पशुपतिनाथको दर्शन् गर्नुहोस्, (कात्र्तिक ३ गतेको राशिफल)

वि.सं.२०७७ साल कार्तिक ०३ गते । सोमबार । ईश्वी सन् २०२० अक्टोबर १९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि– तृतीया,३१ घडी ४४ पला,बेलुकी ०६ बजेर ४८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–विशाखा,१२ घडी ३२ पला,बिहान ११ बजेर ०७ मिनेट उप्रान्त अनुराधा । योग–आयुष्मान,३२ घडी ३७ पला,बेलुकी ०७ बजेर ०९ मिनेट उप्रान्त सौभाग्य । करण– तैतिल,बिहान ०७ बजेर ५६ मिनेट उप्रान्त गर,बेलुकी ०६ बजेर ४८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २९ मिनेट । दिनमान २८ घडी २५ पला । शारदीय नवरात्र।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आश्वासन बाढ्ने तथा काम गर्दिन्छु भनेर रुपैया पैसा माग्नेहरुदेखि सजक रहनुहोला फसाउँन सक्छन् । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने हुँदा लामो समय सम्म त्यसको प्रभाव देखिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । घर परिवार तथा आफन्त सँग घरायसि कुरामा राय बाजिनेछ भने जीवन साथिसँगको सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

दाजुभाई तथा छिमेकिको सहयोगले परिणाममुखि काम गर्न सकिने समय रहेकोछ । तपाईले शुरु गरेको काममा सबैको सहयोग तथा समर्थन रहनेछ । काम गर्ने शैलि परिवर्तन गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । अदालति तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने पुराना बिवादहरु साम्य गर्न सकने समय रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै गन्तब्य पहिल्याउन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ । पारिवारिक तथा सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिभिन्न अवसरहरु आउँने भएपनि ति अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । सामाजिक काम गर्ने बाताबरण बन्ने भएपनि जनतासँग सन्तुलित व्यावहार गर्न नजान्दा पद प्राप्तिको योग टरेर जानेछ । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुँनाले घरायसि कामहरु थाति रहनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ भने बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने आएस्रोतका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । नयाँ काम गरि मनग्गे लाभ लिन सकिनेछ भने समय र श्रमको उचित मुल्याङकन हुँदा मन प्रशन्न रहनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै सबैको मन आफुतिर आकर्शित गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउने तथा बढुवा हुँने योग रहेको छ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ ।

राष्ट्र बैंकले ११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ ।

सोमबार बोलकबोल प्रक्रियामार्फत टे«जरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल टे«जरी बिलमध्ये रु सात अर्ब २० करोड गत वर्ष बिक्री गरिएको टे«जरी बिलको नवीकरण हो भने रु चार अर्ब नयाँ हो ।

केन्द्रीय बैंकका अनुसार रु चार अर्ब बराबरको टे«जरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।

प्रतिकिलो रु ५६० मा खसीबोका बिक्री

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो रु ५६० मा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ । दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादशैँका लागि पहिलो चोटि खसी तथा बोका काठमाडौँ आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो ।
निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा रु दश छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ आइपुगेका चौपायाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण शुरु हुनेछ । प्रतिकिलो रु ५५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरुप खसीबोकामा प्रतिकिलो रु दश छुट दिइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुुसार पहिलो चरणमा दाङबाट दुई सय र मकवानपुरबाट २०५ गरी ४०५ खसीबोका काठमाडौँ आइपुगेको छ । यस वर्ष कम्पनीले दुई जिल्लाबाट एक हजार खसीबोका ल्याउने तयारी गरेको छ । मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य भएपछि अन्तिममा नल्याउने निर्णय भएको जनाइएको छ ।

अफगानिस्तानमा भएको झडपमा सात सैनिक र पाँच तालिबानको मृत्यु

काठमाडौँ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको सहिब जिल्लामा शनिबार राति अफगानिस्तानको सुरक्षा अधिकारी र तालिबानी लडाकूहरुबीच भएको झडपमा परी सात जना सैनिक मारिएका छन् ।

