खोटाङमा ६ म्याग्निट्युडको भूकम्प


१५ साउन, काठमाडौं । खोटाङमा आइतबार बिहान ८ :१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार खोटाङको साकेला गाउँपालिक-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएका छन् । केन्द्रकी प्रमुख मोनिका झाले यो खोटाङको मात्तिम बिर्ता केन्द्रविन्दु भएर ६ म्याग्निट्युडको भूकम्प गएको बताइन् ।
प्रमुख झाका अनुसार यो गोरखा भूकम्पको पराकम्पन नभई छुट्टै भूकम्प हो ।

खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण अहिले सम्म आइसकेको छैन ।

भूकम्पको केन्द्रविन्दु रहेको गाउँपालिकाकी उपाध्यक्ष बिर्सिका राईले छोटो तर कडा धक्का आएको भए पनि हालसम्म कुनै पनि क्षति भएको नपाइएको बताइन् ।

शुक्रबार कोरोना संक्रमितको संख्या बिहीबारको तुलनामा केहि कम

शुक्रबार कोरोना संक्रमितको संख्या बिहीबारको तुलनामा केहि कम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या बिहीबारको तुलनामा १३३ जनाले थोरै हो ।
२४ घण्टामा भएको कुल चार हजार २८२ नमुना परीक्षणमा सो संख्यामा संक्रमण पाइएको हो । जसमध्ये दुई हजार ४७४ पीसीआर परीक्षणबाट ३९१ जना र एक हजार ८०८ एन्टिजेन परीक्षबाट १८६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडौंका २१२ जना, ललितपुरका ५४ जना र भक्तपुरका १४ जना रहेको मन्त्रालयले जारी गरेको तथ्यांकमा छ ।

करारका कर्मचारी नहटाउन माग प्रमुख प्रतिपक्षी दल

एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभाग प्रमुख किरण गुरुङले शुक्रवार विज्ञप्ति जारी गर्दै करारका कर्मचारी नहटाउन माग गरेका छन्। विज्ञप्तिमा वर्तमान गठबन्धन सरकार स्थायी कर्मचारीहरूको यो संयन्त्रलाई हतोत्साही बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको आरोप लगाइएको छ ।

एमालेले नयाँ आर्थिक वर्षको थालनीसँगै संघ, प्रदेश र स्थानीय सरकारहरूले अस्थायी, ज्यालादारी र करारमा कार्यरत हजारौं कर्मचारीहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गर्न थालेको भन्दै त्यसलाई रोक्न भनेको छ ।

‘नेकपा एमाले निश्चित विधि एवं प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीहरूलाई विधि र प्रक्रिया विपरीत हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने गरी सरकारले गरिरहेको कारबाहीको भत्र्सना गर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘बहालमा रहेका सबै कर्मचारीहरूलाई नियमित रूपमा काम गर्न पाउने गरी पेशागत सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्दछ ।’

नगरप्रमुख साम्पाङको श्रमदान अभियान


धरान, १३ साउन (रासस) सामाजिक अभियन्ताको चर्चा पाएर एकाएक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई (साम्पाङ) यतिबेला जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिनुभएका छन् । धरानमा भएको खानेपानी समस्या हल गर्न विभिन्न साना खोलाको पानी सङ्कलन गर्न उहाँले अभियान नै सुरु गर्नुभएको छ । उहाँको अभियानमा धरानको अधिकांश जनता सहभागी भएको छ ।

धरानको नेतृत्वमा नआउँदासम्म उहाँ हप्ताको सातै दिन जनताको कामका लागि सडकमा देखिनुहुन्थ्यो । त्यसबेला उहाँले गरेको काम र अभियानको चर्चा खासै थिएन । कतिपय उहाँले चलाएको अभियानमा असफल पनि हुनुभयो साम्पाङ । तर उहाँ सफलता नै सफलताको कडी हो भन्ने बुझेर उहाँले आफ्नो अभियान निरन्तर जारी राख्नुभयो । 

दक्षिण एशियाको उत्कृष्ट अस्पताल तथा शिक्षण संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको बेथिति र जनताले स्वास्थ्य उपचार सेवामा भोग्नुपरेको समस्या समाधानका लागि उहाँले अभियान चलाउनुभयो । खानेपानी समस्याका विषयमा उहाँको अझ बढी चासो र चिन्ता थियो । खानेपानी बोर्डका कार्यकारी निर्देशक, तत्कालीन नगर प्रमुख तिलक राई, धरान उपमहानगरपालिकाका अधिकृत खगेन्द्रप्रसाद खतिवडालाई उहाँले टेलिफोनमा थर्काएका भिडियो जनताले प्रत्यक्ष हेर्न पाएका थिए । जनताका लागि पदमा बसेका व्यक्तिलाई गरेको खबरदारीले धराने जनताबाट पाउनुभएको गहिरो सहानुभूतिले उहाँलाई प्रमुख भएर त्यही समस्या समाधान गर्ने स्थानमा पु¥यायो । 

