पत्रकार सम्मेलनमै भारती बेहोस, अस्पताल लगियो

श्रीमान् चेतन मानन्धरका हत्यारालाई आममाफी दिएको भन्दै आयोजित पत्रकार सम्मेलनमा भारती मानन्धर बेहोस भएर ढलेकी छन् ।

भारतीलाई अस्पताल पुर्‍याइएको छ । पति चेतन मानन्धरका हत्यारा रिगललाई राष्ट्रपतिले आममाफी दिएपछि भारती आन्दोलनरत छिन् ।

नेपालगञ्जका चेतनको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगलले नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका थिए ।

रिगलको आममाफी विरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । उनले आममाफी विरुद्ध दायर गरेको रिटमा सुनुवाइ भोलि (कात्तिक १४ गते) छ ।

उनले दसैँ सँकिएलगतै अनसन सुरु गरेकी थिइन् ।

भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

काठमाडौँ– भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् ।

आन्ध्र प्रदेशको विजयनगरमा गएराति दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रेल दुर्घटनामा  घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका हुन् । दुई रेल ठोक्किएर दुर्घटना भएपछि धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ ।

सुन चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य सोमबार पाँच सय रुपैयाँले घटेको छ। आइतबार अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको सुन केही सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छ।

आइतबार छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार थियो। त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार नौं सय ५० कायम भएको छ।

हिजो तेजाबी सुन प्रतितोला एक लाख १६ हजार चार सय ५० रुपैयाँमो कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय १० तोकिएको छ। आइतबारको तुलनामा चाँदी पाँच रूपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बारामा प्रधानाध्यापकमाथि २ राउण्ड गोली प्रहार, अवस्था चिन्ता जनक

बारा । बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।

कलैया उपमहानगरको मुख्यबजारमै उनीलाई मोटर साइकलमा आएका दुई जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए । गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि अहिले बीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको बताइएको छ।

अहिले घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भैरहेको छ।

टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुरमाथि शानदार जित

काठमाडौँ। नेपालले आईसीसी टी२० विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो ।

ओपनर कुशल भुर्तेलको सानदार अर्धशतकमा नेपालले टि–२० विश्वकप छनौटमा विजयी सुरुवात गरेको छ। जितका लागि सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ बलमा मात्रै २ विकेट गुमाएर पूरा गर्यो।

नेपालको जितमा कुशल भुर्तेलले उत्कृष्ठ ब्याटिङ गरे। ५ रन आवश्यक हुँदा आउट हुनुअघि कुशलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा ७४ रन बनाए। आशिफले २६ बलमा २७ रन जोडेर आउट भए।

कप्तान रोहित पौडेलले २४ बलमा ३५ रन बनाउँदा कुशल मल्लले एक बलमा ६ रन जोड्दै अविजित रहे।सिंगापुरका अनन्था कृष्ण र अक्ष पुरीले एक एक विकेट हात पारे।

त्यसअघि सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो।

सिंगापुरका लागि तीन ब्याटरले सम्मानजनक पारी खेले। रोहन राङ्ग्राजनले ३० बलमा सर्वाधिक ४६ रन बनाउँदा मनप्रित सिंहले २६ बलमा २४ रनको योगदान गरे।

रोहनले ९ चौका र १ छक्का प्रहार गरे भने सिंहले ३ चौका प्रहार गरे। आर्यभिर चौधरी २६ बलमा ३७ रन बनाउँदै नटआउट रहे। उनले ५ चौका प्रहार गरे। बाँकी ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। ३ ब्याटर शून्य रनमै पेबेलियन फर्किए।

नेपालका लागि अभिनाश बोहराले ३ तथा करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले समान २र२ विकेट लिए। करणले ४ ओभरमा ३६, अभिनासले ४३, सन्दीपले १८ र गुल्शनले २१ रन खर्चिए। ४ ओभरमा २१ रन खर्चिएका सोमपाल कामीभने विकेटबिहिन भए।

टी-२० विश्वकप छनोट : सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सिंगापुरले पुरै ओभर खेलेर ९ विकेट क्षतिमा १४५ रन बनाएको हो।

सिंगापुरले पहिलो ओभरमै कप्तान अरित्रा दत्तलाई शून्यमा गुमाए पनि दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेको थियो। 

