काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने मेयर साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् ।

आइतबारको नगर कार्यपालिका बैठकमा उनले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गरेका हुन् ।

मेयर बालेनले वडा क्लिनिकमा एमबीबीएस गरेको डाक्टर भन्दा जनरल फिजिसियन डाक्टर राख्न सकेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो हुने बताए ।

त्यस्तै काठमाडौं महानगरपालिकाको वडाहरूमा हुने विकास निर्माण कामको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव पनि मेयर साहले राखेका छन् ।

वामपन्थी दलहरूबिच मोर्चाबन्दी गरिने ‘प्रचण्ड’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी प्रदेश र सङ्घको चुनावमा यदि नेपाली काँग्रेसले तालमेल गर्न नचाहेमा गठबन्धन भित्रकै वामपन्थी दलहरूबिच मोर्चाबन्दी गरिने बताएका छन् ।

पार्टीका बाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूको पहिलो प्राथमिकता काँग्रेससहित गठबन्धन बनाएर जानेमा जोड रहेको प्रष्ट पारे । यदि काँग्रेसले तालमेलमा सीट संख्या मिलाउने सवालमा कन्जुसाइ गरे विचार मिल्ने गठबन्धनभित्रका कम्युनिस्ट पार्टीसँग मोर्चाबन्दी गरेर जाने बताएका हुन् ।
आगामी चुनावमा गठबन्धन बनाएर जाने विषयमा कुनै दुबिधा नभएपनि सीट बाँडफाँटका कुरा नमिले प्रचण्डले गठबन्धन भित्रकै दलहरू मोर्चा बन्दी बनाएर जाने बताएको केन्द्रीय सदस्य अनिल शर्माले बताए । गठबन्धन भित्रकै वामपन्थी दलहरूबिच पार्टी एकता गर्न संयोजन समिति बनिसकेकाले बलियो कम्युनिस्ट शक्ति बन्ने सम्भावना देखिएको प्रचण्डले प्रष्ट पारे ।

माओवादीको पछिल्लो समय आइडेन्टेटीको समस्या भएको विषयमा समेत प्रचण्डले गुनासो गरेका छन् । पार्टीमा चुनाव लड्ने नेता धेरै भएपनि उनीहरूको पक्षमा मात्रै हाइलाइट हुँदा अरू इमानदार नेताहरू छोपिन सक्ने भन्दै सचेत रहनुपर्ने बताए ।

विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले दिए राजीनामा

काठमाडौँ । विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले आइतबार पार्टी कार्यालयमा सामूहिक राजीनामा दिएका छन् ।

पार्टीले हाल अङ्गीकार गरेको नीति तथा कार्य योजना एकदमै अस्पष्ट र नेतृत्व प्रक्रिया अपारदर्शी रहेको भन्दै उनीहरूले पार्टीले आम नागरिकको अवस्था बदल्ने राजनीतिक कार्यदिशा कार्यान्वयन गर्नेछ भन्नेमा विश्वस्त हुन नसकेको बताएका छन् ।

पार्टीको संस्थापक केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धरले राजीनामा दिएका हुन् ।

नागरिकता विधेयक विधायन समितिमा पठाइने

काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत भएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधनन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रास्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक भदौ १६ गते अपराह्न २ः५९ बजे बस्नेछ ।

कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएका हुन् ।

उनीहरूले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा दिएका छन् । शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको थियो ।

उक्त निर्णयअनुसार नै दुई मन्त्रीले आजै राजीनामा दिएका हुन् । माओवादीले मन्त्री विष्ट र सिंहको ठाउँमा दलकी सचेतक कृष्णा शाह र सांसद रातो कामीलाई सिफारिस गरेको छ ।

ट्रमामा म्याद थपको नाममा रकम असुलीको आरोप

काठमाडौ । स्वास्थ्य मन्त्रालय मातहत रहेको राष्ट्रिय ट्रमा सेन्टरले कमजोर आर्थिक अवस्था भएका आम नेपालीलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको सन्देश एकातिर छ तर यसै अस्पताल भित्र कयौं ज्यालादारी र करार कर्मचारीलाई म्याद थप्दा प्रशासन सेवामा कार्यरत अधिकृत संजय साहले लाखौं रकम संकलन गर्ने गरेको एक पीडितले मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रमोद कुमार यादव समक्ष उजुरी गरेपछि यो तथ्य सगै म्याद थप प्रसङ्गले ट्रमा सेन्टर नै तरङ्गित बन्न पुगेको वीर अस्पताल एक्स्रे शाखाका एक कर्मचारीले सम्पत्ति न्युजलाई बताए।

