नाडामा देखिएका समस्या समाधान गर्न मेरो उमेद्वारीः अध्यक्षका उमेद्वार ध्रुव थापा

काठमाडौं-‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल्स व्यवसायसीको साझा’ भन्ने मूल नाराका साथ शनिवार बिहान ध्रुव थापा समूहले काठमाडौंको होटल क्राउन इम्पेरियलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनको सम्बन्धमा अन्तक्रिया तथा छलफल कार्यक्रम गरेको छ ।

काठमाडौं बाहिर रहेका अटो व्यवसायीहरुसँग छलफल गर्न टिम निस्कनु अघि भएको उक्त अन्तक्रियामा नाडामा देखिएका समस्या समाधान गर्न नै आफुले अध्यक्ष पदमा उमेद्वारी दिएको ध्रुव थापाले बताउनुभयो ।

मंसिर २३ र २४ गते आयोजना हुने नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको साधारण र निर्वाचनको कार्यक्रममा ध्रुव थापा समूहले कसरी यो क्षेत्रको समस्या पहिचान र त्यसको निराकरण गर्न सकिन्छ भन्ने विषयमा काठमाडौंमा रहेका व्यवसायीहरुसँग छलफल गरेको हो ।

नाडाको अध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेका ध्रुव थापा र उहाँको प्यानलबाट निर्वाचन लड्न लागेका १६ सदस्यहरु टुङ्गो लागेसँगै काठमाडौंमा छलफल गरेर टिम पश्चिम नेपालको भ्रमणमा निस्केको हो ।

अन्तक्रिया कार्यक्रम नाडाका वर्ततमान कार्यसमिति सदस्य कपील सिवाकोटीले संचालन गर्नु भएको थियो ।

यस कार्यक्रममा नेपालका पुराना अटोमोवाइल्स व्यवसायी शेषनारायण श्रेष्ठ लगायत काठमाडौँका सम्पूर्ण स्पेयर्स पार्टस् व्यवसायीहरुको सभागिता रहेको थियो ।

उपस्थित व्यवसायीहरुसँग अध्यक्षका प्रत्याशी थापा लगायतका सम्पूर्ण सदस्यका उमेद्वारले नाडामा देखिएको विद्यमान समस्या र समाधान सम्बन्धी विषयमा व्यापक छलफल गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष पदको उम्मेद्वार थापाले विगतमा दुई पटक नाडाको उपाध्यक्ष पदमा रहेर काम गरेपनि अझै आफुलाई नेतृत्व गर्न नसक्ने आरोप केही साथीहरुले लगाउने गरेको भन्दै उहाँले भन्नुभयो, ‘हरेक संघ संस्थामा बसेर मैले कुसल नेतृत्व दिएको छु ।

यो क्षेत्रमा रहेका सानादेखि ठूला समस्यासँग म जानकार छु, विगतदेखिनै तपाईहरुको बीचमा रहेर काम गरेको छु । तपाईहरुको हरेक समस्या आफैँलाई परेको सम्झेर काम गर्ने छु ।’

३१ वर्ष अगाडि जिल्लाबाट सानो व्यपारीका रुपमा यस क्षेत्रमा आफु प्रवेश गरेको बताउँदै थापाले भन्नुभयो, ‘नाडाको तर्फबाट नेपाल सरकार र प्रदेश सरकारहरुसँग गर्ने नीतिगत तहका छलफल गर्नु पर्ने अवस्था छ ।

यो क्षेत्रमा रहेका सबै साना, मझौला र ठूला व्यवसायीले नाडा मेरो संस्था हो भनेर गर्व गर्न सक्नु पर्छ । त्यसको लागि नेतृत्वलाई आवश्यक पर्दा सदस्यहरुले आफुसँगै पाउनु पर्छ ।’

आफू नाडामा २०औँ बर्षदेखि प्रत्यक्ष सकृय भएर लागेको र मफोसलबाट प्रतिनिधित्व गर्दा नाडालाई देशव्यापी रुपमा बिस्तार गर्नु पर्छ भनि पटक पटक आवाज उठाउँदै आएको सम्झदै थापाले भन्नुभयो, ‘अहिले बल्ल प्रदेश स्तरका संगठनहरुको निर्माण भएको छ ।

तर, ती प्रादेशिक संगठनहरुलाई अर्थिक रुपमा सक्षम तथा अधिकारका हिसाबले मजबुत बनाउनु पर्ने आवश्यक्ता छ, त्यसको लागि मैले उमेद्वारी दिने घोषणा गरेको हुँ ।’

थापाले आगामी चुनावपछि नाडाको समस्या निराकरणका लागि नीतिगत सुधार, सचिवालय सुधार, नाडाको अटो शो, सदस्यहरुको क्षमता अभिबृद्धि, डाटा हव निमार्ण, समाजिक उत्तरदायित्व जस्ता सुधारात्मक कामहरुलाई ‘हाम्रा प्रतिबद्धता’ भनेर बुँदागत रुपमा प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्ण व्यवसायीले प्रत्याशी थापालाई समर्थन गरेका छन् ।

व्यवसायी शेषनारायण श्रेष्ठले थापालाई विषेश रुपमा चुवानका लागि शुभकामना पनि व्यक्त गर्नु भएको छ ।

आउने चुनावमा धु्रव थापा र उहाँको प्यानललाई स्पेयर्स पार्टस् व्यवसयीहरुको पूर्ण सहयोग रहने कुरा पनि उपस्थित व्यवसायीहरुले जानकारी दिनु भएको थियो ।

माओवादीलाई किनारा लगाउन ओलीको रणनीतिमा उम्मेदवारी

माओवादीलाई किनारा लगाउन ओलीको रणनीतिमा उम्मेदवारी

चितवन-एमालेको १० औँ महाधिबेशन अन्र्तगत चितवनको सौराहामा अहिले बन्दसत्र चलिरहेको छ ।

सहमतीमै केन्दीय पदाधिकारी चयन गर्ने गरी बल गरिएको भएता पनि पदाधिकारी चयन प्रक्रिया चुनावमा जाने निश्चित भएको छ ।

चुनावको कार्यतालीका अनुरुप उम्मेदवारी दर्ता गराउने प्रक्रिया सम्पन्न भएको छ ।

जहाँ नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशनमा पदाधिकारी चयनका लागि तयार पारेको सूचीमा पूर्वमाओवादीलाई समेटिएको छ, त्यहीँ एमालेका असन्तुष्ट पक्षले उम्मेदवारी दिएको छ ।

जसले गर्दा एमालेका महाधिवेशनमा पूर्वमाओवादीको पत्तासाफ हुने अवस्था देखिएको छ ।

६ वटा उपाध्यक्ष पदका लागि ओलीले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुवास नेम्वाङको नाम प्रस्ताव गरेका छन् ।

