महाप्रबन्धकले आफ्नै श्रीमतीलाई बनाए लेखा प्रमुख, राजश्वबाट लेखामा श्रीमतीको सेवा परिवर्तन

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले आफ्नी हालैमात्र श्रीमतीको सेवा नै परिवर्तन गरेर लेखा समूहमा ल्याई विमानस्थलको लेखा प्रमुख बनाएका छन् । विमानस्थलका महाप्रबन्धक तिवारीले राजश्व समूहको कर्मचारी रेनु तिवारीलाई सेवा परिवर्तन गरी आफ्नै कार्यालयको लेखा प्रमुखको जिम्मेवारी दिएपछि उनी विवादमा तानिएका हुन् । तिवारीले श्रीमतीलाई आफैंले नेतृत्व गर्ने कार्यालयको लेखा शाखाको जिम्मा दिएपछि कर्मचारीहरुले आपत्ति जनाएका छन् ।
राजश्व समूहका कर्मचारीलाई साधरणतया राजश्व अनुसन्धान विभाग, भन्सारले खटाउँछ भने लेखा समूहको कर्मचारीको सरुवा गर्ने काम महालेखा नियन्त्रकले गर्दै आएको छ । नियम अनुसार,उपसचिव तहसम्मका यी कर्मचारीहरुलाई एउटा सेवा समूहबाट अर्काे समूहमा लैजान मिल्दैन तर महाप्रवन्धक तिवारीले भने नीति नियमलाई मिचेर लेखा समूहको कर्मचारीलाई राजश्व समूहतर्फ लगेका हुन । सेवा परिवर्तन गर्ने परेको खण्डमा लोकसेवाको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।तर नागरिक उड्डयन प्राधिकरणले भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुलाई निजामती सेवा ऐनले निर्देशित नगर्ने र त्यहाँका कर्मचारीहरु छुट्टै ऐनबाट चल्ने प्रतिक्रिया दिएको छ ।तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर राम्रो कार्यसम्पादन गर्दागर्दे जालझेल गरी निलम्बनमा परेसँगै चार महिनाअघि महानिर्देशक प्रतापबाबु तिवारी पठाइएका थिए ।

बजेटबारे पूर्व प्रशासकका प्रतिक्रिया

माधव अधिकारी,

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार नयाँ बजेट प्रस्तुत गरेपछि नेपाल सरकारका पूर्व मुख्य सचिव, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पृथ्वीराज लिगल र पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले सम्पत्ति न्युजलाई दिनुभएको प्रतिक्रिया यहाँ प्रस्तुत गरिएको छ ।

सफा नियत देखिएन
डा. विमल कोइराला, पूर्व मुख्यसचिव
बजेट जुन आकारको आएको छ, घटाउन पाए हुन्थ्यो । १५ अर्बको हाराहारीमा ल्याउनुपर्छ । अहिलेको खर्चको ढाँचा हेर्र्दा पूँजीगत खर्चभन्दा साधारण खर्च बढी हुने अवस्था छ । यथार्थमा आधारित भई बजेट बनाउने प्रवृत्ति हामीकहाँ छैन । अर्थतन्त्र अहिले नाजुक अवस्थामा छ । यसलाई लयमा ल्याउन जुन ढङ्गका कार्यक्रम हुनुपर्ने हो, त्यो छैन तसर्थ अर्थतन्त्र लयमा फर्किने सम्भावना देखिँदैन ।
मितव्ययिताको कुरा गर्ने सरकारले सांसद विकास कोषको कार्यक्रम ल्याउनुले त्यति सफा नियत देखिएन । बजेट समग्रमा मध्यम खालको छ, कार्यान्वयनमा समस्या हुन्छ ।