सो झडपमा परेर अरु कम्तीमा पनि पाँच जना तालिबानी लडाकूको मृत्यु भएको एक स्थानीय अधिकारीले आइतबार पुष्टि गरेका छन् । कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा भएको झडपमा परी ती सैनिक मारिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार उक्त क्षेत्रमा रहेको सुरक्षा जाँच चौकीमा ठूलो संख्यामा आएका लडाकूहरुले हातहतियारले आक्रमण गरेपछि दोहोरो भिडन्त भएको थियो ।सो भिडन्तका क्रममा ती सैनिक मारिएका बताइएको हो । त्यसैगरी सो झडपका क्रममा अरु पनि केही सैनिक घाइते भएका पनि बताइएको छ ।

उक्त जिल्लामा केही दिनयतादेखि तालिबानी लडाकूहरुले निरन्तर आक्रमण गर्दै आएका छन् । उता कतारको दोहामा अफगान सरकार र तालिबानीबीच शान्ति वार्ता जारी रहेको छ । तर पनि यता भने तालिबानीहरुले आक्रमण गर्न छोडेका छैनन् ।

विश्वमा कोभिड १९ सङक्रमितको संख्या तीन करोड ९५ लाख नाघ्यो

काठमाडौँ । विश्वमा कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ ।
उक्त विश्वविद्यालयका अनुसार विश्वभरी तीन करोड ९५ लाख २ हजार ९०९ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख ६ हजार ७०५ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।

यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये दुई करोड ७१ लाख ४८ हजार ९२७ व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८० लाख ८६ हजार ७८० व्यक्ति सङ्क्रमित रहेका छन् ।

कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख १८ हजार ८० जनाको मृत्यु भएको छ ।
उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् । यद्यपी अमेरिकामा ३१ लाख ९७ हजार ५३९ व्यक्ति कोरोना भाइरस मुक्त भएका पनि विश्वविद्यालय जनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७४ लाख ३२ हजार ६८० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् भने ब्रांजिलमा ५२ लाख ३०० व्यक्ति कोरोना सङ्क्रमित रहेका विश्वविद्यालयले जनाएको छ । रुस चौथो स्थानमा रहेको यहाँ १३ लाख ७६ हजार २० जना सङ्क्रमित रहेका छन् ।

विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६५ लाख २४ हजार ५४९ व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई ‘विश्व महामारी’को घोषणा गरेको थियो ।

सचिब सरुवा सच्चाइयो,संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा एकनारायण अर्याल

काठमाडौँ । गत बिहीबार भएको सचिवहरुको सरुवा पुनः सच्याइएको छ ।

नयाँ मन्त्रीहरूले शपथ खाएकै दिन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले १० जना सचिवको सरुवा गरेको थियो । जसमा तीन सचिवको सरुवा पुनः सच्चाईएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद कोइरालालाई पुनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएकोमा सच्याएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने सामान्य प्रशासन मन्त्रालयमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल आएका छन् । यसअघि अर्यालको उनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको थियो । सचिव यादवले यसअघि आफै सामान्य प्रशासन मन्त्रालयबाट सरुवा मागेर गएका थिए ।

यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको युवा तथा खेलकुद मन्त्रालयमा भएको थियो । अहिले सच्याएर सार्वजनिक खरिद अनुगमन कार्यालय पुर्‍याइएको छ । सार्वजनिक खरिदमा सरुवा भएका रामप्रसाद थपलिया यथास्थानमै रहेको छ ।

त्यसैगरी यसअघि जल तथा ऊर्जा आयोगमा सरुवा भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रस्टको कार्यालयमा कार्यकारी सचिवमा सरुवा गरिएको छ । ट्रस्टका सागरकुमार राईलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा ल्याइएको छ ।

सरुवा भएका नयाँ सुचीअनुसार सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय(सिँचाइ), उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालयको सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय(सिँचाइ)का सचिव रबिन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ ।