ट्रमा सेन्टरमा हाल पाँच सय जना स्वास्थ्य कर्मचारीतन्त्र परिचालन भै सेवा दिइरहेका छ्न ।

जस मध्ये झन्डै दुई सय पचास जना विभिन्न सेवामा करार र ज्यालादारी कर्मचारी कार्यरत छ्न।

उनीहरुको ६,६ महिनामा म्याद थप्दै जानुपर्ने अवस्थामा ट्रमा सेन्टर प्रशासनले काम अगाडि बढाउदै आएको छ।
बजारमा बेरोजगारी बढदो छ।

बढदो बेरोजगारको फाइदा लिदै ट्रमा सेन्टरले कम पारिश्रमिकमा पनि धेरै कर्मचारी राखेका छ्न ।

कतिपय कर्मचारीलाई अस्पताल नेतृत्वले कमसेवा सुबिधा दिएर पनि बढी भन्दा बढी काम लागाइरहेका छ्न भने कतिपयले कम काम गरेर पनि सोचे जस्तो सेवा दिन नसकेको परिवेश बीच अस्पताल अगाडि बढिरहेको यथार्थ छ।

स्वास्थ जस्तो संबेदनसिल क्षेत्रमा कार्यरत जनशक्तिलाई समय अनुकूल सेवा सुबिधा उपलब्ध गराउनुपर्ने चुनौतीको सामना गरिरहेको ट्रमा भित्र करार कर्मचारीलाई म्याद थप्ने नाममा खुल्लेआम रकम असुल्ने आतंकले अस्पताल प्रशासन विवादमा तानिएको छ।

माथी हाकिमको नाम देखाएर अधिकृत साहले एक इन्जिनियर संग एक लाख रकम असुलेको पीडितले नै अस्पताल प्रमुख समक्ष उजुरी गरेकाे आरोप पछि प्रमुखले यो बिषयलाई गम्भीरतापूर्वक लिए सगै रकम असुलीको आरोपित अधिकृत साह यतिबेला तनबमा रहेकाे बताइएको छ।

प्राप्त जानकारी अनुसार करार सेवामा कार्यरत इन्जिनियर बिप्लब पोख्रेलले आफू म्याद थपको नाममा प्रशासन शाखामा कार्यरत अधिकृत साहले पटकपटक रकम दिन दिएको दबाब बाट आफू आतंकित भएको भन्दै छानबिन सहित कार्वाहीका निम्ति अपिल गर्दै दिएको रकम तत्काल फिर्ता गराउन प्रमुख समक्ष पेश गरेको निवेदनले म्याद थपको नाममा असुली धन्दा चलेको आरोप पुष्टि हुन बा‌कि छ।

एकातिर सेवासुबिधा कम अर्कोतिर श्रम अनुसारको उचित पारिश्रमिक नपाउदा मनभरी गुनासो बोकेर सेवाभाबका साथ कार्यक्षेत्रमा डटने करार र ज्यालादारी कर्मचारीको मनोबल उच्च राख्नुपर्नेमा दिदै आएको रकम मै आँखा लाउने अधिकृत साहलाई ट्रमा सेन्टरका प्रमुख र भिसी कार्यलयले कसरी लिन्छन र कार्वाही प्रक्रिया कुन ढंगले अगाडि बढाउछ त्यो भने पीडितहरुका निम्ति प्रतीक्षाको बिषय भएको छ।

यसै बिषयमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट यादव संग सम्पर्क गर्दा उहाले निवेदन र उजुरी पर्ने बितिकै त्यो सत्य हुन्छ भन्ने हुदैन मलाई यो बिषयमा जानकारी छैन भन्नुभएको छ भने आरोपित अधिकृत साहले समेत यो समाचारमा सत्यता नरहेको भन्दै समाचारको खण्डन गर्नुभएको छ।

भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काइए

काठमाडौं । काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काइएका छन् । आइतबार भोटाहिटी क्षेत्रमा बनेको सबवेसहितमा अवैध संरचना भत्काइएको हो ।

महानगर प्रमुख बालेन्द्र साह कै अग्रसरतामा काठमाडौं महानगर क्षेत्रमा बनेका अवैध संरचना भत्काउन थालिएका छन् ।