एक व्यवसायिक अर्थमन्त्री द्वारा निराशाजनक बजेट
पृथ्वीराज लिगल, पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग
अर्थमन्त्री डा प्रकाशशरण महतले हिजो संसदमा आर्थिक वर्ष २०८०/८१ को लामो बजेट प्रस्तुत गरेका थिए । बजेटले अर्थतन्त्रका चुनौतिहरू समेटेको छ तर त्यसलाई सम्बोधन गर्न सकेको छैन । यी चुनौतिहरूलाई पार गर्ने बजेटमा न त कुनै दिशा छ, न रणनीति र प्राथमिकता। यो केवल एकसम्पादन बिना विभिन्न मन्त्रालय र संस्थानहरुकोे इच्छा सूचीको संग्रह हो। बजेटमा यति धेरै कार्यक्रम समावेश गर्दा बजेटको आकार निकै बढेको छ । आफूले तयार पारेको बजेट सामान्य अवस्थामा नभई बलियो प्राथमिकताको माग गर्ने चुनौतीपूर्ण समयमा हो भन्ने कुरा अर्थमन्त्रीले बिर्सेको देखिन्छ । छोटकरीमा भन्नुपर्दा, कम्तिमा सांसदहरूका लागि बजेट विनियोजनमा विरोध गर्ने पूर्व अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेकोभन्दा संरचना र प्राथमिकताका हिसाबले पनि यसले आफूलाई माथि उठाउन सकेन।
न्यून आर्थिक गतिविधि, स्थिर लगानी र उच्च मुद्रास्फीतिले अर्थतन्त्र मन्दीमा छ भन्ने अर्थमन्त्रीले पूर्ण रूपमा बुझेका छन् । उत्पादन, निर्माण, खानी र उत्खनन आदिमा नकारात्मक वृद्धि, व्यापार र चालु खाता सन्तुलन फराकिलो, कमजोर उपभोग र पूँजी निर्माणका साथै राजस्व सङ्कलनमा ह्रास आउनुले बजेट घाटामा ठूलो दबाब परेकोले बकाया कर्जाको तीव्र वृद्धिले योगदान गरेको न्यून कुल गार्हस्थ उत्पादन वृद्धि, ऋण सेवा। यसबाहेक, अर्थतन्त्रमा कम्तिमा मध्यम वृद्धिलाई दिगो राख्न रोजगारी सिर्जना गर्न, आय र उपभोग बढाउन आन्तरिक कृषि र औद्योगिक उत्पादनलाई प्रोत्साहन गर्न आन्तरिक दृष्टिगत नीतिहरूको लागि दबाब दिने अन्तर्राष्ट्रिय परिप्रेक्ष्य त्यति उत्साहजनक छैन।
यी चुनौतिहरूका प्रभावहरू र त्यसलाई पार गर्नको लागि ठोस रणनीतिको आवश्यकता पहिचान गर्न बजेट पूर्णतया असफल भएको छ।
यी चुनौतिहरूलाई ध्यान नदिई बजेटले बजेटको आकारलाई फुलाउन मात्रै ६.५ प्रतिशतले उच्च वृद्धि हुने प्रक्षेपण गरेको छ । २१५वृद्धिको राजस्व प्रक्षेपण केवल अप्राप्य छ। यदि संशोधित अनुमान रु १०५० अर्बमा समायोजन गरियो, जुन आर्थिक २०७९/८० को प्रायः सम्भावित नतिजा हो भने २०८०/८१ को राजस्व अनुमान कुनै पनि हिसाबले हासिल गर्न नसकिने गरी ३६ प्रतिशत हुनेछ। यो स्पष्ट छ कि यदि खर्चमा भारी कटौती नगरिएको खण्डमा यसले घाटाको स्तरलाई कुल गार्हस्थ्य उत्पादनको ६५ मा थप दबाब दिनेछ।
अर्कोतर्फ, उच्च स्तरको बजेट खर्चले उच्च दरमा आयात बढाउन बाध्य छ र चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादनको १०५ नजिक पुग्न सक्छ। यसले विदेशी मुद्रा सञ्चितिलाई अप्ठ्यारो अवस्थामा पु¥याउने र मुद्रास्फीति दर ७ प्रतिशत कायम राख्नेछ ।
मध्यम खालको बजेट
दीपेन्द्र बहादुर क्षेत्री, पूर्व गभर्नर
बजेट समग्रमा मध्यम खालको छ । उत्पादनमा आधारित अनुदान दिनु अनुसन्धान र प्रवद्र्धनका लागि १०५ बजेट विनियोजन गर्नु बजेटका राम्रा पक्ष हुन् । निर्वाचन क्षेत्र विकास कोषका लागि रकम छुट्टयाइएकोमा मेरो विमति छ । बजेट भनेको गजेट हो ।

