुँनु होला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । समाजसेवा तथा गित संगीत जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले भनजस्तो उपलब्धि हासिल गर्न सक्नेछन् ।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, साढे सात अर्बको कारोवार

धितोपत्र बजारमा आज पनि नयाँ उचाइ कायम भएको छ । बजार चार वर्ष पहिलको बिन्दुभन्दा माथि मात्रै पुगेको छैन, कारोवार रकमसमेत नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १८.४३ बिन्दुले उकालो लागेर एक हजार ८९३.२४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ बिन्दुले वृद्धि भई ३६५.१८ मा पुगेको छ । साताको शुरुआतदेखि नै उकालो लागेको नेप्से आज साताको अन्तिम दिनमा उकालो लागेर नै बन्द भएको छ । कूल २०१ कम्पनीको एक करोड ७१ लख ८८ हजार ९९ कित्ता शेयर रु सात अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ मूल्यमा कारोवार भयो । स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ३७.७६, जलविद्युत् ६.८२, उत्पादन ०.०९, अन्य १५.३६ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार १३०.६६, होटल ४३.६५, विकास बैंक ८.३५, वित्त ५.८७, निर्जीबन बीमा १६५.०१, लघुवित्त १६.६५, जीवन बीमा १३४.३२ बिन्दुले ओरालो लागेको छ । कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५८ करोड १३ लाख १७ हजार १७८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, नविल बैंक रु ३८ करोड ३४ लाख ४१ हजार ४०१, शिवम् सिमेन्ट रु २८ करोड ९१ लख ९५ हजार ५३२, नेपाल दूरसञ्चार कम्पनी रु २८ करोड २७ लाख ३८ लाख १३०, नेपाल बैंक लिमिटेड रु २५ करोड ५१ लाख ६८ हजार ३०, प्रभु बैंक रु २२ करोड ७४ लाख २५ हजार ४६०, हिमालयन डिस्टिलरी रु २२ करोड १२ लाख ६४ हजार १३५, नेपाल लाइफ इन्स्योरेन्स रु २१ करोड ८७ लाख ८७ हजार र कुमारी बैंक रु १७ करोड ६३ लाख १४ हजार ७५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । आज कारोवार भएकामध्ये ४८ कम्पनीको शेयर उकालो लागेको छ भने ११७ कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै, सात कम्पनीको शेयर भने स्थिर रहेको छ । कारोवारका आधारमा एनएमबी माइक्रोफाइनान्स १०, पाँचथर पावर कम्पनी ९.९५, हिमालयन ऊर्जा विकास कम्पनी ९.७९, आँखु खोला जलविद्युत् कम्पनी ९.५९, नविल बैंक ८.८६, कुमारी बैंक ६.५६, नेपाल बङ्गलादेश बैंक ५.६२, चिलिमे जलविद्युत् कम्पनी ५.४१ र नेपाल पुनरबीमा कम्पनीका लगानी कर्ताले ५.१० प्रतिशतले कमाए । यस्तै, साल्ट टेडिङ कर्पोरेशन ६.१८, ङादी ग्रुप अफ पावर ५.८८, बोटलर्स नेपाल तराई ५.६७, सांग्रिला डेभलपमेन्ट बैंक ५.३४, मल्टीपर्पोज फाइनान्स कम्पनी ४.९२, कर्णाली डेभलपमेन्ट बैंक ४, रिडी हाइड्रोपावर ३.९३ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाए ।

थप २३ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।

३४ थान मोबाइल बरामद

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङगामा लु.२ ख ४३१५ नम्बरको बसबाट विभिन्न कम्पनीका ३४ थान मोबाइल बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त बसमा महानगरीय प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको डिक्कीमा कार्टुनमा प्याकिङ गरी लुकाई राखेको अवस्थामा उक्त मोबाइल फेला पारी बरामद गरेको हो ।

कौडा र तास खलिरहेको अवस्थामा २७ जना पक्राउ

तनहुँ । ब्यास नगरपालिका–१२ बेलघारी बस्ने ४५ वर्षीय राजेन्द्र पन्तको कुखुराको फर्ममा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय गणेश बैयलकोटी समेत १९ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा, नगद ३ लाख १० हजार ९ सय ९० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, गढवा गाउँपालिका६ प्रनाहा बस्ने ४५ वर्षीय डिल्लीराज शर्मा भुसालको घरमा तास खेलिरहेको अवस्थामा भुसाल समेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९४ हजार ६ सय १५ रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका२ नागढुङ्गामा बा.७ ख ५८६४ नम्बरको बसबाट नियन्त्रित लागूऔषध ५ सय ७५ ट्याब्लेट नाइट्राभेट सहित सिरहा कर्जना नगरपालिका–९ बस्ने १९ वर्षीय राहुल कुमार पासवानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त बसमा प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार पासवानले झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका–३१ नहरचोकबाट १ किलो १ सय ग्राम अवैध लागूऔषध गाँजा, २ थान मोबाइल र ३ हजार ७ सय रुपैयाँ सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–३१ किमबेशी बस्ने २६ वर्षीय जिबन भुजेल, रुपा गाउँपालिका–७ स्याक्लुङ बस्ने २६ वर्षीय रुबिन गुरुङ र पोखरा महानगरपालिका–३१ लामागाउँ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
लागूऔषध बेचबिखन तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हशंपुरको मुकाम शिसुवा डाडाकोनाकबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुले झोलामा लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

गोरखाका ११ स्थानिय तहलाई ग्लोबल गोरखा समाजबाट स्वास्थ्य सामाग्री सहयोग

काठमाडौँ । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदले गोरखाका सबै स्थानिय तहलाई स्वास्थ्य सामाग्री सहयोग वितरण गरेको छ । जिल्ला स्थित ११ वटा स्थानिय तहहरु गोरखा र पालुङटार नगरपालिका तथा चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहिद लखन, गण्डकी, सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकालाई एक कार्यक्रमका बीच स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको हो । समाजले ११ लाख ७६ हजार ८ सय रुपैया बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

जिल्लाका सबै स्थानिय तहलाई १३–१३ हजार थान मास्क र ३०–३० थान थर्मल गन सहयोग गरिएको छ । त्यस्तै गरी समाजले जिल्ला स्वास्थ्य कार्यालय गोरखालाई १० हजार थान मास्क र १० थान थर्मल गन, जिल्ला प्रशासन कार्यालय गोरखालाई ७ हजार थान माक्स र १० थान थर्मल गन, जिल्ला समन्वय समिती गोरखालाई २ हजार थान माक्स र २ थान थर्मल गन तथा नेपाल पत्रकार महासंघ गोरखा शाखालाई २ हजार थान मास्क र १ थान थर्मल गन समेत हस्तान्तरण गरिएको थियो ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति गोरखालाई ग्लोबल गोरखा समाजका नेपाल प्रतिनिधी बिनोद पोखरेलले सामाग्रीहरु हस्तान्तरण गरेका थिए भने सबै स्थानिय तहलाई जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङले हस्तान्तरण गरेका थिए ।

चन्द्रप्रसाद ढकाल प्यानलद्वारा ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलले आफ्नो कार्यकालमा गर्ने कार्यहरुलाई समेटेर आफ्ना एजेण्डास्वरुप प्रस्तुत ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले आफ्ना एजेण्डाहरुलाई समेटेर २५ बुँदामा सो भिजन सार्वजनिक गरेको हो ।
महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतहः अध्यक्ष हुने प्रावधान रहेकोले यस पटक ढकाल आफू वरिष्ठ उपाध्यक्ष भएपछि र त्यसपछिको अध्यक्षको कार्यकाललाई समेत समेटेर नेपाल उद्योग वाणिज्य महासंघमा गर्नुपर्ने सुधारका साथै नेपालको उद्योग व्यवसाय क्षेत्रका व्यावसायिक हकहितका कार्यहरुलाई सो मस्यौदामा राखिएको छ ।
यसलाई महासंघको सशक्तता र सुधार, जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सक्षम र सबलीकरण गर्ने, नेपालमा उद्योगमैत्री वातावरणको निर्माण, व्यवसायीहरुका हकहितका विषयवस्तुहरु, नीति निर्माणमा गरिने पैरवी, हालको कोभिड महामारीका कारण नेपालको उद्योग व्यवसाय क्षेत्रले भाग्नुपरेका समस्या र त्यसको समाधान, नेपालमा उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण, नेपालमा वैदेशिक लगानी भित्र्याउने वातावरणको निर्माणजस्ता विषयहरुलाई सो २५ बुँदे भिजनमा समेटिएको छ ।
महासंघ र नेपालको उद्योग व्यवसाय क्षेत्रको विकास विस्तारका विषयहरुलाई यस भिजनले तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यहरु समेटिएको छ । उक्त २५ बुँदे भिजन निम्नानुसार छ


नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहद्वारा महासंघ र नेपालको उद्योग व्यवसाय क्षेत्रको विकास र विस्तारका लागि सार्वजनिक गरेको ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा

नेपाल उद्योग वाणिज्य महासंघले आप्mनो गौरवशाली इतिहासको साढे पाँचदशक पार गर्दा मुलुकका सम्पूर्ण उद्यमी व्यवसायीहरूको सबभन्दा प्रतिनिधिमूलक, अविभावकीय एवम् भरोशायोग्य संस्थाकारुपमा स्थापित भएको विदितै छ । २०२२ सालमा यो संघ स्थापित हुँदाको तुलनामा नेपालको अर्थतन्त्र अहिले झण्डै एकसय गुणाले वृद्धि भएर रु.३५ खर्ब पुगेको छ । त्यतिबेला केही हजारको संख्यामा रहेका उद्यम व्यवसायहरुको संख्या अहिले दशलाख हाराहारी पुगेको छ । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको लगानी, भूमिका र योगदानको हिस्सा झण्डै असी प्रतिशतको हाराहारी पुगेको अनुमान छ । यो विस्तारलाई सघाउन महासंघको यसअघिका नेतृत्वले निरन्तर उल्लेख्य योगदान गरेको तथ्य हाम्रा अगाडि छर्लङ्ग छ । साथै, बदलिंदो विश्व अर्थतन्त्रमा मुलुकहरुबीचको आर्थिक अन्तर्निभरता र राष्ट्रिय अर्थतन्त्रको द्रुत वृद्धिका महत्वाकाँक्षाका अतिरिक्त अहिलेको कोभिड–१९ महामारीले थलापारेको अर्थतन्त्रलाई पुनःजाग्रित गर्नेसहितका चुनौती आगामी नेतृत्वका अगाडि छन् । ५४औं साधारण सभामार्पmत् यी गम्भीर राष्ट्रिय जिम्मेवारी नयाँ नेतृत्वलाई हस्तान्तरण गर्ने महत्वपूर्ण घडीमा महासंघ आइपुगेको छ ।
महासंघलाई सबै उद्यमी व्यवसायीहरुको गैरराजनीतिक साझा राष्ट्रिय संस्थाका रुपमा विकसित गर्ने उद्देश्यले अध्यक्षको प्रत्यक्ष निर्वाचन नगर्ने र अघिल्लो कार्यकालमा निर्वाचित वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्षमा पदोन्नति हुने वैधानिक पद्धति हामीले बसालेका छौं । यो पद्दतिलाई संस्थागत र दीगो बनाउने र क्रमशः वरिष्ठ उपाध्यक्ष लगायतका पदमा पनि सर्वसम्मतिको अभ्यासलाई विस्तार गर्दै लैजानु श्रेयस्कर हुनेछ । राजनीतिक विचारधाराहरुको छायाँले महासंघले भोगेका विगतका तीता अनुभवहरुबाट पाठ सिकेर ढिलो वा चाँडो सहमतीय पद्धतिलाई अवलम्बन गर्नु वाञ्छनीय हुनेछ । यहाँहरुलाई विदितै छ, मैले महासङ्घको आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । अभैm पनि निर्वाचनभन्दा सहमतिकै बाटोबाट अघि बढ्न सकिन्छ भन्ने मेरो विश्वास छ । तर, निर्वाचन नै भएको खण्डमा पनि त्यसलाई थप मर्यादित र विवादरहित बनाउने जिम्मेवारी हामी सबैको हो । भोलि मिलेर काम गर्ने वातावरण नै विग्रिने हदसम्म प्रतिस्पर्धालाई अमर्यादित बनाउनु संंस्थाको हितमा हुँदैन ।
मैले आप्mनो उम्मेदवारीसँगै नेपाल उद्योग वाणिज्य महासंघको विरासतलाई अझ उजिल्याउने, महासंघलाई मुलुकभरका उद्यम व्यवसायको विस्तार र संरक्षणमा योगदान गर्न थप सक्षम बनाउने र यसको प्रभावकारिता राष्ट्रिय आर्थिक निर्णयहरुसम्म विस्तार गर्ने आवश्यकतालाई केन्द्रविन्दुमा राखेर संस्थागत रुपान्तरणको ‘एफएनसीसीआई भिजन २०२५’ अवधारणा अगाडि सारेको छु । अहिले निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले यो नेतृत्व यथार्थमा सन् २०२५ सम्मका लागि हुनेछ । त्यसैले व्यवहारिक रुपमा नै कार्यान्वयन सम्भव, रुपान्तरणकारी मूलतः मध्यकालीन प्रकृतिका कार्यक्रमहरुलाई मैले यो ‘भिजन २०२५’मा समेट्ने प्रयास गरेको छु । यसले महासंघको दीर्घकालीन उद्देश्य प्राप्तिका लागिसमेत दरिलो आधारशीला खडा गर्ने विश्वास लिएको छु ।