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा करिब पाँच हजार मतान्तरले धरान उपमहानगरपालिकाको प्रमुखमा सानदार जीत निकाल्न सक्नुभयो । धरानको कुल मतदाता एक लाख ३२४ जना रहेकामा ६२ हजारले मतदान गरेका थिए । त्यसमध्ये २० हजार ८२१ मतदाताले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई पन्छाएर स्वतन्त्र उम्मेद्वार साम्पाङलाई मत दिएका थिए । आर्थिक अवस्था त्यति राम्रो नभएका उहाँलाई चुनाव खर्च पनि उहाँहरुकै समर्थकले जुटाइदिएका थिए । 

नेतृत्वमा पुगेपछि जनतासँग गरेको वाचा मात्र बिर्सने कतिपय नेताहरुका लागि उहाँ प्रमुखमा जित्दै गर्दा यस विषयमा निकै सचेत देखिनुभयो । उहाँ प्रमुखको कुर्सीमा बसेपछि पनि धराने जनताको साथ लिएर सडकमै उत्रिनुभएको छ । जनता पनि उहाँको साथ छाडेका छैनन् र उहाँका समर्थक, शुभचिन्तक अझ बढेको बताउनुहुन्छ अभियानका सहयोगी हरि श्रेष्ठ । तीन लाख जनसङ्ख्या बस्ने धरानमा विगतका जनप्रतिनिधिले खानेपानीको विषयमा कसैले ध्यान नदिएको लिएको ऋणको पनि सदुपयोग नभए पनि जनताले स्वतन्त्र उम्मेदवारलाई रोजेको उहाँको भनाइ छ ।  

उहाँले आफ्नो सम्पूर्ण समय पदीय जिम्मेवारीमै लगाउनुभएको छ । साताको दुई दिन शुक्रबार र शनिबार समर्थक र शुभचिन्तकका साथमा कार्यस्थलमै जानुहुन्छ भने बाँकी दिन उपहानगरको दैनिक र प्रशासनिक कामका लागि दिनुहुन्छ । उहाँले निर्वाचनमा प्रतिबद्धता जनाएको काम निर्वाचित भएर पदभार ग्रहण गरेकै दिनदेखि कार्यान्वयनका लागि लाग्नुभयो । 

धरानको प्रमुख समस्याका रुपमा रहेको खानेपानी समस्या समाधान गर्न पानी व्यवस्थापनका लागि उहाँले यतिबेला आफ्नो बढी समय खर्चनुभएको स्थानीयवासी बताउँछन् । उहाँले दैनिक गर्ने हरेक कामको जनतालाई आफ्नो फेसबुक पेजबाट जानकारी गराउँदै आउनुभएको छ । आफूले जिताएको जनप्रतिनिधिले के गर्दैछ भन्ने जानकारी फेसबुक पेजबाट जनताले थाहा पाउँदा मतदाता पनि खुसी लागेको धरान १५ का विष्णु लिम्बू बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “त्यही सूचनाका आधारमा जनता आफ्ना जनप्रतिनिधिको काममा सहयोग गर्न जाने गरेका छौँ ।” 

नगर प्रमुख भएर आउनेबित्तिकै उहाँले उहाँले खानेपानी स्रोत व्यवस्थापनका लागि प्राविधिक टोलीसहित स्थलगत अध्ययन गर्नुभयो । धरानका साना खोला र सप्तकोसीबाट पानी ल्याउन अध्ययनका लागि जानुभयो । उहाँले धरानको वडा नं २० मा पर्ने पकुवा खोलामा खेर गइरहेको पानी व्यवस्थापन गर्न पहिलो अभियान चलाउनुभयो । फेसबुकबाट श्रमदानको आह्वान र पाइप सहयोगका लागि गरेको आह्वानले देश विदेशमा रहनुभएका धराने जनताले सहयोग गरे । धरानमा हुनेले श्रमदान र विदेशमा हुनेले आर्थिक सहयोग गरे । 

शनिबार, शुक्रबार र अन्य सार्वजनिक बिदाका दिन प्रमुख आफैँ पुगेर श्रमदान गरे । अन्य दिन धराने जनताले श्रमदान गरेर तीन हप्ताको मेहनतमा पहाड छेडर पकुवाको पानी पाइपमार्फत सर्दुखोला हुँदै धरान–११ स्थित पानेपानीको ट्याङ्कीसम्म जोडिएको छ । सरकारी बजेट हुने हो भने यो करिब रु ६०÷७० लाखको योजना हुने प्राविधिकले बताएका छन् । 

पकुवा खोलाको पानी खानेपानीको ट्याङ्कीसम्म ल्याउन सफल भएपछि प्रमुख साम्पाङ सामाजिक सञ्जालबाटै आह्वान गरेर धरान–४ बाट बग्ने निशाने खोलाको पानी व्यवस्थापनमा लाग्नुभएको छ । एक सातादेखि उहाँ धराने जनतासँगै श्रमदान गर्दै आउनुभएको छ । पर्यावरण सन्तुलन कायम गर्न साप्ताहिकरुपमा उहाँ वृक्षरोपण कार्यक्रम बनाएर पाखाभित्तामा फलफूलका बोटबिरुवा रोप्दै आउनुभएको छ । वन, जङ्गल अभाव र भएको वन जङ्गलमा चराचुरुङ्गी, बाँदरलगायत पशुपक्षीले खाने आहाराको अभावले बाँदर सहर पसेको र अन्य पशुपक्षी मासिएको उहाँको बुझाइ छ । त्यही भएर उहाँ वृक्षरोपण कार्यक्रममा पनि उत्तिकै समय दिँदै आउनुभएको छ । शुक्रबार उहाँ सार्वजनिकरुपमा लागुऔषधसम्बन्धी सचेतना जगाउन धरानका चोकमा नियमित ‘प्ले कार्ड’ बोकेर ‘नो ड्रक्स’ को अभियान पनि चलाइरहनुभएको छ ।