गरुडाका मेयर जैसवाल द्वारा नाला र वालको शुभारम्भ

रौतहट १६ जेठ। रौतहटको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थामनि जैसवालले एकैदिनमा दुर्इवटा योजनाको शुभारम्भ गरेका छन। मेयर जैसवालले गरुडा २ मा नाला ढलान र वडा ५ मा मन्दिरको पर्खाल निर्माण को शुभारम्भ गरेका हुन्। गरुडा नगरपालिका  २ गेडहीगुठी गाउँमा दुई साईडमा  नाला सहित ढलानको कार्य शुभारम्भ भएको छ । १४२ मिटर दुई साईटको नाला,२२ इन्च चौडाइ

१८ इन्च उचाई तथा ५० मिटर सल्याब र माटो ग्रेवल सहितको  हुन गईरहेको कार्यको नगर प्रमुख जैसवालले बताएका छन । कूल 

१५ लाखको लागतमा निर्माण हुने नाला तथा ढलानले स्थानियलाई सहज हुने बताए । त्यसैगरी मेयर जैसवालले केहि समय अगाडी गरुडा-५ लक्ष्मीपुर स्थित जल्पामाई मन्दिरको पर्खाल  तथा छठ्ठी घाटको  भर्‍याङ बनाउनको निम्ती नगरपालिका बाट १० लाख उपलब्ध गराउने घोषणा गरेको थिए । सोहि अनुरुप सोमवार देखी निर्माण हुने लागेको जल्पामाई मन्दिरको पर्खाल तथा छठघाटको भर्र्याङको उनले एक समारोहका बीच शिलान्यास गरेका छन । मन्दिरको पर्खाल निर्माणले  सौन्दर्यता तथा सुरक्षा हुने तथा भर्याङ निर्माण सम्पन्न पछी छ्ठ पुजा गर्ने ब्रतालुहरुलाई सहज हुने मेयर कन्थमनी जैसवालले बिश्वास ब्यक्त गरेका छन।

मौलापुरमा चोरको बिगविगी बढदै

मौलापुर ।  गए राति मौलापुर नगरपालिका वडा नं. ५ रामबालक पटेलको घरमा चोरी भएको छ । आज विहान उठदा करिब ४ बजे हेर्न जादा घरको मुल ढोकाको ताला काटी घर भित्र रहेको करिब १ लाख बराबरको धन माल चोरी भएको छ ।

मसुरी ५ क्वीन्टल, गहु १५ क्वीन्टल, बिद्युत मोटर २ थान, बिद्युत मीटर १ थान लगायत अन्य सामाग्री चोरी भएको घर धनी रामबालक पटेलले जनाएको छ ।

उक्त घरबाट पटकपटक चोरी भएको र केही दिन अघि बद्री मार्केटबाट तीन थान मोटरसाइकल चोरी हुदा एक थान मोटरसाइकल समेत फेला परिसकेको अवस्थामा दुई थान मोटरसाइकलको अवस्था अझ अज्ञात रहेको हुदा मौलापुर इलाका प्रहरी कार्यालयले यावत चोरीका घटनाहरुमा चासो नलिएको स्थानियहरुले बताएका छन ।

प्रायः जसो चोरी राति कै समयमा भएको हुनाले रातिको समयमा प्रहरीले गस्ति नगरी मौलापुर नगरपालिकाको आइ. टी. चौकमा मात्र जागराम बसी नगर भित्र अन्य वडाहरुमा गस्ती नगरेको हुनाले चोरीका घटनाहरु हुदै गरेकोले प्रहरी माथी आमजनमानसको विश्वास घटिरेहको स्थानियहरुको भनाइ रहेको छ ।

ज्ञानेन्द्र कुमार कर्ण ।

डोम बालबालिका लाई शैक्षीक सामग्री

रौतहट १६ जेठ। मधेशमा अति पिछाडिएका महादालित डोम समुदायका बालबालिका लाई शैक्षीक सामग्री बितरण गरिएको छ। रौतहटको पूर्व दक्षिणी भेग दुर्गा भगवती गाउँपालिका २ भालोहिया स्थित डोम समुदाय बिकास केन्द्र नामक संस्था द्वारा बालबालिका लाई शैक्षीक सामग्री बितरण गरेको हो। 