तात्कालिक प्राथमिकता
–कोरोना भाइरस महामारीले सबभन्दा बढी र प्रत्यक्ष मार सबै दृष्टिले मुलुकका उद्योग व्यवसायमाथि परेको छ । लगानी, उत्पादकत्व, रोजगारी, आवागमन र उपभोग सबै पक्षमा यो कोभिड–१९ले पारेको असरका कारण अर्थतन्त्र शिथिल भएको छ । पर्यटन, आतिथ्य र चलचित्रजस्ता उद्योगहरु विगत आठ महिनादेखि आंशिकरुपमा पनि सञ्चालन हुन सकेका छैनन् । साना मझौला तथा स्वरोजगारमा आधारित र अनौपचारिक क्षेत्रका चार लाख उद्योग व्यवसायहरु बन्द भएको तथ्यांक सार्वजनिक भइसकेको छ । सानादेखि मझौला एवम् ठूला सबै प्रकृतिका उद्योग व्यवसायमा असर पारेको छ । तीमध्ये अधिकांश प्रत्यक्ष नगद राहत कार्यक्रमविना पुनर्जिवित हुनै नसक्ने जोखिम देखिएको छ । यसर्थ, महासंघ र यसको नेतृत्वको पहिलो जिम्मेवारी बन्द भएका यी उद्योग व्यवसायहरू पुनःसञ्चालन गराउनमा केन्द्रित हुनेछ ।


–लामो समय आम्दानी हुन नसकेको र दायित्व भने निरन्तर बढिरहेका कारण चरम आर्थिक घाटा व्यहोर्न वाध्य व्यवसायीहरूको हितमा सरकारले घोषणा गरेका पुनर्कर्जा लगायतका सुविधाका प्याकेजहरुको पहँुच वास्तविक पीडितसम्म पु¥याउने अभिभावकीय जिम्मेवारी महासंघले बहन गर्नेछ । घोषित आर्थिक राहत र सहयोगका कार्यक्रमहरुले सम्वोधन गर्न छुटाएका क्षेत्रहरुलाई समेटेर आर्थिक राहतका नयाँ कार्यक्रमहरु ल्याउन सरकार लगायत सबै सरोकारवालाहरूसँग व्यवहारिक दृष्टिकोणका साथ तत्काल सहकार्यको पहल गर्नु अपरिहार्य भएको छ । सरकारलाई पुरक बजेट नै ल्याएर भएपनि थप राहतका कार्यक्रम ल्याउन सुझाव र दवाव महासंघले दिनेछ ।
–सरकारले मुुलुकका कोभिड–१९ महामारी प्रताडित उद्योग व्यवसायलाई राहत दिने उद्देश्यले ल्याएका र ल्याउने व्याजमा छुट, सावाँव्याज भुक्तानी समयसीमाको विस्तार, रुग्ण उद्योग राहत र पुनर्कर्जा र निर्यात प्रोत्साहन सुविधा लगायतका कार्यक्रमहरु कानूनी, प्रक्रियागत एवम् संरचनागत जटिलताका कारणहरुले वास्तवमै लक्षित व्यवसायीसम्म पुग्न नसकिरहेको अवस्था छ । खासगरी थप धितो सुरक्षण दिन असमर्थ साना तथा मभ्mयौला उद्यमी व्यवसायिहरुलाई यी सुविधाहरु उपयोग गर्न कठिनाई भइरहेको छ । नीतिगत र प्रक्रियागत सुधारहरु गरेर कोभिड–१९ महामारीले बन्द हुने संघारमा पुगेका उद्योग व्यवसाय बचाउन महासंघले सिर्जनात्मक तर निर्णायक पहलकदमी लिनुपर्नेछ । नयाँ नेतृत्वले यो जिम्मेवारी पूरा गर्न ढिला नगरी काम अगाडि बढाउने छ ।
–कोभिड–१९ को महामारीले चुनौतीहरुमात्र थपेको छैन, नयाँ अवसरहरुको ढोका पनि खोलेको छ । डिजिटल अर्थतन्त्र निर्माणको गतिलाई तीव्र बनाउन यो सङ्कटले हामी सबैलाई बाध्य पारेको छ । इ–कमर्श, नगदरहित इ–कारोबार, तत्क्षण विद्युतीय कर मिलान, सेवा तथा वस्तुको उत्पादन एवम् बजारीकरणमा डिजिटल प्रविधि र प्लेटफर्महरुको प्रयोग, अनलाइन शिक्षा, टेलिमेडिसिन आदि धेरै आयामहरुको द्रुत एवम् युगसापेक्ष विकास अपरिहार्य छ । नयाँ प्रविधिलाई आत्मसाथ गर्न नसक्ने हो भने नेपालको अर्थतन्त्र थप पछाडि धकेलिने निश्चित छ । नेपालको उद्योग तथा व्यवसायले पनि जतिसक्दो छिटो आपूmलाई प्रविधिमैत्री बनाउनुकोे विकल्प छैन । यसर्थ, महासंघले एक्काइसौं शताब्दी सुहाउँदो व्यवसायमा रुपान्तरित हुन आप्mना सदस्यहरुलाई प्रोत्साहित र सबलीकरण गर्नेछ । गुणस्तरीय इन्टरनेट सेवाको पहुँचलाई देशैभरि सहज बनाउने र आम जनताको प्रविधि साक्षरता र उपयोगलाई बढाउन वायरलेस वाइफाई समुदाय निःशुल्क उपलब्ध गराउन सरकारले पहल गर्नु आवश्यक छ । अभियानलाई सघाउन महासंघ तत्पर रहनेछ ।
–निजी क्षेत्रको खर्बौ रुपैयाँ लगानी भएका हवाइ एवम् यातायात सेवा, शिक्षा, पर्यटन, बैैकिङ, चलचित्र लगायतका क्षेत्रहरुले अर्बौको क्षति ब्यहोरिसकेका छन् । व्यवसायको ८५ प्रतिशतभन्दा बढी निजी क्षेत्रले सेवा दिइरहेको वित्तीय प्रणालीमा एकातर्पm लगानीयोग्य तरलता थुप्रिएर व्याज दायित्व बढेको छ भने आर्कोतर्फ सङ्कटमा परेका व्यवसायहरुबाट उठ्नुपर्ने किस्ता, सावाँ र व्याज समयमै असुल हुन नसकेर खराब कर्जामा उल्लेख्य वृद्धि हुने जोखिम चुलिएको छ । खासगरी शिक्षा, पर्यटन र चलचित्र क्षेत्रलाई चलायमान बनाउन विशेष पहलको आवश्यकता छ । वित्तीय क्षेत्र र उत्पादन एवम् सेवा क्षेत्र एकअर्काका प्रतिस्पर्धी नभएर आर्थिक स्रोत व्यवस्थापन एवम् परिचालनमा परिपूरक हुन् । त्यसैले बैंकिङ र उत्पादनमूलक क्षेत्रले आरोप–प्रत्यारोप होइन समन्वयात्मक सहकार्य गर्नुपर्छ । दुवै क्षेत्रका समस्याहरुको सहानुभूतिपूर्वक सम्बोधन गरी सहकार्यमूलक वातावरण निर्माण गर्ने जिम्मेवारी सरकार र महासंघ दुवैको हो ।
–आन्तरिक आपूर्ति, खासगरी कृषि उपजमा आधारित आपूर्ति सञ्जाललाई सम्पूर्ण रुपले यथासक्य छिटो पुनस्र्थापित गर्न सक्दा मात्र उद्यमी व्यवसायी र उपभोक्ता सबैले राहत पाउने छन् । माग र आपूर्तिको सन्तुलनले मूल्यस्थिति नियन्त्रित रहने छ । कृषि सामग्री आपूर्ति र उत्पादित बस्तुहरुको बजार पहुँच दुवैतर्फ अहिले देखिएका समस्या समाधान गर्नसके मात्र कृषि उत्पादनको आयात प्रतिस्थापनको आकांक्षा पूरा हुन्छ । कृषिमा आधारित व्यवसाय र रोजगारी पुनस्थापित हुन सहयोग पुग्नेछ । यसका लागि, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न गराउन सरकारले निःशर्त सघाउनु आवश्यक छ । महासंघले व्यवसायहरु पुनःसञ्चालनका लागि सरकारसँग काँधमा काँध मिलाएर सहकार्य गर्नेछ ।

निजीक्षेत्रको नेतृत्वमा दीगो आर्थिक विकास
–आगामी पॉच वर्षभित्र महासंघलाई निजी क्षेत्रको संघीय अभिभावकीय संस्थाका रूपमा रुपान्तरण गरी ‘एफएनसीसीआई भिजन २०२५’को अवधारणा कार्यान्वयन गर्न एउटा अलग्गै रणनीतिपत्र बनाइने छ । यसका लागि निजी क्षेत्रका सबै साझा सरोकारवालाहरूको सहभागितामा बृहत् सम्मेलनमार्पmत् ‘एफएनसीसीआई भिजन २०२५’को विस्तृत स्वरुप तयार गरिनेछ र त्यसको समयवद्ध कार्यान्वयन गरिने छ । देशमा ‘आन्ट्रप्रेनरशीप’को विस्तार र समग्र आर्थिक रुपान्तरणमा निजी क्षेत्रको अग्रणी भूमिका, नयॉ उद्योग, व्यवसाय र लगानी प्रवद्र्धन, नवप्रवर्तन र प्रविधिसापेक्ष व्यवसायका योजनासहित नेपाली उद्यम–व्यवसाय र उत्पादनलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने र मुलुको अर्थतन्त्रलाई क्रमशः स्वनिर्भर बनाउने ‘एफएनसीसीआई भिजन २०२५’को केन्द्रीय सारतत्व हुनेछ । अग्रजहरूको सम्मानसहित युवा पुस्तालाई नेतृत्वमा ल्याउने प्राथमिकता यो ‘भिजन’को अभिन्न अङ्ग हुनेछ ।