अनुमति नलिई, नक्सा पासविपरीतलगायत अवैध संरचना भत्काउन महानगरको टोलीलाई डोजरसहित तयारी अवस्थामा राखिएका छन् ।

१० दिनपछि नागरिकता विधेयक राष्ट्रिय सभामा

१२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे आज राष्ट्रिय सभाको बैठकमा जानकारी गराइँदै छन् ।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ । सम्भावित कार्यसूची अनुसार बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।

संघीय संसदका दुवै सदनबाट पारित भई नागरिकता विधेयक साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै विधेयकलाई प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन् ।

फिर्ता भएको विधेयक प्रतिनिधिसभाबाट २ भदौमा हुबहु पारित भइसकेको छ । २ भदौमै प्रतिनिधिसभाल पारित गरेको विधेयकबारे १० दिन पछाडि राष्ट्रिय सभामा जानकारी गराउन लागिएको हो ।
राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक संसदको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ ।

आइतबार राष्ट्रियसभामा फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल हुनेछ । राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक जस्ताको तस्तै वा संशोधन सहित पारित गरी पुनः राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउन सक्छ ।

विधेयक पुनः संघीय संसदबाट पारित भएर गएपछि राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानतः फेरि पारित भएर गएको विधेयक फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई छैन ।

स्कुटर र मोटरसाइकल आपसमा ठोक्किदा एकको मृत्यु, ३ जना घाइते

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-६ अर्थोपेडिक अस्पताल नजिकै स्कुटर र मोटरसाइकल आपसमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएका छन् ।

३ जना गम्भीर घाइते भएका छन् । काठमाडौंंकै शंकरापुर नगरपालिका-५ पालुबारीका ३५ वर्षीय प्रहरी हवल्दार बालकुमार कटुवालको मृत्यु भएको छ ।

नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराति पौने १२ बजे मृत्यु भएको प्रहरीले जानएको छ । उनी प्रहरी प्रभाग साँखुमा कार्यरत थिए ।
दुर्घटनामा घाइते भएका जोरपाटी निवासी ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठ र २० वर्षीय रोजित गाइजुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अधिकार हुँदा प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित हुँदैन : प्रमुख शाह

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आफूसँग भएको कार्यकारिणी अधिकार प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित नहुने आफूमा दृढ मान्यता रहेको बताएका छन् ।

अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख शाहले यस्तो बताएका छन ।

नेपालको संविधान र कानूनले काठमाडौं महानगरपालिकालाई कानून बनाउने व्यवस्थापिकीय अधिकार, कानून कार्यान्वयन गर्ने कार्यकारिणी अधिकार तथा विवाद निरुपण गर्ने न्यायिक अधिकार सुम्पिएको छ । अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) ले दिएका छन् ।

प्रमुख शाहले विज्ञप्तिमार्फत भन्नुहुन्छ, ‘कार्यकारिणीको अकर्मण्यताबाट सृजित दण्डहीनताको अवस्थाले गर्दा आज भयावह समस्याका उपक्रमहरु विकसित भएका हुन् । तसर्थ, न्यायिक निरुपण पछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौँ महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’ अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानूनी कार्यको थप निरन्तरता रोक्न अहिले आफू मूलतः रोकथाम तथा नियन्त्रण सम्बन्धी कारवाहीको चरणमा रहेको प्रमुख शाहको भनाइ छ ।

प्रमुख शाहले जारी गर्नुभएको विज्ञप्ति

अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा

कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानुनी आधार स्वतः शून्य हुन्छ । आफ्नै स्वामित्वको वा भोगाधिकार प्राप्त गरेको जग्गामा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले पनि महानगरको स्वीकृती विना निर्माण कार्य गर्न पाउदैनन् । साथै, निर्माण सम्पन्नताको प्रमाणपत्र लिने क्रममा अब उप्रान्त थप संरचना निर्माण नगर्ने र त्यसो गरेको खण्डमा महानगरले आदेश दिएका बखत भत्काउनेछु भनी महानगरसंग सम्बन्धित व्यक्ति वा संस्थाले कवुलियत गरेका हुन्छन् । महानगरले आफ्नो नियामक दायित्व पूरा गर्ने क्रममा यस तथ्यलाई पनि विशेष ध्यान दिएको छ ।

कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैंले गरेको कवुलियत उल्लङ्घन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व हो । कानुनको अनुपालना गर्न ३५ दिनको सूचना दिँदा पनि अटेर गरेपछि गैरकानूनी कार्यको रोकथाम तथा नियन्त्रण गर्न महानगरीय प्रहरी बलको परिचालन गर्नु पर्ने परिस्थिति आएको सर्व विदितै हो । स्मरण रहोस्, भूइँ तला वा बेसमेन्टमा पार्किङ्ग गर्ने गरी भवनको नक्सा स्वीकृती लिएका व्यक्ति वा संस्थाले सो वापत महानगरबाट तला थप लगायतका विभिन्न सुविधा पनि लिइरहेका छन् ।

तर कतिपय व्यक्ति वा संस्था आफूले महानगरबाट पाउने सवै सुविधा लिने तर कवुलियतनामाका शर्तहरु भने उल्लङ्घन गर्ने गरेको अवस्था व्यापक छ । नेपालको संविधान र कानूनले काठमाडौं महानगरपालिकालाई कानून बनाउने व्यवस्थापकीय अधिकार, कानुन कार्यान्वयन गर्ने कार्यकारिणी अधिकार तथा विवाद निरुपण गर्ने न्यायिक अधिकार सुम्पिएको छ । वर्तमान अवस्थामा अनधिकृत संरचना हटाउनका लागि महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरेको हो । अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनको लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ ९२० ले दिएको छ ।

कतिपयले अनधिकृत संरचना हटाउनु पूर्व न्यायिक निरुपणको पनि अपेक्षा गर्नु भएको रहेछ । गैरकानूनी कार्यको निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गर्नु पर्ने हुन्छ । त्यसपछि मात्र दोषीलाई कारवाही गर्न न्याय निरुपण गरिन्छ । कानुनको अनुपालना गराउने क्रममा भएको कार्यकारिणी वा प्रशासकीय अधिकार प्रयोगको औचित्य यसै सन्दर्भमा बुझ्नु उचित हुन्छ ।

आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित हुँदैन भन्ने हाम्रो दृढ मान्यता छ । कार्यकारिणीको अकर्मण्यताबाट सृजित दण्डहीनताको अवस्थाले गर्दा आज भयावह समस्याका उपक्रमहरु विकसित भएका हुन् । तसर्थ, न्यायिक निरुपण पछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भूइँ तला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानुनी छ । अब मिचाहा बर्गलाई कानुन मिची रहन र अझ मोटाई रहन दिने छैनौँ । आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा हामी विश्वस्त छौँ । सकेसम्म मिचाहा प्रवृित्तको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प हामीसँग खुल्ला छन् । अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानूनी कार्यको थप निरन्तरता रोक्न अहिले हामी मूलतः रोकथाम तथा नियन्त्रण सम्बन्धी कारवाहीको चरणमा छौँ ।

चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।

फर्निचर उद्योगमा आगलागी

झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा लगभग रु १५ लाख बराबरको क्षति भएको हो। गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२ स्थित गौरादह बजारमा सञ्चालन गर्नुभएको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट फर्निचरको छेउमा रहेको बास र टिनको छानो भएको टहरा पूर्णरूपमा जलेर नष्ट भएको छ भने उक्त टहराभित्र रहेको मेसिन, काठ र फर्निचर जलेर करिब रु १५ लाख बराबरको क्षति भएको हो ।

आगलागी नेपाल प्रहरी, स्थानीयवासी, गौरादह, दमक नगरपालिका र कमल गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।

आज पिपुल्स पावर कम्पनीको आइपिओ आइतबार बाँडफाँट हुँदै

काठमाडौँ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौँमा दिउँसो २ बजे आइपिओ बाँडफाँट गर्ने तयारी भएको छ। यसको प्रि-अलोटमेन्ट गत बुधबार नै सम्पन्न भइसकेको छ।

यसमा मागभन्दा ७।९३ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आइपिओ बाँडफाँट हुनेछ। जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ।

यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन्। कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ जारी गरेको थियो।

खाने तेल बोकेको ट्रक खस्यो त्रिशूलीमा

धादिङ । विराटनगरबाट खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ना५ख ५९५५ नं.को ट्रक पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ जरेखेतमा दुर्घटना भएका छन् ।

सडकबाट करिब २०० फिट तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टिको भागमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

एमालेको निर्णय ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्दै चुनावमा जाने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै एमालेले चुनावमा जाने निर्णय गरेका छन्।

केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले ४ मंसिरमा निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेका छन्।