प्रमुख साम्पाङले भविष्यमा कोसीको पानी धरान ल्याउने योजना रहेको र अध्ययन भइरहेकाले उक्त पानीलाई ठूलो जलाशय बनाएर जम्मा गर्ने र त्यसबाट नै बिजुली पनि निकाल्ने आफ्नो अवधारणा सुनाए । त्यसका लागि जलाशय बनाउन भनेर प्रस्तावित ठाउँसम्म प्राविधिक, इञ्जिनीयरलाई अवलोकन गराउनुभएको छ । 

पूर्वाञ्चल प्राविधिक कलेका इञ्जिनीयरले कोसीको पानी जम्मा गर्न जलाशय बनाउने ठाउँ उपयुक्त भए पनि त्यस स्थानको सोइल टेष्ट गरेर मात्रअघि बढ्न सुझाव दिनुभएको छ । अहिले वर्षाको समयमा पनि खर्दु खोलाको पानीबाट ४० किलोवाट बिजुली उत्पादन गर्न सकिने र हिउँदमा पाँच÷छ किलोवाटसम्म बिजुली उत्पादन गर्न सकिने सुझाव दिएको प्रमुख साम्पाङले बताउनुभयो । पकुवा खोलामा जनश्रमदान गरेर पानी ल्याउने प्रमुख साम्पाङको योजना सफल भएपछि कोसी राजमार्गको धरान धनकुटे सडकखण्डमा पर्ने निशाने खोलामा पनि श्रमदान अभियान सुरु गरिएको छ । 

जङ्लमा जमिनमुनिको पानी तान्ने पम्प महिनामा दुई÷तीनपटक बिग्रिने र एउटा पम्प बनाउन रु दुई लाखसम्म खर्च हुने गरेको छ । वर्षायाममा खोला खोल्सीमा भएको सतहको पानी ल्याउनसके पम्प चलाइरहन नपर्ने र वर्षायामभरि पम्प बिग्रेर बनाउनु नपर्ने तथा बिजुली चलाएको खर्च जोगिने प्रमुख साम्पाङले बताउनुहुन्छ । दीर्घकालीन समाधान भने कोसीबाट पानी ल्याउनैपर्ने उहाँ बताउनुहुन्छ । 

उहाँ खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा आफ्नो स्थान बनाउन सङ्घर्षरत पात्र हुनु हुनुहुन्छ । विसं २०३९ फागुन १५ गते खार्ताम्छामा जन्मनुभएका साम्पाङ त्यहीँको शुक्रबारे माविबाट एसएलसी गरेर २०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झर्नुभएको थियो । उहाँले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गर्नुभयो । अध्ययनकै क्रममा उहाँले धरानमा एउटा ल्याङ्ग्वेज सेन्टरमा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गर्नुभयो । त्यसमा पनि चित्त नबुझेपछि अफगानिस्तान जानुभएका उहाँ त्यहाँबाट फर्किएर पुनःइराकतिर लाग्नुभयो । 

विदेशमा छ वर्ष काम गरेपछि नेपाल फर्किनुभएको उहाँ देशमै केही गर्नुपर्छ भनेर सामाजिक काममा लाग्नुभयो । धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गमा परेका स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उहाँको चर्चा सुरु भएको हो । सडक विस्तारका नाममा नगरवासीलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएसँगै उहाँको परिचय फैलियो र धेरैले उहँँलाई जनताका पक्षमा बोल्ने अगुवाका रुपमा चिन्न थाले ।

सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भएको थियो । भूमिगत खानेपानीका लागि काम सुरु भएर पानी वितरण त भयो तर समस्या भने ज्युँकात्युँ रह्यो । अहिले पनि धरानमा खानेपानी अभाव छ । उहाँले पहिलोपटक हिक्मत गरेर आयोजनाप्रति नै प्रश्न गर्न थाल्नुभयो । खानेपानीमा राजनीतिक दलले गरेका बद्मासीबारे खुलेर विरोध गर्नुभयो । उहाँ एक्लै सडकमा उत्रिनुभयो । विस्तारै अरुले साथ दिन थालेका थिए । 

कतिपय अभियानमा असफलता भए तर कहिल्यै निराश भने हुनु भएन । सामाजिक, राजनीतिक र स्थानीय तह र सार्वजनिक संस्थामा हुने गरेका विकृति र विसङ्गतिविरुद्ध उहाँले निरन्तर प्रश्न उठाउनुभयो । आज पनि उहाँको अभियान जारी छ । 

धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उहाँले आवाज बुलन्द पार्नुभयो । दलको कामबाट दिकदार भएका धराने जनता फाट्टफुट्ट उहाँको आन्दोलनमा साथ दिन थाले । उहाँको आन्दोलनबारे राजनीतिक दल, सञ्चारमाध्यामले कुनै चासो नदिए पनि उहाँ निरन्तर खबरदारीमा लागि रहनुभयो । 