–स्वदेशी एवम् विदेशी निजीक्षेत्रबाट हुने उल्लेख्य मात्राको लगानीबिना मुलुकको आर्थिक उन्नति सम्भव छैन । लगानीयोग्य वातावरणको निर्माण गर्न सरकार र निजी क्षेत्रको समान सहभागिता र सहकार्यको आवश्यकता छ । कोरोना महामारी छिट्टै नै नियन्त्रणमा आउने र त्यसपछि अर्थतन्त्रले गति लिने अपेक्षा हामी सबैको छ । पूर्वाधार, औद्योगीकरण, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, सेवा आदि सबै क्षेत्रमा ठूलो लगानी भित्र्याउनु अपरिहार्य छ । नेपालको आकर्षक प्रतिलब्धी (आईआरआर) दरको सम्भावनालाई तथ्यपरक ढंगले दर्शाएर स्वदेशी र विदेशी सम्भाव्य लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आकर्षित गर्न महासंघले पहल गर्नेछ । लगानी बोर्ड, औद्योगिक प्रवद्र्धन बोर्ड तथा उद्योग विभागबाट भित्रिने लगानीको सहजीकरण गर्न महासंघमा व्यावसायिक लगानी सहजीकरण शाखा नै स्थापना गरी अनलाइन र प्रत्यक्ष निःशुल्क परामर्श सेवा प्रदान गर्ने योजना छ । नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गराउने सरकारको लक्ष्यलाई थप भित्रिने लगानीले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गर्न सकिन्छ ।
–नेपालका बैंक तथा वित्तीय संस्थाहरुबाट व्यवसायमा हुने लगानीको मूल आधार अचल सम्पत्तिको धितो रहने गरेको छ । ऋणीको साख मूल्यांकन, कम्पनीहरुको ‘क्रेडिट रेटिङ’ र परियोजना कर्जाका आधारमा लगानी गर्ने अभ्यास संस्थागत र व्यापक हुन सकेको छैन । सुरक्षित कारोबार ऐन लागू भएको डेढ दशक बिते पनि यसले परिकल्पना गरेका अभौतिक र सम्भावित सम्पत्तिका आधारमा बैंकहरुले लगानी गर्ने वातावरण बनेको छैन । महासंघले नेपाल राष्ट्र बैंकस‘गको समन्वयमा राम्रा परियोजना धितोमा निश्चित प्रतिशतसम्म लगानीका लागि गर्ने नीतिगत व्यवस्थाका लागि आवश्यक ऐन कानुन परिमार्जन गर्न पहल गर्नेछ ।
–औद्योगिक शान्ति एवं सुमधुर रोजगारदाता–श्रमिक सम्बन्ध मुलुकको आर्थिक उन्नतिको अपरिहार्य पूर्वशर्त हुन् । सरकार, रोजगारदाता र श्रमिक संगठनहरुको सर्वसम्मत अवधारणामा आधारित औद्योगिक सम्बन्धको आरम्भ नेपालमा भइसकेको छ । यसै अनुरुप श्रम ऐन र सामाजिक सुरक्षा प्रणाली कार्यान्वयनमा आइसकेको छ । म आपैmँले महासंघको उपाध्यक्ष एवं रोजगारदाता परिषद्को संयोजकका रुपमा यो पुनित कार्यमा योगदान गर्ने अवसर मिल्यो । अहिले प्रारम्भ भएको योे सुधारलाई दिगो र थप संस्थागत बनाउन आवश्यक छ, जसका लागि महासंघमा नै स्थायी श्रम सम्बन्ध डेस्क राखिनु आवश्यक छ । सामाजिक सुरक्षा कोष सञ्चालनमा अहिले देखिएका कमजोरी, अन्योल, अनिश्चितता र दोहोरोपनालाई हटाएर सबै सरोकारवालाहरुबीच विश्वासको वातावरण बनाउन पहल गरिने छ ।
–अपारदर्शिता र भ्रष्टाचारलाई मुलुकको आर्थिक समृद्धिको मूल बाधक मानिएको छ । मुलुकको सुशासनमा स्वच्छ व्यवसायको महत्वलाई आत्मसात गरेर नै नेपाल उद्योग वाणिज्य महासंघले स्वच्छ व्यवसायको प्रबद्र्धन अभियान यसअघि नै आरम्भ गरिसकेको छ । यसलाई व्यवहारमा नै अझ बढी प्रभावकारी तुल्याइने छ । निजी क्षेत्रले आफ्ना व्यावसायिक गतिविधि जति बढी स्वच्छ र पारदर्शी ढंगले सञ्चालन ग¥यो, मुलुकबाट भ्रष्टाचार निवारण हुने उत्तिकै छिटो गतिमा हुने सम्भावना रहन्छ । यसका अतिरिक्त, संस्थागत सामाजिक उत्तरदायित्व र मुलुकलाई संकट परेका बखत आवश्यक सहयोगमा तत्पर रहने निजी उद्यमी व्यवसायीको असल संस्कारलाई थप सुदृढ र व्यवस्थित बनाइने छ ।

–मुलुकभित्रै उद्योग व्यवसायको प्रवद्र्धन र विस्तार नगरी रोजगारी सिर्जना र स्वनिर्भर अर्थतन्त्र निर्माण गर्न सम्भव छैन । युवाहरु सस्तो श्रम बेच्न विदेशिने क्रम पनि रोकिंदैन । त्यसैले, वैदेशिक रोजागारीमा जाने वर्ग र रोजगारीबाट फर्केर आउने नेपाली दिदीबहिनी दाजुभाइहरुलाई लक्षित गरी उनीहरूको चाख, शीप र अनुभवको सदुपयोग हुनेगरी उद्यमीमा रुपान्तरित गर्न ‘बिजनेस इन्क्युबेसन’ सेवा आरम्भ गरिनेछ । नेपालको अर्थतन्त्रका लागि रेमिट्यान्सको ठूलो योगदान छ । तर त्यो रेमिट्यान्स आयको भविष्य सुरक्षित हुने प्रकृतिको लगानीमा सदुपयोग गर्ने ठोस योजना अहिलेसम्म बन्न सकेको छैन । महासंघले आफ्ना देशैभरि रहेका सदस्य संस्थाहरूमार्फत मानव र आर्थिक स्रोतलाई उद्यम व्यवसायमा लगानी गर्न उत्प्रेरणा र व्यावसायिक शीप कौशल प्रदान गर्ने योजना ल्याउने छ ।

–बेरोजगारीको एउटा मुख्य कारण श्रम बजारमा माग हुने दक्षता र हाम्रो श्रमशक्तिको आपूर्ति गर्ने शीपबीचको बेमेल पनि हो । बजारको र समयको माग अनुसारको तालीम र दक्षता दिने हो भने नेपालको श्रम बजारमा बर्सेनि प्रवेश गर्ने करिब ६ लाख युवालाई स्वदेशमै रोजगारीका अवसर प्रदान गरी राष्ट्रिय उत्पादकत्व वृद्धि गर्न सकिन्छ । यसका निमित्त औद्योगिक, निर्माण, कृषि तथा सेवालगायतका क्षेत्रलाई आवश्यक पर्ने जनशक्तिको आवधिक प्रक्षेपण आवश्यक पर्छ । अल्पकाल र दीर्घकालमा आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्न सरकार र शैक्षिक एवम् तालीम प्रदायक संघसस्थाहरूस‘गको सहकार्यमा विशेष प्रशिक्षण केन्द्रहरु पर्याप्त संख्यामा स्थापना गर्ने योजना छ । यसका लागि अन्तर्राष्ट्रिय विकास साझेदार मुलुकहरुसँग सहकार्य गर्न सकिन्छ । व्यवहारिक ज्ञानका लागि साविक सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानहरुमा ‘इन्टर्नसीप’का लागि महासंघले समन्वय गर्नेछ ।