ओली पक्षबाट सोही अनुसार उपाध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ ।

यो समूहमा रामबहादुर थापा ‘बादल’ पूर्वमाओवादी पृष्ठभूमिका हुन् ।

सोही रामबहादुर थापा ‘बादल’को उपाध्यक्ष पद हत्याउने गरी एमालेका नेता घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले ओली समूह बाहिरबाट उम्मेदवारी दिएका हुन् ।

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् ।

ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् ।

सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले टोपबहादुर र लेखराजलाई पाखा लगाउने गरी उम्मेदवारी दिएका छन् ।

पूर्वमाओवादीलाई समेटेर ओलीले उपाध्यक्ष, र सचिवमा बनाएको सूचीमा एमालेकै असन्तुष्ट पक्षबाट उम्मेदवारी परेपछि एमालेमा पूर्वमाओवादी कार्यकर्तामा सिमित हुने देखिएको छ ।

एमालेका महाधिवेशन प्रतिनिधिसामु पुराना एमालेका नेतालाई मत दिने र पूर्वमाओवादीको च्याप्टर क्लोज गर्ने ओलीको रणनीति अनुसारनै उम्मेदवारी दर्ता भएको जानकार हरुले बताएका छन् ।

माओवादीलाई किनारा लगाउन ओलीको रणनीतिमा उम्मेदवारी

गर्भ खेरजाने समस्या बढ्दो

गर्भ खेरजाने समस्या बढ्दो

म्याग्दी-जिल्लामा पछिल्ला केही वर्षदेखि गर्भ तुहिने र मृत नवजात शिशु जन्मने समस्या बढेको छ ।

बेनी अस्पतालमा रहेको मातृ तथा नवशिशु मृत्यु निगरानी तथा प्रतिकार्य (एमपिडिएसआर) को तथ्याङ्कले गर्भ तुहिने र गर्भको उमेर पुगे पनि मृत जन्मने समस्या बढेको देखाएको हो ।

तथ्याङ्कअनुसार आव २०७५/७६ मा स्वास्थ्य संस्थामा सुत्केरी हुन गएकामध्ये १२ जनाको पेटभित्रै मृत बच्चा थियो ।

सोही आर्थिक वर्षमा छ नवजात शिशुको २२ दिनभित्रै मृत्यु भयो । त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा १५ गर्भवतीले मृत शिशु जन्माए भने एकजना आमाको सुत्केरीपछि रक्तश्राव भई मृत्यु भयो ।

तीन जना नवजात शिशुले ज्यान गुमाए । आव २०७७/७८ मा २० जना गर्भवतीले जीवित शिशु जन्माउन सकेनन् ।

दुई नवजात शिशुको जन्मेको एक साताभित्रै मृत्यु भएको थियो ।

यो तथ्याङ्क सरकारी स्वास्थ्य संस्थामा पुगेका गर्भवतीको मात्र भएको मातृशिशु सम्पर्क व्यक्ति मनदेवी गौतमले जानकारी दिनुभयो ।

“सामान्यतया गर्भ रहेको तीन महिनाभन्दा पहिला भु्रण आफैँ बाहिरिने समस्या लिएर गर्भवती स्वास्थ्य संस्थामा आउँदैनन्, अभिलेख पनि राखिँदैन”, उहाँले भन्नुभयो, “सुत्केरी हुने समय पुग्नै लाग्दा पेटमा बच्चा चलेन भन्दै आउँछन् ।

कति त पेटमै बच्चा सडिसकेको अवस्थामा आउँछन् 

जाँच गर्दा मृत्यु भइसकेको हुन्छ । कति त पेटमै बच्चा सडिसकेको अवस्थामा आउँछन् ।”

गर्भावस्था एक विशेष मात्र नभएर जटिल अवस्था पनि हो । यो अवस्थामा आमाले आफ्नो स्वास्थ्यको पूर्ण सावधानी अपनाउन नसक्दा पनि भ्रुण÷शिशुको गर्भमै मृत्यु हुने अस्पतालका प्रमुख डा जीतेन्द्र कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आमाको गर्भबाट भ्रुण वा शिशु २८-३० हप्तासम्म गर्भाशयबाट बाहिर निस्कनुलाई गर्भ तुहिनु-खेर जानु भनिन्छ ।

गर्भावस्थामा गाह्रो काम गर्दा, गम्भीर चोटपटक लागेमा, जथाभावी औषधि सेवन गरेमा, शरीरमा हर्मोनको असन्तुलन भएमा, यौनजन्य रोग लागेमा, पाठेघर असामान्य भएमा, पाठेघरभित्र अनावश्यक तन्तु वृद्धि भएमा, उमेर नपुगी गर्भ धारण गरेमा र गर्भको भ्रुणमा क्रोमोजोम खराब भएमा गर्भ खेर जाने वा मृत जन्मने समस्या आउने डा कडेलले बताउनुभयो ।

कहिलेकाहीँ गर्भ ३८–४० साता आयु पुगेपछि पनि अचानक गर्भमै मृत्यु पनि हुन सक्छ ।

“गर्भमा शिशु पूरा आयु नरहने समस्या अक्सर वंशाणुगतअर्थात् भ्रूणमा जेनेटिक डिफेक्ट रहेछ भने प्राकृतिकरुपमा भ्रुण गर्भमा बस्न सक्दैन, आफै निक्लन्छ तर हाम्रोमा अधिकांश भ्रुण परिपक्क भएपछि वा गर्भको बच्चालाई जीवित जन्माउन सकिने सम्भावना रहे पनि असावधानी-सचेतनाको कमीले मृत शिशु जन्माउने धेरै छन्”, उहाँले भन्नुभयो, ।

अधिकांश गर्भवती गर्भको चारपटक परीक्षण गराउँदैनन् ।

नियमित गर्भ परीक्षण नहुँदा पाठेघरमा शिशुको अवस्थिति, पाठेघरको अवस्था र अन्य जटिलता थाहा हुँदैन ।

एक्कासि बच्चा चलेन भन्दै आउँछन् । बच्चा पेटभित्रै मरिसकेको हुन्छ । तीन महिनाभित्रको भ्रूण जाने-तुहिने घटना त अभिलेख नै गरिँदैन ।

गर्भ खेरजाने समस्या बढ्दो

एमाले पदाधिकारीमा ईश्वर पोखरेलसहित पाँच जना निर्विरोध

एमाले पदाधिकारीमा ईश्वर पोखरेलसहित पाँच जना निर्विरोध

चितवन-नेकपा एमालेको १०औँ महाधिबेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित गराएको छ ।

वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् ।

निर्वाचित हुनेहरुको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको छ ।

त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका छन् ।

मनोनयनको म्याद सकिँदासमेत पनि उपमहासचिव पदमा कसैको उम्मेदवारी परेन ।

एमाले पदाधिकारीमा ईश्वर पोखरेलसहित पाँच जना निर्विरोध

नेप्सेमा उच्च अङ्कको गिरावट

नेप्सेमा उच्च अङ्कको गिरावट

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा शेयर धितोकर्जाका बारेमा कुनै परिवर्तन नगरेपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ ।

साताको पहिलो दिन कारोबार सुरु वित्तिकैदेखि नेप्सेमा गिरावट आएको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८०.२९ अङ्कले घटेर दुई हजार ६५१.४९ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.१९ अङ्कले घटेर ५०१.४५ मा ओर्लेको छ ।

नेप्सेमा उच्च अङ्कको गिरावट आए पनि कारोबार रकम भने औसतमा रहेको छ ।

कूल २३४ कम्पनीको एक करोड १९ लाख तीन हजार २०२ कित्ता शेयर रु पाँच अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ बराबरको कारोबार भयो ।

आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब २२ अर्ब ८७ करोड २८ लाख ३० हजारको हाराहारीमा रहेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर नै ओरालो लागेको छ ।

बैंकिङ ३४.९७, व्यापार १५९.१७, होटल तथा पर्यटन १४७.०९, विकास बैंक २६७.२५, जलविद्युत् १३२.०२, वित्त ६८.०८, ।

निर्जीवन बीमा ३८४.९४, उत्पादन १९२.४१, अन्य ६८.२, लघुवित्त १३९.४, जीवन बीमा ५३८.०३, ।

सामूहिक लगानी कोष ०.२२ र लगानी २.९२ अङ्कले घटेको छ ।

मौद्रिक नीतिको त्रैमासिक समीक्षामा शेयर धितो कर्जामा रहेको सीमामा परिवर्तनको अपेक्षा लगानीकर्ताले गरेका थिए ।

केन्द्रीय बैंकले तरलताको अभाव भइरहेको बेला उक्त सीमा परिवर्तन नगर्ने स्पष्ट पारेको छ । त्यसैको प्रभाव बजारमा परेको बताइन्छ ।

महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा

नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ ।

सो बैंकको रु २९ करोढ ८१ लाख १९ हजार १६१ बराबरको कारोबार भयो ।

त्यस्तै, नेपाल पुनरबीमा कम्पनी रु २३ करोड ४८ लाख छ हजार १४७, नेशनल हाइड्रो पावर रु २२ करोड ८५ लाख ९९ हजार ६७५, ।

नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड चार लाख ६८ हजार ५६९ र निर्धन उत्थान लघुवित्तको रु १६ करोड २० लाख २३ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आइसिएफसी फाइनान्स ९.७८, सामलिङ पावर कम्पनी ८.२१, निर्धान उत्थान लघुवित्त ३.४३, ।

नेपाल एसबिआई बैंक २.८६ र सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले १.५२ प्रतिशतले कमाए ।

हिमालयन पावर पार्टनर ८.४९, मानुषी लघुवित्त ८.०९, प्राइम लाइफ इन्स्योरेन्स ७.३४, महालक्ष्मी विकास बैंक ७.२५ ।

जोशी हाइड्रोपावरका लगानीकर्ताले ७.१८ प्रतिशतले गुमाए ।

नेप्सेमा उच्च अङ्कको गिरावट

पदसंख्या बढाउदा समेत पदाधिकारी भागबन्डा मिलेन

पदसंख्या बढाउदा समेत पदाधिकारी भागबन्डा मिलेन

चितवन-नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन सकेको छैन ।

सौराहमा जारी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरेका थिए ।

अधिकांश प्रतिनिधि विहान १० बजे नै बन्दसत्र सञ्चालन हुने होटल सेभेर स्टारमा पुगेका थिए ।

१० बजे पुगेका प्रतिनिधिहरुले ७ घण्टा कुर्दा पनि बन्दसत्र भने सुरु भएन ।

विहान १० बजे नै बन्दसत्रहुने आह्वान गर्दै अध्यक्ष ओली ढोका बन्द गरेर १७ जना आफु निकट नेतासँग पदको भागबन्डामा तल्लिन देखिए ।

भागबन्डा पश्चात चार नेताहरुको अनौपचारिक कार्यदलले केन्द्रीय सदस्यहरुको सूची बनाएर अध्यक्ष ओलीलाई बुझाएको छ ।

तर पदाधिकारीमा भने ओलीले पदसंख्या बढाउदा समेत सहमती जुटाउन सकेका छैनन्

ओली पक्षका नेताहरुले सहमतिको प्रयास जारी रहेको बताएका छन् ।

पदाधिकारीमा सहमती जुटाउन अझै समय चाहिने भएपछि ओलीको आदेशमा बन्दसत्र हलमा साँझ ७ बजे मात्र बन्दसत्र सुरु हुने माइकिङ गरिएको छ ।

७ बजे सुरु हुने बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधिहरुलाई खाना खाएर आउन भनिएको छ ।

पदसंख्या बढाउदा समेत पदाधिकारी भागबन्डा मिलेन

नेकपा समाजवादीको ७६ वटै जिल्लामा पार्टी कार्यालय स्थापना

नेकपा समाजवादीको ७६ वटै जिल्लामा पार्टी कार्यालय स्थापना

जोमसोम-नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको मुस्ताङस्थित पार्टी कार्यालय स्थापना सम्पन्न भएको छ ।

शनिबार मुस्ताङ सदरमुकाम जोमसोममा पार्टीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्यले एक समारोहकाबीच पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।

मुस्ताङमा पार्टी कार्यालय स्थापनासँगै मनाङबाहेक देशका ७६ वटै जिल्लामा नेकपा एसको पार्टी संगठन विस्तार भएको छ ।

नेकपा एकीकृत समाजवादी मुस्ताङको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला मुस्ताङको जोमसोममा संम्पन्न भएको छ।

सो अगुवा कार्यकर्ता भेलाले कमरेड भीमबहादुर रसाईलीको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला कार्यसमिति समेत गठन गरेको छ ।

मुस्ताङमा संगठन विस्तारका लागि पुगेका नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले २००६ सालमा समतामूलक समाज निर्माण तथा कम्युनिस्ट आन्दोलनलाई संगठित गर्ने उद्देश्यले कमरेड पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टी निर्माण गरेको बताए ।

तर ,नेकपा एमालेका अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनको मर्म र भावनाविपरित एकलौटी पार्टी गतिविधि सञ्चालन गरेको र कम्युनिस्ट विरासत जोगाउन आफूहरुले एमालेमा विद्रोह गरी नयाँ पार्टी गठन भएको उनले उल्लेख गरे ।

एकीकृत सामजवादी कास्कीका नेता आचार्यले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले राज्यका सबै निकाय ध्वस्त पारेको आरोप लगाए ।