राजनीतिक दल र नेताहरू सुध्रिनुपर्छ, भ्रष्टाचार, कमिसन र लुट शासनको अन्त्य हुनुपर्छ भन्ने उहाँको मान्यता रहेको छ । यस्ता विषयमा उहाँ निरन्तर फेसबुकमा लाइभ गर्दै आउनुभएको छ । प्रमुख भएपछि पनि उहाँ सार्वजनिक चासोका विषय, धरान उपमहानगरपालिकाले गरिरहेको गतिविधि नियमित सामाजिक सञ्जालमार्फत जानकारी गराइ राख्नुभएको छ ।

एक दशकदेखि धरानका सडकमा कहिले एक्लै कहिले सानो समूह लिएर प्लेकार्ड, ब्यानर, पर्चा लिएर सधैँ भेटिइरहने सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँले सर्दु जलाधार क्षेत्र संरक्षण अभियान पनि योगदान छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका मानिसले पनि भू–माफियासँग मिलेर फेरि जमिन हड्प्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो । हर्क साम्पाङ पनि त्यसमा जोडिनुभएको थियो । पोलिखे उहाँको मृत्यु भएपछि त्यो काम साम्पाङले गर्नुभयो ।

एकसय ८१ प्रतिशत राजस्व असुली

महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा एकसय ८१ प्रतिशत राजस्व असुली गरेका छन् । कार्यालयले आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असार मसान्तसम्ममा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएका थिए ।

भन्सारले सो अवधिमा तीन अर्ब नौ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको भन्सार अधिकृत एवं सूचना अधिकारी डिल्लीराम सुवेदीले जानकारी दिनुभयो । जलेश्वर भन्सारले पैठारी महसुलतर्फ रु एक अर्ब ११ करोड ८२ लाख ७ हजार लक्ष्य लिएकोमा एक अर्ब ८६ करोड ३९ लाख २४ हजार सङ्कलन गरेको छ । त्यस्तै मूल्य अभिवृद्धितर्फ रु ४३ करोड ५२ लाख सङ्कलन गर्ने लक्ष्य लिएकोमा ९४ करोड ७६ लाख ४१ हजार सङ्कलन गरेको छ ।

त्यसैगरी अन्तशुल्क तर्फ रु पाँच करोड ३१ लाख ६९ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा चार करोड ८१ लाख ३४ हजार सङ्कलन गरेको छ । र त्यसैगरी अन्यतर्फ १० करोड ५ लाख एक हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा २३ करोड ३७ लाख ७२ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।

सो भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा जम्मा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु तीन अर्ब ९ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन सांसदको माग


सांसदहरुले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याउनुभएको हो ।

सांसद् नारायणप्रसाद खतिवडा अहिले एसइई परीक्षामा सामुदायिक र निजीमा फरक नतिजा देखिएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारेर आगामी वर्ष राम्रो नतिजा ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद पार्वतीकुमारी विसुङ्खेले सरकारले इसिडिका सहजकर्ताले तोकिएको तलब नपाएकाले त्यसमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद डा डिला सङ्ग्रौलाले गुणस्तरिय नर्सिङ सेवामा सम्झौता नहुने गरी नर्सिङ अध्ययनको वातावरण बनाउन माग गर्नुभयो । सांसद दुर्गाबहादुर राउतले शिक्षामा परिवर्तन नहुँदासम्म अरु परिवर्तन अवरोध हुने भन्दै शिक्षामा विभेदिकरण रोकिनुपर्नेमा जोड दिनुभयो । सांसद टेकबहादुर बस्नेतले राप्ती राजमार्गमा बजेट नै नपर्ने र परेको बजेट कार्यान्वयन नभएको भन्दै काम नगर्ने व्यवसायीलाई कारबाहीको माग गर्नुभयो ।

सांसद् दिलकुमारीले लोक सेवाले मधेसका लागि जनशक्ति माग नगर्दा स्थानीय तहमा करारमा कर्मचारी रहेकाले भर्ना प्रक्रिया अघि बढाउन माग गर्नुभयो । सांसद दिव्यमणि राजभण्डारीले यो अधिवेशनमा महत्वपूर्ण विधेयक पास भए पनि राष्ट्रियसभामा उत्पत्ति भएका महत्वपूर्ण विधेयक रोकिनुको कारणबारे जिज्ञासा राख्नुभयो ।

सांसद नरबहादुर धामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कारण घरबारविहीन स्थानीयवासीको समस्या समाधानका लागि धेरै कार्यदल बने पनि समाधान नभएकाले नागरिकलले दुःख पाइरहेको बताउनुभयो । सांसद नरमाया ढकालले प्रतिनिधिसभाको कार्यकाल सकिन लाग्दा पनि निर्वाचित सांसद रेसमलाल चौधरी जेलमा रहेको भन्दै दोषीलाई कारबाही गरेर निर्दोषलाई न्यायको माग गर्नुभयो ।