–यो विज्ञान, द्रुत सञ्चार र डिजिटल प्रविधिको युग हो । उत्पादनमूलक र सेवा क्षेत्र दुवैमा अहिले आधुनिक प्रविधि, विशिष्टीकृत शीप र ज्ञानको अभौतिक सम्पत्तिको सदुपयोग अत्याधिक बढेको छ । औद्योगिक एवम् कृषि उत्पादन र अहिले अर्थतन्त्रको ५५ प्रतिशत हिस्सा ओगटिसकेको सेवा क्षेत्रको समयसापेक्ष आधुनिकीकरणका लागि ‘ज्ञान अर्थतन्त्र’ र सूचना प्रविधिमा आधारित ‘डिजिटल अर्थतन्त्र’लाई प्रवद्र्धन नगरी मुलुकको समग्र अर्थतन्त्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सकिंदैन । ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रले औद्योगिक र सेवा उत्पादनको प्रभावकारिता मात्र बढाउँदैन, ज्ञान र प्रविध व्यवसायहरु आपैmले आर्थिक वृद्धि र निर्यात प्रवद्र्धनमा मद्दत गर्छन् । चीन र भारतजस्ता ‘विश्वका कारखानाहरु’बीच अवस्थित नेपालले बस्तु उत्पादनमा तुलनात्मक लाभ लिन नसके पनि ज्ञान र प्रविधि अर्थतन्त्र विकासमा त्यो अड्चन कम मात्र रहन्छ । यसर्थ, महासंघले ज्ञान एवम् प्रविधि अर्थतन्त्रका भरोसायोग्य नीतिगत र संस्थागत आधारहरू खडा गर्न सरकार, नेपाली डायस्पोरा र ज्ञान–प्रविधि सम्बद्ध विशिष्टीकृत संस्थाहरुसँग सार्थक सहकार्य गर्नेछ ।
–उद्योग व्यवसायको विस्तार, व्यापार घाटा न्यूनीकरण र मुलुकको आर्थिक वृद्धिका लागि निकासी प्रवद्र्धन अत्यन्तै महत्वपूर्ण पक्ष हो । त्यसका लागि मुलुकले निकासी गर्ने बस्तुहरुको पहिचान र व्यावसायिक परिमाणमा निर्यात गर्न सक्नुपर्छ । नेपाल यसमा धेरै पछि परिसकेको छ । निर्यात हुने कच्चा पदार्थको मूल्य अभिवृद्धि (भ्यालु एड) हुन सकेको छैन भने प्रशोधित बस्तुहरुको संख्या र परिमाण अत्यन्तै सानो छ । यहाँ उत्पादन भई निकासी भइरहेका कच्चा पदार्थहरुको मूल्य अभिवृद्धिको सम्भावनाको व्यवस्थित अध्ययन हुन सकेको छैन । नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) सूचिमा सूचिकृत बस्तुहरुको कुल निर्यात वर्षमा आयातको ६ प्रतिशतको हाराहारी मात्र छ । त्यसैले कच्चा पदार्थको प्रशोधन र भण्डारणमा समेत ध्यान दिएर ‘भ्यालु एड’ गर्ने र जडिबुटीजन्य उत्पादनहरूको कम्तिमा एक चरण प्रशोधनपछि मात्र निकासी गर्ने प्रणाली स्थापना गर्ने पहल गरिनेछ । ‘एनटीआईएस’ सूचिलाई पुनरावलोकन र विस्तार गर्ने प्रयास हुनेछ ।
–नेपालले ठूला औद्योगिक परियोजनाहरु स्थापना सम्भाव्यताको गम्भीर गृहकार्य थाल्न ढिला भइसकेको छ । रसायनिक मल, प्लाष्टिक रिसाइक्लिङ, औद्योगिक पार्टपूर्जा, साइकल, मोटरसाइकल आदिको बजार माग यी क्षेत्रमा केही ठूला उद्योगको उत्पादनलाई पर्याप्त हुने ढंगले विस्तार भइरहेको छ । विद्युत आपूर्ति क्रमशः सहज हुँदै गइरहेको अवस्थामा अधिक ऊर्जा खपत हुने उद्योगहरु नेपालमै स्थापना हुनसक्ने परिस्थिति निर्माण भएको छ । यसलाई निजी क्षेत्र, सरकार र लगानीकर्ताहरुको सहकार्यमा अघि बढाउनु पर्छ । साथमा, लघु, घरेलु, साना तथा मझौला उद्योग–व्यवसाय (एमएसएमई)को नेपालको अर्थतन्त्र र नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत विकासमा समेत ठूलो योगदान रहँदै आएको छ । रोजगारी, उपादकत्व, लाखौं रोजगारी सिर्जना र देशकै अर्थतन्त्रमा जति महत्वपूर्ण योगदान यी एमएसएमईहरुको रहेको छ, त्यसको उचित संस्थागत कदर हुन नसकेको अनुभूति व्यवसायीहरुको छ । यो परिस्थितिलाई बदलेर एमएसएमईहरुका चासो सम्बोधन र व्यवसाय सहजीकरणका लागि महासंघभित्रै औपचारिक संचरनागत व्यवस्था गरिने छ ।
–निकासी प्रवद्र्धनलाई दिइने नगद अनुदानलाई पारदर्शी र सहज बनाउन महासंघले सार्थक पहल गर्नेछ । निकासी प्रवद्र्धन पूर्वाधारहरु, उत्पादनहरुको गुणस्तर टेष्टिङ ल्याब, कृषि र पशुजन्य उत्पादनहरुको क्वारेण्टिन र शीत भण्डार आदि सुविधा निकासी–पैठारी नाकाको पायक पर्ने स्थानमा स्थापना गर्न सरकारलाई आग्रह र सहयोग गर्ने रणनीति लिइने छ । निजी क्षेत्रबाट यस्ता पूर्वाधारहरु स्थापना भएमा तिनको प्रमाणीकरणलाई आयात र निर्यातकर्ता सरकारहरुले सहजै मान्यता दिने पद्दति स्थापित गर्न महासंघले पहल गर्नेछ । यो व्यवस्थाले नेपालले निर्यात गर्ने कृषिजन्य बस्तुहरुको निकासी सहज हुनेछ । भारत चीनलगायतका देशस‘गको व्यापार र पारवहनमा देखिएका समस्याको वस्तुगत संघहरुलाई परिचालन गरी महासंघले दिगो समाधान निकाल्ने कार्यको अगुवाई गर्नेछ । गैरभन्सार अवरोधको अन्त्यका लागि छिमेकी मुलुकका प्रादेशिक सरकार तथा स्थानीय उद्योग वाणिज्य संघहरुस‘ग सम्बन्ध विस्तार गर्ने र नेपाल सरकारलाई आर्थिक कुटनीति प्रभावकारी बनाउन महासंघले सहयोग गर्नेछ ।
–नेपालको आर्थिक कूटनीति र महासंघको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार समानान्तर ढंगले अगाडि बढ्दा मात्र मुलुकले अपेक्षित लाभ प्राप्त गर्नसक्छ । विदेशी मुलुकका लागि नियुक्त नेपाली राजदूत आर्थिक कुटनीतिप्रति अभिप्रेरित हुनु आवश्यक छ र उनीहरुले आर्थिक कूटनीतिलाई आप्mनो जिम्मेवारीको सबैभन्दा बढी केन्द्रमा राख्नुपर्छ । निजी क्षेत्रका तर्फबाट सरकारस‘ग यस्तो अभिमुखीकरणको नीतिगत व्यवस्थाका लागि पहल गर्ने योजना छ । विदेशमा रहेका महावाणिज्यदूतहरुलाई नेपालको व्यवसाय र निकासी प्रवद्र्धनमा थप प्रभावकारी बनाउन महासंघको तर्फबाट कार्ययोजना बनाई सरकारस‘ग सहकार्य गर्ने योजना छ । विभिन्न मुलुकका उद्योग वाणिज्य संघसँगको नियमित अन्तक्र्रिया, भ्रमण र अनुभव आदानप्रदान तथा सभासम्मेलनमा पारस्पारिक सहभागितालाई निरन्तरता दिने र सार्क चेम्बरलगायत क्षेत्रीय व्यासायिक संगठनहरुलाई सशक्तीकरण गर्न यथाशक्य योगदानको परम्परालाई थप सुदृढ बनाइने छ ।
–नेपालमै उत्पादन भइरहेका र उत्पादन सम्भव धेरैवटा बस्तुहरुको सट्टा हामीले बर्सेनि ठूलो धनराशि खर्चेर आयात भएका विदेशी बस्तुहरु उपभोग गरिरहेका छौं । यसले नेपाली उद्योग व्यवसायलाई मद्धत गरेको छैन र ठूलो मात्रामा विदेशी मुद्रा विदेशिइरहेको छ । नेपालमा उत्पादन हुने वस्तु नेपालीहरूले गर्वसाथ उपभोग गरौं, स्वदेशी उद्योग व्यवसायको प्रबद्र्धन गरौं भन्ने ‘प्राउड अन नेपाली प्रडक्टस्’ अभियान नै महासंघका तर्फबाट सञ्चालन गरिने छ । स्वदेशी उत्पादनको खपत हुने क्रम बढ्नासाथै आन्तरिक खपतका लागि बस्तु र सेवा उत्पादन गर्ने उद्योगहरू स्थापनाको क्रम बढ्ने र नेपालको औद्योगीकरणलाई थप टेवा पुग्नेछ । खासगरी नेपाली कच्चा पदार्थमा आधारित उद्योगहरु प्रवद्र्धन हुनसकेमा त्यसको आर्थिक लाभ प्राथमिक बस्तु उत्पादकहरुको तहसम्म पुग्छ । त्यसैले नेपाली बस्तुको प्रयोगलाई प्रोत्साहित गर्न महासंघले हरसम्भव प्रयास गर्नेछ ।
–उद्यमी व्यवसायीले तिर्ने कर आदि दस्तुर नै राज्यको मुख्य आम्दनीको स्रोत हो । कोरोना महामारीको विषम परिस्थितिमा पनि राज्यको अनौपचारिक आग्रहलाई सम्मान गर्दै उद्यमी व्यवसायीहरुले अग्रीम कर भुक्तानी गरे । करदाताहरुलाई कर भुक्तानीमा सहजीकरण गर्नु र दोहोरो करको मार पर्न नदिने जिम्मेवारी पनि राज्यको हो । मुलुकले संघीय राज्यप्रणाली अवलम्बन गरेपछि निजी क्षेत्रले करको अतिरिक्त भार बेहोर्नु पर्ने अवस्था सिर्जना हुनु हुँदैन । महासंघले योे मान्यतालाई सशक्तरुपमा निरन्तर उठाइरहेको छ तापनि यो समस्याको अभैm समाधान हुन सकेको छैन । यसका लागि तत्कालका लागि महासंघभित्रै एउटा गुनासो सुनुवाई एकाई स्थापना गरी सरकारसँग समन्वय गर्ने र दीर्घकालमा स्वचालित प्रणालीले नै कर, भ्याट लगायतलाई व्यवस्थित गर्ने व्यवस्था मिलाउने गरी सरकारसँग सहकार्य गर्ने योजना रहेको छ ।
–नेपालमा तथ्य र प्रमाणमा आधारित नीतिगत र व्यावसायिक निर्णय लिने परम्परा संस्थागत हुन सकेको छैन । त्यसले स्रोतसाधनको प्रयोग प्रभावकारी भएको छैन । मुलुकको औद्योगीकरण सम्वद्ध उद्योगको संख्या, रोजगारीको अवस्था तथा कच्चा पदार्थको उपलब्धता, स्रोत एवम् खपत आदि जस्ता आधारभूत विषयका भरपर्दा तथ्यांकहरु पनि राज्यसँग छैन । यस्तो परिस्थितिमा सुधार ल्याउन केन्द्रीय तथ्यांक विभाग, दातृ निकाय तथा महासंघको सहकार्यका समग्र राष्ट्रिय औद्योगिक गणना गर्नु अपरिहार्य भएको छ । यस्तै, महासंघमा डाटा सेन्टर स्थापना गरी एकीकृत एवं विश्वसनीय औद्योगिक र व्यावसायिक तथ्यांक अद्यावधिक गर्न आवश्यक व्यवस्था गरिने छ । कोरोना भाइरस महामारीले सबै प्रकृतिका उद्योग व्यवसायमा असरबारे अध्ययन गर्ने र सर्वाधिक प्रभावित भएका उद्योग व्यवसायको उद्धारका लागि पहल गरिनेछ । साथै, देशका आर्थिक, मौद्रिक, औद्योगिक–वाणिज्य, लगानीलगायतका नीति निर्माण तहमा निजी क्षेत्रले दिने सुझावदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा महासंघका तर्फबाट दिइने प्रस्तुतिहरु अक्सर आवश्यक तयारी नपुगेकोजस्तो अनुभव विगतदेखि नै हुँदै आएको छ । अर्थशास्त्रीहरूदेखि आर्थिक–व्यावसायिक क्षेत्रका विज्ञहरूसमेतको सहभागितामा महासंघलाई एउटा भरपर्दो थिंकट्यांकमा पनि क्रमशः स्थापित गरिनेछ ।

महासंघको युगसापेक्ष रुपान्तरण
–नेपालको राज्यव्यवस्था तीन तहको सरकारसहितको संघीय प्रणालीमा रुपान्तरित भएको छ । महासंघले पनि संघीय स्वरूपको संरचनालाई क्रमशः आत्मसात गरिरहेको छ । राज्य पुनःसंरचनासँगै आर्थिक निर्णयका अधिकारहरु पनि संघ, प्रदेश र स्थानीय सरकारहरुमा वितरित भएका छन् । महासंघ आजको गौरवमा देशैभरिका जिल्ला र नगर उद्योग वाणिज्य संघहरूको अत्यन्तै महत्वपूर्ण भूमिका छ । तर त्यो भूमिका अनुरुप यी च्याम्बरहरुको कदर र सबलीकरण हुन नसकेको महसुस उद्योगी–व्यवसायी साथीहरूमा भएको छ । त्यसैले, महासंघका प्रादेशिक, जिल्ला र स्थानीय च्याम्बरहलाई निर्णय स्वायत्तता दिनु आवश्यक छ । ती अर्थतन्त्रको क्षेत्राधिकारभित्र उद्यम–व्यवसायलाई प्रवद्र्धन गर्न सम्बन्धित तहका सरकारहरुसँग सार्थक सहकार्य गर्न सम्बन्धित च्याम्बरहरुलाई सक्षम बनाउनुपर्छ । यस कार्यका लागि महासंघको विधानमा नै जिल्ला, नगर र प्रदेश महासंघहरूको भूमिकालाई प्रष्ट व्याख्या गरेर सबलीकरण गर्ने मेरो प्रयास हुनेछ । साथमा, जिल्ला र व्यवसाय तहका सदस्यहरूको केन्द्रीय नेतृत्वसँगको पहुँचलाई सहज बनाउदै उनीहरूका निरन्तर आइपर्ने समस्यालाई तत्क्षण सुन्ने र समाधान गर्ने संयन्त्रको विकास महासंघको केन्द्रीय कार्यालयमा गरिने छ ।