सन्दीप लामिछानेले दोस्रो विकेट लिएसँगै नेपालले सिंगापुरमाथि दबाब बनाएको थियो। सन्दीपले छैटौं ओभरको पाँचौ बलमा सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरेका थिए। 

गुल्सन झाले आठौं ओभरमा २ विकेट लिएपछि नेपाल खेलमा हाबी भएको थियो।  गुल्सनले रोहन रंगराजनलाई ४६ रनमा सन्दीप जोराबाट क्याच गराए। सिंगापुरका लागि सबैभन्दा बढी रन बनाएका रोहनले ३० बलमा ९ चौका र १ छक्का प्रहार गरे। चार बलपछि गुल्सनले अमार्त्य कौललाई शून्यमा आउट गरेका थिए।

त्यसपछि सन्दीपले जनकप्रकासलाई ७ रनमा एलबिडब्लूको धरापमा पारे। अभिनास बोहराले १८औं ओभरमा दुई विकेट लिने क्रममा थिलिपनलाई १ रन र अनन्थ कृष्णालाई शून्यमा क्याच आउट गराए।

त्यसअघि सिंगापुरका कप्तान अरित्रा दत्तलाई नेपालका करण केसीले इनिङ्ग्सको दोस्रो बलमै बोल्ड गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। अन्तिम ओभरमा अभिनास बोहराले अर्भवीर चौधरीलाई ३७ रनमा आउट गरेका थिए।

बलिङमा नेपालका अभिनास बोहराले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा ४३ रन खर्चिए। गुल्सन झा, करण केसी र सन्दीप लामिछानले २-२ विकेट लिन सफल भए।

समानुपातिक सांसद चयनबारे छलफल गर्न जसपाको बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (सोमबार) बस्दै छ। जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक दिउँसो साढे २ बजे पार्टी कार्यालय (बालकुमारी) मा बस्ने छ। 

बैठकमा मधेश प्रदेशसभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुने उनले जानकारी दिए। जसपा सांसद बिन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो।

साथै बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी ३ महिने अभियानबारे समेत समीक्षा हुने प्रचार विभाग प्रमुख बस्नेतले जानकारि दिए। 

ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने ५ जना पक्राउ

काठमाण्डाै । ई- सेवाको कर्मचारी हुँ’ भन्दै १५ लाख भन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र रौतहट गढिमाई नगरपालिका–६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव रहेका काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाहरूले पीडितहरूलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरी आफू ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ई–सेवाको आईडी, बैंकिङ खातासँग लिङ्कअप गराई खाता नवीकरण, केवाईसी फारम अपडेट, सिस्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको छ ।

उनीहरूले सर्वसाधारणको खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटहरूमा ट्रान्सफर लगायत भुक्तानीसमेत गरी १८ जनाबाट १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको खुल्न आएको प्रवक्ता रेग्मीले बताउनुभयो । उनीहरूलाई रौतहटका विभिन्न ठाउँबाट जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि आज काठमाण्डाै जिल्ला प्रहरी परिसर टेकु पठाइएको उहाँले बताउनुभयो ।

१३ कार्तिक २०८०, सोमबार यस्तो छ तपाईँको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । पारिवारिक सहयोग मिल्नेछ । कुनै कुराले मनमा शान्ति पनि छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको थालनी हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू पनि सम्पन्न हुनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमणीय र सुखद् यात्राको योग छ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । तीर्थाटनको योग पनि रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आकस्मिक धन लाभ हुनसक्छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सामान हराउने वा चोरी हुने सम्भावना पनि छ । कुनै चिन्ता पर्ने समाचार सुन्नु पर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ संयम रहनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । सेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न नसकिएला । खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । नयाँ ठाउँमा लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मानसिक चञ्चलता बढ्ने र कार्यक्रममा विघ्नबाधा आउनसक्छ । हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अतिथिका रूपमा सम्मान पाइनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । स्वादिष्ट भोजन पनि पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

गैरहाजिर भएका २२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह (सुचनासहित)

काठमाडौँ । गैरहाजिर रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनीहरू आफूखुसी गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

मुगु सामूहिक हत्या प्रकरण : एक जना शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

मुगु । मुगुको सामूहिक हत्या प्रकरणमा एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन्। जिल्लाको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि आइतबार प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार मध्यान्न करिब  १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थितबिच बजार (नगरपालिका जाने बाटो)नजिकैबाट प्रहरीले शंकास्पद  व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