सांसद निरुदेवी पालले निर्मला पन्तको बलत्कारपछि हत्या गर्ने अपराधीलाई सरकारले कठघरामा ल्याउनुपर्ने र महिला हिंसाका घटनामा गम्भीर हुनुपर्ने बताउनुभयो । सांसद नवराज सिलवालले ललितपुरको माल्टामा ५० वर्षका लागि पुग्ने सिमेन्टको निर्माण सामग्री रहेकामा निजी कम्पनीले सस्तोमा जग्गामा लिएर काम नगरेकाले सरकारले त्यो स्वामित्व लिनुपर्ने औँल्याउनुभयो ।

नेपालमा बाघको संख्या लक्ष्यभन्दा बढी

विश्व बाघ दिवसका अवसर शुक्रबार सार्वजनिक भएको नेपालको बाघ गणनाको तथ्यांकअनुसार नेपालमा अहिले २५५ वटा बाघ हो।

नेपालले सन् २०२२ सम्म २५० वटा बाघ पुर्‍याउने लक्ष्य राखेका थिए।
सन् २०१० मा काठमाडौंमा ग्लोबल टाइगर्स वर्कसप भएको थियो। त्यही वर्ष रूसको पिटसबर्गमा विश्व बाघ सम्मेलन भयो। उक्त सम्मेलनमा बाघ पाइने १३ मुलुकका प्रतिनिधि सहभागी थिए। नेपालबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नै गएका थिए।

उक्त सम्मेलनमा नेपालले सन् २०२२ सम्म आफ्नो देशमा बाघको संख्या दोब्बर पार्ने प्रतिवद्धता व्यक्त गर्‍यो। त्यति बेला नेपालमा १२१ वटा बाघ थिए। सन् २०२२ सम्म त्यो संख्या २५० पुर्‍याउने नेपालको लक्ष्य थियो।

बाघको संख्या बढाउन उनीहरूलाई चाहिने बासस्थान र आहार पाइने क्षेत्र पनि बढाउनुपर्थ्यो। सरकारले त्यसका लागि बाँकेमा नयाँ राष्ट्रिय निकुञ्ज स्थापना गर्‍यो। पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रफल थप्यो।

अहिले नेपालमा भएकामध्ये पर्सामा ४१, चितवनमा १२८, बाँकेमा २५, बर्दियामा १२५ र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा ३६ वटा बाघ छन्।

संख्या बढेकै कारण बाघले मान्छे मार्न थालेका छन्

यो प्रश्न हामीले राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलका प्रमुख चिरञ्जीवी पोखरेललाई सोधेका थियौं। पोखरेलले इटालीको युनभिर्सिटी अफ फेराराबाट बाघसम्बन्धी विषयमा विद्यावारिधि गरेका छन्।

उनले पछिल्लो समय बाघ र मानिसबीच द्वन्द्व बढ्नुमा बाघको आपसी सम्बन्ध र मानिससँगको सम्बन्ध कारण हुन सक्ने बताए।

पोखरेलका अनुसार नेपालमा पाइने बाघको नाम रोयल बंगाल टाइगर हो। बोलीचालीको भाषामा यसलाई पाटेबाघ भनिन्छ। यो जंगलको मुख्य शिकारी हो। यसको आयु औसतमा १५ वर्ष हुन्छ।

विशेष गरी तराईमा पाइने यो बाघ पछिल्लो समय डडेल्धुरा र इलामजस्ता पहाडी भेगमा पनि भेटिएको छ।

ुहेर्दा निकै डरलाग्दो देखिने भए पनि यो बाघ निकै लजालु स्वभावको हुन्छ। मानिसहरूसँग सकभर सम्पर्कमा आउन नचाहने, टाढैबाट देखादेख भइहाले पनि लुक्ने उसको प्राकृतिक स्वभाव हो,’ पोखरेलले भने, ‘अहिले ऊ आफ्नो स्वभावविपरीत मान्छेमाथि जाइलागिरहेको छ।’

बाघले यसरी मान्छेलाई आक्रमण गर्नुमा चारवटा कारण हुन सक्ने पोखरेल बताउँछन्।

सबैलाई थाहा छ, बाघ जंगलमा आफ्नो क्षेत्र बनाएर बस्छ।

पोखरेलका अनुसार एउटा पोथी बाघले २५(३० किलोमिटरमा आफ्नो क्षेत्र बनाउँछ भने भाले बाघको क्षेत्र ४० देखि १०० किलोमिटरसम्म हुन सक्छ। क्षेत्र बनाउनमा पोथीभन्दा भाले बाघ निकै संवेदनशील हुन्छन्।

भाले बाघले आफ्नो क्षेत्रमा चार(पाँचवटा पोथीलाई पनि राख्न सक्छ तर अर्को भाले बाघ आएको सहनै सक्दैन। दिसा(पिसाब, गन्ध लगायत अन्य विभिन्न संकेतहरूबाट बाघले आफ्नो क्षेत्र बनाएका हुन्छन् र अरू आएको पनि त्यस्तै माध्यमबाट थाहा पाउँछन्।