डोम समुदाय बिकाश केन्द्र द्वारा सोमवार दुर्गा भगवती गाउपालिका  2 भलोहिया डोम बस्तीमा शिक्षा , स्वास्थ , सरसफाइ , तथा आयआर्जन  सम्बन्धि जनचेतना मुलक अभियान कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रम समापन सङ्गै बिधालय पठाउन उतसाहित गर्ने उदेश्यले  ७ जना डोम बालबालिकाहरुलाइ  शैक्षिक सामग्री बितरन गरिएको संस्थाका अध्यक्ष विजय मल्ली डोमले बताएका छन।

अति बिपन्न डोम समुदायलाई माथी उकास्न सहयोग र साथदिनको लागी  अध्यक्ष मल्लीले  स्थानिय प्रदेश तथा केन्द्र सरकारलाइ आग्रह गरेका छन । डोम समुदायका शिक्षीत भनिएका विजय र बीरेन्द्र मल्ली लामाे समयदेखी जातिय उत्थानमा लागेका छन्। 

महेन्द्रकालीन कमजोर शिक्षा ब्यवस्था 

रौतहट १६ जेठ। पूर्व राजा महेन्द्रकै पालाको शिक्षा एन लाई टेकेर बर्तमान मन्त्रीले काम चलाईरहेको कारण शिक्षा गुणस्तरिय हुन नसकेको एक कार्यक्रमका बक्ताहरुले टिप्पणी गरेका छन्। गुजरा नगरपालीका अन्तर्गत माबि कनकपुरमा सोमवार गणतन्त्र दिवस २०८० को अवसरमा शैक्षिक समस्या तथा समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले समय अनूसार शिक्षा एनमा सुधार हुनुपर्नेमा त्यसो नभएको कारण शिक्षको स्तरीयता माथी प्रश्न उठेको धारणा राखेका थिए। तीन तहको सरकार हुँदा पनि अपेक्षा अनूसार शिक्षा लाई प्राथमिकतामा नराखेकाले सामुदायीक बिद्यालयको विजोग भएकाे बक्ताहरुले तर्क राखेका थिए। स्थानिय सरकारको मातहतमा सामुदायीक बिद्यालय र स्वास्थ लाई राखेकाे कारण दुबै क्षेत्रको झनझन अबस्था खराव भएकाे बताएका थिए। त्यसैगरी एकजना वक्ताले सामुदायीक विद्यालयका शिक्षकले आफ्ना बालबालिका लाई अनिवार्य पढाए शिक्षाको गुणस्तर सुधार हुने दाबी गरेका थिए। जिल्ला तथा गुजरा नगरपालिकाका शैक्षिक क्षेत्रमा देखिएका समस्या उपर शिक्षाविद्व तथा सरोकारबालाले प्रकाश पारेका थिए ।   कार्यक्रमका प्रमुख अतिथि गुजरा नगर प्रमुख सन्तलाल चाैधरीले  शिक्षा क्षेत्रमा विदमान रहेका समस्या एकलो नगरप्रमुखले चाहेर पनि  सामाधान  सम्भव नहुने वताएका थिए ।

नगरपालिकाले विधालयको भाैतिक अवस्था मात्र सुधार गर्न सक्छ ,सपार्न सक्छन ।तर विधालयमा वर्षाै देखि कमि रहेको शैक्षिक जन शक्ति व्यवस्थापन गर्ने अधिकार नगर प्रमुखसंग  नरहेको चाैधरीको भनाई छ  । नगरप्रमुख चाैधरीले भने शिक्षा सम्बन्धि अधिकार बजेट नगरपालिकामा रहृेपनि  राहत काेटाकाे बिक्री अझै शिक्षा समन्वय ईकाई गाैरबाट भई रहेको दाबि गरेका थिए । राष्ट्रिय परिक्षा बोर्डका हेटाैडाका प्रमुख कृष्णप्रसाद घिमिरेले नारायणी माध्यमिक विधालयका पुर्व प्रधानाध्यापक पुर्ण बहादुर दवाडीले अभिभावक  शिक्षक र विधार्थीको भुमिका बारे प्रकाश पारेका छन ।