–नेपाल उद्योग वाणिज्य महासंघलाई निजी क्षेत्रको छाता संगठनको पहिचान बनाइसकेकाले यसले मुलकभरका सबै प्रकृतिका उद्योग व्यवसायको प्रवद्र्धन र समस्या समाधानमा अभिभावकीय भूमिका निर्वाह गर्नसक्नुपर्छ । विगतमा महासंघको यो भूमिका कहीँकतै फितलो भएका कारण सदस्य संस्थाका रूपमा रहेका केही वस्तुगत संघहरूले आप्mनो हित रक्षाका लागि आफ्नै महासंघ बनाउनु पर्ने अवस्था आयो । यी कमजोरीहरुको समीक्षा गरेर महासंघलाई संघीय तहको र सबै उद्यमी व्यसायीहरुको वास्तविक नेतृत्वदायी संगठन (एपेक्स बडी) बनाउन मेरो इमान्दार पहल हुनेछ ।
–नेपालको व्यावसायिक वातावरणको अवस्था अध्ययनका लागि अभैm विदेशी खोज अनुसन्धान संस्थाहरुको भर परिरहनुपरेको छ । यो अवस्थालाई अन्त्य गरी महासंघकै संरचनाभित्र ‘रिसर्च एन्ड डेभलपमेन्ट’ युनिटको स्थापना गर्ने र त्यसैमार्पmत् अर्थतन्त्रका अहम् पक्षहरुको स्वतन्त्र अध्ययन गरी आवधिक प्रतिवेदन सार्वजनिक गर्ने परम्परा बसाउने दृष्टिकोण रहेको छ । यी अनुसन्धानका निष्कर्षहरु निजी व्यवसायीहरुका लागिसमेत उपयोगी हुनेगरी कार्यगर्ने योजना छ । मुलुकको लगानीको वातावरणका सम्बन्धमा अक्सर हुने अफवाहहरुको अन्त्य हुने अपेक्षा गर्न सकिन्छ ।
–अन्त्यमा, महासंघको यतिखेर नेतृत्व हस्तान्तरणको अर्को एउटा संघारमा आइपुगेको छ । महासंघलाई निजी उद्यम व्यवसायको हितरक्षा, औद्योगीकरणको प्रवद्र्धन र अर्थतन्त्रलाई उल्लेख्य योगदान पु¥याउन सक्ने र त्यस कार्यका लागि सरकार एवम् सबै सरोकारवालाहरुबीच सहज समन्वय गर्न सक्षम एवम् गतिशील नेतृत्वको आवश्यकता छ । वरिष्ठ उपाध्यक्षका रुपमा मैले त्यो जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने विश्वास म सबैलाई दिलाउन चाहन्छु । मैले यसअघि व्यवसायीहरूको विश्वासकै कारण महासंघको एसोसिएट तर्पmको उपाध्यक्षको भूमिका निर्वाह गर्ने अवसर पाएँ । यो भूमिकालाई मैले जिम्मेवारीपूर्वक सम्पन्न गरेको अनुभूति उद्यमी व्यवसायी मित्रहरु, शुभचिन्तक, सञ्चारकर्मी लगायत सबै सरोकारवालाहरुले दिनुभएको कदर र हौसलाले मलाई भएको छ । यसले मलाई महासंघको नेतृत्वमा रहेर थप योगदान गर्नका लागि प्रेरित पनि गरेको छ । मेरो उम्मेदवारीको मूल आधार पनि यही हो । मुलुकभर उद्यम व्यवसाय प्रवद्र्धन तथा प्रोत्साहित गर्न र स्थापित उद्यम व्यवसायहरुको उन्नति एवं व्यवसाय विस्तारका लागि सघाउन महासंघको नेतृत्व प्रत्यक्षरुपले क्रियाशील हुनुपर्छ । यो हाम्रो राष्ट्रिय जिम्मेवारी बहन गर्न म हर तरहले तत्पर छु र सबै उद्यमी व्यवसायी साथीहरुको अमूल्य मत पाउने कुरामा विश्वस्त छु ।

साल्ट ट्रेडिङ्गका सञ्चालक समितिका सदस्य कीर्ति कुमार जोशीको निधन

काठमाडौँ । लामो समयदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडमा सञ्चालक रहदै आएका सञ्चालक कीर्ति कुमार जोशीको मृत्यु भएको छ । उनको ७५ वर्षको उमेरमा आज मिति २०७७÷०८÷०९ गते कमलपोखरी स्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्कघातका कारण निधन भएको हो ।
उनी साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेड अन्तरगतको खाद्य उद्योग लिमिटेड, वनस्पति घ्यु उद्योग लिमिटेडमा सञ्चालक रही काम गर्नु भएको थियो ।

कर्पाेरेसनले जोशीको निधनको खबरले कर्पाेरेसन परिवारलाई दुःखी बनाएको र कर्पाेरेसनले एक कुशल सञ्चालक गुमाएको जनाएको छ । साथै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत गरेको छ ।
साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडका संस्थापक लोकनाथ जोशीका नाति स्वर्गिय कीर्ति कुमार जोशीका श्रीमती र दुई जना छोराहरु रहेका छन् ।

ज्योति विकास बैंकका ग्राहकलाई खल्ती वालेटमा खाता लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस

काठमाडौं, ज्योति विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका छन् । लिंक १ मिनेट भन्दा कम समयमा गर्नसकिने छ।

ग्राहकले ज्योति विकास बैंकको खातालाई एउटा मोबाइल नम्बरबाट पहिलो पटक लिंक गर्नासाथ तुरून्तै सय रूपैयाँ नगद खातामा प्राप्त गर्ने छन् । यसरी खातामा लिंक गर्दा एक पटक मात्र बोनस सुविधा पाइने छ।ज्योति विकासको बैंक खाता लिंक गर्न ग्राहकले मोबाइल बैंकिंग सुविधा भने लिएको हुनुपर्छ ।

ज्योति विकास बैंकमा रहेको खाता जोडेपछि खल्ती वालेटमार्फत बस्तु तथा सेवा खरिद गर्दा सिधै बैंक खाताबाट नगद भुक्तानी गर्न सकिन्छ । बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमा नगद लोड गर्ने झन्झट गरिरहनु पर्दैन ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी सहज साथै सरल गर्नु हो । खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथै भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत पनि सकिन्छ। खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छन् । खल्ती एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र खल्ती डटकमबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

नेपालको उद्योग व्यवसायको क्षेत्रको अनुभवले खारिएको टीम हामीसँग छः वरिष्ठ उपाध्यक्ष ढकाल(अन्तर्वाता)

मुलुकका निजी व्यावसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावलाई लिएर यतिखेर सिङ्गो व्यावसायिक क्षेत्र तरङ्गित छ । यही मङ्सिर ११ गतेबाट शुरुभई १३ गते महासंघको आगामी कार्याकालका लागि निर्वाचन हुने भएको छ । यस चुनावमा वरिष्ठ उपाध्यमा चन्द्रप्रसाद ढकाल उम्मेदवार हुनुहुन्छ । यसै सेरोफेरोमा रहेर वरिष्ठ उपाध्यक्षका दाबेदार चन्द्रप्रसाद ढकालका चुनावी एजेण्डा र उहाँको विचारसँग केन्द्रित रहेर ढकालसँग गरिएको कुराकानीको केही अंशः

यहाँ हाल महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । हाल उपाध्यक्ष रहेका यहाँले महासंघमा १० वर्ष विताउँदासम्म के काम गर्नुभयो ?
मेरो मान्यता त म आफैले के गरेँ भनेर आफ्नो बारेमा भन्ने होइन भन्ने नै हो । मेरो कामको मूल्यांकन मेरा अग्रजहरुबाट पनि भएकै छ । म कार्यकारिणी समिति सदस्यमा पहिलो पटक आउँदा अध्यक्ष रहनुभएका आदरणीय सुरज वैद्यदेखि आजसम्म मैले संस्थाको लागि के दिन सकेँ र मुलुकको उद्योग व्यवसाय क्षेत्रका साथीहरुले मेरो भूमिकालाई कसरी मूल्यांकन गर्नुभएको छ भन्ने नै मेरो संस्थागत सम्पत्ति हो । त्यो नै वास्तावमा मेरो उपलब्धि हो । मलाई लाग्छ मलाई संस्थाले दिएको उपलब्धि अब्बल दर्जामा रहेर पूरा गर्न सकेँ भन्ने छ । यहाँ रहँदा १० वर्षसम्म गरेको कार्यलाई अहिले नै पूरै स्मरण गर्न त नसकौँला तर जस्तो कि पछिल्लो एक उदाहरण रोजगारदाता परिषदको सभापतिका रूपमा न्यूनतम पारिश्रमिक विवादको समाधानलाई पनि लिन सकिन्छ । लकडाउन अवधिको तलबमान निर्धारणका विषयमा म आफू नै सो परिषदको सभापति भएकोले एफएनसिसिआइको प्रतिनिधित्व गर्नुपर्दथ्यो, गरेँ । सरकार र मजदुर साथीहरुका प्रतिनिधिहरुसँग बसेर नेगोसिएसन गर्नुपर्ने थियो र गरियो । यहाँलाई पनि थाहौ छ कि यसमा सरकारको निर्णयभन्दा एक कदम अगाडि सरेर मजदुर प्रतिनिधिलाई ५० प्रतिशत तलबमा सहमत गराउने काम मेरै समन्वयबाट भएको हो, जुनकुरा मिडियामा आइनै सकेको छ । यसरी यसलाई सिङ्गो निजी क्षेत्रको नेतृत्व गर्न पाएको अवसरका रुपमा पनि मैले लिएको छु ।
त्यसैगरी दुर्गमका जिल्लानगरदेखि अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत महासंघको उपस्थितिका लागि अहोरात्र खटेको छु । हामीलाई अर्थात व्यवसाय क्षेत्रलाई नीति निर्माणका तहमा निजी क्षेत्रका आवाज मुखरित गरेकै छु । महासङ्घको प्रादेशिक संरचनाअनुसार स्थापना भएको प्रदेश उद्योग वाणिज्य सङ्घको पूर्वाधारको व्यवस्थालगायत जिल्ला नगरका हरेक इस्यु र जिल्लाका साथीहरुका गुनासाहरुलाई सुल्झाउने प्रयास गरेको छु । यी सबै कामको साक्षी महासङ्घका साथीहरु हुनुहुन्छ । त्यसैले मैले आफ्नो बारेमा आफैले केही नभनौँ भन्ने लागेको हो ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा तपाईंको उम्मेदवारी किन ? यहाँले आफ्नो उम्मेदवारीलाई कसरी पुष्टि गर्नुहुन्छ ?
यहाँलाई विदितै छ कि निजी क्षेत्र देशको समृद्धिको यात्राको दरिलो खम्बा हो । तर त्यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन भने सकेको छैन । जुन बेला मुलुकको निजी क्षेत्रलाई आवश्यक परेको छ, अभिभावक चाहिएको हुन्छ त्यस बेला भने अभिभावकको भूमिका प्राप्त गर्न सकेको छैन भन्ने हाम्रा कतिपय अनुभवहरु छन् । नेपाल उद्योग वाणिज्य महासंघ नेपालको समग्र उद्योग व्यवसायीहरुको प्रतिनिधित्व गर्ने आधा शताब्दिभन्दा लामो गौरवपूर्ण इतिहास बोकेको छाता संस्था हो । हो, मेरो उम्मेदवारी देशको यो क्षेत्रले त्यो सम्मान पाउन सक्ने अवस्था दिलाउनका लागि हो, राज्यबाट अभिभावकत्व पाउनका लागि हो । यसका लागि हामीले संघर्ष र सम्वाद दुवै गर्नुपर्ने हुनसक्छ । तर म चाहिँ सम्बादमा बढी विश्वास गर्छु । आज लडाइँ होइन संवाद गरेर हाम्रा हक खोज्नुपर्छ । हिजो हामीले पाएको सम्मानमा आज ह्रास आएको छ । हामीले त्यो हाम्रो सम्मान फिर्ता ल्याउनुपर्छ । त्यसका लागि म र हाम्रो टिमले सशक्त रुपमा काम गर्नेछ । निजी क्षेत्रलाई राज्यले बोलीमा त देशको विकास र समृद्धिको स्टेकहोल्डर ठानेको छ, त्यसलाई व्यवहारमै आत्मसात गर्न सक्ने बनाउनुपर्छ । त्यसैले पनि हामी महासंघको नेतृत्वमा पुग्नुपर्ने अवस्था छ । यसका साथै कोरोनाले थलिएको निजी क्षेत्र र देशको अर्थतन्त्र माथि उकास्न पनि सक्षम र सबल नेतृत्व चाहिन्छ र यसैका लागि हामी महासंघ नेतृत्वका लागि अघि बढेका हौँ ।


निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको पनि एक सशक्त इन्जिन हो । यो इन्जिनलाई सञ्चालनमा ल्याउन, कामयवी बनाउन र यसबाट बढीभन्दा बढी लाम लिनसक्ने बनाउन निजी क्षेत्रको सक्रिय सहभागिता आवशयक छ । मैले यही महसुश गरेर नै राज्य र निजी क्षेत्रबीच नै हातेमालो हुनु आवश्यक छ भनेको हो । हामीले औद्योगिक र व्यापारिक वातावरण बनाउन अझै थुप्रै काम गर्न बाँकी छ । ती के काम हुन् भनेर हामीले पहिचान गरिसकेका पनि छौँ । एजेन्डाका रूपमा अगाडि बढाएका पनि छौँ । हामी नेतृत्वमा आउनासाथ ती क्षेत्रमा काम थाल्नेछौँ । यसले सिङ्गो निजी क्षेत्रप्रतिको धारणा बदल्नेगरी काम गर्ने हाम्रो प्रयास रहनेछ । यसैले नै हामीले समृद्धिको आधार नै राज्य र निजी क्षेत्रको साझेदारी भनेर हाम्रो मूल नारा तय गरेका हौँ ।
अर्काे कुरा म महासंघमा द्विराष्ट्रिय र एसोसिएटबाटै प्रतिनिधित्व गरेको भए पनि जिल्लानगरका साथीभाइसँग सबैभन्दा बढी भिजेको छु । यहाँले देखि नै रहनुभएको छ कि म अहिले पनि ताप्लेजुङदेखि दार्चुलासम्मका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघका साथीहरुलाई सम्बन्धित जिल्लामै गएर भेट्ने महासंघको म नै एक पदाधिकारी हुँ भन्दा मलाई गर्व लाग्छ । यसैले मैले हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागि उद्योग वाणिज्य संघको सिफारिस चाहिने कुरालाई उठाउने छौँ भन्ने कुरा जिल्ला नगरका साथीहरुलाई म विश्वास दिलाउन चाहन्छु । नगरपालिकाको व्यावसायिक करमा उद्योग वाणिज्य संघलाई सहभागि गराउन पहल गर्ने र निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तीमा वार्षिक पाँच लाख रूपैयाँको आम्दानीको स्रोत जुटाउनका लागि मोडल बनाउने काम हामीले गर्नेछौँ । हामीले पहिले पनि भनेका छौँ कि गाउँ गाउँमा उद्यमशीलताको विकासका लागि अरु पहलहरुका अतिरिक्त एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई फेरि लागू गर्ने विषय पनि हाम्रो प्राथमिकतामा छ । त्यसैगरी जिल्ला नगरका समस्या समाधान गर्न महासंघसँग सीधै जोडिने गरी संयन्त्र बनाउने योजना अगाडि सारेका छौँ ।


यी र यस्ता अनेकन समस्या छन् हाम्रा । यसमाथि पछिल्लो समयमा फेरि कोरोना महामारीले समग्र मुलुककै उद्योग र व्यवसाय क्षेत्रलाई नै सबैभन्दा बढी मारमा पारेको छ । हामीले इतिहासमै यसअघि कहिल्यै नभोगेको र नसोचेको क्षतिको अवस्था भोग्न बाध्य भएका छौँ । मैले यी विचारहरु यहाँसँग राखिरहँदा पनि हामी यो महामारीको चपेटामै छौँ । अझै पनि यो महामारीले कुन रूप लिने हो भन्ने कुराको स्पष्टता कतै आएको अवस्था छैन । यसकारण पनि यो जटिल चुनौतीसँग जुध्नका लागि महासंघमा दरिलो नेतृत्वको खाँचो महसुस भएको हो । यही सङ्कटसँग जुध्नका लागि हाम्रो उद्योग व्यवसाय क्षेत्रमा हामी मुलुकका सबै व्यवसायी साथीहरुलाई बलियो काँध चाहिएकोले उहाँहरुले मलाई अघि सार्नुभएको हो । त्यसैले म नेतृत्वमा पुगेपछि मुलुकका यी समग्र समस्याहरुको समाधानका लागि लागिपर्ने प्रतिबद्धता पनि यहाँ व्यक्त गर्न चाहन्छु ।


निर्वाचनमा तपाईंको टिमले विजय हासिल गर्ने ‘स्ट्रेन्थ’ के हो ?
हाम्रो टिमको कुरा गर्नुहुन्छ भने यो नेपालको उद्योग व्यवसायको क्षेत्रको अनुभवले खारिएको टीम छ । म लगायत उहाँहरु सबैमा वास्तवमा यो क्षेत्रका लागि र यसमार्फत मुलुकका लागि केही गरौँ भन्ने उत्साह छ । युवा जोशदेखि दशकौँ लामो व्यावसायिक तथा चेम्बर आन्दोलनको अनुभवले भरिपूर्ण टिम हाम्रो मात्र छ । व्यवसायिक होस कि भौगोलिक या अरु नै हिसाबले किन नहोस हाम्रो टिम बढी समावेशी छ र यसले व्यावसायिक र क्षेत्रगत सन्तुलन पनि समेटेको छ । उत्पादनमूलक, सेवा, व्यापार, जलविद्युत्, कृषि, पर्यटन, साना–मझौलालगायत सबैखाले व्यवसायको सुनिश्चित प्रतिनिधित्व हाम्रो टिममा छ । यसैले हाम्रो टिमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्यान, नयाँ नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिङ या पोलिसी डायलग गर्न पनि यो टिम सक्षम र सशक्त छ । हाम्रो मान्यता पनि के हो भने महासंघमा रियल स्टेकहोल्डरले मात्र नेतृत्व गर्नुपर्छ भन्ने हो । जस्तो हेरौँ न हाम्रो टिममा सानो व्यवसायदेखि ठूलो कर्पाेरेट लेवलमा व्यवसाय गरेकाहरुको प्रतिनिधित्व छ । जस्तो कि राज्यले दिने सिआइपी सम्मान पाउने नै हामी चारजना पदाधिकारीका उम्मेदवारमध्ये दुई जना नै छौँ । यो पनि हामीले चुनाव जित्ने धेरैमध्येको एक आधार हो ।
हाल कोरोना महामारीले देशको उद्योग व्यवसाय संकटमा परेको छ । यस्तो बेलामा मुलुकको समग्र व्यवसाय क्षेत्रलाई नै पुनस्र्थापनाका लागि यहाँ र यहाँको टिमले के कस्तो पहल गर्नुहुन्छ ?
हो यतिखेर महामारीले देश नै आक्रान्त छ भने मलाई लाग्छ उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा छ । हामीले मलाई लाग्छ इतिहासमै यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्था भोग्न बाध्य भएका छौँ । अझै पनि यो महामारीले कुन रूप लिने हो स्पष्ट भएको छैन । त्यही कारण यो सङ्कटसँग जुध्न पनि हामीलाई बलियो र सशक्त नेतृत्व चाहिएको हो । वास्तवमा कुनै पनि क्षेत्रका लागि यस्तै संकटकै बेलामा बलियो नेतृत्व चाहिने हो । हामीले बेला बेलामा भन्ने गर्छौँ नि नेतृत्व भनेको संकटको सारथि हो भनेर । हो, हामीले त्यही सारथिको काम गर्ने जिम्मेवारीमा जाँदैछौँ । म आफूले त यो संकटको सारथि नै भएर काम गर्छु भन्ने मेरो यसैले प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ हामी लाग्नुपर्ने अवस्था छ र नेतृत्वमा पुगेपछि मेरो प्रयास पनि यसैमा केन्द्रित रहनेछ । यहाँले भन्नुभएजस्तै पछिल्लो समयमा महामारीले पनि हामीमाथि अकल्पनीय चुनौती थपिदिएकोले त्यसको ट्याकल गरी देशको उद्योग व्यवसाय क्षेत्रलाई राहात प्रदान गर्न र अहिलेको अवस्थालाई माथि उठाउन पनि हामीसँग कार्ययोजनाहरु छन् । हामीले ‘एफएनसिसिआई भिजन २०२५’ को मस्यौदा बनाएर सार्वजनिक पनि गरेका छौँ, हामी त्यसैमार्फत अघि बढ्छौँ । त्यसमा कारोना महामारीका कारण देशको उद्योग व्यवसायका क्षेत्रमा सिर्जित समस्याको समाधानका प्रसस्त कार्यक्रमहरु छन् ।

एनआईसी बैंकद्धारा ‘फोटो–पात्रो २०७८’ प्रतियोगिता सार्वजनीक, फोटो पठाई नगद पुरस्कार जित्नुहोस्

काठमाडौँ । एन आई सी एशिया बैंकले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूका लागि ‘फोटो–पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा ग्रहककै फोटोलाई स्थान दिने योजनाअनुरुप यस प्रतियोगिताको आयोजना गरेको हो । यसरी प्राप्त हुने फोटोलाई क्यालेण्डरमा राख्ने मात्र नभइ बैंकले उचित नगद पुरस्कारको व्यवस्था समेत गरेको छ ।

यस प्रतियोगितामा सहभागी हुन इच्छुकले Season, Hope & Positivity, Lifestyle / र Friendship विधाहरूमा आफुले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन सकिने छ । भने ५० शब्द नबढाई आफ्नो फोटोको क्याप्सन लेखी

https://www.nicasiabank.com/photo-patro

लिंकमा अपलोड गर्नुपर्नेछ । प्रतियोगिताबाट प्राप्त उत्कृष्ट १२ फोटोहरू बैंकले आफ्नो नयाँ वर्ष २०७८ को क्यालेण्डरमा प्रकाशित गर्नेछ र उक्त फोटोहरूका लागि बैंकले प्रतिफोटो रू. १०,०००÷– नगद रकम पुरस्कार प्रदान गर्नेछ । यस प्रतियोगिताबाट उत्कृष्ट १२ मा सामेल हुन नसकेका अन्य आकर्षक फोटोहरूलाई बैंकले सम्मानस्वरूप आफ्नो सामाजिक सञ्जालका माध्यमहरू एवं विभिन्न प्रवद्र्धनात्मक प्रयोजनमा फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था गरेको छ । प्रतियोगितामा पठाउनुपर्ने फोटो कम्तीमा ५४००८३६०० पिक्सल, साइज (इन्च) १८८१२, रिजोलुसन ३०० म्एक्ष् र ल्याण्डस्केप हुनु पर्नेछ । साथै यस प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट तथा सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेछ ।

बैंकले हाल मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७३ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

महासंघले ठुला व्यवसायीको मात्र होइन साना तथा आम व्यवसायीको विषयमा वकालत गर्नु पर्छः दिनेश श्रेष्ठको (अन्तरवार्ता)