९६८ किलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले १२५ वटा बाघ छन्।

ुकतिपय ठाउँमा क्षेत्र ओभरल्यापिङ भएको पनि हुन सक्छ तर उनीहरू आफ्नो मुख्य क्षेत्रमा अरूलाई छिर्न दिँदैनन्,’ पोखरेलले भने, ‘नयाँ बाघलाई पुरानाले ठाउँ नदिएको वा धेरै बूढो भएपछि तन्नेरीले लखेटेको पनि हुन सक्छ। यस्तो बेला कमजोर बाघले घना जंगलभन्दा टाढा आहारा नपाउने क्षेत्रमा जानुपर्ने हुन्छ।’

यस्ता बाघ बस्तीनजिक आइपुग्ने र मानिसलाई देखे आक्रमण गर्न सक्छन्।

बाघले मान्छेलाई आक्रमण गर्नुको कारण आहारा पनि हुन सक्ने पोखरेलले बताए।

एउटा वयस्क बाघले एकपटकमा ४० किलोसम्म मासु खान सक्छ। खान नसकेको मासु उसले लुकाएर पछिका लागि साँचेर राख्छ।

त्यति मासुको जोहो गर्न उसलाई सजिलो भने हुँदैन।

पाटेबाघको मनपर्ने आहारा मृग, जरायो, बँदेल, निलगाई, गौरीगाईजस्ता जनावर हुन्। नेपालमा बाघको संख्या बढेसँगै उसका आहाराको संख्या पनि बढेको पोखरेल बताउँछन्।

यी जनावरको शिकार गर्न भने बाघले निकै समय र शक्ति खर्च गर्नुपर्छ। पोखरेलका अनुसार बाघले शिकारका लागि गरेका प्रयास १०(१५ प्रतिशत मात्रै सफल हुन्छन्।

ुएकचोटि मान्छेलाई आक्रमण गरेको बाघले सजिलो शिकार ठानेर फेरि पनि आक्रमण गरेको हुन सक्छ,’ पोखरेलले भने।

बाघले आक्रमण गर्नुको अर्को कारण दुर्घटना पनि हुन सक्ने उनले बताए।

अर्को भाले बाघसँग झगडा परेको वा पोथी बाघसँग संसर्ग भइरहेका बेला मान्छे नजिक परे बाघले आक्रमण गर्न सक्छ।

ुपोथी बाघले नजिकै आएको मान्छेबाट आफ्ना बच्चा असुरक्षित छन् भन्ने ठानेर पनि आक्रमण गर्न सक्छ,’ उनले भने, ‘यस्ता घटना अचानक हुने गर्छन्।’

बाघ(मान्छे द्वन्द्व बढ्नुको अर्को कारण बाघको बासस्थानमै मानिस जानु हो। मानिसहरू नजिकैको जंगलमा घाँस काट्न, च्याउ टिप्न, भैंसी चराउन गएका बेला पनि बाघको आक्रमणमा परेका छन्।

ुबाघको संख्या बढेसँगै मानिसहरूमा त्यही किसिमको संवेदनशीलता नबढेकाले पनि घटनाहरू भएका छन्,’ पोखरेलले भने।

बाघ(मान्छेबीचको यो द्वन्द्व घटाउने कसरी तरु

राष्ट्रिय निकुञ्जहरूले अहिले ठाउँ(ठाउँमा क्यामराहरू राखेर बाघको आवतजावत ट्रयाक गरिरहेका छन्।

ुबाघ देखिएको ठाउँमा यहाँ नजानुहोला भनेर सूचना पनि टाँसेका हुन्छौं,’ कोषका बर्दिया प्रमुख कडरियाले भने।

निकुञ्जले नजानू भने पनि कतिपय मानिस जुन जंगलमा बाघ बस्छ त्यसैमा आश्रित हुन्छन्। उनीहरूले जंगलबाट घाँस दाउरा नगरे बस्तुभाउले खान पाउँदैनन्, चुल्होमा आगो बल्दैन।

जंगली जनावर र मान्छेको द्वन्द्व कम गर्न गर्नुपर्ने अर्को पनि काम छ। हाम्रा पूर्वाधारहरू बनाउँदा जनावरको प्राकृतिक रूपमा हुने आवतजावतमा असर नपर्ने गरी बनाउनुपर्छ।

ुविदेशतिर जंगल क्षेत्रमा सडक बनाउनुपर्‍यो भने जनावरहरू ओहोरदोहोर हुने गरी करिडोर पनि बनाइन्छ,’ चिडियाखाना प्रमुख पोखरेलले भने, ‘अब हाम्रोमा पनि त्यस्तो गर्नुपर्ने बेला आएको छ।’

निर्वाचनको मिति घोषणा गर्ने विषयमा छलफल देउवा र दाहाल


काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट धाट हुने भएका छन् ।

प्रधानमन्त्री भेट्न प्रचण्ड केहीबेरमा बालुवाटार जाँदै छन् ।
निर्वाचनको मिति घोषणा गर्ने विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार जाने लागेको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिए लगत्तै प्रचण्ड बालुवाटार जानेछन् ।

संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री देउवालाई भेट्नुअघि प्रचण्डले देउवा भेट्न लागेका हुन् ।

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु


कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरमा गए राति गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी–१ का ५५ वर्षीय निर्मल हमालको ज्यान गएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालक धनगढी–३ विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको छ । पछाडि सवार हमालको टाउकोमा चोट लागेको थियो । उनको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने “दाहाल”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा उहाँले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताउनुभएको हो ।