उक्त घटनामा आइतबार प्रहरीले शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी टोली अहिले घटनास्थल वरपरको अनुसन्धान मिहिन रूपमा गरिरहेको भन्दै थापाले प्रहरी हत्याराको नजिक पुगेको बताएका छन् ।

थापाले भने, ‘शंकास्पद र अनुसन्धानले नजिक पुर्‍याएको एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ, यकिन र विस्तृत विवरण सङ्कलनपछि घटनाबारे थप कुरा सार्वजनिक गछौँ ।’ उनका अनुसार प्रहरीले हत्या प्रकरणमा महत्त्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि सबै कोणबाट अनुसन्धान जारी राखेको छ ।

हत्यारा पत्ता लगाउन नेपाल प्रहरीको विशेष अनुसन्धान टोली परिचालित छ । यसैबीच कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल समेत आइतबार मुगु पुगेका छन् । अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन् ।

गत शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाको छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै हत्या गरिएको अवस्थामा फेला परेको थियो । हत्या गरिएका चारै जना बोहोरा परिवारको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ ।

भारतले बनायो पुरूषहरूको लागि गर्भनिरोधक सुई, ट्रायलमा सफल र सुरक्षित पाइयो

काठमाडौं । विगत सात वर्षदेखि पुरुष गर्भनिरोधकमा अनुसन्धान गरिरहेको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) ले ठूलो सफलता हासिल गरेको छ । वास्तवमा, आइसीएमआरले पुरुष गर्भनिरोधक रिसग सुरक्षित र प्रभावकारी भएको पाएको छ। रिसग एक गैर-हर्मोनल इन्जेक्टेबल गर्भनिरोधक हो जुन गर्भावस्था रोक्न सफल हुन्छ।

अर्थात् यो सुईले प्रयोगको अनुमति पाएको छ । यो सुईको कुनै साइड इफेक्ट नभएको दाबी आईसीएमआरको छ । यो सुईको नाम रिभर्सिबल इनहिबिशन अफ स्पर्म अन्डर गाइडेन्स राखिएको छ ।

समाचारअनुसार क्लिनिकल परीक्षणमा २५ वर्षदेखि ४० वर्षबीचका ३०३ जना स्वस्थ अनि सेक्सुअली एक्टिभ विवाहित पुरुष र तिनका पत्नीलाई समावेश गरिएको थियो । यी जोडीलाई भ्यासेक्टोमी वा स्केल्पल भ्यासेक्टोमीको आवश्यकता थियो । तर भ्यासेक्टोमी नगरी परीक्षणमा सहभागी पुरुषलाई ६० एमजी रिभर्सिबल इनहिबिशन अफ स्पर्म अन्डर गाइडेन्स इन्जेक्ट गरियो ।

सुई गर्भधारण रोक्न ९९ दशमलव शून्य २ प्रतिशत प्रभावकारी भेटियो । एजुस्पर्मिया अर्थात् स्पर्म निष्कासनमा अवरोध गर्ने मामिलामा भने यो ९७ दशमलव ३ प्रतिशत प्रभावकारी पाइयो । यो गर्भनिरोधको सबैभन्दा प्रभावकारी विकल्प भएको अनि यसको साइड इफेक्ट पनि नरहेको आईसीएमआरले बताएको छ । एक पटक यो सुई लगाउँदा १३ वर्षसम्म गर्भधारणा रोक्न मद्दत मिल्ने बताइएको छ । परीक्षणको नतिजा गएको महिना एन्ड्रोलोजी जर्नलमा प्रकाशित भइसकेको छ ।

तीन वटा गाडीहरु एकापसमा ठोक्किँदा चार जना घाइते

पोखरा । पोखरा–बाग्लुङ सडक मार्गमा पर्ने पर्वतको मोदी गाउँपालिका –६ स्थित बेतेनीमा आइतवार दिउँसो तीन वटा गाडीहरु एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन् । 

घाइतेलाई उपचारका लागि पोखरा लगिएको प्रहरीले जनाएको छ । बाग्लुङबाट पोखरा जाँदैगरेको ग.१ ज ७४६९ नम्वरको जिपले सोही दिशातर्फ जाँदैगरेको वा.२१ च. ३८४ नम्वरको कारलाई ओभरटेक गरी जाँदैगर्दा विपरीत दिशामा जाँदै गरेको ट्याक्सीसँग ठोक्किन पुग्दा तीन वटै गाडी आपसमा ठोक्किएका थिए । 