मुस्ताङमा नेकपा एस कार्यालय स्थापनाका क्रममा नेकपा ९एसका ० जिल्ला अध्यक्ष भीमबहादुर रसाईलीले मुस्ताङका उत्पीडित समुदाय, आदीबासी जनजाती समुदायको हकहितका लागि नेकपा एकीकृत समाजवादी पार्टीको ढोका सधैं खुल्ला रहने बताए ।

नेकपा एसको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई नेकपा माओवादीका जिल्ला नेता सत्यनारायण शेरचन र पेशागत महासंघ गण्डकी प्रदेश सदस्य भेषराज बास्तोलालगायतले शुभकामना दिएका थिए ।

नेकपा समाजवादीको ७६ वटै जिल्लामा पार्टी कार्यालय स्थापना

केन्द्रीय सदस्यको सूची तयार: ओलीले अन्तिम रुप दिने

केन्द्रीय सदस्यको सूची तयार: ओलीले अन्तिम रुप दिने

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची बुझाएका छन् ।

अध्यक्ष केपी शर्मा ओली निकट चार नेता केन्द्रीय सदस्यहरुको सूची बनाउन छलफलमा जुटेका थिए।

शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो ।

ओलीले विहान १० बने बन्दसत्र राखेका थिए । तर बन्दसत्र रोकेर छलफलमा जुटेका उनले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा चार नेतालाई दिएका थिए ।

ओलीले संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउन दिएका हुन् ।

आफूहरुले पदाधिकारीसहित केन्द्रीय सदस्यको सूची तयार पारेर अध्यक्ष ओलीलाई बुझाएको सचिव गुरुङले बताएका छन् ।

अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ ।

केन्द्रीय सदस्यको सूची तयार: ओलीले अन्तिम रुप दिने

एमाले महाधिवेशनः दबाबको केन्द्रमा ओली

एमाले महाधिवेशनः दबाबको केन्द्रमा ओली

सौराहा-नेकपा (एमाले) को महाधिवेशनमा नयाँ सहमतिमा नेतृत्व चयनका लागि निर्णायक पहल भइरहेको छ ।

चितवनको सौराहामा आज बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्रको दोस्रो दिन दिउँसो २ः३० सम्ममा समेत सुरु हुन सकेको छैन ।

प्रतिनिधि बिहानको खानापछि बन्दसत्र हलमा प्रवेश गरिसकेका छन् भने पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता आवासका लागि प्रबन्ध गरिएको होटेलमा अनौपचारिक छलफलमा जुट्नुभएको छ ।

केन्द्रीय कमिटीको पदाधिकारी र सदस्यका आकाङ्क्षी प्रतिनिधिकाबीच मत माग्नतिरभन्दा अध्यक्ष ओली र उहाँ निकटका शीर्ष नेतालाई आफ्नो नाम नछुटाउन लविङ गरिरहेका छन् ।

त्यसरी जाने नेता र प्रतिनिधिलाई अध्यक्ष ओलीले ठोस जवाफ नदिइ फर्काउने गरेको बुझिएको छ ।

सहमतिको नाम प्रस्ताव गर्ने अधिकार बन्दसत्रले अध्यक्ष ओलीलाई दिएकाले सबैको दबाब र आशाको केन्द्रमा अध्यक्ष ओली पर्नुभएको ।

अध्यक्ष ओली बस्नुभएको होटेल पार्क सफारीमा नेता कार्यकर्ताको आउने जानेक्रम चलिरहेको छ ।

अध्यक्ष ओलीले विभिन्न नेतासँग सामूहिक र अलगअलग छलफल गरिरहनुभएको छ ।

आज बिहान विदेशी पार्टीका प्रतिनिधिसँग आपसी भेटघाटपछि अध्यक्ष ओलीले पार्टीका नेतालाई परामर्शमा बोलाउनुभएको जनाइएको छ ।

अध्यक्ष ओलीसँग उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, शङ्कर पोखरेललगायत नेताले छलफल गर्नुभएको थियो ।

पौडलले सोही होटेलमा बेग्लै छलफल

महासचिव पोखरेल र उपमहासचिव पौडलले सोही होटेलमा बेग्लै छलफल पनि गर्नुभएको जनाइएको छ ।

अन्य नेताहरु रहेका होटेलमा पनि विभिन्न नेताबीच छलफल भइरहेको छ ।

महाधिवेशनमा अधिकांश नेता र प्रतिधिनिले सर्वसम्मतिमा अध्यक्ष ओलीको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गर्न दबाब दिएपछि शनिबारको बन्दसत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीको उम्मेदवारको नामावली प्रस्तुत गर्ने जिम्मेवारी अध्यक्ष ओलीलाई दिनुभएको थियो ।

उपाध्यक्ष डा भीम रावलले सहमतिमा नभई निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने र आफूले अध्यक्षमा उम्मेदवारी दिने अडान लिएपछि सर्वसम्मतिको प्रयासमा कठिनाइ उत्पन्न भएको छ ।

एमालेका सचिव योगेश भट्टराईले दशौँ महाधिवेशन एक विशिष्टरुपमा सञ्चालन भइरहेको र महाधिवेशनको हलले सहमतिमा नेतृत्व ल्याउने भनिसकेपछि आकाङ्क्षीको व्यवस्थापन र मूल्याङ्कन गर्ने काम नेतृत्वको भएको बताउनुभयो ।

उहाँले प्रतिनिधिले मत दिएर नचुनेमा प्रतिनिधिको विवेकको मूल्याङ्कन ठानिने तर निर्वाचन नहुने भएकाले अब सही मूल्याङ्कन सही हुने नहुने भन्ने नेतृत्वमा भरपर्ने प्रतिक्रिया दिनुभयो ।

“नेतृत्वले कार्यकर्ताको मनोभावना बुझेर नेतृत्वले विवेकसम्मतरुपमा प्रस्ताव ल्याउने र अध्यक्ष ओलीले उपाध्यक्ष रावललगायत सबैसँग संवाद गरेर समेट्न र अन्य नेताले अध्यक्ष ओलीलाई साथ दिन सक्नुपर्छ”, नेता भट्टराईले भन्नुभयो ।

उहाँले आफूहरुले सोहीअनुसारको सुझाव अध्यक्ष ओलीलाई दिएको जनाउँदै जनताको बहुदलीय जनवादको सिद्धान्तबमोजिम संवाद, परामर्श र छलफल गरेर निष्कर्ष निकाल्न सकिने र आम प्रतिनिधिको चाहनाबमोजिम सहमति हुने र अन्तिममा मिल्नै नसकिने भएमा निर्वाचनको विधिलाई पनि कायमै राखिने बताउनुभयो ।

