नेपाली सेनाका डेढ दर्जन अधिकृतहरुको सरुवा

काठमाडौं। नेपाली सेनाले प्रमुख सेनानीसहितका अधिकृतहरुलाई केही दिन अघि काज नियुक्ति (पदस्थापन) र सरुवा गरेका छन्।

प्राप्त जानकारी अनुसार सैनिक प्रहरी गणका प्रमुख सेनानी दिनेश गौतमलाई नेपाली सैनिक वार कलेजमा लगिएको छ।मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख सेनानी सुभाषचन्द महत सैनिक कमाण्ड तथा स्टाफ कलेज पुगेकाे छ।

सेनानी विशालबहादुर शाहको सैनिक प्रहरी गणमा सरुवा भएको छ। अनुशासनहीन सैनिकहरुलाई पक्राउ गरेर थुन्ने सैनिक प्रहरी गण (मिलिटरी पुलिस) मा उनी आइपुगेका हुन्। यसअघि गुणस्तर नियन्त्रण महाशाखामा कार्यरत थिए। सैनिक प्रतिष्ठानका सहसेनानी भीमसेन देवकोटालाई सुरक्षा तथा समारोह व्यवस्था सचिवालय, प्रधानमन्त्रीको कार्यालय, भगवतीदल गणका सहसेनानी भीमबहादुर भुजेललाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ।

चरक (गुप्तचर) बाहिनीका सहसेनानी कृष्णबहादुर थापा सैनिक इण्टेलिजेन्स शिक्षालयमा काज नियुक्ति भएका छन्। प्रधानसेनापतिको कार्यालयमा सहसेनानी राजु श्रेष्ठ आएका छन्। उनी युद्धभैरव गणमा थिए।

गुरुबक्स गुल्मका सहसेनानी सरोज कोइराला,महावीर गण (रेञ्जर) का सहसेनानी अरुण थापा र कालीभञ्जन गण (ई) का सहसेनानी शिखा गुरुङको नेपाली सैनिक प्रतिष्ठानमा पदस्थापन गरिएको छ। नम्बर ६ युद्धकवच गुल्मका सहसेनानी अमिर मोक्तान, नम्बर १५ बाहिनी अड्डाका क्याप्टेन गोविन्द थापा र नम्बर १ राजदल गणका सहसेनानी सुशान्तसिंह भण्डारीको पदस्थापन पनि प्रतिष्ठानमै भएको छ।

सहसेनानी अस्मित सिल्वाल,राजु श्रेष्ठ, डा.अविन अधिकारीलाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ। उनीहरु भैरववाहन गुल्म, भैरवदल गण,वीरेन्द्र अस्पतालमा कार्यरत थिए । पशुपतिप्रसाद गणका उपसेनानी प्रशान्त फडेराको नेपाली सैनिक व्याटल स्कूलमा सरुवा भएको छ। नेपाली सेनाले एकै पटक उनीहरुको सरुवा गरेको हो।

अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं। साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अल टाईलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै अब्दुलरहमान घरीब र ओटाभियोले एक–एक गोल गरेका थिए । यता अल टाईका भिर्गिल मिसिडजानले एक गोल फर्काएका थिए ।

यो जितपछि अल नासर २५ खेलबाट ५९ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको अल हिलाल १२ अंकले अगाडि छ । पराजित भएको अल टाई २२ अंकका साथ १६औँ स्थानमा छ ।

यस्तो छ तपाईंको १८ चैत्र २०८०, आईतवार आजको राशिफल

मेष : आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला, तर मेहनेत अनुसार आर्थिक लाभ भने मिल्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ। हरेक काममा परिवारको सहयोग मिल्नेछ।

वृष : यात्रा सुखद् र रमाइलो हुनेछ। साथीबाट सहयोग मिल्नेछ। खानपानमा सचेत हुनु फाइदा हुन्छ। परिवारबाट राम्रो साथ मिल्नेछ। व्यापार र वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुन्छ।

मिथुन : सिर्जनात्मक बन्ने दिन छ। नयाँ ठाउँको घुमघाम रमाइलो हुनेछ। धर्ममा मन जानेछ। नयाँ साथीसँगको भेटले रमाइलो अनुभूति हुनसक्छ। व्यापारी साथी सकारात्मक छन्। परिवारको साथ प्राप्त हुनेछ।

कर्कट : यात्रा फलदायी हुनेछ। साथीहरुले सहयोग गर्नेछन्। परिवारसँगको सम्बन्ध कसिलो हुने दिन छ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ।

सिंह : शिक्षा भन्दा राजनीतिक क्षेत्रमा मान प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा भने आलोचनाको जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कर्म क्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ।

कन्या : परिश्रमको फल प्राप्त हुनेछ। कर्म क्षेत्रमा राम्रो प्रभाव रहने छ। व्यापार व्यवसायबाट लाभ हुनेछ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग रहनेछ।