गाडी ठोक्किँदा घाइते हुनेहरु चार जना ध.१ ज १०८७ नम्वरमा सवार यात्रुहरु रहेको प्रहरी चौकी डिमुवामा कार्यरत प्रहरी नायब निरीक्षक तोरणध्वज पौडेलले बताउनुभयो । तीन वटै गाडीमा भौतिक क्षति भएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको टाउकोमा चोट लागेको छ भने बाँकी यात्रुको गोडामा चोट लागेको छ । घाइतेको पहिचान खुल्न सकेको छैन । तीनवटा गाडीका चालकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख खुमलाल भुसालले बताउनुभयो ।

गाडीहरु एकापसमा ठोक्किँदा केही समय सडक नै अवरुद्ध हुन पुगेको बाग्लुङबाट पोखरा जाँदै गरेका यात्रु रमेश पौडेलले बताउनुभयो ।

कर्मचारीको सरुवालाई वैज्ञानिक र पारदर्शी बनाइन्छ : मन्त्री गुरुङ

काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भन्सार विधेयक, २०८० मा वैदेशिक सहायतामा सञ्चालित आयोजनाका लागि आवश्यक वस्तु आयात गर्दा उच्चस्तरीय कर सुधार आयोगको सुझावको आधारमा पुनरावलोकन गरी कार्यान्वयन गरिने व्यवस्था गरिएको बताउनुभएको छ ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतको तर्फबाट भन्सार विधेयक, २०८० प्रस्तुत संसदमा प्रस्तुत गर्दै उनले भन्सार कार्यालयमा कार्यरत कर्मचारीको नियमित अनुगमनको व्यवस्था समेत गरिएको बताएका हुन् ।

उनले भने, ‘भन्सार विभागका महानिर्देशक लगायत भन्सार कार्यालयका सबै कर्मचारी अधिकारीको कार्य जिम्मेवारी तोक्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको र भन्सार कार्यालयमा कार्यरत कर्मचारीको नियमित अनुगमनको व्यवस्था समेत गरिएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय व्यापार नियम र व्यापार प्रवर्द्धन सहजीकरण तथा सुविधाका कारणबाट सिभिल कन्टेनर सेवा सरकारले नै गर्नुपर्ने अवस्था नरहेको र अन्तर्राष्ट्रिय व्यापारको प्रवृत्ति र अन्तर्राष्ट्रिय अभ्यासको आधारमा सबै निकासी पैठारी सम्बन्धी कार्य सरकारी निकायबाट मात्र गर्न सम्भव नहुने ब्यहोरा जानकारी गराउँछु । महसुल, जरिबाना वा अन्य कुनै रकम विद्युतीय माध्यमबाट भुक्तानी भएको ६/६ महिनामा सम्बन्धित व्यक्ति वा कम्पनी कार्यालयमै पुगेर रुजु गर्नुपर्ने विषयमा पेपरलेस कस्टमको अवधारणा प्रस्तुत विधेयकमार्फत कार्यान्वयन गर्न प्रस्ताव गरिएको र यस व्यवस्थाबाट भन्सारमा हुने अनियमितता समेत रोकिने वातावरण सिर्जना हुने विश्वास छ ।’

उनले भन्सार प्रशासनमा हुने कर्मचारीको सरुवालाई वैज्ञानिक र पारदर्शी बनाइ र एकीकृत जाँच चौकी ठेक्का सार्वजनिक सूचनाको माध्यमबाट प्रतिस्पर्धाको आधारमा हुने मूल्याङ्कन गरी पारदर्शी रूपमा दिने गरिएको बताए ।

राष्ट्रसंघ महासचिवले भने- संक्रमणकालीन न्यायको प्रक्रियामा सघाउन तयार छौं

 काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार रहेको बताएका छन् । तर यो अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री हुनुपर्ने उनले बताए ।

नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेसले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्ता गरेका छन् ।

संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुटेरेसले नेपालको आगामी दिन महत्वपूर्ण हुने बताए ।

नेपाल विकासोन्मुख देशमा बढुवा हुन लाग्नुका साथै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय अन्तिम चरणमा पुगेको गुटेरेसले बताए । उनले भने, ‘संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउनुुपर्छ ।’