बन्दसत्रस्थल बाहिर प्रतिनिधि र कार्यकर्ता ब्यग्रतापूर्वक नयाँ नेतृत्वको प्रतिक्षा गरिरहेका छन् ।

निर्वाचन लड्ने आकाङ्क्षा राखेका प्रतिनिधि पनि सहमतिमा नेतृत्व भएमा आफू नपरे पनि सन्तुष्ट हुने बताउँछन् ।

पार्टीका केन्द्रीय सदस्य देवी ज्ञवाली अध्यक्षमा केपी ओली सर्वसम्मत भएमा आफूहरु सूचीमा नपरे पनि फरक नपर्ने बताउनुभयो ।

अखिल नेपाल महिला सङ्घकी नेत्री शर्मीला कार्कीले हलमा आम प्रतिनिधिले सहमतिका म्याण्डेट दिइसकेकाले उपाध्यक्ष रावल वा अरुले अर्गेलो गर्न नहुने बताउनुभयो ।

संविधानसभाका सदस्य एवं एमाले नेत्री रञ्जु झाले आम प्रतिनिधिको भावनालाई मान्नुपर्ने र त्यसमा नेतृत्वले विवेकसम्मतरुपमा प्रस्ताव ल्याउने अपेक्षा व्यक्त गर्नुभयो ।

युवा नेत्री रचना खड्काले हलले दिएको कार्यादेशबमोजिम नेतृत्वले विवेकसम्मतरुपमा प्रस्ताव ल्याउने विश्वास व्यक्त गर्दै प्रतिनिधि त्यस्तो प्रस्तावको प्रतिक्षा गरिरहेको जनाउनुभयो ।

एमाले महाधिवेशनः दबाबको केन्द्रमा ओली

बजार अनुगमन

बजार अनुगमन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक हजार ३५५ व्यावसायिक फर्मको अनुगमन गरेको छ ।

सो अवधिमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानका ती फर्ममा गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक कारोबारमा संलग्नहरुलाई कारवाही गर्दा रु ७१ लाख १० हजार राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशक हरि पँगेनीले जानकारी दिनुभयो ।

उहाँले सामान्य गल्ती गर्ने फर्मलाई एकपटक सुधारको मौकासमेत दिइने गरिएको जानकारी दिनुभयो ।

विगत चार महिनाको अवधिमा विभागले ६६७ फर्मलाई जरिवाना, ६६८ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको थियो ।

यस्तै, १० फर्मबाट परीक्षण गर्न बस्तुको नमूना सङ्कलन र साधनसहित तीनजना पक्राउ र १० फर्ममा सिलबन्दी गरिएको थियो ।

चाडबाडको समयमा खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाई तथा इलोक्ट्रोनिक्स लगायतका पसलमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई रु पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ ।

विभागले चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका तीन जिल्लामा छुट्टा–छुट्टै अनुगमन टोलीमार्फत अनुगमनलाई निरन्तरता दिएको थियो ।

कात्तिकमा ३८८ फर्मको अनुगमन

विभागले कात्तिक महिनामा अनुगमन गरिएका फर्ममध्ये आधा फर्मलाई कारबाही गरेको छ ।

अनुगमन गरिएका अधिकांश फर्मले गल्ती गरेको भेटिएपछि कारबाही गरिएको विभागका निरीक्षण अधिकृत धनेश्वर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक महिनामा ३८८ फर्मको अनुगमन गर्दा १७६ फर्मलाई कारबाही, ८८ फर्मलाई आवश्यक कागजात पेस गर्न स्पष्टीकरण सोधिएको र १२४ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको थियो ।

कात्तिकमा बजार अनुगमनबाट विभागले रु १६ लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ ।

विभागले दसैँ तथा तिहारको समयमा चाडपर्व केन्द्रित भएर बजार अनुगमन गरेको थियो ।

विभागले चाडपर्वको समयमा गुणस्तर र उपभोग्य मिति केन्द्रित भएर बजार अनुगमन गरेको थियो ।

चाडपर्व सकिए पनि नियमित रुपमा दैनिक तीन समूहबाट बजार अनुगमन जारी राखिएको निर्देशक पँगेनीले जानकारी दिनुभयो ।

लाहा खेतीको आकर्षण

लाहा खेतीको आकर्षण

राम्रो आम्दानी लिन सकिने भएपछि लाहा खेतीमा भोजपुरका कृषकको आकर्षण बढेको छ ।

गत वर्षदेखि डिभिजन वन कार्यालयले यसको खेती विस्तार गरेसँगै स्थानीयवासीमा आकर्षण बढेको हो ।

लाहा खेतीलाई विस्तार गर्नका लागि वन कार्यालय भोजपुरले अरुण गाउँपालिकाका सुक्खाग्रस्त क्षेत्रलाई छानेको छ ।

जुन क्षेत्रमा खयर, बयरलगायत वनस्पति प्रशस्त मात्रामा रहेका छन् ।

खयर, बयरसँगै झापाबाट लाहा खेती विस्तार गर्न सकिने सामिया लता जातको बिरुवासमेत वितरण गरेको छ ।

लाहालाई अझ विस्तार गर्न स्थानीयवासीको माग र आवश्यकताको आधार यस्ता बिरुवालाई थप विस्तार गर्ने योजना रहेको वन कार्यालयले जनाएको छ ।

यस प्रजातिको बिरुवामा लाहा खेती गरेर दस वर्षसम्म उत्पादन लिन सकिने वन कार्यालयले जनाएको छ ।

लाहाको व्यावसायिक खेती विस्तारलाई जोड दिन यहाँका कृषकलाई आवश्यक सहयोग गर्ने वन कार्यालयको भनाइ छ ।

कृषकलाई लाहा खेती प्रविधिको विषयमा जानकारी दिन झापा, धनकुटा र सङ्खुवासभाबाट लाहाको खेती गरिरहेका अगुवा कृषक तथा विज्ञलाई ल्याएर यसको बजार तथा खेती गर्ने तरिकाबारे बताइएको वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो ।

प्रमुख घिमिरेले भन्नुभयो, “हामीले लाहा खेतीलाई विस्तार गर्ने योजनाअनुसार काम गरिरहेका छौँ । यहाँका सुक्खग्रस्त क्षेत्रका निजी तथा सामुदायिक वनलाई लक्षित गरेर विस्तारलाई जोड दिएका छौँ ।

स्थानीयवासीले यस खेतीलाई निकै चासो दिनुभएको छ ।

उहाँहरूलाई खेती गर्न अझ सहज र सरल बनाउने लक्ष्यले बाहिरी जिल्लाबाट लाहाको व्यावसायिक खेती गरिरहेका कृषक र विज्ञबीच छलफलसमेत गराएका छौँ ।

यसले यहाँका कृषकलाई खेती गर्न सहज हुने र अन्य आवश्यक विषयमा पनि जानकारी लिने अवसर मिलेको छ ।”