अन्तर्क्रिया कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष रामकृपाल यादव, धर्मेन्द्र सिंह, विद्यालयका पूर्व अध्यक्ष शेख साविर हुसैन, अवकास प्राप्त प्रधानाध्यापकहरु रामेश्वर चौधरी, सुदामा यादव, बिसनाथ पटेल, लगायतकाले शिक्षामा आधुनिकीकरण नभएसम्म सुधार हुन नसक्ने जिकीर गरेका थिए। विधालय व्यवस्थापन समितिका अध्यक्ष शेख शैनुल्हाको को अध्यक्षतामा भएको अन्तरक्रियामा  नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा, विद्यालयका प्रधानाध्यापक मनाेज यादव, शिक्षक कपिलदेव यादव, लगायत दर्जनौं शिक्षक तथा अभिभावकको सहभागीता रहेको थियो । कार्यक्रममा बिधालयका बालबालिकाले बीच बीचमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको जनकपुर बाट प्रकाशित हुने आजको मधेश दृष्टि। पत्रीकामा रौतहट बाट सञ्जय मिश्राले लेखेका छन।

कुशल प्रशासक प्रजिअ उपाध्यायको उदाहरणीय कार्य

अशक्तलाई घरमै पुगी नागरिकता वितरण

काठमाडौँ । सामान्यतया प्रमुख जिल्ला अधिकारीलाई सेवाग्रहीले कार्यालयमै पुगेर पनि सजिलै भेट्न गाह्रो हुन्छ । तर काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने सेवाग्राहीको घरमै गएर एक अशक्त व्यक्तिलाई नागरिकता प्रमाणपत्र वितरण गरेका छन् ।
काठमाडौँ महानगरपालिका–६ स्थित गौरीघाट नयाँबस्तीमा गएर प्रजिअले २० वर्षीया स्वेता ढकाललाई नागरिकता वितरण गरेका हुन् । स्वेता पूर्ण रुपमा अशक्त छिन् । प्रजिअ उपाध्यायको यो कार्य अन्य कर्मचारीका लागि उदाहरणीय छ । प्रमुख जिल्ला अधिकारी ढकाल जुन जुन कार्यालयमा कार्यरत रहे,त्यहाँ नमूना काम गरेर देखाएका छन् । विगतमा ललितपुरको प्रजिअका रुपमा उनले उदाहरणीय कार्य गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँको नेतृत्व उपाध्यायले सम्हालेपछि कार्यालयको सेवाप्रवाहमा आमूल परिवर्तन भएको छ । सेवाग्रहीलाई टाइम कार्ड उपलब्ध गराउने, सार्वजनिक विदाका दिन सेवा उपलब्ध गराउने जस्ता अनुकरणीय काम उनले गरेका छन् । सार्वजनिक विदाको दिनपनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र वितरणको सेवा दिइरहेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५० वटा नागरिकता, १५० वटा पासपोर्ट र २ सय वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । २०८० वैशाख १ बाट बिदाको दिनमा पनि कार्यालयबाट सेवा प्रवाह शुरु गरिएको प्रजिअ उपाध्यायले जानकारी दिनुभयो ।

को हुन् प्रजिअ उपाध्याय ?

नेपाल सरकारको सहसचिव पदमा कार्यरत उपाध्याय एक मृदुभाषी,सरल,सहज ,इमान्दार,प्रतिभाशाली कर्मचारी हुन् । एउटा कुशल प्रशासकमा हुनुपर्ने सबै गुण छन् उपाध्यायमा । उनको कार्यकुशलताबाट सेवाग्राहीमात्र होइन कार्यालयका अन्य कर्मचारी पनि उत्तिकै प्रभावित हुन्छन् ।

उनले निःस्वार्थ ढंगले नियमानुसार पाउने तलबमात्र लिएर देश र नागरिकको सेवा गरिरहेका छन् । आफू कार्यरत कार्यालयमा उनी कार्यालय समयका अतिरिक्त सार्वजनिक विदाका दिनमा पनि काममा व्यस्त रहन्छन् । कार्यसम्पादनका क्रममा पेशागत निष्ठा, नियमितता, मितव्ययिता र कार्यदक्षताको राम्रो ख्याल राख्छन् । प्रमुख जिल्ला अधिकारीको पदलाई उनले जागिर होइन,जिल्लाको सेवा गर्ने अवसरका रुपमा लिएका छन् । आफ्नो जिम्मेवारीप्रति उनमा समर्पणको भाव छ । कामको चापका बीच पनि प्रसन्न रहनु, प्रतिकूल परिस्थितिमा नआत्तिनु र स्वविवेका आधारमा निर्णय लिनु उनका विशेषता हुन् ।