तुला : प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। शिक्षा र रोजगारीका क्षेत्रमा लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला।

वृश्चिक : सम्भावनाका ढोका खुल्ने दिन छ। अवसर अगाडि देखेपछि मन खुशी हुनेछ। रमाइलो यात्राको योग छ। आफ्नो क्षेत्रमा बोलीको प्रभाव रहने छ। परिवारको प्रेम निरन्तर रहनेछ।

धनु : तपाईंले गरेको कामको चर्चा हुनेछ। आफ्नो जिद्धिपनलाई कम गर्नु राम्रो हुन्छ। कर्मको फल प्राप्त गर्न सहज हुनेछ। बोलीको प्रभाव रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : रमाइलो यात्राको योग छ। यात्रामा भएको निर्णयले ठुलो फाइदा हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। कामममा तपाईंको मूल्यांकन हुनेछ। परिवारको माया प्राप्त हुनेछ।

कुम्भ : विभिन्न अवसर प्राप्त हुनेछन्। धार्मिक कार्यमा मन जानेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ।

मीन : समय राम्रो छ। लामो समय रोकिएको काम बन्नेछ। झुक्याउने साथीसँग सचेत हुनुपर्छ। सहयोग गर्ने साथीको संख्या पनि उत्तिकै छ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ।

मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु

काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङ रहेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती महिलाको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको हो ।

कति पुग्याे डलरकाे भाउ ?

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया १५ पैसा र बिक्री दर १३३ रुपैया ७५ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ९४ पैसा र बिक्री दर १६८ रुपैयाँ ६९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ ६७ पैसा र बिक्री दर १४८ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७१ पैसा र बिक्री दर ८७ रुपैयाँ १० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २५ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ६९ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८० पैसा र बिक्री दर ८ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४४ पैसा र बिक्री दर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।

इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई, आर्मी क्लब उपविजेतामा सीमित

धरान । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ ।

शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित भएको आर्मी क्लबले रु पाँच हात पारेको छ ।

चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले निर्णायक गोल गरेका थिए । उनले खेल प्रारम्भ भएको चौथो मिनेटमा गोल गरेका हुन् । खेलको प्रारम्भमा नै गोल गरेर अग्रता लिएको चर्च ब्वाइजले अधिकांश समय रक्षात्मक खेलेर विभागीय टोलीलाई अल्मल्याएको थियो । आर्मीका खेलाडीले पाएका गोलका धेरै अवसरलाई सदुपयोग गर्न नसक्दा चर्च ब्वाइज चम्कन सफल भयो । प्रतियोगिताका नायक राजेश नै म्यान अफ दि म्याच घोषित भएर नगद १० हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका प्रवेश दनुवार घोषित भएर नगद रु एक लाख पाए भने उत्कृष्ट डिफेण्डर आर्मीका जितेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका दीप कार्की, उत्कृष्ट फरवार्ड आर्मीका नवयुग श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका सुरजज्यु ठकुरी, उत्कृष्ट प्रशिक्षक सोही क्लबका दर्शन भत्तराज घोषित भएका थिए । उनीहरूले पुरस्कारस्वरुप जनही रु २० हजार प्राप्त गरेका छन् । प्रतियोगितामा सर्वाधिक गोल गरेका डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लब मोरङका विमल घर्ती मगर बने ।

जुरिच स्कुलले विभिन्न कार्यक्रम गरी मनायाे अभिभावक दिवस

काठमाडाै‌ । जुरिच किन्डर गार्डेन अभिभावक दिवस एव‌ ग्राजुएसन विभिन्न कार्यक्रम गरी मनाएकाे छ । जुरिच किन्डर गार्डेनले शनिवार अभिभावक दिवस मनाएको हाे ।

कार्यक्रममा विद्यालय स्थापना भएको सातौँ वार्षिक उत्सवको अवसरमा युकेजी पुरा गरेका विद्यार्थी दीक्षित भएका छन् । कार्यक्रमकाे अवसमार विद्यालयले उत्कृष्ट काम गर्ने शिक्षक, कर्मचारी, सवारी चालक, सिस्टरलाई सम्मान गरेकाे छ ।

सम्मान कार्यक्रममा बिधार्थिहरुबाट बिभिन्न नृत्य गायन फेसन सो योगा प्रस्तुत गरेका थिए । विद्यालायले सुरुदेखि नै डान्स योग कार्यक्रम सञ्चालन गर्दै आइरहेकाे छ । आगमी नया शैक्षिक सत्रबाट थप कराते सञ्चालन गर्ने स्कुलका प्रीन्सिपल अमृत राउतले सम्पत्तिज्यु लाई बताए । उनका अनुसार स्कुलले शिक्षिकाहरुलाई बिभिन्न समयमा तालिम सञ्चालन गर्दै आइरहेकाे छ ।