उहाँले बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने बताउनुभएको थियो । विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मआलोचना नगरेका कारण नेकपा (एमाले)सँग गठबन्धन हुने ‘च्याप्टर क्जोज’ भएको अध्यक्ष दाहालको भनाइ छ ।

उहाँले भन्नुभयो, “हामी अहिले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौं, यसैलाई बढी सुदृढ बनाएर निर्वाचनमा जानुपर्छ ।” बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको साङ्गठनिक जीवन एवं अवस्थालगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा अध्यक्ष दाहालले संविधानको रक्षा, शान्ति संविधानको संवद्र्धनका लागि स्थापना भएको गठबन्धनलाई बलियो बनाउने विषय नै यतिखेरको प्रमुख आवश्यक विषय भएको बताउनुभएको थियो । नेता गिरिराजमणि पोखरेलका अनुसार बैठक पुनः शुक्रबार बिहान बस्ने गरी स्थगन भएको छ ।

चैते धान दोब्बरभन्दा बढी फले


पोखरा महानगरपालिका–२६ मा यस वर्ष लगाइएको चैते धान दोब्बरभन्दा बढी फलेका छन् । चैते धानतर्फ किसानलाई प्रोत्साहन गरी अनुदान सहयोगसमेत गरिएकामा विगतमा प्रति रोपनी दुईदेखि तीन मुरी फल्ने चैते धान अहिले भने सात÷आठ मुरीसम्म फलेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो ।

यसवर्ष बाली विकास कार्यक्रम अन्तर्गत पोखरा–२६ मा ५० प्रतिशत अनुदानमा चैते धानको बीउ वितरण गरिएका थिए । त्यसअन्तर्गत दुई हजार ३० किलोग्राम बीउका लागि कृषि महाशाखाका तर्फबाट रु ८१ हजार दुई सय उपलब्ध गराइएको थियो भने किसानका तर्फबाट (५० प्रतिशत सहभागिता) गरी कूल रु एक लाख ६२ हजार चार सय लगानी गरिएको थियो ।

त्यस्तै महाशाखाले क्षेत्रफल विस्तारमा प्रोत्साहन सहयोगवापत प्रति रोपनी रु नौ सयका दरले छ सय १५ रोपनीको रु पाँच लाख ५३ हजार पाँच सय अनुदान सहयोग उपलब्ध गराएको कडरियाले जानकारी दिनुभयो । महाशाखाले त्रिपाल खरिदमा ५० प्रतिशत अनुदान सहयोगबापत ४२ वटा त्रिपाल खरिदका लागि रु ५३ हजार नौ सय ९४ अनुदान सहयोग र ५० प्रतिशत स्थानीय सहभागिता समेतमा सो खरिदका लागि रु एक लाख सात हजार नौ सय ८८ लगानी गरिएको थियो । 

त्यस्तै डिजिटल तराजु खरिदमा ५० प्रतिशत अनुदान प्रदान गरी तीनवटा तराजुका लागि रु १५ हजार महाशाखाबाट र ५० प्रतिशत स्थानीय सहभागिता गरी रु ३० हजार लगानी गरिएको थियो । लगानीअनुसार प्रतिफल राम्रो आएसँगै चैते धानतर्फ आगामी दिनमा किसानको आकर्षण बढ्ने विश्वास गरिएको छ ।

यस वर्ष किसानले चैते धान रु ६५ लाख बराबरको उत्पादन गरेको कडरियाले जानकारी दिनुभयो । महाशाखाले चैते धानमा सञ्चालित एकीकृत शत्रुजित व्यवस्थापन पाठशालाको अध्ययनबाट धानको जातीय परीक्षणमा चैते–५ को उत्पादन प्रति हेक्टर सात टन देखिएको छ । त्यस्तै चैते स्थानीय उत्पादनप्रति हेक्टर तीन टन, चैते सानो उत्पादनप्रति हेक्टर दुई दशमलव आठ टन, चैते ठूलो उत्पादनप्रति हेक्टर तीन टन उत्पादन भएको छ । अध्ययनबाट पराललगायत अन्य सबै कारणले किसानले चैते–५ मनपराएको उहाँले बताउनुभयो ।

एकैदिनमा कोरोना बाट २ जनाको मृत्यु, थप ७१० जनामा कोरोना संक्रमण


१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भए संगै दुई जनाको मृत्यु भएका छन् ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा ५२४ जना र २ हजार ४८४ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २३६ पुगेको छ । जसमध्‍ये ४ हजार ८० जना होम आइसोलेसनमा रहेका छन् भने १५६ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन् ।

यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २७ हजार ५४९ पुगेका छन् ।

एसइईको नतिजा छानबिन गर्नुपर्ने “प्रकाश पन्थ”


काठमाडौँ । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले एसइईको नतिजा छानबिन गर्नुपर्ने बताएको छ ।

आज (बिहीबार) राष्ट्रिय सभा बैठकको शून्य समयमा पन्थले विद्यालयले मूल्याङ्कन गर्दा ४ जिपिए ल्याउने ९ हजार जनाभन्दा बढी र परीक्षा बोर्डले मूल्याङ्कन गर्दा ४२ जना मात्रै हुनुले पनि नतिजा विश्वसनीय नभएको बताएका हुन् ।