उपाध्याय एक प्रखर तार्किक बौद्धिक क्षमतायुक्त प्रशासक हुन् । गृह प्रशासनमा लामो अनुभव भएका उपाध्यायलाई निजामती वृत्तमा भावी गृहसचिवका रुपमा समेत हेरिन्छ । उनी पेशागत निष्ठा, मर्यादा र आचारसंहिताको पूर्ण परिपालना गर्दै नियममा अडिग रहने प्रशासक हुन् । उपाध्यायले कार्यालयका आगन्तुक, जनप्रतिनिधि र कर्मचारीलाई उत्तिकै सम्मानपूर्वक व्यवहार गर्छन । उनको हृदय र मनबीच समानता छ । उनको बोली जत्ति मीठो छ, सेवाग्राहीप्रतिको व्यवहार पनि त्यत्तिकै राम्रो छ । निजामती सेवाको उच्च पदमा पुगेपनि उनमा कुनै दम्भ,अहंकारको भाव छैन । शालीन हाउभाउ र भव्य व्यक्तित्वका धनी उपाध्यायको आदर्श ‘सादा जीवन उच्च विचार’हो ।

ठोरी–माडी सडक निकुञ्जबाहिर निर्माण गरिने

पर्सा । हुलाकी लोकमार्गको ठोरी मादी तथा वन्कटा जगतपुर सडक खण्डको निर्माण कार्य अवरुद्ध भएकोमा वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जबाहिरबाट रेखाकंन गरी निर्माण गर्न सहमति दिएको छ ।

वातावरणीय प्रभाव मूल्यांकन तथा प्राविधिक अध्ययन प्रतिवेदनले सिफारिस गरेपछि निकुञ्जभित्रको माडी–ठोरी सडकखण्डको सट्टा ठोरी–हनुमानझुला–कुसुमखोला हुँदै जगतपुरसम्म निर्माण गर्न सहमति प्रदान गरिएको हो । धुर्वघाट पुल समेत निकुञ्ज बाहिर बनाइने भएको छ । यसबाट लामोसमयदेखि अवरुद्ध हुलाकी सडक निर्माण पुनः सुचारु हुने भएको छ ।

हुलाकी सडक निकुञ्ज बाहिर निर्माण भएपछि निकुञ्जका वनस्पति र वन्यजन्तुलाई क्षति नपुग्ने तथा पर्यावरण संरक्षणमा सघाउ पुग्ने स्थानीयवासीले बताएका छन् ।

निकुञ्ज परिसरभित्र निर्माण गरिएको स्थानीय रिउ खोला पुल बगाई र राप्ती नदि पुल कसरा खोलामा निर्मित पुललाई निकुञ्ज संरक्षण तथा पर्यटन प्रयोजनका लागि मात्र प्रयोग गर्ने प्राविधिक सुझाव आएको छ । विगतमा वातावरणीय अध्ययन नगरी निर्माण सुरु गरिएको नारायणी पुलको ठेक्का १० वर्षपछि तोडिएको थियो ।