यस विद्यालकाे शिक्षिक शिक्षिकाहरु नेपालका बिभिन्न विद्यालयहरुमा २/३ बर्ष पढाएको मन्टेशोरि तालिम प्राप्त छन् । शिक्षिक शिक्षिकाबाट पढाई सङ्गसङ्गै वर्षभारि नेपाली चाडपर्बहरुको जानकारी स्कुलको अन्य कार्यक्रम गरेर ४५/४६ वटा पढाई बाहेकको अतिरिक्त कार्यक्रम हुने गरेकाे छ ।

विद्यालले नया शैक्षिक वर्षबाट आफ्नै ios र एनड्राेड एपमार्फत अभिभाकहरुलाई सम्पुर्ण कुराको जानकारि गराउने, नेपालका बिभिन्न विद्यालयका विद्यार्थिहरुसङ्ग नृत्य खेलकुदहरुमा थप पर्टिसिपेन्ट गराउदै लैजाने प्रीन्सिपल राउतले बताए ।

जुरिचको स्थापना २०७४ सालमा ७ जना विद्यार्थीबाट सुरु भएकाे थियाे । हाल उक्त विद्यालमा शिक्षक मात्रै ६६ जना छन् । हाल प्ले ग्रुप नर्सरी एलकेजी युकेजीसम्म सञ्चालन गर्दै आइरहेका विद्यालयले अबका दिनमा थप १/२ कक्ष पनि सञ्चालन गर्ने र डे कियर पनि सञ्चालन गर्ने जनाएकाे छ ।

कारागारभित्र एक कैदीबन्दीको मृत्यु

सुनसरी ।सुनसरीको झुम्का कारागारभित्र शनिबार ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ ।

पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङको साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको करागारभित्रै मृत्यु भएको हो ।

कारागारभित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाइको हत्या भएको दाबी गर्दै घटनाको छानबिन गर्नुपर्ने मृतक न्यायधीशका दाई सुभाष राईले माग गरे ।

न्यायधीशको शरीरभरि निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरेको मृतकका भाउजु उर्मिला राईले दाबी गरिन् ।

कैदीबन्दी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको झुम्का कारागारका प्रमुख धुव्रराज कोइरालाले जानकारी दिए । स्वास्थ्यमा समस्या रहेकाले उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा भर्ना गरेको र उपचारका क्रममा उनको मृत्यु भएको उनको भनाइ छ ।
जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पंगेनीले राईको अस्पताल आउनुअघि नै मृत्यु भइसकेको बताए । पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शव परीक्षण गर्न नदिने र शव नबुझ्ने अडान लिएको छ । शव इनरुवा अस्पतालमा राखिएको छ ।

संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडाै‌ । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

यसअघि चैत १२ गतेका लागि तय भएको बैठक बस्न नसकेपछि आज बिहान बस्न लागेको जनाइएकाे छ ।

बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना छ ।

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

काठमाडाै । आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको सस‌‌द सचिवालयले जनाएकाे छ ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै भन्सार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने कार्यसूची छ ।

त्यसैगरी स‌घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जाेशीले ‘निर्माणमुखी सामाग्री व्यवस्थापन तथा नियमन विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने कार्यसूची छ ।

सरकारले दिएन ब्याज अनुदानको १३ अर्ब, सर्वसाधारणलाई छैन सस्तो ऋण

काठमाडौँ — पछिल्ला केही महिनायता नागरिकले बैंक तथा वित्तीय संस्थाबाट सहुलियत कर्जा पाएका छैनन् । सरकारले उत्पादन अभिवृद्धि, आन्तरिक रोजगारी प्रवर्द्धन, उद्यमशीलता विकासलगायत उद्देश्यले ल्याएको उक्त कार्यक्रम बन्द भएर अथवा म्याद सकिएर नागरिक सुविधाबाट वञ्चित भएका भने होइनन् । ब्याज अनुदानबापतको रकम सरकार (अर्थ मन्त्रालय) ले भुक्तानी नदिँदा बैंकहरूले उक्त कर्जा प्रवाह रोकेका हुन् ।

सरकारले पछिल्लो डेढ वर्षयता (गत आर्थिक वर्षको असोजदेखि हालसम्म) ब्याज अनुदानको पैसा बैंकहरूलाई भुक्तानी दिएको छैन । अनुदानको पैसा भुक्तानी रोकिए पनि सुरुका महिनामा पछि आइहाल्ला भन्दै बैंकले सहुलियत कर्जा प्रवाह रोकेका थिएनन् । भुक्तानी बक्यौता बढ्दै गएपछि पछिल्ला महिनामा भने उनीहरूले नयाँ सहुलियत कर्जा प्रवाह रोकेका हुन् ।

ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रमअन्तर्गत सरकारले दिनुपर्ने करिब १३ अर्ब रुपैयाँ भुक्तानी नपाएपछि नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई ताकेता गर्दै आएको छ । पछिल्लो पटक पनि गत पुससम्मको बक्यौता हिसाब गरेर गत फागुनमा करिब ११ अर्ब भुक्तानीका लागि राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई आग्रह गरेको थियो । राष्ट्र बैंकका अनुसार अहिले लगानीमा रहेकै सहुलियत कर्जाका लागि पनि सरकारले त्रैमासिक रूपमा करिब २ अर्ब रुपैयाँ अनुदान दिनुपर्छ । यसरी हेर्दा अहिले तेस्रो त्रैमास पनि सकिन लागेकाले सरकारले दिनुपर्ने भुक्तानी बढेर करिब १३ अर्ब पुगेको हो ।

०८० माघसम्म १ लाख ३२ हजार ७ सय ६ ऋणीले लिएको १ खर्ब ५४ अर्ब ४३ करोड सहुलियतपूर्ण कर्जा लगानीमा (बक्यौता) छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ५२ हजार ५ सय ७४ ऋणीले १ खर्ब ४ अर्ब ६० करोड कर्जा लिएका छन् । महिला उद्यमशील कर्जाअन्तर्गत ७७ हजार ६ सय २ महिला उद्यमीले लिएको ४७ अर्ब ७३ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । अन्य शीर्षकअन्तर्गत २ हजार ५ सय ३० ऋणीले लिएको २ अर्ब १० करोड कर्जा बक्यौता छ ।

सहुलियत कर्जा उपयोग सम्बन्धमा पनि अनेकै प्रश्न उठेका छन् । यहीकारण कर्जा उपयोगको अवस्था पत्ता लगाउन मूल्यांकन गरिने कार्यक्रम चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिमा उल्लेख छ । अहिलेसम्म न त मूल्यांकनको काम अघि बढेको छ न कार्यक्रम सञ्चालन नै हुन सकेको छ । ब्याज अनुदानसँगै कोरोना बिमा, कृषि बिमा, निर्यातबापतको अनुदानलगायत शीर्षकको अर्बौं रकम सरकारले भुक्तानी दिन सकेको छैन । –कान्तिपुर दैनिकमा खबर छ ।

बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार, एमालेका थपलिया बने दोस्रोपटक आर्थिक मामिलामन्त्री

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्री थपलियालाई प्रदेशप्रमुख शर्माले शनिबार साँझ पद तथा गोपनीयताको शपथ गराएका छन् । थपलिया दोस्रोपटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन् । उनले यसअघि २०७९ पुस २६ गते सो मन्त्रालय सम्हालेका थिए ।

एकैपटक ७४ नासु अफिसरमा बढुवा सिफारिस

काठमाडाै‌ । बढुवा सिफारिस समितिले एकै पटक ७४ नासु तहका कर्मचारीहरुलाई अफिसरमा बढुवा सिफारिस गरेको छ।

बढुवा सिफारिस समितिको शनिबार बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ती कर्मचारीको बढुवा सिफारिस गरेको हो।

कस्ताे रहला आज दिनभरकाे माैसम ?

काठमाडाै‌ । नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । जसकाे प्रभावले आज कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेाकाे छ ।

शिक्षा र सीप भए स्वदेशमा प्रशस्त सम्भावना : कांग्रेस प्रवक्ता डा. महत

नुवाकाेट । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा मानिसको अमूल्य धन भएकाले त्यसमा गरिएको लगानी खेर नजाने बताएका छन् । नुवाकोटको लिखु गाँउपालिका–४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले अभिभावकलाई आफ्ना सन्तती पढाउन कुनै कन्जुस्याइ नगर्न आग्रह गर्दै विद्यार्थीलाई पनि राज्यले उपलब्ध गराएको सुविधा र परिवारबाट पाएको सहयोगको सही रुपमा सदुपयोग गर्न अनुरोध गरे ।

“शिक्षाको लागि राज्यले सुविधा सम्पन्न भौतिक संरचना, आवश्यक जनशक्ति, शैक्षिक गुणस्तर वृद्धिको लागी सहयोगी माध्यम प्रशस्त उपलब्ध गराएको छ ।” पूर्व अर्थमन्त्री महतले भने “सीपयुक्त शिक्षाको ग्रहणबाट स्वदेशमा नै रोजगारको प्रशस्त सम्भावना छ ।” देशमा राजनीतिक अस्थिरता भए पनि त्यसलाई अनावश्यक भ्रम फैलाउन खोज्नेहरुसँग सचेत भएर अहिलेका विद्यार्थी र युवा पुस्तालाई धैर्यता, इमान्दारिता र सहनशीलता कायम राख्न उनले आग्रह गरे ।