अरुण गाउँपालिका–६ का खेती गर्न इच्छुक निजी तथा सामुदायिक वनका हकवालाको तथ्याङ्क सङ्कलन गरेर विस्तारलाई जोड दिइने प्रमुख घिमिरेले बताउनुभयो ।

आवश्यक परेमा खेतीमा लाग्ने कृषकलाई स्थलगत रुपमा लाहाको खेती भइरहेको स्थानहरुको भ्रमणसमेत गराउने योजना रहेको उहाँको भनाइ छ ।

भोजपुरमा लाहा खेतीका लागि धेरै क्षेत्रहरु उपयोगी

“भोजपुरमा लाहा खेतीका लागि धेरै क्षेत्रहरु उपयोगी छन् ।

यसको व्यावसायिक रुपमा खेती गर्न सके वन पैदावरको सरक्षणसँगै आयस्तरलाई वृद्धि गर्न सकिन्छ,” उहाँले भन्नुभयो, ।

“यहाँका कृषकलाई खेती प्रविधिको विषयमा जानकारी दिएर व्यावसायिक बनाउने योजनाअनुसार काम गरिरहेका छौँ ।

उहाँहरूमा यसको खेतीप्रतिको आकर्षण बढेको छ ।”

वन कार्यालयले जिल्लामा पहिलोपटक खेती थालेकाले गाउँपालिकाले पनि आवश्यक सहयोग गर्ने बताएको छ ।

कृषकलाई आयआर्जनमा जोड्न सकिने साथै खेर गइरहेका जमिनको सदुपयोग हुने भएकाले लाहाको खेतीमा जोड दिने अरुण गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

अध्यक्ष कार्कीले भन्नुभयो, “वन कार्यालयले अभियानका रुपमा जिल्लामा पहिलोपटक लाहा खेतीको शुरुआत गरेको छ ।

यसलाई सफल बनाउन हामी पनि योजनाबद्ध रुपमा काम गर्छौँ । बजारीकरणका लागि भने सरकारले ध्यान दिनुपर्छ ।

बजारमा समस्या भयो भने किसान मारमा पर्छन् । कृषकलाई व्यावसायिक खेतीमा जोड्न गाउँपालिकाले सहयोग गर्छ ।”

बजारमा लाहाको माग धेरै रहेको झापामा लाहाको उद्योग सञ्चालन गरिरहेका डम्बर विश्वकर्माले बताउनुभयो ।

जति मात्रामा उत्पादन भए पनि उत्पादित लाहाको जिम्मा आफूले लिने उहाँको भनाइ छ ।

विश्वकर्माले भन्नुभयो, “अहिले पनि लाहाको बजार मागलाई धान्न सकिएको छैन । नेपालमा यसको खासै खेती हुँदैन ।

अहिले पनि भारतको बजारबाट लाहाको खरिद गर्नुपर्ने अवस्था छ । धनकुटा र सङ्खुवासभालगायत ठाउँबाट पनि केही मात्रामा लाहाको कच्चापदार्थ ल्याउने गरेको छु ।

त्यसैले जति पनि उत्पादित लाहा हुन्छ त्यसको बजारको जिम्मा म लिन्छु ।

यसबाट हामीले आयस्तरलाई राम्रो बनाउन सक्छौँ भने भारत जाने करोडौँ रुपैयाँलाई नेपालमा रोक्न सक्छौँ ।”

भारतमा १५ वर्षभन्दा बढी लाहा उत्पादन गर्ने कम्पनीमा काम गरेर त्यसको अनुभवका आधारमा नेपाल नै उद्योग खोलेको विश्वकर्माले बताउनुभयो ।

“मैले लामो समय भारतमा लाहा उत्पादन गर्ने कम्पनीमा काम गरे । नेपालमा पनि यसको सम्भावना धेरै छ ।

नेपालका धेरै बेँसी भेगका सुक्खाग्रस्त क्षेत्रमा व्यावसायिक रुपमा खेती गर्न सकिन्छ । यहाँ राम्रो उत्पादन गर्न सके भारतबाट यसको आयात रोक्न सकिन्छ”, उहाँले भन्नुभयो ।

लाहालाई खयर, बयर मौवा प्रजातिका रूख बिरुवासँगै सामिया लता जातको बिरुवालाई विस्तार गरेर व्यावसायिक रुपमा खेती गर्न सकिने उहाँको भनाइ छ ।

विश्वकर्माले भन्नुभयो, “खयर, बयर नभएका स्थानमा सामिया लता जातको बिरुवा विस्तार गरेर लाहाको व्यावसायिक खेती गर्न सकिन्छ ।

बिरुवा लगाएको लाहाले दस वर्षसम्म आम्दानी लिन सकिन्छ

यस्ता जातका बिरुवा लगाएको लाहाले दस वर्षसम्म आम्दानी लिन सकिन्छ । यसबाट कुसुमी जातको लाहा उत्पादन हुन्छ ।

जुन लाहाको मूल्य र माग रङ्गिनी जातको लाहाभन्दा धेरै बढी छ । यसबाट दुईपटक लाहा सङ्कलन गर्न सकिन्छ ।

यो प्रजातिको बिरुवा बढीमा पाँचदेखि सात फिट उचाइ हुने भएकाले सङ्कलन गर्न सजिलो छ भने उत्पादन पनि राम्रो लिन सकिन्छ ।”

लाहाको कच्चापदार्थ प्रतिकेजी रु २५० देखि छ सयसम्म र यसको प्रशोधन गरेपश्चात प्रतिकेजी रु एक हजार ८०० देखि दुई हजारसम्ममा बिक्री हुने गरेको विश्वकर्माले जानकारी दिनुभयो ।

“यसको खेतीमा खास धेरै मिहिनेत गर्नु पर्दैन । एकपटक लगाएपछि वर्षमा दुईपटक सङ्कलन गर्न सकिन्छ ।

प्रशोधन गरिसकेपछि यसको बजार मूल्य दुई हजारसम्म पर्छ ।

फर्निचर कारखाना, सुन पसललगायत अन्य विभिन्न काममा प्रयोग हुने लाहा अहिले पनि भारतीय बजारबाट आउने गरेकाले स्वदेशमा नै यसको उत्पादन गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

मौवालगायत ठूला जातका रूखबाट १०० केजीसम्म लाहा सङ्कलन गर्न सकिने धनकुटाको साँगुरीगढीमा लाहाको व्यावसायिक खेती गरिरहेका कृषक इन्द्रबहादुर याक्खाले बताउनुभयो ।

याक्खाले भन्नुभयो, “हामीले गरिरहेको कामका बारेमा भोजपुरका किसानलाई अनुभव सुनाउन पाउँदा खुशी लाग्यो ।