राष्ट्रपतिबाट माफी दिइनु विधिको शासन विपरीतः बार

काठमाडौँ। नेपाल बार एसोसिएसनले टीकापुर घटनासँग सम्बन्धित व्यक्ति राष्ट्रपतिबाट माफी दिइनु संवैधानिक सर्वोच्चता, विधिको शासन एवं आममाफी सम्बन्धी अवधारणा विपरीत भएको जनाएको छ ।
नेपाल सरकारबाट गणतन्त्र दिवसको अवसरमा विभिन्न अदालतबाट भएको सजायलाई माफी दिने कार्यबाट दण्डहीनताले प्रश्रय पाउने बारले जनाएको छ ।
नेपालको संविधानको धारा २७६ ले राष्ट्र प्रमुखको हैसियतले अदालत, न्यायिक वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी परिवर्तन वा कम गर्नसक्ने संवैधानिक प्रावधान रहेकोमा सोको प्रयोग कानूनको परिधिभित्र रही गर्न निर्दिष्ट गरेको विज्ञप्तिमा उल्लेख छ । “सो सम्बन्धमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ र फौजदारी कसुर९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ को दफा १५९ र फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा २४ र ३७ द्वारा निर्दिष्ट प्रावधानको प्रतिकूल सजायको माफी मिनाहा हुन सक्ने परिकल्पना गरेको छैन ।”–महासचिव अञ्जिता खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसअघि टीकापुर घटनामा हत्या भएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा बोहराले रेशम चौधरीको कैद माफी मिनाह नगर्न शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन समेत दिनुभएको थियो । उहाँले रेशम चौधरीको आममाफी घाउमा थप नुनचुक भएको निवेदनमा उल्लेख गर्नुभएको थियो । ‘सिउँदो फुस्रै भएपनि न्यायालयले गरेको फैसलामा चित्त बुझाउने म र मजस्ता निरीहका लागि अब नेपाल देशको अभिभावक र संविधानका संरक्षक बाहेक गुञ्जायस बाँकी कहीँ छैन ।’ उक्त निवेदनमा भनिएको छ ।
२०७२, भदौ ७ मा कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी आक्रमणबाट वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित ८ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो ।
उक्त प्रदर्शनको नेतृत्व गरेको अभियोग लगाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी अदालतको फैसलाअनुसार जेलमा रहेका थिए । जिल्ला अदालत, उच्च अदालत डोटी र सर्वोच्च अदालतले रेशम चौधरीविरुद्ध जन्मकैद फैसला गरेको छ । तीन तहको अदालतले निरूपण गरेको विषयलाई राजनीतिको खास्टो ओढाएर अपराधीलाई माफी मिनाहा गरेर राजनीतिलाई नै अपराधीकरणसँग मितेरी नगाँस्न घटनामा ज्यान गुमाएका प्रहरी परिवारको माग छ ।

यस्तो छ  १६ जेठ २०८०, मंगलवार आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । स्वादिष्ट खानेकुरा पनि पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । धन हात पार्न पनि सक्छ, तर खानपान र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बिहानै कुनै कुराले मन प्रसन्न रहनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफ्नो श्रमको उचित मल्याङ्कन र कदर हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज खानपिन र स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ, तर परिवारमा रमाइलो जमघट हुने र अभिभावकले सन्तुष्टि जनाउनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वादिष्ट भोजन पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । रमाइलो यात्राको योग पनि रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । रमाइलो यात्राको योग पनि रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

आर्थिक वर्ष २०८०/८१को बजेटमा के छ ?(पूर्ण पाठसहित)

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०र८१ का लागि नेपाल सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले सोमबार नयाँ बजेट प्रस्तुत गरेका हुन्।
विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५।२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७।२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७।५५ प्रतिशत बजेट विनियोजन गरेको अर्थमन्त्री महतले जानकारी दिनुभयो । एघार खर्ब ७९ राजस्व उठ्ने, आन्तरिक ऋण पूरै उठाइने, आगामी आर्थिक वर्षमा जम्मा ११ खर्ब ७९ अर्ब राजस्व उठ्ने र ३८ अर्ब अनुदान प्राप्त हुने आङ्कलन गरिएको छ।
बजेटले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने उल्लेख गरेको छ भने मुद्रास्फीति ६।५ प्रतिशतमा सीमित हुने अनुमान रहेको महतले बताउनुभयो ।
मन्त्रालयगत बजेट बाँडफाँड
कृषि तथा पशुपन्छी विकास मन्त्रालय – ५८ अर्ब ९८ करोड
वन तथा वातावरण मन्त्रालय – १५ अर्ब ५६ करोड
भूमि व्यवस्था तथा सहकारी मन्त्रालय – ७ अर्ब २४ करोड
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय – ९ अर्ब ४६ करोड
श्रम तथा रोजगार मन्त्रालय – ८ अर्ब ८ करोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – ११ अर्ब ९६ करोड
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय – १ खर्ब ९७ अर्ब
स्वास्थ तथा जनसंख्या मन्त्रालय – ८३ अर्ब ९९ करोड
खानेपानी तथा सरसफाई – २८ अर्ब १६ करोड
युवा तथा खेलकुद – २ अर्ब ८७ करोड ५९ लाख
महिला तथा बालबालिका र जेष्ठ नागरिक – १ अर्ब ५७ करोड ६२ लाख
भौतिक पूर्वाधार तथा यातायात – १ खर्ब ३१ अर्ब
आवास तथा शहरी विकास – ६६ अर्ब १७ करोड
ऊर्जा, जलस्रोत तथा सिञ्चाई – ८७ अर्ब ४५ करोड
सञ्चार तथा सूचना प्रविधि – ८ अर्ब ७१ करोड
बजेटको पूर्ण पाठ सम्पत्तिन्युजमा पढ्न र डाउनलोड ग