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिक आएसँगै उम्मेदवारहरु उत्साहित बनेका छन् । आफुले पुर्याएको योगदान र आगामी दिनका कार्ययोजना सहित मत आफ्नो पक्षमा पार्ने योजना तिब्र बनिरहेको छ ।
यसै सन्दर्भमा शेखर गोल्छा समुहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवरी दिएका दिनेश श्रेष्ठ आफुले चुनाव जित्नेमा विश्वस्त देखिएका छन् । मंसिर १३ गते हुन गईरहेको निर्वाचनको सन्दर्भ पारेर श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ इतिहासकै कमजोर अवस्थामा अएको देखिन्छ, यस्तो अवस्था आउनुको कारण के हो ?
उद्योग वाणिज्य महासंघ इतिहासकै कमजोर अवस्थामा रहेको भन्ने होइन । विगतका नेतृत्वको तुलनामा अहिलेको नेतृत्वले पनि काम गरेको छ । तर, हामीले गरेका कामहरुको प्रचार प्रसार नभएको हुनाले कमजोर भएको जस्तो देखिएको हो । भवानी राणाको नेतृत्वमा महासंघमा काम गर्दै गर्दा भएका बाधा ब्यवधानहरु कसले र किन गरेको भन्ने विषयमा सबै जानकार नै छन् । यति हुँदा पनि धेरै कामहरु प्रशंसनीय छन् । सबैले सहयोग गरेको भए अझै राम्रो परिणाम आउने थियो ।
संविधान बनाउँदा देखि अहिलेसम्म आइपुग्दा हामीले ब्यवसायीलाई हित हुने गरी कामहरु भएका छन । त्यसका साथै उद्योगी व्यवसायीसंग छलफल नै नगरी चालु आर्थिक वर्षको बजेटमा गरिएका व्यवस्थाहरुमा समेत सरकारलाई कन्भिएन्स गरेका छांै । प्यनमा दर्ता नभई खर्च देखाउन नपाइने व्यवस्थालाई सरकारले एक वर्ष पछि पुनरावलोकन गरेको अवस्था छ । कर्जाको ब्याजको दरमा २ प्रतिशतसम्म गिरावट आएको छ । त्यसका साथै बैंक वित्तीय संस्थाले लिने गरेको सेवा शुल्कमा समेत कमी आएको छ ।
त्यसैले पछिल्लो समयमा महासंघको नेतृत्वले उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा लाभ हुने गरी काम गरेको स्पष्ट छ । महासंघले गरेका यी काम नै पुर्ण होइन । महासंघले गर्नुपर्ने र गर्न सक्ने अझै धेरै काम छन । ती कामहरु गर्नका लागि महासंघ सक्षम पनि छ ।

तपाइले जिल्ला नगर तर्फवाट केन्द्रीय उपाध्यक्षका लागि उम्मेदवारी दिनु भएको छ । तपाइको उम्मेदवारी किन ?

पछिल्लो तीन वर्ष म जिल्लासँग प्रत्यक्ष रुपमा संलग्न हुने अवसर पाएँ । जिल्ला नगरका साथीहरुले परिपक्व निर्णय गर्दै स्थानीय उद्योग व्यवसायलाई बुझेर नेतृत्वमा आउन जिल्ला नगरका साथीहरुको आदेशले गर्दा नै मैले उम्मेदवारी दिएको हो । जिल्ला नगरमा रहेका उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीलाई आवश्यक मात्र सेवा दिन नसकेको तथा त्यहाँका समस्याहरु सरकार समक्ष पुर्याई समाधान गर्न सक्षम केन्द्रीय नेतृत्व हुनु जरुरी भएको भन्दै साथीहरुले मलाई ओदश दिएको हुनाले सोही आग्रहलाई शिरोधार्य गर्दे उम्मेदवारी दिएको पनि हुँ ।
जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या तथा जिल्ला नगर उद्योग बाणिज्य संघको सशक्तीकरणको आवश्यकता छ । त्यसका लागि काम गर्न आवश्यक छ । कुनै पनि कम्पनी दर्ताका लागि संघले दिने सिफारीस देखि आम्दानी सुनिश्चितताका साथै उत्पत्तिको प्रमाणपत्रको पैसा जिल्लाहरुले नपाउने समस्याका विषयमा आवाज उठाउने मेरो लक्ष्य छ । उत्पत्तिको प्रमाणपत्रको पैसा निर्यात हुने जिल्लाले पाउने तर, उत्पादन भएको जिल्लाले नपाउने भन्ने जायज मागका लागि आवाज उठाउने काम गर्नेछु ।


जिल्ला उद्योग वाणिज्य संघहरु दर्ता गर्दा स्थानीय तहले गर्ने । तर, त्यसवाट उब्जेको पैसा आयकर भन्दा पनि धेरै हुने गरेको अवस्था छ । यसरी दर्ता तथा जरीवानाको रुपमा आएका पैसा महासंघ र स्थानीय निकाय, महासंघ र प्रदेश सरकार तथा महासंघ र केन्द्र सरकार मिलेर व्यवसायीलाई सचेतना कार्यक्रम गर्ने गराउने सम्बन्धमा आवश्यक पहल गर्नका लागि पनि मैले उम्मेदवारी दिएको हो ।
त्यसका साथै उद्योग धन्दाका तथ्याङक राख्ने काम गर्न सकिन्छ । त्यसका लागि यसरी उठेको पैसाको कम्तीमा पनि २० प्रतिशत रकम जिल्ला नगरले पाउने विषयलाई वैधानिकता दिनका लागि पनि लाग्नु पर्नेछ । जिल्ला नगरका साथीहरु सबै मिलेको अवस्थामा हामीले यी बाहेकका अन्य धेरै काम पनि गर्न सक्छौ । बैंकहरुले लिने ब्याजदरलाइ कम गर्न सक्छौ । पछिल्लो समयमा बैंकहरुले मनपरी रुपमा लिने सेवा शुल्क त घटाएर देखाइसकेको अवस्था छ ।
उद्योगी व्यवसायीका समस्या समाधानका लागि मात्र नभै नयाँ आउने उद्यमीलाइ समेत आवश्यक सुचना दिनका लागि उद्योगी बाणिज्य संघहरुलाइ सबल बनाउन जरुरी छ । त्यसका साथै जिल्ला नगरका उद्योग व्यवसायको लागि गर्नु पर्ने कामका सन्दर्भमा समेत तयारी गरिसकेको अवस्था छ । हामीले तयार गरेको खाकाको सन्दर्भमा चुनाव सकिएको एक महिना भित्र जिल्ला नगरका साथीहरु विच छलफल गर्नेछौं । जिल्ला नगरका साथीहरुको सुझावलाई पनि समेटेर आगामी १० वर्षका लागि मागदर्शन बनाउने तर्फ हामी लागेका छौ ।


जिल्ला नगरका साथीहरुले स्थानीय तहका उद्योग व्यवसायका सामान्य भन्दा सामान्य समस्याको सन्दर्भमा पनि महासंघको नेतृत्वले बोल्नु पर्ने माग राख्दै आएका छन । अब आउने नेतृत्वले यस्तो गर्न नसकेको खण्डमा महासंघको शाख झनै खस्कने अवस्था रहने देखियो नि ?
यो सही कुरा हो । जिल्ला नगरका साथीहरुले हाम्रो समुहलाई निर्वाचित गर्नु भएको खण्डमा चुनाव सकिएको ६ महिनामा महसुस हुने खालको काम गर्ने प्रतिवद्धता व्यक्त गदर्छु । अहिले एउटा समुह नेतृत्व पनि नचाहिने गरी आफै काम गर्न सकिन्छ भन्ने उन्मादका साथ अघि बढेको देखिन्छ । कुनै एक समुहले हाम्रो नेतृत्वलाई अविश्वासको प्रस्ताव ल्याएर हटाइदिन्छां पनि भनेका छन् । यस्ता विषयहरु प्रति जिल्ला नगरका साथीहरु सचेत भएर हाम्रो टिमलाई विजयी गराउने अभियानमा जुट्नु भएको छ । साथीहरुले हाम्रो टिमलाइ बिजयी गराएपछि हामीले जिल्ला नगरका साथीहरुले अनुभुती गर्ने गरी सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका छौं । सोही अनुसार काम पनि गर्छौ ।
हामीले चुनाव जितेको ६ महिनासम्ममा जिल्ला नगरका साथीहरुलाइ हामीले काम नगरेको भन्ने लागेको खण्डमा हटाउने अधिकार पनि उहाँहरुसंगै छ । जिल्ला नगरका समस्या ठुला उद्योगी व्यवसायीका लागि सानै हुन्छ । ठुला व्यवसायीलाइ सानो समस्याले खासै असर नगरेपनि साना तथा मझौला उद्यमीका लागि तीनै समस्या ठुला हुन्छन । देशैभरी सञ्जाल रहेको उद्योग बाणिज्य महासंघले एक स्थानको उत्पादन सहज रुपमा अर्को स्थानका बिक्री गर्ने बातावरणको विकास मात्र गर्न सकिएको खण्डमा पनि ठुलो काम हुनेछ ।
कुनै एक व्यक्तिले देशै भरी उद्योग व्यवसाय विस्तार भएको भन्दैमा महासंघको नेतृत्वमा आउनु पर्छ भन्ने कुरा होइन । एसोसिएट्सवाट नेतृत्वमा पुग्नु भएकाले जिल्ला नगरलाई जसरी अघि बढाउन लाग्नु भएको छ । यो साच्चीकै मनन योग्य कुरा हो । हामी स्पष्ट विचार सहित बोलेको हुनाले नतिजा ल्याउने गरी अघि वढेका छौ । अहिले जिल्ला नगरको उत्पादनले बजार नपाएर खेर गइरहेको अवस्था छ । त्यसलाई आवश्यक बजार खोज्नका लागि सकरात्मक भुमिका हामीले खोल्नेछौ ।

विगतमा महासंघको पहलमा नै एक जिल्ला एक उत्पादनको अवधारणामा काम सुरु भएको थियो, यस्तै केही सोच्नु भएको छ ?
एक जिल्ला एक उत्पादनको अवधारणामा महासंघले नेपाल सरकारसँग मिलेर काम गरेको हो । अहिले राज्यको संरचना परिवर्तन भएपछि कृषि, शिक्षा तथा स्वास्थमा राज्यले गर्ने काम केन्द्रवाट प्रदेशमा गएको अवस्था छ । प्रदेशले फेरि स्थानीय निकायमा पठाएको छ । महासंघपनि राज्यको नयाँ संरचना अनुसार गएको छ । यति हुँदै गर्दा कानुनको अभाव भएको अवस्था हो । स्थानीय निकायहरु कानुन बनाउन लागि रहेका छन । त्यसले गर्दा यो कार्यक्रमको काम नभएको जस्तो देखिएको हो । यो कार्याक्रम अन्तर्गतको पैसा केन्द्रले प्रदेशमा र प्रदेशले स्थानीय तहमा पठाएको अवस्था छ । राज्यको संरचनामा भएको परिवर्तनले गर्दा काम भैसकेको भने छैन । यो मात्र नभई जिल्ला नगरका उद्योगी व्यवसायीलाई सक्षम बनाउनका लागि धेरै काम गर्नु पर्नेछ । एक जिल्ला एक उत्पादनको जस्तै अरु नयाँ कार्यक्रम अघि सार्ने र त्यसको कार्यान्वायनमा सरकारसँग मिलेर काम गर्ने योजनामा हामी छौं । त्यसैले पनि सबल र सक्षम जिल्ला नगर उद्योग बाणिज्य संघ भन्ने नारालाई हामीले बुलन्द पारेका छौं ।