हाम्रोतिर विशेष गरेर मौवा, बयर र बड्केसमा खेती गरिरहेका छौँ । हामीले एक सालमा आठ क्विन्टलसम्म उत्पादन गर्छौं ।”

वन कार्यालयले पहिलोपटक लाहा खेतीको थालनी गरेकामा स्थानीय उत्साहित भएका छन् ।

व्यावसायिक रुपमा खेती गर्न सके लाहाबाट राम्रो आम्दानी लिन सकिने अरुण गाउँपालिका–६ का स्थानीयवासी गणेश राईले बताउनुभयो ।

आफूले व्यावसायिक रुपमा यसको खेती थालेको उहाँले जानकारी दिनुभयो ।

लाहा खेतीको आकर्षण

हेलो नेपालको अनुमतिपत्र खारेज

हेलो नेपालको अनुमतिपत्र खारेज

सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ ।

शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो ।

असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि गत कात्तिक ५ गते बसेको बोर्ड बैठकले हेलो नेपालसँग भुक्तानीको विषयमा जानकारी माग गर्ने निर्णय गरेको थियो ।

बोर्डको निर्णयानुसार प्राधिकरणले १५ दिनभित्र जवाफ दिने गरी कात्तिक १२ गते कम्पनीसँग स्पष्टीकरण सोधेको थियो ।

कात्तिक २२ गते हेलो नेपालले जवाफ पठाउँदै मन्त्रिपरिषद्बाट निर्धारित किस्ता रकम तिर्न थप समय माग गरेको भन्दै प्राधिकरणले पुनः अनुमतिपत्र खारेजीको निर्णय गर्न नसक्ने स्पष्टीकरण पेस गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कम्पनीले पठाएको पत्रको चित्तबुझ्दो जवाफ नआएपछि २०७६ को पुसमा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई आधार बनाएर शुक्रबारदेखि नै लागू हुने गरी अनुमतिपत्र खारेजीको निर्णय गरिएको हो ।

बोर्डले दूरसञ्चार ऐन २०५३ को दफा २८ को उपदफा (३) बमोजिम शुक्रबारदेखि नै लागू हुने गरी अनुमतिपत्र खारेज गर्ने निर्णय भएको जनाएको छ ।

कम्पनीले प्राधिकरणलाई फ्रिक्वेन्सी शुल्क, रोयल्टी, ग्रामीण दूरसञ्चार कोषमा जम्मा गर्नुपर्ने रकम, लाइसेन्स नवीकरण शुल्कबापत बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

यसअघि २०७६ को साउनमा प्राधिकरण सञ्चालक समितिले स्याटेलाइट कम्पनीको लाइसेन्स रद्दको निर्णय गरेको थियो ।

नेपाल दूरसञ्चार ऐनमा प्राधिकरणले लाइसेन्स रद्द गरेपछि ३५ दिनभित्र मन्त्रिपरिष्दमा पुनरावलोकनका लागि निवेदन दिन सकिने प्रावधान छ ।

सोही प्रावधानलाई टेकेर सो कम्पनीले पुनरावलोकनका लागि निवेदन दिएको थियो ।

कम्पनीले दिएको पुनरावलोकन निवेदनमाथि छलफल गर्दै २०७६ पुस २१ मा बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षमा पहिलो किस्ता तिर्ने र पाँच वर्षभित्र सबै रकम चुक्ता गर्ने गरी किस्तामा तिर्ने सुविधा दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले प्राधिकरणमा बुझाउनुपर्ने बक्यौता रकम ५ वर्षभित्र पाँच किस्तास्वरुप भुक्तानी गर्नुपर्ने र तोकिएको समयमा भुक्तानी नभए स्वतः रुपमा लाइसेन्स रद्दको प्रक्रियामा जाने गरी निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्राधिकरणले नेपाल स्याटेलाइट प्रालिलाई पाँच वर्षमा किस्तामा रु एक अर्ब ३८ करोड ७२ लाख ५३ हजार बक्यौता रकम भुक्तानीको समय दिएको थियो ।

जसअनुसार कम्पनीले पहिलो किस्तास्वरुप २०७७ को असार मसान्तमा रु २१ करोड ५१ लाख पहिलो किस्ता बुझाइसकेको छ ।

यस्तै, कम्पनीले दोस्रो वर्ष अर्थात् २०७८ को असार मसान्तसम्म रु ३३ करोड ९८ लाख, तेस्रो वर्ष रु तीस करोड ८६ लाख, चौथो वर्ष रु २७ करोड ७४ लाख र पाँचौँ वर्ष रु २४ करोड ६३ लाख भुक्तानी गर्ने गरी समय दिएको थियो ।

प्राधिकरणले यसअघि नै मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयानुसार तोकिएको समयमा बक्यौता रकम भुक्तानी नगर्दा समय थप गर्न नमिल्ने भएपछि अनुमतिपत्र नै खारेज गर्ने निर्णय गरिएको जनाएको छ ।

हेलो नेपालको अनुमतिपत्र खारेज

एमालेको महाधिवेशन गुटगत भेलामा परिणत

काठमाडौं-एमालेको महाधिवेशन गुटगत भेलामा परिणत भएको छ ।

प्रजातान्त्रिक अभ्यासको रुपमा रहेको निर्वाचनमा जान छाडेर नेताहरु सहमती र सर्वसम्मतको रटान लगाउदै गुटगत भेलामा सक्रिय भएका छन् ।

एमालेको अध्यक्षमा दावी गरिरहेका भिम रावल आफू निकट गुटका नेता कार्यकर्तासँग छलफलमा बसेका छन्।

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा उनले आफू निकट नेता कार्यकर्तासँग छलफल गरिरहेको स्रोतले जनाएको छ।

अध्यक्ष केपी शर्मा ओली पनि आफू निकट गुटका नेतासँग छलफलमा रहेका छन् ।

पदाधिकारीमा दावी गरिरहेकाहरुलाई नलिइकनै ओली एक्लै छलफलमा बसेकोमा सचिवका एक आकांक्षीले असन्तुष्टि जनाएका छन् ।

यस्तै आज १० बजे सुरु गर्ने भनिएको बन्दसत्र पनि दुई घन्टा पछि सारिएको समेत जनाइएको छ।

एमालेको महाधिवेशन गुटगत भेलामा परिणत

सरकारविरुद्धको मुद्दामा एनआरएनए भित्रै विरोध

सरकारविरुद्धको मुद्दामा एनआरएनए भित्रै विरोध

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को इतिहासमै पहिलो पटक सरकारविरुद्ध मुद्दा दायर गर्ने काम उचित नभएको सङ्घकै पदाधिकारी तथा संरक्षकले बताएका छन् ।

सङ्घका अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णयविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।