थप १२ जनाको संक्रमणबाट मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको कुल संख्या ७ सय ३९ पुगेको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उपत्यकामा थप १ हजार ६ सय ९८ संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरमा १ सय ३० जना कोरोना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभभर २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

थप २९४२ जनामा संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार ३ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ भने ४ हजार ८ सय ३१ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ३९ पुगेको छ।

सुनको मुल्य ४ सयले बढ्यो

काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाल सुन आज प्रतितोला ४ सयले बढेको हो । शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ९४ हजार ९०० रुपैयाँ पुगेको सुनचाँदी महासंघले जनाएको हो ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शु्क्रबार तोलामा १२ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो।

न्यादी फिदी जलविद्युत्तको लागि यी चार बैंकले दिए ३ अर्ब बढी रकम

काठमाडौं । न्यादी फिदी जलविद्युत् आयोजनामा लगानी जुटेको छ । लमजुङमा निर्माण हुन लागेको उक्त आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा चार वाणिज्य बैंकले ऋण लगानी गर्ने भएका हुन् ।

आयोजनामा माछापुच्छ्रे सहित बैंक अफ काठमाडौं, सानिमा बैंक र सिभिल बैंकको ३ अर्ब ८ करोड ऋण लगानी रहनेछ । यसका लागि गत बिहीवार प्रवद्र्धक कम्पनी नर्थ समिट हाइड्रो र बैंकहरूबीच वित्तीय व्यवस्थापन सम्झौता भएको छ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले उक्त आयोजनामा लगानी गर्नेगरी वित्तीय व्यवस्थापन सम्झौता भएको जानकारी दिए ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापा र कम्पनीका प्रबन्ध निर्देशक बालेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका हुन् । अन्य बैंकहरूका प्रतिनिधि भने भर्चुअल माध्यमबाट सहभागी थिए ।

नर्थ समिट हाइड्रोले लमजुङमा २१ दशमलव ४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्दै छ । त्यसमा रू। ४ अर्ब ११ करोड लगानी लाग्ने अनुमान छ । उक्त बैंकहरूले त्यसको ७५ प्रतिशत रकम ऋण लगानी गर्ने भएका हुन् । बाँकी रहेको २५ प्रतिशत लगानी भने शेयरधनीमार्फत स्वपूँजीको रूपमा जुटाउने कम्पनीको योजना छ, जसबाट रू। १ अर्ब ३ करोड लगानी जुट्नेछ । आयोजना निर्माणका लागि लगानी जुटाउने बाहेक अन्य तयारी लगभग सम्पन्न भएको कम्पनीले बताएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद सम्झौता समेत भइसकेको छ । कम्पनीले प्राधिकरणसँग हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्खामा ४ रुपैयाँ ८० पैसाको दरमा पीपीए गरेको छ । साथै, विद्युत् विकास विभाग, उद्योग विभाग, वन तथा वातावरण मन्त्रालयबाट गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा भइसकेको छ । अहिले आयोजनाको ‘प्रि–कन्स्ट्रक्सन’ अन्तर्गत आयोजनास्थलमा सडक पहुँच पु¥याउने काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक बालेन्द्र क्षेत्रीले बताए । आयोजनास्थलमा सडकको पहुँच पुगेपछि निर्माण शुरू गरिने उनको भनाइ छ । चालू आर्थिक वर्षमै निर्माण थालिने उनले बताए । साथै, निर्माण शुरू गरेको ३ वर्षभित्र आयोजना सम्पन्न हुने उनको भनाइ छ । उक्त आयोजनामा २ हजार ३०० मिटर सुरुङ १ हजार ४३३ मिटर पाइपलाइन रहने बताइएको छ ।

गाडी दुर्घटनामा ५ जनाको ज्यान गयो

विराटनगर । आज बिहानै गाडी दुर्घटनामा परी ५ जनाको ज्यान गएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घटनामा परेको हो ।

दुर्घटनामा थप तीनजना घाइते भएका छन् । उनीहरुको अवस्था गम्भिर रहेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिए ।