उद्योग वाणिज्य महासंघमा विगत देखि देखिदै आएको ठुला र साना उद्योगी व्यवसायी विचको द्धन्द्ध अन्त्य गर्नका लागि तपाइको समुहले चुनाव जितेको खण्डमा के पहल गर्ने योजना छ ?
जिल्ला नगरका साथीहरुको सहयोग पाएको खण्डमा यो कुनै ठुलो कुरा होइन । महासंघले ठुला व्यवसयाीको विषयमा वकालत गर्दै आएको छ । गर्नु पनि पर्छ । तर, साना तथा आम व्यवसायीको विषयमा पनि महासंघ बोल्नु पर्छ । यो विषय ठुलो पनि होइन । महासंघले सैद्धान्तीक विषयहरुलाई उठाउने भएकाले सानो ठुलो भन्ने हुदैन । तर, साना उद्योगी व्यवसायीको विषयमा महासंघले गर्नु पर्ने कुरा भनेको उपभोक्ता संरक्षण हित ऐनमा भएका अव्यवहारिक विषयलाई परिमार्जन गर्न जरुरी छ । सरकारी संयन्त्रका कर्मचारीले उद्योगी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने छ । उनीहरुले बनाउने ऐन कानुन उद्योगी व्यवसायीलाई नियन्त्रण गर्ने किसिमको छ ।
उद्योग वाणिज्य मन्त्रालयले उद्योगी व्यवसायीलाई सहजीकरण गर्ने कानुन बनाउनेले उद्योग व्यवसायलाई नियन्त्रण गर्ने कानुन पनि बनाएको अवस्था छ । उद्योगी व्यवसायीलाइ नियन्त्रण गर्नु पर्छ । तर, कार्यान्वयन योग्य ऐन कानुन बनाएर नियन्त्रण गर्नु पर्छ । अहिले ढक तराजु ३५ दिन भित्र नविकरण नगरेको खण्डमा जेलमा राख्ने कानुन बनाइएको छ । अहिलेको अवस्थामा कानुन बनाउँदा हिजोको जरीवानामा सुन्य थप गर्ने, वा को ठाउँमा र राख्ने, एक महिनाको जेल साजायको ठाँउमा एक वर्ष गर्ने गरेर हतारमा झारो टार्ने किसिमले कानुन निमार्ण गरिएको छ । गत असोज भित्र बनाइसक्ुन पर्ने भएकाले यस्तो गरेर कानुन बनाइएकोमा हाम्रो असहमती छ ।
छुट्टै चेम्बर ऐन बन्नु पर्छ, क्रेडिट ऐन, व्यवसायीको लगानी पनि सुरक्षित गरी सुरक्षित कारोबार ऐन आउनु पर्छ । अहिले कारोबार ऐन छ तर, त्यसका केही प्रावधानहरु गलत छन् । राज्य संयन्त्रका कर्मचारीले हामी प्रति देखाउने ब्यबहार गलत छ । यसकारणले पनि व्यवसायीहरुले नचाहेर पनि गलत बाटो अपनाएर व्यवसाय गर्नु पर्ने अवस्था छ ।
कर्मचारीलाइ कारबाही गर्ने भनेको विभागीय कारबाही रे । त्यो पनि गलत नियत देखिएको खण्डमा मात्र कारबाही गरीने भनिएको छ । कर्मचारीको नियत गलत र सही भनेर छुट्याउने मापदण्ड के हो ?

यसले गर्दा पनि व्यवसायीहरुले कुनै निश्चित व्यक्तिको निहीत स्वार्थका लागि काम गर्नु पर्ने अवस्था छ ।
साना व्यवसायीले मिति नाघेको सामान चाहेर किनेको होइन । ६ महिना मात्र म्याद भएका उत्पादनहरु आयात गर्न भन्सारले किन दियो ? भन्सारको त्यो कर्मचारीलाइ कारबाही गर्नु पर्छ की पर्दैन ? अब हाम्रो खुला सिमाना आर्थिक रुपमा शिल गर्नु पर्ने अवस्था आएको छ । करका दरहरु उच्च भएका कारण बोर्डरमा नेपाली क्षेत्रको व्यवसाय सुन्य अवस्थामा छ भने छिमेकी देशपट्टी चहलपहल छ । सरकारले द्धन्द्धका कारणले खर्च धेरै आम्दानी थोरै भएको भन्दै १० प्रतिशतको भ्याटलाई ३ प्रतिशतले वढाएर १३ प्रतिशत कायम ग¥यो । अहिलेको अवस्थामा द्धन्द्ध त छैन । त्यसैले भ्याटको दरलाई घटाउनु पर्नेमा सरकारले त्यसमा कुनै ध्यान नदिएको देखिन्छ । करका दरहरु धेरै भएको खण्डमा चोरी पैठारी बढी हुन्छ । अनियमित कारोबार धेरै हुन्छ । कर, भन्सार, रोजगार तथा बैंक सम्बन्धमा धेरै समस्याहरु छन । यस्ता समस्याहरुलाइ समाधान गर्नका लागि महासंघ लागि पर्नेछ ।
हाम्रो समुहमा यी सबै समस्याका कारण र समाधानका बाटोहरु पहिल्याउने क्षमता राख्ने साथीहरु हुनुहुन्छ । यसमा देशभर साना तथा ठुला सबै उद्योगीको प्रतिक्रिया लिएर अघि वढ्छौ । यसमा राज्यले पनि नीजि क्षेत्रवाट के चाहेको छ भन्ने कुरा स्पष्ट भन्नु पर्छ ।


चुनाव नजिकिँदै छ, मतदाताहरु कत्तिको अलमलमा परेको अनुभव गर्नु भएको छ ?
मदाताहरुले दुबै समुहको कुरालाई गम्भीर रुपमा अध्ययन गरेको देखिन्छ । मतदाताहरु यताको टिम र उताको टिम भन्दा पनि दुबै तर्फ आउने जाने गर्नु भएको छ । मतदाता साथीहरु कसैको दास पनि होइन । वहाँहरु स्वतन्त्र भएको हुनाले हाम्रो टिम विजयको नजिक रहेको स्पष्ट छ । स्वविवेक प्रयोग गर्दा सही निर्णय लिनका लागि साथीहरुलाई अनुरोध गर्दछु ।

बिहीबार सुपा देउरालीको दर्शर्न गर्नुहोस्, आज बिहीबारको राशिफल

वि.सं.२०७७ साल मंसिर ११ गते । बिहीबार । ईश्वी सन् २०२० नोभेम्बर २६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–द्वादशी,अहोरात्र । नक्षत्र–रेवती,४१ घडी ०० पला,बेलुकी १० बजेर ५८ मिनेट उप्रान्त अश्विनी । योग–सिद्धि,०९ घडी ०१ पला,बिहान १० बजेर ११ मिनेट उप्रँन्त व्यातिपात । करण–बव,बेलुकी ०७ बजेर १९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–मीन,बेलुकी १० बजेर ५८ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी २० पला । हरिबोधनी एकादशी व्रत । तुलसी विवाह । भीष्मपञ्चक आरम्भ । चाँगुनारायणमा अखण्डदीप दर्शन ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समयमा सचेत नहुदा आकश्मिक कामहरु बिग्रने तथा व्यापार व्यावसायमा घाटा लाग्नेछ । स्वदेशि उत्पादन भन्दा बिदेशबाट आयात गरिएका बस्तुहरुको बिक्रि बढ्नेछ भने लामो दुरिको बिदेश यात्रा गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । खानपान तथा मौषमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । आफन्त तथा साथिभाईको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेमको बन्धन कसिलो हुँनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् भने सवारि साधन प्राप्तिको योग रहेको छ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । प्राकृतिक स्रोतको साधन जस्तै खनिज पदार्थ,धातु तथा पानिसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले भने सताउने देखिन्छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

प्राबिधिक शिक्षाको सदुपयोग गरि परिणाममुखि काम गर्न सकिनेछ । नबिनतम् बिचारको प्रयोग गरि सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ । सानो लगानिबाट सुरु गरिएका व्यावसायबाट भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुनेछ । पैत्रिक धन सम्पतिको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यावसायबाट आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । धार्मिक अनुष्ठान तथा मन्दिरमा गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

थोरै लगानि गरि छोटो समयमा मनग्गे प्रतिफल प्राप्त गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ । बिभिन्न सामाजिक तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । अध्ययनमा सोचेजस्तो नतिजा ल्याउन सकिने हुनाले मन प्रशन्न रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापारमा व्यावसायमा प्रतिष्पर्धा आम्दानि बढाउँन सकिनेछ । नोकरिमा सहकर्मीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउँनेछ भने पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । सत्रुलाई परास्त गर्न सकिनेछ भने व्यालय तथा अदालतबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । पढन पाढनमा प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफ््ना लेख रचना तथा बिचारहरुलाई सामाजिक सञ्जाल तथा मिडिया मार्फत जनमासमा लैजान सकिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । छोटो दुरिको रमाईलो यात्राको तय गरि दिनलाई रंगिन बनाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिको सहयोग पाईने तथा उनिहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरका लागि समयले साथ लिने हुँनाले मन प्रफुल्लित हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बोलेर गर्ने कुनै पनि पेशा तथा व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफन्तजन तथा परिवारका सदस्यहरुको भेटघाटले दिन रमाईलोका साथ बिताउन सकिनेछ । खेलकुद तथा अन्य गतिबिधिहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुनेछन् भने पढाईमा समय दिन सकिनेछैन । नयाँ मानिसको आगमनले मनमा उत्साह जाग्नेछ । माया प्रेमको सम्बन्ध झन मजभुत हुँदै जाने योग रहेकोछ । व्यापारमा थोरै समय दिएपनि प्रशस्त आम्दानि हुँने हुँदा मन प्रशन्न रहनेछ ।

मनकामनाको दर्शन् गर्नुहोस्, मंसिर १० गतेको राशिफल

वि.सं.२०७७ साल मंसिर १० गते । बुधबार । ईश्वी सन् २०२० नोभेम्बर २५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–एकादशी,५९ घडी २५ । नक्षत्र–उत्तराभाद्रपदा,३४ घडी ५९ पला,बेलुकी ०८ बजेर ३३ मिनेट उप्रान्त रेवती । योग–बज्र,०८ घडी २३ पला,बिहान ०९ बजेर ५५ मिनेट उप्रँन्त सिद्धि । करण–वणिज,बेलुकी ०५ बजेर २४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी २२ पला । हरिबोधनी एकादशी ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

गैर सरकारि सस्था तथा बिदेशि लगानिबाट सञ्चालित सस्थाहरुमा सहभागि भई काम गर्ने अवसर आउँनेछ । लामो यात्राको अभिक सम्भावना रहेको छ भने बिदेशी बस्तुको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ध्यान लिनुहोला । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समयमा काम नबन्ने तथा ऋण लाग्ने हुँनाले मानसिक तनाब बढ्नेछ । हतियार,फलाम तथा आगो सँग सम्बन्धित काम गर्दा वा प्रयोग गर्दा हासियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुँन सक्छ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुँनाले आज मुद्धा मामिलामा सामेल भए हारिने सम्भावना रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाईमा थोरै समय दिदापनि प्रतिस्पर्धिहरुलाई किनारा लगाउदै उत्कृष्ट नतिजा हात लाग्नेछ । जीवन साथिको सहयोेगले आर्थिक व्यावस्थापनका मुद्दाहरु हलगर्दै सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । मायाप्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने सहमती जुट्नेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्नसकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आट तथा पराक्रम बढेर जाने हुनाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । खेलकुद तथा खेल क्षेत्र सँग सम्बन्धित कामबाट भनेजस्तो कमाई हुनेछ । दाजुभाई तथा आफन्त बाट सहयोग पाईने तथा आत्मियता बढेर जानेछ । उत्पादित उद्योगमा लगानि गर्ने गरि पछिको लागि जग बसाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ । पारिवारिक तथा सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।