उक्त कार्यको सङ्घका संस्थापकसमेत पदाधिकारीले विरोध गरेका छन् ।

“मुद्दा मामिला कहिल्यै नटुङ्गिने प्रक्रिया हो । यसले संस्थालाई टुक्र्याउँछ । त्यसैले अहिलेको विवादलाई संस्थाभित्रै मिलाउनुपर्छ”, सङ्घका संरक्षक रामप्रताप थापाले भन्नुभयो, “यो हामी आफैँले खडा गरेको संस्था हो ।

कहिले परराष्ट्र जाने, कहिले मुद्दा गर्ने कुरा ठिक भएन । मुद्दा मामिला गर्नु आजको आवश्यकता होइन ।”

गत मङ्सिर ३ गते परराष्ट्र मन्त्रालयले सङ्घलाई एक पत्र लेख्दै कुमार पन्त नेतृत्वको कार्य समितिको कार्यकाल १८ अक्टोबर २०२१ मै पूरा भइसकेकाले सङ्घको विवाद समाधान गरी सङ्घलाई गतिशीलता प्रदान गर्न विधानको धारा १६ बमोजिम संरक्षक परिषद्लाई जिम्मा दिइएको जनाएको थियो ।

कार्यसमितिका पदाधिकारी, सल्लाहकार तथा संरक्षकले सरकारविरुद्ध मुद्दा दायर गर्ने काम उचित नभएको जनाएका छन् ।

अदालत जानेबारे सङ्घमा कुनै पनि निर्णय नभएको

गैरआवासीय नेपाली सङ्घका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले परराष्ट्र मन्त्रालयको निर्देशनविरुद्ध अदालत जानेबारे सङ्घमा कुनै पनि निर्णय नभएको र अध्यक्ष कुमार पन्तलाई त्यस्तो म्यान्डेट पनि नरहेको जनाउनुभएको छ ।

“व्यक्तिगतरुपमा जो पनि अदालत जान सक्छ, त्यो व्यक्तिको हकको कुरा हो, तर लाखौँ एनआरएनले बुझाएको सदस्यता शुल्क खर्च गरेर नेपाल सरकारविरुद्ध मुद्दा मामिला गर्नु संस्थाको हितमा छैन”, आचार्यले भन्नुभयो, “त्यस्तो कदमविरुद्ध आवश्यक परे हामी अदालतमै उपस्थित हुनेछौँ ।”

यसअघि सङ्घको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) का बहुमत पदाधिकारीले अध्यक्ष पन्तलाई नेपाल सरकारविरुद्ध मुद्दा मामिला नगर्न सुझाव दिनुभएको थियो ।

अध्यक्ष पन्तलाई एक पत्र लेख्दै उपाध्यक्ष मन केसीले परराष्ट्र मन्त्रालयको निर्देशन पालना गर्न सुझाव दिनुभयो ।

“जुनसुकै दलको भए पनि हामीले नेपाल सरकारसँग समदूरी राख्दै आएका छौँ । कोभिड महामारीलगायत कठिन समयमा पनि हामीले नेपाल सरकारसँग सहकार्य गरेका छौँ । त्यसैले हामीले नेपाल सरकारसँग लडाईं झगडा गर्नु हुँदैन र हामीलाई त्यस्तो म्यान्डेट पनि छैन । यदि त्यस्तो कुनै निर्णय गर्नुपरे सम्पूर्ण पञ्जीकृत सदस्य वा पञ्जीकृत सदस्यको दुई तिहाइभन्दा बढीको पूर्ण म्यान्डेट आवश्यक पर्दछ”, केसीले भन्नुभयो ।

यसैगरी आइसिसीका उपाध्यक्ष सोनाम लामाले नेपाल सरकारसँग सहकार्य गरेर जानुपर्ने, मुद्दामामिला गर्न नहुने बताउनुभयो ।

सहकोषाध्यक्ष लोक दाहालले पनि पन्तलाई एक पत्र पठाउँदै सङ्घ अहिले इतिहासकै कठिन मोडबाट गुज्रिएको र लाखौँ प्रवासी नेपालीको हितलाई मध्यनजर गरी काम गर्न र सरकारविरुद्ध मुद्दामामिला नगर्न आग्रह गर्नुभएको छ ।

त्यस्तै सङ्घका सचिव आरके शर्माले पनि अहिले सङ्घभित्र उत्पन्न विषम परिस्थितिमा अदालतमा गएर दूरी बढाउन नहुने बताउनुभयो । “अदालतले जस्तोसुकै फैसला सुनाए पनि हाम्रो मतभेद बढ्दै जानेछ । अदालत समाधान होइन । कमीकमजोरी भगवानका पनि हुन्छन् ।”

एशिया प्रशान्त क्षेत्र संयोजक गोविन्द श्रेष्ठ, सहसंयोजक खगेन्द्र न्यौपाने, मध्यपूर्व संयोजक प्रविण गुरुङ, सहसंयोजक मनोज गोर्खाली, मध्यपूर्व युवा संयोजक राज रेग्मी लगायतले संस्था अहिले इतिहासकै कठिन मोडबाट गुज्रिरहेका अवस्थामा सरकारसँग मुद्दा मामिलामा नगइ वार्ताबाट नै समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

सरकारविरुद्धको मुद्दामा एनआरएनए भित्रै विरोध

सहमति जुटाउन ओलीलाई सकस

चितवन-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारीमा सहमति जुटाउन निकै सकस परेको छ ।

नेकपा एमालेको सचिवालयका १९ जना पदाधिकारीसहित केन्द्रीय समितिका सबै सदस्यको नामावली प्रस्ताव गर्न जिम्मा ओलीलाई दिइएको थियो ।

सहमती जुटाउन नेता तथा कार्यकर्ताहरूमा छलफलमा जुटेका ओलीलाई निकै सकस परेको स्रोतले बताएको छ।

तर‚ पदाधिकारीका आकांक्षी धेरै भएकाले ओलीलाई पदाधिकारीमा सहमति जुटाउन सकस परेको हो ।

ओली पार्क सफारी रिसोर्टमा आइतबार बिहानैदेखि नेताहरुसँग छुट्टाछुट् र सामूहिक छलफलमा जुटेका छन् ।

केही समयअघि उनलाई पूर्वमाओवादी नेताहरुले भेट गरेका थिए । यस्तै‚ अष्टलक्ष्मी शाक्य पनि ओलीलाई भेटेर निस्किसकेकी छन् ।

अहिले प्रदेश २ का अध्यक्षहरुसँग छलफलमा रहको बताइएको छ ।

भीम रावललाई पनि ओलीले छलफलमा बोलाएको भए पनि उनी आएका छैनन्।

बन्द सत्र हुने सेभेनस्टारमा भने महाधिवेशन प्रतिनिधिहरु तीन घण्टादेखि कुरिरहका छन्।