गाडी सडकबाट करिब ९०० मिटर तल खसेको छ ।

दुर्घटनामा मृत्यु भएकामध्ये दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतक अन्य तीन जनाको पहिचान हुन बाँकी छ ।

दुर्घटनामा मृत्यु भएकामध्ये अन्दाजी ३०–३२ वर्षका पुरुष, ३०–३५ वर्षका पुरुष र अर्की ३०–३५ वर्षकी महिलाको पहिचान खुलेको छैन । पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै ज्यान गएको हो । ट्राफिक प्रहरी उपरीक्षक दासका अनुसार ब्रेक फेल भएर स्कारपियो दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

दुर्घटनामा परेर ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् । घाइतेलाई कटारी अस्पताल हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको छ ।

मिर्गौलापीडितका लागि उठ्यो साढे छ लाख सहयोग

तनहुँ । दुवै मिर्गौला फेल भएर डायलासिस गराइरहेका तनहुँको व्यास नगरपालिका–१४ निवासी सन्तोष रानामगरलाई अमेरिकाबाट रु साढे ६ लाख सहयोग जुटेको छ । अमेरिकाको टेक्सास र न्यूयोर्कमा रहेका भीम थापा, भुवन आले, आशिष थापा र कुलदीप रानामगरको पहलमा रु छ लाख ४५ हजार २१० सहयोग जुटेको हो ।

उक्त रकम शनिबार पीडित रानालाई हस्तान्तरण गरिएको छ । रकम सङ्कलनकर्ता भीम थापाका बुवा ताराबहादुर थापा र सोही वडाका अध्यक्ष काजीमान श्रेष्ठले पीडितको घरमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । अमेरिकामा रहेका नेपालीहरुले सङ्कलन गरेको रकमले पीडितको उपचारमा सहयोग पुग्ने वडाध्यक्ष श्रेष्ठले बताए ।

यसअगाडि स्थानीय युवाले गठन गरेको सन्तोष बचाउ अभियानमार्फत रानाको उपचारका लागि रु छ लाख ५८ हजार ६२४ सहयोग सङ्कलन भएको थियो । उक्त रकम पनि पीडितलाई हस्तान्तरण गरिसकिएको छ । सन्तोष बचाउ अभियानका संयोजक युवराज आलेले वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली, जिल्लाभित्रकै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग रकम सङ्कलन गरिएको जानकारी दिए ।

मिर्गौलापीडित रानाले देश तथा विदेशबाट उपचारका लागि सहयोग गर्ने सबै सहयोगदाताप्रति आभार व्यक्त गर्दै अब बाँच्ने आशा पलाएको बताए । गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि रानाले डायलासिस गर्दै आएका छन् । “मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पथ्र्यो, देश तथा विदेशबाट सहयोग जुटाइदिने सबैप्रति आभारी छु”, उनले भने, “अब बाँच्ने आशा पलायो ।”

तीन दिने पृतनापति सम्मेलन आजबाट सुरु

काठमाडौँ । नेपाली सेनाले आजदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड–१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आकलन र भावी रणनीतिबारे समीक्षा हुने जनाइएको छ । सम्मेलन भर्चुअल माध्यमबाट हुने छ ।

सेनाका ८ पृतनापतिले सम्मेलनका क्रममा तत्तत्स्थानबाट आआफ्ना कार्य क्षेत्रमा भएगरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

सेनाको पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वी पृतनापतिमा सुरेश कार्की, मध्यपृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा छन् ।

उपरथीको नेतृत्वमा रहने सेनाका पृतना इटहरी, धनुषा, हेटौंँडा, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छन् ।