गुजरातले चेन्नईलाई दियो २ सय १५ रनको लक्ष्य: IPL

काठमाडौं । गुजरातले चेन्नईलाई दियो २ सय १५ रनको लक्ष्य दिएको छ । ईन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल निकै रोमान्चक हुने देखिएको छ ।

जारी फाइनलमा गुजरात टाईटन्सले चेन्नई सुपर किंग्सलाई २ सय १५ रनको लक्ष्य दिएको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनाएको हो ।

यो सँगै चेन्नईलाई जितका लागि २ सय १५ रन बनाउनु पर्ने भएको छ ।

राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान

काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए ।

गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो ।अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो । १ अर्ब भन्दा बढी रकम विनियोजन भएको कार्यक्रमको प्रभावकारिता अनुगमन गर्न राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा अनुगमन समिति बनाइने उनले बताए । 

राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो ।

यस्तो छ आ.व. २०७९।८० को आर्थिक सर्वेक्षण (पूर्ण पाठसहित)

काठमाडौँ । नेपाल सरकारले आर्थिक सर्वेक्षण २०७९।८० सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा पेश गरेपछि अर्थ मन्त्रालयद्वारा सार्वजनिक आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धिदर कम हुने अनुमान गरिएको उल्लेख छ ।
फलस्वरूप, आर्थिक वर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने सरकारको अनुमान छ । ऊर्जा उत्पादनमा वृद्धि भएको कारण विद्युत्, ग्यास, वाष्प र वातानुकुलित क्षेत्रको उत्पादन भने १९.० प्रतिशतले विस्तार हुने अनुमान पनि सरकारको छ ।

सर्वेक्षणमा भनिएको छ– ‘चालु आर्थिक वर्षमा निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन सङ्कुचन हुने अनुमान छ । त्यसैगरी, यातायात तथा भण्डारण क्षेत्र, शिक्षा र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान छ’ ।
पाठकवर्गको जानकारीका लागि आर्थिक सर्वेक्षण २०७९।८० को पूर्णपाठ सम्पत्तिन्युजमा समेत सरलताका साथ हेर्न र डाउनलोड गर्न सकिनेछ ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रियध्वजा सहितको टावरलाइट उद्घाटन 

रौतहट १५ जेठ। गणतन्त्र दिवसको अवसरमा रौतहटको सदरमुकाम गौर भन्सार छेउ भारतीय सिमाना नजिकै रहेको नेपाली झण्डा सहितको टावरलाईट उदघाटन गरीएको छ।  

सोमबार एक समारोहका बीच गौरकाे नगर प्रमुख शम्भु साह र सिडियाे धर्मेन्द्र कुमार मिश्रले संयुक्त रूपमा टावर लाइटको उदघाटन गरेका हुन्।

भारत बैरगनिया र गौर बीच निर्मित क्रान्तिदवारको अगाडी गौर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको उक्त टावर लाइट संगै  छिमेकी मुलुक भारतबाट आउने आगन्तुकहरुको लागि नेपाल मुलुक प्रवेश गरेको अनुभूति मिल्ने मेयर साहले बताएका छन । उक्त टावर लाईट उदघाटन सङ्गै गणतन्त्र प्राप्तिको लागि सहादत प्राप्त गरेका ज्ञात अज्ञात सहिद वीर योद्धाहरुको सम्झनामा अतिथिहरुले वृक्षरोपण समेत गरेका छन। उक्त अवसरमा मेयर साह, उपमेयर शैल देवी साह,सिडियाे मिश्र, रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगर,विरदल गण पुरिनवा गौरका प्रमुख सेनानी गंगा बहादुर विष्ट लगाएतको उपस्थिती रहेको थियो।