बोर्डको नतिजा ठिक कि विद्यालयको नतिजा ठिक भन्ने प्रश्न उठेको उनले बताए ।

उनले परीक्षामा कमजोर ग्रेड ल्याउनेहरूलाई सरकारले अध्ययनबाहेक के अवसर दिन्छ भनेर प्रश्न गरे ।

‘विद्यालयले मूल्याङ्कन गर्न जिपिए ४ ल्याउने ९ हजार भन्दा बढी विद्यार्थी थिए । बोर्डले परीक्षा लिँदा ४२ जना मात्रै भए । किन यस्तो भयो रु कहाँ, किन र कसरी यो फरक परेको हो रु ४२ जनाले ल्याउने ठिक हो कि ९ हजार बढीले ल्याउने ठिक हो कि, विद्यालय ठिक हो कि, बोर्ड ठिक हो भन्ने कुराको छानबिन अनुसन्धान पनि होस्’, उनले भने ।

कमजोर ग्रेड ल्याउनेहरूलाई सरकारले कस्ता अवसर दिन्छ भन्दै प्रश्न गरे । उनले भने, ‘बेरोजगार बढाउने हो कि ? पासपोर्ट थमाउने हो कि रु सीप, तालिम, प्रविधि के छ ? शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

यसपालिको एसइईको नतिजा विगत पाँच वर्षयताकै कमजोर देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ९५ हजार ७ सय ५१ परीक्षार्थीमध्ये ४२ जनाले मात्रै जिपिए ४ मा ४ ल्याएका छन्, जुन संख्या कोरोना महामारीअघि (२०७४ र २०७५) को भन्दा पनि कम हो । समान परीक्षा किसिम र मूल्याङ्कनको ग्रेडिङ पद्धति हुँदा २०७४ मा ७४ जना र २०७५ मा १ सय ६ जनाले जिपिए ४ ल्याएका थिए ।

कोरोना महामारीका बेला विद्यालयले नै मूल्याङ्कन गरेकाले एसइईमा जिपिए ४ प्राप्त गर्ने विद्यार्थीको संख्या अस्वाभाविक रूपमा धेरै थियो । २०७७ मा ८ हजार ४ सय ४४ जना र २०७६ मा ९ हजार ३ सय १९ जनाले जिपिए ४ ल्याएका थिए ।

पहिलो तीन महिनामा अफगान निर्यातको मात्रा चार करोड अमेरिकी डलरभन्दा बढी


एजेन्सी । मार्च २१ देखि शुरु भएको फारसी क्यालेण्डर अनुसार सम्बत् १४०१ को पहिलो तीन महिनामा अफगान निर्यातको मात्रा चार करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ । एक स्थानीय सञ्चार माध्यमले बुधबार जनाएका छन् ।
टोलोन्युजले अफगानिस्तान चैंबर अफ कमर्स एण्ड इन्भेष्टमेन्ट प्रमुख मोहम्मद योनस मोहम्मदको भनाइ उद्धृत गर्दै बताएअनुसार यस अवधिमा देशले झन्डै १९ हजार टन ताजा फलफूल र करिब १८ लाख टन कोइला निर्यात गरेको छ जसको मूल्य चार करोड अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ ।

ताजा र सुख्खा फलहरू मिलेर बनेको अफगानिस्तानको प्रमुख निर्यात प्रायजसो भारत र पाकिस्तानमा र कोइला पूर्णतया पाकिस्तानमा निर्यात गरिन्छ ।
अफगानिस्तानले ताजिकिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तानलगायत मध्य एसियाली देशहरूमा आफ्नो निर्यात बढाउने प्रयास गर्दै आएको छ ।

यसैक्रममा अफगान व्यापारीहरूले केन्द्रीय सरकारसँग अवरूद्ध एअर करिडरलाई पुनः सञ्चालनमा ल्याउन र चीन, युरोप र अरब मुलुकमा पुनः निर्यातका लागि गृहकार्य थाल्न माग गर्दै आएका छन् ।

बालेन्द्र शाहविरुद्ध नाराबाजी


काठमाडौँ । बुधबार साँझ नगर प्रहरीले सडक छेउका व्यवसायीहरुका सामान उठाउन थालेपछि व्यवसायीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध नाराबाजी प्रदर्शन गरेको हो ।

नयाँ बानेश्वरस्थित सडक छेउमा व्यापार गर्दै आएका व्यवसायीहरूलाई नगर प्रहरीले हटाउन थालेपछि व्यवसायीहरूले प्रमुख शाहविरुद्ध नाराबाजी गरेका हुन् ।

नगरपालिकाले अर्को व्यवस्थापन नगरिकन आफ्नो व्यापार बन्द गराउन खोजेको भन्दै अहिले साँझ बानेश्वरस्थित छक्कुबक्कु पार्क नजिकै सडक छेउमा व्यापारीहरू आन्दोलित बनेका हुन् ।
महानगरले पछिल्लो समय अन्य विभिन्न सडकको छेउमा व्यापार गर्दै आएका व्यवसायीहरुका सामान उठाउँदै आएका छन् ।