यो सम्मेलन प्रत्येक ६–६ महिनामा नियमितरुपमा हुने गर्छ ।

टीकापुरमा एकै दिन ११ भवन उद्घाटन

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले एकै दिन ११ नयाँ भवन उद्घाटन गरेको छ । पछिल्ला दुई वर्षयता भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएको नगरपालिकाले शनिबार दुई वडा कार्यलय भवन, एउटा शहरी स्वास्थ्य केन्द्र र कुन्ती टोलको दलित बस्तीका आठवटा घर उद्घाटनसहित हस्तान्तरण गरेको हो । नगरपालिकाले आफ्नै कार्यालय नभएका वडा, शहरी स्वास्थ्य केन्द्रका भवन निर्माणलाई प्राथमिकता दिएर निर्माण गरेको हो ।

वडा कार्यालय भवन ४० प्रतिशत नगरपालिका र ६० प्रतिशत जिल्ला समन्वय समिति कैलालीको साझेदारीमा निर्माण गरिएका हुन् भने शहरी स्वास्थ्य केन्द्र सङ्घीय सरकारको सशर्त अनुदानबाट निर्माण गरिएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए । यस्तै कुन्ती टोलको दलित बस्तीमा निर्माण गरिएका आठ घर तराई–मधेस समृद्धि कार्यक्रम र टीकापुर नगरपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएका हुन् ।

यी सबै संरचना रु दुई करोडको लागतमा निर्माण सम्पन्न भएका इञ्जीनियर नवराज जोशीले बताए । “यी सबै संचरनाको रकम जोड्दा रु दुई करोड खर्च भएको छ”, जोशीले भने, “भवन निर्माणकार्य समयमै सम्पन्न भएका छन् ।”

नवनिर्मित संरचनाको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका प्रमुख रावलले अब टीकापुर नगरपालिकामा १ नं बाहेकका सबै वडा आफ्नै भवनबाट सञ्चालन भएको बताए । “हामी जनप्रतिनिधि भएर नगरपालिकाका प्रवेश गर्दा भौतिक संरचना सम्पन्न गराउने भनेका थियौँ”, तीन वर्षमा सबै कार्यालय आफ्नै भवनबाट सञ्चालन भएका छन् । आठ वडामा रहेका स्वास्थ्य संस्था, वडा कार्यालयलगायत कार्यालयका आफ्नै भवन बनेका छन् ।”

नगरप्रमुख रावलले आफ्नै भवन भएर पनि साँघुरो भएर गुजारा गरिरहेका केही स्वास्थ्य संस्थाका भवन निर्माणाधीन अवस्थामा रहेको समेत बताए । “नगरपालिकाले भवन निर्माणपछि आवश्यक सामग्री, घेरा पर्खालजस्ता संरचनासमेत बनाउनेछ”, रावलले भने, “यी सबै संरचना बनाउनुको एउटै उद्देश्य नागरिकलाई सेवा प्रवाहमा सहजता होस् भन्ने हो । कार्यालय भवन सार्ने झण्झट पनि अन्त्य हुने भएको छ ।”

नगरपालिकाले भवन हस्तान्तरण गरेपछि टीकापुर–७ कुन्तीटोलका दलित बस्तीमा खुशीयाली छाएको छ । घर पाएपछि उनीहरु मख्ख भएका छन् । “वर्षौँदेखि खरले छाएको चुहिने छानामा जीवन बिताएँ”, नयाँ भवन पाएकी आइती सुनारले भने, “अब त पक्की घरमा बस्न पाइने भयो । दुई कोठाको जस्ताले छाएको घर, बरण्डा पनि बनाइदिएको छ । म त निकै खुशी छु । बल्ल सरकार गाउँमा आएछ ।” आइतीजस्तै कुन्तीटोलका नयाँ घर पाएका अन्य परिवार पनि खुशी छन् । उनीहरु अब वर्षेनी नदी कटान र बाढीको डुबानबाट बच्न सकिने बताउन थालेका छन् । “सरकारले घर बनाइदियो, अब ढुक्कले घरमा सुत्न पाइने भयो”, सुनार भन्छन्, “यहाँ बाटोघाटो पनि विकास गरिदिनुपर्छ । मोहना नदीमा निर्माणाधीन तटबन्ध धमाधम निर्माण गरिए हामी नदी कटानको जोखिमबाट समेत बच्नेछौँ ।”